बुटवल, १२ असाेज : मुटु शरीरको केन्द्र हो जुन रक्त सञ्चालन प्रक्रियासँग सम्बन्धित छ । मुटु मानव तथा अन्य जनावरमा भएको पेशी अंग हो, जसले रक्तनली मार्फत संचार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । सामान्यतः एउटा वयस्क मानिसको मुटुको तौल ९ देखि ११ औन्स हुन्छ। सम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अङ्ग नै मुटु हुनुपर्छ। यसले एक घण्टामा करिब ३ हजार पौण्ड तौल उठाउन लाग्ने बराबरको शक्ति पैदा गर्छ।यो शक्ति एउटा सानो खालको कारलाई जमीनबाट १ फुटमाथि उठाउन पर्याप्त हुन्छ । मानिसको मुटु कति बलियो हुन्छ भने यसले रगतको छिर्कालाई ३० फिट परसम्म फ्याँक्न सक्छ । एक दिनमा मुटुले करिब २ हजार ग्यालन रगत पम्प गर्छ । औसत आयुलाई ७० वर्ष मान्ने हो भने मुटुले जीवनभरमा करिब ५१ मिलियन ग्यालन रगत पम्प गर्ने गर्छ। गर्भाधान भएको करिब ८ हप्ताभित्रमै मानिसको मुटु विकसित भइसकेको हुन्छ । जबकि त्यो बेलामा भ्रूण करिब १ इन्च मात्र लामो हुन्छ । अझ गर्भाधानको ४ हप्तादेखि नै भू्रणको मुटु पनि धड्कन सुरू भइसकेको हुन्छ भनी वैज्ञानिकहरू मान्दछन्।मुटुएउटा शंक्तिशाली मांसपेशिक अंग हो ।यो शरीरमा छातीभित्र दुई फोक्सोको बीचमा रहेको हुन्छ। मुटुलाई एउटा पातलो झिल्लीले घेरिएको हुन्छ, जसलाई पेरिकार्डिम भनिन्छ।

मुटु बिगार्ने खराब बानी
धेरै टिभी हेर्ने : घन्टौँ टिभीका अगाडि झुन्डिने बानीले हृदयाघात र मुटु रोगको जोखिम बढाउँछ । धेरै टिभी हेर्ने मानिसलाई नियमित व्यायामले फाइदा पु¥याउन सक्दैन । सोफा या एउटा कुनामा बसेर एकोहोरो टिभी हेर्दा शारीरिक चालका अभावमा रक्तसञ्चार प्रभावित हुनसक्छ ।

धूमपान : धूमपान मुटुको ठूलो शत्रु हो । धूमपानले रगतलाई मुटुसम्म पुग्नबाट रोक्ने अवरोध उत्पादन गर्न सक्छ । धूमपान गर्ने व्यक्तिसँग बस्नु पनि तपाईंको मुटुका लागि जोखिमपूर्ण हुन्छ । संसारमा धूमपान गर्ने मानिससँग बस्ने करिब ४६ हजार धूमपान नगर्ने मानिस मुटुका रोगबाट मर्ने गरेका छन् ।

अत्यधिक रक्सी सेवन : स्वास्थ्य अनुसन्धानहरुले अल्कोहलको सानो परिमाण मुटुका लागि फाइदाजनक हुने बताएका छन् । तर, यसलाई धेरै मानिसले रक्सी खाँदा मुटुमा केही हुँदैन भनेर गलत बुझ्ने गरेका छन् । धेरै रक्सी खानु मुटुका लागि कुनै पनि हालतमा फाइदाजनक हुँदैन । अत्यधिक रक्सीले उच्च रक्तचापका साथै हृदयगति बन्द हुने संभावना बढाउँछ ।

धेरै खानु : मोटोपन मुटुको रोगको प्रमुख कारण हो भने धेरै खानु मोटोपनको प्रमुख कारण हो । थोरै खाने बानी बसाल्नुपर्छ । गुलिया पेय पदार्थका सट्टा पानी पिउने बानी बसाल्नुपर्छ । धेरै क्यालोरी भएका र चिल्ला खाना खानु हुँदैन ।

धेरै मासु : मुटुका लागि सबैभन्दा स्वस्थ खाना सागपातजन्य खाना हो । फलफूल, साग, कम चिल्ला दुग्ध पदार्थमा जोड दिनु र जंक फुड असाध्यै कम खानु मुटुका लागि फाइदाजनक हुन्छन् । शाकाहारीलाई भन्दा मांसाहारीलाई मुटुका रोग लाग्ने सम्भावना कम भएको तथ्य उहिले प्रमाणित भइसकेको छ ।

अत्यधिक नुन सेवन गर्नु : नुन जति धेरै खाइन्छ, त्यति रक्तचाप बढ्छ । रक्तचाप हृदयाघात र मिर्गाैला रोगको सबैभन्दा प्रमुख कारण हो । नुनयुक्त खानेकुरा धेरै खाने मान्छेलाई मुटुको रोग लाग्ने धेरै सम्भावना हुन्छ । स्वास्थ्य विज्ञानले दिनमा दुई ग्रामभन्दा बढी सोडियम खानुहुँदैन भन्छ ।

अनिन्द्रा : निद्रा र मुटुको बीच प्रत्यक्ष सम्बन्ध रहने गर्छ । निर्धक्क साथ सुत्न नसक्ने मानिस तथा तनावका कारण निद्रा खलबलिएमा रक्तचाप स्वतः बढ्ने गर्छ । साथै, निद्रा खलबलिनाले मानिस दिनभर तनावमा रहन्छ । जसका कारण मुटुमा दवाव उत्पन्न भई मुटु समस्या समस्या निम्तने गर्दछ ।

दैनिक ७/८ घण्टा सुत्ने गर्नु पर्छ । राती सुतेको बेलामा श्वास रोकेर व्युँझने जसलाई SLEEP APNEA भनिन्छ, त्यो समस्या छ भने उपचार गर्नु पर्छ । SLEEP APNEA ले मुटु रोग लाग्ने सम्भावना बढ्दो छ ।

कामको दवाव : मुटुको समस्या बढाउने विभिन्न कारकतत्वहरुमा कामको चाप तथा कामको दवाव पनि एक हो । चिकित्सकहरुका अनुसार लामो समयसम्म तनावमा रहनाले मुटुको गति तिव्र हुनुका साथै रक्तचाप बढ्ने गर्छ । जसका कारण रक्तधमनीमा समस्या उत्पन्न हुने तथा रक्तधमनी विग्रने गर्दछ । त्यसैले, तनाव कम गर्नका लागि लामोे लामो सास लिनुका साथै केही समय आफूलाई मन परेको काममा लगाउन सकिन्छ ।

मुखको सफाई : विशेषज्ञ चिकित्सकहरुका अनुसार मुखको सफाई राम्ररी नहुनुले पनि मुटुको समस्या बढाउने गर्छ । मुखको सफाई नभएमा मुखमा व्याक्टेरिया पैदा हुने गर्दछ । उक्त व्याक्टेरिया मुखबाट घाँटी हुँदै मुटुमा पुुग्ने गर्दछ । त्यसैले त, मुटुलाई स्वस्थ राख्नका लागि पनि दाँत तथा गिजाको साथमा मुखको सफाई गर्न अत्यन्त जरुरी छ ।

मुटु रोगबाट जोगिने उपायहरू
दैनिक ३० मिनेट हिडडुल गर्ने
तौल धेरै भएमा घटाउने
नियमित शारीरिक व्यायम गर्ने
धुमपान नगर्ने
मध्यपान कम अथवा बन्ध गर्ने
नुन , चिल्लो कम भएको खान खाने
समय समयमा रक्तचाप।कोलेस्ट्रोल, मधुमेह जँचाउने
चिकित्सकको सल्लाह बमोजिम औषधी खाने
तनाव नरहने,घर परिवार, साथी भाईसँग अफ्नो समस्य बारे छलफल गर्ने
फाइवर भएको खान जस्तै गहँुको राटी,गडागुडी, दालफलफूल, हरियो तरकारी तथा सागपात खाने
सुगर र कोलोस्ट्रोलको मात्रा नियमित चेकजाँच गर्ने
छाला नभएको मासु ,माछा,दहि,चिज आदि खाने
आईसक्रीम,कुकिज,चाउचाउ,जुस आदि कम खाने
तारेको,भुटेको भन्दा उसिनेको ,पोलेको खान खाने

SHARE