मोहन न्यौपाने, अशोज १३ तिलोत्तमा । गायत्री तेल मिलको नाममा मणिग्राम कफिकम्पानी राधाकृष्ण टोलमा तेल मिल संचालानामा आएको छ । ५० लाखको लगानीमा स्थापित संस्थाको तोरी मिलबाट अर्गानिक दैनिक १०० लिटरसम्म तेल उत्पादन गर्ने क्षमता छ । बजारमा मिसावटयुक्त तेल खादै आएका उपभोक्तालाई मध्यनजर गर्दै शुद्ध तेल पलाउने तथा उत्पादित तेल ग्राहकलाई दिने प्रतिबद्दता संचालक यज्ञमूर्ति पाण्डेले गरेका छन ।

मिलमा तोरी, बदाम , नरिवल लगायतका कच्चापदार्थ खरिद गरि ग्राहक सम्म पुर्याउने भएकाले एकातिर उपभोक्ताले शुद्ध तेल पाएका छन् भने अर्कोतिर कृषकले उचित मूल्यपाउने पाण्डेको भनाइ छ । बुटवल उद्ध्योग बाणिज्य संघ कार्यसमितिमा सदस्य टंक प्रसाद गैरेको प्रमुख आतिथ्यतामा सोमबार उद्घाटन भएको तेल मिलमा धातुको मेशिन नभएर प्राचिन काठको कोलबाट तेल पेलिने संचालक पाण्डेले बताए ।

मिसावटरहित तेल बिक्रि तथा खरिदको लागि प्रतिबद्द रहेको भन्दै पाण्डेयले यस क्षेत्रमा उपभोक्ताको मागलाई ध्यान मा राखी यस्तो खालको अर्गानिक तेलको लागि प्राचिन मिल खोलेको बताए ।

SHARE