भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकासिएको छ ।तरकारी उपज केन्द्र बुटवलका अनुसार एकै दिनमा ३० रुपैयाँ मूल्य बढेको छ । सोमबार एक किलो प्याजको खुद्रा मुल्य १३५ रुपैयाँ (औसतमा) पुगेको छ । जुन अघिल्लो दिन आइतबार मात्र १०५ रुपैयाँ मात्र थियो ।पछिल्लो दुई दिनमा अरु तरकारीको मूल्यमा धेरै घटबढ भएको छैन तर प्याजमा भने एकै दिनमा ३० रुपैयाँसम्म मूल्य बढेको छ ।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको साझो असर नेपाली बजारमा परेको उपज केन्द्रका एक सदस्यले बताए । उनले भने, ‘अहिले नै मूल्य नबढ्नु पर्ने हो तर व्यापारीहरुले आउँदा नै मूल्य बढेर आयो भन्छन् ।’हाल दैनिक औसत ८० टन प्याज भारतबाट आयात हुँदै आएको थियो । सोमबार भने २० टन मात्र आएको छ ।नेपाल बजारको करिव ९० प्रतिशत माग भारतबाट आयात गरिने प्याजले धान्न गरेको थियो । भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारको माग घरेलु उत्पादनले धान्दैन । भारतको विकल्पमा चिनियाँ प्याज आउनसक्छ ।

चीनको प्याज स्वाद नमिठो भएको भन्दै त्यति ल्याउने गरिएको नभएको र आउन समय पनि लाग्ने कारणले गर्दा कठिन थियो अबभने विकल्प खोजेरै भारतबाट नआएपछि चाइनिज प्याज ल्याउन उचित देखिएको बिज्ञहरु बताउछन ।

SHARE