मोहन न्यौपाने , तिलोत्तमा । आईएमई अटोमोटिभ्स् प्रालिको आयोजनामा शनिबार बुटवलमा अपरेटर सम्मान कार्यक्रम सम्पन्न गरेको छ । एशियन होटल कालिकानागरमा सम्पन्न सो कार्यक्रममा ४० जना हेभी इक्युपमेन्टका अपरेटरहरुलाई सम्मान गरिएको थियो ।आईएमई अटोमोटिभ्सको लुम्बिनीका लागि आधिकारिक डिलर चैतन्य इक्युपमेन्ट प्रालि बुटवलका संचालक प्रेम प्रकाश श्रेष्ठको अध्यक्षता तथा इस्कर्ट्स इंडिया लिमिटेड (ISO 9001-2008 सर्टिफ़ाइड कम्पनि) का प्रतिनिधि राजेश्वर प्रसादको प्रमुख आतिथ्यतामा सम्पन्न सो सम्मान कार्यक्रममा पुराना तथा अनुभवी अपरेटर मान बहादुर तामाङ्गलाइ समेत सम्मान गरिएको थियो ।

आईएमई अटोमोटिभ्स्ले ‘स्कर्टस कन्स्ट्रक्सन इक्युपमेन्ट’ को नेपालमा विक्री शुरु गरेको छ । आईएमई ग्रुप अन्तरगत रहेको अटोमोवाइल सेवा प्रदायक कम्पनीले अटोमोटिभ्स्ले स्कर्टस ब्राण्डका कन्स्ट्रक्सन इक्युपमेन्टहरु नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले स्कर्टसको कन्स्ट्रक्सन निर्माण सामग्री नेपाली बजारमा भित्र्याउनुका साथै लुम्बिनीको आधिकारिक बिक्रेता बुटवलको कालिकानागरमा त्यसका लागि अत्याधुनिक शोरुम समेत स्थापना गरेको छ ।

सो कार्यक्रम मा बोल्दै प्रमुख अतिति राजेन्द्र प्रसादले देशको पूर्वाधार विकासमा यस्ता कन्स्ट्रक्सन सामग्रीले ठूलो सहयोग पुर्याउने बताए । ‘कुनै पनि देशमा विकासको शुरुवात सडकलगायतका पूर्वाधारबाट हुन्छ त्यसैले सडक निर्माणमा स्कर्टसका कन्स्ट्रक्सन इक्युपमेन्टले निर्माण व्यवसायीलाई ठूलो सहयोग गर्नेछ ।’ यसैगरी, चैतन्य इक्युपमेन्ट प्रालि बुटवलका संचालक प्रेम प्रकाश श्रेष्ठले अटोमोटिभ्स्ले स्कर्टस ब्राण्डका भ्याकु, लोडर, क्रेन, रोलर, फ्रकलिफ्टजस्ता पूर्वाधार निर्माण सामग्री नेपाली बजारमा भित्र्याउन पाउँदा खुशी लागेको र आफ्ना सवारीसाधन किन्ने ग्राहकहरुलाई विक्री पछिको सेवामा पनि कुनै कमि हुन नदिने विश्वास व्यक्त गरे ।

आईएमई अटोमोटिभ्सका सेल्स प्रतिनिधि जीवन खनालको स्वागत मन्तब्य बाट शुरु भएको सम्मान कार्यक्रमको संचालन सन्तोष जंग थापाले गर्नुभएको थियो । आईएमई अटोमोटिभ्स्ले लुम्बिनीका लागि आधिकारिक डिलर चैतन्य इक्युपमेन्ट प्रालि बुटवल मार्फत स्कर्टस ब्राण्डका ब्याकोलोडर, सोइल कम्प्याक्टर, टाण्डेम रोलर, भ्याकु, लोडर, क्रेन, रोलर, फ्रकलिफ्टजस्ता हेभी इक्युपमेन्टको बिक्रि स्पेयर पार्ट्स सर्भिसका साथै सवै प्रकारका निर्माण सामग्री उपलब्ध गराउदै आएको छ ।

SHARE