अशोज १७ , तिलोत्तमा । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुल बहादुर केसीले अभिव्यक्ति तथा प्रेस स्वातन्त्रताको सबैले सम्मान गर्नुपर्ने बताउदै प्रदेशका काम कारबाही र समृद्द प्रदेशको खातिर रचनात्मक सुझाव दिन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । आज तिलोत्तमा स्थित होटल पौवामा पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको दशैँ तिहार शुभकामना कार्यक्रममा बोल्दै मन्त्री केसीले सो कुरा बताउनुभएको हो । उहाँले राज्यको कुनै निकायबाट कमजोरी भएमा पत्रकारहरुले रचनात्मक सुझाव सहित गल्ति कमजोरी र प्रोत्साहन औल्याइदिनुपर्ने बताउनुभयो ।चाडपर्वलाइ उत्साहपुर्बक उल्लासमय तरिकाले मनाउनु पर्ने बताउदै मंत्री केसीले सहजता पुर्बक चाडपर्व मनाउन सबैले आ-आफ्नो तबरबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता तथा प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न निकायबाट प्रदेश सभासद, मन्त्रालयका सचिव , उपमहानगरपालिका, नगरपालिका गाउपालिकाका प्रमुख तथा उपप्रमुख , संघ सस्थाका प्रतिनिधि , विभिन्न मिडियाका प्रतिनिधि लगायत शुभेच्छुकको उपस्थिति रहेको थियो । कार्यबाहक अध्यक्ष दिनेश पाण्डेले रास्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारमाथी संघिय सरकार तथा प्रदेश र स्थानिय सरकारले सकारात्मक धारणा राख्नुपर्ने धारणा राख्नुभएको थियो ।

SHARE