२८ असोज, बुटवल । प्रदेश स्तरको सबैभन्दा ठुलो धनरासीको क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको आज सम्पन्न खेलमा मणिग्राम किंगस् र तिनाउ टाईटन्स् बिजयि भएका छन । प्रतियोगिताको मंगलबार सम्पन्न दुइ खेल मध्ये पहिलो खेलमा तिनाउ टाइटन्स्ले लुम्बिनि शाक्यान्लाई ७ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ्ग गरेको लुम्बिनि शाक्यान्ले १ सय ३ रनको योगफल तयार गरेको थियो । १ सय ४ रनको बिजय लक्ष्य सहित ब्याटिङ्गमा उत्रेको तिनाउको जितका लागि रोशन थामिले ३३ र अजय कोसिल्याले ३८ रनको योदान गरेका थिए । शाक्यान्लाई झिनो रनमा रोक्ने क्रममा तिनाउका सुदन श्रेष्ठ र संदिप जोराले २/२ विकेट लिएका थिए ।
प्रतियोगितामा तिनाउ टाइटन्स्का संदिप जोराले म्यान अफ द म्याच म्याचको उपाधी जिते भने तिनाउकै अजय कौसल्या मष्ट भ्यालुएवल प्लेयर बने ।

प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेलमा मणिग्राम किंगस् ४ रनको झिनो अन्तरले विजयी भएको छ । मणिग्राम किंगस्ले दिएको १ सय ३३ रनको लक्ष्य पच्छाएको पाल्पाली लिजेन्टले पुरै ओभर खेल्दा १ सय २८ रनमा समेटिएपछि मणिग्राम किंग्सको जित सुनिष्चित भएको हो । मणिग्राम किंगस्का लागि सुनिल भण्डारी नट आउट ६८ रनको योगदान गरेका थिए । पाल्पाली लिजेन्टस्लाई हार चखाउन मणिग्रामका कृष्ण कार्कीले ४ ओभर बलिङ्ग गर्दै १२ रन खर्चेर ४ विकेटल लिएका थिए ।प्रतियोगितामा मणिग्रामका कृष्ण कार्की म्यान अफ द म्याच बने भने सुनिल भण्डारी मष्ट भ्यालुएवल प्लेयर भए । प्रतियोगितामा राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिता जनाएका छन ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा रुपन्देही पल्टन्स्ले ज्ञानोदय गोल्डस्को सामना गर्नेछ भने दोस्रोमा पाल्पाली लिजेन्डस्ले एक्स्पर्ट रोयल शंकरनगरको सामना गर्ने खेल संयोजक दिपक भुर्तेलले तिलोत्तमा सिटीलाई जानकारी दिए ।

SHARE