३० असोज, बुटवल । संदिप रजालीको उत्कृष्ट ब्याटिङ्गले मणिग्राम किङ्स तिलोत्तमा प्रिमियर लिगको बिहिबारको खेलमा जित निकालेको छ । सुपर ११ भैरहबा बिरुद्धको खेलमा सन्दिप एक्लैले ५१ बलमा नट आउट ६८ रनको योगदान गरेका थिए । यस अघि पहिले ब्याटिङ्ग गरेको सुपर ११ भैरहवाले ७ विकेटको क्ष्यतीमा १ सय ३१ रन बनाएको थियो । १ सय ३२ रनको लक्ष्य मणिग्राम किंगस्ले १८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो ।

प्रतियोगितामा मणिग्राम किंगस्का सन्दिप रजाली म्यान अफ द म्याच र दुर्गस गुप्ता मष्ट भ्यालुएवल प्लेयर बन्न सफ भए । यसैबिच प्रनित थापा र कुसल मल्लको ब्याक्तिगत समान ५८ रनको सहायताले बुटवल युनाइटेट तिलोत्तमा प्रिमियर लिगको आफ्नो पहिलो खेलमा बिजयी भएको छ ।बुटवल युनाईटेडले लुम्बिनि शाक्यान ग्ल्याडिएटर्सलाई लिगमा तेस्रो हार चखाएको छ । यो हारसंगै लुम्बिनि शाक्यान्को लिगबाट बाहिरिएको छ । बिहिबार सम्पन्न पहिलो खेलमा २१ बलमा ५८ रन बनाए भने कुसल मल्लले २५ बलमा ५८ रन बनाएका हुन ।

टस जितेर ब्याटिङ्ग गरेको लुम्बिनि शाक्यान ग्ल्याडिएटर्सले १ सय ४७ रनको विजय लक्ष्य पेश गरेको थियो । जवाफि ब्याटिङ्ग गरेको बुटवल युनाईटेडले १४ दशमलव ५ ओभर खेल्दा ४ विकेटको क्ष्यतीमा लक्ष्य भेटेको थियो । प्रतियोगितामा बुटवल युनाइटेडका कुसलले मल्ल म्यान अफ द म्याच र प्रनित थापाले मष्ट भ्यालुएवल खेलाडीको उपाधी जितेका छन ।
प्रतियोगिता अन्तर्गत शुक्रबारको पहिलो रेलमा बुटवल युनाईटेड र रेन्बो ज्ञानोदय गोल्डस्का बिच हुनेछ भने दोस्रो खेलमा सियारी राइोज् र एक्स्पर्ट रोयल शंकरनगरका बिच हुनेछ । साथै आयोजक र पत्रकार बिचको मैत्री पूर्ण खेल यहि कार्तिक ५ गते दिउसो ३ बजे हुने समेत आयोजकका प्रेस सल्लाहकार बाबुराम गैरेले बताए ।

SHARE