मोहन न्यौपाने, कार्तिक २३, तिलोत्तमा । यहि बर्षमात्र मर्जर भै संयुक्त रुपमा सेवा शुरु गरिसकेको एफईसी धनकोश बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २४ औ बार्षिक साधारण सभा तथा अधिबेशन मंगलापुर रामजानकी मन्दिरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकार प्रदेश नम्बर ५ का सहकारी बिभाग प्रमुख ज्ञानहरि पन्थीले सहकारीको मर्म अुनसार सबै सहकारी जनतासामु जानुपर्ने बताए ।

साधारण सभाले पुरानै कार्यदलद्वारा सिफारिस गरिएका कार्यसमितिलाई आगामी ४ बर्षे कार्यकालको लागि सर्बसम्मत चुनेको छ ।सो कार्यक्रममा सस्थाका युवा समितिका संयोजक धनेन्द्र पौडेल, महिला समितिकी गीता पौडेल, अतिथिहरु कमल प्रसाद कंडेल, खगेन्द्र राज बन्जाडे, बेदप्रसाद कंडेल, हरिप्रसाद कंडेल, देवीदत्त ज्ञवाली, एफईसी मर्जरका संयोजक लोकनाथ कंडेल, रामजानकी शिव मन्दिरका अध्यक्ष खेमेंद्र राना लगायतले बोल्दै सहकारीले मानिसको जिबनस्तर माथि उकास्न समाजको हितमा व्यवस्थीत भै समृद्दीका लागि काम गर्नुपर्ने बताएका थिए ।सस्थाका उपाध्यक्ष जेपी कंडेलको स्वागत मन्तब्यबाट शुरु भएको सो साधारण सभाको संचालन सचिव निरज कंडेलले गर्नुभएको थियो ।

सो अवसरमा बिभिन्न विधामा राम्रो अंक आउने बिद्यार्थी, जेष्ठ नागरिक, उत्कृस्ट कारोबारी , उत्कृस्ट कर्मचारीलाइ सम्मान गरिएको थियो । कुल पुजी ४२ करोड रहेको सहकारीमा हाल ११ सय आठ जना सदस्य रहेका छन् भने प्रस्तावित ग्वादी सहकारी समेत यहि सहकारीमा समाबेश भएको ब्यबस्थापक पदमराज कंडेलले बताउनुभयो।

SHARE