शान्ति विद्यालय अलुमनाई एशोसिएसनको आयोजनामा बृहत्त पुर्न मिलन एवं सम्मान समारोह सम्पन्न भएको छ । वि.स. २०१६ सालदेखि शान्ती नमुना विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको संस्था एशोसिएसनले आपसी सद्भाव र भाईचारा कायम गर्ने उद्देश्यले पुर्न मिलन कार्यक्रमको आयोजना गरेको हो ।एशोसिएसनका अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता, मणि परिबारका एक सदस्य एवं तत्काललिन समयमा जग्गा दिने किशोरमणी दिक्षितको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

वि.स. २०६६ मा गठन भएको अलुमनाईले ७ लाख कोषमा जम्मा गरेर त्यसबाट कक्षा ११ र १२ मा अध्ययान गर्ने ४ जनालाई छात्रबृद्धि दिईदै आएको अध्यक्ष अर्यालले बताए । सो अवसरमा शान्ती स्मारिका समेत विमोचन गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिक्षितले अलुमनाईले रचनात्मक कार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । सर्वोच्च अदालतका न्यायाधिस तेज बहादुर केसीले अमुमनाईको अझ बढि सक्रिय बनाउँदै समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले शान्ती नमुनामा पढेकाहरु देशका प्रमुख प्रशासन एवं उच्च तहमा पुगेको भन्दै विद्यालयको स्तर बृद्धिसंगै विद्यालयलाई सहयोग गर्दै जानुपर्ने बताए ।

तिलोत्तमा नगरपालिकाका बासुदेव घिमिरेले नगरसरकारले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि विभिन्न योजना ल्याएको भन्दै सामुदायिक विद्यालयमा शान्ती नमुनाले खेलेको भुमिका प्रति प्रसंसा व्यक्त गरे ।कार्यक्रम एशोसिएसनका सदस्य एवं पुर्व शिक्षक अर्जुन उपाध्ययाको स्वागत एवं सचिव नन्दलाल बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

SHARE