तेस्रो नवएकता कप खुल्ला नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । तिलोत्तमा -८ जनभावना मा विको खेल मैदान प्रदिपनगरमा खेल भैरहेको आयोजकले बताएको छ । ‘युवा एकता, समाज परिवर्तनमा हाम्रो प्रतिवद्धता’ भन्ने लक्ष्यसहित वि सं २०७३ सालमा स्थापना भएको क्लवले स्थापनाकालदेखि नै नकआउट फुटबल प्रतियोगिता आयोजना गरिरहेको यवुाक्लवका अध्यक्ष देशराज गुरुङले बताए ।

प्रतियोगितामा आयोजक नव एकता युवाक्लव सहित रुपन्देहीका १५ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता हुने टिमले १ लाख रुपैया नगद, कप, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले ५० हजार रुपैया, कप, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।त्यस्तौ प्रतियोगितामा म्यान आफ दि म्याच, म्यान आफ दि सिरिज लगायतलाइ मेडल ट्रपीबाट पुरस्कृत गरिने आयोजकले बताएको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागी ७ लाख खर्च हुने खेल संयोजक गोबिन्द अर्यालले बताए ।प्रतियोगितको एक कार्यक्रमका बीच शनिबार तिलोत्तमा नगर उपप्रमुख जागेश्वर देवी चौधरीले उद्घाटन गरेकी छिन । दिनको ३ बजे सुरु हुने खेल मंसिर ७ गते सम्म सञ्चालन हुनेछ ।

SHARE