लक्ष्मी पान्डे / दृष्टिविहीनहरुको लागी शनिबार बुटवलमा ५ दिने क्रिकेट प्रतियोगीता सम्बन्धि तालीम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष निर्मल पौडेलको अध्यक्षता एसीया दृष्टिविहीन क्रिकेट सघंका कोषाध्यक्ष पवन घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३० जना दृष्टिविहीन ,न्युन दृष्टिविहीनहरुको सहभागीता रहेको थियो । कार्यक्रम बोल्दै एसीया दृष्टिविहीन क्रिकेट सघंका कोषाध्यक्ष घिमिरेले २०२० मा भारतमा हुने महिला दृष्टिविहीन क्रिकेट प्रतियोगीतामा र २०२१ मा बेलायतमा हुने प्रतियोगीताको लागी लुम्बिनीबाट अधिक खेलाडी सहभागी गराउने उदेस्य सहित तालीम आयोजना गरिएकोे बताउनुभयो । कार्यक्रममा दृष्टिविहीन राष्ट्यि खेलाडी राम प्रसाद पौडेल ,सरोज पौडेल , गीता रेग्मी , नहेन्द्र निरौला लगायतले बोल्नुभएको थियो । तालिमको प्रशिक्षण सरोज पौडेल, गीता पौडेल , खेमराज सापकोटा लगायतले दिनुभएको थियो । त्यस्तै आउदो फाल्गुनमा बुटवलमा हुने रास्ट्रीय स्तरको खेलकुद प्रतियोगितामा समेत खेलाडीहरु समाबेश हुनेगरि तालिम को आयोजना गरिएको सस्थाका अध्यक्ष निर्मल पौडेलले बताए ।

SHARE