२७ कार्तिक २०७६ , तिलोत्तमा ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पर्ने तिनाउ नदीमा अवैध उत्खनन भई खोलाजन्य पदार्थको चोरी–निकासी बढेको छ । गाउँघरमा प्रयोग गर्ने भनी स्थानीय तस्कर खोलामा दिनदहाडै खोलाजन्य पदार्थ चोरी गरी बिक्री वितरण गरिरहेको पाइएको छ ।


तिलोत्तमा नगरपालिका–४ नयामिल चोक देखि पुर्व नदिजन्य पदार्थको नाक भन्दा ५०० मिटर पश्चिम दक्षिणबाट स्थानीय खोला तस्करले खोलाबाट बालुवा र भक्सट निकाली बजारमा बिक्री वितरण गरिरहेको स्थानीयवासी बताउँछन् । यद्यपि खोलामा अलिहेसम्म ठेक्का लाग्न सकेको छैन । खोलामा दिनहुँ करीब १० देखि १५ ट्र्याक्टर खोलाबाट अवैध उत्खनन गरी बालुवा तथा भक्सट चोरी गरी बिक्री वितरण गरिरहँदा स्थानिय निकाय र प्रशासन मौन बसेको छ ।


नगरपालिका तथा जिल्ला समन्वय समितिले अनुगमन नगर्दा खोलामा व्यापक चोरी बढेको स्थानीयवासी बताउँछन् ।तस्करहरु प्रहरीको सेटिङमा खोलामा दिनदहाडै खोलाजन्य पदार्थ झिकिरहेको स्थानीयवासीको आरोप छ । यसरी खोलाबाट दिनहुँ हज्जारौ रकमको खोलाजन्य पदार्थको चोरी तस्करी भइरहँदा सम्बन्धित निकाय चुपचाप बसेको छ । आफ्नो नाम नबताउने शर्तमा एक स्थानियले सोध्दा ट्रयाक्टरका एक चालक भन्छन “हामी सबै प्रहरीलाइ सेटिङ्ग गरिसकेका छौ, के गर्नुहुन्छ गर्नुस” यस्तो जवाफ पाइसकेपछि ति स्थानिय चुपचाप आफ्नो बाटो लागेको उनले बताए ।

SHARE