तिलोत्तमा नगरपालिका वडा नं. ६ मा रहेको आनन्दवन स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालको रुपमा स्तरोन्नती हुने भएको छ । संघीय संसदका सांसद एवं पूर्वअर्थमन्त्री तथा नेकपा महासचिव विष्णु प्रसाद पौडेलले सो अस्पतालको रुपमा स्तरोन्नती गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

बिहिबार सम्पन्न एक कार्यक्रममा बर्थिङ सेन्टर समेत रहेको स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने पौडेलले प्रतिबद्धता जनाउनुभएको हो । तिलोत्तमा नगरपालिकाले वडा नं. १० मा रहेको सेमराबजार स्वास्थ्य चौकीलाई पनि १५ शैंयाको अस्पतालको रुपमा स्तरोन्नती गर्ने योजना अघि बढाएको छ । हरेक वडामा कम्तिमा एउटा स्वास्थ्य संस्था (शहरी स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, अस्पताल) पुर्याउने तिलोत्तमा नगरपालिकाको नीति रहेको छ ।

SHARE