मोहन न्यौपाने , कार्तिक २८ / तिलोत्तमा । बिहिबारबाट तिलोत्तमा नगरपालिकाका किशान बर्गलाई ४०% अनुदानमा गहुँको बीउ बितरण कार्यक्रम शुरु भएको छ ।तिलोत्तमा-७ को कृषि शाखा उपकेन्द्रबाट सुभारम्भ भएको सो कार्यक्रममा जना किसानलाई ४०% अनुदानमा गहुँको बीउ बितरण गरिएको नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले बताए ।

तिलोत्तमाका किसानलाई ४०%अनुदानमा १४५ मेट्रिक टन ( १ लाख ४५ हजार किलो) गहुँको बीउ बितरण गर्ने माग भै आएकोमा सो मात्राको गहु वितरण गरिने नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो । किसानलाई दिइएको यस योजनाले किसानलाई राहत , उत्पादनमा वृद्धि र आयत प्रतिस्थापन हुने र किसान बर्गको आय आर्जनमा टेवा पुर्याउने नगर प्रमुख घिमिरेको ठम्म्याइ छ ।

सो अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वर देवी चौधरी , प्रमुख प्रशासकीय अधिकृत माधव शर्मा , वार्ड अध्यक्ष सहदेव थारु, नारायण न्यौपाने, सुखदेव न्यौपाने, कृष्ण पौडेल, वार्ड सदस्यहरु, प्रबक्ता सुरेन्द्र श्री लगायतको उपस्थिति रहेको छ । किसानलाई चाहिएको गहु बिउबिजन तिलोत्तमा-७ को कृषि शाखा उपकेन्द्रबाट सहुलियत दरमा अनुदान स्वरुप पाइने तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

SHARE