मोहन न्यौपाने, कार्तिक २९ तिलोत्तमा । ब्यबसायिक कृषि र पशुपालनले मात्र कृषकको घरमा समृद्दी आउन सक्ने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पन्चामृत दुग्ध उत्पादक सहकारी संस्था तिलोत्तमा–६ को १९ औं वार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् सम्पन्न भएको छ । शुक्रबार प्रदेश ५ कि भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रि आरति पौडेलको प्रमुख आतिथ्यता, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेको बिशिष्ठ आतिथ्यतामा तथा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष माधव पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


साधारण सभामा गत वर्षको लेखा समिति संयोजक बाबुराम आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक तथा वार्षिक प्रगति विवरण र आगामी कार्य योजनालाई अनुमोदन गरिएको थियो । करिव १ करोड २३ लाखको कुल पुजी सहितको विवरण उल्लेख गर्दै उहाले बार्षिक ४ लाख ६८ हजार लिटर दुध खरिद बिक्रि गरेको उल्लेख गर्नुभएको हो ।

सो अवसरमा बोल्दै प्रदेश ५ कि भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रि आरति पौडेलले मेहनती कृषकको सम्मान सबै तरहले गरेमात्रै कृषि र पशुपालनले कृषकको घरमा समृद्दी ल्याउने बताउनुभयो । उहाले हरेक एक लिटर दुधमा प्रदेशले समेत अनुदानको ब्यबस्था गरेकाले कुनै पनि अनुदान बाट कृषक नाचुकना अनुरोध गर्नुभयो ।

त्यस्तै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले कृषकका लागि छुट्याइएको बजेट कृषि कै लागि भएकाले नगरपालिका बाट प्राप्त हुने अनुदान , बिउ बिजनहरुको सदुपयोग गर्न अत्यावश्यक रहेको बताउनुभयो । उहाले सबै पशुपालकलाइ आफ्ना पशुको बिमा तत्काल गराउन र भविष्यमा हुने क्षति बाट बच्न समेत अनुरोध गर्नुभयो ।

साधारण सभाको अवसरमा बढी दुध उत्पादन गर्ने , बढी खरिद गर्ने , महिला दुघ्ध उद्दमी , बढी दान बिउ बिजन लैजाने कृषक , बढी दुध खरिद गर्ने ग्राहक गरि एक दर्जन बढीलाई सम्मान गरिएको थियो ।संस्थाका अध्यक्ष माधव पाठकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृष्ण प्रसाद आचार्य, थानेश्वर देवकोटा , मोहनिलाल आचार्य , सिता सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रमको संचालन सस्थाका सचिव अर्जुन प्रसाद उपाध्यायले गर्नुभएको थियो ।

SHARE