नेपालमा ख्यातिप्राप्त सिनेमा चेन क्यु.एफ.सी सिनेमाजले बुटवलको भाटभटेनीमा नयाँ मल्टिप्लेक्स संचालनमा ल्याएको छ ।बुटवलको सुख्खानगरमा रहेको भाटभटेनीको पाँचौ तल्लामा मल्टिप्लेक्स संचालनमा ल्याइएको हो ।दर्शकले सुतेरै फिल्म हेर्न मिल्नेगरी लिगल सिनेमाज् प्रालीको लगानीमा संचालित हलमा डेप्थ क्यु थ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको छ ।नया र अत्याधुनिक सिष्टममा तयार पारिएको मल्टिप्लेक्समा देखाइने चलचित्रहरुको क्वालीटी उच्च हुने लिगल सिनेमाज् प्रालीका अध्यक्ष नकिम मुद्धिमले बताए ।


त्यस्तै उच्च क्वालीटीको डल्बी एट्मस साउन्ट राखिएको छ । लिगल सिनेमाज्ले देशका बिभिन्न स्थानमा हालसम्म १२ वटा चलचित्र हल सञ्चालन गरेको छ । जसमा हालसम्म २७ वटा पर्दा रहेका छन् । पछिल्लो पटक बिराटनगरको भाटभटेनीमै दुई वटा पर्दामा नयाँ हल सञ्चालनको तयारी गरिएको छ ।

बुटवलमा सञ्चालन गरिएको हलमा पनि १९६ र १७६ सिट क्षमताका दुई वटा पर्दा छन् । काठमाण्डौं उपत्यकापछि बुटवलका दर्शकहरुले पनि अब प्रविधियुक्त र स्तरिय सुविधा सहित फिल्म हेर्न पाउने भएका छन् । ३ सय ६८ क्षमताको मल्टिप्लेक्सबारे शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । क्यूएफएक्सका अथोराइट मार्केटर विवेक पोखरेलले बुटवलका दर्शकले नया अनुभूति गर्न पाउने बताए ।

SHARE