लियो क्लब अफ भलवारी युथको तेस्रो स्थापना दिवस तथा सम्मान समारोह तिलोत्तमाको भलवारीमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष लियो सुशील गौतमको अध्यक्षता तथा लियो डिस्ट्रीक ३२५ बि २ नेपालका अध्यक्ष लियो सरोज कन्डेलको प्रमुख आतिथ्यतामा समपन्न सो कार्यक्रममा अघिल्लो बर्ष क्लबले गरेका ४८ बढी कार्यक्रममा सहयोग गर्ने क्लबका पदाधिकारी , सल्लहकार , सहयोगी तथा पत्रकारहरुलाई निबर्तमान अध्यक्ष लियो गोबिन्द बन्जाडेले सम्मान गर्नुभएको थियो । उनले अघिल्लो बर्ष क्लबमा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी बर्षमा समेत सहयोगको अपेक्षा गरेका थिए।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी लियो सरोज कंडेलले क्लबले स्थापनाको छोटो अबधिमै रास्ट्रीय स्तरमै आफ्नो पहिचान बनाइ सामाजिक सेवामा अग्रसर भै सर्हानिय काम गरेको प्रती धन्यबाद ब्यक्त गरेका थिए। सोही अवसरमा बोल्दै बिशिस्ट अतिथी डिस्ट्रीकका सचिब लियो अब्दुल साजिदले क्लबको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनमा अझ समाजमा उज्यालो छर्न अगाडि बढ्न सुझाब दिए।

त्यस्तै बिशिस्ट अतिथि नेपाल दृष्टि बिशेसज्ञ संघ प्रदेश पाचका अध्यक्ष डाक्टर अमित केसिले लियोले समाजमा गरेको काम उल्लेखनिय रहेको भन्दै अझ समयको परिपालना गरि अघि बढे देशको मुहार युवाले फेर्नेमा दुइमत नरहेको बताए । सो कार्यक्रममा डिस्ट्रीकका कोशाध्यक्ष लियो सुदिप बेल्बासे, क्लबका लायन एड्भाइजर अर्चित श्रेष्ठ लगायतले बोल्दै क्लबको प्रगतिको कामना गरेका थिए। कार्यक्रम संयोजक लियो बिक्रम खरेलको स्वागत मन्तब्य बाट शुरु भएको सो कार्यक्रमको सन्चालन क्लबका सचिव साहित्य काराखेतिले गरेका थिए ।

SHARE