मोहन न्यौपाने , तिलोत्तमा पौष १८ । तिलोत्तमा नगरपालिकाको सामुदायिक बिद्यालय मध्ये को एक अर्को उत्कृस्ट बिद्यालयमा जन जागृति मावि जोगीकुटी पनि पर्दछ । सबै सुविधाले सम्पन्न यस बिद्यालयमा पढ्ने छात्रछात्रा समेत यस विद्यालयको नक्षत्रको रुपमा परिचित छन् ।त्यसमध्य कि एक छात्रा हुन् स्नेहा पौडेल ।

मृदु भाषी मिलनसार र बहुआयामिक प्रतिभाकी धनि स्नेहा मज्जाले आफ्नो वाक कला पस्कन त सक्छिन नै उनि पढ्नमा समेत उत्तिकै अब्बल छिन । बिद्यालयको बाताबरण सरसफाई अभियान इको क्लबकी अध्यक्ष समेत रहेकी स्नेहा । केहि महिना अगाडी तिलोत्तमा नगरपालिकाले आयोजना गरेको नगर स्तरिय वक्तृत्वकला प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरेकी स्नेहाको अर्को खुसि थपिदिएको छ बुटवलमा आयोजित औधोगिक ब्यापार मेलाले ।
बुटवलको औद्योगिक व्यापार मेलामा सञ्चालन गरिएको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा जनजागृती माध्यमिक विद्यालय रुपन्देहीको तर्फबाट छात्रा स्नेहा पौडेल प्रथम भएकी हुन् । बुटवल उद्योग वाणिज्य संघले आयोजना गरेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल-२०७६’ मा उत्कृस्ट १५ विद्यालयका सहभागिलाई पछि पार्दै स्नेहा प्रथम भएकी हुन्।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ विषयमा मेलाको पाँचौदिन आयोजना गरिएको प्रतियोगितामा बुटवल ईलिट स्कुलकी समिरा सोनी द्वितीय, एभरेष्ट बोर्डिङ स्कुलकी तला भण्डारी तृतीय र लुम्बिनी बोर्डिङ स्कुलकी रिया पाण्डेले सान्त्वना स्थान हासिल गरेकाले निर्णायक मण्डलका संयोजक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

उनीहरूलाई बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालले क्रमशः १० हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाण पत्र प्रदान गरेका छन्। त्यस्तै कान्ति माबिकी दिपिका घिमिरेलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ। उनलाई प्रत्साहन स्वरुप मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

स्नेहाको प्रस्तुति हेर्न यो लिंक खोल्नुहोस ।https://www.facebook.com/tanka.poudel.35/videos/1624852814321083/

SHARE