मोहन न्यौपाने , तिलोत्तमा पौष १८ । शुन्य पोलिथिन तिलोत्तमा अभियान अन्तर्गत यहि पौष २० गते आईतबार, राममणी क्याम्पस मणिग्राम रुपन्देहिमा भव्य सास्कृतिक कार्यक्रम हुने भएको छ । प्रवेश शुल्क : एक बोरा पोलिथिनजन्य पदार्थ रहेको सो बेजोड सास्कृतिक कार्यक्रममा रास्ट्रीय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरु लोक गायक पशुपति शर्मा , लोक गायिका राधिका हमाल , पप गायक निर्णय श्रेष्ठ, कलाकार अजय शुसिल अधिकारि , लोक गायक प्रचण्ड जिसी साथै स्थानिय कलाकारको साथमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा कायम भएको मिलानकोलि गित सहित सरसफाई र प्लास्टिक मुक्त अभियानको वृत्त चित्र र दृश्य नाटकहरु देखाइने कार्यक्रमका संयोजक अर्का अभियन्ता कमल देवकोटाले बताए ।

  तिलोत्तमा नगरपालिकाको अभियान शुन्य प्लास्टिक नगरलाइ सार्थकता दिन अहिले सिम नेपालसंगै नगरबासीहरुका लागि परेका छन् । निरन्तरता पाईरहेको हरियाली प्रबर्धन तथा प्लास्टिक मुक्त अभियानले शुन्य पोलिथिन तिलोत्तमा अभियानलाई समेत तदारुकताका साथ् अघि बढ्न सहज तुल्याएको छ । करिब १२६ वर्ग कि. मि. फैलिएको यस तिलोत्तामा नगरमा यस अभियानको मुल उदेश्य पोलिथिन जन्य पदार्थहरुलाई माटो र धर्तिबाट शुन्य बनाउने अभियान हो । अभियान सिम नेपालका अभियन्ता तथा निर्देशक निपेश ढाकाका अनुसार यो अभियानमा विभिन्न विधि तथा प्रक्रियाहरु प्रयोग भई अनुसन्धानात्मक तरिकाले अगाडि बढिरहेको जानकारी दिएका छन्। 

संकलन भईरहेको पोलिथिनलाई कहाँ र कसरि व्यवस्थापन भईरहेको छ भन्ने जिज्ञासामा उनले तिलोत्तमा नगरपालिकाले करिब ८ विघा क्षेत्रफलमा संकिलित पोलिथिनजन्य पदार्थहरुलाई पुन प्रयोग गर्ने काम भईरहेको र संकलित पोलिथिनजन्य पदार्थ मुल्यवान भएकोले सबैलाई कम्तिमा एक बोरा प्लास्टिक जन्य पदार्थ ल्याएर कार्यक्रम हेर्न आउन आग्रह गरे । तिलोत्तमा नगरका १७ वटै वडाका सार्वजनिक ठाउँ, कृषिभुमि, खेतवारी, मैदान, सिमसार क्षेत्र, तलाउ, पोखरी, सडक, राजमार्गलाई छिटैनै शुन्य पोलिथिन क्षेत्र बनाउँन यस्तो अभियान संचालन गरेको ढाकाको भनाइ छ।

“जुटौ सारा गाउ शहर शुन्य पोलिथिन तिलोत्तमा नगर” मूल नारा लिई अघि बढेको यो अभियानलाई सार्थकता दिन सबै नगरबासीहरु जुटेकोमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सबैलाई धन्यबाद दिनुभएको छ । नगर प्रमुख बासुदेव घिमिरेले पोलोथिनजन्य फोहारले मानव स्वास्थ्य, वातावरण, जलवायु परिवर्तनमा नकारात्मक असर पारेकाले त्यसको न्यूनीकरणका लागि अभियान चलाइएको बताउनुभयो । सरसफाईमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै उहाँले पोलोथिनजन्य फोहोर तोकिएको ठाउँमा मात्र बिसर्जन गर्न सबै नगरबासीलाई आग्रह गर्नुभयो । नगर उपप्रमुख जागेश्वरी चौधरीले सडक, सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न सबैलाई अनुरोध गर्दै फोहोर व्यवस्थान प्रणालीलाई थप प्रभावकारी गराउन नगरपालिका प्रतिबद्ध रहेको प्रष्टाउनुभएको छ । उहाले राममणि क्याम्पसमा आइतबार हुने सो कार्यक्रम हेर्न आउनुहुन सबै नगरबासी तथा शुभचिन्तक लाइ आग्रह समेत गर्नुभएको छ ।

SHARE