तिलोत्तमा , पुस २० गते । गत असोज ९ गते काठमाडौंबाहिर पहिलो पटक लगानी सम्मेलन गरेर धेरै चर्चा कमाएको तिलोत्तमा नगरपालिकाले आफ्नो नगर बासि हरुमा गरेको चुनावी जनप्रतिबद्दता अनुरुपको काममा सफल भएको बताएको छ । लगानी सम्मेलनमार्फत धेरै क्षेत्रमा लगानी भित्र्याउने प्रयास थालेकोे नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरी वितेको ३० महिनाको समयमा भएका काम जनअपेक्षा अनुसारनै भएको बताएको हो । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको आधा कार्यकाल सफल भएको दावी गरेको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले समृद्ध नगर : खुसी जनता भन्ने आफूहरुको नारा हालसम्म सफल रहेको दाबी गर्नुभयो । बाँकी ३० महिनाको कार्यकालभित्र बाँकी रहेका काम पुरा गर्ने प्रतिबद्धता पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले निर्वाचनका बेला प्रतिबद्धता गरेका काम बाँकी ३० महिनामा पुरा गर्नेछौं, हालसम्मको कामबाट नगरबासी सन्तुष्ट भएको पाएका छौं ।’

मध्यावधी कामको मूल्याङकनमा आफूहरु सफल नै रहेको बताउँदै नगरप्रमुख घिमिरेले नगरपालिकाले विभिन्न क्षेत्रमा नयाँ कामको थालनी गरेको उल्लेख गर्नुभयो । ५० वटा भन्दा वढी नीति तथा कानुन बनाएर १५ वर्षसम्मको दीर्घकालिन रणनीति नगरपालिकाले तयार गरेको उहाँले चर्चा गर्नुभयो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यातायात तथा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा नगरपालिकाले उल्लेख्य कामहरु गरेको भन्दै दीर्घकालिन रणनीतिका कामहरु पनि प्रारम्भ भएको गरिएको उहाँको भनाई छ । शिक्षाको क्षेत्रमा धेरै नयाँ काम थालिएको उहाँले बताउनुभयो । नगरप्रमुखको पारिश्रमिकबाट छात्रावृति वितरण, सामुदायिक विद्यालयहरुमा दिवा खाजाको व्यवस्था, विद्यालयहरुमा विद्युतीय हाजिरी, निःशुल्क सेनेटरी प्याडको व्यवस्था जस्ता काम नगरपालिकाले गरेको उहाँले चर्चा गर्नुभयो ।

त्यस्तै किसानलाई गहँुको बिउमा ४० प्रतिशत अनुदान, पशुपालक किसानलाई दुधमा प्रतिलिटर एक रुपैयाँ अनुदान जस्ता कामले सकारात्मक प्रभाव पारेको घिमिरेको भनाई छ । ग्रिन तिलोत्तमा : क्लीन तिलोत्तोमा नामको अभियान थालेर हरेक महिनाको ५ र १५ गते सरसफाई अभियान जारी राखेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै शुन्य पोलिथिनयुक्त अभिायान संचालन गरेर नगरलाई प्लास्टिकजन्य फोहरमुक्त नगर बनाउने अभियान पनि जारी रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सोहि कार्यक्रममा नगर उपप्रमुख जागेश्वर देवी चौधरीले समाबेशी बिकाशका क्षेत्रमा प्रयाप्त बजेट छुट्याइ लक्षित बर्गको चाहना अनुरुप कार्य गरेको बताउनुभयो । उहाले न्यायिक क्षेत्रमा नगरपालिकाले समन्वय र सहजीकरणका माध्यमबाट मुद्दा किनारा लगाउने बिधिलाइ आत्मसात गरेको कुरा बताउभयो ।

नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगरपालिकाले गत असोज ९ गते आयोजना गरेको लगानी सम्मेलनपछि विभिन्न क्षेत्रमा लागनी हुन थालेको र लगानीकर्ताको उत्साह पनि बढेको बताउनुभयो । नगरपालिकाले कैयौं भौतिक पूर्वाधार निर्माणका काम शुरु गरेको उहाँले बताउनुभयो । जेष्ठ नगारिक मिलन केन्द्र स्थापना, भ्यूटावर निर्माण, होमस्टे संचालन जस्ता कामको शुरुवात गरिएको प्रवक्ता श्रीले उल्लेख गर्नुभयो । उहाले कृषि शिक्षा स्वास्थ्य सुचना र प्रविधिको क्षेत्रमा समेत नगरपालिकाले उल्लेखनिय कार्य गरेको बताउनुभयो । नगरपालिकाको मध्यावधि समिक्षा कार्यक्रम सोमबार बृहत कार्यक्रम को बिचमा हुने उहाको भनाइ छ ।

SHARE