मोहन न्यौपाने , तिलोत्तमा पौष २१ गते । तिलोत्तमा नगरको मध्यावधि समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको अध्यक्षता तथा उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रि माननीय लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न समिक्षा कार्यक्रमममा नगरको तर्फबाट नगरप्रमुख बासुदेव घिमिरेले अढाई बर्षमा गरिएको नगरको समग्र बिकाश र योजनाको खाका प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रममा बोल्दै उद्योग पर्यटन बन तथा बाताबरण मन्त्रि माननीय लिला गिरीले नगरपालिकाले अढाई बर्षमा गरेको समग्र कार्य स्थानिय तहमै उल्लेखनीय रहेको बताउदै यसमा सहयोग गर्ने सबै जनप्रतिनिधि तथा नगरबासीहरुमा बधाई एबम धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख बासुदेव घिमिरेले स्थानिय तहमा काम गर्ने शैली र नगरबासीको सहयोग ले आधा कार्यकालमा ५० प्रतिशत काम पुरा गर्न सफल रहेकोमा सम्पूर्ण नगरबासीहरुमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । सोहि कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका नगर अध्यक्ष मोहन चापागाईं , नेकपाका नेता यज्ञ गैरे, उद्योग बाणिज्य संघ तिलोत्तमाका अध्यक्ष गुणनिधि भण्डारी माधव, पुर्व जिशिअ टेक बहादुर थापा, लिल बहादुर केसी, सस्थागत बिद्यालयका प्रधानाध्यापक खेमराज पाण्डे लगायतले बोल्दै नगरको समग्र बिकाशमा जनचासो बढेकाले नगरको बिकाश अझ सशक्त बनेको बिश्वास ब्यक्त गरेका छन् ।

सोहि अवसरमा नगरका तर्फ़बाट स्वागत मन्तब्य राख्दै नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले सबै क्षेत्रको समग्र बिकाशमा सबैको सहयोगले यहासम्म आएकोमा सबै नगरबासिमा धन्यबाद ब्यक्त गर्नुभएको थियो । उहाले नगरको न्यायिक क्षेत्र देखि शिक्षा , स्वास्थ्य, रोजगार र महिला तथा युवाको क्षेत्रमा समेत नगरपालिकाले समग्र बिकाश आयोजनाहरु सबैलाई समेट्ने गरि अघि बढेको बताउनुभयो ।
त्यस्तै नगरका प्रबक्ता सुरेन्द्र श्री ले नगरको भरपुर सेवा र सेवाग्राही बिचको तारतम्य मिलाई नगरको बिकाशलाई अघि बढाइएकोले काम गर्न सहज बाताबरण भएको र सबैको सहयोगले अझ अघि बढ्न उत्प्रेरणा मिलेको बताउनुभयो ।

नगरको शिक्षा स्वास्थ्य रोजगार बिकाश योजना कृषि तथा पशुपालनको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने सामजिक संघ सस्थालाई सो कार्यक्रममा सम्मान गरिएको थियो । उत्कृस्ट बिद्यार्थी, सामुदायिक तथा सस्थागत बिद्यालय, ज्येष्ठ नागरिक, आमा समुह, क्लब, उत्कृस्ट करदाता, कृषक, परोपकारी समाज सस्था, कर्मचारी, पत्रकारिता क्षेत्रमा योगदान गरेबापत पत्रकार टिआर शर्मा, उत्कृस्ट वार्ड कार्यालय लगायतलाई नगद सहित सम्मान तथा प्रशंशा पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माको संचालनमा सम्पन्न सो कार्यक्रममा विभिन्न राजनीतिक दल, संघ सस्था, सुरक्षा निकाय , शैक्षिक सस्था , क्लब, आमा समूह, टोल बिकाश समिति , कर्मचारी तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

SHARE