मोहन न्यौपाने , पौष २३ तिलोत्तमा । बालमैत्री स्थानीय शासन लागु गर्ने प्रतिबद्दता अनुरुप तिलोत्तमा नगरपालिका आउदो २०७७ साल ज्येष्ठ ३० गते बालमैत्री नगरपालिका घोषणा हुदै छ । नगरपालिकाको ७५औ कार्यपालिका बैठकबाट सो निर्णय गरिएको नगरका प्रबक्ता सुरेन्द्र श्री ले बताउनुभयो । नगरपालिकाबाट निर्माण गरिने कानुन संरचना, बिकाश आयोजना लगायतका सबै क्षेत्रमा बाल बचाउ, बाल संरक्षण, बाल सहभागिता र बाल बिकाशका सुचकहरुलाइ लागु गर्दै सो घोषणा गरिने उहाले बताउनुभयो ।

नगर कार्यपालिकाको २०७६ साल पौष १० गते नगर प्रमुख बासुदेव घिमिरेको अध्क्षयता बैठक बसी २०७७ साल ज्येष्ठ ३० गते वालमैत्री नगर घोषणाको लागि कार्ययोजना पारित गरेको छ | सो सम्बन्धि अभिमुखीकरण कार्यक्रम यस अघि मंसिरमै गरिएको थियो । बैठकले नगरप्रमुख बासुदेव घिमिरेको अध्यक्षता रहने गरि उपप्रमुख जागेश्वरी देवी चौधरी सहित १२ सदस्यीय समिति गठन गरेको छ जसमा सदस्य सचिव प्रमुख प्रशाशकिय अधिकृत माधव प्रसाद शर्मा रहनुभएको छ भने सहजकर्ताको रुपमा चन्दा भुसाल लाइ चयन गरेको छ ।

बालमैत्री तिलोत्तमा नगरपालिकाको लागि वाल क्लब बाल संजालको गठन, परिचालन, प्राध्यानध्यापक, स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयमसेविका, नगरकार्यपालिकाका पदाधिकारीहरु, समन्वय समिति वाल संजाललाई अभिमुखीकरण, आचार संहिता मापदण्ड, रणनीति योजना तयारी वाल प्रोफाईल र स्थितिपत्र तयारी गर्ने जस्ता क्रियाकलाप तय गरिएका छन |

SHARE