Wednesday, December 19, 2018

रोयल शंकरनगर र मणिग्राम किङ्स बिजयी : टिपिएल शुरु

तिलोत्तमा, १ मंसिर । तिलोत्तमा क्रीकेट बिकाश समितिको आयोजना भएको आजदेखी शुरु टिपिएलको पहिलो खेलमा रोयल शंकरनगर र दोस्रो खेलमा मणिग्राम किङ्स बिजयी भएका छन।

आजै भएको उद्घाटन खेलमा रोयल शंकरनगरले रोयल च्यालेन्जर भैरहवालाई ८ विकेटले पाखा लगाएको हो । टस जितेर ब्याटिङ रोजेको च्यालेन्जरले १२३रनको टार्गेट दिएको थियो । १२४ रनको लक्ष्यमा ब्याटिङ मा उत्रीएको शंकरनगरले ८ विकेट मै लक्ष्यसाथ प्रतिद्वन्दीलाई पाखा लगाएको हो । आफ्नो ब्लास्टिङ खेल प्रदर्शन गरेको शंकरनगरका रोहित पौडेलले पहिलो खेलको म्यान अफ द म्याच प्राप्त गरे ।

त्यस्तै दोस्रो खेलमा नुसि वारियर्स लाई बाहेक गराउदै मणिग्राम किङ्सले आफ्नो अगाडिको यात्रा तय गरेको छ । १६४ रनको शानदार टार्गेट दिएको नुसि वारियर्सलाई ६ विकेटमै मणिग्राम किङ्सले हराए पछि दोस्रो खेलको पहिलो जित किङ्स ले गरेको हो ।किङ्सका तर्फ बाट अमरसिङ् राउटे म्यान अफ द म्याच घोसित भएका छन ।

भोलिको पहिलो खेल ज्ञानोदय गोल्ड्स भर्सेस लुम्बिनी कासाई र दोस्रो खेल बुटवल डाइनामाइट भर्सेस एस आर एनएसपिए टाइगर बिच बिहान ९ बजे र दिउँसो १ बजे खेल हुने आयोजकका तर्फबाट खेल सम्योजक दिपक भुर्तेलले बताए ।

शंकरनगर क्रिकेट क्लबले गर्यो खेलाडी सम्मान तथा जर्शी हस्तान्तरण 

   शंकरनगर क्रिकेट क्लबले आज खेलाडी सम्मान तथा जर्शी वितरण समारोह सम्पन्न गरेको छ।  यहि मङ्सिर १ गते देखि शुरु हुन गैरहेको टिपीएलमा सहभागी हुन लागेको क्लबले आफ्ना खेलाडि परिचय गराउदै आफ्नो जर्शी समेत प्रदर्शन गरेको छ । क्लबका अध्यक्ष निरज बराल को अध्यक्षता तथा स्थानिय समाजसेवी कल्याण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सबै खेलाडीलाइ सम्मान तथा आफ्नो नामको जर्शी हस्तान्तरण गरिएको थियो ।
अघिल्लो बर्षको टिपिएलमा सेमी फाइनलसम्म पुगेको सो क्लब यस बर्षको खेलमा आफ्नो क्लबमा नेपालबाट खेल्ने रास्ट्रिय खेलाडीहरु धेरै भएकोमा उपाधि चुम्न सकिने आशा रहेको क्लबका अध्यक्ष निरज बराल ले बताए ।
सो कार्यक्रममा बोल्दै जागृति युवा क्लबका अध्यक्ष अर्जुन प्रसाद पौडेलले स्थानिय युवाहरुलाई राष्ट्रिय स्तरसम्म पुर्याउन यस्तो खेलको अभ्यासले योगदान पुग्ने भन्दै खेलमा उपाधि चुम्न सफल होस् भनि शुभकामना दिएका थिए ।
त्यस्तै क्लबका सहयोगी तथा अतिथि ज्ञानु कार्कीले खेल र खेलाडीको सम्मानमा सबै डटेर लाग्नुपर्ने र खेलकुदको बिकाशमा सबै एकताबद्द हुनुपर्ने बताए ।
त्यस्तै सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कल्याण पौडेलले खेल र खेलाडी एक सिक्काको दुइपाटा भएकाले सरकारी र गैर सरकारी संघसस्थाबाट यसको क्षेत्रलाई  फराकिलो बनाउन भूमिका खेल्नुपर्ने बताए । उनले समाजमा रहेर कुलत र विसंगतिमा लागेका युवा खेलकुदमा लाग्दा समाज र देश बिकाशमा टेवा पुग्ने भन्दै क्लबको सफलताको कामना गरेका थिए ।
क्लबको सो कार्यक्रममा नेपालि राष्ट्रिय टिमका रोहित पौडेल , शुसंता भारी, सन्जिब सुनार, रुपेश बास्तोला लगायतका सबै खेलाडीलाई सम्मान गरिएको थियो। सो अवसरमा प्रमुख अतिथि कल्याण पौडेल , सभापति निरज बराल , गोकुल चापागाईं , प्रशिक्षक  बसन्त शाहीले सबै खेलाडीलाई ड्रेस हस्तान्तरण गरेका थिए सो कार्यक्रमको संचालन गंगाराम सुनारले गरेका थिए  ।

शिवपुर कपको कार्तिक २० गते हुने फाइनलमा झरना र संयुक्त भिड्ने

तिलोत्तमा, कार्तिक  । रुपन्देहीको तिलोत्तमा–११ शिवपुरमा जारी दोस्रो शिवपुर कप फुटवल प्रतियोगिताको फाईनल खेलमा संयुक्त फुटबल क्लब, बुटवल र झरना स्पोर्टस् क्लव कुञ्जलापुर भिड्ने भएका छन् । आइतबार भएको अन्तिम सेमिफाईनल खेलमा जनज्योति युवा क्लब डिङ्गरनगरलाई शुन्यका विरुद्ध एक गोलले पाखा लगाउदैं संयुक्त युवा क्लबले फाईनल खेलका लागि आफ्नो स्थान सुरक्षित गरेको हो । यसअघि शनिबार भएको पहिलो सेमिफाईनल खेलमा फर्साटिकर युवा क्लबले फाईनल सम्मको यात्रा तय गरिसकेको थियो ।

आइतबार भएको खेलमा दोस्रो हाफको ७ औं मिनेटमा संयुक्त युवा क्लबका अमृत तमुले प्रहार गरेको बल गोलमा परिणत भएपछि उक्त गोल नै निर्णयक बन्न पुग्यो । पहिलो हाफमा उल्लेख्य सम्भावनाहरु बनाए पनि गोल हुन नसकेपछि दोस्रो हाफको सुरुबाटै संयुक्त युवा क्लब खेलमा हावी भएको थियो ।

यसअघि शनिबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा फर्साटिकर युवा क्लव फर्साटिकरलाई चार–एक गोल अन्तरले रोक्दै झरनाले फाईनल उपाधिमाथि दाबेदारी दिएको थियो । १६ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल शिवपुर माविको खेल मैदानमा मंगलबार दिनको २ बजे देखि सुरु हुने खेल संयोजक केदारचन्द्र पराजुलीले जानकारी दिनुभयो । कार्तिक ५ गते देखि सुरु भएको सो प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित पुरस्कार प्राप्त गर्नेछन् ।

शुरुभयो एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल, उद्घाटन खेलमा आयोजक अघिल्लो चरणमा प्रवेश

बुटवलमा एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । एभरेष्ट माध्यमिक विद्यालय बुटवलको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिनमा १० वटा खेलहरु भएका छन् ।पहिलो दिनमा भएका खेलबाट विजयी भएका समुह अघिल्लो चरणमा प्रवेश गरेको छ । बिहीबारको खेलमा काभ्रे जिल्ला भलिवल संघलाई आयोजक एभरेष्ट माविले हराएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तै सुदुरपश्चमाञ्चल एकेडेमि कैलालीले रुद्रपुर पिसल्याण्ड भूपु सैनिक रुपन्देहीलाई, जानकी माध्यमिक विद्यालय चितवनले सगरमाथा माविलाई, थ्रीस्टार एकेडेमि काठमाण्डौले वीसडम एकेडेमी कञ्चनपुरलाई हराएर अघिल्लो चरणमा प्रवेश पाएको छ ।त्यसैगरी सिद्धमावि दाङले नवज्योति मावि रुपन्देहीलाई र ज्ञानज्योति मावि बाँकेले प्यारामाउण्ट मावि काठमाण्डौलाई पराजित गरेका छन् । यस्तै न्यू डायमण्ड एकेडेमी काठमाण्डौ र टप्स मावि कास्कीले वाक वोभर पाएर विजयी भएका छन् ।

प्रतियोगिता अन्तरगत विहिबार पहिलो चरणका खेलहरु सम्पन्न भएका तथा दोस्रो चरणका खेलहरुमा शुक्रबार प्रि क्वाटर फाईनल र क्वाटर फाईनलका खेलहरु हुने प्रतियोगिता संयोजक अर्जन घिमिरेले जानकारी दिनुभयो ।प्रतियोगिताको उद्घाटन गर्दै नेपाल भलिवल संघका केन्द्रीय अध्यक्ष मनोरञ्जन शरण शर्माले भलिवल खेलको विकास आशालागे जस्तो नभएकाले यसको विकासमा राज्यले गम्भिरताका साथ सोच्नु पर्ने बताउनुभयो । उहाँले मुलुकमा तीन सरकार भएकाले तीनै सरकारले खेलक्षेत्रको विकासमा योजनाबद्ध भई लाग्नु पर्ने सुझाव दिनुभयो ।

उहाँले भलिवलको विकासका लागि संघका तर्फबाट छात्रा भलिवलका लागि ५० हजार सहयोग गरेको उद्घोष समेत गर्नुभयो ।एभरेष्ट मावि विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, प्याब्सन बुटवल नगर समितिका अध्यक्ष कुलराज शर्मा, विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपाने, बरिष्ठ सहायक प्रिन्सिपल माधव आचार्य, शिक्षक माधव पौडेल लगायतले भलिवलको विकासमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्तिक १७ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौं, बुटवल, पोखरा, दाङ, धनगढी, नेपालगञ्ज, कञ्चनपुर, चितवन, काभ्रे र रुपन्देहीका गरी १६ समूहले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको फाईनल खेल शनिबार हुने छ ।

शिवपुर कप फुटबलमा संयुक्त युवा क्लव विजयी

तिलोत्तमा, कार्तिक ८ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ११ शिवपुरमा जारी दोस्रो शिवपुर कप फुटबल प्रतियोगिताको बिहीबारको खेलमा संयुक्त युवा क्लव बुटवल विजयी भएको छ । संयुक्तले डिएमसी तुलसीपुरलाई दुई–शुन्य गोल अन्तरले हराएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा डिएमसीको निकै राम्रो प्रस्तुति रहे पनि कुनै गोल भने गर्न सकेन । संयुक्तको जितका लागि पहिलो हापको ३ मिनेटमा शरद क्षेत्री र दोसो हापको ११ औं मिनेटमा निकिन थापाले समान एक–एक गोलको योगदान गरेका थिए ।

शिवपुर सामुदायिक विकास संस्थाको आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत् शुक्रबार लिस्नु युवा क्लव कोटिहवा र लुम्बिनी खुकुरी क्लव बेलहियाबीच प्रतिस्पर्धा हुने खेल संयोजक केदारचन्द्र पराजुलीले जानकारी दिनुभयो । शिवपुर माविको खेल मैदानमा कार्तिक ५ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । २० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार सहित पुरस्कार प्राप्त गर्नेछन ।

झरनाको रक्तदान सम्पन्न, फुटबलको अशोज २७ गते हुने फाइनलमा फर्साटिकर र लिष्णु भिड्दै

३२ औ झरना रनिङ्ग शिल्ड गर्दै रहेको झरना स्पोर्ट्स क्लबले रक्तदान पनि सम्पन्न गरेको छ ।क्लबले बिगत १७ वर्सदेखि निरन्तर रक्तदान गर्दै आएको छ । आज सम्पन्न रक्तदान कार्यक्रममा ३० युनिट रक्त संकलन गरेको क्लबका अध्यक्ष लोक पुनले बताए । सो कार्यक्रममा रक्तदान गर्ने सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कुन्जलापुर मगर भवनमा भएको कार्यक्रमको संचालन कोशाध्यक्ष धनेन्द्र पौडेलले गरेका थिए ।

फ़ाइनलमा लिष्णु र फर्साटिकर भिड्दै

तिलोत्तमाको कुञ्जलापुरमा भैरहेको ३२ औं झरना रनिगं शिल्ड नकआउट फुटवल प्रतियोगिताको यहि अशोज २७ गते फाइनल खेल हुने भएको छ ।निकै रोमाञ्चक खेल हुने सो फाइनल खेलमा फर्साटिकर युथ क्लब र लिष्णु युवा क्लब भिड्ने आयोजकले जनाएको छ ।
रुपन्देहीको पुरानो क्लब झरना स्पोर्ट्स क्लव,कुन्जलापुरको आयोजनामा उमा निमाविको खेलमैदानमा खेल भइरहेको छ ।प्रतियोगितामा रुपन्देही, नवलपरासी, र कपिलवस्तु १६ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन । दुई सेमिफाइनलिस्ट टोलीलाई २१–२१ हजार र प्रत्येक दिनका उत्कृष्ठ खेलडी र अन्त्यमा उत्कृष्ट खेलाडी, गोलरक्षक, गोल किपर लगायतलाई पनि नगद सहित पुरस्कृत गरीने क्लवका कोषाध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न: मनिक र सुन्दर प्रथम

तिलोत्तमा नगरपालिकाको आयोजनामा प्रथम मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । एकै दिनमा तिलोत्तमा १४ सुर्खौलीमा रहेको नर्मदेश्वर प्राविको खेल मैदानमा सम्पन्न मेयरकप व्यडमिन्टन प्रतियोगितामा मनिक कुमार राना र सुन्दर गुरुङको समूह प्रथम भएको छ । प्रथम हुन सफल राना र गुरुङको समूहले नगद पचास हजार तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै पदम थापा र थम्मन सिंह सारुको समूह द्धतीय भई नगद तीस हजार तथा प्रमाणपत्रमा चित्त बुझाएको छ । त्यस्तै अमित राना र सुरज गुरुङको समूह र पदम राना तथा समिर पुनको समूह तृतीय भई दश/दश हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

आजको खेलमा लुम्विनी स्पोर्ट क्लवका समिर पुन उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत गरिएको छ । तिलोत्तमा नगरापालिकाका नगरप्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य एबम वार्ड न १५ का अध्यक्ष खेमराज गुरुङ्ग्को संयोजकत्वमा सम्पन्न सो प्रतियोगितामा ४० जना सहित २० टिमको सहभागिता रहेको थियो । नगरका उपसचिव हरिप्रसाद ज्ञवालीको स्वागतमा सम्पन्न सो प्रतियोगितामा नगरप्रमुख बासुदेव घिमिरेले उपाधि चुम्ने तथा उत्कृस्ट खेलाडीलाइ शिल्ड पुरष्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । स्थानिय लुम्बिनी स्पोर्ट्स क्लबको ब्यबस्थापन रहेको सो प्रतियोगिताको संचालन शाखा अधिकृत सुदिप गिरीले गर्नुभएको थियो ।

दोस्रो टिपीएल २०७५ को अक्सन सम्पन्न

तिलोत्तमा क्रिकेट बिकाश समितिको आयोजनामा हुने दोस्रो टिपीएल २०७५ को अक्सन सम्पन्न भएको छ । ८ टिम को सहभागिता रहने सो प्रतियोगितामा खेलाडीको छनौट विद्यार्थी, स्थानिय, रास्ट्रिय ख्यातिप्राप्त खेलाडीले खेल्ने आयोजकले बताएको छ ।

विभिन्न क्लब बिच बोल्बोलाहट बाट २६० खेलाडी को छनौट गरिएको थियो । खेलाडी न्युनतम ५ हजारदेखि २ हजार नगदमा खेलाडी किनिएका छन् । सो छनौट भएका खेलाडी खरिद गर्ने क्लब को तर्फा बाट खेल खेल्नेछन । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा टिपीएल क्रिकेट प्रतियोगिता कार्तिक २७ गते गतेदेखि शुरुवात हुने सस्थाका संयोजक दीपक भुर्तेलले बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने खुला ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारि पुरा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यहि असोज ३ गते देखि खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । संविधान दिवसको अवसरमा नगरस्तरीय प्रथम मेयरकप खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

प्रतियोगिता वडा नं १४ खैरिया सुपौली स्थित साविक नर्मदेश्वर प्रा.वि. मा हुने नगरपालिकाले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न गठित समितिको मंगलबार बसेको बैठकले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा क्लब, विद्यालय, कलेज, संघ–संस्थाहरुलाई असोज १ गतेसम्म नाम दर्ता गराउन आग्रह गरेको थियो । सहभागी टिम दर्ता शुल्क एक हजार कायम गरिएको प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैंयाँ प्राप्त गर्ने संयोजक खेमराज गुरुङले जानकारी दिनुभयो । यस्तै द्धितीय हुनेलाई ३० हजार तथा तृतीय हुनेलाई १५ हजार रुपैंयाँ पुरस्कार राखिएको छ । टिम दर्ताका लागि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा तोकिएको छ । असोज ३ गते शुरुहुने खेलको लागि हालसम्म १६ टिमको दर्ता भैसकेको छ । ४ वटा कोर्ट भएको सो खेल मैदानमा सबै खेल एकैदिनमा सिध्याउने गरि खेलाइने प्रबक्ता श्रीले बताए ।

अलुम्नाई राममणी बास्केटबल प्रतियोगिताको उपाधि फ्लायर्स ग्रुप{ए}लाई

बास्केटबल तर्फ रुपन्देहीकै सर्वाधिक पुरस्कार राशीसहित मणिग्रामस्थित राममणी बहुमुखी क्याम्पसमा सञ्चालित “अलुम्नाई एशोएिशन राममणि एवम् फ्लायर्सकप दोस्रोे खुल्ला बास्केटबल प्रतियोगिता–२०७५”  आज सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि सह–आयोजक फ्लायर्स गु्रपको समूह “ए” ले जितेको छ, भने सैनामैना बास्केटबल ग्रुप उपविजेता बनेको छ ।

अलुम्नाई एशोसिएशन राममणि बहुमुखी क्याम्पसका अध्यक्ष गणेश पाठकको सभापतित्वमा भएको समापन कार्यक्रममा विजयी तथा उपविजयी र सहयोगी सबैलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले पुरस्कृत गर्नुभयो । सो अवसरमा बोल्दै नगरप्रमुख घिमिरेले खेलकुदको विकाशका लागि पूर्व विद्यार्थी र स्थानीय युवाको प्रशंसा गर्दै नगरपालिकाले पनि यथेष्ट बजेट र कार्ययोजना लिएको जानकारी दिनुभयो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले क्याम्पसको सर्वपक्षीय विकाशका लागि पूर्व विद्यार्थीले समेत सघाएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस्तै क्याम्पस प्रमुख मोहनराज शर्माले क्याम्पसमा चौथो श्रृंखलाको जिल्लास्तरीय फूटबल सँगै बास्केटबलको दोस्रो श्रृंखला सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै प्राज्ञिक विकाश पनि उत्तिकै अघि बढेको जानकारी दिनुभयो ।

गत भाद्र ११ गतेदेखि सञ्चालित प्रतियोगिताको फाइनलमा विजयी हुँदै फ्लायर्सले नगद तीस हजार रूपियाँ सहित शील्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।त्यस्तै प्रतियोगिताको उपविजेता सैनामैना बास्केटबल ग्रुपले नगद बीस हजार रूपियाँ सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  विजयी समूहका टिम क्याप्टेन श्याम थापा र उपविजयी समूहका टिम क्याप्टेन सुमित छन्त्याल सहितको टिमलाई प्रतियोगिता समापनसँगै पुरस्कृत गरिएको थियो ।

फ्लायर्स गु्रपका कार्यवाहक अध्यक्ष दुर्गा रानाको संयोजकत्व तथा अलुम्नाई एशोसिएशनका सचिव होमप्रसाद पौडेलको सञ्चालन एवम् उपाध्यक्ष विजेश न्यौपानेको स्वागतमा भएको कार्यक्रममा रेफ्रीहरू सम्राट भट्टचन, मनोज गुरूङ्, दिलबहादुर गुरूङ्, र उत्कृष्ट खेलाडी फ्लायर्स गु्रपका प्रकाश गुरूङ्लाई विशेष सम्मानित गरिएको थियो ।
विभिन्न कलेज र क्लब गरी करीब १ दर्जन टिमको सहभागिता रहेको प्रतियोगिता समापनका अवसरमा एन.एम.वि. बैंकका मणिग्राम शाखा प्रबन्धक युवराज पाठक, युवा समाजसेवी रमेश डुम्रे, दिपक भट्टराई, क्याम्पसका सह–प्राध्यापक गोपाल पन्थी, क्याम्पसको कर्मचारी संघका अध्यक्ष उमेशकुमार शाही लगायतको उपस्थिति रहेको थियो ।

 

- Advertisement -

RECENT POSTS