Wednesday, June 19, 2019

फोनमा ‘हेल्लो’ कसरी चल्यो ?

फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ स् हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला ? यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ ।टेलिफोनका आविष्कारक हुन् अलेक्जेन्डर ग्राहम बेल ।

१० मार्च १८७६ मा उनले टेलिफोनको आविष्कार गरी पेटेन्ट लिए । फोनको आविष्कार गरेसँगै उनले सबैभन्दा पहिले आफ्ना मित्र वाट्सनलाई सन्देश प्रेषित गर्दै भने : श्री वाट्सन यहाँ आऊ । मलाई तिम्रो खाँचो पर्यो । ग्राहम बेलले फोनमा हेल्लो होइन Ahoy शव्द बोलेका थिए । टेलिफोनको प्रयोग आम रुपमा हुन थालेसँगै मानिसहरुले फोनमा कुरा गर्दा सुरुमा बोल्ने शव्द हुन्थ्यो : Are you There? अर्थात् मलाई सुनेका छौ ?

तर पछि वैज्ञानिक थोमस अल्बा एडिसनले Ahoy शव्दलाई अप्रभंस गरी सन् १८७७ मा Hello भन्ने प्रस्ताव गरे ।उक्त प्रस्तावलाई पारित गर्नका लागि थोमस अल्बा एडिसनले पिट्सबर्गको केन्द्रीय जिल्ला तथा मुद्रण टेलिग्राफ कम्पनीका अध्यक्षलाई पत्र लेखे र टेलिफोनमा सबैभन्दा पहिले बोल्दे शव्द हेल्लो राख्न प्रस्ताव गरे ।उनको प्रस्ताव स्वीकृत मात्र भएन उनी आफैले टेलिफोनमा हेल्लो बोल्न सुरु गरे । जुन पछि सबैले प्रयोग गर्न थाले र अहिलेको अवस्थामा आइपुगेको छ । –एजेन्सीको सहयोगमा

प्राध्यापक तथा कर्मचारीलाई कम्प्यूटर प्रशिक्षण

तिलोत्तमा । मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीका लागि सञ्चालित आधारभूत कम्प्यूटर प्रशिक्षण आज क्याम्पसमा समापन भएको छ । प्रशिक्षण समापन गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले प्राज्ञिक कार्य तथा अनुसन्धानको क्षेत्रमा प्राध्यापकहरूलाई गतिशील बनाउन क्याम्पसले निःशुल्क कम्प्यूटर प्रशिक्षण उपलब्ध गराएको बताउनुभयो ।

क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिका सदस्य ताराप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक हेमलाल गौतमले प्राध्यापक तथा कर्मचारीहरूमा सिकाईको उत्सुकता देखेर आफू प्रभावित भएको बताउनुभयो । अनुसन्धान व्यवस्थापन समितिका सदस्य मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा सहभागी प्राध्यापकहरूः बालकृष्ण अर्याल, आनन्दप्रसाद पाण्डेय, माया कडेरिया लगायतले प्रशिक्षणबाट आफूहरूमा प्राविधिक सबलता थपिएको बताउनुभयो ।

गत चैत्र १० गतेदेखि सञ्चालित प्रशिक्षणमा १७ जना प्राध्यापक तथा कर्मचारीको सहभागिता रहेको क्याम्पसका संकाय प्रमुख नारायणप्रसाद भुसालले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीलाई सुरक्षा

राजन पन्थी । शसस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेश गंगोलिययाको नवनिर्मित “बिल्लादार तथा जवान ब्यारेक भवन” को बिहीबार एक समारोहका बिच औपचारीक उद्घाटन सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको रु ५ लाख र प्रहरीहरुकै श्रमदान समेत परीचालन गरी निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेब घिमिरेले “साधन स्रोतको अभावका बाबजुद पनि शसत्र प्रहरीले शान्ति सुरक्षा संगसंगै मानविय सहयोगको क्षेत्रमा पुर्याएको योगदान“ को सह्राहना गर्नुभएको थियो ।

त्यसैगरी नगर उपप्रमुख जगेश्वर देबी चौधरीले बेश क्याम्पको स्थाईत्वका लागि समुदाय र स्थानिय सरकारको तर्फबाट गर्नुपर्ने सबैकार्य गर्न तैयार रहेको बताउदै बाकी कामका लागि पहल गर्न प्रहरी संगठनसंग आग्रह गर्नूभयो । कार्यक्रममा २७नं गण भैरहवाका शसस्त्र प्रहरी उपरीक्षक बसन्त कुमार बोगटी र गंगोलिया बेश प्रमुख शसस्त्र प्रहरी निरीक्षक झपिन्द्र बानियाले “राज्यले दिएको जिम्मेवारी, संगठनको निर्देशन, समुदायले चाहेअनुसारको शान्ति सुरक्षा र बिकासका कार्यमा हातेमालो गर्न समेत प्रतिबध्द रहेको“ बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा– १७ का वडाध्यक्ष दान बहादुर चौधरी सहितका जन प्रतिनिधीहरु र स्थानिय सरोकारवालाहरुले बेसक्याम्पको स्थायित्वका लागि पहल गरिदिन आग्रह गर्दै हालसम्म भएगरेका कार्यहरु र गर्न बाकी कार्यको बारे बताउनुभयको थियो ।

कार्यक्रमको संचालन बेशका सशस्त्र प्रहरी नायब निरीक्षक दिपेन्द्र पौडेलले गर्नुभयको थियो । कार्यक्रममा नगर तथा वडाका जन प्रतिनिधी, टोल बिकास संस्थाका पदाधिकारी, बिभिन्न कार्यालयका कर्मचारी, शिक्षक, उद्योगी, ब्यापारी तथा बिभिन्न पेशा ब्याबसायी, पत्रकार, सुरक्षाकर्मी र सर्बसाधारण को सहभागिता रहेको थियो । यसअघि पुरानो भवनमा रहँदा जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीहरु आफुहरुभने निकै असुरक्षित रहनु परेको बताउदै आएका थिए ।

२०६५सालमा गंगोलियामा स्थापित सशस्त्र बेश क्याम्प का सुरक्षकर्मीहरु ३८ बर्ष पुरानो भूकम्पले थिला परेको जिर्ण भवनमा बसेर सेवा दिदै आईरहेका थिए। टिनकै छाना भएपनी नयाँ भवनमा बस्न पाउँदा सुरक्षाकर्मीहरुले केही राहत र सुरक्षित महसुस गरेका छन् ।

सुचना प्रबिधि र बिद्यालय : सम्पादकीय

मानव अधिकारका रूपमा लिइने आधारभूत शिक्षामा सबैको सरल पहुँच बनाउन र दूर शिक्षा, अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग उपयुक्त माध्यम हो । परिवर्तित सन्दर्भमा युगको माग अनुरूप शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग आवश्यक देखिन्छ । शिक्षामा सूचना प्रविधिको प्रयोग नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना अपूर्ण हुने निश्चित प्रायः छ ।

शिक्षक तथा विद्यार्थीले पाठ्यपुस्तकमा मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । हाल अध्ययन सामग्रीको खोजीका लागि स्थानीय तथा विदेशी ‘सफ्टवेयर’, ‘इन्टरनेट’ तथा विभिन्न शैक्षिक ‘वेभसाइट’ हरूको उपयोग हुन थालेको छ । अब सिकाइलाई ‘अनलाइन’ र ‘अफलाइन’ मार्फत् जुनसुकै बखत हेर्न, पढ्न र सिक्न सकिन्छ । सूचना तथा सञ्चार प्रविधिमा आधारित सिकाइले विद्यार्थीलाई देशभित्रै बसेर एक कोठाबाट देशविदेशका डिग्री हासिल गर्न सम्भव भएको छ । भौगोलिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधारहरूको अभावका कारण औपचारिक तवरबाट शिक्षा दिन नसकिने अवस्थाको अन्त्य भएको छ । विद्यार्थीमात्र नभई नयाँ प्रविधिको आगमनसँगै शिक्षकका सूचना र ज्ञान परिमार्जित भएका छन् । आफूले नजानेका विषयमा जान्न र सिक्न मन लागे जुनसुकै समयमा प्रविधिको प्रयोगले ज्ञान हासिल गर्न सकिने भएको छ ।

शिक्षक होस् वा विद्यार्थी कम्प्युटर, ल्यापटप, स्मार्ट फोनको प्रयोग केवल टेलिफोन तथा मनोरञ्जनका लागि मात्र नभई डिक्सनरी, विकिपिडिया, शैक्षिक सामग्री खोज्न र पढ्ने लगायतका शैक्षिक प्रयोजनका लागि उपयोग गरिंदै छन् । विद्यालय र उच्च शिक्षामा समेत अमूर्त अवधारणा, शब्द, चित्र, ‘एनिमेशन’, ‘सिमुलेशन’ आदिका माध्यमबाट प्रभावकारी ढंगले शिक्षण हुनथालेको छ । यसले विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गराएको छ । सूचना प्रविधि नेपालका लागि धेरै सम्भावना बोकेको क्षेत्र हो । त्यसमा पनि शिक्षा क्षेत्रमा सूचना प्रविधिको प्रयोग अझ बढी उपयुक्त हुने देखिन्छ । नयाँ पुस्तामा आधुनिक समय सुहाउँदो शिक्षाप्रतिको आकर्षण बढ्दो छ ।

मुलुकलाई साँचो अर्थमा लोकतान्त्रिकीकरण र आधुनिकीकरण गर्ने अभिभारा पूरा गर्ने गरी वर्तमान शिक्षा नीतिमा परिवर्तन गरी सूचना प्रविधियुक्त शिक्षा नीतिको आवश्यकता देखिन्छ । सिक्ने र सिकाउने सम्बन्धमा विकसित नवीनतम विधि, नियम र प्रविधिलाई कुशलतापूर्वक प्रयोगको उचित वातावरण सिर्जना गर्दै अन्य विकसित देशको तुलनामा नेपाललाई पु¥याउन सक्ने शिक्षा नीतिका साथै दृष्टिकोण अपरिहार्य छ ।

प्राविधिक शिक्षा विहिन स्थानिय तह

प्रदेश नम्बर ५ का १२ वटा जिल्लामा १ सय ९ वटा स्थानिय तह छन् । ती सबै स्थानिय तहमध्ये ५१ वटामा प्राविधिक धारको शिक्षा प्रदान गर्ने विद्यालयहरु नभएको पाइएको छ । केन्द्र सरकारले ‘एक स्थानिय तह, एक प्राविधिक विद्यालय’ को अवधारणा ल्याए पनि प्रदेश नम्बर ५ का ५१ वटा स्थानीय तहले प्राविधिक शिक्षा सञ्चालन गर्न सकेका छैनन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी प्रदेश ५ का ५८ वटा मात्रै स्थानिय तहमा रहेका विद्यालयहरुले प्राविधिक धारको शिक्षा प्रदान गर्दै आएका छन् ।

सामाजिक विकास मन्त्रालय प्रदेश ५ को तथ्यांकअनुसार प्रदेशमा कृषि जेटिए, कृषितर्फ आईएस्सी एजी, पशुतर्फ आईएस्सी भिजी, कक्षा ८ देखि १२ कक्षासम्म कम्प्युटर ईन्जीनियरिङ्ग, ईलेक्टोनिक्स ईन्जीनियरिङ्ग, सर्भे ईन्जीनियरिङ्ग, सिभिल ईन्जीनियरिङ्गका कक्षा सञ्चालन हुँदै आएका छन् । यस्तै कक्षा ८ देखि १२ सम्म अटोमोवाईल्स ईन्जिनियरिङ्गका साथै कक्षा १० पासपछि स्वाथ्यतर्फका ल्याब टेक्निसियन, ल्याब एसिस्टेन्ट, सिएमए, एएनम्, हेल्थ अरिष्टटेन्टका कक्षाहरुसमेत सञ्चालन हुँदै आएका छन् । निजी क्षेत्रहरुले समेत प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी प्राविधिक धारका विभिन्न छोटो तथा लामो अवधिका कक्षाहरु सञ्चालन गरिरहेका छन् । जसमा टेक्निकल एसएसली (टिएसएलसी) देखि डिप्लोमासम्मका कक्षा छन् ।

प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीका अनुसार प्रदेश सरकारले बाँकी रहेका ५१ वटा स्थानिय तहमा निकट भविश्यमै प्राविधिक धारको कक्षा सञ्चालन गर्ने जानकारी दिए । उनले भने, ‘यसका लागि तयारी भैरहेको छ ।’ प्राविधिक शिक्षा सञ्चालन गर्न अन्य साधारण शिक्षाभन्दा पनि बढी खर्च लाग्ने र विद्यालय आफंैले स्रोत जम्मा गर्न नसक्ने अवस्थाको कारण पनि ग्रामीण क्षेत्रमा रहेका स्थानिय तहहरुमा प्राविधिक धारको शिक्षा प्रदानमा कठिनाई रहेको सचिव ज्ञवालीको भनाई छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले आफूहरुले बाँकी रहेका स्थानिय तहमा जतिसक्दो छिठो प्राविधिक धारको व्यवहारिक र रोजगारमूलक शिक्षा प्रदान गर्ने जोहो गरेको जानकारी दिए । सरकारले ६ हजार युवाहरुलाई छोटो अवधिको सिपमूलक, व्यवहारिक र रोजगारमूलक तालिम प्रदान गर्ने योजना बनाएको जानकारी दिँदै उनले प्राविधिक शिक्षा सबै क्षेत्रमा पु¥याउन आफैमा चुनौती रहेको बताए ।

अहिले प्रदेश ५ का ६० वटा प्राविधिक शिक्षालयहरु (विद्यालय तहको शिक्षा प्रदान गर्ने) रहेको जानकारी दिदै मन्त्री बरालले ८ वटा सिटिईभिटीका आंगिक क्याम्पसहरु सञ्चालनमा रहेको जानकारी दिए । यसबाट प्रदेश ५ मा १ सयभन्दा बढी विद्यालयहरु÷क्याम्पसहरुमा प्राविधिक धारको कक्षा सञ्चालन हुँदै आएकोमा निकट भविश्यमै यसलाई बढाउने योजना रहेको मन्त्री बरालको भनाई छ । प्राविधिक धारको शिक्षाको विकल्प नभएको मन्त्रालयले निस्कर्ष निकालेको भन्दै मन्त्री बरालले क्रमशः प्रदेश ५ का विपन्न, बस्तीहरुमा पनि प्राविधिक धारको शिक्षा सुरुवात हुने जानकारी दिए ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटी) प्रदेश ५ का निर्देशक ईंन्जिनियर अरविन्द्रकुमार चौधरीले प्रदेश कार्यालय स्थापना नहुँदा केही समस्या भएको जानकारी दिँदै अव प्रदेश कार्यालय स्थापना पश्चात सरकारको योजना अनुसार नै नयाँ प्राविधिक धारको विद्यालयमा पढाई सुचारु लगायतका कार्यहरु गरिने बताए । उनले प्राविधिक शिक्षामा निजी क्षेत्रको पनि महत्वपूर्ण स्थान रहेको भन्दै यसमा नीजी क्षेत्रको सहकार्यमा पनि अगाडि बढिने जानकारी दिए ।

२५ खर्बमा नेपालका ३१ वटा परियोजना

नेपालमा ३१ परियोजनामा लगानी गर्न ४८ विदेशी कम्पनी इच्छुक, लगानी २५ खर्ब नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन दिएका छन् । गएको चैतमा काठमाण्डौमा भएको अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलनमा प्रस्तुत भएका ७७ वटा परियोजनामध्ये ३१ वटामा लगानीको लागि प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ ।

यी परियोजनाको लागत २५ खर्ब रुपैयाँ छ । कृषिका ५ परियोजनामा ७, स्वास्थ शिक्षामा २, उर्जाका ७ पूर्वाधारमा ८, उद्योगमा १, पर्यटन पूर्वाधारमा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ र सहरी पूर्वाधारका ४ परियोजनामा ५ वटा आवेदन पेश भएका छन् ।

लगानी बोर्डले पहिलो चरणमा २७ परियोजनाको लागि ३ महिनाभित्र विकासकर्ता छनौट गर्ने जनाएको छ । त्यस्तै १७ वटा परियोजनाको लागि ९ महिनाभित्र र बाँकी ६ परियोजनाको लागि १४ महिनाभित्र विकासकर्ता छनोट गर्ने बोर्डले जनाएको छ ।

बालबालिकामा प्रविधिको नराम्रो प्रभाव

लक्ष्मी पाण्डे
पछिल्लो समय घरका परिवारसंगै प्रविधिको प्रयोग बढ्दै जादा बालबालिकामा यसको प्रभाव अझै नकारात्मक परेको एक अध्ययनले बताएको छ । हरेक घरजसो हुने मोबाइल , कम्प्युटर , घडि , क्यामेरा , टेलिभिजन तथा रेडियो सम्मको प्रयोगले अहिले बालबालिकामा नराम्रो लत बसेको छ । बढीजसो त मोबाइलमा खेल्ने , विभिन्न भिडियो हेर्ने अनि गेम खेल्नाले बालबालिकामा नकारात्मक असर पुगेको देख्न सकिन्छ । प्रविधिबारे जिज्ञासा राख्नु र त्यसको प्रयोग गर्नु नराम्रो कुरा होइन तर बालबालिकाले प्रविधिलाई कुन किसिमले चलाएका छन, त्यो महत्वपूर्ण कुरा हो ।

सदुपयोग गर्न जाने प्रविधिले बालबालिकालाई सही बाटोमा लैजान्छ, दुरुपयोग गरे गलत बाटोमा । पछिल्लो समय प्रविधिलाई गलत काममा प्रयोग गर्ने क्रम पनि बढेको छ । राममणि क्याम्पसमा अध्ययनरत विक्रम रसाइली यसको सदुपयोग भन्दा दुरुपयोग भएको महसुस गर्छन , बालबालिकाले मोबाइल कम्प्युटरमा हेर्दा सकारात्मक भन्दा पनि नकारात्मक कुरा , आखा बिगार्ने दिमाग तान्ने खालका सामग्री बढी हेर्नाले यसले धेरै असर पुगेको बताउछन ।
हिजोआज धेरैजसो विद्यालयमा मोबाइल, भिडियो गेमजस्ता विद्युतीय सामग्री निषेध गरिएको छ ।

घरमा बाबुआमाले पनि आफ्ना नानीबाबुहरूलाई मोबाइल, कम्प्युटरजस्ता उपकरणमा धेरै समय बिताउनुहुँदैन भनेर बेला–बेलामा सम्झाउँछन् तर बालबालिका भने पाएसम्म तिनै सामग्री चलाउनमा तल्लीन देखिन्छन् । कक्षा १० मा अध्ययनरत उषा पाण्डे इन्टरनेटको सदुपयोग गर्न सके यसबाट धेरै फाईदा लिन सकिने बताउनुहुन्छ । छात्रा उषा पाण्डेले हरेक चिजको फाइदा र बेफाइदा हुने र इन्टरनेटको सहजता भएकाले सदुपयोग गर्नु जरुरि भएकोमा बेपÞmाइदाजनक हिसाबले चलाउदा आफैलाई बेफाइदा पुग्ने बताउछिन ।

प्रविधिमा लत बढ्दै जाँदा बालबालिकामा सृजनशीलताको ह्रास हुँदै गएको भन्ने गुनासो धेरै तिर सुन्न सकिन्छ । बालबालिकाहरुले प्रविधिका साधनलाई मनोरञ्जनका साधनको रुपमा मात्र प्रयोग गर्दा नकारात्मक असर पर्ने र सदुपयोग गर्न सके उनीहरूमा सकारात्मक प्रभाव पर्ने नेपाली विषयका शिक्षक काशीराम ढकालको बुझाइ छ । इन्टरनेटको माध्यमबाट शिक्षण सिकाइ प्रक्रियामा दिगो शिक्षा हासिल गर्न सकिने भएकाले यसलाई शैक्षिक रुपमै प्रयोग गर्नु जरुरी भएको शिक्षक ढकाल बताउछन। अनावश्यक कुरा हेरेर, खेलेर हामीलाई कुनै फाइदा छैन भने किन त्यो कुरा हेर्ने त्यसैले बिद्यार्थी जिबनमा सिकाई उपलब्धि हुने सामग्री हेर्नु इण्टरनेट्को फाइदा भएको बताएका छन् ।

बालबालिकाले प्रविधिका सामग्रीलाई आफ्नो जीवनमा सदुपयोग हुने पक्षबाट भन्दा खेलौनाको रुपमा मात्र लिनाले गलत बानीको विकास भैरहेको छ । प्रविधिका सामग्रीलाई पाठ्यक्रममा केही रुपमा समेटिएको भए पनि यो पर्याप्त भने छैन । तसर्थ सूचना तथा सञ्चार प्रविधि विषय नै राखेर यी सामग्री कसरी प्रयोग गर्ने गराउने भन्ने बारे अनिवार्य विषयको रुपमा समेट्न सके उनीहरुको सिकाई दीगो हुन सक्छ ।

लाइसेन्स प्रिन्ट भयो कि भएन? अब मोवाइलबाटै यसरि थाहा पाउनुहोस्

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ।स्पेरो एसएमएस प्रा. लि. र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस सेवा सुरु गरिएको हो।यातायात व्यवस्था विभागका महानिर्देशक लावन्यकुमार ढकाल र स्पेरो एसएमएस प्रा. लि.का प्रबन्ध निर्देशक अरविन्द साहले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन्।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडि एप्लिकेन्ट आईडी टाइप गरेर (WT ‹space› Applicant ID ) ३३००१ मा एसएमएस पठाउन सकिनेछ ।एसएमएस पठाउनासाथ र्उित्तर्ण वा अनुत्तिर्ण भएको जान कारी एसएमएस पठाउने ब्यक्तीको मोबाइलमा आउने छ।त्यसैगरी, आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC ‹space› Applicant ID) ३३००१ मा एसएमएस गर्न सकिने छ । त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउनेछ।

तिलोत्तमा नगरपालिकामा वार्डबाटै घरनक्शा

नक्सा पास प्रक्रियालाई सेवाग्राहीमैत्री बनाउन तिलोत्तमा नगरपालिकाले वडा–वडामा पुगेर नक्सा पासको काम गरिरहेको छ । हरेक हप्ताको दुई दिन अर्थात् बिहीबार र शुक्रबार मात्र नक्सा शाखाको टोली कार्यालयमा रहने गरेको छ । बाँकी दिन शाखाका सबै कर्मचारीहरु फिल्डमा पुग्छन् । सेवाग्राहीहरुले पुराना घरको नक्सा पासको सबै काम वडा कार्यालयबाटैं प्राप्त गर्छन् । कर्मचारीहरु वडाबाटैं घरधनीको घरमा पुग्ने, घरको नापजाँच गर्ने काम गर्छन् । नगरपालिकाको यस्तो अभियानले सेवाग्राहीलाई सजिलो भएको छ । तिलोत्तमा नगरपालिकामा दैनिक सरदर तीन वटा नयाँ घरहरु थपिने गरेका छन् । नगरपालिकाको घरनक्सा शाखाले उपलब्ध गराएको घर नक्सा दर्ता संख्याले यस्तो देखाएको हो । नयाँ नगरपालिका भएकाले यहाँ अझै पनि घरहरु पूर्णतः नक्सा पासको प्रक्रियामा आउन सकेका छैनन् । नक्सा पासविना बनाइएको भत्काउने सम्मको अधिकार स्थानीय तहलाई छ । चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म यहाँ नयाँ ३ सय ५८ घर निर्माणका लागि नक्सा दर्ता भएका छन् । सोही अवधिमा २ सय १७ घरले निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् । यहाँ साउनमा ६८, भदौमा ८४, असोजमा १०२ र कार्तिकमा १०४ नयाँ घरको नक्सा पास प्रक्रियाका लागि दर्ता भएका छन् । यस्तै साउन, भदौ, असोज र कार्तिक महिनामा क्रमशः ७७, ४२, ५८ र ४० घर निर्माण सम्पन्न भएर घरधनीले प्रमाणपत्र लिएका छन् । ‘यस नगरपालिकमा सरदर दैनिक तीन वटा नयाँ घर नक्सा दर्ता हुने गरेको छन् ।’ नक्सा शाखा प्रमुख ईञ्जिनियर मनिष खनालले भने । यहाँ पुराना घरको नक्सा दर्ता नयाँको भन्दा झण्डै दोब्बर छ । नगरपालिका गठन हुनुभन्दा अघि निर्माण भएका घरहरु ‘पुरानो’ को रुपमा नक्सा पासका लागि दर्ता हुने गरेका छन् । यहाँ गत साउनदेखि कार्तिकसम्म ३ सय ३८ पुराना घरको नक्सा दर्ता भएको छ भने यहीँ अवधिमा १ हजार ३ सय ११ पुराना घरको नक्सा पास भएको छ । साउनमा १ सय ११, भदौंमा १ सय चार, असोजमा १ सय ६ र कार्तिकमा १७ पुराना घरको नक्सा दर्ता भएको हो भने क्रमशः ३७६, ४१७, ३४७ र १७१ पुराना घरको नक्सा पास भएको नक्सा शाखा प्रमुख ईञ्जिनियर खनालले जानकारी दिए । अहिले नगरपालिकाले पार्किङ सहितका घर बनाउन प्रोत्साहन गरिरहेको नगर प्रमुख उप–प्रमुख जगेश्वरदेवी चौधरीको भनाइ छ । नगरपालिका गठन भएपछि तिलोत्तमामा हालसम्म नयाँपुराना ११ हजार ९ सय ४२ घरको नक्सा दर्ता भएकोमा ६ हजार ७ सय ४७ घरले सम्पन्नता प्रमाणपत्र प्राप्त गरेका छन् । गत आर्थिक वर्ष २०७४÷७५ मा मात्र यहाँ ५ हजार ८ सय ३३ नयाँ÷पुराना घरको नक्सा दर्ता हुँदा सोही अवधिमा २ हजार ५ सय ८७ घरले सम्पन्नता प्रमाणपत्र प्राप्त गरेका थिए ।

पछिल्लो समय रुपन्देहीमा विकासका ठूला पूर्वाधार निर्माण भैरहँदा जिल्लाको तिलोत्तमा नगरपालिकामा बस्ती विकास तीव्र रुपमा बढ्दै गएको पाइएको छ । यो जिल्लाका पूराना सहर बुटवल र भैरहवाबीचमा पर्ने नयाँ नगरपालिका हो । भूगोलका हिसाबले यो रुपन्देहीकैं मध्य भागमा अवस्थित छ । नगरपालिकाले हालै गरेको घरधुरी सर्वेक्षणअनुसार यहाँको जनसंख्या एक लाख पच्चिस हजार पुगेको छ । राष्ट्रिय जनगणना–२०६८ अनुसार यहाँको जनसंख्या एक लाख मात्र थियो ।
पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अवसरले यहाँ बसाईसराई गर्नेको चाप उच्च भएका हो । नगरपालिकाले यहाँ नयाँ–नयाँ योजना अघि सारेको छ । स्थानीय, प्रदेश र संघीय सरकारबाट यहाँ विकासका ठूला पूर्वाधारहरु यहाँ तीव्रतर रुपमा अघि बढेका छन् । प्रदेश राजधानी भएसँगै बुटवलमा रहेका सरकारी कार्यालयहरु समेत एकपछि अर्को यहाँ सर्न थालेका छन् । यी सबै कुराको प्रभाव बस्ती विकासमा देखिएको हो ।यहाँ होटल, बैंक तथा वित्तीय संस्था, उद्योगधन्दा, कलकारखाना, सेवा उद्योग खुल्नेक्रम तीव्र छ । ‘तिलोत्तमा भर्जिन सिटी भएकाले यहाँको जनघनत्व बढ्दै गएको छ । नयाँ घर थपिने क्रम उच्च छ ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा भन्छन्– ‘यहाँ विकासका ठूला पूर्वाधार बनाउने पर्याप्त संभावनहरु पनि छन् ।’नगरपालिकाले यहाँ चक्रपथ, प्रादेशिक बस टर्मिनल, सामुदायिक अस्पताल, कोल्डस्टोर, फोहोरमैला प्रशोधन केन्द्र, औद्योगिक ग्राम, खेलकुद मैदानलगायत विकासका विभिन्न पूर्वाधार अघि सारेको छ । यहाँ प्रदेश स्तरको मेडिकल कलेज पनि बन्दै छ । यहाँ पहाडी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, प्युठानलगायतका स्थानबाट मानिसहरु बसाइ सरेर आउने गरेका छन् । यी जिल्लाबाट विभिन्न प्रयोजनका लागि अस्थायी रुपमा बसोबास गर्नेहरुको संख्या पनि यहाँ बढ्दै गएको छ ।

आठबर्षमा बनेन, तिनबर्षमा बन्नुपर्ने सडक

वर्तमान ओली सरकार जनताले अभिमत पाएर बनेको हालसम्मकै शक्तिशाली सरकार हो । चुनावी घोषणा पत्र देखी सरकारका निति तथा कार्यक्रममा समेत जनतालाई पानिजहाज देखी रेलसम्मका सपना बाँडेको सरकारले भइरहेका सडक र संरचना समेत प्रयोग गर्न योग्य बनाउन नसक्दा जनतामा निराशा पैदा भएको छ । भएका सडक त सवारीसाधन गुड्न योग्य छैनन् भने रेल र पानिजहाजका कुरा गर्नुको के अर्थ ? भन्दै आम जनताले वितृष्णा पोख्न थालेका छन् । देशभर जिर्ण र खाल्डा खुल्डी नभएको कुनै सडक छैन । बन्दै गरेका संरचना तोकिएको समयभन्दा बर्षौँ ढिला भईसक्दा पनि सरकार म्याद थप्नमै व्यस्त छ । यसैको एउटा उदाहरण बुट्वल–बेलहिया सडकखण्ड पनि हो । पटक–पटक म्याद थप हुंदै चैत्रसम्म सक्ने बताइएको निर्माणाधिन बुटवल बेलहिया व्यापारिक मार्ग फेरि पनि भनेको समयमा पुरा नहुने निश्चित भएको छ । कूल २७ किलोमिटर दुरीको मार्ग अन्र्तगत मणिग्रामदेखि बुटवलसम्मको खण्ड निर्माण पुरा भए पनि पुरा संरचना भने निर्माण भै नसकेको छ ।

तीन वर्षमा सक्ने लक्ष्यसहित शुरु भएको आयोजना आठ वर्षमा पनि पूरा नहुँदा सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ । धुलो र हिलोले विशेषगरी मोटरसाइकलमा यात्रा गर्नेहरुले सास्ती खेप्नुपरेको छ । सडक निर्माणका क्रममा डिजाइन परिवर्तन, शुरुको डिजाइनमा २ वटा नाला मात्र रहेकोमा थप २ वटा गरी ४ वटा नाला निर्माण गर्नुपरेको, विद्युत पोल र खानेपानी पाइप स्थानान्तरण, सडक सिमा भित्रका घर र संरचना हटाउन ढिलाई, कच्चा पदार्थको अभावजस्ता कारणले आयोजना समयमै पुरा हुन नसकेको आयोजनाका प्रमुख जिवेन्द्र मिश्रको तर्क छ ।
बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३ किलोमिटर सडक विस्तार कार्य भने अदालतको फैसलाले रोकिएको छ । चार प्याकेजमा ठेक्का सम्झौता गरी काम भएकोमा १२ किलोमिटर मध्ये ५ किलोमिटरमा बेसको काम समेत शुरु हुन सकेको छैन । ७ किलोमिटर क्षेत्रमा मुख्य लेनमा ग्रावेल गर्ने र पहिलो लेयरमा अलकत्रा बिच्छाउने गरिएको भएपनि ५ किलोमिटर क्षेत्रभने खाडल सहितको धुलाम्मे छ । आयोजनाका इञ्जिनियर योगेन्द्र अधिकारिले यसवर्षको जेठ महिनादेखि असोज महिनासम्म नै पानी परेकोले काम गर्न कठिनाई भएको बताएका छन् ।
मणिग्रामदेखि सुनयनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोक सम्मको ३ किलोमिटर गरी ६ किलोमिटर सडक टेलिकम ईण्डिया लिमिटेड टिसिआईएलले एक अर्ब रुपैयां लागतमा ठेक्का सम्झौता गरी निर्माण गरिरहेको छ । त्यस्तै सुनैनापथदेखि मधवलियसम्मको ३ किलोमिटर खण्ड ६२ करोड रुपैयां लागतमा कालिका रायमाझी र लखनचोकदेखि अञ्चलपुर सम्मको २ किलोमिटर सडक बिरुवा श्रेष्ठ एपेक्स जेभीले ४१ करोड रुपैयां लागतको ठेक्का सम्झौता गरी निर्माण गरिरहेका छन् ।
चैत्रसम्म थपिएको समयमा पनि काम पुरा नगर्ने निर्माण कम्पनीसंग आयोजनाले जरिवाना असुल गर्न सक्ने छ । आयोजना प्रमुख मिश्रले फागुनसम्म सर्भिस लेन सहितकै सबै सडक निर्माण पुरा हुने दावी गर्छन् । यो मार्गको मुख्य सडक १०.४० मिटर चौडाईको चार लेन रहेको छ भने सर्भिस लेन दुवैतर्फ ६ मिटर चौडाईको छ । बिचको डिभाइडर ३ मिटर चौडाईको छ भने डिजाइन स्पिड ८० किमि प्रति घण्टा रहेको छ । आयोजनाको कूल लागत ५ अर्ब ८६ करोड हो । स्थानीय तहहरुले नदिजन्य वस्तुको ठेक्का लगाई नसकेकोले बांकि रहेको सडकमा नदिजन्य पदार्थको अभाव छ । प्रत्येक वर्षको विनियोजित वार्षिक बजेटको ९५ प्रतिशत भन्दा बढी रकम भने आयोजनाले खर्च गरेको छ । बुटवल बेलहिया ब्यापारिक मार्ग अन्र्तगत भैरहवाको सडक र डण्डा पुलको निर्माण जिम्मेवारी लिएको कालिका तामाङ प्यासेफिक जेभीलाई करिव एक करोड जरिवाना तिराइएको छ । गत मंसिर महिनामा सम्पन्न गरी सक्नुपर्ने काम समयमा नसकेपछि उक्त कम्पनीले ९४ लाख ७९ हजार रुपैया राजश्वमा दाखिला गरिसकेको आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले बताएका छन् ।

बुटवल–बेलहिया ‘सिक्स’ लेन सडकको निर्माण कार्य आउँदो चैत्रसम्म पूरा नहुने देखिएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाले गत दशैंमा बुटवल–बेलहियाको यात्रा सहज रुपमा गर्न पाइने बताउँदै आएको थियो । तर, अझै ५ किलोमिटर सडक बन्न बाँकी रहेकोले बाँकी अवधिमा त्यो निर्माण पूरा हुने संभावना देखिँदैन । सडक निर्माणमा ढिलाई हुँदा यात्रु र स्थानीय बासिन्दाले लामो समयदेखि सास्ती खेप्नु परेको छ । नेपाल–भारत पारवहन सहज र व्यापार विस्तार गर्न आर्थिक वर्ष २०६८र०६९ देखि सिक्सलेन लेन सडक बनाउन सुरु गरिएको थियो ।
पछिल्लो समय तोकिएको चैत्र मसान्तसम्म सडक निर्माण गर्न ठेकेदारले धमाधम काम गरे पनि समयमा पूरा नहुने देखिएको छ ।’मुख्य लेनमा कालोपत्रे गर्न बाँकी मणिग्रामदेखि गोदार इन्जिनियरिङसम्म चार प्याकेजमा अहिले काम भैरहेको छ । मुख्य लेन निर्माण गरिएको स्थानमा पनि सर्भिस लेनको काम बाँकी नै छ । आयोजनाले चार वटै ठेकेदारको सम्झौता ४ महिना थप गर्ने तयारी गरेको बुझिएको छ । आयोजनाका अर्का इन्जिनियर योगेन्द्र अधिकारीले यस वर्ष लक्ष्यअनुसार काम भए पनि निर्धा्रित समयमा काम पूरा हुने अवस्था नरहेको जनाए ।
यो सडक निर्माणमा सुरुवातबाटै ढिलाइ भैरहेको छ । निर्माण हुन बाँकी धेरैजसो सडक तिलोत्तमा नगरपालिकामा परेकाले नगरपालिकाले निर्माण कार्य तोकिएकैं समयमा सक्न पटक–पटक आयोजना र ठेकेदार कम्पनीको ध्यानाकर्षण गराउँदै आएको छ । ‘विभिन्न बाहाना देखाउँदै सडक निर्माणमा ढिलाइ भैरहेको छ ।’ तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे भन्छन्, ‘बाटो बिग्रदा यात्रुहरु निकै मर्कामा पर्नुभएको छ ।’आयोजना निर्माणको कूल लागत ५ अर्ब ८६ करोड मध्ये अहिलेसम्म ४ अर्ब २८ करोड रूपैयाँ खर्च भैसकेको आयोजना प्रमुख जीवेन्द्र मिश्रले जानकारी दिए । बन्न बाँकी सडकका लागि १ लाख ७० लाख घनमिटर नदीजन्य पदार्थ आवश्यक पर्ने जनाइएको छ । आयोजना प्रमुख मिश्र भन्छन, ‘अहिले नदीजन्य पदार्थको अभाव छैन । आवश्यक पर्ने पदार्थ पनि सहजै पाइएको छ ।’
आकाशे पुल समयमा भएनन् सम्पन्न
सिक्स लेनमा निर्माणाधिन १० वटा आकाशे पुल मध्ये ७ वटा यसै असार मसान्तभित्र सम्पन्न गर्ने सम्झौता भए पनि सबै पुल सम्पन्न हुन सकेन । केही पुलहरूको एक तिहाई काम भए पनि कुनै ठाउमा फाउण्डेसन समेत बन्न सकेको छैन । योगिकुटी, राजमार्ग चौराहा, मिलनचोक, हस्पिटललाइन, ड्राइभरटोल, भैरहवा (आँखा हस्पिटल अगाडि) र देवकोटा चोकका आकाशे पुल निर्माण सम्पन्न हुने आयोजनाको थियो । इञ्जिनियर अधिकारीले प्राविधिक कारणले पुल निर्माण हुन नसकेको र अहिले पहिले को गुनामा धेरै काम भएको बताए । पुल निर्माणको ठेक्का महादेव खिम्ती एसेएटिक र महेश जेभी, बर्दघाटले लिएका छन् । ११ करोड रूपैयाँमा अपाङ्गमैत्री समेत रहेका पुल १५ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको थियो ।तर समय बित्न केहि महिना बाकि रहदा समेत सो सम्पन्न हुने छाल देखिएको छैन ।

RECENT POSTS