Friday, February 15, 2019

प्रदेश स्थापना दिवसमा बुटवलको मैदानमा चल्यो पानीजहाज

नेपालमा पानीजहाज चल्ने निश्चित हुदै गर्दा प्रदेश नं. ५ कोे अस्थायी राजधानी बुटवलको मैदानमै पानीजहाज चलेको छ। सबै तरहले शृंगार गरिएको सो पानि जहाज प्रदेश नं. ५ कोे प्रथम स्थापना दिवस र बुटवल उप–महानगरपालिकाको ६० औं स्थापना दिवसको अवसरमा बाटै भरि चलेको हो । प्रदेश नं. ५ कोे प्रथम स्थापना दिवसको अवसरमा देखिएको र्यालीमा अलौकिक दृश्य देखियो जुन रमाइलो र रोचक थियो । सो प्रथम स्थापना दिवस बुटवलमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ । स्थापना दिवसको कार्यक्रम बुटवल उपमहानगरपालिका र प्रदेश सरकारले संयुक्त मूल समारोह समिति गठन गरेर कार्यक्रम गरेका थिए । मूल समारोहको अध्यक्षता प्रदेश नं. ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रममा माननीय प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश सभाका सभामुख, उपसभामुख, प्रदेश सरकारका माननीय मन्त्रीहरु, प्रदेश सभा विपक्षी दलका नेता, प्रदेश सभाका विभिन्न समितिका सभापतिहरु, प्रदेश सभाका माननीय सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, उच्च अदालतका माननीय मुख्य न्यायधिश , प्रमुख सचिव, प्रदेश सभाका सचिव, प्रमुख जिल्ला अधिकारी, विभिन्न स्थानीय तहका प्रमुखहरु, उप्रमुखहरु, प्रदेश सरकारका सचिव, प्रदेश न्यायधिवक्ता, प्रदेश योजना आयोग उपाध्यक्षहरु, जङ्गी निजामती लगायतका राष्ट्रसेवक कर्मचारीहरु, संचारकर्मी मित्रहरु, नागरिक समाजका अगुवाहरु, विभिन्न संघसंस्थाका प्रमुखहरुको सहभागितामा भव्य समारोहका बीचमा कार्यक्रम भएको हो ।

प्रदेश सरकार गठन भई विधिवत रुपमा कार्यप्रारम्भ गरेको पहिलो स्थापना दिवस र बुटवल उप–महानगरपालिकाको ६० औं स्थापना दिवसका अवसरमा विहान बुटवल बहुमुखी क्याम्पस परिसरबाट विभिन्न झाँकीसहितको प्रभातफेरि भएको थियो । उक्त समारोह बुटवल मण्डपमा पुगेर विशेष सभामा परिणत भएको थियो ।
त्यस अवसरमा झाँकीमा सहभागीहरुलाई उनीहरुको उत्कृष्टताका आधारमा नगदसहित सम्मान गरिएको थियो । त्यसअवसरमा उत्कृष्ट हुने नेवा समाज बुटवल द्वितीय हुने ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय बुटवल, तमु प्ये ल्हु संघ, बुटवल तृतीय भएका थिए । यस्तै सान्त्वनामा सैनामैना नगरपालिका, तिलोत्तमा नेवा मयँज खल, बुटवल र मयुर नाच बुटवल १९ रानीबारीलाई पुरस्कृत गरिएको थियो । झाँकीको मूल्यांकनका लागि डा.हिरण्य ज्ञवाली, दीपक ज्ञवाली र दलबहादुर गुरुङको निर्णायक समिति बनाइएको थियो ।

बुटवलका करदाताहरु सम्मानित
यसैगरी बुटवल उपमहानगरपालिकाले उत्कृष्ट सम्पत्ती कर बुझाउने संस्थाका रुपमा नेपाल हाइड्रो इलेक्ट्रिक प्रालि बुटवल ४ लाई, सम्पत्ति कर बुझाउने व्यक्तितर्फ विलासमोहन वजाथान्छे, वहाल कर तर्फ व्यक्ति कुसुमदेवी शाक्य, उपभोक्ता समिति तर्फ भैरव पथ टोल उपभोक्ता समिति बुटवल ११ देविनगरलाई सम्मान गरिएको थियो । उक्त समितिलाई नगद ६० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
यसैगरि सरसफाई अभियन्ताका रुपमा बुटवल तिनाउ नियमित सरसफाई अभियानका संयोजक ठाकुर गैरेलाई ७५ हजार नगदसहित सम्मान गरिएको थियो । बुटवलमा तिनाउ सरसफाई अभियानको ३४ औं श्रृंखला चलिरहेको छ ।
उत्कृष्ट फुलबारी व्यवस्थापन प्रोत्साहन पुरस्कार (हरियाली प्रवद्र्धन) मेलमिलाप टोल विकास संस्था, कालिकानगर प्रथम, बुद्ध टोल विकास संस्था, कालिकानगर द्वीतिय, १ नं. टोल विकास संस्था कालिकानगर तृतीय र जनकल्याण विकास संस्था कालिकानगरलाई सान्त्वना स्वरुप नगदसहित सम्मान गरिएको थियो ।
उक्त भव्य समारोहको सञ्चालन बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले गर्नुभएको थियो । विसं.२०१६ साल फागुन ३ गते स्थापना भएको थियो । प्रदेश ५ सरकार भने २०७४ फागुन ३ गते स्थापना भएको हो ।

सोही अवसरमा प्रदेश स्थापनाको एक वर्ष नामक स्मारिका बिमोचन गरिएको थियो भने विभिन्न कर्मचारी , करदताहलाई सम्मान गरिएको छ । बुटवलमा मण्डपमा आयोजित कार्यक्रमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेललगायतको उपस्थित रहेको थियो । प्रदेश सरकारले ३ दिनसम्म प्रदेश स्थापना दिवश मनाउने निणर्य गरेपछि हिजोदेखि यस प्रदेशमा रक्तदान, सरसफाई, विद्यालयहरुमा वक्तित्वकला तथा हाजिरीजवाफ प्रतियोगिताहरु भएका छन् ।

ओमसतियामा फागुन ३ देखि भोजपुरी मेला हुदै, प्रचण्डले उद्घाटन गर्ने

    मोहन न्यौपाने, तिलोत्तमा सिटी । यहि फागुन ३ गतेदेखि शुरु हुन गैरहेको ओमसतिया कला सस्कृति खेलकुद तथा कृषि प्रबर्धन महोत्सवको तयारि पुरा हुने चरणमा छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन ३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको सो मेला फागुन ११ गतेसम्म चल्ने आयोजकका तर्फबाट संयोजक शिव कुमार धवलले बताए ।श्री रामजानकी मन्दिर रंगशाला सभाहल ब्यबस्थापन समितिको आयोजनामा हुन लागेको सो मेलामा बिशेसगरि थारु मधेसी भोजपुरी कला सस्कृति र भेसभुसाहरुको प्रदर्शनी , स्टल, खाना , बृहत सास्कृतिक कार्यक्रम अन्तरास्ट्रिय कबड्डी प्रतियोगिता, भलिबल प्रतियोगिता , थारु नाच झुमडा प्रतियोगिता , ओमसतिया डान्स आइडल मार्शल आर्ट तेक्वान्दो पुरुष तथा महिला कुस्ती महा-मुकाबुला प्रतियोगिता, बाल उद्दान, मतका कुवा , कृषि , ब्यापार , उद्योग , अटो प्रदर्शनी बिज्ञान प्रबिधि लगायतको प्रबर्धन गरिने संयोजक धवलले बताए । ओम सतिया-६ नरैनापुर, रंगशालाको प्राङ्गणमा हुने महोत्सवको समुद्घाटन गर्न नेकपाका अध्यक्ष प्रचण्ड आउने भएकाले पनि सो मेलालाइ ऎइतिहासिक दृष्टिकोणले गरिमामय मानिएको छ ।

मेलामा हाल चर्चित बनेका बालगायक अशोक दर्जी , ए आर बुढाथोकी , टंक बुढाथोकी , भोजपुरिका सुपरस्टार गायक नायक तथा भोजपुरी र बिहारी डिजेहरुको समेत उपस्थिति रहने बताइएको छ । नेपालमा तराइ क्षेत्र मै पहिलो मानिएको यस्तो मेलाले स्थानिय भाषा सस्कृति र रहनसहनलाई अझै माथि उकास्न सहयोग पुग्ने आकलन गरिएको छ ।

मान्छेहरु डोरीलाई सर्प ठानेर झुक्किन्छन् प्रचण्ड डोरी हुन , जनताले मागेको नेता ओली होइनन्, प्रचण्ड हुन् : विष्णु पौडेल

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टीहरु जति छन्, ति मिलेका भन्दा धेरै फुटेको इतिहास छ । त्यसैले भनिन्छ, कम्युनिष्ट पार्टीहरु सकभर मिल्दै मिल्दैनन् । मिलिहाले पनि लामो समय मिलेर बस्न सक्दैनन् । कि गुट बनाएर पार्टी चलाउँछन् कि फुटिहाल्छन् । पुष्पलाल श्रेष्ठले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको इतिहास हेर्दा यस्तै देखिन्छ । यही आलोचित इतिहासमा उभिएर एमाले र माओवादी केन्द्रलाई मिलाएर बनाइएको नेपाल कम्युनिष्ट पार्टीको ‘हटसिट’मा हुनुहुन्छ, नेकपाका महासचिव विष्णु पौडेल ।

पार्टी सञ्चालन गर्ने ९ जनाको उच्चस्तरीय सचिवालयको महासचिव बनेपछि पौडेललाई अब अर्को चुनौती पनि छ, कम्युनिष्ट पार्टीको फुट्ने इतिहासलाई गलत साबित गर्ने । र पार्टी एकतालाई एकढिक्का बनाएर वर्षौं वर्ष टिकाउने । त्यसअघि बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मासँग मिलेर विष्णु पौडेलले चुनावका लागि वाम गठबन्धन बनाएर एमाले र माओवादीलाई एकताका लागि हौस्याउनु भएको थियो । एकताका लागि पार्टीको सिद्धान्त बाहेक सबै विषय टुंग्याइएका पनि थिए । सबै तयारी गरेर मिति समेत प्रस्ताव भइसकेका बेला तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले बराबरी संख्या नपाए एमालेसँग एकता नगर्ने भनेर अड्डी लिनु भएको थियो ।

यही बीचमा आएर दुई पार्टीका नेता र कार्यकर्तामा सन्नाटा छायो । तर ओली गुटका नेता भनेर चिनिएपनि प्रचण्डलाई ‘डाइनामिक’ नेता मान्ने विष्णु पौडेलले एकताको डोरी बाट्न माधव नेपालको सहयोग लिनुभयो । पौडेलको समन्वयमा एकताका लागि माधव नेपालले अग्रसरता लिएपछि प्रचण्ड अडानबाट पछि हट्दै ओली सँग एकताका लागि बैठक बस्न तयार हुनु भएको हो । यसको श्रेय अहिले माधव नेपाललाई भन्दा बढी पौडेललाई गएको छ । कारण पार्टी भित्र कुन नेतामा के क्षमता छ ? अनि त्यसलाई उपयोग गरेर कसरी एक कदम अगाडि जान सकिन्छ ? भन्ने राम्रो ज्ञान अध्यक्ष केपी शर्मा ओलीपछि पौडेलमा पनि देखिएको छ ।

अब यही ज्ञान भएका पौडेललाई नेपाल कम्युनिष्ट पार्टीलाई थप बलियो बनाएर देशलाई समृद्धि तर्फ लैजानका लागि पार्टीलाई मजबुत बनाउने जिम्मेवारी मात्रै छैन । फुटबाट ग्रसित नेपाली कम्युनिष्ट पार्टीको इतिहास बदल्ने चुनौती पनि सामुन्नेमा छ । झण्डै १५ हजार नागरिकको बलिदानी । त्योभन्दा बढी घाइते र अंगभंग भएकाको खबरदारी । यही बलिदानी र खबरदारीको परिचय बनेको माओवादी जनयुद्ध । यी सबै उथल पुथलपूर्ण माओवादी आन्दोलनको लेखाजोखा गर्दा हात लाग्ने उपलब्धी हुन्, संविधानसभा, गणतन्त्र र आजको संघीयता । जसको नेतृत्वकर्ता थिए, पुष्पकमल दाहाल प्रचण्ड ।

परिवर्तनका लागि रगतको खोला बगाएपनि प्रचण्ड शान्ति वार्ता रोजेर संसदीय अभ्यासमा आउनुभयो । देशको राजनीतिक व्यवस्था फेर्न ठूलो जोखिम मोलेका प्रचण्डलाई समृद्धिको यात्रामा सँगसँगै हिँडाउने तत्कालीन एमाले नेताहरुको चाहना अहिले पूरा भएको छ । ‘कतिपय मान्छेहरु डोरीलाई सर्प ठानेर झुक्किन्छन् नि । त्यही हो प्रचण्डको गतिलाई बुझ्न नसक्नेले गर्ने टिप्पणी यस्तै हो’ पौडेलले भन्नुभयो ‘प्रचण्ड अस्थिर देखिएपनि त्यस्तो नेता हुनुहुन्न । प्रचण्ड धेरै गतिशील र डाइनामिक नेता हुनुहुन्छ ।’

बृहत आमसभामा तिलोत्तमाबाट १७ हजार सहभागी हुने

माघ ३ गते बुटवलमा हुने जनप्रदर्शन तथा बृहत आम सभामा तिलोत्तमा नगरपालिकाबाट १७ हजार बढी नेताकार्यकर्ताहरु सहभागी हुनेनेपाली काँग्रेस तिलोत्तमा नगरसमितिले जनाएको छ । बुटवललाइ स्थाइ राजधानी तोक्न माग गर्दै माघ ३ गते गर्न लागीएको आमसभाकै तयारीका क्रममा बिहान मणिग्राममा भएको छलफलमा नगरका १७ वटै वडाबाट १७ हजार बढी नेताकार्यकर्ताहरु कार्यक्रममा सहभागी हुने नगरसभापती हरीलाल पाण्डेले बताए ।

छलफलमा सहभागी अगुवा नेता कार्यकर्ता,महासमिति तथा महाधिवेशन प्रतिनिधि,नगरका १७ वटै वडाका वडा सभापती, नगर भित्र क्रियासील भातृ, भगिनी तथा पेशागत संघसंगठनका सभापतीहरुले बुटवललाइ स्थाइ राजधानी बनाउन नगरबासी ज्यान दिएर लाग्न तमतयार रहेको र सोही अनुरुप तयारी अगाडी बढाइएको जानकारी दिए। कार्यक्रममा बोल्दै जिल्ला सभापती अब्दुल रज्जाकले माघ ३ को बृहत जनप्रदर्शन तथा आमसभालाइ सफल बनाउने गरी विशेष तयारीमा जुटन नगरका नेता तथा अगुवा कार्यकर्तालाइ निर्देशन दिए ।

साताको बिदेश खबर

युएईमा १५० नेपाली अलपत्र
युएई । कम्पनीको बेवास्ताका कारण युएईमा १५० बढी नेपाली अलपत्र परेका छन् । अबुधाबीको अल वासिता क्याटरिङ्ग एमिरेट्समा कार्यरत उनीहरु सात महिनादेखि काम बिहीन भएर अलपत्र परेका हुन् ।अलपत्र पर्नेहरुमा नेपालीसहित भारत, पाकिस्तान, बंलादेश श्रीलंका फिलिपिन्सलगायत देशका करिब ७ सय कामदार छन् । जसमा १५० बढी नेपाली रहेका छन् । हाल उनीहरु अबुधाबीको मुसाफा आइकार्डको मजदुर क्याम्पमा रहेका छन् । उनीहरु मध्ये धेरैको भिसा सकिएको छ । अलपत्र परेका ६४ जना १८ महिनाअघि सोही कम्पनीमा क्लिनर, कुकलगायतको कामका लागि आएका हुन् । उनीहरुले पनि ९ महिनादेखि तलब पाएका छैनन् । समस्यामा परेका मध्ये ४५ जनाले भने दूतावासमा पुगेर निवेदन दिइसकेका छन् ।

अमेरिकामा बाबुछोरालाई स्वर्ण र कास्यपदक
अमेरिकारअमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका प्रसिद्ध भारत्तोलक रुप कार्कीले स्वर्ण पदक प्राप्त गरेका छन् । उनका छोरालाई पनि भारत्तोलन प्रतियोगितामा कास्य पदक प्राप्त भएको छ । स्वर्ण पदक बिजेता रुप कार्कीले एक स्वर्ण पदक र अर्को कास्य पदक प्राप्त गरेका छन् भने छोरा रुपेश कार्कीलाई कास्य पदक मात्र हासिल गरेका छन् । अमेरिकाको भर्जि्निया राज्यको मनासस शहरमा गत डिसेम्बर १५ मा सम्पन्न प्रतियोगितामा बुवा छोरासंगैले पदक घर ल्याएका छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन । तिलोत्तमा नगरपालिका निवासी कार्की अन्तर्रा्ष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् । छोरा रुपेश बाबुलाई पछ्याइरहेका छन् ।

चीनमा २१ कामदारको मृत्यु
चीन । उत्तरी चीनको एक कोइला खानीमाथिको छाना खस्दा कम्तीमा २१ खानीमा कामदारको मृत्यु भएको छ । शान्सी प्रान्तको शेन्मु शहर नजिक रहेको खानीमा दुर्घटना भएको समाचारमा जनाइएको छ । शनिवार भएको दुर्घटनापछि ६६ खानी कामदारहरुलाई उद्दार गरिएको छ । दुर्घटना हुँदा ८७ जना कामदारहरु भित्र काम गरिरहेको बताइन्छ । सरकारी सिन्ह्वा समाचार एजेन्सीका अनुसार छाना खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ । खानीहरुमा हुने दुर्घटनालाई मध्यनजर गर्दै कोइला उत्पादका सर्तहरुमा सुधार गर्ने र गैरकानुनी खानीहरु बन्द गर्ने प्रयासहरुको बावजुद चीनमा धेरै खानी दुर्घटना हुने गर्छ । चीनको नेशनल कोल माइन सेफ्टी एडमिनिस्टे«नका अनुसार सन् २०१७ ३७५ कोइला खानीसँग जोडिएको मृत्यु भयो । उसका अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा २८.७ ५ ले कम हो ।

१० लाख विदेशीलाई पीआर दिने
सीएनएन– क्यानडाको संसदले आगामी ३ वर्षमा १० खाल नयाँ पीआर(स्थाई बासिन्दा) थप्ने घोषणा गरेको छ । यसको अर्थ प्रत्येक वर्ष उसले आफ्नो देशको कुल जनसंख्याको १५ बराबार मानिसहरु विदेशबाट लिदैंछ । सन् २०१७ मा क्यानडाले २,८६,००० स्थाई बासिन्दालाई स्वागत गरेको थियो । अब नयाँ योजना पारित भएपछि यो वर्ष उसले ३, ५०,००० आप्रवासीहरु लिने छ । यो संख्या सन् २०२० मा ३,६०,००० र सन् २०२१ मा ३,७०,००० पुग्नेछ । ‘इतिहासकालभर हामीहरुले स्वागत गरेका नव प्रवेशीहरुहरुको कारणले क्यानडा हामीहरु सबैको लागि खुसीयाली मनाउन सकिने एक बलियो र जीवन्त समाजमा बनेको हो,’ क्यानडाका अप्रवासन, शरणार्थी तथा नागरिकतासम्बन्धी मन्त्री अहमद हुसेनले भने ।

समाज बदल्ने महत्वपुर्ण पाटो पत्रकारिता : सामाजिक विकास मन्त्री

सञ्चारिकाको प्रदेश लेखमाला विमोचन
बुटवल – सामाजिक विकास मन्त्री सुदर्शन बरालले समाज बदल्ने महत्वपुर्ण पाटो पत्रकारिता भएको बताएका छन् । उनले आवाज वीहिनहरुको आवाज संचारमाध्ययममा ल्याउन र विभेद तथा विकृति विरुद्ध संचार वकालत गर्न पत्रकारिता महत्वपूर्ण हुने बताए । सञ्चारिका समुह प्रदेश नं ५ को सञ्चारिका लेखमाला तथा सञ्चारिका फिचर सेवाको सोमबार बुटवलमा विमोचन गर्दै मन्त्री बरालले अहिलेको समय खोजमूलक पत्रकारिताको भएकाले पत्रकार महिलाले त्यसमै दक्षता र क्षमता बढाउन आग्रह गरे । ‘प्रयाप्त अध्ययन र समय दिनुपर्ने भएकाले महिलाका लागि पत्रकारिता जटिल विषय हो,’ मन्त्री बरालले भने, ‘यस्तोमा सबै सरोकारवालाले पत्रकार महिलालाई सहयोग गरेर सजिलो पारिदिनुपर्छ ।’ उनले सञ्चारिका समूहको लेखमाला लैंगिक सवाल स्थापित गर्न कोशेढुंगा सावित हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै पुर्व सांसद विनोद पहाडीले पत्रकार महिलाहरुले धेरै चुनौतीहरुलाई पार गर्दे अगाडि बढिरहेको भन्दै प्रशंशा गरे । उनले क्षमता र दक्षता बढाउदै सञ्चारमाध्ययम र राज्यको नीतिलाई लैंगिकमैत्री बनाउन पत्रकार महिला लाग्नुपर्ने बताए ।
पत्रकार महासंघ प्रदेश उपाध्यक्ष भरत केसीले पत्रकारितामा महिलाहरुलाई टिकाउन र बिकाउन सञ्चारिका समुहले ठूलो सहयोग गरेको बताए । पत्रकार महिलाको क्षमता बढाउन सञ्चारिकाले गरेको योगदानको चर्चा गर्दै उनले लेखमाला आम सञ्चार क्षेत्रका लागि महत्वपुर्ण रहेको बताए ।
मानव अधिकार तथा शन्ति समाजका केन्द्रिय वरीष्ठ उपाध्यक्ष गोविन्द्र खनालले समाज रुपान्तरणका लागि पत्रकारिता महत्वपुर्ण पाटो भएको बताए । हिंसाको विरोध र मानव अधिकार स्थापित गर्न अब पत्रकार महिला र लेखमालाले भूमिका खेल्नुपर्ने उनले बताए । पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिपक ज्ञवालीले फिचर सेवाले पत्रकार महिलाको लेखनसीपलाई वृद्धि गर्ने बताए । खोजमूलक समाचारको अभाव भएका बेला यसले सञ्चार माध्यममको अभाव समेत पूरा गर्ने बताए ।
प्रकाशक तथा प्रशारण समाजका अध्यक्ष नवराज कुवरले खोजी पत्रकारिता अहिलेको माग रहेकाले पत्रकार महिलले लेखेका उत्कृष्ट समाचारलाई सबै सञ्चार माध्यमले प्राथमिकतामा राख्ने बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघ रुपनदेहीका अध्यक्ष समुन्द्र जीसीले पछाडि परेको वर्ग र समूदायका पक्षमा पत्रकार महिलाले लेख्न सुझाव दिए । कार्यक्रममा संसदिय मामिला पत्रकार समाजका अध्यक्ष विष्णु घिमिरे, कान्तिपुर पब्लिकेशनका प्रदेश ५ संयोजक दिपेन्द्र बडुवाल लगायतले सञ्चारमाध्ययममा लैंगिक विषयका खोजमूलक समाचार उठानमा पत्रकार महिलाले खेलेको भूमिकाको प्रशंशा गरे । उनीहरुले लेखमालालाई समाजमा वाचडगका रुपमा अगाडि बढाउन आग्रह गरे । लेखमालाका सम्पादक तथा सञ्चारिका प्रदेश महासचिव अमृता अनमोलले सञ्चार माध्ययमबाट महिला, बालबालिका र मानवअधिकारका विषय उठाउन लेखमाला प्रशाशन सुरु गरेको बताइन् । महिलाहरुको संख्या र क्षमता बढाउन आफूहरु सधैं तल्लीन रहेको भन्दै त्यसकालागि पत्रकार पुरुषलाई समेत लैंगिक विषयमा सजग बनाउने बताइन् । कार्यक्रमका अध्यक्ष तथा सञ्चारिका समुह प्रदेश अध्यक्ष पार्वती पाण्डेले पत्रकार महिला अगाडी बढ्न सरोकारवाला र पुरुष पत्रकारहरुको साथ र सहयोग महत्वपुर्ण हुने बताइन् । पत्रकार महिलाको क्षमता बढाउन र उनीका लेखनशैलीलाई विकास गर्न मात्र नभै लैंगिक सवाललाई संचारमा स्थापित गर्न लेखमाला फिचर सेवाको शुरुवात गरिएको उनले बताइन् ।

पृथ्वी नारायण शाहलाइ रास्ट्रपिता किन नमान्ने ?

 लिला बहादुर केसी ।

 प्रारम्भिक जिबन: पृथ्वी नारायण शाहको जन्म बि स १७७९ पौष २७ गते गोर्खाका राजा नरभूपाल शाह र रानी कौशाल्यावातिको कोखबाट भएको हो ।बाल्यकाल देखि नै शुरबिर , निडर , पराक्रमी , बुद्दिमानी र अत्यन्त दुर दर्शिता भएका व्यक्ति थिए पृथ्वी नारायण शाह । उनि आधुनिक नेपालका रास्ट्र निर्माता हुन् । आफ्ना पिता नरभूपाल शाहको मृत्यु पछि बि स १७९९मा २० बर्षको उमेरमा गोर्खाका राजा भएका थिए । उनले गरेको समग्र नेपालको एकीकरणको अभियान बढ्दै जादा नेपालको सिमाना पूर्वमा टिष्टा नदि र पश्चिममा सतलज नदि सम्म पुगेको थियो । तर नेपाल अंग्रेज युद्द पछि अपमान जनक सुगौली सन्धि मा सहि भएपछी नेपालले लडाइमा जितेको अधिकांश भुमि गुमाउनु परेको थियो ।
बैबाहिक सम्बन्ध:पृथ्वी नारायण शाहले पहिलो बिबाह मकवानपुरका राजा हेमकर्ण कि पुत्री इन्द्र कुमारी संग गरेका थिए । पहिलो बिबाहमा केहि अड्चन आएपछि उनले दोस्रो बिबाह अभिमान सिंह राजपुत कि पुत्री नरेन्द्र लक्ष्मीसंग गरे ।
नेपाल एकीकरणका लागि चालेका कदमहरु ः बिस १७९९ मा राजा नरभूपाल शाहको निधन भएपछी २० बर्षको उमेरमा राजा भएका पृथ्वीले राजा हुन अगाबै बिस १७९८ मा काठमान्डौको रहनसहनबारे राम्रोसंग अध्ययन गरेका थिए । पिता नरभूपाल शाहलको सपना साकार पार्न बिस १८०० मा बिराट थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोटमा आक्रमण गरे । तर नुवाकोटको आक्रमणमा गोर्खालीहरुको पराजित भयो ।
दोस्रो पटक पृथ्वी नारायण शाहले बिस १८०१ मा कालुपान्डेको नेतृत्वमा नुवाकोट पुनस् आक्रमण भयो । त्यसपछि कालु पाण्डेले नुवाकोटको रक्षा तैनाथ जयन्त रानालाई गोर्खासंगा मिल्नु बाहेक अरु विकल्प नभएको पत्र हस्तान्तरण गरे । तरजयंत राणाले त्यो पत्रलाइ सिधा अस्विकार गरे । त्यसपछि गोर्खाली हरुको सम्भावित आक्रमण हुने देखेर जयन्त राणाले उपत्यकाका अरु राजा संग थप सैनिक र हात हतियार माग गरे । तर उपत्यकामा इन्द्र जात्रा को चहलपहल देखेर जय प्रकाश मल्लले जयन्त राणाको माग अस्विकार गरे । उता शंखमणि राणा नुवाकोटको सुरक्षाको लागि तैनाथ थिए । तर पृथ्वी नारायाण शाह , दलमर्दन शाह चौतारा बिष्णु शाह आदिले नुवाकोटमाथि आक्रमण गरे । यसप्रकार दलमर्दन शाहको हातबाट शंखमणिको मृत्यु भयो । यसरि पृथ्वी नारायण शाहले नुवाकोट माथि बिजयी प्राप्त गरे । त्यसपछि नुवाकोट बाट भागेर बेलकोटमा पुगी अड्डा जमाएका सिपाहीहरु माथि गोर्खालीहरुले फेरी आक्रमण गरे । यो आक्रमणमा जयन्त राणा पक्राउ परे । यसरी बेलकोट माथि पृथ्वी नारायण शाहले राज्य कब्जा गरे । यसरि पृथ्वी नारायण शाहले नेपाल एकिकरणको शिलशिलामा कैयौ स्थानलाई नेपालमा गाभे र नेपाललाई चार जात छत्तिस बर्णको फुलबारीको स्थापना गरे ।
तनहुको आक्रमण :नुवाकोट र बेलकोटको बिजयीपछि गोर्खालीहरुले लामिडाडा कब्जा गरे । तर लामिडाडा कब्जा गरेको तनहुका राजालाइ मन परेन । तनहु र गोर्खालीहरुबीच भिडन्त सम्भावना बढ्यो । खोलाको तिरमा लुकेर बसेका गोर्खालीहरुले तनहुका राजा त्रिविक्रम सेनलाइ बन्दि बनाएपछि त्यति नै बेला तनहुलाई गोर्खाली सेनाले कब्जा गरे ।
क्रितिपुरको आक्रमण ः बिस १८१४ मा पृथ्वी नारायण शाहले क्रितिपुरमा आक्रमण गरे । यसमा क्रितिपुरका राजाले काठमान्डौ , भक्तपुर , र ललितपुरका राजासंग सहयोग मागेको हुनाले क्रितिपुरमा उनीहरुको तर्फबाट ३ सय सैनिक थिए । दुवै तपÞर्m बल्खु खोलामा ६ घन्टासम्म लगातार आपसमा लडाइ भयो । यो लडाइमा धेरै गोर्खालीहरु हताहत भए । स्वयम् पृथ्वी नारायण शाह पक्राउ परे । राजा मार्न हुन्न भन्ने धार्मिक मान्यता भएकोले पृथ्वीलाई छाडियो । क्रितिपुरको लडाइमा कालु पाण्डेको मृत्यु भयो । कालु पाण्डेको ठाउमा उनका छोरा बंशराज पाण्डेलाई नियुक्त गरियो र सेनापतिको ठाउमा केहरसिंह बस्नेतलाई नियुक्त गरियो । यसरि बिस १८१६ मा गोर्खाली सेनाले शिवपुरीमा र काभ्रेमाठी बिजयी प्राप्त गर्यो ।
मकवानपुर माथि बिजयी :बिस १८१९ को भाद्र महिनामा बन्शाराज पाण्डे र केहर सिंह बस्नेतको साथमा दलमर्दन शाह, शुरप्रताप शाह , नन्दु शाह, दलजित शाह साथमा भएको ठुलो संख्यामा भएको सेनाले मकवानपुर हमला गरेको थियो । यहा १० घण्टा लडाई चलेको थियो अन्तमा राजा दिग्बन्धन सेनले आत्मसमर्पण गरेका थिए ।

गोर्खा माथिको आक्रमण ः बिस १८२० मा दिग्बन्धन सेन लाइ सहयोग गर्ने निहुमा तनहुका राजा त्रिविक्रम सेन पाल्पाका राजा मुकुन्द सेन तृतीय , काश्किका राजा सिद्दि नारायण शाहको संयुक्त सैनिकले गोर्खाको अधिनस्त रही हर्मी , भिरकोट , छपकोट , चंवागाली देउराली लकाङ्कोट माथि लुटपाट गरे ।

क्रितिपुरमा दोस्रो आक्रमण ः बिस १८२१ को भाद्र महिनामा शुरप्रताप शाह र श्री हर्ष पन्तको नेतृत्वमा क्रितिपुर माथि दोस्रो आक्रमण भयो । तर त्यहाका जनताको बिरोध भएपछी गोर्खा सैनिक पछि फर्कन बाध्य भएका थिए । क्रितिपुर बाट हानेको तिरले शुर प्रताप शाहको आखा फुटेको थियो ।

क्रितिपुरको तेस्रो आक्रमण ः क्रितिपुर माथिको तेस्रो आक्रमण को नेतृत्व काजि बंशराज पाण्डेले गरेका थिए । उनैले चारै तिरबाट गोपुर किल्लालाई घेरी खेतालाको रुपमा केहि सैनिकलाई क्रितिपुर पठाए । यो युद्दमा क्रितिपुरलाइ कहिबाट पनि सहयोग नभएकोले बिस १८२२ चैत्र ३ गते धन्वन्त काजीले गोपुर किल्लामा आत्मसमर्पण गरे ।

काठमाण्डौ उपत्यकामाथिको आक्रमण ः क्रितिपुर गोर्खाको कब्जामा पार्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जय प्रकाश मल्लले ललितपुर र भक्तपुर का राजा संग बैठक गरि गोर्खा सैनिकको बिरुद्द ससक्त सैनिक अभियान गर्नुपर्ने बिचार ब्यक्त गरेका थिए । तर ललितपुर र भक्तपुर का राजाले अनुकुल प्रतिक्रिया नजनाएकोले गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुने छ भन्ने ठानी जय प्रकाश मल्लले अंग्रेज हरु संग सैनिक तथा हात हतियारको सहयोग मागे । राजा जय प्रकाश मल्ललाई सहयोग गर्न बिस १८२३ मा सेनापति किनालकको नेतृत्वमा चौबिश सय अंग्रेज सैनिक पूर्वी नेपालको सिन्धुलिगढ़ी हुदै काठमान्डौ तिर बढ्यो । यो कुरा पहिलानै पृथ्वी नारायाण शाहलाई थाहा भएकोले सिन्धुली गढीको रक्षार्थ बिरभद्र पाण्डे ,बिरभद्र उपाध्याय र बंशु गुरुङ्ग्को समूह धुन्गेबास माथि आइपुग्दा बंशु गुरुङ्ग्को सेनाले अग्रेज सेना माथि आक्रमण गर्यो र फेरी पनि उनीहरु रोकिएनन । यसरी अघि बढिरहेको देखेर उनीहरु माथि बंश राज रबिरभाद्र उपाध्यायको सेनाले पौवागढ़ीमा आक्रमण गरेका थिए । यो आक्रमण बाट बच्न अंग्रेज सेना आफ्ना हातहतियार र बन्दुक त्यहि छाडेर प्राण बचाउन जंगल तिर भागेका थिए ।

कान्तिपुर माथि आक्रमण ः पृथ्वी नारायण शाहले उपत्यका लाइ चारैतर्फ बाट घेरी नाका बन्दि गरेकोले उपत्यकामा चरम आर्थिक तथा खाद्द संकट भएको थियो । काठमाण्डौ का राजा जयप्रकाश मल्ल कठोर बिचार भएका , घमण्डी शंकालु प्रवृतिका थिए । आफ्नै रानी र भाइ भारद्वार हरुलाई पदच्युत गरेका थिए । उनले आफ्नै छोरा राज्य प्रकाश लाइ राजा बनाएका थिए व तर कतै बात पनि उनलाई सहयोग र सहानुभूति भएन । आफ्नो शक्ति कायम राख्नउनले बिदेशी सैनिकलाई आफ्नो सेनामा भर्ना गराएकाले कान्तिपुर सैनिकमा र आम सर्बसाधारणमा निराशा छाएको थियो ।

ललितपुर माथि आक्रमण ः बिस १८२५ आश्विन १३ गते इन्द्र जात्राको मौका छोपी पृथ्वी नारायण शाहले नारा देवी , टुडिखेल , र भिमसेन स्थान गरि ३ तर्फ बाट कान्तिपुर माथि हमला गरेका थिए । राजा जय प्रकाश मल्ल भागेर ललितपुरका राजा तेज नर सिंह मल्लका शरणमा पुगेका थिए । बिस १८२५ आश्विन २५ गतेका दिन युद्द चलि रहेका बेला कुनै बिरोध नगरी पतनका राजा तेज नर सिंह मल्लले आत्मा समर्पण गरेका थिए ।

भक्तपुर माथि बिजयी ः काठमान्डौ का राजा जय प्रकाश मल्ल र ललितपुरका राजा तेज नर सिंह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगे । राजा रणजित मल्लले आत्मा समर्पण गर्नुको साट्टो अंग्रेज सेनाको सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिहं थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाए। भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भयो। झन्डै २००० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घर ध्वस्त भयो। हार स्वरूप वि.स. १८२६ मंसिर १ गते रणजित मल्लले आत्मासम्पर्ण गरे। यसै युद्धमा जयप्रकाश मल्लको खुट्टामा गोलि लाग्यो। उनको इच्छा अनुसार पृथ्वीनारायण शाहले उनलाई पशुपति जाने व्यवस्था मिलाईदिए। ६७ वर्षीय वयोवृद्ध मितबाबु रणजित मल्लले इच्छाबमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाए। त्यहा पुगेको १८ महिना पछि उनको मृत्यु भयो। ललितपुरका राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त नगरेकाले उनलाई आजीवन भक्तपुर दरबारमा कैद गरियो।

चौबीसे राज्यमाथि आक्रमण ः उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भयो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरु पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौं पुगे। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरुको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए। यो पराजयले गोर्कालीहरुको महत्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरुमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।

मृत्यु ः वि.सं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्(झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भयो । घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए, जसलाई ’दिव्य उपदेश’ समेत भनिन्छ। “नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ।

जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।“ इत्यादि सान्दर्भिक उपदेशहरु पृथ्वीनारायण शाहले दिएका थिए। माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको संगम ’मोहन तिर्थ’ वा देवीघाटमा उनको मृत्यु भयो। यसरी प्रिथिवी नारायण शाहले बाइसे चौबिसे राजा हरुलाई हटाएर आधुनिक नेपालको जग बसालेका थिए। तर बिडम्बनाको कुरा के छ भने २/४ जनाले पृथ्वी नारायण शाहको शालिक तोड्दै हिडेका छन् । उनीहरुले पृथ्वी नारायाण शाहको शालिक तोड्दैमा ईतिहास बदली गर्न सक्दैनन् । यदि पृथ्वी नात्रायाँ शाहले आधुनिक नेपालको परिकल्पना गरि नेपाल एकिकरण नगरेको भए नेपाल नै रहने थिएन ।

त्यसकारण आजका नेताहरुलाई मेरो प्रश्न पृथ्वी नारायाण शाहले आधुनिक नेपालको एकीकरण नगरेको भए तपाइहरु कसको प्रधान मन्त्रि , कसको मुख्य मन्त्रि कसको संसद कसको मेयर हुनुहुन्थ्यो ? त्यसकारण मेरो मात्र नभएर देश नेपाललाई माया गर्ने सबै नेपालीको तर्क भनेको अहिलेको युगमा पृथ्वी नारायण वबकतय नेपाल एकिकरण गर्ने ब्यक्ति लाइ किन रास्त्रपिता घोषणा नगर्ने ? आखिर रास्ट्र पिता पृथ्वी नभएर कसलाई बनाउने हो ? त्यसैले इतिहासको सम्मान गरौ सबै देशमा झैँ हाम्रो देशमा पनि पृथ्वी नारायाण शाहलाइ रास्ट्र पिता घोषणा गरेर भावी सन्ततिमा एकाताको संदेश दिऔ ।
(लेखक क्षेत्रि समाज नेपाल तिलोत्तमा नगरासमितिका अध्यक्ष हुन्)

गगन थापा नआएपछी, काङ्ग्रेसमा कार्यकर्ता निराश, आयोजक भन्छ” हामीले पुर्ब घोसित कार्यक्रम गरेका छौ”

केहिदिन अगाडी सार्बजनिक भएको प्रमुख अतिथिको रुपमा नेपालि कांग्रेसका नेता गगन थापा आउने कुरालाई कांग्रेसका कार्यकर्ताहरुले भव्यताका रुपमा लिएका थिए । तर कार्यक्रम शुरु हुने दिनसम्म पनि आयोजकले ढाटेर सो कार्यक्रममा गगन नआएपछि कार्यक्रम अबधिसम्म एकएक जना कार्यकर्ता तथा शुभेच्छुक निस्किदै गएको स्रोतले बताएको छ । विपी विचार राष्ट्रीय समाज रुपन्देहीको आयोजनामा शनिबार मंगलापुरमा भएको विपीको राष्ट्रीय मेलमिलाप र वर्तमान राजनीतिक सन्र्दभ विषयक विचार गोष्टी कार्यक्रममा गगन आउने कुरा थियो तर त्यसो भएन ।

आफु रौताहटको कार्यक्रममा ब्यस्त रहेको जानकारी गराउदै गगन थापा रुपन्देही नआउने र आउन नसक्ने जानकारी हुदाहुदै पनि आयोजकले गरेको कार्यकर्ता बटुल्ने प्रयासलाइ एकाएक कार्यकर्ताले तोडिदिए । अन्तत एक एक गर्दै कार्यक्रम अबधिभरि कार्यकर्ता शुभेच्छुक बसेनन् बरु कार्यक्रम छोड्दै निस्किए ।पहिले १२ देखि १५ सय सम्मको उपस्थिति रहेपनि कार्यक्रम सकिदासम्म मुश्किलले ३५ देखि ४० जना देखिन्थे ।

स्थानिय मिडिया समेतलाई नडाकेको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सचेतक बालकृष्ण खाण रहेका थिए । भब्य र सभ्य मानिएको सो कार्यक्रममा धेरै कार्यकर्ता तथा शुभेच्छुकले गगन थापाको टाउको बिकाएर कार्यक्रम गर्न खोज्ने आयोजक प्रति खेद ब्यक्त गरेका थिए । स्थानिय तहको कार्यक्रममा रास्ट्रिय स्तरको नेता आउनु ठुलो कुरा हो तर कार्यकर्ता बटुल्ने प्रयासमा कार्यकर्तालाइ ढाटेको भन्दै कार्यकर्ताले आक्रोस ब्यक्त गरेका थिए । आयोजकले कार्यक्रम अबधिसम्म पनि गगन थापा आउने भन्दै भनेको त्यहा उपस्थित कार्यकर्ताले नाम नबताउने शर्तमा तिलोत्तमा सिटीलाइ भने ।

तथापि गगन थापा नआउदा पनि कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । तर आयोजकले भने सो कार्यक्रमका लागि गगन थापालाई नडाकिएको र पुर्वनिर्धारित समय र प्रमुख अतिथिको रुपमा नेता बालकृष्ण खाडलाई नै निमन्त्रणा गरिएको बताएको छ । पार्टीभित्रका केहि ब्यक्तिले आफ्नो आक्रोश पोख्न सो निराधार आरोप लगाएको र त्यस्को पुष्टिगत निचोड नभएको बताएको छ । शनिबार आयोजित सो अवसरमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले कुनैपनि देशका कम्युनिष्टहरु लोकतन्त्रबादी हुन नसक्ने बताउनुभएको छ । विपी विचार राष्ट्रीय समाज रुपन्देहीको आयोजनामा मंगलापुरमा भएको विपीको राष्ट्रीय मेलमिलाप र वर्तमान राजनीतिक सन्र्दभ विषयक विचार गोष्टी कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक खाणले विपी दुरदर्शी राष्ट्रवादी नेता भएको कारण आज हामी नेपाली भएर नेपालमा निर्वाध रुपमा वस्ने वातावरण वनेको छ भन्नुभयो।

प्रचण्डका पछील्ला अभिव्यक्ती तर्फ संकेत गर्दै उहांले नेपाल कम्युनिष्ट पार्टी प्रजातान्तीक पार्टी नभएर तानाशाही भएको वताउनु भएको छ ।

जिल्ला खुलादिशा मुक्त, शौचालय २ बर्षदेखि दिशापिशाब मुक्त

तिलोत्तमा नगरपालिका शुरु हुन अगाबै बुटवल नगरपालिका देखि आउने क्रममा खानेपानी डिभिजन कार्यालयको छेउमै प्रहरी बिटसंगै रहेको सार्बजनिक शौचालय पुरा निर्माणपछि २ बर्षदेखि बन्द छ। जिल्ला खुल्ला दिशा मुक्त हुदा समेत त्यहि शौचालयको अघि पछि दिशा पिशाब मज्जाले देख्न सकिन्छ । त्यति मात्रै होइन बाहिर सरसफाइको धारणा पेश गर्दै हिड्ने खानेपानी सब डिभिजन र शंकरनगर खानेपानी ताहा सरसफाई सस्थाकै बाउण्डरिमा जताततै फोहोर र झाडिले अफिस नै ढाकेको छ ।

आखिर कहिलेसम्म हामीले दिशापिशाब मै रुमल्लिने ? कहिलेसम्म चर्पीको नाममा थोरधेर घुमघाम गर्ने ? अनि कहिलेसम्म चर्पिमै दिशापिशाब गर भन्दै औला ठड्याउने ? यस्तै भन्दै थिए एक स्वच्छता समितिका सरसफाई अभियन्ता केहिबर्ष अगाडी शंकरनगरलाई खुल्ला दिशामुक्त घोषणा गर्दा । ठ्याक्कै त्यसैको केहि बर्षमै रुपन्देही जिल्ला पनि यो अभियानमा पक्का भएको छ ।

जिल्लामा चर्पी नबनाउने समुदायमा बढीजसो मधेसी,अल्पसंख्यक र थारु समुदाय संगै केहि पहाडि समुदाय पनि अगाडी देखिएको थियो तर समितिको अथक प्रयासपछि जिल्ला खुला दिशामुकता हुन सफल भएको छ । तर बिडम्बना एकातिर हामी खुल्ला दिशा मुक्त भएको खुसि बाड्दै हिडिरहेका छौ भने हिड्दा बाटोमा लागेको दिशा भने ताजै छ । केहि समय अघि बाटोमा बढि दिशा पिशाब भयो भन्दै तिलोत्तमा नगरपालिकाले पनि सबै सार्बजनिक स्थानमा चर्पी बनाउन निर्देशन दियो । त्यो निर्देशनपछि केहि पेट्रोलपम्प , हाइवेमा भएका स्कुल कलेज तथा वार्ड भवनहरुले फटाफट चर्पी पनि बनाए तथापि लामो तथा छोटो दुरीका यात्रुहरुले रातिको समयमा बाटोमा साधन रोकेर चर्पी जाने माहोल अझै नबनिसकेको जानकारहरु बताउछन ।

बाटोमा केहि घर तथा व्यापारिक प्रतिष्ठान टाढा भएको देख्ने बित्तिकै साधन रोकेर दिशा पिसाब गर्ने प्रचलन अझै ताजै छ । बढीजसो घुम्न तथा टाढाबाट आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यस्तो क्रियाकलापबाट जोगाउन सकिएको छैन । आफै धामी आफै बिरामीको प्रचलन अहिले स्वच्छता समितिको देखिएको छ । सार्बजनिक सौचालय बनाएको ३ बर्षसम्म पनि आफ्नै आगनमा संचालनमा ल्याउन नसकेको जिल्ला खानेपानी तथा सरसफाई स्वछता समितिले शान्तिका अग्रदुत भगवान गौतम बुद्दको जन्मस्थल लुम्बिनीमा गएर जिल्ला घोषणा गर्दा के त्यो औचित्य हुन्छ ?

बुटवल उपमहानगरपालिकाबाट तिलोत्तमा नगरपालिका प्रवेश स्थलमै रहेको सो चर्पी निर्माण भएको 2 बर्षसम्म अलपत्र छ । खानेपानी सब डिभिजन कार्यालयकै आगनमा रहेको सो चर्पी संचालन नहुनमा क कसको हात छ ? किन संचालन भएन तो जानकार हरुलाई नै थाहा होला तथापि जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गर्दा सम्म सार्बजनिक शौचालयको अबधारणा किन पेश भएन ? यी यावत प्रश्नको जन्जाल अहिले तेर्सिरहेका छन् । हुनत खुल्ला दिशा मुक्त समाज हुनु हामी सबैको लागि खुसीको कुरा हो ।

यसमा दुइमत छैन , तर चर्पीसंगै गाउघर समाज सार्बजनिक स्थल सरसफाई गरे मात्र यो क्षेत्र स्वच्छ बन्न सक्छ । खानेपानी डिभिजन अगाडी वा पछाडी के कस्ता फोहोर र अनावश्यक झाडीहरु र प्रयोग नभएका सुविधासम्पन्न चर्पी छन् कसैले हेक्का राखेको छैन । यसबारेमा नगरपालिका समेत बेखबर छ । हाम्रो चाहना सार्बजनिक शौचालय समेत विभिन्न सडकको छेउमा बनाउन सके र जिल्ला प्रवेश स्थलमा खुल्ला दिशामुक्त जिल्लाको बोर्ड तथा ब्यानर राख्नसके बल्ल खुलादिशा मुक्त भएको आभास हुनेछ नकि कागजमै सिमित नहोस ।
अहिले हाटबजारमा बाहेक सरकारी स्वामित्वमा एउटै मात्र पनि सार्बजनिक शौचालय प्रयोगमा नभएको रुपन्देही जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । लुम्बिनीमा विशेष समारोहको आयोजना गरी शुक्रबार जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । जिल्ला खानेपानी तथा सरसफाई स्वछता समितिको अथक निरन्तर प्रयासपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । सरकारले सन् २०१७ सम्म मुलुकलाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिए पनि रुपन्देही भने घोषणा हुन सकेको थिएन ।

घोषणासभामा जे देखियो

बढि जसो मधेसी थारु तथा आदिबासीको बाहुल्यता रहेको लुम्बिनी सास्कृतिक नगरपालिकामा गरिएको सो घोषणा सभामा सोहि जातिको उपस्थिति बाक्लो देखिन्थ्यो । जनचेतना को अभाब भनेर कहिले सम्म भन्ने सोहि मुलका नागरिकमा अझै पनि चेतना को कमि भएर हो या के हो धेरै जसो कोघरमा चर्पी बनाउने कठिन भएको स्रोतले बताउछ ।

विभिन्न गैरसरकारी संस्था तथा सरकारी निकायको निरन्तर प्रयासपछि करिब एक वर्षपछि बल्ल जिल्ला खुल्ला दिसामुक्त घोषणा गरिएको हो । लुम्बिनी आयोजित कार्यक्रममा मन्त्रालयले जिल्लालाई खुल्ला दिसामुक्त भएको प्रमाणपत्र प्रदान गरेको छ । कार्यक्रममा प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सावुन पानीले हात धोयर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले जिल्लाका १६ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई जिल्लालाई पूर्ण सरसफाईयुक्त बनाउन प्रतिबद्धता जनाए ।

स्थानीय तहका कर्मचारी आन्दोलनमा, फोहोर पनि नउठाउने घोषणा

कर्मचारी समायोजन समबन्धी अध्यादेशको विरोध गर्दै स्थानीय तहमा कर्मचारीले आन्दोलनमा उत्रिने निर्णय गरेका छन् ।आन्दोलनका कार्यक्रममा हातमा कालोपट्टी बाँध्नेदेखि अनिश्चितकालसम्म कामकाज ठप्प पारेर फोहोर उठाउन बन्द गर्नेसम्म छन् ।

सरकारले हालै मात्र कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशको विरोधमा विपक्षी कांग्रेससँगै सत्तारुढ नेकपासम्वद्ध स्थानीय तहका कर्मचारी संगठनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।नेकपा निकट स्थानीय तह कर्मचरी संघ तथा नेपाल राष्ट्रिय स्थानीय तह कर्मचारी संगठन, कांग्रेस निकट स्थानयी तह कर्मचरी युनियन र नगरपालिका कर्मचारी एसोसिएशनको संयुक्त बैठकले सोमबारबाट आन्दोलनमा उत्रिने निर्णय लिएका छन् ।घोषित कार्यक्रमअनुसार सोमबार ७५३ वटै स्थानीय तहको काम ठप्प हुनेछ ।

स्थानीय तह कर्मचरी युनियनका महासचिव रामप्रसाद पौडेलले सोमबार काम रोक्ने कार्यक्रम सांकेतिक मात्रै भएको बताए ।

- Advertisement -

RECENT POSTS