Wednesday, June 19, 2019

मेडिकल कलेजको शुल्क तोक्ने समितिको म्याद पुन:थपियो

काठमाडौं । मेडिकल कलेजहरूको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिको समायावधि पुनः एक महिना थप भएको छ। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको चैत २६ गते बसेको बैठकले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो। योसँगै उक्त उपसमितिको म्याद तेस्रोपटक थपिएको हो। उपसमितिले अध्ययन कार्य जारी रहेको हुँदा म्याद थप गर्न समितिलाई आग्रह गरेको थियो।

समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामाआज बसेको बैठकले उपसमितिको समयावधि एक महीना थप गर्ने निर्णय गरेको हो। यसअघि उपसमितिको समयावधि दुईपटक थप गरिएको थियो। चिकित्सा विज्ञानका स्नातक तह एमबिबिएस र बिडिएस सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा उपसमितिले हालसम्म सरकारी तथा निजी क्षेत्रका विभिन्न २० मेडिकल कलेजको स्थलगत अध्ययन पूरा गरिसकेको छ। काठमाडौं विश्वविद्यालयको धुलिखेल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्ययन गर्न बाँकी रहेको संयोजक राईले जानकारी दिनुभयो।

अध्ययन पूरा भएका मेडिकल कलेजमा नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल साइन्सेस, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेन्स, चितवन मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, किष्ट मेडिकल कलेज, नेशनल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्। त्यस्तै जानकी मेडिकल कलेज, देवदह मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, विराट मेडिकल कलेज नेपालगञ्ज मेडिकल कलेज, त्रिविवि चिकित्सा अध्ययन संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पिपल्स डेन्टल कलेज र नोबेल मेडिकल कलेज रहेका छन्। उपसमितिमा समितिका सदस्य खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, सन्तकुमार थारू, जीवनराम श्रेष्ठ, मनकुमारी जीसी र एकवाल मियाँ रहेका छन्। समितिको चैत १० गते बसेको बैठकले समितिका सभापति घर्तीलाई शुल्क अध्ययन उपसमिति गठन गर्न अधिकार सुम्पेको थियो।

सभापति घर्तीले अब एक महीनाभित्र प्रतिवेदन पेश गर्न उपसमितिलाई आग्रह गरेकी छन्। बैठकमा उपसमितिका संयोजक राईले हालसम्म उपसमितिले गरेका कामका बारेमा जानकारी गराएका थिए। विसं २०७५ असोज २८ गतेको मन्त्रिपरिषद्को बैठकले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहका कार्यक्रमका लागि काठमाडौँ उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बिडिएसतर्फ १९ लाख ३२ हजार ६१२ निर्धारण गरेको थियो। सो निर्णय कार्यान्वयनमा ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानलाई निर्देशन दिएको थियो। निर्णय कार्यान्वयनमा नआएको भन्दै समितिको बैठकले ती तहका निर्धारित शुल्क कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देशसमेत गरिसकेको छ। विसं २०७५ फागुन ८ गतेको शिक्षा मन्त्रालयस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई शुल्कका विषयमा छानबिन गरी आवश्यक कारवाहीका लागि निर्देशन दिएको थियो।

यसैगरी विसं २०७५ चैत ४ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकलेसमेत शुल्क निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई निर्देशन दिएको थियो। निजी मेडिकल कलेजले सरकारबाट निर्धारित ती तहका शुल्कभन्दा बढी लिएको भन्दै अभिभावकले शिक्षा र स्वास्थ्य समितिमा गुनासो तथा उजुरी समेत दिएका थिए। उपसमितिका सदस्य एवम् पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले बैठकमा सरकारले तोकेभन्दा वढी शुल्क मेडिकल कलेजले लिइराखेको पाइएको जानकारी दिए। अध्ययन उपसमितिका अर्का सदस्य मनकुमारी जिसीले चिकित्सा शिक्षाको शुल्कलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताइन। यसैगरी आजको बैठकमा परमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश भएको छ।

सम्पादकीय : नदी दोहन रोक्ने कि ?

नदिजन्य वस्तुको व्यवस्थित उत्थनन् र विक्री वितरणमा स्थानीय तह, स्थानीय प्रशासन र प्रहरीले आपसी समन्वय अभाव छ । समस्या उत्पन्न हुन नदिन आवश्यक काम गर्न सरोकारवाला निकायले जिम्मेवार भूमिका निर्वाह गर्न सकेको छैन । बरु एउटा निकायले अर्को निकायलाई दोष थोपर्दै समस्यालाई जटिल बनाउँदै लगेको छ । स्थानीय तहको रुपमा जिल्ला समन्वय समिति, स्थानीय प्रशासन र प्रहरीले व्यवसायीबाट अनधिकृत लाभ लिइरहेको आरोप सर्वसाधारणको छ ।

नदिजन्य वस्तुको उत्खनन्को अवस्थालाई हेर्दा स्थानीय तह, स्थानीय प्रशासन र प्रहरीसँगको मिलेमतो बिना त्यत्ति भयानक तवरबाट प्राकृतिक स्रोतको दोहन हुन नपर्ने महसुस जो कसैलाई हुन्छ । नदिजन्य वस्तुको उत्खननका क्रममा नदिको धार बदल्ने, जलचरको नास हुने खतराप्रति सरोकारवाला निकायले कुनै चासो नै देखाउन खोजेको देखिँदैन । समग्र पारिस्थितिक प्रणालीमा जलचरको भूमिका कस्तो रहन्छ भनेर समीक्षा गरिनु जरुरी छ । अहिले आएर त समस्या यति जटिल बनिसक्यो कि मानवीय क्षति समेत भइरहेको छ । तर, स्थानीय प्रशासनले यसलाई गम्भीर रुपमा लिनै खोजेको देखिन्न ।यस्तो अवस्थामा केही सीमित स्थानीयको चासोले मात्रै नदिजन्य वस्तुको दोहन रोक्न सम्भव छैन ।

पछिल्लो समय नदिको दोहन देशव्यापी नै समस्याको विषय बनेको छ । भौतिक संरचनाको निर्माणका लागि नदिजन्य वस्तु अनिवार्य हुन्छ । अझ छिमेकी मुलुक भारतमा समेत निर्यात हुने भएकोले व्यवसायीका लागि राम्रो आम्दानीको क्षेत्रको रुपमा नदिजन्य वस्तुको उत्पादन र विक्री वितरण बनेको छ । नदिजन्य वस्तुको उपयोगमा मितव्ययी र जिम्मेवार नहुने हो भने अन्ततः स्थानीय समुदाय र नागरिकले नै दुख पाउने हो । नदि क्षेत्रको चरम दोहनले धनजनको क्षतिको कारण नै त्यही नदि हुने निश्चित छ ।

स्थानीयले पनि क्षणिक लाभका लागि नदिजन्य वस्तुको दोहनमा सहयोगी बनिरहेका छन् । समग्र पारिस्थितिक प्रणाली र मानव समाजलाई सुरक्षित बनाई राख्ने हो भने नदिजन्य वस्तुको दोहनलाई रोकेर नदिको संरक्षण र नदिबाट सुरक्षित रहनेतर्फ सरोकारवालाको ध्यान जानु आवश्यक छ ।

गुरुजीका कुरा : खाने त खिरै हो…

रिडीको कुरो हो, २ जना जोगी सँगै बस्थे । दिनहुँ दुईतिर माग्न जान्थे र साँझ आ( आफ्नै चुलामा पकाएर खान्थे । एक दिन एक जना जोगी थोर्गा फल्लेखर्क ज्ञानेश्वरको घरमा गएका खुदो दान लिएर आए । अर्का जोगी माग्दा माग्दै बलेटक्सार निर्मल को घरमा पुगेर अलक जगाए ।

निर्मल त सानै थिए, उनका बुवाले लौ खाउ जोगी भनेर २ माना दुध दिए ।साँझ कुटीमा आए । खुदो पाउने जोगीले भातमा खुदो मुछेर खाँदै भने, खाने त खुदै हो लाउने त उखु नै हो । अर्काले खीर पकाएर खाँदै भने, खाने त खिरै हो पाल्ने त भैंसी नै हो । दुबैजना जोगीको बहस रातभर चल्यो ।

मागेर खानु छ, भोलि के पाइन्छ र के खाने हो थाहा छैन । खाने त खिरै हो भनेको छ खुदै हो भनेको छ छ । हाम्रो देशको हालत हेर्नुस् त ….,ती जोगीको भन्दा फरक छ त ?

विद्यापिठका बटुकलाई कम्प्युटर सहयोग

तिलोत्तमा ५ नयांमिलमा सञ्चालित दुर्गा वैदिक संस्कृत विद्यापिठमा अध्ययनरत विद्यार्थी (वटुक) लाई सिद्वार्थ बैंक मणिग्राम शाखाले कम्प्युटर दिएको छ । कम्प्युटर शिक्षाबाट बन्चित दुर्गा वैदिक परमानन्द सन्यास आश्रममा रहेका विद्यार्थीका लागि सिद्वार्थ बैंक मणिग्राम शाखाले दुइ थान कम्प्युटर सहयोग गरेको हो । आश्रममा एक कार्यक्रमको आयोजना गरी सिद्वार्थ बैंक प्रदेश नम्बर पांचका प्रमुख सुशील नेपालले १००८ स्वामी विवेकानन्द महाराजलाई कम्प्युटर हस्तान्त्रण गर्नुभयो ।

त्यस अवसरमा बोल्दै प्रदेश प्रमख नेपालले धार्मिक क्षेत्रमा आस्थावान विद्यार्थीलाई कम्प्युटर शिक्षामा पनि दक्ष बनाउनु पर्छ भन्ने उद्वेश्यले बैंकले कम्प्युटर सहयोग गरेको बताउनु भयो । उहाले संस्कृत विद्यापिठमा अध्ययनरत विद्यार्थीलाई आवश्यक पर्ने कम्प्युटरलगायत अन्य शैक्षिक सामाग्री सहयोग गर्दै जाने प्रविद्वता जनाउनु भयो ।सिद्वार्थ बैंक मणिग्राम शाखाका प्रवन्धक राजेन्द्र आचार्यले १ लाख १० हजारको दुइ थान कम्प्युटर सहयोग गरिएको जानकारी गराउनु भयो ।

उहाले सामाजिक उत्तरदायित्व वहन गरी कम्प्युटर सहयोग गरिएको बताउनु भयो । बैंकका बुटवल शाखा प्रवन्धक चन्द्रदेव पौडेलले सेवा नै धर्म भएकाले कम्प्युटर शिक्षामा सहयोग पुराउने गरी सहयोग गरिएको बताउनु भयो । १००८ स्वामी विवेकानन्दको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गा वैदिक परमानन्द सन्यास आश्रमका अध्यक्ष दुर्गाप्रसाद खरेल, तारानाथ कडेललगायतले बोल्दै सनातन वैदिक धर्म संरक्षणका लागि सबैको साथ सहयोग आवश्यक रहेकामा जोड दिनु भयो ।

कथा : ह्याण्ड्सम जीवनसाथी

जुनी भण्डारी
प्राय मेरा सबै साथिहरुको चाहना आफुभन्दा अलि धेरै पढेको,आफुले भन्दा राम्रो पोस्टको जागिर खाएको यात आर्थीक रुपमा सम्पन्न ब्यक्तिसँग नै बिहे गर्नुपर्छ भन्ने हुन्थ्यो तर मेरो सोच अरुभन्दा अलि भिन्नै थियो। बिहे त त्यस्तो केटासँग गर्नुपर्छ, कुनै न कुनै कुरामा ऊ भन्दा आफु एककदम अगाडि भैयोस,आफुभन्दा हरेक कुरामा पर्फेक्ट केटासँग बिहे गर्ने चाहना कहिल्लै भएन। यसको मतलव केटामा कुनै कमजोरी होस् यो होइन,केटा पर्फेक्ट होस् तर उ भन्दा कुनैन कुनै कुरामा आफु स्ट्रङ्ग हुन पाइयोस्।

त्यसैले पनि मैले एउटै संस्थानमा काम गर्ने म भन्दा एक तह तल्लो पोस्टको सहकर्मीसँगको बिहे प्रस्तावलाइ स्विकार गरे। मेरो साथि,उसको बैनी पर्ने मार्फत बिहेको प्रस्ताव आयो,दुबैको सहमतिमा परिवारका सदस्यहरु समक्छ्य कुरा राखियो र सबैको स्विकृतिमा बिहे सम्पन्न पनि भयो। उमेरमा हामि एउटै सालका थियौ अझ एक महिना म जेठी रहेछु तर नागरिकतामा मेरो उमेर २ बर्ष घटाइएको थियो यो कुरा उसलाइ बिहे अगाडि नै जानकारी दिएकि थिएँ।यसमा हामि दुबैलाइ कुनै आपत्ति थिएन। दुबैको मनमा एकअर्काप्रति सम्मान थियो,सहयोग,मायाको भाव थियो। बिहेका दुइ बर्ष यसरी नै बिते।

साथिभाइ,आफन्तहरु भन्ने गर्थे तेरो श्रीमान त कस्तो ह्याण्डसम, तँ भन्दा धेरै राम्रो छ उ। कसैले भन्थे बुडा त यसले पाएकै हो,कसैले भन्थे तलाइ उसले मन पराएकै हो नत्र त एकसे एक राम्री राम्री केटिहरु पाउथ्यो उसले अझै पनि १६,१७ बर्षका केटिहरु उसको सुन्दरतामा लठ्ठ पर्छन्। कता कता मन चस्स हुन्थयो। कसैले त मेरो पछाडि यस्तो राम्रो केटो फसेकै हो भन्ने पनि गर्थे रे। यस्ता कुराहरु सुन्दा आफ्नो सुन्दरता र उमेरलाइ लिएर म अलि तनावमा पर्न थाले। जब म उसका साथीहरुका जोडिहरु हेर्थे सबैका श्रीमतीहरु म भन्दा धेरै राम्री अनि कम उमेरका देख्थे, तनाव अझ बढ्थ्यो।

अब त उसँग कतै घुम्न जान,सँगै फोटो खिच्न पनि मलाइ हिचकिचाहट हुन थाल्यो। साथिहरुले फेमिली गेटटुगेदर राख्दा पनि म कुनै न कुनै बहनाले सामेल नहुन खोज्थे। सामेल भइहाले पनि म त्यहा कम्फरटेबल हुदिनथें। कहिले त उसँग बिहे गर्नुु नै मैले भुल गरेछु कि जस्तो लाग्थ्यो। यस्तै असहज र हिनताबोध हुन नपरोस् भनेरै मैले जहिले पनि श्रीमान भन्दा आफु अब्बल हुनुपर्छ भन्ने मान्यता राख्थें तर आज म त्यसमा चुकेरै छाडे,आखिर म सुन्दरताको मामलामा श्रीमान भन्दा कमजोर ठहरिए।

यहि कारणले हाम्रो बैवाहिक जीवनमा कुनै आँच आउने त होइन डर पनि लाग्न थाल्यो,तर मन बुझाउने एउटै कारण थियो मेरो जागिर। जे भएपनि उ भन्दा म ठूलो पोस्टमा जागिर खाएकि छु भन्ने सोचाइले केहि आत्मसन्तुष्टि मिल्थ्यो। उ सुब्बा सरह,म छैठौ तह अधिकृत सरह,केटि अधिकृत छे भनेर इन्जिनियर लगायत अधिकृत स्तरकै अन्य ब्यक्तिबाट बिहेका प्रस्ताव नआएका पनि होइनन्, कोहि अलि बढि नै धनाड्य थिए त कोहि बढि नै अब्बल,मेरो स्तरसँग बिल्कुलै नमिल्दा। तर मैले शारिरिक र अनुहारको सुन्दरताको बारेमा त ख्यालै गरिनछु यो त झनै ख्याल गर्नुपर्ने कुरा पो रहेछ जस्तो महसुस हुन थाल्यो।

हामि दुबैजना सातौ तहमा बढुवाको लागि तयारी गरिरहेका थियौ,पढ्ने क्रममा घरको काममा हामि दुबैजनाले समय दिन्थ्यौ। मलाइ कता कता आफ्नै श्रीमानप्रति इर्ष्याको भावना जाग्न थालेको थियो डर लाग्थ्यो कतै मेरो नाम ननिस्केर उसको सातौ तहमा नाम निस्किने त हैन,मन पनि कस्तो पापी एक मनले उसको नाम निस्कियोस् भनेर प्रार्थना गर्थ्यो अर्को मनले उसको नाम निस्कियो भने म उ भन्दा हरेक कुराले असक्छ्यम हुन्छु भन्ने डर लाग्थ्यो। नभन्दै मेरो डर वास्तविकतामा बदलियो। परिक्छ्याको समयमै मेरो पेटमा गर्भ रह्यो डक्टरको सल्लाह बमोजिम बेड रेस्ट गर्नुपर्ने भो, म धेरै तनावमा रहन थालें,मलाइ गर्भको बच्चा भन्दा मेरो एक्जाम बढि महत्वपूर्ण लाग्यो र डक्टरको सल्लाहलाइ पनि वास्ता गरिन त्यसको परिणाम स्वरुप ३ महिना नपुग्दै मेरो मिसक्यारेज हुन गयो।

स्वास्थ्य झनै बिग्रियो एक्जाम दिन सकिन। पछि श्रीमानको सातौ तहमा नाम निस्कियो। अब त म हरेक कुराले श्रीमान भन्दा कमजोर भए सुन्दरता,जागिर,उमेर , शारिरिक कमजोरी सबै । तनाव र कमजोरिले गर्दा मेरो सुन्दरता झनै बिग्रदै गयो । म बिना कारण श्रीमानसँग रिसाउन, झर्किन थलेकी थिएँ,सानो सानो कुरामा रिस उठ्थ्यो,रुन मन लाग्थ्यो आफैले आफुलाइ निकै कमजोर महसुस गर्न थाले। तर यसमा मेरो श्रीमानको कुनै दोश थिएन। एकदिन अनौठो सोंच आयो मनमा,यसरि त बैवाहिक सम्बन्ध अगाडि बढ्न सक्दैन,मेरो कारणले बिचरा उसको जिन्दगी पनि सोचे जसरी अगाडि बढ्न सक्दैन बरु उसको जिन्दगिबाटै म हटिदिन्छु उसले अझैपनि म भन्दा सुन्दर,सक्छ्यम जीवनसाथी पाउछ र म पनि एक्लै जिन्दगि बिताउने बानी पार्नेछु।

यहि सोंचेर उसँग डिभोर्स गर्ने निर्णय गर्छु। बडो हिम्मत जुटाएर उसलाइ मेरो निर्णय सुनाउछु। उसले विश्वास गर्दैन पहिले,यस्तो कुरामा ठट्टा नगर मसँग भन्छ निकै बेरपछि यो कुरा वास्तविक हो भनेर उसलाइ सम्झाउन सफल हुन्छु म। उसले डिभोर्सको कारण सोध्दा मैले आफ्नो अरु कसैसँग अफेयर रहेको र उसँगै बस्न चाहेको भनेर झुठो कथा बताउछु। उसको आँखामा भरिएका आँशुहरु गालामा नझरुन् भनेर उ आँखा झिम्काउने आँट पनि गर्दैन। यति सबै भइरहदा म पनि कहाँ खुशी थिए र तर पनि आफुलाइ निकै कठोर बनाउने कोशिस गरेर उसको सामु उभिएकि थिएँ।

यत्तिकैमा बेडको साइडमा रहेको टेबुलमा मोबाइल बज्छ,सहकर्मि रुबिनाको फोन रहेछ म आधा निद्रामै फोन रिसिव गर्छु हेलो! उताबाट रुबिना मधुरो आवाजमा बोल्छे ( अझै सुतिराको ? हेरन कस्तो नराम्रो घटना घटेछ नि राती त, हामि खाजा खान जाने रेस्टुरेन्टको शिव दाइले सुसाइड गरेछन् नि, बुडिको अर्कै केटासँग अफेयर रहेछ रे त्यो थाहा पाएर। “ मेरो पुरै निद्रा एक्कासी खुल्यो,रुबिनाले अरु के के भन्दै थिइ मैले केहि सुन्नै सकिन। फोन राखेर निदाइरहेका श्रीमानतर्फ हेरे। डिभोर्सको निर्णय धन्न सपनामा गरेकि रहेछु भनेर खुशी भए।

शनिवार भएकोले ऊ उठिसकेपछि आज मन्दिर जाने योजना बनाए। नजिकैको मन्दिर गयौ, भगवानलाइ साक्छी राखेर उसलाइ नढाटिकिन एउटा कुरा भन्नु भनेर सोधे( के तपाइलाइ कहिल्लै मेरो बुडि नराम्री छे भनेर आत्मग्लानि हुन्छ, साथिभाइ आफन्तको अगाडि मसँग हिड्दा कहिल्लै असहज महसुस हुन्छ ?
उसको जवाफ यस्तो थियो(“ पहिलो कुरा त कोहि राम्रो लाग्नु र कसैको माया लाग्नु फरक कुरा हो,मैले तिमिलाइ बिहे गर्नु अगाडि तिमिभन्दा राम्रा केटि देखे होला तर माया त तिम्रै लाग्यो,जुन माया त्यो बेला लागेको थियो अहिले पनि उस्तै छ र सधै उस्तै हुनेछ। र अर्को कुरा हामी केहि यस्ता सम्बन्धमा जोडिएका हुन्छौं,नातामा जोडिएका हुन्छौ,जस्तै आफ्ना आमाबाबु,आफ्ना सन्तान,आफ्ना जीवनसाथी तिनिहरुसँग हिड्दा,तिनिहरुलाइ आफन्त भनेर चिनाउदा कहिल्लै लाज लाग्छ त ? फेरि मैले तिमिलाइ कसैको करकापमा,जवरजस्ति दबावमा बिहे गरेको पनि त होइन ।“

उसको जवाफ सुनेर म आफैले आफुलाइ धिक्कारे,साच्चै ति भगवानको मन्दिरमा बजेका घण्टिले जसरी मनलाइ आनन्दित तुल्याउँछन् त्यो भन्दा आनन्दित उसको जवाफले बनायो मलाइ।
अब म नचाहिने कुरामा तनाव लिनेछैन,दुनियाँले के भनेको छ भनेर दुखी हुनेछैन, बस उसको नजरमा म राम्री श्रीमती हुँ यो सोचेर खुशी हुनेछु। यहि भन्दै समझदार जीवनसाथी जुराइदिएकोमा भगवानलाइ फेरी एकपल्ट नमन गरें।

जीवनको सार्थकता : निरंतर सत्कर्म

ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)

हाम्रो जीवन एक यात्रा हो। यो यात्रा क्रममा मनिसले आफ्ना साझा मुल्य,मान्यता , निति, नियमहरूलाई अनिवार्य स्वीकार गर्नु पर्छ। यद्यपि जीवनमा आइपरेका चुनौती संग डराएर होइन जीवनका अफ्ट्यारा र चुनौती लाई पार लगाउदै हाम्रो क्षमता ,शक्ति ,शौर्य, गुण र सहास आदि लाई जगाएर जीवन लाई उचाईमा पुर्याउनु नै हाम्रो जीवनको सार्थकता हुन्छ। जीवनको महत्त्व र उपयोगिता लाई बुझेर निरंतर सत्कर्म ,सत्भाव र बचनले पनि सेवाभाव प्रस्तुत गरियो भने त्यो नै ठुलो धर्म हो।
जस्तै भनिएको पनि छस्(
“अद्रोहस् सर्वभूतेषु कर्मणा मनसा गिरा ।
अनुग्रहश्च दानञ्च सता धर्म सनातनस् “।। (महाभारत
(कुनै पनि प्राणी हरू लाई द्वेष नगरीकन मन ,बचन र कर्मले आफ्नो योग्यता अनुसार निस्काम भावले सेवा गर्नुनै सज्जनहरुको धर्म मानिएको छ।)
हामीले गरेका हरेक काम कर्तव्यले नै हाम्रो उचाई निर्धारण गर्दछ। हामी सत्कर्म गर्न हामी पूर्ण स्वतन्त्र छौ ।
“कुन सत्य,सत्य कसरी जान्नु ?
जो हो हितैको उहीँ सत्य मान्नु“।।
आदिकवी भानुभक्त आचार्यले आफ्नो कबितात्मक उक्तिमा भनेझैं हामीले अरूको हित र कल्याणका निम्ति नै कर्म गरियो भने त्यो नै सत्यको मार्ग हो।अरूको हित ,भलो र कल्याणको लागी अग्रसर भइयो भने मात्र हामी यो सुन्दर जीवनलाई सार्थक टुंगोमा पुर्याउन सक्दछौ।
संसारमा हरेक मनुष्यले कर्मानुसार फल भोग गर्नु नै पर्छ।
शुभकर्मले शुभ फल अशुभ कर्म ले अशुभ फल नै उत्पदन गर्छ्न।
हाम्रा प्राप्ति र अप्राप्ति सबै हामीले गरेका कामका फल हुन् । हाम्रो लगनशीता र मेहनतका परिणाम हुन् ।

भगवत गीतामा भगवान श्रीकृष्णले पनि जीवनलाई निरन्तर कर्ममा लाग्न प्रोत्साहित गर्नुको छ ।तेसमा पनि निष्काम कर्म लाई नै जोड दिनु भएको छ।भन्नुभएको छ (
“ त्याक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रय स् ।
कर्मण्यभि प्रवृतोकपि नैव किन्चित करोतीय ।।“
(कर्मको चहाना वा आश्रय त्यागी नित्य निराश्रय बनी कर्तव्यकर्म गरियो भने केही गरिएको ठहरिदैन ।कर्मको बन्धनमा पनि परिदैन।) अनासक्त भई कर्म गर्नु भनेको स्वतन्त्र हुनु हो।बन्दन बाट मुक्त हुनु हो।तेसैले कर्मको चासो नराखी निरन्तर आफ्नो कर्तव्य कर्म गर ।“कर्मणा गहनो गति “ गीतामा कर्म , अकर्म र विकर्मका भेदले कर्मको गति गहन भएको बताइएको छ।असल नियतले पर हित र पर कल्याणका निम्ति गरिने कर्म हो । केहि नगरी बस्नु अकर्म हो, भने खराब वा नराम्रो काम विकर्म हो । कर्म नगरेमा यहि शरीर यात्रा चलाउन पनि धौ/धौ हुन्छ । हाम्रो यो शरीर धर्म र कर्म सफल साधन हो ।
कर्म बिना सन्सारको कल्पना पनि गर्न सकिदैन।
“कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन ।“
(तिम्रो अधिकार कर्म गर्नमा छ,तर कर्मको फलमा कहिल्यै अधिकार छैन।) गीताले सबैलाई कर्म गर्न अभिप्रेरित गर्दछ।आफ्नो कर्तव्य कर्म गर्न मानिसलाई पुर्ण अधिकार छ र पुर्ण स्वतन्त्र पनि छ। कसैले पनि कर्म नगरी निष्क्रिय रहनु हुदैन । स्वार्थभावले कर्म गर्ने पनि उपयुक्त होइन । धन प्राप्ति र सुख समृद्धिप्रतिको महत्त्वकाङ्क्षाको कामनाले कर्म गर्नु स्वार्थपना हो । त्यसैले कर्म गर्दा बाहिरी लाभप्रति आसक्त बन्नु हुदैन ।मनिसलाई आ-आफ्नो योग्यता अनुसार कर्म गर्न अधिकार छ । कर्म गरि नै रहनु पर्छ।यद्यपि कर्मको फल प्राप्तिमा कसैको अधिकार हुदैन र कोहि त्यसमा स्वतन्त्र पनि छैन। कर्मको फल प्राप्ति कसैको अधीनको कुरा पनि होइन । त्येसैले तिमी कर्मफल प्राप्तिको कारण नबन भनेर गीतमा भनिएको हो। त्यस्तै कर्म नगर्नमा वा निषेधित कर्ममा पनि तिम्रो आसक्ति वा प्रीति नहोस् । आसक्तिले वा निषेधित कर्मले मानिसमा अभिमान र अहंकार पैदा गराउछ । जो सदा सन्तुष्ट भई समग्र कामना त्यागेर कर्म गर्दछ तेस्तो मान्छे कहिल्यै पनि कर्मको बन्धनमा पर्दैन । आज संसारमा सबैले आआफ्नो कर्म गरिरहेका छन् । उद्योगि,मजदुर ,शिक्षक, नेता,पत्रकार, वकिल, न्यायाधीश , ब्यापारी, विद्यार्थी आदि सबैले आ-आफ्नो कर्म गरेकै छन् यद्यपि सन्तुष्ट भने छैनन् यसको मुख्य कारण उनीहरु कर्मको फलमा लिप्त छन् ।उनीहरू निराशक्त भएनन् । आफुले चाहेअनुसार अनुसारको फल प्राप्त नगर्दा गर्दा उनिहरू बिचलित हुन पुग्छन् ,दुस्खि हुन पुग्छन् ।कर्म फल प्रति बढी अपेक्षित र आसक्ति हुदै गर्दा अपेक्षित फलको न प्राप्त परिणाम स्वरूप आज मानिस धेरै दुखी छ तनाव ग्रस्त भएको हो । तसर्थ कर्म फल प्रति कुनै पनि अपेक्षा वा चासो नराखी निरन्तर अहाङ्कार भाव हटाएर सत्कर्म तर्फ लाग्नुनै उत्तम हुन्छ । निराशक्त भई केवल परमेश्वर प्रीतिका निमित्त मात्र कर्म गरियो भने मात्र सिद्धी प्राप्त गर्न सकिन्छ। हामी कर्मको जटिलतम बन्धनको गाठोलाइ सजिलै
फुकाउन सकिन्छ ।
कसैले म केहि गर्दिन भने पनि प्रकृतिका गुणहरूले काम गरिरहेकै हुन्छन् । प्रकृतिकै अधीनमा मानिसका सबै इन्द्रिय हरूले आआफ्नो काम गरिरहेका हुन्छन् ।श्रुतिले पनि आफ्नो कर्तव्यकर्म गरेरै सय वर्ष सम्म बाच्ने कामना गर भनेको छ।
“कुर्वन्नेवेह कर्मा्णि जिजीबिषेत् शतं समास्“
आजको हामिसंग जेजति छ, त्यो अतितको कर्मको परिणाम हो भने हामीले न देखेको भबिष्यलाई पनि हाम्रो वर्तमान कर्मले नै रूप दिने हो । अतस् जुन ब्यक्तिले आफ्नो जीवनलाई उज्ज्वल बनाउन खोज्छ तेसले वर्तमानमा सचेत भई कर्म गर्नु पर्छ ।
“आलस्यं हि मनुष्याणां शरीरस्थो महारिपुः“ श्र निति
नीतिशास्त्रले भने झैँ आलस्य नै मनुष्यको लागी सबैभन्दा ठुलो शत्रु हो। उन्नतिको चाहाना राख्नेले अल्छि पन त्याग्नै पर्छ । आफू निरन्तर गतिशील हुन आवस्यक हुन्छ । गतिशीलता नै सफलताको आधार हो।

हाम्रा सम्पुर्ण शास्त्रहरूले मानिसलाई लोकहित,लोककल्याण र लोकलाई मार्ग प्रदर्शनका लागि कर्म गर्न प्रोत्साहित गर्दछ र मानिसलाई निरंतरतर कर्ममा लागी रहने प्रेरणा दिएका छ्न । शास्त्र भन्दछन्( निरन्तर कर्म गर कर्म गरेनौ भने आफ्नो जीवन निर्वाह गर्न पनि असम्भव हुन्छ । हाम्रो जीवन निर्वाह गर्ने माध्यम पनि कर्म नै हो । तर दुष्कर्म बाट संकलित धनसम्पतीले मानिसलाई कहिल्यै सुख दिदैन आनन्द दिदैन छ्टपटी र तनाव मात्र दिन्छ । फेरि जनक आदि राजर्षिहरूले पनि कर्म गरेरै सिद्धी प्राप्त गरेका थिए ।हामीलाई पनि कर्म गरेर उचाईमा पुग्नु गारो छैन बस् स्वार्थ पन त्यागेर निरंतर सत्कर्ममा जोड दिनु नै परम सिद्धी माध्यम बन्दछ। एकदुई पटकको असफलताले कहिल्यै उदेश्य बाट बिचलित हुनु हुदैन ।योजना बद्ध ढंग बाट निरंतर अघि बढ्नुपर्छ ।
“ प्रारभ्यते न खलु बिघ्न भयेन नीचैस्
प्रारभ्य बिघ्नबिहिता बिरमन्ती मध्यास्।
बिघ्नै पुनः पुनरपि प्रतिहन्यमानास्
प्रारभ्य चोत्तमाजना न परित्यजन्ती ।।“(निति
अर्थात् ती निच कायर हुन् जो विभिन्न विघ्न ,लोक लाज र भयको त्रासले आदर्शको मार्ग प्रारम्भ नै गर्दैनन् । ती मध्यम हुन् जसले प्रारम्भ त गर्छन् तर विभिन्न भय ,त्रास आदि बिघ्नका कारण आफ्नो कामलाई बिचमा नै रोक्दछन् , ती उत्तम हुन् जसले जतिसुकै बिघ्नबाधा र भयहरूलाई पनि चुनौती दिँदै सङ्घर्ष पूर्ण काम निरन्तर गर्दछन् । सहि योजना नै सम्झना कि जननी हुन् ।कडा परिश्रम र निरन्तरता नै सफलताको अधार हो।

तसर्थ हामीपनि आफ्नो कामकर्तव्य जोड दिदै अगाडि बढौ। सेफोक्लिजले भनेका छन् ( ’ईश्वरले त्येस मानिसलाई कहिल्यै सहयोग गर्दैन, जो काम गर्दैन ।’ हामी पनि ईश्वरले सहयोग गर्ने लायक बन्नु छ । सफलता प्राप्त गर्नु छ ।अखण्ड मेहनतले र निरन्तरताले नै सफलता प्राप्त गर्न सकिन्छ । अनि मात्र हाम्रो जीवनको सार्थकता पुष्टि हुन्छ। अस्तु।(लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )

छहारीको शितलतासंगै स्विमिङ्को मज्जा

  मोहन न्यौपाने, तिलोत्तमा। अहिले गर्मि ह्वात्तै बढेको छ । मानिस हरु गर्मि कसरि छल्ने भन्ने विभिन्न उपाय अपनाउदै दिन कटाइरहेका छन् । जता गएनी जसो गरेनी स्विमिङ्गको मज्जा र शितलता बिना गर्मि छल्न सायदै कसैले सक्लान । त्यहि अभिप्रायले अहिले शितलता प्रदानगर्दै आइरहेको छहारी क्लब मणिग्रामले स्विमिङ्गका पौडीबाजहरुको लागि मज्जा दिइरहेको छ । तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकदेखि १५० मिटर पुर्व सुविधा सम्पन्न फिटनेस हाउस सहितको बेन्क्वेट संचालनमा ल्याएको छहारी क्लबले अहिले बच्चा देखि युवा सम्मका उमेरका लागि सहज स्विमिङ्ग प्याकेज प्रस्तुत गरेको छ ।

दैनिक ३ सय देखि ३ सय पचाससम्मको दरमा मज्जाले स्विमिङ्ग गर्न पाइने सो छहारिको आनन्द जो कोहि ले लिन सक्छन । दिउसो १२ बजे देखि ४ बजेसम्म हेप्पीआवरको रुपमा सेवामा कम शुल्क लाग्ने संचालक शिवसागर भण्डारी बताउछन । किटाणु रहित स्वच्छ सर्कुलेशन पानीमा स्विमिङ्ग गर्दै पुल साइडमा बसेर चुस्की लगाउनुको मज्जा बेग्लै छ । १५ बाइ २५ मिटरको यस क्षेत्रकै ठुलो पुलमा स्विमिङ्ग गर्न आउने सबैखाले सेवाग्राहीको लागि लेडिज एण्ड जेन्स सबैको लागि छुट्टा छुट्टै लकर र चेंजिंग रुमको ब्यबस्था छ । साथै स्विमिङ्गका लागिचाहिने कस्ट्युम, ग्लासेस लगायतका सामग्री समेत यहि उपलब्ध छ भन्छन शिव सागर । स्कुल लेभल तथा स्विमिङ्ग नजान्नेहरुका लागिप्रशिक्षकको समेत ब्यबस्था रहेको छहारी क्लबमा आउनेको भिड गर्मि बढे सनगै ह्वात्तै बढेको छ ।

हाल हरेक शुक्रबार र शनिबार गजल साँझ , लाइभम्युजिकको मज्जा लिन पाइने सो क्लबमा आफ्नै ब्याट्मिण्टन कोर्ट , बिबाह पार्टी बर्थ डे, इन्गेजमेन्ट, एनिभर्सरी लगायतको छुट्टै हलको ब्यबस्था छ । केहि समय अघि स्थानीय चारजना युवाको १२ करोड लगानीमा तिलोत्तमा नगरपालिका-५ मणिग्राममा छहारी क्लब हाउस एण्ड बेन्क्वेट प्रा.लि.संचालनमा आएको हो । पर्यटन क्षेत्रमा योगदान गर्ने उद्देश्यले एक बिघा क्षेत्रफलमा एउटै छानामुनि फिटनेस, खेलकुद मैदान, लजलगायतका सेवाहरु दिने गरी नयाँ अवधारणामा क्लबहाउस स्थापना भएको प्रा.लि.का अध्यक्ष इश्वरी मरासिनीले बताए ।

प्रालिमा मरासिनीसँगै अष्ट्रेलियामा १० वर्ष काम गरेर फर्केका स्पोर्ट्स तथा फिटनेस थेरापिस्ट राजकुमार शर्मा, सुदन भण्डारी र शिवसागर भण्डारीको लगानी छ । क्लब हाउसमा खेलकुदमा रुचि राख्नेहरुका ब्याडमिन्टन,बास्केटबल र फुटसल कोर्ट, स्वीमिङ पूलतथा फिटनेसमा रुचि राख्नेहरुका लागि कार्डियो, एरोविक, प्रशिक्षक सहितको जिम, योगा, सावनाबाथको सुविधा रहेको प्रालिका अध्यक्ष मरासिनीले जानकारी दिए । अन्तर्रा्ष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी आउने विदेशीपर्यटक तथा छिट्टै संचालनमा आउन लागेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई मध्यनजर गरेर आन्तरिक तथा वाह्य पर्यटकलाई अन्तर्रा्ष्ट्रियस्तरको सेवा दिने लक्ष्य सहित क्लब हाउसमा लगानी गरिएको संचालक राजकुमार शर्माले बताए ।

क्लब हाउसमा एक पटकमा सय जनाले डिजिटल टे्रडमिल, क्रस ट्रेनर, फङक्सनल ट्रेनर, स्पीनबाइक जस्ता अत्याधुनिक उपकरणबाट फिटनेस सेवालिन सक्ने छन् । क्लबहाउसमा युरोपियन शैलीको रेष्टुरेन्ट र बार संचालनमा आइसकको छन् भने पांच सय जना अट्ने सेमिनार हल र २० वटा वातानुकुलित कोठा ६ महिना भित्रनिर्माण भइसक्ने संचालक सुदन भण्डारीले बताए । प्रा.लिले पर्याप्त गाडी पार्किङका लागि पांचकठ्ठा जग्गा व्यवस्थापन गरेको छ । प्रालिले वाषिर्क रुपमा आर्जन गर्ने मुनाफाको प्रतिशत सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरेको संचालक शिवसागर भण्डारीले बताए ।

एकबर्ष देखि सफाचट गराउदै लुम्बिनी लन्ड्री

  मोहन न्यौपाने, तिलोत्तमा । अहिले गर्मि बढ्दो छ । यो गर्मीमामानिसहरु धूलोधुँवामाबिहान सफालुगालगाएर निस्केको मान्छे बेलुकासम्मधुलाम्मे भइसक्छ। बिहानलगाएको लुगा साँझलाउननसकिनेगरी मैलिन्छ। त्यसो त ब्यस्त सहरीयाजीवनशैलीमाशनिबार नआइलुगाधुने फुर्सद निकाल्नमुश्किल पर्छ।

घरमापानी सहजभएपनि सातामा एक दिनहुने विदापनिलुगाधुँदै बित्छ। अझआजै कहीँ टाढा जानुपर्नेछ, लैजानुपर्ने लुगा सफा छैनन्। धुन समय छैन। धोइहाले पनि नसुक्लाभन्ने पीर। हाम्रो जीवनका यस्तै समस्या सल्टाउन तीनजनायुवाले जडिबुटी तिलोत्तमा(५ मणिग्राममा बिगत एक बर्ष देखि ’लुम्बिनी लन्ड्री हाउस एण्ड क्लिनिङ्ग ’ उद्योग खोलेका छन्। विदेश र स्वदेशमाकाम गरेर अनुभव संगालेकातिलोत्तमाकानारायण चौधरी, शिव सागर भण्डारी, सुदन भण्डारी यो उद्योगका सञ्चालकहुन्।

उनीहरूले फुर्सदनहुने ग्राहककालागिलुगाधोइदिने व्यवसायथालेको ठ्याक्कै एक बर्ष भयो। घरमै गएर कपडा ल्याउने र धोएर समयमै घरमै पुर्याउने व्यवस्थापनि गरेका छन्। ’लन्ड्रीसम्म आउननभ्याउने ग्राहकका घरमै गएर कपडा ल्याउने र पुर्याइदिने सेवापनिदिइरहेका छौं,’ संचालकमध्यका सुदनले भने, ’अलि फुर्सद हुने ग्राहकले यहीँआएर सेवालिन सक्नेछन्। उनीहरूको आँखै अगाडि लुगाधोइपखाले सुकाइन्छ।’ कपडा धोएर सँगै लिएर चाहने ग्राहकलाई छिटो र छरितो रुपमा सेवादिने व्यवस्थागरिएको उनले जानकारी दिए।

’ग्राहकको कपडा उनीहरूकै अगाडि तत्कालै धोएर दिने अत्याधुनिकजर्मनी पद्दति बाट बनेको मेसिन , अन्य दराई क्लिनरका साधन र दक्षजनशक्तिहामीसँग छन्,’ अर्का संचालकशिव सागरले भने। सानो लगानी बाट शुरु गरिएको लुम्बिनी लन्ड्रीमा ब्याबसाय र माग संगै लगानी बृद्दी गरिएको छ। यहाँतीन वटा अत्याधुनिकप्रविधियुक्त मेसिनभएको शिव सागर बताउँछन्। ’हामीकहाँभएका मेसिन घरमाप्रयोग गर्नेभन्दा गुणस्तरीय छन्। त्यसैले लुगा सफाहुनुका साथै गुणस्तर बिग्रिने सम्भावनाहुँदैन,’उनले भने। उनकाअनुसार उद्योगले ग्राहकका सबै कपडा एकै ठाउँमा राखेर धुँदैन।

कपडाको गुणस्तर हेरेर मेसिनको धुने तरिका तय हुन्छ। यी सबै काम छाँट्न उद्योगसँगदक्षजनशक्तिको टोली छ । लुम्बिनी लन्ड्रीले सर्वसाधारणका मात्रहोइन, व्यवसायिक संस्थाकापनि लुगाकपडा धुने बताएको छ। यसमा मेसिननभएका ड्राई क्लिनर्स, होटल, स्कुल, होस्टेल, कलेज, बैंक, फाइनान्स, इन्स्योरेन्स, एयरलाइन्स र सहकारीकायुनिफर्म पर्छ। त्यसो त कपडा मात्रनभएर स्थानमै गएर फ्लोर टायल, मार्बल, कार्पेट, सोफा, पर्दा फिल्महलको कुर्ची तथापर्दा , सिरक डसना , तन्नालगायतका घरायसी सामग्री समेत ड्राइ तथानन ड्राइ क्लिनगरिने अर्का संचालकनारायण चौधरीले बताए ।

’यो क्षेत्रकै युवाहरुले देशमै बसेर यसरी उद्योग चलाएकोले पनिहोलाग्राहकको सेवा र सुविधामा नै गुणस्तरियतादिनु मुख्य उद्देश्यभएको बताउछन नारायण । निकट भविष्यमै अझै सेवामुखीबनाउनलुम्बिनी लन्ड्रीलाइ अझै शसक्त ढंगले अगाडी बढाउन प्रयत्नशीलयुवाहरु यो ब्यबसायबाट सन्तुस्ट छन् ।

मिस्टर एण्ड मिस जिनेरेसेनको अडिसन सम्पन्न

मिस्टर एण्ड मिस जिनेरेसेन २०१९ ब्युटी पेजेन्टको अडिसन सम्पन्न भएको छ । जेनेरेसन मल्टिमिडिया एण्ड इन्टरटेन्मेन्टले रुपन्देहीको सौ फर्सा्टिकरमा सो प्रतियोगिताको अडिसनमा २२ प्रतिस्प्रधीहरु छनोटभएका छन ।

फर्सा्टिकरको रिद्धिसिद्धि पार्टि प्यालेसमाभएको अडिसनमा अडिसनमायुवायुवतीहरुको सौन्दर्य, संस्कृति र प्रतिभाको आधारमामुल्यांकनगरि छनोट गरिएको आयोजक संस्थाकाप्रमुख रवि रानाले जानकारि दिए । कार्यक्रममादुर्गा थापा ड्रेस डिजाइनर, तिलोत्तमाबोर्डिङ स्कुलकिब्यबस्थापक राधिका केसि, मिस प्रफेक्ट गलाम २०१९ अन्जलि खड्का, मिस्टर लुम्बिनी २०१७ सुजन क्षेत्री , अनिलचौधरी लगायतले निर्णायकको भुमिकामाथिए । प्रतियोगितामाविजेता, फस्ट रनर अप र सेकेण्ड रनरअपलाई नगद पुरस्कारका साथै स्थानिय रेडियो र टेलिभिजनमाकामगर्ने अवसर पनिप्रदानगरिने रानाले जानकारी दिए ।

यो संगै अडिसनमा छनोट भएकाहरुलाई बिभिन्नतालिमको समेत व्यावस्थागरिएको उनले जानकारी दिए । रानाले आत्मबिश्वास तथाव्याक्तित्वविकास, रेडियो तथा टेलिभिजनकार्यक्रम प्रस्तोता, उत्प्रेरणा, नेतृत्वविकास लगायतकाअन्यथुप्रै बिषयमा २० दिन सम्मतालिमप्रदानगरिने बताए ।

पत्रकारिता दलीयकरण तर्फ उन्मुख भयो,रोकौं : उपाध्यक्ष ढुंगाना

रिपोर्टर्स क्लव नेपालका केन्द्रिय उपाध्यक्ष बैकुण्ठ प्रसाद ढुंगानाले मोफसलको पत्रकारिताको भबिश्य उज्वल रहेको बताएका छन् । उनले राजधानी काठमाडौंमा पत्रकारिता दलीयकरण हुदै गएको भन्दै प्रदेश ५ मा पत्रकारिता राम्रो भएको दाबि गरे । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ कार्यालय बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

ढुंगानाले पत्रकारिता समाजका लागि गर्नुपर्ने भन्दै दलका भजन गाएर पत्रकारिता नगर्न समेत सुझाब दिए । बरिष्ट पत्रकार बालकृष्ण चापागाइले पत्रकारितामा मोफसलको राजधानी बुटवलको छुट्टै ब्राण्ड रहेको भन्दै मिडिया बलियो बनाउने काम पत्रकारको भएको बताए । क्लवका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदेश सदस्य कपिल ज्ञवालीले गरेका थिए ।

RECENT POSTS