Wednesday, May 22, 2019

पूर्णिमाद्वारा स्वास्थ्य शिविर एंव लत्ता कपडा वितरण कार्यक्रम सम्पन्न

तिलोत्तमा / जेष्ठ ५ गते । रूपन्देहीको तिलोत्तमा १ ड्राइभरटोलमा अवस्थित पूर्णिमा विकाश बैंक शाखा कार्यालय ड्राईभरटोलले आईतबार स्वास्थ्य शिविर, निशुल्क औषधी वितरण, लत्ताकपडा एंव खाध्धान्न वितरण कार्यक्रम एकसाथ सम्पन्न गरेको छ ।
बैंकको १२ औं बार्षिकको अवसर पारेर ड्राइभरटोल शाखाले नेपाल अपागं आश्रम बुटवल १३ प्रगतिनगरमा आश्रित ३२ जनालाई सेवा प्रदान गरेको हो । बैंकका ड्राइभरटोल शाखा प्रबन्धक मुना गुरूगं लगायतका कर्मचारी एंव लियो क्लव अफ भलवारी युथका सभापति लियो गोविन्द बन्जाडे लगायतको सहभागितामा निशुल्क शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा महिला एंव बालबालिका अस्पताल आम्दाका मेडिकल अफिसर डा. सुदीप चौधरी एंव हेल्थ असिस्टेन्ट शिशिर पाण्डेले आश्रममा आश्रित ३२ जनाको सबै खाले स्वास्थ्य समस्या निशुल्क चेकजाँच गर्नुका साथै निशुल्क स्वास्थ्य परामर्श सेवा प्रदान गरेका थिए । सो अवसरमा विशेषगरि पेट दुख्ने, नाक मुख र दाँतको दुखाई लगायतका स्वास्थ्य समस्या रहेकोले सोही बमोजिम उपचार गरिएको डा. सुदीप चौधरीले जानकारी दिए ।
शिबिर लियो क्लव अफ भलवारी युथको सहयोगमा सम्पन्न भएको थियो ।

बालबालिका खेलिरहेको देख्यौँ भने हामी आफैँले स्कुल लगेर भर्ना गर्ने कि ?

यस वर्ष पनि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय र्पुया’ भन्ने नाराका साथ संघ, प्रदेश र स्थानीय सरकारले विद्यार्थी भर्नाको कार्यक्रम गरिरहेका छन । यस क्रममा विद्यालयका शिक्षक, विद्यार्थी अभिभावकहरुले भर्ना अभियानको प्रचार प्रसार, विद्यार्थी स्वागत गर्ने, घरदैलो अभियान चलाउने, सचेतना कार्यक्रम गर्ने, सञ्चारमाध्यममा प्रचार प्रसार गर्ने, राजनीतिक तथा सामाजिक तहका व्यक्तिहरुलाई भर्ना अभियानमा सामेल गराउने काम भइरहेको छ । यो नौलो होइन । विगतमै भएका कार्यक्रमको निरन्तरता मात्रै हो । यस वर्ष गएको वर्ष भन्दा ३० हजार बढी अर्थात ९१ हजार बालबालिका विद्यालय बाहिर छन् । पाँचदेखि नौ वर्ष उमेर समूहका २५ लाखमध्ये गएको वर्ष २४ हजार बढी बालबालिका विद्यालयमा भर्ना भएका थिए । बाँकी रहेका ९१ हजार बालबालिका यस वर्ष विद्यालयमा ल्याउने र निःशुल्क शिक्षा दिने सरकारको उद्देश्य छ ।
सरकारको तथ्यांक यो भए पनि बसाईँसराईका कारण विद्यालय बाहिर रहेका बालबालिकाको संख्या केही तलमाथि हुन सक्छ । तर जे जस्तो भए पनि निःशुल्क र अनिवार्य रुपमा शिक्षा पाउने बालबालिकाको अधिकार पूरा गर्न सबै लाग्नुपर्छ । यो अभियानमा सहभागी हुन सबैलाई अपील पनि गर्छु ।
बालबालिका किन स्कुल आउँदैनन् ?
सरकारले, समुदायले, विभिन्न संघ संस्थाले, विद्यालयले र स्वयंम अभिभावकले भर्ना अभियान चलाउँदा पनि अझै धेरै बालबालिका विद्यालय बाहिर छन् । यो चिन्ता मात्र होइन, चुनौतीको विषय पनि हो । यसरी विद्यालय बाहिर रहने बालबालिका सबैभन्दा बढी तराई तथा मधेसमा छन् । त्यसपछि कर्णाली र सुदूरपश्चिमका जिल्लामा छन् । बालबालिका विद्यालय आउन नसक्नुको मुख्य कारण गरिबीभन्दा चेतनाको स्तर कम भएर हो । जन्मिएको ५ वर्षपछि छोराछोरीलाई नजिकैको विद्यालयमा भर्ना गराउने चेतना आमाबुवामा नभएका कारण बालबालिका आफ्नो मौलिक हक अधिकार पाउनबाट बञ्चित भएका छन् ।विद्यालय बाहिर रहेका बालबालिकामा गरीब, दलित, विपन्न, आदिवासी, लोपोन्मुख समुदायका धेरै छन । यी समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याउन घरमै गएर मात्रै हुँदैन ।उनीहरुमा चेतनाको स्तर अहिले पनि धेरै माथि उठ्न सकेको छैन । पहिलेदेखि नै आफ्नै रहनसहन, संस्कार, संस्कृति, कतिपयको पुख्र्यौली पेशाका कारण बालबालिका विद्यालय नआएको भेटिन्छ ।त्यसैले यो सामाजिक कारण हो । सामाजिक कारणमा मनोवैज्ञानिक चिन्तनको समस्या होला । यद्यपी सरकारले र स्थानीय समुदायले प्रयास नगरेका होइनन । गरेका प्रयासहरु सफल नभएका हुन् । वा हामीले पूरा प्रयास नै गरेनौं कि ? ती बस्तीमा अब पहिलेको जस्तो समस्या नहोला । स्थानीय तहका जनप्रतिनिधी हरेक समुदाय र बस्तीसँग निकट छन् । ती समुदायको चेतनास्तर माथि उठाउने, शिक्षा, स्वास्थ्य सेवाको पहुँच बढाउने, विकास गर्ने, आर्थिक अभाव, गरिबी, विभेद हटाउने नारा र आश्वासन जनप्रतिनिधिले दिएका छन् । ती नारा र आश्वासन पूरा गर्न पहिलो काम शिक्षामा गर्नुपर्छ । अर्थात त्यो समय अब आएको छ । संविधानतः अब कुनै बालबालिका विद्यालयभन्दा बाहिर छ भने त्यो सरकारको मात्र होइन, त्यो स्थानीय तहका जनप्रतिनिधिको क्षमतामाथि प्रश्नको विषय हो । त्यसैले यसपटकको भर्ना अभियानमा विद्यालय, शिक्षक, समुदाय र जनप्रतिनिधिको बलियो समन्वय र साझेदारी हुन जरुरी छ । विकासको पहिलो पूर्वाधार शिक्षा हो । यसैलाई आधार मानेर अगाडि बढ्ने जोसुकै व्यक्ति, समुदाय, जनप्रतिनिधि र सरकारले बालबालिकालाई विद्यालय ल्याउनैपर्छ । यसको विकल्प छैन ।
कमजोरी के हुन् ? समस्या कहाँ छ ?
विद्यार्थी भर्ना अभियान शुरु भएपछि धेरैले सरकारतिर औंला तेर्स्याउँछन । सरकारलाई एकहोरो दोष दिनुभन्दा पहिले केही कुरा सोच्नैपर्छ । यसका कारण धेरै छन् । पहिलो भौगोलिक बनावटअनुसार हाम्रा विद्यालय कति नजिक वा टाढा छन् ? ग्रामीण भेगको कुरा गर्ने हो भने पहिलेभन्दा सहज भएको शिक्षा अहिले पनि केही ठाउँमा जटिल नै छ । घण्टौं हिँडेर विद्यालय पुग्नुपर्ने अवस्था छ । बाटो ठीक छैन । भए पनि सहज छैन । यो पनि एउटा कारण हुन सक्छ । ग्रामीण भेगमा विकटता मात्रै होइन । विकटता सँगसँगै विभेद, छुवाछुत, रुढीवादी सोच, समान व्यवहार, समानता, छोराछोरीमा हुने सामाजिक भेदभाव, विद्यालय अपाङ्गतामैत्री नहुनु जस्ता कारणले पनि विद्यार्थी भर्ना अभियानलाई असर गरेको छ । यी समस्या हटाउने चुनौती पनि अब स्थानीय सरकारलाई छ । हिजो सरकारको ध्यान पुगेन, बस्तीमा छिरेन, दलित, आदिवासी समुदायका बालबालिकालाई भर्ना गर्न सकिएन भन्ने छुट जनप्रतिनिधिलाई छैन । किनकी उनीहरु नै आज बालबालिका लागि सरकारी प्रतिनिधि हुन् । स्थानीय सरकारसँग संरचना छ । विकासको योजना छ । विद्यालय सञ्चालन गर्ने अधिकार छ । सामाजिक, आर्थिक, कानुनी सबै हिसाबले अधिकारसम्पन्न स्थानीय तहले यसपटकको भर्ना अभियान सफल पार्न सक्छ भन्ने सबैको विश्वास छ । यो चुनौती मात्र होइन, अवसरका रुपमा पनि स्थानीय तहका जनप्रतिनिधिले लिनुपर्छ । समन्वय, अनुगमन, कार्यक्रमको प्रभावकारिताको काम स्थानीय सरकारसँग प्रदेश र संघ सरकारले गर्नुपर्छ ।

स्कूलमा ल्याउने की टिकाउने पनि ?
विद्यार्थी अभियान चलिरहेका बेला धेरैले हाम्रा विद्यालयमाथि प्रश्न उठाउँछन् । हाम्रा विद्यालय बालबालिकामैत्री बन्न सकेनन् । अनि बालबालिका विद्यालय आएनन् भन्ने गुनासो छ । यो सबैमा लागू हुँदैन ।धेरै सामुदायिक विद्यालय पहिलेको भन्दा धेरै सुधार भएका छन् । केही सामुदायिक विद्यालय नमूना छन् । नमूनामा उत्कृष्ट छन् । जहाँ पढाउनका लागि धेरै अभिभावकको तँछाडमछाड नै हुन्छ । बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन पहिला त हाम्रा विद्यालय सुधार्नुपर्छ । सुधार्नुको विकल्प छैन । त्यसमाथि बालबालिकालाई विद्यालय ल्याएर मात्रै भएन । विद्यार्थी टिकाउन सक्नुपर्छ ।विद्यालयको भौतिक पूर्वाधार, पठनपाठन पद्धति, शिक्षकको पढाउने शैली, शिक्षकको पर्याप्तता, उपलब्ध भएका शिक्षकको व्यवहार लगायतका विषयले पनि बालबालिकालाई विद्यालय ल्याएर टिकाउने चुनौती छ । बालबालिका विद्यालय आउन नसक्नुको मुख्य कारण सामाजिकभन्दा विद्यालयको वातावरण हो । एकपटक बालबालिकाले विद्यालय देख्यो भने सधैं आउँ आउँ लाग्ने हुनुपर्ने हो । तर भैदिएन । यसैका कारण पनि हाम्रा सामाजिक कारणलाई दोष देखाएर उम्किने अवस्था हुनु हुँदैन । त्यसैले शिक्षक, अभिभावक र विद्यार्थी पनि अब विद्यालय सुधारमा लाग्नुपर्छ । विद्यालय सुधार्ने भनेको लहडको भरमा हुँदैन । तन, मन दिएर विद्यालय सुधार गर्न्तिर लाग्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा अब कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनु हुँदैन । यदि हामीले कुनै बालबालिका स्कुल नगएर बाहिर खेलिरहेका देखेका छौँ भने आफैंले लिएर भर्ना गर्ने कि ? शुरुमा गाह्रो होला । तर गर्दै जानुपर्छ । अवश्य सकिन्छ । विगतमा जति बालबालिका बाहिर थिए, अहिले त्यति छैनन् । पहिलेको भन्दा कम छ । तर हाम्रो उद्देश्य सबै बालबालिका विद्यालयमा ल्याउनुपर्छ । सबैलाई निःशुल्क पढाउनुपर्छ । यसका लागि सबै जना लाग्नुपर्छ । निरन्तर लाग्नुपर्छ । थाक्नु हुँदैन ।

सुन्दर नेपालको कुरुप काम, कहिले हुन्छ फोहोर ब्यबस्थापन ?

नेपालीमा एउटा उखान छ ‘खाउ भने दिनभरिको सिकार, नखाउ भने कान्छा बाउको अनुहार’ भनेजस्तो भएको छ तिलोत्तमाको नगर सरसफाइ अभियान यतिबेला । तिलोत्तमा नगरपालिकालाई सुन्दर र सरसफाइयुक्त नगर बनाउने परिकल्पनाका साथ नगरप्रमुख बासुदेव घिमिरेले शुरू गर्नुभएको सरसफाइ अभियान यतिबेला सम्झौता भएको कम्पनीले फोहोर ब्यबस्थापन नियमित नगरिदिदा जनताले सास्ती खेपेका छन ।

रुपन्देही जिल्लामा तिलोत्तमा जति सुन्दर नगरको रुपमा परिचित छ त्यति नै फोहोर ब्यबस्थापन नहुदा दिनहु स्थानीयको भट्टे सराप समेत खादै आएको छ । काम गर्ने कालु मकै खाने भालु भनेझै काम गर्ने जनप्रतिनिधि हुदा हुदै पनि ठेकदार कम्पनीले गतिलो संग काम नगरेपछि अहिले फोहोरको शुल्क त उठ्यो फोहोर उठेन भन्दैछन स्थानिय । तिलोत्तमा नगरमा जनप्रतिनिधि चुनाबबाट निर्बा्चित नहुदै तत्कालिन प्रमुख अधिकृत मोहन पौडेलको पालामा बाताबरणिय सुन्दर नेपाललाइ ठेक्का दिइएको सो जिम्मा अहिले आएर निल्नु न ओकल्नु भैआएको छ ।

तिलोत्तमा वार्ड नम्बर १, २, ३, ४, ५, र ६ सम्मको फोहोर ब्यबस्थापनका लागि भनेर दीइएको सो जिम्मामा अहिले खासै राम्रो काम नभएपछी वार्ड न २ मा वार्ड कार्यालयमा आफै ब्यबस्थापन शुरु भएको छ भने अन्य वार्डमा समेत अब ब्यबस्थापनका लागि सोच्ने समय आएको छ । नगर प्रबक्ता सुरेन्द्र श्रीका अनुसार हाल भैरहेको फोहोर ब्यबस्थापनका लागि नगरकार्यपालिका बैठकमा गम्भीर छलफल भैरहेको र छिट्टै नगरबासीहरुको घरआगन, बाटो, पुलपुलेसो हामी आफैले सफा गरेजस्तै सफा हुनेमा ढुक्क रहन अपिल गरेका छन् । हाल तिलोत्तमा वार्ड नम्बर २ मा फोहोरमैला ब्यबस्थापन समिति मार्फत अहिले बिशेस ब्यबस्था गरिएको समितिका अध्यक्ष ईश्वरी भण्डारीले बताए।

उनले अहिले फोहोर ब्यबस्थापनमा धेरै नै नगर बासि तथा वार्ड नम्बर २ बासिमा रौनक थपिएको बताएका छन् । तिलोत्तमा २ मा मात्र होइन अब सबै वार्ड का जनता जागरुक भै आफ्नो वार्ड आफै सफाई गर्ने र ब्यबस्थापन गर्नमा एक बद्दहुनुपर्ने मा जोड दिएका छन् ।

नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत स्थानीय संघ सस्था, युवा, महिला, सहकारी, सुरक्षा निकाय, खानेपानी डिभिजन कार्यालय, उपभोक्ता सस्था, बाल क्लब , बिद्यालय, ब्यापारी, उद्योगी कर्मचारी लगायत सबैले हातमा हातमा माक्र्स, पन्जा, कुचो,कुटो, बोरा तथा मिनी कन्टेनर लिएर हिड्नु अबश्य पनि नगर सरसफाइको लागि राम्रो पक्ष हो तर दैनिक जिबनयापनमा घर तथा संघ सस्थाबाट निस्कने फोहोर ब्यबस्थापन गर्न ठेकदार सस्थाले नसकेको गुनासो यतिबेला स्थानीयले गरेका छन ।

नगरबासीको सबैभन्दा राम्रो बिशेषता भनेको बिहान सबेरै उठ्ने आफ्नो घर आँगन सरसफाइ गर्ने अनि आफ्नो वरिपरि भएको फोहरमैला छन भने नगरपालिकाले फोहर संकलन गर्ने गाडी बजारमा आएको समयमा त्यो ब्यबस्थित रूपमा हालेर पठाउने भएको कारणले गर्दा नेपालको धेरै नगरपालिका भन्दा तिलोत्तमाको आफ्नै पहिचान छ ।

तर, तिलोत्तमा नगरबासी असन्तुष्ट छन भने त्यो हो नगरपालिका कार्यालयसँग फोहोर ब्यबस्थापन गर्न ठेक्का लिएर समयमा काम नगरेको स्थानिय ठेकदार कम्पनीसंगै हो । किनभने फोहर मैला ब्यबस्थापनको नाममा लाखौं रूपैयाँ आउछ तर त्यो पैसा कसरी केमा खर्च हुन्छ भन्ने जानकारी नगरबासीलाई छैन ।

बेलामा फोहोर न उठेर अहिले नाला तथा बाटोका छेउमा भएका चोकमा नाक थुनेर हिड्नुपर्ने अवस्था छ । स्थानियको आरोप त अझै पैसा उठाउन अघिल्लो महिना नै आउने तयार फोहोर पछिल्लो महिनाको समेत न उठ्दा घरमा रहेको डस्बिन फोहोर ट्रककै पर्खाइमा दिन कटाइरहेछ ।

हिजोका दिनमा सरसफाइको काम गर्न कम चुनौती थिएन तर अहिले घना बस्तिसंगै फोहोर पनि बढेको छ यस्तो समयमा समयमै फोहोर उठाउने कार्यलाई तिब्रता दिनुपर्ने हो तर ठेकदार कम्पनी जागरुक नभैदिदा नगरबासी अचम्मित बनेका छन् । तिलोत्तमा नगर सरसफाइ अभियानले पोलिथिनको झोला मुक्त बनाउन धेरै हदसम्म सफल भएको छ । पहिलेको तुलनामा अहिले धेरै कम भएको यो अभियानलाई अझै ससक्त बनाउनुपर्ने देखिन्छ ।

तिलोत्तमा नगरभित्रको अव्यवस्थित बजारलाई ब्यबस्थापन गर्नु , चोक–चोकमा फोहोर जम्मा गर्नु, पुर्ण सरसफाइयुक्त नमुना शहर बनाउन लागि पर्नु नगरपालिकाको सकारात्मक कदम हो । सुन्दर हराभरा बन्दै गएको नगरलाई कुरुप बन्नु भन्दा अगावै ग्रीन तिलोत्तमा क्लीन तिलोत्तमाको नारालाई सार्थक बनाउन हामी सबै लाग्नुपर्ने जरुरि देखिन्छ । त्यसैले अब ठेकदार कम्पनी र यहाको फोहोर ब्यबस्थापनका लागि सबै सरोकारवालाले तिलोत्तमा नगर सरसफाइबारे एक चोटी गम्भीर भएर सोच्न जरुरी छ ।

नव ज्योति युवा क्लव शंकरनगरको रक्तदान कार्यक्रम सम्पन्न

समय समयमा विभिन्न सामाजिक क्रियाकलाप गर्दै आईरहेको नव ज्योति युवा क्लव शंकरनगरले शनिवार एक कार्यक्रमका विच रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रमा ३५ जनाले रक्तदान गरेका थिए । क्लवका अध्यक्ष चन्द्रकान्त पाण्डेको अध्यक्षता र तिलोत्तमा नगरपालिका वडा न: २ का अध्यक्ष दधिराम गौतम प्रमुख आतिथ्यता, शिव कालिका मन्दिरका अध्यक्ष क्या. प्रेम बहादुर भण्डारी र शंकरनगर सामुदायिक बन तथा उपभोक्ता समूहका अध्यक्ष राम गिरीको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रेम बहादुर भण्डारी, राम गिरि तथा प्रमुख अतिथि दधिराम गौतम लगायतले बोल्दै हामीले एकपटक गरेको रक्तदानले कसैको जीवन बाच्ने भएकाले सबैले रुक्तदान गर्नु पर्ने बताएका थिए । कार्यक्रम का संयोजक माधव पाण्डेयको स्वागत तथा सचिव गोविन्द श्रेष्ठको सञ्चालनमा सो रक्तदान कार्यक्रम सम्पपन्न भएको थियो । भैरहवा रक्त सञ्चार केन्द्रका हरिप्रसाद सापकोटाको टिमले सो रक्तदान कार्यक्रमको मेडिकल ब्यबस्थापन गरेको थियो ।

सुरक्षाकर्मीलाई सुरक्षा

राजन पन्थी । शसस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेश गंगोलिययाको नवनिर्मित “बिल्लादार तथा जवान ब्यारेक भवन” को बिहीबार एक समारोहका बिच औपचारीक उद्घाटन सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको रु ५ लाख र प्रहरीहरुकै श्रमदान समेत परीचालन गरी निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेब घिमिरेले “साधन स्रोतको अभावका बाबजुद पनि शसत्र प्रहरीले शान्ति सुरक्षा संगसंगै मानविय सहयोगको क्षेत्रमा पुर्याएको योगदान“ को सह्राहना गर्नुभएको थियो ।

त्यसैगरी नगर उपप्रमुख जगेश्वर देबी चौधरीले बेश क्याम्पको स्थाईत्वका लागि समुदाय र स्थानिय सरकारको तर्फबाट गर्नुपर्ने सबैकार्य गर्न तैयार रहेको बताउदै बाकी कामका लागि पहल गर्न प्रहरी संगठनसंग आग्रह गर्नूभयो । कार्यक्रममा २७नं गण भैरहवाका शसस्त्र प्रहरी उपरीक्षक बसन्त कुमार बोगटी र गंगोलिया बेश प्रमुख शसस्त्र प्रहरी निरीक्षक झपिन्द्र बानियाले “राज्यले दिएको जिम्मेवारी, संगठनको निर्देशन, समुदायले चाहेअनुसारको शान्ति सुरक्षा र बिकासका कार्यमा हातेमालो गर्न समेत प्रतिबध्द रहेको“ बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा– १७ का वडाध्यक्ष दान बहादुर चौधरी सहितका जन प्रतिनिधीहरु र स्थानिय सरोकारवालाहरुले बेसक्याम्पको स्थायित्वका लागि पहल गरिदिन आग्रह गर्दै हालसम्म भएगरेका कार्यहरु र गर्न बाकी कार्यको बारे बताउनुभयको थियो ।

कार्यक्रमको संचालन बेशका सशस्त्र प्रहरी नायब निरीक्षक दिपेन्द्र पौडेलले गर्नुभयको थियो । कार्यक्रममा नगर तथा वडाका जन प्रतिनिधी, टोल बिकास संस्थाका पदाधिकारी, बिभिन्न कार्यालयका कर्मचारी, शिक्षक, उद्योगी, ब्यापारी तथा बिभिन्न पेशा ब्याबसायी, पत्रकार, सुरक्षाकर्मी र सर्बसाधारण को सहभागिता रहेको थियो । यसअघि पुरानो भवनमा रहँदा जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीहरु आफुहरुभने निकै असुरक्षित रहनु परेको बताउदै आएका थिए ।

२०६५सालमा गंगोलियामा स्थापित सशस्त्र बेश क्याम्प का सुरक्षकर्मीहरु ३८ बर्ष पुरानो भूकम्पले थिला परेको जिर्ण भवनमा बसेर सेवा दिदै आईरहेका थिए। टिनकै छाना भएपनी नयाँ भवनमा बस्न पाउँदा सुरक्षाकर्मीहरुले केही राहत र सुरक्षित महसुस गरेका छन् ।

कुखुरामा हिट स्ट्रेस र यसको व्यवस्थापन

डा. युवराजपन्थ
प्राविधिकअधिक्रित
लुम्बिनिएग्रो ईन्डस्ट्रिज, बुटवल

कुखुराको शारिरिक तापक्रमअत्यन्तै बढीभई शरीरका कृयाकलापमा असर पार्ने अवस्थालाई हिट स्ट्रेस (गर्मी धपडी)भनिन्छ । यो प्रकृया लम्बिएमाकुखुराहरु थाक्छन् र मृत्यु हुने गर्दछ । बढ्दो तापक्रम र आद्रताको कारणले विशेष गरी गर्मी मौसममाकुखुराहरुले तनाब महसुस गर्छन् । शरीरको तापक्रम नियन्त्रण गर्न नसकेर कुखुराहरुको मृत्यु हुने गर्दछ ।

आधुनिक ब्रोइलर जातहरुमा उचित दाना रुपान्तरणसंगै उच्चव्रिद्धीदर आवश्यकहुने भएकोले गर्मी तनावप्रती सहन्शीलता कम हुन्छ ।
कुखुराको शारिरिक तापक्रम ४६ डिग्री सेन्टिग्रेड नजिक हुनपर्छ । यस भन्दा ४ डिग्री सेन्टिग्रेड बढी भएमा कुखुराको मृत्यु हुन्छ ।

कारकतत्वहरु : 
उच्च तापक्रम
– अपर्याप्त पिउने पानी
– अप्रयाप्त भेन्टिलेसन
-आवश्यक भन्दा कमी क्षेत्रफल
-खोरको छानोको उचाइ
– गर्मिको समयमा अत्यधिक इनर्जि र प्रोटिनयुक्त दाना

यस बाहेक निम्नतत्वहरु पनि यसका कारक बन्न सक्छन्
-आनुवंशिक (लेयर्स भन्दा बढी ब्रोइलर कुखुराहरु सम्मोहक हुन्छन् )
– चयापचय दर (अन्डादिने कुखुरा र छिटो व्रिद्धीहुने भालेहरु)
– घनत्व (निश्चित क्षेत्रफलमा आवश्यक भन्दा बढी कुखुराहरु राख्नु)
– ३ हप्ताभन्दा बढी  उमेरका कुखुराहरु

लक्षणहरु :
– अत्यन्तै छिटो छिटो श्वास फेर्ने
-टाउको सोत्तरमाअगाडितिर सुताएर बस्ने
– बढीतिर्खाउने
– दानाप्रतीअरुची (२० डिग्री सेन्टिग्रेड भन्दा माथि प्रती इकाइ तापक्रम व्रिद्धी वापत दाना खपत १.५ प्रतिशतले घट्छ)
– अन्डाउत्पादनमाकमी
– सानो आकारको अन्डा
– अन्डाको बोक्रापातलो हुने
– ब्रोइलर कुखुरामाव्रिद्धीमाह्रास आउने
– छालानिलो देखिने
– पंखेटाहरु फिजाएर उभिने
– लक्षण विना उत्तानो परेर मरेको देखिने
– थाकेर पल्टिने अनी मृत्यु हुने
– छातीको मासुको रंग पकाएको जस्तो देखिन्छ र नाक तथा मुखमा र्याल जम्मा भएको देखिन्छ ।
– मुखखोलेर श्वास प्रश्वास गर्ने भएकोले तनाव ग्रसित कुखुराहरुमा अन्य श्वासप्रश्वास सम्बन्धी रोगका किटाणुले आक्रमण गर्न सक्छन् ।

उपचार :
– पर्याप्तचिसो पानीको व्यवस्थापन
– खोरमा भेन्टिलेसनको व्यवस्था गरी हावा खेल्न दिनुपर्दछ
– भिटामिन सि, भिटामिन ई, भिटामिन ए र अन्य इलेक्त्रोलाइट पानी मार्फत दिनुपर्दछ

रोकथाम:
गर्मी मौषममा कुखुराहरुको उचित व्यवस्थापनको लागि निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।

खोर व्यवस्थापन
-खोरको उचाइ तथा चौडाइ उचित हुनुपर्दछ । गर्मीठाउंको हकमा १४ फिटखोरको विचको भागको उचाइ, किनाराको उचाइ ८ फिटतथा २०(२४ फिटचौडाइको खोर आवश्यक पर्दछ ।
– खोरको छानो टिनको भए सेतो पेन्टगर्ने अथवा छानो माथि खर र जुटको बोरा राखी भिजाउने गरेमा केहीहद सम्म तापक्रम नियन्त्रण गर्न सकिन्छ। खोरको छानो चुनाले पोतेमा २ डिग्री सेन्टिग्रेडले तापक्रम नियन्त्रण गर्न सकिन्छ ।
– खोरको लामो भागपुर्व पश्चिमदिशामानिर्माणगरिनुपर्दछ र बलेनीको भाग ३ फिट हुनुपर्दछ ।
ड्ड ठुलाखोरहरुमा जालीबाहिर चिसो बनाएर जुटका बोरा झुन्डाउन सकिन्छ जस्ले तातो हुरिलाई रोक्नमद्धतगर्छ । खोर भित्र स्प्रिन्कलहरु प्रयोगगर्न सकिन्छ ।
– प्राकृतिक भेन्टिलेशनजांचगर्ने, जालीहरुमा धुलो भरिएको जांचगर्ने
– कुखुराहरुलाई आवश्यक क्षेत्रफलप्रदानगर्ने । गर्मी ठाउँंमा प्रत्यक ब्रोइलर कुखुरा बराबर १.५ वर्गफुट तथा लेयर्सलाई २ वर्गफुट क्षेत्रफल आवश्यक पर्दछ ।

दानाव्यवस्थापन
-कम दाना खपतहुंदा उत्पादनमा असरपुग्ने भएकोले दाना खपत बढाउने उपाएहरु अपनाउनु पर्दछ । पेलेट अथवा क्रम्बलफिड, फिडरमा भएको दाना चलाइदिने, दानामा चिल्लो पदार्थ अथवा गुंड भेली मिसाइदिने, सितल फर्केको समयमा मात्रा दाना दिने (दिउसोको समयमा दाना खान रोक लगाउने र बिहानतथा सांझमा मात्रा दाना राख्दिने) जस्ता कृयाकलाप गरेर दाना खपत बढाउन सकिन्छ ।
-असाध्यै गर्मी हुने समय भन्दा ६, ७घण्टा अगाडी दानाको भांडो हटाइदिने
-अत्यधिक गर्मी भएमा मिड्नाइट फिडिङ्ग प्रयोगमा ल्याउनुपर्दछ ।
– भर्जिनिआमाइसिनको प्रयोगले हिट स्ट्रेसलाई कमगर्ने तथा रोग संग लड्ने क्षमता बढाउंछ ।
– निकार्बाजिनले हिट स्ट्रेस बढाउने तथा मोनेन्सिनले पानी रुची घटाऊने भएकोले गर्मी समयमा प्रयोग गर्नु हुंदैन ।
– दानामाबिटेन, बायोटिन, भिटामिन सि, सोडाबाइकर्ब, एसिडिफायर, डेक्स्ट्रोज, जस्ता फिडएडिटिब्सहरु मिसाउनुपर्दछ । दानामाप्रोटिनको मात्राकम गराइशक्तीको श्रोत बढाउनुपर्दछ, जसको लागिचिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ । कक्सिडिओस्टाट, एन्टिअक्सिडेन्टलाई प्राथमिकतामा राख्न पर्दछ । यसको अलवाटक्सिनबाइन्डर पनि सम्मिलित गराउनु पर्दछ ।
– दानामा क्याल्सियमको मात्रा ४ प्रतिशतबाट ५ प्रतिशत बनाउनुपर्छ । भिटामिन र मिनरलको श्रोत २५ प्रतिशतले बढाउनुपर्छ ।

पानी व्यवस्थापन
– गर्मीको समयमा भिटामिन सि तथा इलेक्ट्रोलाइटयुक्त चिसो पानी पर्याप्त रुपमा प्रदान गर्ने । आवश्यक भएमा पानी फेरिरहने ।सकिन्छ भने पानी टंकिलाई खोर भित्र नै राख्दा तातो हुनबाट नियन्त्रण गर्न सकिन्छ । खोर बाहिर भएको टंकिलाई जुटको बोराले ढाकेर पानीले भिजाउने गरेमा पानी तात्न नियन्त्रण हुन्छ । कुखुरालाई सामान्य अवस्थामा भन्दा ३(४ गुणा पानी उपलब्ध गराउनुपर्दछ । ०.२ प्रतिशतनुनमिसाएर दिएमापानीको उपभोग अझै बढ्छ ।
– पानीमा कागती, निबुवा आदिको रस वा भिनेगर मिसाउने

अन्य व्यवस्थापन
– खोपको प्रयोग, चुच्चो काट्ने आदी कृयाकलापहरु शितल समयमा गर्नुपर्दछ ।
– खोरमा थर्मो्मिटर राखेर तापक्रम भिन्नता रुजु गर्र्नेे र त्यही अनुसार व्यवस्थापन गर्ने

प्रत्यक्ष मात्र नभई गर्मी तनाव भएका कुखुराहरुमा इ.कोली, माइकोप्लाज्मा, कोराइजा लगायतका रोगहरु लाग्ने सम्भावना बढ्ने भएकाले यसको उचित रोकथाम गर्नको लागि व्यवस्थापनमा ध्यानदिनु जरुरी छ ।

सुचना प्रबिधि र बिद्यालय : सम्पादकीय

मानव अधिकारका रूपमा लिइने आधारभूत शिक्षामा सबैको सरल पहुँच बनाउन र दूर शिक्षा, अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग उपयुक्त माध्यम हो । परिवर्तित सन्दर्भमा युगको माग अनुरूप शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग आवश्यक देखिन्छ । शिक्षामा सूचना प्रविधिको प्रयोग नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना अपूर्ण हुने निश्चित प्रायः छ ।

शिक्षक तथा विद्यार्थीले पाठ्यपुस्तकमा मात्र भर पर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । हाल अध्ययन सामग्रीको खोजीका लागि स्थानीय तथा विदेशी ‘सफ्टवेयर’, ‘इन्टरनेट’ तथा विभिन्न शैक्षिक ‘वेभसाइट’ हरूको उपयोग हुन थालेको छ । अब सिकाइलाई ‘अनलाइन’ र ‘अफलाइन’ मार्फत् जुनसुकै बखत हेर्न, पढ्न र सिक्न सकिन्छ । सूचना तथा सञ्चार प्रविधिमा आधारित सिकाइले विद्यार्थीलाई देशभित्रै बसेर एक कोठाबाट देशविदेशका डिग्री हासिल गर्न सम्भव भएको छ । भौगोलिक, सामाजिक, सांस्कृतिक तथा पूर्वाधारहरूको अभावका कारण औपचारिक तवरबाट शिक्षा दिन नसकिने अवस्थाको अन्त्य भएको छ । विद्यार्थीमात्र नभई नयाँ प्रविधिको आगमनसँगै शिक्षकका सूचना र ज्ञान परिमार्जित भएका छन् । आफूले नजानेका विषयमा जान्न र सिक्न मन लागे जुनसुकै समयमा प्रविधिको प्रयोगले ज्ञान हासिल गर्न सकिने भएको छ ।

शिक्षक होस् वा विद्यार्थी कम्प्युटर, ल्यापटप, स्मार्ट फोनको प्रयोग केवल टेलिफोन तथा मनोरञ्जनका लागि मात्र नभई डिक्सनरी, विकिपिडिया, शैक्षिक सामग्री खोज्न र पढ्ने लगायतका शैक्षिक प्रयोजनका लागि उपयोग गरिंदै छन् । विद्यालय र उच्च शिक्षामा समेत अमूर्त अवधारणा, शब्द, चित्र, ‘एनिमेशन’, ‘सिमुलेशन’ आदिका माध्यमबाट प्रभावकारी ढंगले शिक्षण हुनथालेको छ । यसले विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गराएको छ । सूचना प्रविधि नेपालका लागि धेरै सम्भावना बोकेको क्षेत्र हो । त्यसमा पनि शिक्षा क्षेत्रमा सूचना प्रविधिको प्रयोग अझ बढी उपयुक्त हुने देखिन्छ । नयाँ पुस्तामा आधुनिक समय सुहाउँदो शिक्षाप्रतिको आकर्षण बढ्दो छ ।

मुलुकलाई साँचो अर्थमा लोकतान्त्रिकीकरण र आधुनिकीकरण गर्ने अभिभारा पूरा गर्ने गरी वर्तमान शिक्षा नीतिमा परिवर्तन गरी सूचना प्रविधियुक्त शिक्षा नीतिको आवश्यकता देखिन्छ । सिक्ने र सिकाउने सम्बन्धमा विकसित नवीनतम विधि, नियम र प्रविधिलाई कुशलतापूर्वक प्रयोगको उचित वातावरण सिर्जना गर्दै अन्य विकसित देशको तुलनामा नेपाललाई पु¥याउन सक्ने शिक्षा नीतिका साथै दृष्टिकोण अपरिहार्य छ ।

प्राविधिक शिक्षा विहिन स्थानिय तह

प्रदेश नम्बर ५ का १२ वटा जिल्लामा १ सय ९ वटा स्थानिय तह छन् । ती सबै स्थानिय तहमध्ये ५१ वटामा प्राविधिक धारको शिक्षा प्रदान गर्ने विद्यालयहरु नभएको पाइएको छ । केन्द्र सरकारले ‘एक स्थानिय तह, एक प्राविधिक विद्यालय’ को अवधारणा ल्याए पनि प्रदेश नम्बर ५ का ५१ वटा स्थानीय तहले प्राविधिक शिक्षा सञ्चालन गर्न सकेका छैनन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी प्रदेश ५ का ५८ वटा मात्रै स्थानिय तहमा रहेका विद्यालयहरुले प्राविधिक धारको शिक्षा प्रदान गर्दै आएका छन् ।

सामाजिक विकास मन्त्रालय प्रदेश ५ को तथ्यांकअनुसार प्रदेशमा कृषि जेटिए, कृषितर्फ आईएस्सी एजी, पशुतर्फ आईएस्सी भिजी, कक्षा ८ देखि १२ कक्षासम्म कम्प्युटर ईन्जीनियरिङ्ग, ईलेक्टोनिक्स ईन्जीनियरिङ्ग, सर्भे ईन्जीनियरिङ्ग, सिभिल ईन्जीनियरिङ्गका कक्षा सञ्चालन हुँदै आएका छन् । यस्तै कक्षा ८ देखि १२ सम्म अटोमोवाईल्स ईन्जिनियरिङ्गका साथै कक्षा १० पासपछि स्वाथ्यतर्फका ल्याब टेक्निसियन, ल्याब एसिस्टेन्ट, सिएमए, एएनम्, हेल्थ अरिष्टटेन्टका कक्षाहरुसमेत सञ्चालन हुँदै आएका छन् । निजी क्षेत्रहरुले समेत प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी प्राविधिक धारका विभिन्न छोटो तथा लामो अवधिका कक्षाहरु सञ्चालन गरिरहेका छन् । जसमा टेक्निकल एसएसली (टिएसएलसी) देखि डिप्लोमासम्मका कक्षा छन् ।

प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीका अनुसार प्रदेश सरकारले बाँकी रहेका ५१ वटा स्थानिय तहमा निकट भविश्यमै प्राविधिक धारको कक्षा सञ्चालन गर्ने जानकारी दिए । उनले भने, ‘यसका लागि तयारी भैरहेको छ ।’ प्राविधिक शिक्षा सञ्चालन गर्न अन्य साधारण शिक्षाभन्दा पनि बढी खर्च लाग्ने र विद्यालय आफंैले स्रोत जम्मा गर्न नसक्ने अवस्थाको कारण पनि ग्रामीण क्षेत्रमा रहेका स्थानिय तहहरुमा प्राविधिक धारको शिक्षा प्रदानमा कठिनाई रहेको सचिव ज्ञवालीको भनाई छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले आफूहरुले बाँकी रहेका स्थानिय तहमा जतिसक्दो छिठो प्राविधिक धारको व्यवहारिक र रोजगारमूलक शिक्षा प्रदान गर्ने जोहो गरेको जानकारी दिए । सरकारले ६ हजार युवाहरुलाई छोटो अवधिको सिपमूलक, व्यवहारिक र रोजगारमूलक तालिम प्रदान गर्ने योजना बनाएको जानकारी दिँदै उनले प्राविधिक शिक्षा सबै क्षेत्रमा पु¥याउन आफैमा चुनौती रहेको बताए ।

अहिले प्रदेश ५ का ६० वटा प्राविधिक शिक्षालयहरु (विद्यालय तहको शिक्षा प्रदान गर्ने) रहेको जानकारी दिदै मन्त्री बरालले ८ वटा सिटिईभिटीका आंगिक क्याम्पसहरु सञ्चालनमा रहेको जानकारी दिए । यसबाट प्रदेश ५ मा १ सयभन्दा बढी विद्यालयहरु÷क्याम्पसहरुमा प्राविधिक धारको कक्षा सञ्चालन हुँदै आएकोमा निकट भविश्यमै यसलाई बढाउने योजना रहेको मन्त्री बरालको भनाई छ । प्राविधिक धारको शिक्षाको विकल्प नभएको मन्त्रालयले निस्कर्ष निकालेको भन्दै मन्त्री बरालले क्रमशः प्रदेश ५ का विपन्न, बस्तीहरुमा पनि प्राविधिक धारको शिक्षा सुरुवात हुने जानकारी दिए ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिईभिटी) प्रदेश ५ का निर्देशक ईंन्जिनियर अरविन्द्रकुमार चौधरीले प्रदेश कार्यालय स्थापना नहुँदा केही समस्या भएको जानकारी दिँदै अव प्रदेश कार्यालय स्थापना पश्चात सरकारको योजना अनुसार नै नयाँ प्राविधिक धारको विद्यालयमा पढाई सुचारु लगायतका कार्यहरु गरिने बताए । उनले प्राविधिक शिक्षामा निजी क्षेत्रको पनि महत्वपूर्ण स्थान रहेको भन्दै यसमा नीजी क्षेत्रको सहकार्यमा पनि अगाडि बढिने जानकारी दिए ।

उपेन्द्र र रमेशले गरे विद्यार्थीलाई स्कुल ड्रेस र ब्याग सहयोग

मोहन न्यौपाने । बिगत लामो समयदेखि तिलोत्तमा-७ भलवारिमा भुवन इलेक्ट्रिकल्स संचालन गर्दै आएका उपेन्द्र अधिकारी र भलावारिमै कपडाको ब्यापार गरिरहेका अर्घाखाची बस्त्रालयका रमेश भट्टराईले २५ थान स्कुल ड्रेस तथा ब्याग वितरण गरेका छन् । भर्ना अभियान शुरु भएको यो अवसरमा ड्रेस र ब्यागका कारण स्कुल जान नसकेका हरुको लागि भलवारी स्थित प्रभात आधारभूत बिद्यालयका गरिब तथा जेहेन्दार २५ बिध्यार्थिलाई स्कुल सामाग्री बितरण गरेका हुन् ।

स्थानिय तहमा रहेको सो सामुदायिक बिद्यालयमा रहेका विभिन्न कक्षाका बिध्यार्थिलाई ड्रेस तथा ब्याग वितरण गर्दा मनमा अर्कै आनन्द आएको भुवन इलेक्ट्रिकल्सका उपेन्द्र अधिकारि बताउछन । त्यस्तै पढ्ने उमेरमा भर्ना भै ड्रेसका कारण स्कुल जना नसकेका हरुलाई ड्रेस सहयोग गर्न पाउदा अर्घाखाची बस्त्रालय रमेश भट्टराई अत्यन्त खुसि छन् ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ठाकुर पंगेनीको अध्यक्षतामा भएको सो सहयोग कार्यक्रममा प्रधानाध्यापक टोप प्रसाद गैरेले विभिन्न समाजसेवी हरुको सहयोग ले विद्यार्थीको अध्ययन तर्फको मनोबल बढेर जाने बताएका थिए । मन्टेश्वरीमा अध्ययनरत २५ जना शिशु लाइ ड्रेस तथा ब्याग बितरण गर्दै सहयोगी हरुले बिध्यार्थिलाई पढ्न पाउने अधिकारका लागि जागरुक हुन र स्थानिय तहले यसको राम्रो ब्यबस्थापन गर्नुपर्ने बताएका थिए । बिगतका दिनमा विभिन्न सरकार आएर शिक्षालाइ कमाइखाने भाडो बनाउदै त्यसप्रतिको ब्यापार फ़स्टाउन धेरै चलखेल गरेको प्रति असन्तुस्टि आगामी दिनमा यस्तो बिडम्बना देख्न नपर्नेमा आफुहरु बिश्वस्त रहेको बताए ।

शिक्षक संगठनको नगर परिषद् सम्पन्न

राजन पन्थी । नेपाल राष्ट्रिय शिक्षक संगठन तिलोत्तमाको प्रथम नगर परिषद रुपन्देहीको तिलोत्तमा–८ दिपनगरमा आज (शनिवार) सम्पन्न भयको छ । कार्यक्रममा अध्यक्ष डोलराज पाण्डेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बिष्णु खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयको थियो।

प्रमुख अतिथी संगठनका जिल्ला अध्यक्ष मोती सुबेदीले “इतिहासमै शिक्षकहरुको पहिलो पेशागत संस्थाका का रुपमा जन्मिएको संस्था, नेपाल राष्ट्रिय शिक्षक संगठन भयको बताउदै सबैखाले शिक्षकहरुको प्रतिनिधी संस्था बनेको दावी गर्नुभयो । संगठनका पू्र्ब अध्यक्ष बुध्दीसागर भट्टराईले सक्षम भैसकेका सामुदायिक विद्यालयहरुलाई मात्र मलजल गर्ने तर उठ्न नसकेकालाई गोरु चुट्ने प्रबृतीले शिक्षाको बिकास नहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै शिक्षक महासंघका जिल्ला अध्यक्ष डिल्लीराज भण्डारी, प्रदेश सदस्य डिलुराम तिवारी, नगर उपाध्यक्ष शंकरदत्त उपाध्याय, सचिव सम्भू पराजुली, त्यसैगरी संगठनका नगर उपाध्यक्ष चक्रपाणी बश्याल र सचिव तेज प्रसाद पौडेल लगायतका वक्ताहरुले शिक्षक महासंघ र शिक्षक संगठनले खेलेको भूमिकाबारे बताउनुभयको थियो ।

RECENT POSTS