Tuesday, February 12, 2019

मणिग्राममा सद्भाव र एक्यवद्धताका लागि ‘सप्तरङ्ग’ हुँदै, प्रवेश नि:शुल्क

रुपन्देहीको मणिग्राममा सप्तरङ्ग सात प्रदेश हामी सद्भाव र एक्यवद्धताका लागि म्यूजिकल जोर्नी हुने भएको छ ।       मुलुकका सातै प्रदेशलाई प्रतिनिधित्व हुने गरि हुन लागेको कार्यक्रम माघ २४ गते रुपन्देहीको मणिग्राममा हुने भएको हो । मुलुकमा ख्याति कमाएका राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा हुने कार्यक्रममा गायक प्रमोद खरेल, ईन्दिरा जोशि, रामकृष्ण ढकाल, लोकगायक पशुपति शर्मा, हास्य कलाकार सन्दीप क्षेत्री, मोडल अन्जली अधिकारी, खेलाडी दिपक विष्ट लगायतका कलाकारहरुले आआफ्नो प्रस्तुती देखाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

गृष्मा ब्रोडकास्टिङ्ग कार्यकारी प्रमुम गृहेन्द्र घिमिरेले सद्भावका लागि म्यूजिकल जोर्नि सप्तरङ्ग माघ १८ गते दमकबाट सुरु हुने बताए । सप्तरङ्ग दमकपछि माघ २० गते जनकपुरमा, माघ २२ गते नारायणगढमा, माघ २४ गते रुपन्देहीको मणिग्राममा, माघ २६ गते सुर्खेतमा, माघ २८ गते धनगढीमा र फागुन २ गते पोखरासँगै सप्तरङ्गको समापन हुने जानकारी दिए । प्रदेशको प्रतिनिधित्व हुने गरि हुने कार्यक्रममा पाँच नम्बर प्रदेशको प्रतिनिधित्व भने कलाकार इन्दिरा जोशिले गर्ने बताइएको छ । गृष्मा ब्रोडकास्टिङ्ग प्रालिको आयोजनामा सातै प्रदेशमा हुन लागेको कार्यक्रमको पाँच नम्बर प्रदेश मणिग्रामको कार्यक्रमको आतिथ्यता भने तिलोत्तमा जेसिजले गर्न लागेको अध्यक्ष जयप्रकाश भट्टराईले जानकारी दिनुभयो । मणिग्रामको शान्ति माविमा हुने कार्यक्रम अवलोकनका लागि निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको जेसिजका पुर्व अध्यक्ष यादव भट्टराईले जानकारी दिए ।

सातै प्रदेशको प्रतिनिधित्व हुने गरि गर्न लागिएको कार्यक्रम सबैप्रदेशमा सम्पन्न गर्दा झण्डै एक करोड खर्च लाग्ने गृष्मा ब्रोडकास्टिङ्गले बताएको छ ।

धनगढ़ीमा जन्मेको मध्यमबर्गीय परिवारको कथा”रणबीर” : शुशिल सिटौला

माघ १८ मा ३ चलचित्रको महाभिडन्त हुदै छ । कृषिप्रधान देशमा कृषि पशुपालनमा बनेको फिल्म गोपी , कमेडी फिल्म  सयकडादश र एक्सन तथा लभस्टोरी फिल्म रणबीर । आफैमा एउटा मध्यमबर्गीय परिवारमा जन्मिएर पनि सबैकुरा पाउन विभिन्न त्याग र तपस्या गर्ने दमदार युवकको भूमिकामा शुशिल देखिदैछन् । फिल्ममा एक्सनसंगै कमेडी , लभस्टोरी रोमान्स र विभिन्न मनछुने संगीत पनि छ । तिरिमिर तिरिमिर तिन तारा अहिले चलेको गीत मध्ये एकपर्दछ सो गीतले पनि रणबीरलाइ उचाइमा पुर्याइरहेको छ ।

धनगढ़ीको सामाजिक घटनाको चित्रण गरेको यस फिल्मलाइ गोबिन्द सिंह भण्डारीले लेखन तथा निर्देशन गरेका छन् । मधेसबाटै उदाएको कथालाई धनगढ़ी डडेलधुरा पोखरा हुदै काठमान्डौसम्म खिचिएको छ । करिब एक करोड ७५ लाखमा निर्माण भएको फिल्ममा पुराना शसक्त कलाकारदेखि नया कलाकार समेत देख्न पाइने छ ।
फिल्म रणबीर प्राबिधिक उपकरण मेहनत र कलाकार को संयुक्त प्याकेज भएकोले फिल्म सबै तरहले एकदमै ससक्त बनेको फिल्मकि निर्माता गोमा बिस्ट थापा बताउछिन ।

आफुले डेब्यु गरेको फिल्म कथा र निर्माण पक्ष सशक्त र मन परेको पाएकोले नै २०१२ मै मिस नेपालमा सहभागी हुदै आएको फिल्म खेल्ने प्रस्तावाहिले स्वीकारेको डेब्यु नायिका सुबेच्छ्या खड्का बताउछिन । आफैमा आरजे भिजे समेत रहदै केहिगीत समेत गुनगुनाएकि नायिका खड्का पछिल्लो फिल्म इण्डस्ट्रिकि सम्भावना बोकेकी कलाकार हुन् । फिल्म मेकिङ्गमा निकै रमाइलो अनुभव गरेकी खड्काले फिल्म रणबीरमा एउटि सोझी युवती प्रियाको भूमिकामा छिन ।

साउथ इन्डियन फिल्ममा समेत काम गरिसकेका निर्देशक भण्डारीद्वारा लिखित फिल्ममा टिका पहाडी, प्रशान्त ताम्रकार, रवि गिरी, नरेश पौडेल,शैलेश्वरी सिंह, शुशील सिटौला, सुवेक्षा खड्का र सुपुष्पा भट्ट लगायतको सशक्त अभिनय रहेको छ । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।फिल्म माघ १८ बाट प्रदर्शनमा आउँदैछ ।

बेरोजगार युवाको स्वरोजगार कथा”गोपी”

नेपाली युवाहरुमा देखिएको बेरोजगार समस्यालाई उजागर गरिएको फिल्म हो गोपी । देशमै केहि गर्न चाहने र स्वरोजगारमा रमाएको एक युवाको शसक्त कथा गासिएको फिल्म गोपी यहि माघ १८ गते देखि देशभर प्रदर्शन हुदैछ । गाइपालनमा रमाएको युवा र त्यसमा परिवारले लगानी गर्न अकस मानेको कथा बिचको तारतम्य फिल्म गोपी मा देखाइएको छ । गोपी यस वर्षको प्रतिक्षीत फिल्ममध्येको एक हो । मौलिक कथामा निर्माण भएको फिल्मले विदेशी मोह त्यागेर स्वदेशमै नीजि गाई पालन गरेर बसेको एक युवकको संघर्ष र सफलताको कथा भन्छ । माघ १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

हालसालै रिलिज भएको फिल्म ‘प्रसाद’ मा निःसन्तान श्रीमानको भूमिका निभाएका अभिनेता विपिन कार्की यस फिल्ममा एक गाईपालक किसानको चरित्रमा छन् । अभिनयबाट पात्रलाई न्याय दिलाउन सक्नुपर्छ भन्ने मान्यता बोकेर कलाकारितामा होमिएका उनी ‘गोपी’ लाई पृथक फिल्म भन्न रुचाउँछन् । गोपी युवा सोरोजगारको अभियान समेत भएको बताउदै अभिनेता कार्कीले पहिलो पटक फिल्ममा किसानको भूमिका निभाएको र सम्भवत कृषिप्रधान देशको फिल्म दुनियामै कृषि पेशालाई अपनाइएको फिल्म गोपी पहिलो रहेको बताएका छन् । फिल्मको प्रचारका लागि चितवन,हुदै बुटवल पोखरा पुगेका उनले पत्रकारसँग गफिँदै भने, ‘यसअघिका फिल्मभन्दा मलाई यस फिल्ममा फरकरुपमा देख्न पाउनुहुन्छ ।’ उनी फिल्ममा सबैले देखेभोगेकै कथा रहेको बताउँछन् ।
‘हामी सबैले नजिकबाट देखेको र भोगेकै कथा भएता पनि फिल्ममा यो कुरा आजसम्म आएको थिएन । यसकारण ‘गोपी’ दर्शकलाई मन पर्नेमा विश्वस्त छु’, उनले भने । यो फिल्ममा उनको अपोजिटमा दुई अभिनेत्री छन्, सुरक्षा पन्त र वर्षा राउत । दुवै फिल्ममा विपिनको प्रेमिकामा भूमिकामा छन् ।
फागुन २ गते प्रेमी संजोग कोइरालासँग लगनगाँठो कस्ने तयारीमा रहेकी वर्षा पनि अहिले फिल्मको टिमसँगै मोफसल दौडाहामा छिन् । उनि बुटवल आउदा दह्सक फ्यानले बिहेको शुभकामना संगै ब्राइटर लभ को केक तथा पुष्पगुच्छाले शुभकामना समेत दिएका छन् । उनले फिल्ममा आफू भेटेरिनरी डाक्टरको भूमिकामा रहेको बताइन् । पशु चिकित्सकको भूमिका निभाउन गाह्रो भएको उनको अनुभव छ । उनी भन्छिन्, ‘गाईवस्तु निकै मनपर्छ तर धेरैनजिक भने कहिल्यै भइनँ । यसकारण पशु चिकित्सकको भूमिका निभाउन साह्रै गाह्रो भयो ।’ कलाकारसँगै मोफसल टुरमा रहेको फिल्मका लेखक सामीप्यराज तिमल्सिनाले विदेश जाने लहर चलिरहेको अवस्थामा ‘गोपी’ ले स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिने बताए ।
काठमाण्डौ नजिकै रहेको टोखामा सुटिङ्ग गरिएको फिल्म १ करोड ५० लाखको लागतमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । आरोही केसी निर्माता रहेको यसमा भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारहरुको पनि अभिनय छ । शैलेन्द्र डि. कार्कीले फिल्म खिचेका हुन् ।

भ्रष्टाचार बिरुद्दको अभियानमा १०० कडा १० : नायिकाको पहिरनले अझै कडा बन्दै

देशमा मौलाईरहेको भ्रष्टाचार न्यूनिकरणमा केही भएपनि सहयोग पुर्याउने आशामा निर्माण भएको फिल्म १०० कडा १० माघ १८ गते बाट प्रदर्शन हुदैछ । चलचित्रको टोलि यतिबेला देश दौडाहामा छ । फिल्म मार्फत नेता कार्यकर्ता ले समेत ओहो मैले त गल्ति गरेरैछु भन्ने कडा जवाफ र सवाल दिने निश्चित भएको भन्दै यसै चलचित्रका कलाकार तथा निर्माता समेत रहेका राजाराम पौडेल ले बताउदै आएका छन् । उनि भन्छन ” फिल्म हेर्ने बित्तिकै दर्शकले घरमा भएको समान कहाँबाट आयो कसरि किन्नुभयो भन्ने प्रश्न गर्छन ” ।
त्यसो त १०० कडा १० ब्याज जत्ति कडा छ त्यत्तिनै कडा बुटवलमा भएको पत्रकार सम्मेलनमा नायिका करुणा श्रेष्ठ भईन । हेर्दा जति सरल र खुलस्त देखिन्थिन करुणा त्यति नै चिसो मौसममा कडा र हटकेक देखिएकी थिइन् । पत्रकार सम्मेलन शुरु भएको करिब ४५ मिनेट पछि निर्माता रज्जु प्रधानसंगै आएकी उनि आउदा सबैका नजर आफैतिर पार्न सफल भईन । रातो शर्टवानपिसमा आएकी उनलाई जति लुगा कफ़र्टेबल भैरहेको थियो त्यति नै पत्रकार दीर्घामा रहेकालाई असजिलो महसुस भैरहेको थियो ।

संचालकले स्वागत गर्दै सिटमा बस्न आग्रह गरेसंगै केहि पत्रकार जुम मै ब्यस्त भए भने केहि मुख फर्काएर क्यामेरा अफगर्न बाध्य भए । खासै चासो नदिए जस्तै केहिले हेरे तर प्रतिक्रिया देखाएनन तथापि नायिका करुणा आफुलाई केहि असजिलो नमानी मज्जाले जवाफ दीइरहिन । आफ्नो भूमिका डेब्यु भएकाले शसक्त अभिनय गरेको र चलचित्रले आफ्नो कलाकारिताको टर्निङ्ग पोइण्ट सफलताको बाटोमा दोहोर्याउने उनको भनाइ छ । हाइट र मिलेको ज्यानमा मसक्क खुलेकी करुणा नेपाली चलचित्रमा सम्भावना बोकेकी अनुहार समेत हुन । हरेक सवालको मुश्काउदै जवाफ दिने उनको कंफीडेण्ट बोलि र ब्यबहारमा मात्र होइन पहिरनमा समेत देखिएको थियो ।

मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा कलाकार राजाराम पौडेलले नेपाली चलचित्र क्षेत्रले फड्को मारिरहंदा यस चलचित्रले पक्कै समाजमा सकारात्मक प्रभाव पार्ने बताए । उनले देशमा मौलाईरहेको भ्रष्टाचार न्यूनिकरणमा यस चलचित्रले केही भएपनि सहयोग पुर्याउनेमा आफ्नो समूह विश्वस्त रहेको समेत जनाए । चलचित्रका नायक उत्सव न्यौपानेले युवा जमातले देशमा भइरहेको नकारात्मक कार्य रोक्नका लागि खेल्न सक्ने भूमिकाको बारेमा चलचित्रले जानकारी दिने बताउंदै पहिलो चलचित्र भएकाले सबैले आफ्नो अभिनय मन पराईदिने आशा रहेको उल्लेख गरे ।

करिब १ करोड ७० लाख लागतमा बनेको यस चलचित्रको गित दाईलाई कुरा लाईदिने सातो खाईदिने युट्युबमा चर्चित भइसकेको छ । माघ १८ गतेदेखि देशभर प्रदर्शन हुन लागेको फिल्ममा रामशरण पाठकको निर्देशन रहेको छ। ३ वटा रिलिज चलचित्र संगै उत्रिएको चलचित्रमा राजाराम पौड्याल, मनोज गजुरेल, उत्सव न्यौपाने, करुणा श्रेष्ठ, अमृत ढुंगाना, सोनिया राई लगायत मुख्य भूमिकामा रहेका छन् ।

फलफूलमै फुलेकी दिपा दिदी

बिन्दु भट्टराई । २३ बर्ष अघिको मणिग्राम चोकको याद अझै पनि ताजा छ दिपादिदीलाइ । भर्खरकी आएकी दिपा पाण्डे अहिले दिपादिदीको नाममा फलफुलसंगै आफै फुल्न लागेकी छिन । हुनत उमेरमा कसैको रोकावट हुन सक्दैन हामी जन्मेर मर्दासम्म उमेरको हिसाबले दिन काट्दै जाने हो तर दिपा दिदीको मणिग्राम चोकमै रौ फुले संगै जीवनका कैयौ चाहना र सफलता फुल झैँ ढकमक्क फुलेको छ । बिगत देखि हाल सम्म गरेको दुखको बाटो अहिले केहि खुसियालिले ढाकेको छ । पैसै कमाउन का लागि धेरै मेहनत गरेकी दिपादिदी अहिले परिश्रम भन्दा पनि क्वाली र स्वस्थ अनि स्वच्छ फलफूल ग्राहकलाई बिक्रि गर्नुमै तल्लिन हुन्छिन ।

सडकको छेउमा धुलो माटोको मुस्लो स्वाट्ट मुखमा प्रवेश गथ्र्याे त्यो धुलो माटोले उनको शरीरलाई असर गर्यो या गरेन त्यो त थाहा छैन तर उनको जीवनमा भने राम्रो असर गरेको छ ,धेरै कुरा सिकाएको छ । मिनेट मिनेटमा धतङिगदै आएका गाडिले आफ्नै अगाडि धुवाको मुस्लो फ्याक्दा उनको सम्वन्ध धुवासंग रहेन एउटा आशा उनका आंखामा छरपष्टै देख्न सकिन्थ्यो कि मलाई पनि एक किलो सुन्तला दिनुन ,एक दर्जन केरा दिनुन आवाज आउला र बेलुकी छोराहरुको पेट भरीएला भन्ने रन्को हुने दिपा दिदी बताउछिन ।

२३ बर्ष अगाडि देखिनै तिलोत्तमा ५ मणिग्राम चोकमा फलफुल पसल गर्दै आएकि दिपा पाण्डेको जीवनयात्रा संघर्षले भरिएको छ । हरेक चुनौतीसंग सामना गर्दै आएकि दिपालाई ऐले संघर्षमै रमाउने बानी परिसकेको छ । उनी भन्छिन् ,मान्छेले गर्नुपर्छ हिम्मत, सुख दुख एकै रथका दुई पाङ्रा हुन,कहिले ओरालिन्छ कहिले उकालिन्छ । कहिलेकाही बिग्रिन्छ, हामी मानव हो कहिलेकांहि सोचेभन्दा अलिबढि दुख पनि होला तर आफ्नो हिम्मतलाई तोड्न हुन्न । मैले आफ्नो पेशालाई हामि नारीले पनि केहि गर्नुपर्छ ,हामी पनि बाच्न सक्छौ कोही विना भनेर दिनरात नभनेर कामलाई निरन्तरता दिएं ।आफ्नो मिहिनेतलाई कहिल्यै सानो पेशा भनिन निरन्तरता दिन सके सानो पेशाले पनि एकदिन ठुलो सहयोग गर्न सक्छ भनेर दायां बायां नगरेर आफुले शुरु गरेको सानो फलफुल पसललाई नै आजको दिनसम्म गर्दै आएकि छु पाण्डेले बताउछीन् ।

२६ बर्षको उमेरमा श्रीमानसंग अलग भएकि दिपा सामु आफ्नो जीवन मात्र होईन २ छोराहरुको पालनपोषणको जिम्मेवारी पनि चुनौति बनेर खडा भयो । छन् गेडि सवै मेरी ,छैनन् गेडि सवै टेडि भनेजस्तो आर्थिक विपन्नताले सताएकि उनलाई कसैले पनि साथ दिएनन् । तर उनीभित्र भएको हिम्मतले भने साथ छोडेन । उनले भन्छिन् म एउटा महिला हुं ५२ बर्ष कि भए सुन्तलाको सिजन हो म चारै वजे उठेर मन्डि पुगेकि हुन्छु ,अध्यारोमा लाईट बालेर गाडिमा हेर्ने हो ,अरु मजाले सिरक ओडेर सुत्ने समयमा आफु संघर्ष्भित्रै खेलीरहेको स्मरण गर्छिन् । उनको नजिकको साथी छत संघर्ष छ , समय छत संघर्षसंगै खेलीरहेकि हुन्छिन् ।

अनवरत रुपमा सडकको छेउमा ब्यापार गर्नु पक्कै सहज थिएन । समाजको दृष्टिकोण सकरात्मक त थिएननै अन्य ब्यावाहारिक चुनौतीहरु पनि कम थिएनन् । तर सवै समस्याका विचमा एक्लै समस्यामा होम्मिदै अगाडि बढ्न छोडिनन् । उनी थप्छिन्, पसल गर्ने क्रममा धेरै बज्रपात पनि आए नआएका होईनन् ,समस्या पर्याे ,धेरै कुरा काटया पनि होलान्,त्यो बेलामा म जवान अवस्थामा पनि थिएं ,धेरै नानाभातीका कुरा पनि गर्थे तर एउटा कुरा म एक्लो भर्खर भर्खर पहाडबाट झरेकि जवानी अवस्थाकी महिला दिउसो एउटा कपडा लगाए सांझ त्यो कपडा धोएर चुन्नी बेरेर सुत्ने अवस्थामा पनि म कसैसंग चुकिन संघर्ष गरिरहें गरिरहें । लामो सङघर्षपछि सफल ब्यापारी बनेकि दिपा आंटे के हुदैन र ? भन्ने उदाहरण मात्र होईन अन्य महिलाहरुका लागि पनि प्रेरक बनेकि छन् ।

बुढो जवानको प्रेममाला “चौकादाउ”पुष २७ गतेबाट

विभिन्न कमेडी स्टारकास्टका कारण घोषणाको बेलादेखि नै चर्चामा रहेको फिल्म ‘चौका दाउ’ यही पुष २७ गतेबाट दर्शक भेट्न तयार छ । ‘राधा पियारी…’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गर्दैगर्दा अहिले निर्माण टिम प्रचार-प्रसारलाई चुस्त बनाउन मोफसल दौडाहामा निस्किएको छ । आजै बुटवल आएको सो टिमले द्वारिका उदय सिनेमा हल बुटवलमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै सम्पूर्ण तबरको मरमसला फिल्म चौका दाउमा रहेको बताएको छ ।

निर्देशक पुणेन्द्र झा सहित बर्षा रावत , सन्तोष पन्तसंगै डब्बु क्षेत्रिको टिम सहित आएको टिम ५ नम्बर प्रदेशको राजधानी बुटवलपछि पोखरा पुग्ने बताएका छन् । पत्रकारसँग साक्षात्कार गर्दै निर्देशक पुर्णेन्द्रु झाले फिल्मले सामाजिक यथार्थ बोकेको कमेडी कथा उठान गरिएको बताए । फिल्मले उठान गरेका विषयवस्तु हाम्रै समाजमा भेटिएको कथा रहेको ले जस्तो सुकै दर्शकले पनि फिल्म हेर्न सक्ने उनी बताउँछन् ।
निर्देशक झा भन्छन्, ‘नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यरसको चास्नीमा घोलेर देखाउन खोजेका छौं । दर्शकले फिल्म हेरिरहँदा भरपूर मनोरञ्जन लिन्छन् ।’ उनले यसअघि विभिन्न शर्ट फिल्म संगै प्रदिप उदयको निर्माणमा रहेको पोलिटिकल-क्राइम जानराको फिल्म ‘संरक्षण’ निर्देशन गरेका थिए ।

आफुलाई उत्कृस्ट साबित गर्दै आएकी अभिनेत्री वर्षा राउतले ‘चौका दाउ’ ले समाजमा हास्यव्यंग्यको माध्यमबाट सकारात्मक सन्देश दिन खोजेको बताइन् । चार जना दाउपार्ने कलाकारकोहरुको मौका पर्खेर बस्ने उर्वशीको भुमिकामा रहेको उनी बताउँछिन् ।आफ्नो भूमिकाले अरु फिल्म मा जस्तै दर्शकको लागि न्याय गर्ने र रमाइलो फिल्म दर्शकले हेर्न पाउने बताएकी छिन।

‘अन्जानमा गरिने गल्तीले भविष्यमा आउने समस्या र त्यसको भागिदार आफै हुनुपर्ने कथा फिल्ममा देखाइएको छ । फिल्म निकै रमाइलो बनेको छ । मनोरञ्जनसँगै फिल्मले पाठ पनि सिकाउँछ भन्ने लाग्छ’, उनी सुनिइन् । उनले सिनियर आर्टिस्टहरूसँग काम गर्न पाउँदा निकै खुशी लागेको पनि बताइन् ।

दशक अगाडि टेलिभिजनमा प्रशारण हुने ‘हिजो आजका कुरा’ का चर्चित हास्यकलाकार सन्तोष पन्त यस फिल्ममा लिड रोलमा छन् । ३ बर्ष पछि पुन: दर्शकको माझ आइ सोचेको जस्तो फिल्ममा अभिनय गर्न पाएको उनले बताए । आफ्नो चाहाना हुदा हुदै पनि राम्रो कथा र भूमिका नहुदा फिल्म गर्न नपाएको गुनासो उनको थियो । यस फिल्ममा २० बर्ष पछि भूमिकामा देखिएका तैयब शाह, कमेडी मास्टर विल्सन बिक्रम राई, रबिन्द्र झालगायतका कलाकारको पनि अभिनय छ ।

कादर खानको ८१ बर्ष को उमेरमा निधन

बलिउडका ख्यातिप्राप्त हास्यकलाकार तथा अभिनेता कादर खानको ८१ बर्ष को उमेरमा निधन भएको छ । आफ्नो परिवारसंगै बिगत केहिबर्ष अगाडिबाट क्यानडामा बस्दै आएका कादर खानको मश्तिश्क असरका कारण मृत्यु भएको स्रोतले बताएको छ। पल्सका कारण मश्तिस्कमा असर पुगेपछि ४ दिनको उपचारपछि क्यानडाको एक अस्पतालमा उनको मृत्यु भएको खबर छ ।
आफ्नो डाइलग तथा स्क्रिप्ट आफै बनाउन माहिर कादर खानको निधनले सम्पूर्ण बलिवुड तथा देश बिदेशमा रहेका शुभेच्छुकमा शोक छाएको छ । शोकको यस घडीमा बलिउडका कलाकारहरुले नया बर्ष २०१९ नमनाउने घोषणा गरेका छन्। २२ अक्टोबर १९३७ अफगानिस्तानको काबिलमा जन्मिएका खानले हालसम्म ३०० भन्दा बढी फिल्म खेलिसकेका छन् । एक गरिब परिवारमा जन्मेर कलाकारिता मार्फत उनि भारतको बलिउडमा स्थापित भएका थिए ।

कादर खानको निधनको खबर झुठो ,अभिताभले गरे स्वस्थ खानको प्रार्थना

मोहन न्यौपाने। बलिउडका ख्यातिप्राप्त हास्यकलाकार तथा अभिनेता कादर खानको निधन भएको खबर झुठो भएको पत्ता लागेको छ । आफ्नो परिवारसंगै बिगत केहिबर्ष अगाडिबाट क्यानडामा बस्दै आएका कादर खानको मश्तिश्क असरका कारणसंगै स्वस्थ अवस्था नाजुक भएपनि सुधार हुनसक्ने बताएका छन् । पल्सका कारण मश्तिस्कमा असर पुगेपछि ४ दिनको उपचारमा क्यानडा रहेका छन् । उनका आफ्नै छोरा सर्फराज़ले सो खबर झुठो भएको र कादर खान अस्पतालमै स्वास्थ्य चेकजाच गराइरहेको र भेण्टिलेटरमा रहेको बताएका छन् ।

आफ्नो डाइलग तथा स्क्रिप्ट आफै बनाउन माहिर कादर खान २२ अक्टोबर १९३७ अफगानिस्तानको काबिलमा जन्मिएका खानले हालसम्म ३०० भन्दा बढी फिल्म खेलिसकेका छन् । एक गरिब परिवारमा जन्मेर कलाकारिता मार्फत उनि भारतको बलिउडमा स्थापित भएका छन् ।

“प्रसाद”कहाँबाट आयो कसैले सोध्छ र ? मौलिकताभित्रको सामाजिक-कथा

मोहन न्यौपाने , बुटवल । एउटै बिषयले ओकलेको कथा ! परापुर्व कालदेखि समाजमा चल्दै आएको घटना जसलाई एउटा पबित्र मन्दिर भनेपनि खासै फरक पर्दैन। उही मन्दिर भित्रका पुजारी र धर्मानुरागी हामी जनता । छुवाछुत भित्र रहेको समाजबाट जति टाढा हुन खोजे नि नसकेको समाज अनि समाजको पछाडी लागेको बास्तबिक कहालीलाग्दो जिबन संघर्ष, त्यहि कथाको अनुरुपता हो प्रसाद ।

ग्रामिण भेगमै कथा सक्याएको मौलिकता भित्र आधुनिकता बोकेको शहर पनि लुकेको देखिन्छ यसको पछाडी निर्देशक दिनेश राउत निकै चल्ती देखिन्छन उनले कुनै कसुर बाकि राखेका छैनन् सबै जसो स्थानमा निर्देशकीय क्षमता देखाउन । पहिल्यै अनुमान लगाउदै मनोवृति धकेल्दै फिल्म हेर्ने हरुका लागि कथाले न्याय गरेको छ । हेर्दा एउटा साधारण लाग्ने कथाले देश , बेरोजगारी , गरिबी , छुवाछुत , भेदभाव र समाज अनि जनता बिचको दुरी नजिक पारेको छ ।

आफुमा भएको सिप दुखेसोमा काम लाग्ने गराएका बिपिन कार्कीको शशक्त अभिनय कुनै कालजयी गायक गायिकाको संघर्ष र सफलता भन्दा कम छैन । त्यहि सुनमा सुगन्ध थपेकी नम्रता श्रेष्ठले हेर्दा नाटकीय लाग्ने मौलिक अभिनय गरेकी छिन । गरिबी र बेरोजगारीलाई ट्याक्क टेकेर अभिनय गरेका निश्चल बस्नेत फेरी कालेदाई किल्लर को भूमिकामा जमेका छन् । यिनै ३ कलाकारको बास्तबिक जिबन र प्रयोगको खुड्किलोको सान्दंर्भिक कथा हो प्रसाद अहिले देशभरिका सबै जसो हलमा दोस्रो सातामा सफलतापुर्बक चलिरहेको फिल्मलाइ अहिलेको मौलिकता भित्रको सामाजिक कथाको रुपमा हेरिएको छ ।

‘मन्दिर भनेको पवित्र स्थल हो। त्यहाँ ईश्वरको बास हुन्छ। चढाइएका सबै नैवेद्य भगवान्का प्रसाद बन्छन्। विशुद्ध प्रसाद। कस्तो हातले चढायो ? कुन जातिले चढायो ? वा कत्ति स्वच्छ चढायो ? कसैले सोध्दैन।’ फिल्म ‘प्रसाद’को अन्त्यमा यस्तै केही सुुनाउँछन् अभिनेता विपिन कार्की (बाबुराम परियार)। अन्त्यतिर बोलिने यो संवादले सम्पूर्ण फिल्मको सार बताउँछ।
कमेडी फिल्मले धानेको अहिलेको नेपाली फिल्मको बजारमा निर्देशक दिनेश राउतले ‘प्रसाद’ मार्फत भिन्न स्वाद पस्केका छन्। हामी फिल्मलाई समाजको ऐना भन्छौं तर प्रसादले समाजललाई नै एकपटक ऐना हेर्न आग्रह गरेको छ।

‘नेपाली फिल्ममा हाम्रा आफ्नै कथा छैनन्। मौलिकता हुँदैन। कलाकारले गर्ने अभिनय र संवाद आयातीतझैं लाग्छन्।’ जस्ता तमाम आरोपलाई प्रसादले चिरेको छ। फिल्म अन्तरजातीय विवाह र निःसन्तान दम्पतीको कथामा आधारित भनिए पनि मूलतः गर्भमाथि आमाको अधिकार रहने विषयको उठान गरिएको छ। एक बलात्कृत महिला गर्भवती हुन्छे भने उसको कोखलाई समाजले मान्यता दिने कि नदिने ? फिल्ममा यही प्रश्न उठान गरिएको छ।

‘बीउको अधिकार बीउसम्म नै सीमित हुन्छ। त्यो हुर्किएर रूख बनेपछि त्यसमा लाग्ने फलमाथि किसानको अधिकार हुन्छ’, फिल्ममा नारायणी (नम्रता श्रेष्ठ)ले आफ्नो गर्भमाथिको अधिकारलाई यसरी नै व्याख्या गरेकी छन्। बलात्कारपछि गर्भमा आइसकेको बच्चा नाजायज हुन्नन्। त्यो त भगवान्को प्रसाद हुन्छ। र, भगवान्को प्रसादलाई कसरी अस्वीकार गर्ने ? फिल्ममा भन्न खोजिएका यी वाक्यले हाम्रो समाजिक मनोविज्ञानलाई परिवर्तन गर्न खोजेको छ।

प्रसादमा विपिन कार्की (बाबुराम) तल्लो र नम्रता श्रेष्ठ (नारायणी) उपल्लो जातको भूमिकामा छन्। त्यस्तै फिल्ममा निश्चल बस्नेत (रमेश) यी दुई दम्पतीका साथी छन्। यिनको भूमिका भगवान् हो कि राक्षसको ? कथावस्तु सामान्य भए पनि सञ्चारकर्मी सुशील पौडेलको लेखन तारिफयोग्य छ। सशक्त पटकथाबाट फिल्मको वजन बढेको छ। फिल्ममा लेखकले ट्रिकी संवादको प्रयोग गरेका छन्।

कलाकार विपिनको अभिनयले कथामा अझै ज्यान थपेको छ। उनको गेटअप, संवाद, भाषाप्रतिको पकड जबरजस्त छ। नेपाली समाजमा तल्लो जाति मानिने ‘परियार’को भूमिकामा छन् उनी। नायिका नम्रता श्रेष्ठको अभिनय जीवन्त छ। निश्चल बस्नेतको भूमिकाले फिल्मलाई तर्कपूर्ण बनाएको छ। केहि सम्बाद टिप्पिकल हुदा मनमा छेड हानेको पत्तै हुदैन । समग्रमा फिल्म प्रसाद साच्चिकै दर्शकका लागि प्रसाद साबित बनेको छ ।

नेपाल आईडलमा अमित बरालको यात्रा निरन्तर

विष्णु खत्री,कार्तिक १७ सैनामैना
रुपन्देही सैनामैना ४ मुर्गियाका २४ वर्षीय अमित बराल नेपाल आईडल को यात्रामा निरन्तरता दिन सफल भएका छन् । प्रदेश नं ५ को प्रतिनिधित्व गर्दै नेपाल आईडलको प्रतिस्पर्धामा रहेका बराल शुक्रबार भएको ‘एलिमिनेसन डे’ को नतिजामा उत्कृष्ट ८ मा आफ्नो नाम सुरक्षित गर्न सफल भएका हुन् । उत्कृष्ट ८ मा परे सँगै बरालले धन्यवाद व्यक्त गर्दे आफ्नो फेशबुक पेजमा यस्तो लेख्छन् – “निशब्द भएं तपाईंहरू सम्पुर्णको आकाश भन्दा पनि फराकिलो स्नेहले ।” धेरै धेरै धन्यवाद । माया नै माया मेरो तर्फबाट ।

नेपाल आइडलको सुरुवात देखि नै आफ्नो गायकीको कारण सबैको मन जितेका अमित एक चोटी ‘पफर्मेस अफ द डे’ बनेका छन् भने, बिहिवार तिम्रो हर प्रश्नको जवाफ मेरो चिट्ठी हरुमा खोज्नु ,यदि चित्त तिमिलाइ बुज्दैन भने मेरो सामुन्ने आएर सोध्नु , भन्ने गीतमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका बराल निर्णयक र दर्शकको भोटिङको आधारमा कम मत प्राप्त गर्दै शुक्रबार पुन ः एक पटक डेन्जर जोनमा परे ।

आफ्ना दाजु स्व.सुमित बरालको साङ्गितिक सपना साकार पार्न अघि बढेका अमित बरालले क्लासिकल र पप शैलीका गीत बढी मन पराउने गर्दछन् । प्रत्येक बिहिबार बेलुका ८ः ३० बजे एपी वान टेलिभिजनमा प्रसारण हुने नेपाल आइडलको टप ८ मा पुगेका अमितलाई जिताउन भोटको आवश्यक परेको छ ।

अमितका बुवा जिबन बरालले आफ्ना छोरालाई जिताउन सबैसँग भोटका लागि अपिल गरेका छन् । अमितलाई नेपाल आइडल सिजन २ बनाउन म्यासेजमा ०१ टाइप गरी ३१००९ मा पठाउनु पर्नेछ । भोट हरेक हप्ताको विहीबार राति ८ः ३० देखि शुक्रबार दिउँसो १२ बजेसम्म मात्र गर्न सकिने जनाइएको छ । देश र बिदेशबाट एप बाट पनि भोट गर्न सकिने छ ।

- Advertisement -

RECENT POSTS