Tuesday, March 19, 2019

नगरपालिकाको कारण पुरा भएन सडक : ठेकदार कम्पनी, इस्टिमेट आए सामग्री दिन समस्या छैन : नगरपालिका

मोहन न्यौपाने । समयमै सडक निर्माण नहुदा यस क्षेत्रका सर्बसाधारण मानिस त्राहि त्राहि धुलो धुवा र असहज परिस्थितिमा गुज्रिरहेका छन् । आर्थिक बर्षको अन्त्यतिर आउन लाग्दा भ्याई नभ्याई हुने समय हो चैत्र पछिको समय । रास्ट्रिय गौरव र गौरवका आयोजना अहिले निर्माणाधिन अवस्थामै छन् । कोही योजना कतै देशमा पुरा भएका छन् भने धेरै जसो योजना थाति नै छन् । ति मध्ये गौरवको योजना मानिएको तर समयमै पुरा हुन नसकेको योजना हो सिक्सलेन सडकखण्ड ।

नेपाल–भारत पारवहन सहज र व्यापार विस्तार गर्न आर्थिक वर्ष २०६८/०६९ देखि सिक्सलेन लेन सडक बनाउन सुरु गरिएको थियो । यो मार्गको मुख्य सडक १०.४० मिटर चौडाईको चार लेन रहेको छ भने सर्भिस लेन दुवैतर्फ ६ मिटर चौडाईको छ । बिचको डिभाइडर ३ मिटर चौडाईको छ भने डिजाइन स्पिड ८० किमि प्रति घण्टा रहेको छ । आयोजनाको कूल लागत ५ अर्ब ८६ करोड हो । कूल २७ किलोमिटर दुरीको मार्ग अन्र्तगत मणिग्रामदेखि बुटवल राजमार्ग चौराहासम्मको खण्ड निर्माण पुरा भए पनि चौराहादेखि माथिको घर भत्काउने अभियानमा मुद्दा परेपछि बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३ किलोमिटर सडक विस्तार कार्य भने अदालतको फैसलाले रोकिएको छ भने चारलेनको संरचनामा ट्राफिकचोकमा बनाइने आकाशेपुल बाहेक सबै निर्माण भै सकेको छ ।

चारचार वटा ठेकदार कम्पनीलाई जिम्मा दिइएको यो सडक तोकिएको समयभन्दा बर्षौँ ढिला भईसक्दा पनि सरकार म्याद थप्नमै व्यस्त छ । ३ बर्षमा बन्नुपर्ने सडक अहिले ८ बर्षसम्म पटक–पटक म्याद थप हुंदै चैत्रसम्म सक्ने बताइएको भएपनि यो गौरवको योजना समयमा पुरा नहुने निश्चित भएको छ । चार प्याकेजमा ठेक्का सम्झौता गरी काम भएकोमा १२ किलोमिटर मध्ये ५ किलोमिटरमा बेसको काम समेत शुरु हुन सकेको छैन । ७ किलोमिटर क्षेत्रमा मुख्य लेनमा ग्रावेल गर्ने र पहिलो लेयरमा अलकत्रा बिच्छाउने गरिएको भएपनि ५ किलोमिटर क्षेत्रभने खाडल सहितको धुलाम्मे छ ।

मणिग्रामदेखि सुनयनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोक सम्मको ३ किलोमिटर गरी ६ किलोमिटर सडकको जिम्मा लिएको टेलिकम ईण्डिया लिमिटेड टिसिआईएलले एक अर्ब रुपैयां लागतमा ठेक्का सम्झौता गरी निर्माण गरिरहेको छ । त्यस्तै सुनैनापथदेखि मधवलियसम्मको ३ किलोमिटर खण्ड ६२ करोड रुपैयां लागतमा कालिका रायमाझी र लखनचोकदेखि अञ्चलपुर सम्मको २ किलोमिटर सडक बिरुवा श्रेष्ठ एपेक्स जेभीले ४१ करोड रुपैयां लागतको ठेक्का सम्झौता गरी निर्माण गरिरहेका छन् ।

नगरपालिकाका कारण सडक निर्माणमा ढिलाइ : टिसिआइएल
मणिग्रामदेखि सुनयनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोक सम्मको ३ किलोमिटर गरी ६ किलोमिटर सडकको जिम्मा लिएको टेलिकम ईण्डिया लिमिटेड टिसिआईएलले एक अर्ब रुपैयां लागतमा ठेक्का सम्झौता गरी निर्माण गरिरहेको छ । केहि दिनमा माथिल्लो सडकको चारलेन निर्माण सम्पन्न गर्ने र सामाग्रीको उपलब्धता भएमा असार सम्म सबै काम सक्ने टिसिआइएल मार्फत ठेक्काको जिम्मा लिएका शान्ति आरोग्यका कनट्र्याक्ट म्यानेजर मधुकर अधिकारी बताउछन ।

गत मङ्सिर मै स्थानिय तहमा माग राखिएको सामाग्री हालसम्म पनि उपलब्ध नभएकोमा सडक निर्माणमा ढिलाई हुनुको कारण नगरपालिका रहेको अधिकारीको भनाइ छ । सदाका निर्माणमा खटिएका इन्जिनियर , सुपरभाइजर, मिस्त्री, लेबर र हेभी इक्युपमेन्ट लगायतका हाम्रा सेवाहरु सामग्री अभावमा रोकिएको क्षतिपुर्ति कसले तिर्छ ? ठाडै प्रश्न गर्छन अधिकारी । हाम्रो कारणले बाटो निर्माणमा ढिलाई भएको छ भने आफुहरु कानुनअनुसार जस्तोसुकै दण्ड भोग्न पनि तयार रहेको र स्थानियबासीहरुमा परेको भ्रम चिर्न आवश्यक रहेको उनले बताए ।

पटक पटक जिल्ला समन्वय समिति मार्फत स्थानिय निकाय तिलोत्तमा नगरपालिकामा जादापनि बेवास्ता गरेको र सामग्री अभावलाइ सामान्य मानी ढिलासुस्ती गरेको म्यानेजर अधिकारीको आरोप छ । धेरापतक गयौ हामि तर आलटाल गर्दै भोली भोली भन्नुहुन्छ, यो कस्तो लाचारीपन हो हामीले कहिलेसम्म पेनाल्टी तिर्दै योजना अघि सार्ने ? कि तपाइको यो प्रक्रिया पुगेन भन्नुपर्यो होइन भने सामग्री उपलब्धतामा किन कन्ज्युस्याई हुदैछ ? आफै अचम्ममा परेको अधिकारीको भनाइ छ ।

हामीले पनि कोसिस गरेकै छौ : योजना इन्जिनियर श्रेष्ठ
सडक समयमै निर्माण सम्पन्न नभए अथवा यहि चैत्रसम्म थपिएको समयमा पनि काम पुरा नगर्ने निर्माण कम्पनीसंग आयोजनाले जरिवाना असुल गर्न सक्ने छ । स्थानीय तहहरुले नदिजन्य वस्तुको ठेक्का लगाएको र सडक आयोजनालाई उपलब्धता नगाराएकोले समयमै सडक निर्माण हुन नसकेको योजना इन्जिनियर गोबिन्द श्रेष्ठ बताउछन । गतबर्ष बुटवल बेलहिया ब्यापारिक मार्ग अन्र्तगत भैरहवाको सडक र डण्डा पुलको निर्माण जिम्मेवारी लिएको कालिका तामाङ प्यासेफिक जेभीलाई करिव एक करोड जरिवाना तिराइएको थियो । म्यादथप गरि तोकिएको चैत्र मसान्तसम्म पनि सडक निर्माण गर्न ठेकेदारले धमाधम काम गरेपनि सामगी अभावका कारण समयमा पूरानहुने देखिएको छ ।

’मुख्य लेनमा कालोपत्रे गर्न बाँकी मणिग्रामदेखि गोदार इन्जिनियरिङसम्म चार प्याकेजमा अहिले काम भैरहेको छ । मुख्य चारलेन निर्माण गरिएको स्थानमा पनि सर्भिस लेनको काम बाँकी नै छ । आयोजनाले जेष्ठ महिनाको अन्तिममा काम सिध्याउने गरि सबै ठेकेदारको सम्झौता थप गर्ने तयारी गरेको बुझिएको छ । सडक निर्माणमा सुरुवातबाटै ढिलाइ भैरहेको र निर्माण हुन बाँकी धेरैजसो सडक तिलोत्तमा नगरपालिकामा परेकाले नगरपालिकाले दिनुपर्ने सामग्री गिट्टी बालुवा उपलब्ध नगराएकोले ढिलो भएको इन्जिनियर श्रेष्ठको दावी छ ।

समयमा निर्माण पूरा नहुँदा सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ । धुलो र हिलोले विशेषगरी पैदल साइकल तथा मोटरसाइकलमा यात्रा गर्नेहरुले सास्ती खेप्नुपरेको छ । सडक निर्माणका क्रममा डिजाइन परिवर्तन, शुरुको डिजाइनमा २ वटा नाला मात्र रहेकोमा थप २ वटा गरी ४ वटा नाला निर्माण गर्नुपरेको, विद्युत पोल र खानेपानी पाइप स्थानान्तरण, सडक सिमा भित्रका घर र संरचना हटाउन ढिलाई, कच्चा पदार्थको अभावजस्ता कारणले आयोजना समयमै पुरा हुन नसकेको सडक बिस्तार आयोजना बुटवल बेलहिया सडकका इन्जिनियर गोविन्द श्रेष्ठ बताउछन ।
सम्झौता इस्टिमेट आए सामग्री आजै उपलब्ध : सापकोटा
निर्माणाधिन सिक्सलेन सडकखण्ड अब पुराहुन तिलोत्तमा नगरपालिकाकै सिमासम्मको क्षेत्र बाकी छ । हाल चारलेन सडक दुइतर्फी फटाफट निर्माण भैरहेको सो सडक जत्ति कोसिस गरेपनि पछिल्लो म्याद चैत्रसम्म पुरा नहुने देखिएको छ । ठेकदार कम्पनी तथा बुटवल बेलहिया सडक बिस्तार आयोजनाले समेत नगरपालिकाको ढिलासुस्ती र सामग्री अभावले निर्माण कार्य सुस्त भएको आरोप लगाएको छ । तर तिलोत्तमा नगरपालिकाले भने सडक निर्माण त्यसमाथी पनि गौरवको आयोजना र तिलोत्तमा क्षेत्रै भित्र परेको सडक निर्माण ढिलाई हुनुमा नगरपालिकाको कारण सत्य नभएको बताएको छ ।

तिलोत्तमा नगरपालिकाका कर अधिकृत इन्द्र दत्त सापकोटाले हामीसंग कुरागर्दै नगरपालिकाले ढिलो गरेर सामग्री नदिएर भन्नेमा सत्यता नभएको बताएका छन् । नदिजन्य पदार्थ एउटा कारण होला तर सबै कारण सामग्री अभाव नभएको सापकोटाले बताए । स्थानिय तहमा निर्माण गर्नुपर्ने कानुन र प्रदेशको नदिजन्य पदार्थ उत्खनन गर्ने कार्य्विधिका कारण ढिलाई भएकोले नगरपालिकाको कारण ढिलाई भएको देखिएको सापकोटाको भनाइ छ । तथापि यस क्षेत्रका सबै योजनाहरुको माग भैआएकोले आयोजनामा बिशेस प्राथमिकता सिक्सलेन सदाका खण्ड नगरपालिकाको प्राथमिकतामा परेको उनको भनाइ छ ।

तर ठेकदार कम्पनीको सबै इस्टिमेट , त्यसको दुरी , रोयल्टीको दर सबै सम्झौता सहित आउदा हामीले उत्खनन गर्नका लागि राखिएको ४ भागको १ भाग, सडक निर्माणका लागि चाहिने सामग्री उपलब्ध गराइने सापकोटाले बताएका छन् । उनले नगरपालिकाको प्रक्रिया र कार्य्विधि अनुसार तोकिएको मापदण्ड पुरा गरि सामग्री उपलब्ध गराएको बताए । कर अधिकृत सापकोटा भन्छन स् स्थानिय बासी पैदलयात्री, साइकल, मोटरसाइकलमा यात्रा गर्ने र ब्यापार उद्योग व्यवसायलाई नै प्रभाव पर्ने गरि भएको यो ढिलाई अब हुन हुदैन, हामी सकारात्मक छौ ठेकदार कम्पनीले आजै इस्टिमेट लिएर आउनुस हामी सामग्री तुरुन्त उपलब्ध गराउन सक्छौ । यस क्षेत्रको बिकासमा नगरपालिकाको कुनै अबरोध नहुने , बरु सकेको सहयोग रहने सापकोटाको स्पष्टता छ ।

जसले जेजे भनेपनि यो चैत्रसम्म त सडक निर्माण सम्पन्न नहुने नै भयो , तरपनि सामग्री पाइएमा २०७६ जेष्ठ महिनाको अन्तिमसम्म सबै निर्माण सम्पन्न गर्ने ठेकदार कम्पनीको दावीसंगै सामग्री उपलब्धतामा सम्झौता , प्रक्रिया , प्रयोग भैसकेको सामग्री र प्रयोग हुनुपर्ने सामग्री छुट्याएर सडक यथाशिघ्र निर्माण गर्नमा सबैले आआफ्नो ठाउबाट सक्दो कोशिस गर्नुपर्ने देखिन्छ । ८ बर्षसम्म त स्थानियबासी हरुले पनि धुलो धुवा सहेर भावी सहजताको परिकल्पनामा रमाएर बसे अब सायद त्यसैमा ढिलाई हुदा स्थानीयमा पनि धैर्यता सधै रहला भन्न सकिदैन त्यसैले गौरवको यो योजना सफल बनाउन आ आफ्नो ठाउबाट कम्मर कसेर लागौ ।

बालबालिकामा प्रविधिको नराम्रो प्रभाव

लक्ष्मी पाण्डे
पछिल्लो समय घरका परिवारसंगै प्रविधिको प्रयोग बढ्दै जादा बालबालिकामा यसको प्रभाव अझै नकारात्मक परेको एक अध्ययनले बताएको छ । हरेक घरजसो हुने मोबाइल , कम्प्युटर , घडि , क्यामेरा , टेलिभिजन तथा रेडियो सम्मको प्रयोगले अहिले बालबालिकामा नराम्रो लत बसेको छ । बढीजसो त मोबाइलमा खेल्ने , विभिन्न भिडियो हेर्ने अनि गेम खेल्नाले बालबालिकामा नकारात्मक असर पुगेको देख्न सकिन्छ । प्रविधिबारे जिज्ञासा राख्नु र त्यसको प्रयोग गर्नु नराम्रो कुरा होइन तर बालबालिकाले प्रविधिलाई कुन किसिमले चलाएका छन, त्यो महत्वपूर्ण कुरा हो ।

सदुपयोग गर्न जाने प्रविधिले बालबालिकालाई सही बाटोमा लैजान्छ, दुरुपयोग गरे गलत बाटोमा । पछिल्लो समय प्रविधिलाई गलत काममा प्रयोग गर्ने क्रम पनि बढेको छ । राममणि क्याम्पसमा अध्ययनरत विक्रम रसाइली यसको सदुपयोग भन्दा दुरुपयोग भएको महसुस गर्छन , बालबालिकाले मोबाइल कम्प्युटरमा हेर्दा सकारात्मक भन्दा पनि नकारात्मक कुरा , आखा बिगार्ने दिमाग तान्ने खालका सामग्री बढी हेर्नाले यसले धेरै असर पुगेको बताउछन ।
हिजोआज धेरैजसो विद्यालयमा मोबाइल, भिडियो गेमजस्ता विद्युतीय सामग्री निषेध गरिएको छ ।

घरमा बाबुआमाले पनि आफ्ना नानीबाबुहरूलाई मोबाइल, कम्प्युटरजस्ता उपकरणमा धेरै समय बिताउनुहुँदैन भनेर बेला–बेलामा सम्झाउँछन् तर बालबालिका भने पाएसम्म तिनै सामग्री चलाउनमा तल्लीन देखिन्छन् । कक्षा १० मा अध्ययनरत उषा पाण्डे इन्टरनेटको सदुपयोग गर्न सके यसबाट धेरै फाईदा लिन सकिने बताउनुहुन्छ । छात्रा उषा पाण्डेले हरेक चिजको फाइदा र बेफाइदा हुने र इन्टरनेटको सहजता भएकाले सदुपयोग गर्नु जरुरि भएकोमा बेपÞmाइदाजनक हिसाबले चलाउदा आफैलाई बेफाइदा पुग्ने बताउछिन ।

प्रविधिमा लत बढ्दै जाँदा बालबालिकामा सृजनशीलताको ह्रास हुँदै गएको भन्ने गुनासो धेरै तिर सुन्न सकिन्छ । बालबालिकाहरुले प्रविधिका साधनलाई मनोरञ्जनका साधनको रुपमा मात्र प्रयोग गर्दा नकारात्मक असर पर्ने र सदुपयोग गर्न सके उनीहरूमा सकारात्मक प्रभाव पर्ने नेपाली विषयका शिक्षक काशीराम ढकालको बुझाइ छ । इन्टरनेटको माध्यमबाट शिक्षण सिकाइ प्रक्रियामा दिगो शिक्षा हासिल गर्न सकिने भएकाले यसलाई शैक्षिक रुपमै प्रयोग गर्नु जरुरी भएको शिक्षक ढकाल बताउछन। अनावश्यक कुरा हेरेर, खेलेर हामीलाई कुनै फाइदा छैन भने किन त्यो कुरा हेर्ने त्यसैले बिद्यार्थी जिबनमा सिकाई उपलब्धि हुने सामग्री हेर्नु इण्टरनेट्को फाइदा भएको बताएका छन् ।

बालबालिकाले प्रविधिका सामग्रीलाई आफ्नो जीवनमा सदुपयोग हुने पक्षबाट भन्दा खेलौनाको रुपमा मात्र लिनाले गलत बानीको विकास भैरहेको छ । प्रविधिका सामग्रीलाई पाठ्यक्रममा केही रुपमा समेटिएको भए पनि यो पर्याप्त भने छैन । तसर्थ सूचना तथा सञ्चार प्रविधि विषय नै राखेर यी सामग्री कसरी प्रयोग गर्ने गराउने भन्ने बारे अनिवार्य विषयको रुपमा समेट्न सके उनीहरुको सिकाई दीगो हुन सक्छ ।

चर्चाको शिखरमा समीर आचार्य

मोहन न्यौपाने, बुटवल । एकपछि अर्को बेजोड सांगीतिक प्रस्तुतिले मन छुन सफल गायक समिर आचार्यको मिठास सहितको टिप्पिकल नेपाली गीतले चर्चा कमाएको छ । मेरो दुनियाँ बेग्लै छ , पिचरोड, घिनघिन बज्यो मादलु, हैन भन्देउन, घाममा सुकाइदेउ लगायतका चर्चित गीतका गायक समिर आचार्यको साथमा अराज केशवको र्या्पिंग शैलीमा निर्माण भएको सो गीत ‘ सानोमा सानो एटके एभरेस्ट मोशन पिक्चर्सको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको थियो ।

हालसम्म १० लाख बढीले हेरिसकेको सो गीत सानोमा सानु गायक समिर स्वयंले लेखेका र संगीत भरेका हुन् । भाइभवेभ टिम सहित राहुल शाहको बेजोड अभिनय रहेको यो गीतलाई पवन सुस्लिंगले छायांकन तथा सम्पादन गरेका छन । मनोज बस्नेतको प्रस्तुति रहेको सो म्युजिक भिडियो मोडल समेत रहेका राहुल शाहले कोरियोग्राफी र निर्देशन गरेका छन् । हाल अस्ट्रेलियामा बस्दै आएका समीर आचार्यको पछिल्लो गीतहरुमार्फत उनको चर्चा युवाको माझ चुलिएको छ ।

लिभिङ टुगेदर रहर कि बाध्यता ?

सम्झना पौडेल
हिजोआज नेपाली समाजमा पनि लिभिङ टुगेदर अर्थात् बिहे नगरी केटा र केटी सँगै बस्ने क्रम बढ्दो छ । अधिकांश कलेज पढ्ने युवायुवती लिभिङ टुगेदर सम्बन्धमा रमाइरहेका छन् । यो कुरा बाजेबज्यै त परै जाओस्, आमाबुवालाई सुनाउँदा पनि जिब्रो टोक्छन् । किनकि यस्तो सम्बन्धलाई हाम्रो समाजले पचाउन सक्दैन । लिभिङ टुगेदर भन्नेबित्तिकै केटा र केटीले आफूलाई मनपर्ने व्यक्तिसँग सँगै बस्ने भन्ने बुझिन्छ । सँगै बस्ने दुई विपरीत लिंगी र समान लिंगीबीचको फरकलाई नेपाली समाजले प्रश्नचिह्न त उठाउँछ नै ।

जानेर होस् या नजानेर होस, नेपालमा पनि यसको प्रयोग बढ्दै गएको पाइन्छ । यस विषयमा पूर्ण जानकार भएरै सम्बन्धमा बस्छन् होला जस्तो मलाई लाग्दैन । यस्ता समस्या जटिल बन्दै गयो भने हाम्रो समाज कहाँ जाला ? हिजोआज काठमाडौं, पोखरा, विराटनगर, धनगढी आदि सहरमा बढी पाइन्छ । तर पनि घर, परिवार र समाजको डरले उनीहरूले स्पष्ट रूपमा भनेको पाइन्न । अझ भनौं उनीहरू नै यो सम्बन्धबारेमा सार्वजनिक गर्न चाहँदैनन् ।

सँगै बस्नुको अर्थ हुन्छ– मन मिल्नु, विचार मिल्नु, कामको महत्त्वलाई प्राथमिकता दिनु, विवाहको मूल्यमान्यताभन्दा फरक ढंगबाट जीवन चलाउनु । तर विपरीत लिंगीहरू सँगै बस्नुलाई यौनका अनेक प्रश्नचिह्नले विवादको रूप लिएको पाइन्छ । यो स्वाभाविक हो । नयाँ पुस्ताको बदलिँदो जीवनशैली लिभिङ टुगेदरको सम्बन्धका रहँदा केही हदसम्म क्षणिक लाभ होला तर दीर्घकालीन रूपमा कस्तो असर गर्ला ? यस विषयमा कमै सचेत छन् । दुवैलाई आर्थिक रूपमा केही लाभ होला महँगो सहरहरूमा सँगै बस्दा केही आर्थिक भार कम पर्ला । तर यस्ता सम्बन्धले विकृति भित्र्याएको प्रशस्तै उदाहरण भेटिन्छ ।

यसरी लेखिरहँदा कतिपय दिदिबहिनीलाई दुःख लाग्न सक्छ । मैले यसरी बस्न किन नपाउने भन्ने लाग्ला ? एक अर्थमा यो तर्क पनि ठीक हो । तर बस्दै जाँदा असुरक्षित बनेका उदाहरण हेरेर पनि एकपटक सोच्नुपर्छ । यस्ता सम्बन्धबाट जन्मेको बच्चाको जिम्मेवारी कसले लिने ? कसले संरक्षण गर्ने ? तपाईंको पाटनरले छाड्यो भने कसले पालनपोषण गर्ने ? बच्चा जन्मन नदिन प्रयोग भएका औषधिहरूबाट कसरी सुरक्षित रहने ? केटाले ‘लौ अब तिमीसँगको नाता साइनो यति नै अर्कै खोज भनेको अवस्थामा के गर्ने ? यस्ता बच्चाको पहिचानको समस्या पनि त्यत्तिकै छ । पैत्रिक सम्पत्तिलगायतका अधिकारबाट वञ्चित रहने समस्या हुन्छ । यस्ता सम्बन्धबाट महिला नै बढी पीडित हुन्छन् र भएका छन् । यसतर्फ सबैभन्दा बढी महिलाले नै सोच्न जरुरी छैन र ?

पुरुष प्रधान देश नेपालमा ‘लिभिङ टुगेदर’ कत्तिको सान्दर्भिक छ त ? यस्तै सम्बन्धले हिजोआज कतिपयको धनसम्पत्ति बर्बाद भएको छ त कतिको जीवन नै बर्बाद भएको छ । यस्तो सम्बन्धबारेमा परिवारले अस्वीकारेपछि विषसेवन गरेका समाचार पनि छन् । कतिपयले मार्ने धम्की दिएको त कतिले पैसा कुम्लाएको उदाहरण छ । सहमति नमिल्दा महिलालाई कुटपिट गरेको, चरित्रहत्या गरेको, ‘ब्ल्याकमेलिङ’ गरेको, अश्लील भिडियो सार्वजनिक गरिदिने गरेको घटना पनि छन् । यसपछि समाजमा अपहेलित हुने, मानसिक रोगी भई आत्महत्यासमेत गरेका घटना छन् ।

यस आधारमा ‘लिभिङ टुगेदर’ के साँच्चै महिलाका सवालमा सहज छ त ? गहिरिएर सोच्ने हो भने, यस्तो सम्बन्धलाई नेपाली समाजले पनि नाजायज भन्दै आएको छ । वास्तवमा ‘लिभिङ टुगेदर’ महिलाका हितमा छैन । कानुनी रूपमा पनि धेरै समस्या झेल्नुपर्ने हुन्छ । व्यक्तिगत स्वतन्त्रता उपभोग गर्ने सवालमा पश्चिमा समाजका हरेक नागरिक स्वतन्त्र छन्, शिक्षित छन् र आत्मनिर्भर छन् । लिभिङ टुगेदरपछि आउने समस्यामा पनि सम्बन्धित व्यक्तिले खासै समस्या भोग्नु पर्दैन । कसैद्वारा कोही पालिनु र पाल्नुपर्ने अवस्था पनि रहँदैन ।

उत्सवको पर्व होली एवं फागुपूर्णिमा : ज्यो.चक्रपाणी डुम्रे (शास्त्री)

होली नेपाली तथा भारतीय अर्थात हिन्दूहरूको प्रमुखचाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल , भारत तथा अन्य राष्ट्र मा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुन महीनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा(युवतीहरू गीत गाउँदै( नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक(अर्का्िसत मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार(साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।फागुन शुक्ल अष्टमीको दिन काठमाडौँ को वसन्तपुर दरबार अगाडि चीर(विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर (लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा सत्य युग मा नास्तिक हिरण्यकश्यपु नामक एक जना राक्षस को जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णु ले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान विष्णुका निकै भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएको थियो । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको थियो । जसले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् ।

दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहास कारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमापनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। भारत मा पर्ने विंध्यक्षेत्रको राम गढ भन्नेस्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृत साहित्य मा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो । फागुपूर्णिमा अनी होली भनिने यो चाड नेपाल मा हर्षोल्लाशका साथ मनाउने गरिन्छ। नेपालमा यो चाड असाध्य धुमधाम गरी, अरु ठुला ठुला चाड जस्तै रमाइलो गरी मनाइन्छ।

होलीको अघिल्लो साझ नेपालको वसन्तपुर दरवार अगाडि ’होलिका दहन’ गरेर यस चाडको सुरुवात गरिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका भक्त हिरण्यकश्यपुका छोरा ( प्रह्लाद)लाई मार्न अग्नि नजिक जादा होलिका आँफै जलेर नष्ट भएको कारण असत्य माथि सत्यको जित भएको दिनको रुपमा यो पर्व मनाइन्छ। हिन्दू धर्म मान्नेहरुको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म भब्य हुन्छ। नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट मात्र तराइमा होली मनाइन्छ । फागुपुर्णिमा बर्तमानलाई सर्वस्व ठानेर नवीन आशा एवम् उत्साहको संचार गर्दै हरेक पल सुखमय ढंगले व्यतीत गर्नु पर्छ भन्ने मान्यता राख्ने पर्व हो।पुराना रिस ,राग , द्वेष र क्येसलाई बिर्सेर नयाँ उत्साह र उमंग संचार गर्ने पर्व हो ।

गुरुजीका कुरा : कवितै कविता

 गुरुदत्त ज्ञवाली

कसैले ताछेर सगरमाथा ताछिन्न
बुद्ध ओतिएको बरको बुटो
कसैले लाछेर लाछिन्न
हेँगा लगाएर लुम्बिनीमा कसैले
कुनै आली कान्ला मासिन्न
हामीले हिउँको तस्करी नगरे मात्र पुग्छ
बुद्धको आदर्श संगाले मात्र पुग्छ ।
तर हामीहरु
हिमालको जरा खन्छौं र चुचुराको कविता लेख्छौं
बुद्धको बुद्धत्व बेच्छौं र मुर्तिको कविता लेख्छौं
पत्नी कुटेका हातले महिला मुक्तिका गाथा लेख्छौं
थारुकी, मगरकी, तामाङकी, कुमालकी
नाबालिका छोरीलाई घरेलु कामदार राखेर
बाल शोषणका कथा लेख्छौं ।
अझ हामीले
प्रमोशन हुन जागिरमा
सत्ता भक्तिका कविता मन फुराएर लेख्छौं
त्यही कविताको कटिङ्ग राखेर हजुरमा
चाहेको ठाउँमा सरुवा माग्छौं ।

प्रभावकारी ‘समुदाय प्रहरी साझेदारी’:सम्पादकीय

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अगुवाइमा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ जिल्लामा प्रभावकारी देखिएको छ । अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका छन् । प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएका छन् ।

हाम्रो जिल्लाको तराई क्षेत्रमा नागरिक जागरुक भएका छन्, कुनै घटना भएमा तत्काल प्रहरीलाई खबर गर्ने र समस्या समाधानमा अग्रसरता देखाउने गरेका छन, प्रहरीले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ । यस अभियान स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा सञ्चालन गर्ने गरी नेपाल प्रहरीले उक्त अभियान देशैभरि एकसाथ शुरु गरेको थियो । अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा प्रहरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

युवा विद्यार्थीलाई लक्षित गरी सडक सुरक्षा, लागुऔषध दुव्र्यसनी, बालविवाह तथा बाल यौन दुव्र्यहारसम्बन्धी प्रशिक्षण विद्यालय सम्पर्क कार्यक्रममार्फत र समुदायसँगको साझेदारीमा अस्पताल, धार्मिकस्थल, बजारलगायतको सरसफाइ अभियान समेत चलाएको देखिन्छ । सिद्दार्थ राजमार्ग , महेन्द्र राजमार्गमा दुर्घटना नियन्त्रण गर्न विशेषगरी लामो दूरीका सवारी चालकलाई प्रशिक्षण तथा स्वास्थ्य जाँचका कार्यक्रमले नागरिक जागरुक भएर गाउँमा हुने घटनाको जानकारी दिन थाल्नुभएको छ । यसबाट दुर्घटना तथा अपराधिक क्रियाकलाप र सामाजिक विकृति अन्त्य गर्न सहयोग पुग्ने देखिन्छ ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा लागुऔषध प्रयोग र ओसारपसार विकराल बनिरहेका बेला यस किसिमका चेतनामूलक कायक्रम सञ्चालन गर्न थालेपछि अन्य विद्यालय तथा समुदायबाट आफ्नो क्षेत्रमा पनि यस्ता कार्यक्रमको माग बढिरहेको छ । “समाजमा विशेषगरी घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम प्रभावकारी भएको छ । यस्ता कार्यक्रममा सहभागी भएका नागरिकले समुदायमा त्यस किसिमका घटना हुने बित्तिकै जानकारी गराउने र उजुरी गर्ने गर्दा समाजमा अपराध रोक्न र अपराधी पहिचान गर्न पनि पुग्छ । प्रहरीले यो अभियान सञ्चालन गर्न सबै स्थानीय तह तथा विभिन्न वडामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन संयन्त्र पनि गठन गरेको छ । जसको प्रभावकारिता निकै ठुलो देखिन्छ । यो अभियानमा समस्त जिल्लाबासीहरु पनि सहकार्य गर्न आवश्यक छ।

यो साताको बिदेश खबर

भारतसंग दुरी बढ्दैन
इस्लामाबाद । पाकिस्तान सरकारले पुलवा आतंकवादी आक्रमणपछि उत्पन्न भारत–पाकिस्तान तनाव नबढ्ने घोषणा गरेको छ । पाकिस्तानी अखबार ‘एक्सप्रेस ट्रिब्यून’ले दुवै देशबीच सम्बन्ध सुधार भएको बताएको छ । कश्मीरको पुलवामा १४ फेब्रुअरीमा ४० भन्दा बढी सुरक्षाकर्मी आतंकवादी आक्रमणमा मारिएपछि भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको थियो । उक्त आक्रमणमा पाकिस्तानलाई आधार बनाउँदै आएको जैश ए मोहमदको जिम्मा लिएपछि भारतीय वायुसेनाले पाकिस्तानमा आक्रमण गरेको थियो । त्यसै क्रममा भारतीय वायुसेनाका अधिकारी अभिनन्दन वर्तमान पाकिस्तानी सेनाको नियन्त्रणमा परेका थिए । पाकिस्तानले कुनै माग नराखी वर्तमानलाई भारत फिर्ता गरेको थियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले युद्ध कसैको पक्षमा नहुने बताउँदै बदला नलिने बताएका थिए । युद्ध शुरु भएपछि अन्त्य गर्न कसैको हातमा नहुने उनको स्पष्टोक्ति थियो। निर्वाचनका बेला छिटफुट आक्रमणका घटना हुनसक्ने भए पनि थप तनाव नबढ्ने ती अधिकारीले बताएका छन् ।

पर्खाल बनाउन ८.६ अर्ब डलर माग
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न ८ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै उक्त रकम उपलब्ध गराउन अमेरिकी कंग्रेससमक्ष आग्रह गरेका छन् । यो बजेट मागसँगै राष्ट्रपति ट्रम्प र कंग्रेसबीच पुनः संघर्ष चर्किने खतरा बढेको छ । गत वर्ष माग गरिएको ५ अर्ब ७० करोड डलरभन्दा यो निकै बढी हुनेछ । पर्खाल निर्माणका लागि अघिल्लोपटक माग गरिएको रकमका विषयमा कंग्रेसमा सहमति नहुँदा अमेरिकी संघीय कार्यालयहरू ३५ दिनसम्म आंशिक रूपमा बन्द भएका थिए । अमेरिकी इतिहासमै सबैभन्दा लामो अवधिसम्म कार्यालय बन्द हुँदा ८ लाखभन्दा बढी कर्मचारी प्रभावित भएका थिए ।

राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन
एएनआई अल्जेरिया । राष्ट्रपति अब्देलाजिज बौटेफ्लिकाको राजीनामाको माग गर्दै अल्जेरियामा जनताले प्रदर्शन गरेका छन् । लामो समयपछि हुन लागेको निर्वाचन फेरि स्थगित गरिएको भन्दै उनीहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै सोमबार राति प्रदर्शन गरेका हुन् । अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिजले आगामी अप्रिल १८ का लागि तय भएको निर्वाचन स्थगित गरेपछि आन्दोलन थप चर्किएको हो । निर्वाचन स्थगित गरिए पनि नयाँ निर्वाचन हुने मिति घोषणा भने गरिएको छैन । राष्ट्रपति अब्देलाजिजले मन्त्रिपरिषद्बाट चाँडै निर्वाचनको नयाँ मिति तय गरिने बताएको अधिकारीले जनाएका छन् ।

सार्वजनिक बिदाको कार्यतालिका

तिलोत्तमा सिटी , चैत्र । सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिदा सार्वजनिक गरेको हो। पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दसैं बिदा, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर विभिन्न शीर्षकमा बिदा छुट्टयाइको छ।

पर्व बिदाअन्तर्गत नववर्ष बैसाख १, शिवरात्री फागुन ९ र फागु पूर्णिमा पहाडी तथा भित्री मधेशका ५८ जिल्लामा फागुन २६ र अन्य जिल्लामा फागुन २७ गते बिदा दिइने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिनुभयो । त्यस्तै सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा पनि विभिन्न पर्वमा बिदा दिइने छ।

किराँतराई याख्था, सुनुवार, लिम्बू जातिका उभौली पर्व जेठ ४, गौरा पर्व भदौ ६, इद पर्वका अवसरमा समेत सरकारले बिदा दिएको छ।छठ पर्व, इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा), किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस मङ्सिर २६, इसाई धर्मावलम्बीहरुको क्रिसमस डे पुस ९, तमु ल्होसार पुस १५, माघे सक्राङ्न्ति माघ १, सोनाम ल्होसार माघ ११, ग्याल्पो ल्होसार फागुन १२, सिरुवा पावनी पर्व (झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरी), धवाथाम्बु छेउचिक पर्वका दिन त्यस्तो पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइने छ।

महिला कर्मचारीका लागि भदौ १६ गते हरितालिका तीज र असोज ५ गते जितिया पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइएको छ।यसैगरी शिक्षण संस्थाका लागि बसन्तपञ्चमी माघ १६ गतेका दिन बिदा दिइने छ। जात्रा बिदामा काठमाडौं उपत्यकाका लागि मात्र चार जात्रामा सार्वजनिक बिदा दिइने भएको छ। गाइजात्रा साउन ३१, इन्द्रजात्रा भदौ २७, मछिन्द्रनाथको भोटो देखाउने जात्रा (सो जात्रा देखाउने दिन) र घोडे जात्रा चैत ११ गते सार्वजनिक बिदा दिइने छ।

यस्तै सरकारले दसैं बिदा पाँच दिन दिने भएको छ। फूलपातीदेखि एकादशीसम्म (असोज १८–२२) सम्म दसैं बिदा हुनेछ। लक्ष्मीपूजादेखि भाइटीकासम्म तीन दिन तिहार बिदा हुनेछ। यसैगरी दिवस बिदाअन्तर्गत विश्व मजदुर दिवस (वैशाख १८), संविधान दिवस (असोज ३), अन्तराष्ट्रिय महिला दिवस (फागुन २५) र अन्तराष्ट्रिय अपाङ्गता दिवस (मङ्सिर १७) अपाङ्गता भएका सम्पूर्ण कर्मचारीलाई सार्वजनिक बिदा दिइने भएको छ। जन्मजयन्ती बिदामा बुद्ध जयन्ती (जेठ ४), सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती (कात्तिक २६), फाल्गुनन्द जयन्ती (कात्तिक २५) बिदा दिइने छ। सरकारले केही दिवसलाई राष्ट्रिय रुपमा मनाइए पनि कार्यालय भने खुल्ने जनाएको छ।

कृषिमा विदेशी लगानी निषेध

तिलोत्तमा सिटी , चैत्र । संसदीय समितिले साना तथा घरेलु उद्योग र कृषिमा विदेशी लगानी भित्र्याउन नपाउने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी विधयेक २०७५ पास गरेको छ ।सरकारले १४ र १५ गते काठमाडौंमा हुने लगानी सम्मेलनलाई लक्षित गरी यो विधेयक ल्याएको थियो ।प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले शुक्रबार संशोधनसहित विधेयक पास गरेको छ ।

विधयेकका ६४ वटा विषयमा संशोधन परेको थियो, जसमध्ये अधिकांश अस्वीकृत भएको छ भने केहीलाई समेटिएको छ ।नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सले उठाएको विषयमा भने समितिले सम्बोधन गरेको छ । उनीहरुले कृषि, साना तथा घरेलु उद्योगहरुमा विदेशी लगानी भित्र्याउन नहुने बताएका थिए । समितिले कुखुरा तथा पशुपंक्षी पालन, माछा, मौरी, फलफूल, दुग्ध व्यवसाय, तेलहन, दलहन लगायत कृषि जन्य व्यवसायमा विदेशी लगानी भित्र्याउन नपाइने गरी विधेयक पास गरेको छ ।

RECENT POSTS