Friday, April 19, 2019

विष्णु पौडेलले जग्गा थर्डहेण्डबाट किन्नुभएको रहेछ : सञ्चारमन्त्री

बुटवल-प्युठानको गौमुखी गाउँपालिकामा मिडिया सम्मेलन उद्घाटन गरेर सञ्चारमन्त्री गोकुल बास्कोटा सोमबार बेलुका काठमाडौँ फर्किन भैरहवास्थित विमानस्थल पुगे । तर, उनी काठमाडौँ फर्किन पाएनन् । बुद्ध एयरकाे विमानले छाेडेर गएपछि उनी रुपन्देहीमै बसे।

मंगलबार बिहान प्रेस चौतारीले मणिग्राममा गरेको पत्रकार सम्मेलनमा सुनाए काठमाडौँ फर्किन नपाउनुको कारण। ‘यो बुद्ध एयर भन्नेले गर्नु गर्‍यो, पूर्व जानकारी नै नदिई उड्नेबेलामा जहाज उड्दैन भन्यो’, उनले ठट्यौली शैलीमा भने, ‘नयाँ वर्षमा लुम्बिनी जस्तो पर्यटकीय स्थलमा यस्तो हालत छ, उडाउँछु भनेर यात्रुलाई अलपत्र पार्ने !’

बिना उदेश्य रोकिएका मन्त्री ‘पत्रकारलाई समाचार उत्पादन गरिदिने’ मुडमा थिए। ‘रविन सायमीले र, अन्त्यमा भनेर लेख्ने कार्टुनकै जस्तो गरी मैले सुरुमै यो कुरा तपाइँहरुलाई भनिदिएँ’, उनले आफ्नो पत्रकारिताको पृष्ठभूमिप्रति साइनो जोड्दै भने ।

अब अरु केही कुरा भन्छु, भनेर उनले सुरु गरे सरकारका योजना र प्रगतिका कुरा। ‘देशले निर्माणको बाटो पक्डेको छ, त्यसलाई सफल बनाउनु हाम्रो काम हो’, उनले भने, ‘देशले राजनीतिक स्थिरता मागेको थियो, तर मृत स्थिरता मागेको थिएन, अब विकासको बाटो हो, हामी त्यो बाटोमा अघि बढिसकेका छौँ ।’

उनले केन्द्रिकृत मानसिकतामा चलेको ब्युरोक्रेसी संघीयतामा अभ्यस्त हुँदै गएको र पूरानो निरन्तरतावादी सोंच हट्दै गएको बताए ।
‘अहिले नयाँ उचाईँबाट नयाँ विषयहरु उठान भएका छन्, समृद्धि मुलुकको अबको बाटो भन्नेमा बहस स्थापित भयो, उनले भने–अब त्यसैमा काम गर्ने हो, यो मुद्दाले नेपालमा मात्रै हैन, अन्तर्राष्ट्रिय समुदायबीच पनि स्थापित भएको छ ।’

मन्त्री बास्कोटाले आलोचनाका बीचमा सरकारले समृद्धिको एजेण्डामा जित हासिल गरेको भन्दै लगानी सम्मेलन सफल भएको, केरुङ–काठमाडौँ–लुम्बिनी रेल सञ्चालनमा सहमति जुटेको, विकास र समृद्धिका विषयमा प्रतिपक्षीले पनि साथ दिएको कुरा सुनाए ।
विकास र समृद्धिका कुरा सुनाएपछि उनी फर्किए मिडियाकै विषयमा ।

‘प्रेसमा रेडिमेड शंका छ, हामीले कस्तो मनोविज्ञान निर्माण गर्न खोजेको ?’ उनले मिडियालाई रेडिमेड शंका त्यागेर विषयवस्तुमा केन्द्रित आलोचना गर्न आग्रह गर्दै भने, ‘नेपालको प्रेस साँच्चिकै व्यवसायिक, साँच्चिकै सबल, समुन्नत र आधुनिक भएको हेर्न चाहन्छौं, यसमा कुनै फरक मत छैन, मिडियाले पनि आफ्नो धर्म नबिर्सोस् ।’

उनले मिडिया प्रतिपक्षीजस्तो सडकमै नाराबाजीको शैलीमा ओर्लेर विरोध गरेको नसुहाउने बताए । ‘चौथो अंग भनेपछि त्यसअनुसारको व्यवहार हुनुपर्‍यो, प्रतिपक्षी त होइन मिडिया, विकासको बहसलालाई तीब्रता दिनुस्, हाम्रा कमजोरीहरु छन् भने तथ्यमा आधारित आलोचना गर्नुस्, उठ्न नसक्नेगरी ठट्याउनुस्–उनले भने–हामी त्यसमा सच्याउन तयार छौँ ।’

उनले सरकारले गरेका कामको सकारात्मक ढंगले समाचार नआएको भन्दै दुखेसो पोख्ने शैलीमा भने, ‘सडक बन्दै गरेको नदेख्ने, धुलो उडाएको, सडकमा हिँड्नै नभएको मात्रै देख्ने ?, सरकारले खतमै पा¥यो भनेर बेपत्तै प्रचार गर्ने ?, जन्मिरहेको बालक नदेख्ने, आमाको प्रसव पीडा, रोदन, रगताम्य भएको अवस्था, चित्कार मात्रै देख्ने ?, चुनौती र संभावना पनि सँगसँगै छ भन्ने कुरा हामीले देखाइदिनुपर्छ ।’

उनले सामाजिक सञ्जालमाथिको नियन्त्रणका बारेमा केही प्रष्ट्याई दिए । ‘बन्द गरेको र स्वतन्त्रता हनन भएको देख्नुअघि आफ्ना छोराछोरी बिग्रिएको देख्ने कि नदेख्ने, पब्जी खेलेर बिग्रिरहने, आज नियन्त्रण नगर्ने हो भने भोलि तपाइँहरुकै छोराछोरी बर्बाद हुन्छन्, अनि त्यतिबेला सरकारलाई गाली गरेर हुन्छ ?’–उनले भने–केही कुरालाई राम्रो बनाउन केही कुरामा कडा पनि हुनुपर्छ ।’

उनले बालुवाटार जग्गाबारे आफ्ना धारणा बङग्याइएको भन्दै असन्तुष्टि जनाए ।

‘मैले सरकारले विष्णु पौडेलजीलाई क्षतिपूर्ति दिने भनेको छैन, आधा चै नगर्दिनुहोला, आधा बनाइदियो भने मैले दुःख पाउँछु, सक्कियो नि त, ६ इन्च छोटो गर्ने, आधा छोटो गर्ने, घुँडामुनिबाट साईजमा ल्याउने, सब कार्बाही त सिद्धिइसके नि, कुन कुन कार्बाही चलाउनुहुन्छ ?’

उनले भने, ‘मैले भनेको के हो भने उहाँले जग्गा थर्डहेण्डबाट किन्नुभएको रहेछ, त्यो कुरा उहाँकै वक्तव्यबाट स्पष्ट भइहाल्यो, त्यसहिसाबले हेर्ने हो भने उहाँ ठगीमा पर्नुभएछ, नक्कली जग्गा किन्नुभएछ, उहाँलाई सरकारले क्षतिपूर्ति दिने होइन, उहाँले पहिले को सित कतिमा कहिले किन्नुभयो, त्यो हिसाबकिताब होला, त्यसले क्षतिपूर्ति दिनुप¥यो नि भनेकै हो, मैले भनेको यही हो ।’

होटल टुलिपको न्यु इयर नाइटमा ख्यातिप्राप्त कलाकार आउने

मोहन न्यौपाने । आफ्ना शुभचिन्तक तथा ग्राहकमा नयाबर्ष २०७६को शुभकामना बाड्ने उदेश्यले नयाबर्षकै संघारमा होटल टुलिप ड्राइभरटोलको आयोजनामा बृहत सास्कृतिक कार्यक्रम न्यु इयर २०७६ इण्टरटेन्मेण्ट नाइट हुने भएको छ ।

दर्शकको माग र चाहनालाई मध्यनजर गर्दै यस क्षेत्रमै नया प्रस्तुतिका साथ् संचालनमा आएको र छोटो समयमै चर्चा पाउन सफल टुलिपले बृहत सास्कृतिक कार्यक्रमका साथ बेजोड ख्यातिप्राप्त कलाकारको प्रस्तुति दिने बताइएको छ । यहि चैत्र ३० गते यो बर्षको अन्तिम दिन नया बर्ष २०७६ लाइ स्वागत गर्ने सो कार्यक्रममा ख्यातिप्राप्त लोक तथा दोहोरि गायक पुरुसोत्तम न्यौपाने, बाधबादनामा ख्यातिप्राप्त कलाकार हरुको समूह लक्ष्य ब्याण्डको इन्स्ट्रुमेण्टल प्रस्तुति , गायक बैकुण्ठ महत , गायिका प्रिया भण्डारी , ख्यातिप्राप्त डान्सर राज केसी, गायिका सरिता सारु मगर, सुशील आचार्य , प्रदर्शनी आइडलहरुको बिशेस प्रस्तुति सहित रास्ट्रीय तथा स्थानिय कलाकारहरु सहित टप कलाकाकरको प्रस्तुति रहने छ । सांझा ७:३० बजे देखि शुरु हुने सो कार्यक्रममा सहभागी हुन रु १५०० र २५०० को टिकट राखिएकोमा सो टिकटमा डिनर, स्न्याक्स ड्रिङ्क समेत फ्री रहने होटलले जनाएको छ । आफ्नो टिकट विभिन्न स्थानबाट पाउन सकिने र बुटवलका लागि गण्डकी ट्रेडर्स ट्राफिक चोक , होलिडे फन ट्रावल्स मणिग्राम , फेमिली मार्ट डिङ्गरनगर तथा होटलको आफ्नै भवनमा टिकेट पाइने बताइएको छ । लक्ष्य ब्यान्डको इण्ट्रुमेण्टल प्रस्तुति सम्भवत: यो क्षेत्रमै पहिलो भएकाले दर्शको घुइचो हुने आयोजकले नजाएको छ ।

मुलुकमै पहिलो ‘क्यासलेस’ बन्दै तिलोत्तमा नगरपालिका, प्रशासनिक भवनभित्रै खुल्यो बैंक

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा बैंक खुलेको छ । तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले काउण्टर सञ्चालनले नगरपालिकाका काम–कारवाहीलाई ‘क्यासलेस’ बनाउने उदेश्यका साथ् कार्यालय परिसरमै एनआईसी एशिया बैंकले विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । मुलकमै पहिलोपटक सेवाग्राहीको सुविधाका लागि स्थानीय तहको कार्यालयमैं विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकको यो ४० औं विस्तारित काउन्टर हो ।बैंकका हाल मुलुकभर २८१ शाखा छन् तीमध्ये प्रदेश नं. ५ मा मात्र ५१ वटा शाखा छन् ।नगरपालिका कार्यालयमा स्थापना गरिएको विस्तारित काउन्टरको एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले सेवाग्राहीको सुविधाको लागि नगरपालिकाको आग्रहमा विस्तारित काउन्टर सञ्चालनमा ल्याएकोमा एनआईसी एशिया बैंकप्रति आभार व्यक्त गरे । काउन्टर सञ्चालनले अब नगरपालिकामा सेवाग्राहीले बुझाउनु पर्ने रकम बैंकमार्फत् हुने र यसले कार्य व्यवस्थापनमा सहजता ल्याउने नगर प्रमुख घिमिरेको भनाइ छ ।

उप–प्रमुख जागेश्वरी चौधरीले बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनले नगरपालिकाको सेवा प्रभावलाई थप छिटो–छरितो बनाउने विश्वास व्यक्त गरे । यस्तै बैंकका प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले तिलोत्तमा निकै संभावना बोकेको नगरपालिका रहेको र नमूना काम गर्दै अघि बढिरहेकाले नगरपालिकासँग सहकार्य गर्दै कार्यालयमैं विस्तारित शाखा सञ्चालनमा ल्याएको जानकारी दिए। उद्घाटनकैं दिनबाट विस्तार काउन्टरमा सेवा सुरु भएको जानकारी गराउँदै उनले नगरपालिकासँग मिलेर अन्य सामाजिक उत्तरदायित्वका काम गर्न बैंक इच्छुक रहेको उल्लेख गरे ।

तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले काउण्टर सञ्चालनले नगरपालिकाका काम–कारवाहीलाई ‘क्यासलेस’ बनाउने बताउँदै नगरपालिकाले विस्तारै करहरुसमेत अनलाइनबाट तिर्न मिल्ने गरी काम अघि बढाउन चाहेको उल्लेख गरे । बैंकका दिपक आचार्य,विनोद पोखरेलको लगायतले बोलेका थिए ।

प्रहरीको आलटालले न्याय पाएनौ: तिलोत्तमाकि छोरी गुमाएको ज्ञवाली परिवार

रूपन्देहिको तिलोत्तमा नगरपालिका वडा नम्वर १३ करौजिया बस्ने हरिप्रसाद ज्ञवालीको परिवार दुर्घटनामा छोरी गुमाएर पिडामा छ । पिडित परिवारले घटना भएको डेढ महिना हुदा पनि प्रहरी प्रशासनवाट न्याय नपाउदा झनै पिडामा परेको गुनासो पोखेका छन् ।

दुर्घटनामा मृत्यु भएकि प्रज्ञा ज्ञवाली परिवारले ६ हप्ता हुदापनि इलाका प्रहरी कार्यलय वुटवल वाट न्याय नपाएको वताउदै भने छोरी त गुमायौ तर हामिलाई प्रहरी प्रशासनवाट न्याय भएन । गएको फागुन १४ गते भैरहवावाट बुटवल तर्फ जाँदै गर्दा लु १ ख ६८१९ नम्वरको ट्रक ले रूपन्देहीको ड्राइभरटोलमा लु १८ प १३०८ नम्वरको स्कुटिलाई वेलुका साढे ७ वजेतिर पछाडिबाट ठक्कर दिदा १८ बर्षिया प्रज्ञा ज्ञवालीको घटनास्थमै मृत्यु भएको थियो । उनी अक्सफोर्ड कलेज बुटवलमा बिबिएस प्रथम बर्षमा अध्ययनरत छात्रा हुन । परिवार न्यायको खोजिमा अहिले सम्म पटक पटक गरि १४ । १५ पटक जति ईलाका प्रहरी कार्यालय बुटवलमा धाइसक्यो तर प्रहरीले वास्ता नगरेको पिडीत पक्षको गुनासो छ ।प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुको साटो खाली तपाईहरू “मिल्ने गरि“ आउनुहोस भन्ने गरेर र फर्काउने गरेको पिडितका आफन्त नारायण ढकाल वताउनु हुन्छ । उहाँले घटना चालकको लापरवाहीले भएको घटना हो त्यो चालक योग्य चालक होईन भन्ने हाम्रो मान्यता हो, यदि यस्ता चालकलाई कारवाही गर्न प्रहरीलाई झकझकायनौ भनी यस्ता लापरवाहीका सवारीका दुर्घटना फेरी पनि हुन्छ । प्रहरीले न चालकलाई समाउछ न त साहुलाई समायो खाली हामीलाई झुठा आस्वासन मात्र दिईयो । डिएस पि मल्ललाई पटक पटक भेटदा उहाले झुठा आश्वासन मात्र दिनुहुन्छ । सन्तानको नाममा भएको एउटा एउटी छोरी अनाहकमा गुम्यो प्रहरीवाट न्याय पाईएन अव हामी कहाँ जाने ढकालले भन्नुभयो । चालकलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन खास प्रयास नगर्नुले घटना झन रहस्यमय वन्दै गएको छ । तर लु १ ख ६८१९ नम्बरको ट्रक भने प्रहरीको नियन्त्रणमा छ ।

तर चालक सुरेन्द्र नेपाली भनी फरार छन । उता इलाका प्रहरी कार्यलय बुटवलका डिएसपि डि वि मल्लले चालक फरार रहेको र घटनाको अनुसन्धान भईरहेकोले ढिलाई भएको वताउनुहुन्छ । दुर्घटना भएको ६ हप्तापुग्दा हालसम्म नत प्रहरी मृतक परिवारको घरमा पुगेको छ नत ट्रक समितिको जिम्मेवार ब्यक्ति नै त्यहा पुगेर सान्त्वना दिएको छ । जसका कारण छोरी गुमाएर पिडामा परेको ज्ञवाली परिवारमा झन पिडा थपिएको छ । के न्यायमा यस्तो ढिलासुस्ति र वेवास्ताले जनतासंग प्रहरीको हातेमालो छ भन्न सकिएला स्थानियवासी प्रश्न गरीरहेका छन् ।

तर पिडितपक्षले प्रहरिले ट्रकलाई नियन्त्रणमा लिएर राखेपनि चालकलाई समाउन तिर ध्यान नदिएकोमा दुख लागेको वताएको छ । उनीहरुले चालकको लाईसेन्स समेत नकली भएको आसंका गरेका छन् । पटक पटकको दुर्घटनाका केसमा प्रहरीले गहिरो अनुसंधाननै नगरी मिलापत्र नै गराउन जोड दिने गरेका कारण कतिपय दुर्घटनाका केशमा चालकको लापरवाही, नक्कली चालकले सवारी साधन चलाएपनि उम्किने देखिएपनि प्रहरी यस्ता घटनाप्रति बेखवर वने जस्तै गरेको पिडीतको भनाई पाईन्छ । पिडित पक्षका चन्द्रमान श्रेष्ठ भन्नु हुन्छ जनतालाई सहज तरीकाले शान्ति सुरक्षा दिनुपर्ने प्रहरीले जनतालाई कार्यालय पुग्दा विभिन्न वहाना वनाएर फर्काउने गरेको दुखेसो पोख्दै दुर्घटना वारे प्रहरीले किन गहिरो अनुसन्धान गर्दैन हामी अचम्मित भएका छौ ।

प्रहरीले घटनाको छानविनगरि दोषिलाई कानुन बमोजिम कारवाई गर्न किन आनाकानि गरेको छ हामिलाई त प्रहरी को काममा संका लाग्न थाल्यो पिडीत परिवारका एक सदस्यले भने । चालक सुरेन्द्र नेपाली फरार छन् । के गरिव निमुखा साना परिवारले न्याय नपाउने हो कि भन्ने संका पो लाग्न थालेको वताउदै प्रज्ञा ज्ञवालीका बुवा हरि प्रसाद ज्ञवाली भन्नुहुन्छ यत्रो दिन भईसक्यो हामी सानो मान्छे सोर्सफोर्स नभई केही नहुने रहेछ , न्याय पाईएन, पुलिस प्रशासन सरकार हो तर सरकारवाट न्याय नपाएपछि अव हामी कहाँ जाने । चालकको लापरवाहीले छोरीको ज्यान गयो अरुको यसरी ज्यान नजावस । उता मृतक प्रज्ञा ज्ञवालीको आमा र हजुरबुबा पनि निकै चिन्तामा छन । छोरीको अनाहकमा ज्यान त गयो तर ६ हप्ता पुग्दा पनि न्याय पाईएन दोषिलाई प्रहरीले समाएन । अब हामी न्याय माग्न कहाँ जाने ? यहि प्रश्नले उनीहरुलाई सताईरहेको छ ।

 

 

साभार बिजनेशखबर

लियो खस्यौली युथमा नयाँ नेतृत्व, क्लबलाई डोर्याउने जिम्मा कुँवरको

 मोहन न्यौपाने, तिलोत्तमा सिटी, चैत । लियो क्लब अफ बुट्वल खस्यौली युथको नया कार्यसमितिको अध्यक्षमा राजिव कुवर निर्बिरोध निर्बाचित भएका छन् । बुटवलमा भएको छैठौँ अधिबेशनले बर्ष २०१९/२० को नया कार्यकालका लागि अध्यक्षमा राजिब कुवर सर्बसम्मतले निर्विरोध निर्वा्चित भएका हुन् । सस्थापन समय बाटै लियोमा लागेर सदस्य पद बात हालसम्म आइ सोहि सस्थाको अध्यक्ष हुन पाउदा कुवर आफुमा सामाजिक जिम्मेबारी अझ बढेको अनुभूत गर्दछन ।

त्यस्तै क्लबको सो नया कार्यसमितिको आइपिपि दिपेन्द्र भट्टराइ ,प्रथम उपाध्यक्षमा होमनाथ सापकोटा,दितिय उपाध्यक्षमा रेशम कडेल, तृतिय उपाध्यक्षमा प्रकाश खनाल, सचिबमा राजन थापा, सहसचिबमा कल्पना डुम्रे ज्ञवाली, कोषाध्यक्षमा रोशन रायमाझी, सहकोषाध्यक्षमा बिकास पन्त पनि निर्विरोध निर्वा्चित भएका छन् । त्यस्तै निर्देशकमा किरण बस्याल, सुदर्शन बस्याल, निर्देशक सदस्यमा हिमाल बेल्बासे, संजय गैरे, बिनोद पाण्डे, उत्तम खनाल, संरक्षक कल्याण श्रेष्ठ, सचेतक दुर्गाप्रसाद खरेल, पिआरओ केशबप्रसाद अर्याल चयन भएका छन् ।

क्लबले अहिले डिस्ट्रिक्ट ३२५ बि २ अन्तर्गत सामाजिक सेवामा अग्रसर भैरहेको छ । गत महिना सम्पन्न सो डिस्ट्रिक्टको सम्मेलन तथा जिल्ला परिषदबाट यसै क्लबका सस्थापक सचिव सरोज कंडेल अध्यक्षमा निर्बाचित भएका हुन् ।

५ बर्ष मै डिस्ट्रिक अध्यक्ष पाउने सम्भवत यस क्षेत्रकै यो पहिलो क्लब पनि हो । देशमै गरिमा बोकेको यस क्लबको सामाजिक गतिविधिको स्थानिय तह तथा विभिन्न युवा , महिला समूह , अनाथ तथा अशाहाय बाल-आश्रम , अपाङ्ग-आश्रम लगायतले प्रशंशा गरेको पाइन्छ । आफु अध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित भएपछी नवनिर्बाचित अध्यक्ष कुवरले आगामी कार्यकालमा सबै सस्थापक समिति, क्लब स्थापनापछि हालसम्मका सबै सदस्य, पुर्व अध्यक्ष, लायन्स क्लबहरुको आवश्यक सहयोगमा यस बर्षको कार्यकाल सामाजिक सेवा संगै उत्साहजनक तरिकाले सम्पन्न गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए । सो प्रतिबद्दता पुरागर्नमा सबैको योगदान हुने भन्दै कुवरले सबैको सहयोग अपरिहार्य रहेको बताए । कुवर आगामी जुलाईबाट सो पद सम्हाल्ने छन् ।

मंगलापुरमा सेवाकेन्द्र सञ्चालनमा

तिलोत्तमा सिटी, चैत । बचत तथा क्रृण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५ ले रुपन्देहीको मंगलापुरमा बुधबारदेखि सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । यसअघि रुपन्देहीकै भैरहवा र मैनाबगरमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको जनउत्थानले मंगलापुरमा तेस्रो सेवा केन्द्र स्थापना गरेको हो ।

सेवाकेन्द्रको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले सहकारीले स्वरोजगार सिर्जना र उत्पादनमूलक क्षेत्रमा गरेको लगानी उदाहरणीय रहेको भन्दै यसलाई निरन्तर कायम राख्न आग्रह गर्दै“ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा” लाई साकार पार्न आफ्नो क्षेत्रमा सौन्दर्यीकरण गरी हरियाली प्रवद्र्धन गर्न पनि सुझाव दिए ।

कार्यक्रममा सहकारीकी अध्यक्ष ज्ञानु पौडेल तिलोत्तमा नगर कार्यपालिकाका सदस्य एचवी रम्तेल, संस्थाका उपाध्यक्ष गिरी पुन लगायतले सहकारीले कृषि, उद्यम, शिक्षा, सामाजिक क्रयाकलापलाई समेत अगाडि बढाएको बताउनुभएको थियो ।

साधारणसभा सम्पन्न गर्ने पहिलो टोल बिकास संस्था शिबुदुर्गा

तिलोत्तमा सिटी, चैत। राजन पन्थी । शिबुदुर्गा टोल बिकास संस्था तिलोत्तमा–१७ ले आफ्नो प्रथम साधारण सभा बरौलिया डाँडामा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष डुलराज न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राधा बश्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयको कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष दान बहादुर चौधरीले आउदा दिनमा टोलबिकास संस्थाले पाउने बजेट, धेरै काम गर्नेलाई धेरै र थोरै काम गर्ने लाई थोरै हुने बताउनुभयो ।

वडा सदस्य द्वय शोभा राना र सन्त बहादुर बस्नेत, संस्थाका सल्लाहकार नेत्र बहादुर राना र पशुपती बश्याल लगायतका वक्ताहरुले साधारणसभा सम्पन्न गर्ने वडाकै पहिलो टोलबिकास संस्था हुन सफल भयकोमा बधाई तथा धन्यबाद ब्यक्त गर्नुभयको थियो । उपाध्यक्ष तारा प्रसाद न्यौपानेको स्वागतबाट सुरुभयको कार्यक्रमको संचालन सचिव चन्द्रा घिमिरेले गर्नुभयको थियो।

त्यहाँका कतिपयले भने यो कार्यक्रम भईरहदासम्म १७ वडा मध्ये कहि कतैबाट पनि टोलबिकास संस्थाले यस्तो कार्यक्रम सम्पन्न गरेको खबर नआएकोले वडामा मात्र होईन समग्र तिलोत्तमामै साधारणसभा सम्पन्न गर्ने पहिलो टोल बिकास संस्था शिबुदुर्गा नै भयको दावी गरेका छन् ।

रक्तदाताको लस्कर लागेपछी

तिलोत्तमा सिटी, चैत । राजन पन्थी । न्यू सनराईज युथ क्लब बरौलिया डाँडाले आफ्नो नियमित कार्यक्रम अन्तरगत “पाँचौ रक्तदान कार्यक्रम“ तिलोत्तमा – १७ स्थित तारकेश्वर शिवालय मन्दिर परिसरमा शुक्रबार सम्पन्न गरेको छ । कार्यक्रममा ४८जनाले रक्तदान गर्नुभयको थियो। रक्तदानका लागि ६३जना उपस्थित भएपनि अनुमान गरी ल्याईएको रक्तसंकलन सामाग्री सकिएपछी ईच्छुक १५जनाको रगत भने संकलन गर्न नसकिएको आयोजक क्लबले जनाएको छ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र भैरहवाका प्राविधिक हरि सापकोटाको टोलीले प्राविधिक सहयोग पुर्याएको थियो । क्लबका कार्यक्रम संयोजक गणेश पाण्डेको अध्यक्षतामा भयको कार्यक्रममा वडाध्यक्ष दान बहादुर चौधरी र वडासदस्य लोकनाथ पाण्डेले स्रोत साधनको ब्यबस्थाका लागि सामुदायिक संस्था हरुले समस्या परिसकेपछी मात्र धाउने परिपाटी अन्त्य गर्दै बजेट अधिवेशन अगावै वडाको शिफारिस सहित आफ्नो वार्षिक कार्यक्रम नगरपालिकामा पेश गर्न सुझाव दिनुभयो ।

त्यसैगरी शसस्त्र प्रहरी बेस गंगोलियाका शसस्त्र प्रहरी निरीक्षक झपिन्द्र बानिया र गंगोलिया स्वास्थ्य चौकी प्रमुख रामेश्वर ढकालले क्लब लगायतका संघसंथाहरुले आयोजना गर्ने यस प्रकारका रचनात्मक कृयाकलापहरुमा सधै सहयोग र सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । त्यसैगरी टोल बिकास संस्थाहरुका तर्फबाट पशुपती बश्यालले रक्तदानको महत्वबारे बोल्नुभएको कार्यक्रमको संचालन सरोज पन्थीले गर्नुभएको थियो ।

थोर्गा गौतम रुपन्देही सम्पर्क समाज गठन

तिलोत्तमा सिटी, चैत। थोर्गा, गुल्मीका अत्रि गोत्र गौतम थरोत्पन्न ( जयनारायण गौतम र तुलसा गौतमका सन्तति )को रुपन्देही सम्पर्क समाज गठन भएको छ । रुपन्देही जिल्लामा अस्थायी तथा स्थायी बसोबास गरि विभिन्न पेशा व्यवसायमा आवद्ध गौतम वन्धुको प्रथम भेला तिलक राज गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । रमेश चन्द्र गौतमको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा ५ नं. प्रदेश सभासद बाबुराम गौतम , रुुरुु गाउपालिका अध्यक्ष निलकन्ठ गौतम,ख्याति प्राप्त पण्डित बाबुराम गौतम लगायतको उपस्थिति रहेको थियो ।

शनिबार सम्पन्न सो भेलाले नया समिति चयन गरेको छ । जसको अध्यक्षमा तिलकराज गौतम , उपाध्यक्ष कोपिला गौतम पौडेल दोस्रो उपाध्यक्ष कमल गौतम, सचिबमा शंकर गौतम, सह सचिब आशिस गौतम, कोषध्यक्ष ईश्वरी गौतम, सह कोषाध्यक्ष मधु गौतम र सदस्यहरुमा अमृत गौतम, रमेस गौतम,हरि गौतम, अर्चना गौतम, राम प्रसाद गौतम, राजिब गौतम, सारदा गौतम लगायतका रहेका छन् समाजले संरक्षकमा बाबुराम गौतम (बाके)लाइ चयन गरेको छ ।

अन्य संरक्षकमा निलकन्ठ गौतम रमेश चन्द्र गौतम, बाबुराम गौतम र सल्लाहाकारहरुमा बालकृष्ण गौतम, चतुर्भुज गौतम,भुवनेश्वर गौतम, गोपाल गौतम, जनक गौतम रहेका छन् । त्यस्तै विधान निर्माण उप समितिको संयोजकमा रविलाल गौतम र सदस्यहरुमा उद्धव गौतम, घनश्याम गौतम रहेका छन् । सो कार्यक्रमको सन्चालन घन्यश्याम गौतमले गर्नुभएको थियो ।

चैतेदशैं , रामनवमी र भगवान रामचन्द्र

ज्यो.चक्रपाणी डुम्रे ( शास्त्री) । चैत महिनाको शुक्ल पक्षको नवमी तिथिमा मनाइने पर्व हो रामनवमी । रामनवमीका दिन श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइन्छ । नौ अंक आफैमा पूर्ण अंक हो । नौ भन्दा ठूलो अर्को कुनै अंक छैन जो कि संयुक्त नहोस् ।भगवान रामचन्द्र पनि आफैमा पूर्ण मर्या्दित पुरूषोत्तम हुनुथ्यो ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।भगवान विष्णुको सातौँ अवतार मानिने रामचन्द्रको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ बृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको बसन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नु भएको थियो ।

प्रायः जसो चाडहरू वर्षमा एकपटक पर्दैछ्न् । तर शास्त्रमा उल्लेख भए अनुसार वर्षमा चार दसैं( नवरात्र वा दुर्गा पूजा पर्छन् । प्रत्येक ३(३ महिनामा नवरात्री पर्व आउँछन् । ती हुन आश्विन,पौष ,चैत र असार शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्म । यद्यपि त्यसमध्ये पनि चैतको र आश्विन शुक्ल पक्षमा पर्ने नवरात्रको विशेष महत्त्व रहेको हुन्छ । आषाढ र पौष महिनामा पर्ने लुप्त दसैं हुन् । नवरात्रीका दिनहरूमा दुर्गा भवानीले नौ रूप धारण गर्ने भएकीले नवदुर्गा को छुट्टाछुट्टै स्वरूपको पूजाआजा , व्रत, उपासना गरिन्छ । के भनिन्छ भने पहिले चैते दसैंलाई नै दसैं रूपको रूपमा मनाईन्थो। पछी असोजलाई अनुकुल मानी शरदीय नवरात्रिमा दसैं मनाउन थालियो ।

चैत शुक्ल नवमीमा भगवान श्रीरामचन्दको जन्मोत्सवका दिन जसले व्रत उपबास बसी श्रद्धा भक्तिपूर्वक भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई बैकुण्ठ बासको प्राप्ति हुन्छ भन्ने शास्त्रीय मान्यता पनि छ । चैतेदसैंको महत्त्वबारे विभिन्न धर्मग्रन्थमा भनिएको छ ( चैत शुक्ल अष्टमीको दिन भवानी उत्पन्न हुनुभएको दिन हो। यसदिन भवानीको बिधिपूर्वक पूजाआजा गर्नाले रोगशोक हटेर आनन्द र सुख मिल्छ भन्ने विश्वास छ। यसै यश दिन देवीको शक्तिपीठमा दर्शनपूजा गर्नेको भिड लाग्दछ।

चैत्र शुक्ल रामनवमी विषयमा यस्तो किम्वदन्ती छ – कुनै समयमा मिथिलामा राजा जनकले आफ्नी छोरीको विवाह पराक्रमी र बलवान् पुरूषसङ्ग मात्र गरिदिने अठोट गरेका थिए ।उनले आफूसँग रहेको शिव धनुष उठाएर त्यसमा ताँदो चढाउन जसले सक्छ उसैसङ्ग सीताको विवाह गरिदिने प्रतिज्ञा गरेका थिए । बाल्यकालमा सीताले सो धनुष कुनै परिश्रमविना उठाएको जनक स्वयंले देखेका थिए । सीता विवाहा योग्य भइसकेपछि उनले स्वयंवर समारोहको आयोजना गरेका थिए । त्यसमा भागलिन राजा जनकले विभिन्न राजा र राजकुमारहरूलाई आमन्त्रण गरेका थिए ।एकसे एक वीर योद्धाहरू उपस्थित भए ।अयोध्याका राजा दशरथका पुत्र श्रीरामचन्द्र पनि मिथिला पुगेका थिए ।

राजा जनकले “ जसले शिवको धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ उसैसङ्ग आफ्नी पुत्री सीताको विवाह गरिदिने घोषणा गर्दै सुरू गर्न आज्ञा दिए । देवी सीतापनि त्यहाँ उपस्तिथि थिइन् । उनको हातमा वरमाला कैयौं राजा र राजकुमारहरूले प्रयास गरे तर विफल भए । राजालाई सीताको बिवाहा नै हुन नसक्ने हो कि भन्ने चिन्ता र्पयो । त्येत्तिकैमा महर्षी विश्वामित्रले आफ्ना शिष्य श्रीरामचन्द्रलाई शिव धनुष उठाउने आज्ञा दिए । श्रीरामले आफूले हासिल गरेको बिद्याका प्रभाव सो धनुष उठाई तादो चढाउन लाग्दा धनुष भाचिएर टुक्रा भयो । सीताले रामचन्द्रलाई वरमाला पर्हियाईन् सीता( रामको विवाह सम्पन्न भयो ।

सीता र रामचन्द्रको बिवाहा बिवाहा पञ्चमीका दिन सम्पन्न भएता पनि सीतारामको सम्झनामा प्रत्येक वर्ष रामनवमीका दिनमा पनि सीता जन्मभूमि जनकपुरमा ठूलो मेला लाग्दछ । भगवान रामचन्द्रले पितृ आज्ञामा दृढ रहनुका साथै धार्मिक,सामाजिक मुल्य र मान्यतालाई उल्लंघन गर्ने रावणरूपी दुष्टहरूको विनाश गर्नु भयो । रामको चरीत्र नियालेर मनन गर्दा पथप्रदर्शक पावन चरित्रको वर्णन पाउदछै । अतस् रामनवमी मनाउदै गर्दा भगवान रामचन्द्रका विचार ,सिद्धान्त र आदर्शलाई जीवन ब्यवहारमा अभ्यास गर्नु हो।

सीताको चरीत्रवाट त्यागको भावना जगाउनु पर्छ।सीताबाट हरेक गृहिणीले प्रेम,विश्वास र समर्पणको शिक्षा लिनु जरुरी छ । आपसी सद्भाव ,भातृत्व प्रेमको शिक्षा राम,लक्ष्मण,भारत र शत्रुघ्नको चरीत्रवाट सिक्न सकिन्छ।तसर्थ पर्व मनाउदै गर्दा त्येसबाट आदर्श र सकारात्मक चरीत्रलाई ग्रहण गर्नु आवश्यक छ तब मात्र पर्व मनाउनुको सार्थकता हुन्छ । अस्तु। ( लेखक नेपाल ज्योतिष परिषद् रूपन्देहीका अध्यक्ष हुन् )

RECENT POSTS