Wednesday, June 19, 2019

नारायणीमा डुबेका तिलोत्तमा शंकरनगरका युवा अझैं भेटिएनन

नयाँबर्षको दिन गङ्गा नुहाउन नारायणीमा साथीहरुसंग गएका गएका तिलोत्तमा नगरपालिका वडा नं. २ का २१ वर्षीय कपिल ज्ञवाली अझै भेटिएका छैनन् । उनी गत आइतबार १ गते बिहानै आफ्ना साथीभाइसँग नुहाउन भनि घरबाट हिडेको स्थानियले बताएका छन् । बिहानै नारायणीमा नुहाउने क्रममा डुबेका उनलाई बचाउन साथीहरु लागेपनि पानीबाट बाहिर निकाल्न नसकिएको र नदीमै बेपत्ता भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

उनको खोजीका लागि सशस्त्र प्रहरी र स्थानीय सक्रिय भएपनि उनको शव भेटिन सकेको छैन । नदि गहिरो भएका कारण शव खोज्न समस्या भएको प्रहरीको भनाइ छ । विभिन्न प्रबिधि अपनाई खोजी कार्य तिब्र बनाइएपनि नभेटिएपछि ज्ञवाली परिवारसंगै स्थानिय स्तब्ध छन् । कपिल परिवारको एक्लो छोरा थिए ।

विभिन्न धार्मिक कार्यमा भजन गाउदै हिड्ने तथा आध्यात्मिक विधामा शिक्षा हासिल गरेका कपिलको एक बैनी र सुस्तश्रवण (बहिरा) बुवा आमा रहेका छन् । उनको खोजीकार्य भएतापनि नभेटिएपछि परिवारले काजक्रिया शुरु गरेको छ । स्थानीयको भनाइ अनुसार बेपत्ता ज्ञवालीलाई खोजिदिन सम्पूर्ण नागरिक समाज, सुरक्षा निकाय सबैमा अनुरोध समेत गरिएको छ ।

द. कोरियामा नेपालीहरू कार्यरत कम्पनीमा भीषण आगलागी/ १ जना सख़्त घाइते

द. कोरियामा नेपाली कार्यरत कम्पनीमा आगलागी/ १ जना सख़्त घाइते
पौष १७/ प्रकाश पाण्डे
दक्षिण कोरियाको चुङनाम आसान प्रान्तमा रहेको दोङही नामक कम्पनीमा गयराती आगलागी हुदाँ १ जना नेपाली सख़्त घाइते भएका छन ।
क़रीब ४० जना नेपाली कार्यरत मोटरपार्टस बनाउने सो कम्पनीको नेपाली कामदारहरू बस्ने अपार्टमेन्टमा गयराती क़रीब साढ़े १ बजे एक्कासी आगलागी भएको थियो । नयाँ बर्ष मनाउने क्रममा छुट्टीमा रहेका नेपालीहरू मध्ये तेस्रो तल्लामा सुतेका एकजना नेपालीको कोठामा बालेको हिटरबाट आगों सल्केको थियो । सबै जना मस्त निद्रामा रहेका बखत तेस्रो तल्लाको पहिलो कोठाबाट शुरू भएको आगलागीले भीषण रूप लिएपछि मात्र नेपालीहरूले थाहा पाएका थिए । सो क्रममा ज्यान जोगाउन झ्यालबाट छतमा चढ्न कोशिस गरिरहेका पुर्बी नेपालका किशोर राई नाम गरेका क़रीब २८ बर्षिय युवा तेस्रो तल्लाबाट अकस्मात भुईमा खसेर सख़्त घाइते भएको सोही कम्पनीमा कार्यरत अर्का नेपाली लेलिन गुरूङले जानकारी दिए । गुरूङ भने झ्याल मार्फत इन्टरनेटको तार मार्फत छतमा चढेर ज्यान जोगाउन सफल भएको जानकारी दिएका छन ।
अपार्टमेन्टको तेस्रो तल्लाबाट भुईमा खसेर सख़्त घाइते किशोर राईको दुबै खुट्टा र ढाड भाच्चिएको छ भने गंभीर अवस्थामा छनानस्थित एक अस्पतालमा उपचार भैरहेको कम्पनीमा कार्यरत अन्य नेपालीहरूले जानकारी दिएका छन । सोही कम्पनिमा कार्यरत अन्य केही नेपालीहरू भने नयाँ बर्ष मनाउने क्रममा कोठा बाहिर रहेकाले थप मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।
सो अपार्टमेन्टको तेस्रो तल्लामा ९ वटा कोठा रहेको र सम्पूर्ण कोठाहरूमा नेपालीहरू मात्र बसोबास गर्दै आएका थिए । आगलागीका कारण नेपाली कामदारहरूको पासपोर्ट, नगद, लत्ताकपडा लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको सोही कम्पनिमा कार्यरत कास्की घर भएका अर्का नेपाली बिपिन थापा मगरले जानकारी दिएका छन । मगरका अनुसार केही नेपालीहरू आगामी महिना भिसा सकेर नेपाल फर्कने तरखरमा रहेको तथा उनीहरूले घरपरिवारका लागी किनेका क्यामेरा, घड़ी, गरगहना, लत्ताकपडा लगायतका धेरै सरसामाग्री पूर्णरूपमा जलेर नष्ट भएकाले के कति क्षति भएको यसै भन्न नसकिने जनाएका छन ।

तिलोत्तामाका वडाअध्यक्ष न्यौपानेले तलव भत्ता सबै बिद्यालयलाई दिने

तिलोत्तमा ।

देशभरीका प्राय सबै स्थानीय तहमा कर र जनप्रतिनिधिले पारिश्रमिक भत्ताले चर्चा पाएको छ । आफुहरुले सेवा सुबिधा उपभोग गर्न कर बढाएको आरोप जनप्रतिनिधिहरुलाई विपक्षी दल तथा नागरीकहरुले लगाईरहेका छन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लगाईएको करको बिरोधमा बिपक्षी काग्रेसले वडा तहमा समेत संघर्ष समिति गठन गरेर बिरोध गरीरहेको छ । बिरोध कार्यक्रममा काग्रेस नेताहरुले जनप्रतिनिधिले लिने गरेको पारिश्रमिक मात्रै होइन भत्ताको समेत व्यापक बिरोध गरेका छन ।
यसैबिच काग्रेसबाट निर्वाचित तिलोत्तमा नगरपालिकाको वडा नम्वर ९ का वडाअध्यक्ष नारायण न्यौपानेले जनप्रतिनिधिका हैसियतमा प्राप्त गर्ने पारिश्रमिक र भत्ता आफनै वडाका बिद्यालयको शिक्षा सुधारमा खर्च गर्ने तयारी गर्नु भएको छ । न्यौपानेले ५ वर्ष सम्म जनप्रतिनिधिका हैसियतमा प्राप्त गर्ने पारिश्रमिक भत्ता सहित अन्य सबै सुबिधा वडामा रहेका गौतम बुद्ध माध्यमिक बिद्यालय, गौतम बुद्ध शिशु सदन र बिश्व शान्ति आधारभुत बिद्यालयमा खर्च गर्ने तयारी गर्नु भएको हो ।
यसको औपचारिक घोषणा केही दिन भित्र वडा कार्यालयमा स्थानीय समाजसेवी, शिक्षवीद तथा संघ सस्थाका प्रतिनिधिको रोहवरमा केही दिन भित्र गर्ने न्यौपानेले बताउनु भएको छ । न्यौपाने भन्नुभयो जनताको सेवा गर्न जनप्रतिनिधि भएको हु सकेसम्म राज्यले जनप्रतिनिधिलाई यस्तो सुबिधा दिनु हुदैन भन्ने मेरो मान्यता छ तर सबैले लिएकाले मैले त्यो रकम सामाजिक सेवामा नै लगाउने निधो गरेको छु। उहाले कुन क्षेत्रमा लगाऔ भन्दा धेरै साथीहरुले शिक्षामा लगानी गर्न सुझाव दिएकाले आफनै वडाका बिद्यालयहरुमा सहयोग गर्ने बताउनु भयो ।
तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले यस अघि नै पारिश्रमिक नलिने घोषणा गरी आफुले पाउने पहिलो र दोश्रो वषर्षको पारिश्रमिक तथा भत्ता नगरपालिका भित्रका ४४ वटा सामुदायिक बिद्यालयका बिद्यार्थिहरुलाई हस्तान्तरण गरीसक्नु भएको छ । वडा नम्वर ९ का अध्यक्ष न्यौपाने पारिश्रमिक तथा भत्ता शिक्षामा खर्च गर्ने भएपछी अन्य जनप्रतिनिधिहरुमा पनि दवाव पर्ने देखिएको छ ।

तिलोत्तमाका बिद्यालय ३ दिनका लागि बन्द

            मोहन न्यौपाने, जेष्ठ २९ ।  तिलोत्तमा नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा गर्मिको कारण सिकाइ कार्यमा बाधा पुगेको भन्दै ३ दिनका लागि बिदा दिने भएको छ । तराइ भेगमा अत्याधिक गर्मि बढेपछि नगरपालिकाले यस्तो कदम चालेको हो ।

नगरपालिकाले एक बिज्ञप्ति जारि गर्दै यहि जेष्ठ ३० , ३१, र असार १ गते गरि ३ दिन बर्खे बिदामा समाबेश हुने गरि गर्मि बिदा दिने निर्णय गरेको हो । अत्याधिक गर्मिसंगै बिद्यार्थी र शिक्षक बिचको ब्यबहारिक सिकाइलाइ प्रभाव पार्ने भएकोले सो बिदा दिइएको नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले बताए । यो हप्ता ३ दिन यता गर्मि ह्वात्तै बढेर ४२ डिग्री सम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाले गर्यो दिवा खाजा र टिफ़िनकारिको ब्यबस्था

      मोहन न्यौपाने,जेष्ठ ७। तिलोत्तमा नगरपालिकाले पहिलो पटक आफ्नो क्षेत्र भित्र रहेका सबै सामुदायिक बिद्यालयका बाल बिकाश तथा कक्षा ५ सम्मका बिद्यार्थीलाइ दिवा खाजा र टिफ़िनकारिको ब्यबस्था गरेको छ । आफ्नै कार्यालायामा एक बृहत कार्यक्रम गरि नगरपालिकाले सबै विद्यालयको प्रतिनिधित्व हुने गरि ६ विद्यालयका ब्यबस्थापन समिति र प्रधानाध्यापक ,शिक्षक तथा विद्यार्थीलाई सहभागी गराई दिवा खाजाको लागि चेक र विद्यार्थीलाई टिफ़िनकारि हस्तान्तरण गरेको हो ।

नगरप्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा प्रधानाध्यापकको तर्फबाट पोल्दै शान्ति नमुना माविका कुल प्रसाद लामिछानेले नगरपालिकाले गरेको सर्हानिय कामको प्रशंशा गरे । उनले हुदा खाने बर्ग पढ्ने सामुदायिक बिद्यालयमा भोको पेटले पढ्न नसक्ने भन्दै यो पुनित कार्यको लागि आफुहरु उत्साहित भएको बताए । त्यस्तै बिद्यालय ब्यबस्थापन समितिको तर्फबाट बोल्दै जना जागृति मावि जोगिकुटिका अध्यक्ष यादव प्रसाद सापकोटाले स्थानिय तहमा आएको शिक्षाको ब्यबस्थापन र कानुनले सामुदायिक स्कुलहरुको स्तरोन्नति हुने र शैक्षिक उन्नति हुनुमा नगरपालिकाको भूमिका उल्लेखनिय रहेको बताए ।

सो कार्यक्रममा बोल्दै नगरप्रमुख बासुदेव घिमिरेले अहिले ब्याप्त जंक फुड हटाउन र विद्यार्थीलाई नियमित स्कुलको अध्ययनमा समर्पित हुन यस्तो कार्यको थालनी गरिएको बताए । घिमिरेले दैनिक २५ रुपैया खाजा खर्च शुरुवात भएकोले विद्यार्थीको पठनपाठनलाइ नियमित र प्रभावशाली बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिए ।

खाजा पकाउन पैसा नहुने र खाजा बनाउन समय नहुनेहरुका लागि बिषेशत यो कार्यको शुरुवात गरिएको नगरप्रमुख घिमिरेले बताए । उनले बालबिकाश केन्द्रका र कक्षा ५ सम्मका सबै करिब १५०० बिद्यार्थी र ४३ सामुदायिक स्कुल हरुमा सो ब्यबस्था गरिएको बताए ।
६ वटा बिद्यालय लाइ शुरुवाती कार्यक्रम मा सहभागी गराई सबै बिद्यालयका अध्यक्ष र प्रधानाध्यापक लाइ चेक तथा टिफ़िनकारि हस्तान्तरण गरिएको थियो । कार्यक्रम मा नगरपालिका भित्रका सबै जनप्रतिनिधि , बिद्यालय ब्यबस्थापन समितिका प्रतिनिधि , प्रधानाध्यापक ,शिक्षक ,बिद्यार्थी तथा अविभावकहरुको उपस्थिति रहेको थियो ।

सो सामुदायिक बिद्यालयका लागि नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार सार्बजनिक बिदाका दिन बाहेक अन्य दिन खाजा उपलब्ध गराइने नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्री ले बताए ।

कर नतिरे सुखै छैन – नगरप्रमुख घिमिरे

          “एकीकृत सम्पति करको कतै समर्थन कतै बिरोध “

मोहन न्यौपाने/प्रकाश पाण्डे, तिलोत्तमा सिटी  । तिलोत्तमा नगरपालिकाले लागु गर्ने भनेको एकीकृत सम्पत्ति करको बिषयलाई लिएर अहिले नगर भित्र समर्थन र बिरोध का स्वर हरु मिश्रित रुपमा उठ्न थालेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले व्यवस्था गरे अनुसार नगरपालिकाले घर, जग्गा, मालपोत, भूमि लगायत छुट्टाछुट्टै उठाउने करको साटो एकीकृत सम्पत्ति कर लागू गर्ने भएको हो । स्थानीय सरकार सञ्चालन ऐनको दफा ५५ मा गाउँपालिका वा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र २०७५ साउन १ देखि एकीकृत सम्पत्ति कर लगाउन सक्ने उल्लेख छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई साउन १ देखि एकीकृत सम्पत्ति कर लिनेगरी कानुन बनाउन यसअघि नै पत्राचार गरेको थियो ।

तिलोत्तमा नगर कार्यपालिकाले एकीकृत सम्पत्ति करको मापदण्ड तयार गर्न गठन गरेको समितिले सरोकारवाला विभिन्न पक्षसँग करका विषयमा छलफल गरिरहेको छ। वडा समितिहरुले समेत वडास्तरमा एकीकृत सम्पत्ति करको मूल्यांकन र मापदण्डबारे आवश्यक छलफल र निर्णय गरेका छन्। कर मूल्यांकन तथा निर्धारण समिति संघीय मामिला मन्त्रालयले पठाएको ढाँचामा एकीकृत सम्पत्ति करको कार्यबिधि बनाउने क्रममा छ ।

करको मापदण्ड तथा सम्पत्ति मूल्यांकनका आधार तय गर्न समितिले अन्य नगरपालिकाहरुमा भइरहेका अभ्यासहरुको तुलनात्मक अध्ययन गरिरहेको तिलोत्तमा नगरपालिकाका कर मूल्यांकन तथा निर्धारण समिति संयोजक दुर्गा प्रसाद पाण्डेले जानकारी दिए। करको मापदण्ड र मूल्यांकन आधारलाई सकेसम्म वैज्ञानिक र वस्तुनिष्ठ बनाइने संयोजक पाण्डेको भनाइ छ । देशका पुराना नगरपालिकाहरुले यसअघि नै एकीकृत सम्पत्ति कर उठाउँदै आएका छन् । तर स्थानीय सरकार सञ्चालन ऐनले करको दररेट र छुट दिन सक्ने प्रावधानको सम्पूर्ण अधिकार सम्बन्धित स्थानीय तहलाई दिएको छ।

विगतमा एकीकृत सम्पत्ति कर वा घरजग्गा करमध्ये कुनै एक कर मात्रै लगाउन पाइने कानुनी व्यवस्था थियो। तर पछिल्लो समय यसै आर्थिक बर्षमा साउन १ गते देखि लागु हुनेगरि एकीकृत सम्पत्ति करको कार्यविधिमा विवरण संकलन, मूल्यांकन प्रक्रिया, कर निर्धारण र असुली, कर छुट, दण्ड र पुरस्कार जस्ता एकीकृत सम्पत्ति कर कार्यान्वयनसँग सम्बन्धित विषय समावेश गरिनेछ।

    करको बिरोधमा मिश्रित र प्रतिपक्षिको आशंका

तिलोत्तमा नगरपालिकाले सरोकारवालाहरुको सहमति र व्यापक छलफल बिनै हचुवाको भरमा जनताले थेग्नै नसक्ने गरी एकीकृत कर उठाउने तयारी गरेको भन्दै प्रतिपक्षि दल नेपाली काग्रेसले बिरोध गरेको छ । नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले गत बिहिबार शंकरनगरमा पत्रकार सम्मेलन गरी अहिले तय गरी लागु गर्न लागेको करलाई व्यापक छलफल गरी जनताले तिर्न सक्ने गरी लगाउन सुझाव दिएको छ । नगरपालिकाले आफनो पार्टी र आम जनताले उठाएको यस बिषयलाई बेवास्ता गरे कडा आन्दोलन गर्ने पनि काग्रेसले चेतावनी दिएको छ ।

कर तिर्नु जनताको दायित्व भएपनि जनताले तिर्नै नसक्ने अर्थात कर तिर्न घर जग्गा नै बिक्रि गर्नुपर्ने अवस्था आउन नहुने नगर समिति नेपाली कांग्रेशका अध्यक्ष हरिलाल पाण्डेले बताएका छन् । पाण्डेले नगरपालिकाले नगरपालिकाको बोर्डमा बहुमतको आडमा र बाहिर सरोकारवालाहरुको सहमति बिना जनताको ढाढ सेक्ने मनासायबाट एकीकृत सम्पति कर निर्धारण गर्दा बिशेस सुझाब लिन आग्रह समेत गरे । एकीकृत सम्पतिको नाममा जनतासंग कर लिई सकेपछि नगरपालिकाले सडक कालोपत्रे अलगायत अन्य निर्माणका काममा पचास पचास को योजना सहभागिता खारेज गर्नुपर्ने कांगे्रसले माग गरेको छ ।

जग्गाको कर निर्धारण गर्नुभन्दा पहिला जग्गालाई कृषि उपज खेतीयोग्य जमिन र व्यवसायिक घडेरी प्रयोजन जमीन दुई प्रकारले जग्गाको वर्गिकरण गर्नुपर्ने, कृषि उपज खेतीयोग्य जमिनको कर प्रतिकठ र व्यवसायिक घडेरी प्रयोजन जग्गाको प्रति धुरको दरले हाल लिदै आउको तिरो कर कायम गरिनुपर्ने, घरको कर निर्धारण गर्दा आवासीय घर र व्यवसायिक पयोजनको घरगरी वर्गिाकरण गरेर कर निर्धारण गर्नुपर्ने तिलोत्तमा कांगे्रसले माग गरेको छ ।

त्यस्तै नगरभित्रका अन्य केहि व्यक्तिले भने यसअघि नेपाल सरकारको नियम नीति अनुसार नगरपालिका , उप महानगरपालिका ,महानगरपालिकामा तिरिदै आएको एकीकृत सम्पति कर कुनै नौलो कुरा र आशंका मान्नुपर्ने कुरा नरहेको बताएका छन् । तिलोत्तमा -२ बस्ने गोबिन्द भुसालले सम्पतिको छल, ढाट र सम्पति लुकाउनेहरु अब करको दायरामा आउन एकीकृत सम्पति करले ठुलो सहयोग गर्ने बताएका छन् । त्यस्तै तिलोत्तमा -३ बस्ने हरि सापकोटाले करको दायरामा सबैवर्ग समुदायलाई समेट्ने गरि धेरै सम्पति हुनेलाई धेरै र थोरै सम्पति हुनेलाई सिमित करको बन्धनमा पार्नुपर्ने र देश विदेशमा समेत समृद्दिको पहिलो खुड्किलो कर भएकाले सो कार्य पहिल्यै नै गर्नुपर्ने बताए । त्यस्तै तिलोत्तमा -१ का सन्दिप भट्टराईले अब घर जग्गाको छुट्टा छुट्टै तिरिएको कर एकै पटक तिर्दा अचम्म र आशंका मान्नु पर्ने केहि नभएको बताए । उनले बरु करलाई सहुलियत गरि नगरमा सबै सम्पतिको स्वरुप अनुसार लगाउनुपर्ने बताए ।

एकिकृत सम्पत्ति कर सम्बन्धि सुझाब संकलन तिलोत्तमा नगरपालिका वडा न ४ ले आर्थिक बर्ष २०७५र०७६ को बजेट निति तथा एकिकृत सम्पति कर सम्वन्धि सुझाव संकलन कार्यक्रम पनि गरेको छ । तिलोत्तमा नगरपालिकाले लागु गर्ने भनेको एकिकृत सम्पत्ति कर, अबको बजेट, निति तथा कार्यक्रमबारे जानकारी लिने र दिने उद्धेश्यले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागी वडा नं ४ का स्थानीय बासिन्दाले, नगरपालिकाले ल्याएको कर विनियोजन सम्बन्धि कार्यक्रम स्वागतयोग्य र प्रशंशनिय भए पनि करका बारेमा आम सर्वसाधरणलाई प्रत्यक्ष जानकारी नहुदा आतंक छाएको गुनासो गरे । कार्यक्रममा सहभागीहरुले नगरपालिकाले अहिलेसम्म सेवा सुविधा दिने भन्दा पनि कर मात्रै असुली गर्ने हिसावले अघि बढेको हो कि भन्ने भान परेको बताए । कर बढी उठाएर मात्र नगरपालिकाको विकाश नहुनेमा सहभागीहरुले जोड दिए । कार्यक्रममा बोल्दै समाजसेवी एंव वडा न ४ का स्थानिय रुकु पाण्डेले, खुसीसाथ कर तिर्ने वातावरण बनाइनुपर्नेमा जोड दिए ।

त्यस्तै अर्का वक्ता पार्थमणि आचार्यले, करको नाममा स्थानियसंग ठुलो रकम असुली गर्न नहुनेमा नगरपालिकाको ध्यानार्कषण गराए । कार्यक्रममा बोल्दै स्थानीय यम बहादुर परियारले, करलाई व्यवस्थित र मान्छेको आयआर्जन अनुरुप उठाउन आग्रह गरे । कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिदै वडा न ४ का अध्यक्ष दिवाकर ढकालले, सबैको सुझाव र सल्लाहलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । साथै उनले तत्काल सम्पति कर लगाएतका विषय लागु गर्ने भन्दा पनि अहिलेको यो कार्यक्रम सुझाव संकलन मात्र रहेकोले सबैको चित्त बुझ्ने गरि बृहत छलफल पश्चात बजेट लगायतका कार्यक्रम ल्याइने जानकारी दिए ।

   कर नतिरी सुखै छैन : घिमिरे

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले यसै आर्थिक बर्ष देखि सरकारले देशभरका स्थानिय तहमा लिने गरि निर्णय गरेको एकीकृत सम्पति कर नतिरी सुखै नहुने बताएका छन् । सरकारले देशै भरि गाउपालिका लगायत नगरपालिका तथा उप र महानगरपालिकामा समेत यहि आर्थिक बर्ष बाट एकीकृत सम्पति कर तिर्नुपर्ने प्राबधान बनाएकाले पनि कर तिर्नैपर्ने स्पस्ट पारे।

जनज्योति क्लब डिङ्गरनगरले आफ्नो १८ औ बार्षिकोत्सब मनाउने क्रममा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले करको बिषयमा अफबाह फैलाउने , बिरोध गर्ने र कर सम्बन्धि अनावश्यक आशंका पाल्ने काम त्याग्न सबै नगरबासीमा आग्रह गरे । उनले, – हामी एउटै मात्र नगरपालिका होइन , जो एकीकृत सम्पति कर तिर्ने , देशका सबै नगरपालिकाहरुले कर तिर्नुपर्ने र त्यसमा तिलोत्तमा नगरपालिका उम्कन नपाउने बताए । घिमिरेले, प्रश्न मात्रै तेर्स्याउने तर जवाफ सुन्न नचाहनेहरुले यस्तो आशंका फ़ैलाएकोमा त्यो आशंका नगरबासिमा नराख्न समेत आग्रह गरे ।

एकीकृत सम्पति कर हचुवाको भरमा नल्याइएको र यसका लागि धेरै अभ्यास गरिएको भन्दै उनले यसअघि अन्य छिमेकी नगरपालिकाले समेत कर तिरिरहेको जानकारी दिए। प्रमुख घिमिरेले किसान र खेतीपाती हुदै आएको जमिनको हकमा अत्यन्तै कम कर लगाइने गरि नीति तथा कार्यक्रम ल्याउन लागेको पनि जानकारी दिए । साधारण अर्थमा भन्नुपर्दा हाइवे र ब्यबसाय तथा उद्योगको हकमा केहि बढी कर तिर्नुपर्ने स्वाभाविकै भएको उनले उल्लेख गरेका छन् ।

राप्रपा नेपाल अध्यक्ष गाहा सहित कांग्रेस सम्बद्द सयौ युवा बामगठबन्धनमा प्रवेश

तिलोत्तमा सिटी

नेकपा एमाले तथा नेकपा माओबादी केन्द्र बामगठबन्धनका साझा उम्मेद्वार दधिराम न्यौपाने (माधव शर्मा) ले समग्र रुपन्देहीको समृद्धिसँगै क्षेत्र न १ को बिकाशे योजना र खाका आफुसँगै रहेकाले कुनै अर्को पार्टीको ब्यक्तिले जितेर त्यों पुरा गर्न नसक्ने बताएका छन । साथै बिपक्षीका खोक्रा भाषणले जनता आजित भैसकेको भन्दै त्यसैको प्रतिफल मंगलवार सयौंको संख्यामा बाम गठबन्धनमा युवाहरूको प्रवेशले आफ्नो जीत सुनिश्चित जस्तै भएको दाबी गरे । क्षेत्र न. १ प्रदेश सभा २ का उम्मेदवार समेत रहेका नेता न्यौपाने बिपक्षीको डफ्फुले आफुहरूको जीतलाई कुनै हालतमा रोक्न नसक्ने प्रष्ट पारे ।

संयुक्त बाम गठबन्धनले देवदह १० चरगेंमा मंगलवार आयोजना गरेको चुनाबी कोणसभा तथा घरदैलो कार्यक्रमलाई संबोधन गर्दै क्षेत्र न. १ संघीय सभा सदस्य छबिलाल बिश्वकर्माले बाम गठबन्धनले बहुमत ल्याएरै छाड्ने दाबी गर्दै देउवा काँग्रेस हारको संघारमा रहेको बताए । चरगेंका सम्पूर्ण समस्यालाई आफ्नै संझेर काम गर्ने बताउदै विस्वकर्माले बिशेषगरि त्यस क्षेत्रको सकुम्वासी र नदी कटानको समस्या, विश्वविद्यालय निर्माण, वन पैदावारको संरक्षण, चरगें हुदै झुम्सा जोड्ने बैकल्पिक मार्ग लगायत बुटवलको शिवनगर जोड्ने सडकलाई पनि पूर्ण स्वरूप दिइने प्रष्ट पारे ।

दुबै उम्मेदवारद्धयले चरंगे क्षेत्रका मतदाताका घर घर पुगेर भोट माग्दै आफ्ना एजेण्डा सुनाएर स्थानीय मतदातालाई विस्वस्त तुल्याउदा स्थानीयले दुबै नेताद्घयलाई जीतको शुभकामना दिदै फूलमाला अबिरले स्बागत गरेका थिए । सो चुनाबी सभा मा देवदह वार्ड न १० मा स्थानिय निर्वाचनमा प्रतिश्प्रधि समेत बनेका राप्रपा नेपालका अध्यक्ष मिन बहादुर गाहा सहित कांग्रेस सम्बद्द सयौ युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका थिए ।
प्रवेशी हरुलाई संयुक्त रुपमा प्रतिनिधि सभाका उम्मेदवार छबिलाल बिश्वकर्मा तथा प्रदेश सभा २ का उम्मेदवार दधिराम न्यौपाने एम.एस. ले टिका तथा अबिर लगाएर सम्मान गरेका थिए । घरदैलो तथा चुनाबी सभा अन्तगर्त उम्मेदवार सहितको टोलीले चरंगेंका डाँडाटोल,शिवचोक, मिलनचोक, निमचोक लगायतका क्षेत्रहरूमा पुगेर मत मागे । सो क्रममा ती क्षेत्रका स्थानीय बासिन्दाले बिकाश र निकाशको नारा बोकेको बाम गठबन्धनलाई जिताई छाड्ने प्रतिबद्धता ब्यक्त गरेको नेताहरूले प्रतिक्रिया दिए ।

भाच्चिए सिक्सलेन सडकखण्डका फलामे रेलिङ्गहरु, निगरानी कसको ??

प्रकाश पाण्डे

भाच्चिए सडकछेउका फलामे रेलिङ्ग पोष्टहरु, कुरुप बन्दै सिक्सलेन सडकखण्ड, निगरानी कसको ?? 

रुपन्देहीको भबिस्यसँग जोडिएको सिक्सलेन सडकखण्ड निर्माण सम्पन्न नहुदै कुरुप बन्दै गएको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन । सिक्सलेन अन्र्तगत माथिल्लो क्षेत्रमा अहिलेसम्म बुटवलदेखि मणिग्रामसम्मको करीब ८ कि.मि. काम सम्पन्न भएको छ । घरै अघि सिक्सलेन निर्माण सम्पन्न भएको छ तर सडकको रेखदेख कसको हो ? यसको सहि ब्यवस्थापन कसले वहन गर्ने ? नत स्थानियलाई चासो छ नत सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिलाई नै । जसको कारण सिक्सलेनको सुन्दरता एंव सुरक्षालाई मध्यनजर गर्दै सडकछेउमा निर्माण गरिएका फलामे रेलिङ्ग पोष्टहरुको रेखदेख एंव निगरानी नहुदाँ तोडफोड र भाच्चिएका छन । यात्रुहरुको सहजताको लागी निर्माण गरिएका कतिपय प्रतिक्षालय पनि दयनीय अवस्थामा पुगेका छन ।
“ग्रीन तिलोत्तमा–क्लिन तिलोत्तमा” माथिको धावा–
बाहिरबाट झट्ट हेर्दा सिक्सलेन सुन्दर, हराभरा एंव ढकमक्क फुलेका फुलहरुले मनमोहक देखिए पनि सिक्सलेन खण्डको भित्रि पाटोहरु केलाउदै जाँदा छिट्टै नै मानवीय अतिक्रमणले यसको स्वरुप परिवर्तन भै कुरुप हुने हो की भन्ने चासो र चिन्ता बढेर गएको छ । बुटवलबाट योगिकुटी चोक हुदै मणिग्रामसम्म आइपुग्दा ठाउँ–ठाउँमा सडक छेउछाउका रेलिङ्ग पोष्टहरु भाच्चिएका छन भने प्रतिक्षालयहरुमा समेत तोडफोड र छेडखानी गरिएको छ ।  ड्राइभरटोल चोक मै रहेको प्रतिक्षालय ढल्ने स्थितिमा पुगेको छ । बाहिरबाट हेर्दा घुडा टेक्न लागेको जस्तो भान पर्ने सो प्रतिक्षालय जुनसुकै बेला पल्टिएर मानबिय क्षति हुने प्रबल संभावना छ । प्रतिक्षालयको उत्तरतर्फको टेका भाच्चिएर खुम्चिएको छ भने सिङ्गो प्रतिक्षालय खण्डहर जस्तै देखिन्छ । तिलोत्तमा–४ ड्राइभरटोलचोकमा किराना पसल सञ्चालन गर्दै आएका अशोक खत्रीका अनुसार करीब २५ दिन अघि प्रतिक्षालयमा सेतो रंगको ट्रयाक्सले ठक्कर दिएको थियो । साँझको बेला ठक्कर दिएकाले सो गाडीको नम्बर पहिचान गर्न गाह्रो परेको उनको भनाई छ । ठक्कर दिए लगत्तै ड्राइभरटोल प्रहरीलाई खबर गरि घटनाबारे जानकारी दिएपनि प्रहरी आइनपुग्दै गाडीवाल फरार भएको खत्रीको भनाईलाई उद्दत गर्दै अस्थायी प्रहरी चौकी ड्राइभरटोलका सई तारा अधिकारीले जानकारी दिए । उनका अनुशार “ठक्कर दिने बित्तिकै बुटवल लगायतका नाकाहरुमा प्रहरीलाई खबर गरि सो गाडीबारे खोज तलासी गर्यौ तर पत्तो लागेन” ।
अस्पताल अगाडी लत्रेको रेलिङ्ग /छैन जेब्राक्रसिङ्ग–
मणिग्रामको क्रिमसन अस्पताल अगाडी पनि फलामे रेलिङ्ग पोष्टहरु भाच्चिएर कच्याककुच्चुक भएको २० दिन नाघिसकेको छ ।  मानिसहरुको बढी नै चहलपहल हुने सो क्षेत्रमा सिक्सलेन सडकखण्ड वारपार गर्न न त जेब्राक्रसिङ्ग कै ब्यवस्था गरिएको छ न त भाच्चिएको रेलिङ्ग पुनःनिर्माणबारे कसैलाई चासो नै । अस्पताल बाहिर ब्यापार–ब्यवसाय गर्नेहरुका अनुशार करीब २० दिन अघि ट्रयाक्टर बोकेको ट्रक घुमाउने क्रममा बारमा लागेर सो रेलिङ्ग क्षतिग्रस्त भएको थियो । साँझको बेला भएकाले पनि ट्रकको नम्बर लिन नसकिएको उनीहरुले बताए । स्थानीय कै भनाईमा “अस्पताल अगाडीको घटना भएकाले यस्ता कुराहरुमा अस्पताल प्रशासनको पनि ध्यान जानु पर्ने हो । तर गएको देखिएन” । यसैगरि योगिकुटी देखि केही तल पनि रेलिङ्गहरु भाच्चिएर सडकमा यत्रतत्र फालिएका छन तर यसबारे नत त्यहाँका स्थानीयलाई नै कुनै चासो छ नत निर्माण कम्पनिलाई नै । करीब डेढ बर्ष अघि मध्यरातमा बुटवलबाट हुइकिदै आएको कार अनियन्त्रित भई आफनो ट्रयाक छोडी रेलिङ्गमा ठोक्किन पुग्दा कारमा सवार दुई जना मध्ये एक जना सख्त घाइते भएको स्थानियले बताए । योगिकुटी कै स्थानियहरुको भनाईमा “घाइतेहरु उपचार पश्चात सामान्य अवस्थामा फर्किसकेका छन तर सडकको रेलिङ्गले भने अहिलेसम्म उपचार पाएको छैन ।”
९९ वटा रेलिङ्ग पोष्टमा क्षति / ब्यापारिक मार्ग बिस्तार आयोजना–
बुटवल चौराहादेखि मणिग्रामसम्म ९९ वटा रेलिङ्ग पोष्ट क्षतिग्रस्त भएका छन । ब्यापारिक मार्ग बिस्तार आयोजना बुटवल–बेलहियाका ईन्जिनियर गोबिन्द कुमार श्रेष्ठका अनुसार अधिकांश क्षतिका घटना रातको समयमा हुने गरेका कारणले दोषिहरु कार्वाहीको दायरामा आउन सकेका छैनन । राती मदिरा सेवन गरि अनियन्त्रित रुपमा गाडी कुदाउनेहरुबाट ज्यादातर यस्ता घटना हुने गरेका छन । त्यस्तैे दिउसै पनि खुल्ला सडकमा हावाको बेगमा सवारी साधन हुइकाउनेहरुले पनि यस्ता घटना घटाउने र भाग्ने गरेका छन । श्रेष्ठले दिएको जानकारी अनुसार रेलिङ्ग भाच्ने कार्यमा संलग्नहरुबाट अहिलेसम्म हर्जाना बापत १ लाख ५० हजार पेनाल्टी तिराईएको छ । तर क्षति भएका सबै रेलिङ्ग पोष्टहरुको पुर्न निर्माणको हिसाब निकाल्दा भने करीब साँढे ४ लाख खर्च आउने उनले जानकारी दिए ।
१ महिना भित्रै क्षतिग्रस्त रेलिङ्ग र प्रतिक्षालयको पुर्ननिर्माण हुन्छ ; ई. श्रेष्ठ–
भत्काईएका फलामे रेलिङ्ग र ड्राइभरटोलमा घाइते अवस्थामा रहेको रुग्ण प्रतिक्षालयबारे आफुहरु पूर्ण जानकार रहेको बताउदै इन्जिनियर श्रेष्ठले अबको एक महिना भित्रै पुर्न निमार्ण सम्पन्न भैसक्ने दाबी गरे । “सानो काम भएकाले काम गर्ने ठेकेदार नपाउँदा अलिकता ढिलाई हुन गएको हो, अहिले भने जस्तै काम गर्ने मान्छे भेटेका छौ श्रेष्ठले भने, अबको एक महिना मै रिजल्ट आउने छ ।

” उनका अनुसार जानकीनगरदेखि मणिग्रामसम्मको जम्मा ३ किलोमिटरको काम “शर्मा लामा कान्छाराम” भन्ने कम्पनिको भएकाले उसैको मातहतमा बिग्रे भत्केका काम सम्पन्न गर्ने गरि पुर्न निमार्णको काम शुरु गरिसकिएको छ भने जानकीनगरदेखि माथिल्लो खण्ड बुटवलसम्म भने आफुहरु कै मातहतमा एक महिना भित्रै काम सम्पन्न गरिने प्रतिबद्धता जनाएका छन ।
सिक्सलेन सडकखण्डले नगरको सुन्दरता बढाएको त छ नै, ब्यापारिक र ब्यवसायिक दृष्टिकोणले पनि यो सडकखण्ड अति महत्वपुर्ण मानिन्छ । देश कै सबैभन्दा ठुलो नाकाहरु मध्येको एक बेलहिया नाका जोडने यो सडक भारतीय नाकाबन्दी र मधेश आन्दोलनका बेला पनि निर्बाध सञ्चालनमा रहेको थियो । तसर्थ देशकै आर्थिक मेरुदण्डका रुपमा रहेको सिक्सलेन सडकखण्डको संरक्षण, सम्त्र्रधन र सुरक्षा गर्नु तपाई हामी सबैको कर्तब्य हुन आउँछ ।

तिलोत्तामाकी उर्मिलाले गरिन २५ रुपैयामा बिहे,१७ मिनेटमा बिबाह सम्पन्न

मोहन न्यौपाने , तिलोत्तमा । झट्ट सुन्दा अपत्यारिलो छ खबर , तर सत्य यहि नै हो । तिलोत्तमा–११ मृगौली निवासी कुरेश यादव कि माहिली छोरी हुन् उर्मिला । हाल राममणि क्याम्पसमा स्नातक तह बिएड तेस्रो बर्षमा अध्ययनरत उनि र नवलपरासी रामग्राम–१० मंझरिया निवासी रामकुण्डल यादवका सुपुत्र सुरज यादव बीच एकसाथीको बिहेमा पहिलो देखादेख भएको थियो ।
उनीहरुलाई लागेको थिएन यो एकैछिनको देखादेख जिबनको कडी बन्छ भनेर । तर भावीले लेखेको कसैले मेट्दैन भनेझै भयो उनीहरुको सामाजिक लोकप्रिय बिबाह सम्पन्न भयो । हुनत, थारु , मधेशी लगायतका समुदायमा उमेर पुगेपछि त्यसमाथि दाइजो बिना बिबाह हुन ठुलै युद्द लड्नुपर्छ । तर हामी समाजले के भन्ला भनेर भन्दा पनि दाइजो प्रथा हटाउन सक्ने सक्षम नागरिक बन्नको लागि यस्ता युद्द नककडि सफलता पाउन सकिन्छ भन्ने उदाहरण उर्मिलाले पस्केकी छिन ।
सुरज र उर्मिलाको जोडी देख्दा जति राम्रो देखिएको छ त्यतिनै भित्रि तस्बीर फराकिलो र उजागर देखिएको छ । उनीहरुमात्रै होइन अभिवाबकको समेत राजिमा उनीहरु सल्लाहले २५ रुपैयामा बिहे गर्न राजि भए । बजार मूल्य २५ पर्ने एउटा सिन्दुरको बट्टा नै उनीहरुको सोच्ने , रोज्ने र किन्ने बिहे बजार बन्यो । बेहुला सुरजको तर्फबाट किनेको भनेको सिन्दुरको बट्टामात्र हो जुन उनले २५ रुपैयामा किनेका रहेछन ।
त्यसो त बेहुलीको तर्फबाट कुनैपनि बजार गर्नुपरेन । समाजका सबै प्रतिष्ठित व्यक्तिहरु , हुनेखाने , हुदाखाने सबै महिला बालबालिका सज्जनबृन्दलाइ बोलाएर सो बिबाह सम्पन्न भयो, मात्र १७ मिनेटमा । सुरज र उर्मिलाको परिवार पैसावाला नभएका होइनन , खेति किसानी गर्दै आएका दुबैको परिवामा मनग्य सम्पत्ति पनि छ, तर त्यो भन्दा ठुलो सम्पत्ति उनीहरुको सोच भैदिएको बिबाह सम्पन्न स्थान स्कुलका प्रिन्सिपल बलिराम यादव बताउछन । त्यसो त एक स्थानिय महिला सुबरना यादव पनि अबको जमाना दाइजोमै अल्झिने जमाना नभएकोले परिवारले गर्ने पालन पोषण र शिक्षा दिक्षा नै दाइजो भएको बताउछिन ।
६ महिना अगाडी देखादेख भएपनि उनीहरुको खासै भेट भने भएको थिएन । दुवै स्नातक तह पढ्दै गरेका उनीहरुको सबै भन्दा मन मिलेर आफ्नै चाहनाले यस्तो दाइजो बिरोधि बिहे गर्न राजी भएको बताएका छन् । बुवा आमाले त हामीलाई यत्रो बर्ष पाल्नुभयो , पढाउनुभयो अब फेरी दाइजो दिएर मलाई छोरी दिनु पर्ने यो कस्तो कुरीति हो ? अचम्म मान्दै यसको बिरोध गर्नु सबै युवा युवती हरुको जिम्मेबारी भएको बेहुला सुरज यादव बताउछन । त्यस्तै , बेहुली उर्मिला भन्छिन “ अहिलेको समयमा छोरी जन्माउने कस्ट भएको सन्दर्भमा भ्रुण हत्या र दाइजो अनि कम उमेरमै बिहे गरिदिने प्रचलन रहेको बेला मलाइ जन्म दिएर शिक्षा दिक्षा दिनु नै मेरो लागि दाइजो हो “ । अभिवाबकले दिनुभएको केहि नगद र जग्गा जमिन अनि जिन्सिले हामीलाई कहिले सम्म पुग्छ हामी पढेका छौ त्यो कुरा हरु हाम्रो लागि आवश्यक भएमा आफै कमाउने प्रयास गर्छु तर दाइजो र जन्ती खुवाउने कामको नाममा कसैले पनि ऋण को भारि बोक्न अनापरोश भन्ने हाम्रो उदेश्य हो मुश्काउदै उर्मिला भन्छिन ।

त्यसो त बिबाह स्थानमा साधारण टेण्ट र साइडमा चियाको फिल्टरसंगै खोलेर राखेको बिस्कुट ट्रे मा थियो । जन्ती खान आएकाहरुले त्यै कोशेली मानि चिया बिस्कुट खाएका थिए भने धेरैले त्यहि पनि नखाने बिचार ब्यक्त गरेका थिए । आखिर त्यो खर्च कसले गर्यो त भन्दै सोध्दै जादा कबिर उपासक समाज नेपालले सो खर्च गरेको रहेछ । माइकमा बिहेको मन्त्र १७ मिनेट पढेर गराइएको बिहेमा त्यै टेण्ट र माइक खर्चको बारेमा सोध्दा बताउन नचाहेकाले पछि त्यसको बुझ्दै जादा सबै खर्च बराबर गर्दा ४ हजार रुपैया पुगेको समाजका संयोजक शर्मा प्रसाद यादव ( दास ) ले बताएका छन् ।

विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामान नै दाइजो हो । यसलाई तराई तथा मधेसतिर दहेज पनि भनिन्छ। सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामान, जस्तै– फर्निचर, कपडा जस्ता सामग्री दाइजो दिइन्छ । सुनरचाँदी, हिरारमोतीका महँगा गरगहना पनि दाइजोमा पर्छन् । समयक्रमसँगै आधुनिक सुविधाका सामग्री, जस्तै– टिभी, मोटरसाइकल, कम्प्युटर, कार जस्ता सामग्री पनि दाइजोका रूपमा दिइने गरेको पाइन्छ ।

तराई मधेसका कतिपय ठाउँमा त केटाको पढाइ र जागिरलाई दाइजोको मानकका रूपमा पनि लिइएको पाइन्छ । जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै धेरै दाइजो ! सामान्यतः दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढंगले लिएकोमात्र पाइन्छ। सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक छ । किनकि दाइजो सामान्यरूपमा उपहारजस्तो बुझिन्छ । उपहार त दिए पनि हुन्छ र नदिए पनि हुन्छ । तर दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक कुप्रथाका रूपमा जरा गाडेको छ ।

दाइजो एक प्रथा भएकाले यो बाध्यात्मक छ । यसले समाजमा असमानता, उत्पीडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधलाई मलजल गरिरहेको छ । दिनहुँजस्तो हाम्रो समाजमा हुने महिला हिंसा, हत्या, आत्महत्याजस्ता घटना यसका ज्वलन्त प्रमाण हुन् । यस्ता घटनाको प्रमुख कारक दाइजो प्रथा हुने गरेको सम्बन्धित अनुसन्धानले पुष्टि गरेको छ। तसर्थ दाइजोले कस्तारकस्ता समस्या एवं विसंगति निम्त्याउँछ र यसको समाधानका लागि के गर्नुपर्छ ? भन्नेजस्ता कुरामा आमनागरिक सचेत हुनु जरुरी छ ।

उर्मिला र सुरज समाजको एक पात्र मात्र हुन् । उनीहरुजस्तै दाइजो प्रथाको उन्मुलनका लागि हामी सबै युवा तथा अभिभाबक अब जुट्नु जरुरि छ । यसर्थ आज सबैले भन्नुपर्छ कि दाइजो प्रथा होइन, यो एक कुप्रथा हो। यो एक सभ्य समाजको बाधक हो । यसको निवारणका लागि विभिन्न नियम कानुन नबनेका पनि होइनन्। नेपालको संविधान २०७२ ले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिकरूपमा समान हुुनुपर्ने परिकल्पना गरेको छ। यसरी लैंगिक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रचलनमा ल्याइनु आफैँमा विरोधाभाष हो। त्यसैले कानुनका पन्नाहरुमा मात्र सीमित नभई व्यवहारमै हामीले दाइजो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने आजको आवश्यक्ता हो ।

मोटरसाइकल दुर्घटनाबाट तिलोत्तमामा एक युवकको मृत्यु

तिलोत्तमा नगरपालिका १ स्थित नयामिलबाट पुर्ब प्रगतिचोक नजिकै बाटोमा मोटरसाइकल दुर्घट्ना हुदा एक जनाको मृत्यु भएको छ । गुल्मी घर भै हाल शंकरनगर बस्दै आएका २३ बर्षीय भानु शर्मा घिमिरेको दुर्घटना भै उपचारका लागि क्रिमसन अस्पताल लैजादै गर्दा निधन भएको प्रहरीले बताएको छ ।

राति कार्यालयबाट घर फर्किदै गरेका घिमिरेको मोटरसाइकल अनियन्त्रित भै ढुङ्गामा ठोकिदा अचेत अवस्थामा स्थानीयले भेटाएका थिए । गएराति लगभग १०:३० बजेतिर भएको सो दुर्घटनाको बेस्सरी आवज आएपछि केहि संख्यामा स्थानियहरु घटना स्थलतर्फ आएका थिए।स्थानीयको सहयोगमा क्रिमसन अस्पताल पुर्याउदै बाटोमै निधन भएको एक स्थानिय तुलसीराम कंडेलले बताएका छन् ।

बिगत १ बर्ष देखि घिमिरे नेशनल प्याथ ल्याब बुटवलमा कार्यरत रहेका थिए भने उनका बुवा आमा अहिले भारतको कश्मिरमा सेक्युरिटीमा कार्यरत छन् । घिमिरेको शब् अहिले लुम्बिनी अञ्चल अस्पतालमा रहेको प्रहारले बताएको छ ।

RECENT POSTS