Wednesday, June 19, 2019

बुटवलमा प्रदेशको स्थायी राजधानी स्थापित गर्न बुटवलवासीको सहयोग आवश्यकः मन्त्री चौधरी

प्रदेश नम्बर पाँचका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले बुटवलमा प्रदेशको स्थायी राजधानी स्थापित गर्न बुटवलवासीको सहयोग आवश्यक रहेको बताएका छन्।

डिभिजन सडक कार्यालय परिसर भित्र प्रदेशको मुख्यालय राख्ने प्रदेश सरकारको निर्णय बिरुद्ध त्यहाँका सरकारी कार्यालयले अवरोध खडा गरेकोे उनले बताए।

बुटवलमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले असार महिना पछाडि विस्तृत रुपमा भौतिक व्यवस्थापनको काम गर्ने गरि तयारी गरिरहेकोमा सरकारी कार्यालयबाटै अवरोध आएको उनले बताए।

प्रदेश सरकारले भौतिक व्यवस्थापनको लागि चालु आर्थिक वर्षमा बिनियोजन गरेको ५ करोड रकम खर्च हुन नसकि थन्किएर रहेको मन्त्री चौधरीले बताए। ‘असार पछाडि फूल फेजमा काम गर्नेगरि बुटवललाई व्यवस्थित राजधानी बनाउने सोच बनाएका थियौ, अहिले डेडलक भएको छ, बिनियोजित ५ करोड बजेट पनि खर्च हुन नसकि थन्किएर बसेको छ,

सडक विभाग परिसर भित्र रहेका सबै कार्यालयलाई अन्यत्र सारि सडक विभाग परिसरमा मिनी सिंहदरबार बनाउने गरी स्थान तोकिदिए पनि त्यहाँबाट हट्न नखोजेको उनले बताए। मन्त्री चौधरीले प्रदेश सरकारको आग्रहलाई वेवास्ता गर्दै त्यहाँका कार्यालयहरु माथिको निर्देशन पर्खिएर बसेको बताए।

‘सडक बिभागको कम्पाउड भित्र रहेका कार्यालयलाई सर्नको लागि प्रदेश सरकारले ठाउँ तोकिदिएको छ,’ मन्त्री चौधरीले भने ‘उहाँहरू माथिको निर्देशन बिना सर्न नसकिने भन्दै अवरोध गरिरहनु भएको छ, माथि कहाँ हो? संघीयतामा सबै प्रदेश मातहत हुनुपर्छ भनेर संविधानमा लेखिसकेको छ।’

डिभिजन सडक कार्यालय परिसरभित्र रहेका कार्यालय भने प्रदेश सरकारको निर्णयको आधारमा बिभागबाट पत्र नआई कार्यालय छाड्न नसकिने बताएका छन्।

हेभी ईक्वीपमेन्ट डिभिजन बुटवलका निमित्त प्रमुख मेघराज शर्माले प्रदेश सरकारले पत्र पठाए पनि केन्द्रीय सरकारबाट विधी र प्रकृया पुरा भएर आफूहरूलाई निर्देशन नआएको बताए। उनले प्रदेश सरकारको पत्र प्राप्त भएपछि केन्द्रीय विभाग र मन्त्रालयसँग अनुमती मागेर पत्र पठाएको र अनुमती आउने वित्तिकै सर्ने प्रक्रियामा अगाडि बढ्ने बताए।

प्रदेश सरकारले प्रदेश मुख्यालय राख्ने उपयुक्त जग्गाको छनोट गर्न प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा सर्वपक्षिय समिति बनाएको थियो।

सोहि समितिले बुटवलमा रहेको सडक डिभिजनको कम्पाउण्डमा रहेको २ सय १२ रोपनी जग्गामा प्रदेश मुख्यालय राख्न उपयुक्त रहेको प्रतिवेदन संगै त्यहांका कार्यालयहरु स्थानान्तरण गर्न सकिने विकल्प समेत प्रदेश सरकारलाई बुझाईसकेको छ ।

सडक डिभिजनको कम्पाउन्डभित्र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, इलाका प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय र हेभी ईक्विपमेन्ट डिभिजन कार्यालय रहेका छन्।

मन्त्रीले गरे “गुल्मी”को रोइलागीत बिमोचन

मोहन न्यौपाने,चैत्र १ बुटवल । गुल्मीको समग्र चिनारी झल्केको रमाइलो रोइला गीत गुल्मी सार्बजनिक भएको छ । बुटवलमा सम्पन्न एक कार्यक्रमका बीच प्रदेश न. ५ का सामाजीक बिकाश मन्त्री सुदर्शन बरालले क्लिक गर्दै युट्युबमा गीत रिलिज गरेका हुन् । गुल्मी बोलको रोइला भाकामा ल्याइएको सो गीतलाई समग्र गुल्मीको पहिचानको रुपमा हेरिएको छ ।

लोक भाका तथा दोहोरीले समग्र देशको बिकाश र समाजको दर्पनको रुपमा काम गर्ने भएकाले जनतालाई सुसुचित गर्ने र समाजलाई सकारात्मक दिशामा अघि बढाउने खालको संगीत रचना गर्न मन्त्री बरालको सुझाव छ । गीत बिमोचन कार्यक्रममा बोल्दै उनले देशको पर्यटकिय धार्मिक तथा सास्कृतिक परम्पराको चिनारी दिने खालका गीतले समाज परिबर्तान्मा ठुलो भूमिका खेल्ने बताए । गुल्मी बोलको रोइला गीतलाई आकाश दर्पण क्रियशनले बजारमा ल्याएको हो भने गीतमा दीपक परियार र स्वस्तिका पन्थको आवाज रहेको छ ।

प्रेमराज खरेल र दीपक परियारको शब्दमा दिपक स्वयम् ले संगीत भरेको सो रोइला गीत गुल्मीको म्युजिक भिडियोलाई रबिन बि.क. र रमेश रसाइलीले सम्पादन गरेका हुन् । बिजय पोख्रेलले क्यामेरा घुमाएको सो गीतमा पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फोर एस मिडियाको निर्माणमा रहेको गीतको निर्देशन शिव बिक ले गरेका छन् ।

चलचित्र पत्रकार संघ रुपन्देहीको संयोजनमा सम्पन्न बिमोचन कार्यक्रममा अध्यक्ष सुमन श्रेष्ठ , प्रमुख अतिथि प्रदेश न. ५ का सामाजिक बिकास मन्त्री माननीय सुदर्शन बराल , गीतकार शिव पी. सुबेदी, गायक दिपक परियार लगायतले बोलेका थिए । सो बिमोचन कार्यक्रमको संचालन मोहन न्यौपानेले गरेका थिए ।

माओवादी नेता बालकृष्ण ढुंगेल ललितपुरको सातदोबाटोबाट पक्राउ

सर्वोच्च अदालतले हत्यारा सावित गरेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको हो ।

सर्वाेच्च अदालतले दोषी ठहर गरेको लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीका महानिरीक्षकमाथि समेत मानहानीको मुद्दा दायर भएपछि उनलाई पक्राउ गर्न प्रहरी तातेको थियो । उनलाई मंगलबार विहान प्रहरीले सातदोबाटोबाट पक्राउ गरी सिआईबीको हिरासतमा राखेकोछ ।

ओखलढुंगाकै स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका ढुंगेल लामो समयदेखि प्रहरीकै अगाडि फरार सूचीमा थिए । सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै महानिरीक्षक अर्याल समेत विरुद्ध गत कात्तिक ८ गते अदालतको अवहेलना गरिएको भन्दै सर्वाेच्चमा मुद्दा परेपछि प्रहरी उनलाई पक्राउ गर्न तातेको हो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो । उज्ज्नकुमारको हत्या अभियोगमा एमाओवादीका नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपनि उनी स्वतन्त्र घुमिरहेपछि कानूनी राज्यको उपहास गरेको भन्दै नेपाल प्रहरीमाथि समेत गम्भीर आरोप लाग्ने गरेको थियो ।

यही विषयमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चैत ३१ गते सात दिनभित्र ढुंगेललाई गिरफ्तार गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनाको निवेदन गराएका हुन् ।

यस अघिसम्म माओवादी नेतृत्वको आडमा प्रहरी प्रशासनलाई चुनौती दिँदै हिँडेका ढुंगेल प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि भने उम्कन सकेनन् । मुलुकमा दण्डहिनता र मानव अधिकारको विषयमा अन्तराष्ट्रिय सन्धी सम्झौता विपरित हिँडडुल गर्दै आएका ढुंगेललाई पक्राउ गरेसँगै प्रधानमन्त्री शेर बहादुर देउवाले अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो छवि उच्च गराएका छन् । मुलुकमा कानूनी शासनको अन्त्य भएको भनेर यावत टीका टिप्पणी आईरहेको बेलामा यो कदमले कानूनी राज्यको अन्त्य भईनसकेको भन्न सकिने आधारस्तम्भ खडा भएको छ ।

चीन-नेपाल विच मिल्ला त विकास ‘केमेस्ट्री’?

चीनको राजधानी बेइजिङमा विश्वव्यापी ध्यानाकर्षक दुई ठूला अधिवेशनहरू जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र चिनियाँ जनकांग्रेस (एनपीसी) चलिरहँदा चीनमा रहेका विदेशी कूटनीतिज्ञहरू, विभिन्न देशका सर्वसाधारणहरू आफ्नो देशलाई के फाइदा हुन्छ भनेर चासो दिइरहेका छन्।

विश्वको केन्द्रमा रहेको चिनियाँ योजनाले आफ्नो भूमितर्फ पनि प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने भएकाले धेरैले आफ्ना दृष्टिहरू त्यस कोणबाट सोझ्याएको देखिन्छ।

चिनियाँ अधिवेशनप्रति विश्वका धेरै मुलुकले आआफ्नै स्वार्थको हेराइ होला। निकटताका हिसाबले आफ्नो फाइदा के अर्थमा हुनसक्छ भनेर नेपालले पनि सोच्नु अन्यथा होइन। मुख्यतः चीनले अघि सारेको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) लाई कुन रफ्तारले अघि बढाउँछ र उसका सीमावर्ती मुलुकहरूप्रति कस्तो पद्धति अपनाएर उत्प्रेरित गर्छ भन्ने चासो हो।

चीनका दुई ठूला अधिवेशन सन् २०१८, मार्च महिनामा चलिरहँदा एक छिमेकीका रूपमा नेपालको राजनीतिक संक्रमणपछि पनि अन्त्य भैसकेको अवस्था हो। यतिखेर नेपालले नयाँ संविधान अनुसार सम्पूर्ण निर्वाचनहरू सम्पन्न गरेर राजनीतिक स्थिरताको लय समातिसकेको छ।

यसो हेर्दा चीनको आर्थिक विकाससँग लपेटिनका लागि नेपालका लागि पनि अनुकूल परिस्थिति सिर्जना हुँदै गैरहेको छ।चिनियाँ जनकांग्रेसको अधिवेशनले सन् २०१८ लाई चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले अंगिकार गरेका नीतिहरूको कार्यान्वयन गर्ने ‘प्रारम्भ वर्ष’को रूपमा लिइरहेको छ। नेपालका लागि पनि यो वर्ष हालसम्मका सम्पूर्ण राजनीतिक गतिरोध सिध्याएर विकासका लागि संघीयता समेत कार्यान्वयन भएको अवसर हो।

गत वर्ष अर्थात् सन् २०१७ मा नेपाल र चीनबीचमा केही उल्लेख्य गतिविधिहरू भएका छन्, जुन यस वर्षदेखि कार्यान्वयनमा जाने हो भने दुवै देशको महत्वाकांक्षाले मूर्तरूप लिनसक्ने छ। २०१७ मै नेपालले चीनको बेल्ट एण्ड रोड इनिसियटिभको समझदारी पत्रमा हस्ताक्षर गरेको वर्ष हो।

यद्यपि कुनै ठोस परिणति विना नै नेपालले अर्को नयाँ वर्ष भित्र्याइ सक्यो। सोही वर्ष नेपालले चीनबाट ठूलो लगानीको प्रतिवद्धता पनि प्राप्त गरेको थियो। नेपालका लागि प्रत्यक्ष वैदेशिक लगानीमा चीन पहिलो नम्बरमै उक्लिसकेको छ।

वाम गठवन्धनको नयाँ सरकारलाई ‘चीनमैत्री’ को संज्ञा पनि दिइएकाले आपसी विकासको ‘केमेस्ट्री’ पनि मिल्नसक्ने प्रचुर संभावनाहरू छन्। नेपालले राजनीतिक संक्रमणहरू टुंग्याएर विकासको महायज्ञ थाल्ने हो भने चीनले यसै वर्ष खुलापनको ४०औं वर्षगाँठ मनाउँदैछ। यस हिसाबले एउटा संयोगको रूपमा नेपालले पनि आफ्नो विकासमार्गको ‘गियर’ खिच्न सक्नेछ।

नेपालप्रति चिनियाँ प्रभाव पनि सुधारिँदै गएको छ। २०७२ को भूकम्पपछि जसरी दक्षिणी छिमेकीले नाकावन्दी लगायो, त्यही मौकामा चीनले पनि नेपालको सदाशयता ह्वात्तै बढाउन पायो। चीनले लगानीको मात्रा बढाउन सक्ने हो भने ठूलो उपलब्धी हासिल गर्ने साइत पनि जुर्दै गएको छ। पूर्वाधार निर्माण, रेल पारवहन, बाटोघाटो, विद्युतीय प्रसारण लाइन, कृषि विकास, व्यापार सहयोगमा चिनियाँ लगानीले अवसर छोप्नसक्छ। त्यति मात्रै नभएर नेपाली उत्पादनले बजार खोजिरहेका बेला चिनियाँ बजारले पनि उपयुक्त वातावरण सिर्जना गर्नसक्छ।

हाल चीनले नेपालका ८ हजार भन्दा बढी वस्तुमा भन्सार सुविधा दिँदा पनि नेपालले त्यसको उच्चतम फाइदा उठाउन सकेको छैन। कारण, चिनियाँ अनुकूलको नेपाली उत्पादन छैन। त्यस्तो अवस्थामा चिनियाँ लगानीले नेपालमा उत्पादकत्व बढाउने काममा हात हाल्नसक्छ। हाल नेपाल–चीन व्यापार घाटा पनि उच्च छ। चीनले खुला बजार अर्थतन्त्रको नीति अवलम्वन गरेर विश्वका लागि ढोका खोल्दै गएबाट नेपाली निर्यातले पनि फाइदा लिनसक्छ।

बेल्ट एण्ड रोड इनिसियटिभमार्फत् नेपालले धेरै पूँजी, प्रविधि, अनुभव र चिनियाँ ज्ञान भित्र्याउन सक्नेछ। नेपाली उत्पादनका लागि बजार विस्तार हुनसक्छ। चीनले धेरै चिनियाँ पर्यटकहरू नेपाल घुम्न प्रेरित गर्नसक्छ। दुई देशबीच साँस्कृतिक आदानप्रदानका कुराहरू बढ्न सके भने दोहोरो फाइदा हासिल हुनेछ। एकअर्काका विद्यार्थीका लागि अझै अवसरहरू पनि सिर्जना हुनेछ।

चीन यतिखेर विश्व अर्थतन्त्रको धुरीमा पुगिसकेकाले बेइजिङमा चलिरहेका अधिवेशनले दूरगामी र अनुकूल निर्णय गर्नेछन् नै। तर यसका नीतिमार्फत् प्रत्यक्ष अप्रत्यक्ष फाइदा छिमेकी र विश्वका मुलुकहरूले लिनसक्नेछन्। चीनको गियर अब पछाडि फर्किनका लागि थिचिने छैन। कथंकदाचित केही कदम मात्रै पछि धकेलिनु पर्यो भने विश्व अर्थतन्त्रमा गम्भीर चोट लाग्ने निश्चित छ। तर फाइदा कुन मुलुकले कसरी र कस्तो अवस्थाबाट लिने भन्ने मात्रै हो।हाम्रा नेता तथा विद्वानहरूले चीन र भारतजस्ता दुई ठूला अर्थतन्त्र भएका मुलुकको बीचमा रहेर पनि नेपालले फाइदा लिन नसकेको धारणा लामो समयदेखि पोख्दै आएका हुन्।

अहिलेसम्ममा त उनीहरूसँग पनि ठोस भिजन बनिसक्यो होला। त्यो भन्दा पनि महत्वपूर्ण कुरा, यतिखेर नेपालको केमेस्ट्री उत्तरतिर मिल्न खोजेको छ। अब चाहिं नेपालले केही फाइदा उठाउन सक्छ या यत्तिकै अल्मलिरहन्छ, नियाल्नुपर्ने विषय हो।

साताको फोटो : योगीकुटी मन्दिर

तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सिमाना छत्तिस खोला किनारामै रहेको योगीकुटी मन्दिर
यसै मन्दिरको नामबाट यो ठाउको नाम योगीकुटी रहेको किम्बदन्ती छ संरक्षण र प्रचारप्रसारको अभावमा रहेको यो मन्दिरमा पहिले बजार लाग्ने गर्दथ्यो, अहिले समयसमयमा मेला लाग्ने तथा नियमित पुजा आजा हुनेगर्दछ ।

‘आत्मरक्षा तथा जागरुकता’अभिमुखीकरणमा लियो खस्यौली युथ

लियो क्लब अफ बुटवल खस्यौली युथले ‘आत्मरक्षा तथा जागरुकता सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ ।स्कलर्स होम बोडिङ्ग स्कुलमा अभिमुखीकरण गरेको हो । छात्राहरुलाई आफ्नो आत्मरक्षा कसरी गर्ने भन्ने विषयमा तालीम दिइएको थियो ।

लियो खस्यौली युथका अध्यक्ष दिपेन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिती ईलाका प्रहरी कार्यालयका डिएसपि दिल बहादुर मल्ल रहेका थिए । त्यस्तै बिशिस्ट अथितीमा लियो जिल्ला परिषद ३२५ बि २ का सचिव सरोज कंडेल ,अथितिहरुमा वडा प्रहरी कार्यालयका प्रमुख अमर थापा ,रिजन ४ का कोर्डिनेटर सुदिप बेल्वासे ,एरिया १० कोर्डिनेटर अर्जुन सिंह चौधरी , आयुषा ज्ञवाली , वडा प्रहरी कार्यालयका सहायक निरीक्षक नुर प्रसाद सारु ,बिमला बिश्वकर्मा ,बिष्णु प्रसाद अर्याल , बिद्यालयका प्राध्यापक बाबुराम बन्जाडे , सहायक प्राध्यापक टिकाराम गौतम , बिद्यालयका संयोजक बासुदेव शर्मा , बिद्यालयका प्रसाशकिय अधिकृत लोक प्रसाद भण्डारी ,बिद्यालय माबी संयोजक सोभारानी प्रधान लगाइतको उपस्थिति रहेको थियो ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर थापाले समाजमा , हत्या हिंसाका घटनाहरु घटिरहेकाले सबै सजग बन्नुपर्ने बताए ।प्रहरी सहायक निरीक्षक नुर प्रसाद सारुले महिला हुँ भनेर आफुलाइ सानो र कमजोर छु भन्ने सोच नराख्न आग्रह गरिन् । अथितिहरुलाइ क्लबका अध्यक्ष दिपेन्द्र भट्टराईले मायाको चिनो प्रदान गरेकाे क्लबका सचिव होमनाथ सापकोटाले बताए । कार्यक्रममा स्कलर्स होम बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ९ र १० का करिब ५० जना छात्राहरुको सहभागिता रहेको थियो ।

कालोझण्डा देखाउनेलाई प्रधानमन्त्रीले हात मिलाएर के छ भाइ ? भनेर हिड्नुपर्थ्यो- पूर्वमन्त्री अर्जुननरसिंह केसी

   बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले गफ र हावादारी सपनाबाट मुलुकमा समृद्धि नआउने प्रष्ट पारेका छन् । अहिलेको सरकारले खोक्रा भाषण र प्रचारबाजी मात्रै गरेकाले १३ महिनामा समृद्धिको कुनै संकेत नदेखिएको दाबि गरेका हुन् । रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलको सोमबार भएको साक्षात्कारमा बोल्दै नेता केसीले भने ‘सत्तारुढ नेकपा दल मिलेपनि दील मिलेको छैन,योगेश जीहरुले त पुरानै एमाले मागीसक्नु भो ।’ लोकतन्त्रको आवरणमा सरकार सर्बसत्ताबाद र अधिनायकबादको बाटोमा गएको भन्दै पूर्वमन्त्री समेत रहेका केसीले अहिलेको सरकारले संसदीय ब्यवस्था फेल गराउने पो हो की भन्ने चिन्ता लागेको सुनाए ।

‘राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गै सक्यो, अब भोलीका दिनमा, सिंहदरबार, टुडिखेल कसरी सुरक्षीत हुन्छ, जो सुकै भएपनि सरकारले ढृढताका साथ कारबाही गरोस् ।’सरकार ३३ केजी सुन,बुढिगण्डकी,वाइडवढी,फोर जी ,बालुवाटारको जग्गा, निर्मला पन्त हत्या काण्डमा सरकार पूर्णत फेल भएको उनको भनाइ छ । ‘कसैले सरकारको बिरोधै गर्न नपाउने ,लेख्नै नपाउने,बोल्नै नपाउने लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एक अर्काका परिपुरक हुन् ।’उनले भने ‘संचार बिधेयकले सूचना रोक्ने र देशलाइ संकुचन गर्ने काम गर्यो ।’राष्ट्रिय सुरक्षा बिधेयकले राष्ट्रको हित गर्दैन सरकारले शैनिक परिचालन हुन सक्ने बाटो देखाएको छ । ‘प्रधानमन्त्री शक्तिको भोग र शक्तिमा मात्रै केन्द्रित भएका छन्,अधिकार आफैमा केन्द्रित गरेर अधिनायकबादको यात्रामा लागे । ’ उनको आरोप छ ।

‘गधा धोएर गाइ बन्दैन छर्लङ्गै छ , सरकार अधिनायकबादको बाटोमा हिडेको छ ।’केसीले भने । ‘कुनैपनि नेपालीले सहज नागरिकता पाउनुपर्छ,तर बिदेशीले नागरिकलाइ नागरिकता बाड्नु गलत हो,यस्मा राज्य संबेदनशील भएन, सर्बाेच्चले रोके ठिक गर्यो ,गृहको आदेश सर्बथा अनुचित थियो ।

महाधिबेशन लम्बाइए कांग्रेस दुर्घटनामा फस्छ :-
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता केसीले ब्याक्ति भन्दा पार्टि पार्टी भन्दा राष्ट्र ठूलो भएको बताए । उनले ठिक समयमा महाधिबेशन हुनुपर्ने भन्दै आउने चैत्र, बैसाख वा जेठमा महाधिबेन गर्नैपर्छ , म्याद थपिए कांग्रेस झन् कमजोर र दुर्घटनामा फस्छ’ । जती ढिलो भयो त्यती समस्या हुने भन्दै अर्काे स्थानीय निर्बाचन हुने बेला र महाधिबेशन नजीक बनाउन नहुने प्रष्ट पारे । अहिले पार्टीको क्रियाशिलता नबिकरण, नया बितरण, बुथ वडा निर्बाचन प्रकृया थालौं उनले सुझाव दिए । ‘कुनैपनि जिबन्त पार्टीमा गुट उपगुट हुन्छ, कांग्रेसको बिबाद जति सबै महाधिबेशनले सबै टुंगाउछ, बैचारिक पुर्नजागरण हुन्छ ।’ उनको धारणा छ । क्लवका रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए । बुटवलमा प्रधानमन्त्रीलाइ कालोझण्डा देखाइएको प्रकरणमा बोल्दै केसीले ‘लोकतन्त्रमा स्वागत, कालोझण्डा देखाउने सर्बाेपरि मान्यता हो, प्रधानमन्त्रीले हात मिलाएर के छ भाइ भनेर हिड्नुपर्थ्यो ।’

घिमिरेलाइ तत्काल छाड : बुटवल नगर सभापति खेलराज पाण्डे
यस्तै बैसाख ७ गते जितगढीमा प्रधानमन्त्रीलाइ कालो झण्डा देखाएपछि पक्राउ गरी मुद्धा चलाइएका रुद्रप्रसाद घिमिरेलाइ तत्काल बिनासर्त रिहा गर्न नेपाली कांग्रेस बुटवल उपमहानगरले माग गरेको छ ।
नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले लोकतन्त्रमा आफ्नो मत राख्न पाउनुपर्ने सबै नागरिकको अधिकार रहेको भन्दै घिमिरेलाइ तत्काल छाड्न आग्रह समेत गरेका हुन् ।

मरिन इन्जिनियर भन्छन्– नारायणी र कोसीमा २०० यात्रु बोक्ने पानी जहाज सजिलै चलाउन सकिन्छ

काठमाडौं । नेपालका नदीमा पानी जहाज चलाउन सकिन्छ वा सकिँदैन ? यो प्रश्नको जवाफ खोज्न हालसम्म सरकारी तहबाट कुनै अध्ययन तथा अनुसन्धान भएको छैन । सरकार अहिले कोशी वा नारायणमध्ये एक नदीबाट भारतको गंगा नदी हुँदै बंगालको खाडीसम्म पानी जहाज सञ्चालन गर्ने सपना बाँडिरहेको छ । यो सपना बाँड्न सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्म लागेका छन् । के साँच्चै सरकारले भनेझैं कोशी र नारायणी नदी पानी जहाज चलाउन उपयुक्त छन् त ? के यी नदीबाट पानी जहाज सञ्चालन गरी भारतको गंगा नदी हुँदै बंगालको खाडीसम्म पुर्याउन सकिन्छ ?

“कोशी र नारायणीमा पानी जहाज चलाउन सम्भव छ । यी नदीमा सानो आकारका पानी जहाज सजिलै चलाउन सकिन्छ,” फिलिपिन्समा मरिन इन्जिनियरिङमा स्नातक गरी युनाईटेड अरब इमिरेट्स (युएई) इराक, इरान, टर्कीका पानी जहाज कम्पनीमा काम गरेका नेपाली युवक निसान आचार्य भन्छन् । आचार्यलगायतको इन्जिनियरको टोलीले गत जेठदेखि असोजसम्म देवघाटदेखि नारायणीको पुलसम्म नारायणी नदीको अध्ययन गरेको थियो । उक्त अध्ययनमा नारायणीमा सानो आकारको पानी जहाज सजिलै सञ्चालन गर्न सकिने देखाएको हो । “देवघाटदेखि नारायणीको पुल (नारायणगढ) सम्मको हामीले सर्वे गरेका थियौं । सर्वेले त्यहाँ यात्रु र मालवाहक दुवैखाले पानी जहाज चलाउन सकिने देखाउँछ,” मरिन इन्जिनियर आचार्यले बताए ।

आचार्यका अनुसार नारायणीमा ३२ मिटर लम्बाई, १६ मिटर चौडाई, ८ मिटरको बिम, १.२५ मिटर ड्राफ्ट भएको यात्रुवाहक पानी जहाज चलाउन सकिनेछ । यस्तो पानी जहाजको लागि नदीको गहिराई ३० देखि ३५ मिटर भए पुग्छ, जुन नारायणी नदीको रहेको उनी बताउँछन् । “३० देखि ३५ मिटर गहिराई भएको नदीमा २ सय यात्रु बोक्ने पानी सहज रुपमा चलाउन सकिन्छ,” मरिन इन्जिनियर आचार्यको बुझाइ छ ।

हाल नारायणगढमा रहेको पुल नबिगारी २ सय यात्रु बोक्ने पानी जहाज नारायणीमा चलाउन सकिनेछ । उनले थप स्पष्ट पार्दै भने, “पानीको सतहभन्दा माथि पानी जहाजको धेरै भाग हुनुपर्छ भन्ने छैन । आवश्यकता अनुसार पानी जहाज बनाइन्छ । उचाई कम भएको पानी जहाज हाम्रो लागि उपयुक्त हुन्छ, जसले हाल रहेका पुललाई समेत कुनै हानी गर्दैन ।” दुई सय यात्रु बोक्ने पानी जहाज चलाउन जहाजमा ५ जना क्रु (चालक दल) भए पुग्ने उनको अनुभव छ ।

“हाम्रो नारायणी र कोशी जस्तै नदी तथा नहर बनाएर रुस, चीन, इराक, स्वीट्जरल्याण्ड लगायत युरोपका विभिन्न राष्ट्रमा पानी जहाज सञ्चालन भइरहेका छन् । हाम्रोमा पनि त्यही अनुसार चलाउन सकिन्छ,” उनले भने ।

यात्रुवाहक भन्दा मालवाहक पानी जहाज हलुङ्गो हुने उनी बताउँछन् । यस कारण नारायणीमा २ हजारदेखि ३ हजार टनसम्मको मालवाहक पानी जहाज चलाउन सकिनेछ । नारायणीमा यात्रु तथा मालवाहक पानी जहाज चलाउन हालकै अवस्थामा भने सकिँदैन । किनभने नारायणी नदी कतै बढी गहिरो त कतै अलि कम गहिरो छ । त्यति मात्र होइन, कतै बढी फिँजारिएको छ भने कतै केही साँघुरो बनी बगेको छ ।

“पानी जहाज चलाउने हो भने सबैभन्दा पहिला नदीलाई मिलाउनु पर्छ । जसरी काठमाडौंको धोवी खोलालाई दुईतर्फ पर्खाल लगाएर नहर जस्तो बनाइएको छ । यही शैलीमा नारायणीलाई नहर जस्तो बनाउनु पर्छ, अनिमात्र त्यहाँ पानी जहाज चलाउन सकिनेछ,” मरिन इन्जिनियर आचार्य भन्छन् ।

नारायणीमा दोहोरो पानी जहाज चलाउन केही अप्ठ्यारो  हुने उनको ठम्याइ छ । कम्तिमा पनि १६ मिटर चौडाई भएको पानी जहाज दोहोरो चलाउनको लागि ४० मिटर भन्दा बढी नदीको चौडाई हुनुपर्छ । “नदीको चौडाई सानो छ भन्दैमा पानी जहाज दोहोरो चलाउन नमिल्ने होइन । बीच–बीचमा स्टेशन बनाएर जहाजहरुलाई ओहोरदोहोर गराउन सकिन्छ,” उनले भने ।

मरिन इन्जिनियर आचार्यका अनुसार नारायणीमा चलाउन सकिने २ सय यात्रु क्षमताको पानी जहाज तीन तलेसम्मको हुनेछ । सबैभन्दा तल्लो तलामा इन्जिन हुनेछ । बीचको तलामा यात्रु बस्ने ठाउँ र सबैभन्दा माथिल्लो तलामा पानी जहाज चालक दलका सदस्यहरु रहनेछन् ।

कोशी नदीमा पनि नारायणीमा जस्तै यात्रु र मालवाहक दुवै पानी जहाज चलाउन सकिने उनी बताउँछन् । नारायणीभन्दा कोशी ठूलो भएकोले यहाँ अझ ठूलो पानी जहाज चलाउन सकिने छ । कोशी–गंगामा २ हजारदेखि ६ हजार टनसम्मका पानी जहाज चलाउन सकिने उनले जनाए ।

आचार्यका अनुसार कोशीदेखि गंगासम्म नदीको दूरी २ सय ७० किलोमिटर रहेको छ जबकी यो दुई स्थानबीचको सडक दूरी मात्र एक सय ७० किलोमिटर रहेको छ । सडक दूरी नदीको भन्दा कम भएपनि पानी जहाजमा मालसामान ल्याउँदा सस्तो पर्न आउने तर्क उनको छ ।

“एउटा ट्रकले ४० टन बोक्छ । सबैभन्दा कम क्षमताको पानी जहाज कोसीमा चलाउने हो भने पनि २ हजार टन बोक्न सक्छ । अर्थात् एउटा पानी जहाजले ५० वटा ट्रकले बोक्न सक्ने सामान एकै पटक ल्याउँछ । यसरी हेर्दा कोशीमा यात्रुवाहक भन्दा पनि मालवाहक पानी जहाज सञ्चालन गर्दा राम्रो हुने देखिन्छ,” इन्जिनियर आचार्यले प्रष्ट्याए ।

बालबिबाह अन्त्यका लागि १ दिने अभिमुखीकरण

नमुना एकीकृत बिकाश परिषद को आयोजनामा १ दिने बालबिबाह न्यूनीकरण तथा बाल सम्रक्षण नीति सम्बन्धि जनप्रतिनिधि स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका का सबै वार्ड अध्यक्ष तथा प्रतिनिधि, सरोकारवाला निकायहरुको उपस्थितिमा भएको सो कार्यक्रममा बोल्ने बक्ताहरुले बालबिबाह अन्त्यका लागि घरबाटै जागरुक भै समाजमा जनचेतना फैलाउन जरुरि भएको बताएका छन् ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बालमैत्री स्थानिय शासन र बाल बिबाह न्यूनीकरण एबम बाल सम्रक्षण नीति सम्बन्धि कार्य पत्र प्रस्तुत गर्दै अध्यक्ष ज्ञानु पौडेलले अबको समाज बालमैत्री समाजको रुपमा अघि बढ्नु पर्ने बताइन । सस्थाका सचिब दुर्गा बहादुर थापाले स्पोंशरशिप अभिमुखी कारणको अवधारण प्रस्तुत गर्दै अबको नीति बालबिबाह अन्त्यका लागि सबै जनाृप्रतिनिधिले रचनात्मक काम गर्नु पर्ने दिन आएको बताए ।

तिलोत्तमा नगरपालिका सदैब बालमैत्री नीतिको अबलम्बन गर्दै अगाडी बढ्न चाहेको र आगामी नीतिमा बालबालिकाको अधुइकार सम्पूर्ण तबरले सुरक्षित गरिएको भन्दै नगरप्रमुख घिमिरेले बालमैत्री बाताबरणका लागि हातेमालो गर्न सबै लाइ आग्रह गरेका छन् । त्यस्तै आफुहरु बाल बालिकाको सबै अधिकार र उनीहरुको बाच्न पाउने अधिकार सुनुइश्चितताअका लागि सदैबअग्रसर भै आएको जिल्ला समन्वय समितिका सामजिक शाखा प्रमुख दुर्गा प्रसाद श्रेष्ठले बताए । उनले स्थानिय तहका सरोकारवालाहरुका लागि बाल मैत्री स्थानिय शासन , बाल अधिकार र बाल सहभागिता सम्बन्धि अबधारणा पत्र समेत प्रस्तुत गर्दै सबै समुदाय र समाज बालबालिकाको सानै उमेरमै हुने बिबाह न्युनिकरणका निम्ति डटेर लाग्नुपर्नेमा जोड दिए। विभिन्न वार्डका अध्यक्ष , प्रतिनिधि , बाल आश्रमका प्रतिनिधि , महिला तथा बालबालिकाको क्षेत्रमा काम गरिने सामाजिक सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रममा सस्थाका सचिब शैलेन्द्र तुलाधरको स्वागत रहेको थियो भने कार्यक्रमको संचालन सामाजिक परिचालक मुना कुवरले गरेकी थिइन् ।

पौडल बिरुद्ध खेद प्रस्ताव पारित, काग्रेस बुटवल नगरसमितिको सम्मेलन

बुटवल । नेपाली काग्रेस बुटवल नगरको सम्मेलनले नेकपा महासचिव बिष्णु पौडल बिरुद्ध खेद प्रस्ताव पारित गरेको छ । बुटवलको कालिकानगर स्थित महाराजा रिसोर्टमा जारी नगर सम्मेलनमा नगर सभापति खेलराज पाण्डेले आफनो प्रतिबेदन पेश गर्नेक्रममा नेकपा महासचिव तथा रुपन्देही क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य बिष्णु पौडेलले बालुवाटार जग्गा आफनो छोराको नाममा गराएको सुन्दा आफुहरु आफना जनप्रतिनिधिप्रति लज्जाबोध भएकोले बिष्णु पौडेल बिरुद्ध नगर समितिका तर्फबाट खेद प्रस्ताव राख्छु तपाईहरुले अनुमोदन गरी दिनुस भनेपछी कार्यक्रममा उपस्थित काग्रेस नेता कार्यकर्ताले तालि बजाएर प्रस्ताव पारित गरीदिएका हुन ।

काग्रेस महामन्त्री डा. शशांक कोइरालाले उदघाटन गर्नु भएको कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रिय सदस्य चन्द्र भण्डारी र धनराज गुरुगं, प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिका सभापति भरत कुमार शाह, प्रदेश सभा सार्बजनिक लेखा समितिका सभापति डिल्लि बहादुर चौधरी लगायतका दुई दर्जन बढस् नेता सहित करिव एक हजार कार्यकर्ता सहभागि भएका छन ।

RECENT POSTS