Wednesday, December 19, 2018

भारतको सवारी दुर्घटनामा सात नेपालीको मृत्यु

भारतको महाराजगञ्ज जिल्ला पुरन्दरपुर क्षेत्रको देउपुर गाउँमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा सात नेपालीसहित आठ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा मृतक कारका चालक सुनौली कोतवालीका ३८ वर्षीय हाफिज रहेको भारतीय पत्रकार धर्मेन्द्र पाण्डेले बताएका छन् । पाण्डेका अनुसार चालक हाफिजको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा दुई बच्चा, एक महिलासहित आठ जनाको मृत्यु भएको छ । कारका चालक बाहेक अन्य मृतकको सनाखत हुन सकेको छैन। ठक्करबाट कार क्षतविक्षत भएको छ। दुर्घटनास्थल नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा पर्दछ।घटनास्थलमा नेपाल प्रहरीको टोली पनि पुगेको जिल्ला प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए।
भारतको लद्दाकमा कार्यरत नेपालीहरु घर फर्किने क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटनामा ७ नेपाली र गाडी चालक एक भारतीय नागरिकको मृत्यु भएको हो । मृतकमध्ये दुई जनाको सनाखत भएको छ । रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख रविन विष्टका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ का ३० वर्षीय जुखई थारु र सोही स्थानका २४ वर्षीय उमेश चौधरीको सनाखत भएको छ ।

राज्यले कृर्षि शिक्षामा जोड दिनुपर्छ : पुन

ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य एवं प्रदेश नं. ५ का इञ्चार्ज वर्षमान पुन अनन्तले राज्यले कृषि क्षेत्रमा विशेष जोड दिनुपर्ने बताएका छन । उनले नेपाल कृषि प्रधान देश भए पनि कृषिको विकास हुन नसक्नु दुःखद भएको बताएका छन ।

अनेरास्ववियु (क्रान्तिकारी) मूल ईकाई समिति कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसद्धारा आयोजित विद्यार्थी स्वागत, विदाई, उत्कृष्ट विद्यार्थी सम्मान तथा वृहत सांस्कृतिक कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले अर्थतन्त्रको जग नै कृर्षि भएकोले यसमा सरकारले लगानी गर्नुपर्नेमा जोड दिए । पुनले भने, “३८ प्रतिशत खेतीयोग्य जग्गा बाँझो छ, अर्को तर्फ ५० लाख युवा जनशक्ति विदेश पलायन भएका छन, त्यस्तै ४० अरबको पशुपंक्षी बाहिरी मुलुकबाट आयात गरेर परनिर्भर बनेका छौं, जुन राम्रो अवस्था होइन ।” पूर्व अर्थमन्त्री समेत रहेका पुनले देशको दुई–तिहाई जनशक्ति कृषिमा निर्भर रहे पनि देशको कुल ग्राहस्थ उत्पादनमा कृर्षिको ३६ प्रतिशत योगदान रहेकोे र अनुउत्पादक क्षेत्रमा भने धेरै जनशक्ति लागेको बताए । उनले शिक्षालाई गुणस्तरीय बनाउन सकिए नेपाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न सकिने दावी गरे । नेता पुनले कृर्षि तथा पशु विज्ञान विषय अध्ययन गरेर विज्ञ भएका नेपालीले सरकारी कार्यालय वा अरुको नीजि फर्ममा काम गर्नुभन्दा आफै उद्यमशीलता तर्फ लागेर बेराजगारलाई पनि रोजगार दिन सुझाव दिए । त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रज्जित तामाङ, महासचिव उत्तम अधिकारी, सचिव नारायण खनाल लगायतले बोल्दै शैक्षिक क्षेत्रमा रहेका विकृति विरुद्ध संगठनले बुलन्द रुपमा आवाज उठाउने बताए । उनीहरुले अनेरास्ववियु क्रान्तिकारीले सबै लडाईका मोर्चाहरु जितेको दावी गर्दै अझ पनि केही लडाईहरु लडन बाँकी रहेकोले विद्यार्थी आन्दोलनको नेतृत्व अब आफ्नो संगठनले गर्ने बताए । अनेरास्ववियु क्रान्तिकारी मूल ईकाई समिति पक्लिहवा क्याम्पसका अध्यक्ष नारायण आचार्यको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अजित थापाको स्वागत मन्तव्य तथा सचिव निरज खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्ववियु सभापति रिकेश श्रेष्ठ, क्याम्पस प्रमुख डा. कन्हैया प्रसाद सिंह, माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज माधव शर्मा, जिल्ला सह–संयोजक अनुप बराल, सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य, कोषाध्यक्ष कमला थापा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अनुप पोखरेल, अम्बिका परियार, प्रेस सेन्टर नेपाल रुपन्देही भैरहवा शाखाका सचिव रबिन्द्र गुप्ता लगायतको आतिथ्यता रहेको थियोे ।

राहत कोषमा रकम सहयोग

‘तिलोत्तमा नगरप्रमुख दैवी प्रकोप राहत कोष’ मा तिलोत्तमा–८ मा रहेको विजयज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग गरेको छ । सहकारीले ११ हजार १ सय ११ रुपैंयाँ सहयोग गरेको उपाध्यक्ष हरिलाल पाण्डेले जानकारी दिनुभयो । राहत कोष तिलोत्तमा नगरपालिकाले स्थापना गरेको हो । सो सहयोग रकम उपाध्यक्ष पाण्डे र व्यवस्थापक डिल्लीराज भट्टराईले नगर प्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गरेका हुन् । कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भैरहेको छ । यसैबीच कोषमा तिलोत्तमा–८, प्रदीपनगर निवासी समाजसेवी चिन्तामणि चालिसेले पाँच हजार रुपैंयाँ सहयोग गरेका छन् । उहाँले कोषको मिसन डेभलपमेन्ट बैंक लिमिटेड, ड्राइभरटोल शाखाको खातामा रकम जम्मा गर्नुभएको हो ।

क्यान महासंघ साधारणसभा

कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान महासंघ) रुपन्देहीको नवौ  अधिवेसन तथा १६ औ बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । महासंघ रुपन्देहीका अध्यक्ष रोशन कण्डेलको अध्यक्षातामा भएको साधारण सभा तथा अधिवेसनमा बुटवल उपमहानरपालिकाका प्रमुख मेयर शिवराज सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कार्यक्रममा क्यान महासंघ लुम्बिनीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य नवराज कुँवर, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खिम बहादुर  हमाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी,  क्यान रुपन्देहीका पुर्व अध्यक्ष दुर्गा प्रसाद पाण्डे, विष्णु प्रसाद बज्राचार्य, केशव नेपाल, लालाहरी पाण्डे, नेत्रहिन संघका केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, न्यु होराईजन माविका  प्राचार्य लोकनाथ उपाध्यया, क्यान पाल्पाका अध्यक्ष महेश शर्मा लगायतले बोलेका थिए ।

विद्धुतिय व्यवसायी संघको नगर अध्यक्षमा पाण्डे

विद्दुतीय व्यवसायी संघ,तिलोत्तमा नगर समितिको गत शनिबार सम्पन्न दोस्रो अधिवेशन दुर्गा प्रसाद पाण्डेको अद्द्यक्षतामा पाँच सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।जसको उपाध्यक्षमा उपेन्द्र अधिकारी, सचिवमा नारायण साप्कोटा, कोषाध्यक्षमा कमलराज रेग्मी, सदस्यमा बिष्णु भट्टराइर्, सल्लाहकारहरुमा खेमराज गुरुङ, शालीग्राम गौतम, ताराप्रसाद बश्याल, बरिस्ठ सल्लाहकारमा भीमलाल अधिकारी
निर्विरोध रूपमा निर्वाचित भएका छ्न । उक्त समितिले प्रकाश पाण्डेलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको छ । तिलोत्तमा व्यापार संघको हलमा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी विद्दुतीय व्यवसायी संघ केन्द्रिय समितिका तृतीय उपाध्यक्ष अनन्तमान थैवले एलइडि बल्बको प्रयोगले उर्जा संकट न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले राज्यले यस्को भन्सार महसुलमा छुट गर्नुपर्ने बताए।यस्तैगरी विशिस्ट अतिथी नारायणबाबू बस्नेतले व्यवसायीहरुले पनि कमाउने मात्र नभै व्यवसायिक धर्मको निर्वाह गर्दै गुणस्तरीय सामान मात्र उपभोक्ता माझ लैजानुपर्ने बताए।
रुपन्देही जिल्ल बरिस्ठ उपाध्यक्ष प्रकाशचन्द्र पाण्डेले संघमा संगठित भएर एकतावद्द रुपमा अघि बढ्नुपर्ने बताउँदै सरकारले व्यवसायीका पीर(मर्का कहिल्यै नसुन्ने तर करको बहानामा व्यवसायीहरुलाइ हतोत्साहित मात्र बनाएको बताए।कार्यक्रममा तिनपा(६का अद्द्यक्ष चेतनारायण भन्डारीले नगरपालिका व्यवसायीका हकहितमा लागिपर्ने बताए।कार्यक्रममा जिल्ला महासचिव,हरिहर ज्ञवाली,व्यापार संघका प्रथम उपाध्यक्ष,बाबुलाल भुसाल,विद्दुतीय व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष,लोकनाथ पोखरेल,जिल्ला सदस्य,चन्द्रकान्त भण्डारी,सि।न।पा।कमिटी अद्द्यक्ष,रामबहादुर थापा लगायतले बोल्दै व्यवसायीक एकतामा जोड दिएका थिए।कार्यक्रम ती।न।पा।नगर समिति अद्द्यक्ष इश्वर प्रसाद बश्यालको अद्द्यक्षता,दुर्गा प्रसाद पाण्डेको सन्चालन र शालिकराम गौतमको स्वागतमा सम्पन्न भएको थियो

पुर्व सैनिक कृषि सहकारीको साधारणसभा सम्पन्न

पुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेड तिलोत्तमा ९ भलवारी रूपन्देहीको दोस्रो साधारणसभा शनिवार भलवारीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुवेदार चित्र बहादुर गुरूङको अध्यक्षतमा भएको कार्यक्रममाडिभिजन सहकारी सस्था रूपन्देहीका निर्देशक गुणाखर खनालले पुर्व सैनिकहरुले सहकारी संस्था खोलेर कारोबार गरेकोमा प्रशंसा गर्दै यसबाट आर्थिक उपार्जनको बाटो पहिल्याउन आग्रह गरे । साधारण सभामा लेखा संयोजक क्याप्टेन जीत बहादुर रानाले बार्षिक लेखा प्रतिवेदन एवं कोषाध्यक्ष सुवेदार गिरि प्रसाद रानाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । १ करोड ५९ लाख ७५ हजार १५७ रूपैयाँ बराबरको कुल निक्षेप संकलन गर्न सफल संस्थाले चालु आर्थिक बर्षका लागि १ करोड ५५ लाख ३० हजार ८ सय ८२ रूपैयाँ बराबरको लेखा एवं वार्षिक प्रतिवेदन पेश गरेको छ । सभामा लेखा परीक्षक चन्द्रकान्त भट्टराई, देवानन्द पाण्डे, रामकृष्ण हमाल,संस्थाका उपाध्यक्ष एवं धितो मुल्यांकन समितिका संयोजक भीम बहादुर गुरूङ, सचिव कृष्ण बहादुर पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थामा ३९४ जना शेयर सदस्य आवद्ध रहेका छन् ।

सोमबार हुने फाइनलमा नवयुवा र वालिङ्ग भिड्दै : १७ औं लिस्नूकप

रुपन्देहीको कोटीहवामा जारीं १७ औं लिस्नूकप नकआउट फुटवल प्रतियोगिताको फाइनलमा नवयुवा खेलकूद तथा सांस्कृतिक परिवार ठुटीपिपल र वालिगं नगरपालिका वालिगं आमनेसामने हुदैछन । पहिलो सेमीफाइनल अन्तर्गत गत शुक्रवार सम्पन्न खेलमा डि.वाई.सी. कोटहीमाईलाई ट्राईवेकरमा ४ का विरूद्ध ५ को गोलको अन्तरले पराजित गर्दै नवयुवा खे. तथा सा. परिवारले फाइनलको यात्रा तय गरेको हो । निर्धा्रित ९० मिनेटको खेलमा दुवै तर्फवाट १र१ गोलको वरावरीमा रोकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । त्यस्तै प्रतियोगिताको दोस्रो सेमीफाइनल अन्तर्गत शनिवार सम्पन्न खेलमा वालिगं नगरपालिका वालिगंले सुपौली एफ सी लाई १ का विरूद्ध २ गोलले हराउदै फÞाइनल यात्रा तय गरेको हो । वालिगंको जीतमा योगेश गुरुगं र लक्ष्मण रूचालले १र१ गोल गरे भने सुपौलीका लागी विश्वास श्रेष्ठले पेनाल्टी मार्फत १ मात्र गोल फर्काउन सफल भए । वालिंगका लागी निरज बस्नेत म्यान अफ दी म्याच घोषित भए । सोमवारको फाइनलका लागी प्रतियोगितामा आइतवार ’ अफ डे ’ राखिएको छ । लिस्नु युवा क्लब कोटिहवाको १७ औ सस्करण बिजेताले नगद रु. २ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने छ । सोमवार भब्य समारोहका बीच समापन गरिने फुटबल प्रतियोगितामा महिला तथा अपाङ्गता भएका दर्शकलाई निशुल्क एंव सोमवारको फाइनलका लागी १०० रुपैया टिकटको व्यवस्था गरिएको छ ।

नेपाली यू १९ क्रिकेट टोली मलेसिया प्रस्थान

नोभेम्बरमा हुने एसीसी यू १९ एसिया कपको छनौट खेल अन्तर्गत यू १९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली  मलेसिया प्रस्थान गरेको छ । आइतबारदेखि हुने प्रतियोगिताका नेपाल समूह एमा परेको छ । यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह बीमा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् । नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू १९ एसिया कपमा स्थान बनाउनेछ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।एक महिना अघिदेखि तयारी थालेको नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । यसअघि सन्दिप लामिछाने कप्तान थिए । मुख्य प्रशिक्षक बिनोद दास र सहायक प्रशिक्षक कलाम अली छन् । नेपाली टोलीको ब्याटिङ प्रदर्शन सुधारका लागि भारतीय प्रशिक्षक मोन्टी देसाईले १० दिन बिशेष प्रशिक्षण दिएका थिए ।

टिपिएलको अक्सन सकियो,२४ खेलाडी १० हजारमा बिके

प्रकाश पाण्डे / बाबुराम गैरे
भदौ २४, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा असोज २२ गतेदेखि शुरु हुने तिलोत्तमा प्रिमियर लिग टिपिएल T20 क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको अक्सन आज सम्पन्न भएको छ । २ सय ७० खेलाडी सहभागि रहेको अक्सनमा १०४ जना खेलाडिमा बोलि लागेको छ । अक्सनमा २४ जना खेलाडिहरु सबैभन्दा बढि १० हजारमा बिक्रि भएका छन । बिष्णु कठरिया, सन्दिप सुनार, पुरन बिक, कुशल भुर्तेल, सुमनराज पाण्डे, बिक्रम भुषाल, गणेश गौंडेल, सौरभ खनाल, निष्चल चौधरि, इकलाख अहमद, बिशाल खत्रि र लाल बहादुर अधिकारी १० हजारमा बिकेका हुन ।

त्यस्तै १० हजारमै बिक्रि हुने अन्य खेलाडिहरुमा अजय कौसिला, सुरज दराई, दबेन्द्र सोमरे, जगत क्षेत्रि, बिशाल सुनार, मैनुद्धिन काजु, सुशान भारी, नुरध्वज सेन, साहव आलम, धिरज शाहि, विवेक शर्मा, हिमाल कालिराज रहेको खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए । त्यस्तै २ खेलाडि क्रमस ७ र ६ हजारमा बिक्रि भए भने ५ हजारमा बिक्रि हुने खेलाडीको संख्या ३९ रहेको छ । प्रतियोगितामा खल्ने अन्य खेलाडिहरु न्यूनतम ३ हजारमा बिक्रि भएका छन ।
तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्यूतराज ढुंगानाको अध्यक्षता र क्यान रुपन्देहीका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न अक्सन कार्यक्रममा अन्तराष्ट्रिय कोच जंग बहादुर थापा, क्यानका पुर्ब केन्द्रिय सदस्य आशा गुरुङ्ग, राष्ट्रिय कोच शंकर राना, अन्तराष्ट्रिय खेलाडिद्धय राहुल बिक र शक्ति गौचन लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा सहभागि टिमहरुले १५ हजारमा आफ्नो टिम क्याप्टेन यसअघि नै छनोट गरिसकेका थिए । जस अन्तर्गत नुसि वारियर्सले मन बहादुर थापालाई क्याप्टेनको जिम्मा दिएको छ भने नेपाल अम्बुजा एन एस सि ए टाइगर्सले शंकर राना, फेन्टासि गोलपार्क लायन्सले राहुल बिक, फोर नेसन्स इन्टरनेशनल एससिसि स्ट्राइकर्सले निर्मल थापा, लुम्बिनी कासाई लायन्सले महेश मिश्रालाई क्याप्टेनको जिम्मेवारि दिएका छन । त्यस्तै बुटवल फाइटर्सले अमित श्रेष्ठ, बुम रक्स् शिद्धार्थनगरले कृष्ण कार्की र ज्ञानोदय गोल्डसले निशान्त शर्मालाई क्याप्टेन छानेका छन ।
असोज २२ गतेखेखि ३१ ग्तेसम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले २ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितिय हुनेले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै म्यान अफ द सिरिजलाई नगद १५ हजार ट्रफि, र प्रमाणपत्र, बेष्ट वलर र वेष्ट म्यानलाई ७ हजार ५ सय ट्रफि, र प्रमाणपत्र र ईमर्जिङ प्लेयसलाई ५ हजार सहित ट्रफि, र प्रमाणपत्रले पुरस्कृति गरिने आयोजकल जानकारी दिए ।
त्यस्तै २५ हजारको टिम फेयर प्ले अवार्ड रहेको प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजारले पुरस्कृत गरिने बताईएको छ । प्रतियोगिता संचालन गर्नका लागि ३० लाख खर्च लाग्ने बताईएको छ । तिलोत्तमा ६ स्थित नम्बरमा रहेको जवजिवन युवा क्लवको खेल मैल मैदानमा प्रतियो्गिता हुनेछ । यस प्रतियोगिता रुपन्देही जिल्लाको मात्र नभई पुरै पश्चिमाञ्चलकै लागि पहिलो प्रयास भएको आयोजकको दाबी छ ।

जेसीआई भलवारी रूपन्देहीको ट्राफिक सचेतना कार्यक्रम

जेसीज सप्ताहको चौथो दिन बुधबार जेसीआई भलवारी रूपन्देहीले पशुपति नमूना मा.वि. कोटीहवाका प्लस टु तर्फका विद्यार्थीका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब निरीक्षक दामोदर मल्लले श्रव्यदृश्य प्रस्तुति सहित ट्राफिक नियम पालना गर्दाका बहुपक्षीय उपयोग र नियम मिच्दा वा नियम नजान्दा हुने नोक्सानीबारे विद्यार्थीलाई जानकारी दिनुभएको थियो ।जेसीआई भलवारीका अध्यक्ष मुक्तिनाथ गैह्रेको अध्यक्षता तथा पूर्व अध्यक्ष रमेशकुमार पराजुलीको प्रमुख आतिथ्य एवम् मंगलापुर ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विष्णु कार्की, विद्यालयका सदस्य दिपक गैरे लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।जेसीआई भलवारीका कोषाध्यक्ष प्रकाश गैरेको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वेदनारायण भट्टराई, जेसीआई भलवारीका पूर्व अध्यक्ष शिवप्रसाद गैरे लगायतले बोल्दै सवारी चाप बढिरहेको रूपन्देही जिल्लामा ट्राफिक सचेतना अत्यावश्यक भएकोमा जोड दिनुभएको थियो ।
जेसीज सप्ताहको पाँचौ दिन आज (बिहीबार) दिउँसो देखि राममणि बहुमुखी क्याम्पसका विद्यार्थीका लागि लागू पदार्थ दुव्र्यसन बारे सचेतनामूलक प्रशिक्षण दिने जेसीआई भलवारीका तालिम संयोजक अमृत गुरुङ्ले जानकारी दिनुभयो ।

- Advertisement -

RECENT POSTS