Friday, April 19, 2019

काँग्रेस रूपन्देही क्षेत्र न. १ को क्षेत्रीय कार्यालय उद्घघाटन/ आर्थिक समृद्धि तथा बिकाशसील रूपन्देही बनाउन कुनै कसर बाँकी नराखिने लोकतान्त्रिक गठबन्धनका नेताहरूको प्रतिबद्दता !

मंसीर १, तिलोत्तमा
स्वास्थ्यमन्त्री एंव लोकतान्त्रिक गठबन्धनको तर्फबाट क्षेत्र न. ३ का प्रतिनिधि सभा उम्मेदवार दीपक बोहोराले, आर्थिक समृद्धि तथा बिकाशसील रूपन्देही बनाउने दिशामा कुनै कसर बाक़ी नराखिने बताएका छन । त्यसका लागी संयुक्त लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको बिकल्प नभएको मन्त्री बोहेराको जिकिर थियो । संबिधान खारेजीको दिशामा गई बामपन्थि गठबन्धनको नाममा साम्यवाद लादन खोज्नेहरू यै चुनाबबाट मासिएर जाने उनले दाबी समेत गरे
नेपाली कांग्रेस रूपन्देही क्षेत्र न. १ प्रदेश सभा ख को शुक्रबार तिलोत्तमा १५ कोटीहवाचोकमा आयोजना गरिएको क्षेत्रीय निर्बाचन प्रचार प्रसार कार्यालयको उद्घाघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राप्रपा प्रजातांत्रिकका नेता बोहोराले रूपन्देही क्षेत्र न. १ मा जिल्ला बाहिरका ब्यक्तिहरूलाई चुनाबमा उतारेर जितिन्छ भन्ने बाम गठबन्धनकारीहरूको दिवा स्वप्न यै २१ गते टुट्ने दाबी गरे । साथै उनले आफु उम्मेदवार भएको रूपन्द्ही क्षेत्र न. ३ मा जनताको गतिलो साथ भएकोले चुनाब जित्नेमा कुनै शंका नरहेको दाबी गरे ।
सोही कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज़्ज़ाक़ले संसदीय ब्यवस्था नेपाली कांग्रेसको आत्मा भएको जिकिर गर्दै, लोकतंत्र र जन-संबिधान सिध्याउने खेलमा लागेका बामहरूलाई जनताले जवाफ दिने बताएका छन । “संसदीय बहुलवाद मान्दैनौं, जनबादी गणतन्त्र ल्याउछौं भन्दै हिडेका छन । साम्यवादी खोल ओढेर १८ औं शताब्दीको घोषणापत्र बोक्नेहरूबाट जनताले के आशा राख्ने ?? नेपाली कांग्रेस रूपन्देही सभापति समेत रहेका मन्त्री रज़्ज़ाक़ले प्रश्न गरे । सोही कार्यक्रम बोल्दै नेपाल तरूण दल केन्द्रीय सदस्य एंव क्षेत्र न. १ प्रदेश सभा २ का युवा उम्मेदवार हरि न्यौपानेले अहिलेको निर्वाचनलाई जनमत संग्रहका रूपमा लिएको जिकिर गर्दै लोकतन्त्रलाई जिताउने वा एकलवादलाई हसाउने त्यो जनताको हातमा रहेको बताए । रूपन्देही र बिषेश गरि आफ्नो क्षेत्रको बिकाशमा जित हार नहेरी सधै अग्रसर रहने बताउदै न्यौपानेले आफु यै को माटोमा खेली खाई हुर्केको हुनाले पनि जनताको दरिलो साथ रहेको दाबी गरे । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य गणेश शर्माको सभापतित्व एंव स्वास्थ्य मन्त्री दीपक बोहोराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथि खानेपानी एंव सरसफाई राज्यमन्त्री    अब्दुल रज़्ज़ाक़, अतिथिहरू नेपाली कांग्रेस महासमिति सदस्य गंगा शाही, पूर्व राज्यमन्त्री दुर्योधनसिह चौधरी, क्षेत्र न. १ प्रदेश सभा ‘क’ उम्मेदवार ताहिर अलि अन्सारी, नेपाली कांग्रेस पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, सासंद इस्तियाक अहमद खाँ, केन्द्रीय निर्वाचन परिचालन कमिटी सदस्य अयोधी प्रसाद यादव, नेपाली काँग्रेस रूपन्देही सचिव रामकृष्ण खाँड़, देवदह नगरपालिका मेयर हिरा केसी, काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, गुणानिधि भण्डारी ‘माधव’ लगायतको सहभागिता रहेको थियो  । कार्यक्रमको सन्चालन तिलोत्तमा नगर कमिटी सचिव शिव गैह्रेले गरेका थिए । सोही अवसरमा चुनाबी प्रचार प्रसार कार्यक्रमलाई तीब्र पार्न विभिन्न समिति एंव उपसमितिहरू गठन गरिनुका साथै ज़िम्मेवारी समेत बाँडफाड समेत गरिएको छ ।
यसैवीच शुक्रवार नै नेपाली काँग्रेस रूपन्देही क्षेत्र न. १ को चुनावी प्रचार प्रसारका लागी देवदह नगरपालिकाको वडा न. ९ र १० मा वडास्तरीय कार्यालयको उद्घाघाटन गरिएको छ । कपिल गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा क्षेत्र न. १ का उम्मेदवार एंव खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज़्ज़ाक़, पुर्व राज्यमन्त्री दुर्योधन सिंह चौधरी, क्षेत्र न. १ प्रदेश सभा ‘ख’ का उम्मेदवार हरि न्यौपाने, प्रदेश सभा ‘क’ का उम्मेदवार ताहिर अलि अन्सारी, मेयर हिरा केसी,  वडा न. १० का अध्यक्ष एक बहादुर सुनार, लगायतले बोल्दै लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित रहेको बताएका थिए ।
खिमनारायण ढकालको स्वागत र राजेन्द्र न्यौपानेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

“नैतिक शिक्षा र प्राविधिक सिपको लागि बामपन्थीको सरकार” – घनश्याम भुषाल

नरेश के.सी

भैरहवा, १ मंसिर । ने.क.पा. एमालेका केन्द्रीय उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नं. ३ का उम्मेदवार घनश्याम भुषालले युवाहरुलाई नैतिक शिक्षा र प्राविधिक सिप दिलाउनको लागि बामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन । उनले स्वदेशमै श्रम र स्वदेशमै रोजगारको लागि बामगठबन्धनलाई नै जिताउनुपर्नेमा जोड दिएका छन ।

संयुक्त विद्यार्थी निर्वाचन परिचालन कमिटी क्षेत्र नं. ३, प्रदेशसभा १ द्धारा आयोजित अगुवा विद्यार्थी भेलालाई सम्बोधन गर्दै उपमहासचिव भुषालले भने, अहिले देशमा नैतिकताको खडेरी परेको छ, त्यो खडेरीलाई पार लगाउन हामी बामपन्थीहरुको जिम्मेवारी हो ।

रुपन्देही–३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार भुषालले विद्यार्थीहरु परिवर्तनको बाहक भएको हुँदा सचेतताका साथ हरेक घरघरमा परिवर्तनको सन्देश लिएर जानुपर्ने बताए । उनले भने, मुलुक बामपन्थीमय भएको छ, वैज्ञानिक, व्यवहारिक र जनवादी शिक्षा लागु गर्न चुनावबाट बामपन्थीलाई बहुमत दिलाउन जरुरी छ, त्यसको लागि सबै विद्यार्थीहरु आजै देखि लाग्नुस ।

सो अवसरमा ने.क.पा.(माओवादी केन्द) का पोलिटव्युरो सदस्य एवं क्षेत्र नं. प्रदेशसभा १ का उम्मेदवार विश्वास बराल (अनुप) ले नेपालको विभेदकारी व्यवस्थालाई फेर्न युवा विद्यार्थीहरुको भुमिका रहेको बताए । उनले भने, नेपाल मान्छे उत्पादन गर्ने कारखाना मात्र बनाउन थालिएको छ, योग्य र दक्ष मान्छेहरुलाई विदेश पलायन गराइएको छ, त्यो सबैलाई रोकी नेपालको शिक्षा, नेपाली भुमिमा प्रयोग गर्ने गरी व्यवस्था ल्याउन बामपन्थी सरकारको आवश्यकता रहेको छ ।

भेलालाई सम्बोधन गर्द अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अनुप पोखरेलले जनवादी र वैज्ञानिक शिक्षाको लागि बाम सरकार आवश्यक रहेको बताए ।

संय्ुक्त विद्यार्थी परिचालन समिति रुपन्देही क्षेत्र नं. ३ की संयोजक एवं अनेरास्ववियु जिल्ला उपसचिव लक्ष्मी के.सी.ले अब विद्यार्थीहरु केही दिनको लागि सबै काम थाती राखेर बामपन्थी उम्मेदवारलाई जिताउन दिनरात खटिनुपर्ने बताइन । भेलामा भैरहवा बहुमुखी क्याम्पसका स्ववियु पूर्व सचिव चक्र बहादुर थापाले नेपालका हरे सामाजिक र राजनीतिक आन्दोलनमा अग्रणी भुमिका खेलेका विद्यार्थीहरु संविधानको कार्यान्वयन गर्ने यो अन्तिम चुनावी समयमा बामपन्थी उम्मेदवारको पक्षमा उभिनुपर्ने बताए ।

संय्ुक्त विद्यार्थी परिचालन समिति रुपन्देही क्षेत्र नं. ३ प्रदेशसभा १ का संयोजक कपिल चापागाइको अध्यक्षता एवं झक बहादुर आलेको सञ्चालनमा सम्पन्न उक्त भेलामा सयौं विद्यार्थीहरुको सहभागिता रहेको थियो । भेलामा संयक्त निर्वाचन परिचालन कमिटी क्षेत्र नं. ३ का संयोजक हितराज पन्थी, संयक्त निर्वाचन परिचालन कमिटी प्रदेशसभा १ का सह–संयोजक चोपलाल आचार्य, सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा काफ्ले, बामपन्थी नेताहरु पम्फावती खनाल, कमला थापा, उमा अधिकारी, फैज अहमद खान, घनेन्द्र विक्रम पाण्डे, तीर बहादुर रोकाय(डार्विन) लगायतको आतिथ्यता रहेको थियो ।

(((((

घनश्याम भुसालले अघि सारे विकासका एजेण्डा : लुम्बिनीसंग चिनियाँ रेल जोड्ने

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले जनतका विचमा आफना प्रतिवद्धता सार्वजनिक गरेका छन । बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रुपन्देही ३ बाट प्रतिनिधी सभाको उम्मेदवार बनेका घनश्याम भुसाललाई बिकासवादी नेता भन्दा बौद्धिकताले प्रशसा ँगर्ने गरिएकोमा प्रतिवद्धता सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले विकास र परिवर्तनको सम्वाहक रहेको छनक दिए ।
उनले गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल, बुद्ध जन्मस्थल लुम्बिनी र प्रदेस प्रवेशद्धारको मुख्य नाका यी तिन कुरा आफनो क्षेत्रको विकास ३ मुख्य आयाम भएको तर्क पेश गर्दै भने “लुम्बिनी र अन्तराष्ट्रिय विमान स्थलको निर्माणका लागि ०५४ सालमा तिन सय युवा लिएर लुम्बिनी काठमाण्डौ रिले दौडको नेतृत्व म सांसद भएकै बेला गरेको थिएँ । सिँह दरवारको ध्यान आकृष्ट गरेर नागरिकस्तरमा सिमित मुद्धालाई राजनीति र विकासको मुद्धा बनाएको थिएँ ।”
उनले हामीले आगामी ५ बर्ष बाम गठबन्धनको स्थीर सरकार बन्छ निश्चित छ दावि गरि हामी यी काम जरुर पुरा गर्छौ भन्दै प्रतिवद्धता भावि सरकारका प्राथमिकता हुने घोषणा पनि गरे । गौतम बुद्ध विमानस्थल, बेहहिया बुटवल व्यापार मार्ग विस्तार, लुम्बिनी बुद्ध परिपथ जस्ता आयोजना समयै पुरा गर्ने र बेथरी बेलवास जलाधार सडक, तिनाउ करिडोरको विकास, मोतिपुर औद्योगिक क्षेत्र, केरुग पोखरा र लुम्बिनी रेलमार्ग सहित भारतीय रेल संग चिनियाँ रेल जोडने, प्रदर्शनी स्थल र पर्यटकीय आइल्याण्डहरु, अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम लगायतका महत्वकाक्षि योजनाहरुलाई आफनो राष्ट्रिय गौरवका एजेण्डा बनाउने कुरा उल्लेख गरे ।
उपमहासचिव भुसालले रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र ३ का सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका, शुद्धोदन, सियारी, मायादेवी र ओमसतिया गाउँपालिका सहित १६ वटै स्थानीय सरकारको क्षमता विकास र योजना निर्माणमा सहयोग पुर्याउदै जनप्रतिनिधि, सरोकारवाला समुदायको सहभागितामा आवधिक र दीर्घकालीन विकास योजनाहरुको खाका बनाई जनता समक्ष प्रस्तुत गरिने, सो का आधारमा चरणबद्ध विकासको थालनी गरिनेछ आफनो दृष्टिकोण रहेको कुरा पनि स्पष्ट पारे । उनले स्थानिय सरकारलाई बलियो बनाएर जनताले घरमै सरकार भेटेको र लोकतन्त्र देखेको अनुभुत गर्ने मोडेलबाट काम गर्ने पनि बताए ।
प्रतिवद्धता सार्वजनिक समारोहमा उनले लुम्बिनीको विकासमा एशियाली विकास बैंक र प्रोफेसर क्वाकको बिश्व शान्ती शहर निर्माण गर्ने परियोजना प्रति विगतका सरकार उदासिन रहेको बताउँदै ति प्रस्तावहरु उपर सकारात्मक सोँचका साथ आवश्यक परिमार्जन गरी कार्यन्वयन्यमा ल्याउन जोड गर्ने उल्लेख गरे । त्यसो हुँदा आगामी १० बर्षमा हामीले मक्का मदिनको स्तरको शहर बनाएर बिश्वभरका बौद्धिष्टहरुको आकर्षण बढाउन सकिने दलिल पनि पेश गरे ।
कार्यक्रममा बाम गठबन्धनका उम्मेदवार बिश्वास बराल, तुलसी चौधरी र समानुपातिक उम्मेदवार हकिकुल्ला खाँले पनि आफना धारणा राख्नु भयो । बाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक हितराज पन्थी नेकपा एमाले जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे, नरेस केसि लगायतले मन्तव्य राख्नु भएको थियो ।

“हाम्रो गबन्धन कसैको विरुद्ध होइन ” : प्रचण्ड

पुर्व प्रधानमन्त्री पुष्पकमल दाहल [प्रचण्ड]ले बामपन्थीहरुको एकता राजनीतिक स्थायित्व र समृद्ध मुलुकका लागि भएको दोहोर्याएका छन् ।

विहीबारबाट भैरहवामा शुरु भएको राष्ट्रिय औद्योगिक, व्यापार, कृर्षि तथा पर्यटन महोत्सवको समुद्घाटन गर्दै प्रचण्डले भने ‘हाम्रो गबन्धन कसैको विरुद्ध होइन ।

प्रचण्डले अब बामगठन्धनको सम्पुर्ण ध्यान उद्योग, व्यापार, कृषि र पर्यटनमाफर्त आर्थिक विकास गर्नेतर्फ हुने पनि बताए । उनले लुम्बिनीसँग आफ्नो गहिरो नाता भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री छँदा लुम्बिनीदेखी ल्हासा सम्म रेलको सपना देखेर चिनियाँ समकक्षीसँग गरेको चर्चा अहिले योजनाबद्ध ढंगले शुरु हुन थालेको भन्दै खुशी व्यक्त गरे ।

प्रचण्डले नेपालका धेरै नेताहरुमध्ये रुपन्देही ३ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार घनश्याम भुसाल विचार र विकासका हस्ती भएको भन्दै संसदमा योजनाबद्ध ढंगले कुरा राख्ने सांसदको कमी भएको बेला उनको आवश्यक्ता खड्किएको बताए ।

छेऊमै बसेका एमाले उपमहासचिव घनश्यामलाई देखाउदैं भने ‘ तपाइहरुले घनश्याम भुसाल र प्रदेश तर्फका सदस्य उम्मेदवार विश्वास बराल र तुलसीप्रसाद चौधरीलाई विजयी गराएर पठाउनुस् । यो जिल्ला मुलुकको नमूना जिल्ला बनाउन मेरो पुरै सहयोग हुन्छ ।’

लुम्बिनीदेखी ल्हासा रेल, कोरला नाका हुदैं बेलहियासम्म यातयात, भैरहवामा सेजको सन्चालन, भैरहवालाई लोडसेडिंग मुक्त गर्न तथा लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटनको दीर्घकालिन खाका कोर्न रुपन्देहीमा बामगठन्धनको जित आवश्यक भएको उनको भनाई थियो ।

निकाश र बिकाश एमाले र माओबादी केन्द्रबाट मात्र सम्भव छ : क्षेत्र न १ प्रदेशसभा २ उम्मेदवार दधिराम

मोहन न्यौपाने, कार्तिक ३०।

रुपन्देही क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार नेकपा मावोवादी केन्द्रका पोलिट ब्युरो सदस्य दधीराम न्यौपाने (माधब शर्मा ) ले बाम गठबन्धन बाहेक मुलुकमा अर्को शक्तिले जनताको समस्याको निकाश र जनताको आगनमा बिकाश दिन नसक्ने बताउनुभएको छ ।

क्षेत्र न १ रुपन्देही को प्रदेश सभा २ को आज सम्पन्न तिलोत्तमा वार्ड न १० र १२ को घरदैलो कार्यक्रम तथा कार्यकर्ता भेटका क्रममा उहाले सो कुरा बताउनुभएको हो । आफुहरुलाई जनताको मत माथि कुनै शंका नभएको र अन्य पार्टिले बामगठबन्धनलाइ मत नहालेर मत खेर नजावोस भन्नेमा मात्र आफ्नो आशंका रहेको उहाले बताउनुभयो। जित हासिल मात्र आफ्नो मिसन नरहेकोमा क्षेत्र न १ को समग्र बिकाश र उन्नति आफ्नो पुरा मिशन रहेको उल्लेख गर्नुभयो ।

अब जनताको जित नमुना क्षेत्रको रुपमा क्षेत्र न १ बाटै शुरुवात हुने भएकोले ढुक्क भएर मत दिन तिल्लोतामा नगरपालिका १० र १२ का वडा बासीलाई आग्रह गरेका छन । बाम गठबन्धन तिलोत्तमा नगरपालिका १० को चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत कान्छीबजारमा आयोजित चुनावीसभा तथा वार्ड न १२ को पार्टी कार्यालय उद्घाटन कार्य्यक्रमलाई सम्बोधन गर्दै उमेदवार न्यौपानेले बाम गठबन्धनले नै मुलुकलाई राजनैतिक अस्थिरताबाट जोगाउने र स्थाइ सरकार निर्माण हुने भएकाले यस क्षेत्रमा बिकास हुने वताए ।

त्यस्तै सोहि कार्यक्रम लाइ सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र न १ का उम्मेदवार छबिलाल बिश्वकर्माले तिलोत्तमा नगरपालिका र समग्र क्षेत्र न १ लाई ब्यवस्थित बनाउनका लागी पनि बाम गठबन्धनका उमेदवारलाई नै मत दिनुपर्ने वताउदै आफ्नो क्षेत्र अन्तर्गत पर्ने ग्रामीण भेगको सडकलाई समेत सुधार गरी बजारसंग जोड्दै पर्यटन प्रवद्र्धनमा अगाडी वढाइने समेत वताए । त्यसैगरी उहाले दलित जनजाति महिला बेरोजगार जनजाति र पिडित हरुको अधिकार सुनिश्चित गर्न बाम गठबन्धनलाई जिताउन पर्ने बताए । चुनाबी सफलता संगै क्षेत्र न १ लाइ नमुना बनाउनको लागि आफु हरदम प्रतिबद्द रहेको र समग्र क्षेत्रको उचित ब्यवस्थापन हुने वताउनुभयो ।

घरदैलो कार्यक्रममा सेमराबजार, कान्छीबजार, मक्रहर बेहोरी, तुकतुकिया बर्मेलिटोल,महानाजोत भाठा लगायतका ठाउमा कोणसभा आयोजना गरिएको थियो ।कार्यक्रममा उपस्थित उत्साहित कार्यकर्ताहरुले आफ्ना गाउ घर र टोल पुगेका नेता तथा बामगठबन्धनका कार्यकताहरुलाई न्यानो स्वागत सहित बाम गठबन्धन नै अहिलेको आवश्यक्ता रहेको वताउदै बाम गठबन्धनलाई जिताउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

नेपालकै होंचो कलाकार दिपेन शाहको निधन

कार्तिक ३१, तिलोत्तमा सिटी

नेपालकै सबैभन्दा होचो कलाकार दिपेन शाहको निधन भएको छ । चर्चित हाँस्य टेलिऋंखला ‘झ्याईकुटी झ्याँइ’ बाट दिपेन सरको रुपमा चिनिएका कलाकार दिपेन शाह नेपालकै होचा व्यक्तिको रुपमा चिनिन्थे ।

आफ्नो अशक्तपन भएपनि कलाकारिता मार्फत दर्शकहरुलाई हँसाउँदै आएका दिपेन बोनम्यारोको रोगका कारण पिडित थिए । चर्चित कलाकार,डान्सर तथा जादुगर महादेव त्रिपाठीको साथका कारण कलाकारितामा भित्रिएका उनी महादेवकै साथमा विभिन्न कार्यक्रमहरुमा पनि प्रस्तुति दिँदै आएका थिए । दुवै खुट्टामा हड्डीभित्रको मासीको कमि भएका कारण यस्तो अवस्थामा आइपुगेका उनको उपचारका लागि ५० लाख रकम लाग्ने बताइएको थियो । उनको आज बिहान उनको किष्ट अस्पतालमा निधन भएको हो ।

 

 

१०० बर्ष कि बृद्दाको आशिष लिदै क्षेत्र न. १ प्रदेशसभा २ का उम्मेदवार दधिरामले गरे कानपारामा गएर प्रतिबद्दता

मोहन न्यौपाने,कार्तिक २९ गते ।
क्षेत्र न १ रुपन्देही प्रदेश सभा २ का उम्मेदवार दधिराम न्यौपाने माधवले आज आफ्नो क्षेत्रमा पर्ने तिलोत्तमा नगरपालिका १७ को घरदैलो सम्पन्न गर्नुभएको छ। पिपरिहावाबाट शुरु गरेको घरदैलोलाई सम्बोधन गर्दै उहाले पिडित गरिब बिपन्न साथै अशिक्षाको जालोलाइ चिर्न बामपन्थी शक्तिहरुलाई दुइतिहाइ मत दिएर बिजयी बनाउनु पर्ने बताउनुभयो ।
आफ्नो चुनाबी यात्रालाइ अघि बढाउदै उहाले प्रतिनिधि सभाको क्षेत्र न १ मा छबिलाल बिश्वकर्मालाइ र प्रदेशसभा २ मा आफुलाई मत दिन सबै वार्ड बासिहरु तथा क्षेत्र न १ का आम जनतालाई आग्रह गर्नुभएको छ । घरदैलोको क्रममा कानपारा ,ठठरिहवा ,दलका ,दरखासवा ,नयाटोल हुदै ओमासतिया गाउपालिकाका केहि भूभाग हरुमा चुनाब प्रसारलाइ तिब्रता दिनुभएको हो ।
घरदैलोको क्रममा उनले आदिबाशी, जनजाति, पिडित, गरिब र बिपन्न वर्गहरुलाई प्रत्यक्ष भेटेर उनीहरुको गुनासो समेत सुन्नुभएको थियो ।
कानापारा निवासी १०० बर्षीय बृद्दा मनिकर्ण तिवारीको आशिस लिदै उहाले अबको चुनाबको जितले एकल महिला ,बृद्दबृद्दाहरुको गुनासोमा शत प्रतिशत अन्त्य हुने र हाशी खुसि जिबन यापन गर्न पाउनेमा ढुक्क हुन आग्रह समेत गर्नुभएको छ । अब देश दुइतिहाइ बहुमतको संघारमा गएकोमा देशको ठुलो शक्ति बामपन्थी बन्ने र त्यहि शक्तिले मात्र सामाजिक गुनासोको अन्त्य गर्न सक्ने बताउनुभयो ।
त्यस्तै लामो समयदेखि बिजुलीको अभाब र असहयोगमा बसेको केहि बस्तिहरुका अगुवाहरुलाइ भेटि सामाजिक समस्याको मिलेर समाधान गर्न आफु आतुर रहेको बताउनुभयो ।

 

आफ्नै इम्मान्दार नेताको सम्मान गर्न नसक्ने पार्टिले जनताको मतको सम्मान कसरि गर्छ ?-बाम उम्मेदवार दधीराम न्यौपाने (माधब शर्मा )

रुपन्देही क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार नेकपा मावोवादी केन्द्र का पोलिट ब्युरो सदस्य दधीराम न्यौपाने (माधब शर्मा ) ले बाम गठबन्धनलाई ढुक्क भएर मत दिन तिल्लोतामा नगरपालिका १५ र १६ का वडा बासीलाई आग्रह गरेका छन । बाम गठबन्धन तिलोत्तमा नगरपालिका १७को चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत कोटिहवा चोकबाट शुरु भएको चुनावी सभा तथा कार्यालय उद्घाटन कार्यक्रम संगै वार्ड न १५ र १६ का विभिन्न गाउमा गै सम्बोधन गर्दै प्रतिनिधि सभा क्षेत्र न १ का उम्मेदवार छबिलाल बिस्वकर्मा सहित प्रदेश सभा २ का उम्मेदवार दधिराम न्यौपाने, तथा समानुपातिकका उम्मेदवार सरिता श्रीस र प्रमोद यादवले बाम गठबन्धनलाइ जिताएर देशमा स्थायी सरकार निर्माण गर्न सहयोग पुर्याउनुहुन टोल बासिहरुलाई आग्रह गरेका थिए ।

तिलोत्तमा १५ कोटिहवा चोकमा रहेको क्षेत्रिय कार्यालय संयुक्त रुपमा उद्घाटन गर्दै बाम गठबन्धनका उम्मेदवारहरु आफ्नो क्षेत्रमा पर्ने तिलोत्तमा वार्ड न १५ र १६ को घरदैलोमा सरिक भएका थिए । कोटिहवाबाट शुरु भै बभनी,बनकट्टि ,मोहनपुर ,पथ्थरडाडा ,सखुवानी ,डाडागाउ ,मधवलिया हुदै पर्सहहवाचोक १६ न. मा गै कोण सभामा परिणत सभालाई सम्बोधन गर्दै प्रदेशसभा २ का उम्मेदवार दधिराम न्यौपाने माधव शर्माले अबको चुनाबमा बाम गठबन्धनलाई जिताए युवाहरुको बेरोजगारी समस्या र बिदेशिन पर्ने बाध्यता टुङ्गेर जाने र नया बिकाशको खाका कोरिने बताउनु भयो ।

उहाले आदिबासी जनजाति ,मुश्लिम ,महिला , युवा , अपाङ्गता भएका, पिडित ,सिमान्तकृत ,समुदायका लागि हक अधिकार सुनिश्चित गर्ने गोरेटो कोरिसकिएको र त्यसलाई पुरा गर्न बामगठबन्धनलाइ जिताई सहयोग गर्नुपर्ने बताए । अहिले भर्खरै बिकाशको खाका मात्र तयार भएकाले अहिल्यै भर्खरै केहि भाछैन भाछैन भनेर आफूमै निराश हुनुभन्दा अब गरेर देखाउन छ, भन्दै जुर्मुराउनु पर्ने उहाले जिकिर गर्नुभयो ।

क्षेत्र न १ मा सबै भासा,जात-जाति छरिएर बसिएको यो ठाउको सामाजिक सद्भाव माथि धावा बोल्ने कांग्रेस जस्तो निर्लज्ज पार्टीलाइ अब जनताले सत्यको जवाफ दिनुपर्ने बताउनुभयो । उहाले कथित समाजबादको बिपी धारा नबुझी आफ्नै कार्यकर्ता र दिगो पार्टिका लागि लागेका इम्मान्दार नेताको सम्मान गर्न नसक्ने पार्टिले जनताको मतको सम्मान कसरि गर्छ ? भन्दै कांग्रेस माथि प्रश्न समेत तेर्स्याउनु भयो ।

आगामी मङ्सिर १० गतेको पहिलो चरणको चुनाबले दोस्रो चरणको चुनाबमा बाम गठबन्धनलाइ पहिलो पार्टि गराउन मद्दत गर्ने भएकाले आफ्ना तथा एमालेका कार्यकर्ता लाई ढुक्क भएर हामी एउटै पार्टि हौ, भन्ने भावना जागृत गरि मत दिन आग्रह गरे उहाले चुनाब चिन्ह फरक भएर कुनै अफ्ठ्यारो मान्नु नपर्ने र बाम गठबन्धनलाइ प्रसिक्षणात्मक हिसाबमा निर्धक्क मत दिएर बिजयी गराउनु हुन सबै पार्टिका कार्यकर्ता नेता तथा शुभेच्छुकहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै वार्ड न १६ अन्तर्गत जुडा ,बिहुली ,चिहुली ,सखुवानी चोक , पर्सिया , पर्सहवाहुदै बोहिया मा भएको कोण सभामा बोल्दै अर्की नेत्री समानुपातिक क्षेत्र न १ कि सरिता श्रीस ले युवाहरुलाई एक मुठी मा अटाउन सक्ने पार्टी भनेकै बाम गठबन्धन भएकाले अबको अपरिहार्य युवा हरुको नेतृत्व रहेको बताउनु भयो । आफ्नो उम्मेदवार युवा , महिला , जनजाति र निस्वार्थ सामाजिक सेवा र राजनीतिका लागि भएको ले अब अल्मलिने समय बितिसकेको बताउनु भयो । उहाले अब एकजुट भै बाम उम्मेदवार लाई जिताउनु को विकल्प नरहेको समेत बताउनु भयो । घरदैलो मा गिरि पुन ले सहजीकरण गर्नु भएको थियो ।

बाम गठबन्धन बिजयी भैसकेको र अब २१ गते त्यसको लिखित प्रतिबेदन आउने : छबिलाल बिस्वकर्मा

नेकपा एमाले तथा नेकपा माओबादि केन्द्रको संयुक्त गठबन्धन को क्षेत्र न १ प्रदेश सभा २ को क्षेत्रिय कार्यालय तिलोत्तमा नगरपालिकाको कोटिहवामा उद्घाटन गरिएको छ ।
नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार प्रत्याशी छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा क्षेत्र न १ प्रदेश सभा २ को कोटिहवा स्थित क्षेत्रिय कार्यालयको उद्घाटन गर्दै उम्मेदवार बिश्वकर्माले कथित समाजबादको नारा लगाउने कांग्रेसले पैसा र लोभ लालचको भरमा मत किन्न नसक्ने जिकिर गरे । उहाले बाम गठबन्धनलाई देशको कुनै पनि शक्तिले परास्त गर्न नसक्ने ठोकुवा गर्नुभयो । आफ्नै सम्बोधनमा कार्यालयको उद्घाटन गर्दै उहाले स्थानिय चुनाबको नतिजा जोड्दा बाम गठबन्धनहरु बिजयी भैसकेको र अब २१ गते त्यसको लिखित प्रतिबेदन मात्र आउनेमा ढुक्कहुन आफ्ना कार्यकर्ता , शुभेच्छुकहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै उहाले अबको मङ्सिर २१ मा हुने चुनाबमा जनताले दुइतिहाइ मत दिएर संबिधान कार्यान्बयन हुन नदिने तत्वहरुलाई परास्त गर्ने कुरा बताउनुभयो। आफुहरु संघियता ,गणतन्त्र ,लोकतन्त्रका निम्ति धेरै लडाइ गरेकोमा अब जनताले अन्तिम लडाइमा जित हासिल गर्न बाम गठबन्धनलाई बहुमत दिनुपर्ने औल्याउनुभयो ।
उहाले हाल भैरहेको बामएकताको उम्मेदवार पाउनु जनताको लागि अहोभाग्य भएकाले नहड्बढाइकन आफ्नो मत हाल्न आग्रह गर्नुभयो । पछिल्लो समय निर्बाचन आयोगले राखेका निर्बाचन आचारसंहिताको आफुहरुले पुर्ण पालना गर्न प्रतिबद्द रहेको भन्दै आचारसंहिता उल्लङ्घन गरेर पैसा ,डर धम्कि र लोभ लालचमा नफस्न र त्यस्ता कु-कार्य गर्नेहरुलाई पराजयको स्वाद चखाउन उहाले आग्रह गर्नु भयो ।
देशमा बढ्दै गएको गरिबी ,बेरोजगारी, हिँसा,आतंक ,र स्थानिय तहको बिकाशमा बाधा पुर्याउने कांग्रेस प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबाट पाखा लाग्नेमा आफुहरु ढुक्क रहेको उहाको जिकिर छ । क्षेत्र न १ का विभिन्न पर्यटकिय क्षेत्र ,सुखौरा खोला देखि रोहिणी नदि सम्मको नदि कटान तथा समग्र लुम्बिनीसंग जोडिएको गुरु योजनामा आफु केन्द्रित रहेकोले यहाको समस्या, सिचाई ,युवा स्वरोजगार,दक्ष जनशक्ति उत्पादन ,बनको संरक्षण,उत्तर दलदले देखि दक्षिण दशगजा सम्मको बिकाशमा अगाडि बढ्न बाम गठबन्धनलाई मत दिनुपर्नेमा जोड दिनुभयो ।

सोहि अवसरमा बोल्दै कार्यक्रमका बिशिस्ठ अतिथि तथा नेकपा माओबादि केन्द्रका पोलिटब्युरो सदस्य तथा क्षेत्र न १ प्रदेश सभा २ का उम्मेदवार दधिराम शर्मा न्यौपानेले युवा बेरोजगार हटाउन र स्वोरोजगार बढाउन तथा बेरोजगार भत्ताको ब्यबस्था गर्न आफुहरु सधै अगाडि बढ्ने कुरा बताउनुभयो। त्यस्तै उहाले बाम गठबन्धन मात्र होइन, कांग्रेसलाइ पराजित गर्न रुपन्देहीका सबै क्षेत्रमा मात्र नभएर देशैभरि सबै लोकतन्त्र बादी ,गणतन्त्रबादी स-साना दल देखि सबै पार्टीहरुलाई यो एतिहासिक घडिमा समाबेश हुन आग्रह गर्नुभयो।

सो क्षेत्रिय कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमालेकी समानुपातिक उम्मेदवार सरिता श्रीसले अबको समय युवाहरुको नेतृत्व को समय भएकोले कुन पार्टी भन्दा पनि कुन युवा भनेर युवाहरु एकजुट भै लाग्नुपर्ने बताउनुभयो। उहाले अबको समय बामपन्थी जितको समय भएकोले लोभ लालच र क्षणिक स्वार्थका निम्ति युवाहरुले आफ्नो मत खेर नफाली बाम गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो ।

सो अवसरमा नेकपा माओबादिका नगर अध्यक्ष लक्ष्मण खनाल ,ऋषिराम सापकोटा ,नगर उपप्रमुख जागेस्वारी चौधरी लगायतले बोल्दै सम्पूर्ण पार्टिका कार्यकर्ता एक भैसकेकाले स-साना कुरा र बिगतलाइ नहेरी अबको नया एकत्रित शक्तिको लागि योगदान गरि बाम गठबन्धनलाई बिजयी गराउनुहुन आफ्ना सबै कार्यकर्ता तथा शुभेच्छुकलाई अनुरोध गरेका थिए । निर्बाचन कमिटि क्षेत्र न १ र २ का संयोजक यज्ञ गैरे को अध्यक्षता तथा निर्बाचन कमिटिका सह संयोजक हेमन्त पाण्डे को स्वागत भाषण बाट शुरु सभालाई पार्टीका नेता सुरेन्द्र श्री ले संचालन गर्नु भएको थियो ।

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड रुपैंयाँ लगानी गर्ने भएको छ । नेपाल पुर्वाधार विकास कम्पनी र चाइना रेल वे कम्पनीबिच भएको सम्झौता अनुसार कुल लागतको ८० प्रतिशत सेयर लगानी गर्ने भएको हो । चाइना रेल वे कै प्राबिधिकहरुकै संलग्नतामा डिपिआर पुनरावलोकनका क्रममा सुरुङ मार्गको लागत ४८ अर्ब पुग्ने देखिएको थियो ।

चाइना रेल वे कम्पनीले कुल लागतको ८० प्रतिशत सेयर लगानी गर्ने सम्झौतामा करिब ६ महिना अघि नै हस्ताक्षर गरिसकेको छ । केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीमा संलग्न चाइना रेलवे कम्पनीको टोलीले शनिबार सुरुङ मार्गमा लगानी गर्नेबारे छलफल गरेको थियो । ‘रेलमार्ग निर्माणबारे अध्ययन गर्न आएको चिनियाँ टोलीमा संलग्न चाइना रेलवे कम्पनीको टोलीले सुरुङ मार्ग निर्माणबारे थप छलफल गरेको छ, रेलमार्ग भन्दा पहिले नै सुरुङमार्ग निर्माण सम्पन्न गर्ने सहमति भएको छ, अब काम अघि बढाउँछौं’, नेपाल पुर्वाधार विकास कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरीले भने ।

चाइना रेलवे कम्पनीका प्राबिधिकहरुको टोलीले सुरुङमार्गको डिपिआर, वातावरणिय प्रभाव मुल्यांकन रिपोर्ट, अनुमानित लागत सबैको एक महिना लगाएर गहिरो अध्ययन गरेको थियो । २ पटक स्थलगत अध्ययन गरेर चिनियाँ टोलीले सबै प्रतिवेदन चिन लगेको छ र चाइना निर्यात आयात(एक्जिम) बैंकसँग ऋणका लागि प्रस्ताव पेश गरिसकेको छ । ‘चाइना एक्जिम बैंकसँग ऋणका लागि आवेदन दिईसकेको जानकारी पाएका छौं, चाइना रेलवे कम्पनीले ८० प्रतिशत सेयर लगानी गर्छ, नेपालीको तर्फबाट २० प्रतिशत लगानी पुर्वाधार विकास कम्पनीले गर्छ’, ठकुरीले भने । उनका अनुसार चिनियाँ प्राबिधिकको सल्लाहपछि सुरुङ मार्गको एलाइनमेन्ट केहि ठाउँमा परिवर्तन गरिएको छ । त्यस्तै सुरुङ मार्गको लम्बाई नबढ्ने गरि केहि स्थान पनि बदलिएको छ ।

चाइना रेलवे कम्पनीका प्रतिनिधीसँग छलफल गर्दै नेपाल पुर्वाधार विकास कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरी लगायत

ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, भिमफेदी गाउँपालिका हुँदै हेटौडाँ उप महानगरपालिकामा जोडिने काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गको लम्बाई ५७.३७५ किलोमिटरको हुनेछ । ५० मिटरको राइट अफ वे हुने यो सडक ४ लेनको हुनेछ । २६ वटा पुल, ४ किलोमिटरको सुरुङ रहने सडकले १०८ हेक्टर वन र ९० हेक्टर निजी जमिन तथा बागमति किनारका ७ वटा दाहसंस्कार स्थल प्रभावित हुनेछ । नेपाल पुर्वाधार विकास कम्पनी २०६८ भदौं २० गते स्थापना भएको थियो । कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन् । २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता (पिपिए) गरि अनुसन्धान कार्यारम्भ गरेको थियो । कम्पनीले २०६९ माघ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर औपचारिकता पाएको थियो ।               कम्पनीले २०७० जेठ १ गते नेपाल सरकारबाट सुरुङ मार्ग निर्माणको अन्तिम स्विकृति पायो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ऐन अन्तर्गत सरकारले पूर्वाधार विकास कम्पनीलाई यो परियोजना सुम्पेको हो । कम्पनीले निर्माण पश्चात ३० वर्षसम्म सञ्चालन गरेर सुरुङ मार्गको स्वामित्व सरकारलाई फिर्ता गर्नु पर्ने सम्झौतामा छ ।                 २०७० कात्तिक २५ गते सुरुङमार्गको शिलान्यास भएको थियो । सुरुङ मार्गले ५८ किलोमिटरको हुने डिपिआर रिपोर्टम उल्लेख छ । विभिन्न तीन स्थानमा करिब ४.५ किलोमिटर सुरुङ निर्माण गरिनेछ ।

RECENT POSTS