Wednesday, May 22, 2019

क्यान महासंघ साधारणसभा

कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान महासंघ) रुपन्देहीको नवौ  अधिवेसन तथा १६ औ बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । महासंघ रुपन्देहीका अध्यक्ष रोशन कण्डेलको अध्यक्षातामा भएको साधारण सभा तथा अधिवेसनमा बुटवल उपमहानरपालिकाका प्रमुख मेयर शिवराज सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कार्यक्रममा क्यान महासंघ लुम्बिनीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य नवराज कुँवर, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खिम बहादुर  हमाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी,  क्यान रुपन्देहीका पुर्व अध्यक्ष दुर्गा प्रसाद पाण्डे, विष्णु प्रसाद बज्राचार्य, केशव नेपाल, लालाहरी पाण्डे, नेत्रहिन संघका केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, न्यु होराईजन माविका  प्राचार्य लोकनाथ उपाध्यया, क्यान पाल्पाका अध्यक्ष महेश शर्मा लगायतले बोलेका थिए ।

विद्धुतिय व्यवसायी संघको नगर अध्यक्षमा पाण्डे

विद्दुतीय व्यवसायी संघ,तिलोत्तमा नगर समितिको गत शनिबार सम्पन्न दोस्रो अधिवेशन दुर्गा प्रसाद पाण्डेको अद्द्यक्षतामा पाँच सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।जसको उपाध्यक्षमा उपेन्द्र अधिकारी, सचिवमा नारायण साप्कोटा, कोषाध्यक्षमा कमलराज रेग्मी, सदस्यमा बिष्णु भट्टराइर्, सल्लाहकारहरुमा खेमराज गुरुङ, शालीग्राम गौतम, ताराप्रसाद बश्याल, बरिस्ठ सल्लाहकारमा भीमलाल अधिकारी
निर्विरोध रूपमा निर्वाचित भएका छ्न । उक्त समितिले प्रकाश पाण्डेलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको छ । तिलोत्तमा व्यापार संघको हलमा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी विद्दुतीय व्यवसायी संघ केन्द्रिय समितिका तृतीय उपाध्यक्ष अनन्तमान थैवले एलइडि बल्बको प्रयोगले उर्जा संकट न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले राज्यले यस्को भन्सार महसुलमा छुट गर्नुपर्ने बताए।यस्तैगरी विशिस्ट अतिथी नारायणबाबू बस्नेतले व्यवसायीहरुले पनि कमाउने मात्र नभै व्यवसायिक धर्मको निर्वाह गर्दै गुणस्तरीय सामान मात्र उपभोक्ता माझ लैजानुपर्ने बताए।
रुपन्देही जिल्ल बरिस्ठ उपाध्यक्ष प्रकाशचन्द्र पाण्डेले संघमा संगठित भएर एकतावद्द रुपमा अघि बढ्नुपर्ने बताउँदै सरकारले व्यवसायीका पीर(मर्का कहिल्यै नसुन्ने तर करको बहानामा व्यवसायीहरुलाइ हतोत्साहित मात्र बनाएको बताए।कार्यक्रममा तिनपा(६का अद्द्यक्ष चेतनारायण भन्डारीले नगरपालिका व्यवसायीका हकहितमा लागिपर्ने बताए।कार्यक्रममा जिल्ला महासचिव,हरिहर ज्ञवाली,व्यापार संघका प्रथम उपाध्यक्ष,बाबुलाल भुसाल,विद्दुतीय व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष,लोकनाथ पोखरेल,जिल्ला सदस्य,चन्द्रकान्त भण्डारी,सि।न।पा।कमिटी अद्द्यक्ष,रामबहादुर थापा लगायतले बोल्दै व्यवसायीक एकतामा जोड दिएका थिए।कार्यक्रम ती।न।पा।नगर समिति अद्द्यक्ष इश्वर प्रसाद बश्यालको अद्द्यक्षता,दुर्गा प्रसाद पाण्डेको सन्चालन र शालिकराम गौतमको स्वागतमा सम्पन्न भएको थियो

पुर्व सैनिक कृषि सहकारीको साधारणसभा सम्पन्न

पुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेड तिलोत्तमा ९ भलवारी रूपन्देहीको दोस्रो साधारणसभा शनिवार भलवारीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुवेदार चित्र बहादुर गुरूङको अध्यक्षतमा भएको कार्यक्रममाडिभिजन सहकारी सस्था रूपन्देहीका निर्देशक गुणाखर खनालले पुर्व सैनिकहरुले सहकारी संस्था खोलेर कारोबार गरेकोमा प्रशंसा गर्दै यसबाट आर्थिक उपार्जनको बाटो पहिल्याउन आग्रह गरे । साधारण सभामा लेखा संयोजक क्याप्टेन जीत बहादुर रानाले बार्षिक लेखा प्रतिवेदन एवं कोषाध्यक्ष सुवेदार गिरि प्रसाद रानाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । १ करोड ५९ लाख ७५ हजार १५७ रूपैयाँ बराबरको कुल निक्षेप संकलन गर्न सफल संस्थाले चालु आर्थिक बर्षका लागि १ करोड ५५ लाख ३० हजार ८ सय ८२ रूपैयाँ बराबरको लेखा एवं वार्षिक प्रतिवेदन पेश गरेको छ । सभामा लेखा परीक्षक चन्द्रकान्त भट्टराई, देवानन्द पाण्डे, रामकृष्ण हमाल,संस्थाका उपाध्यक्ष एवं धितो मुल्यांकन समितिका संयोजक भीम बहादुर गुरूङ, सचिव कृष्ण बहादुर पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थामा ३९४ जना शेयर सदस्य आवद्ध रहेका छन् ।

सोमबार हुने फाइनलमा नवयुवा र वालिङ्ग भिड्दै : १७ औं लिस्नूकप

रुपन्देहीको कोटीहवामा जारीं १७ औं लिस्नूकप नकआउट फुटवल प्रतियोगिताको फाइनलमा नवयुवा खेलकूद तथा सांस्कृतिक परिवार ठुटीपिपल र वालिगं नगरपालिका वालिगं आमनेसामने हुदैछन । पहिलो सेमीफाइनल अन्तर्गत गत शुक्रवार सम्पन्न खेलमा डि.वाई.सी. कोटहीमाईलाई ट्राईवेकरमा ४ का विरूद्ध ५ को गोलको अन्तरले पराजित गर्दै नवयुवा खे. तथा सा. परिवारले फाइनलको यात्रा तय गरेको हो । निर्धा्रित ९० मिनेटको खेलमा दुवै तर्फवाट १र१ गोलको वरावरीमा रोकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । त्यस्तै प्रतियोगिताको दोस्रो सेमीफाइनल अन्तर्गत शनिवार सम्पन्न खेलमा वालिगं नगरपालिका वालिगंले सुपौली एफ सी लाई १ का विरूद्ध २ गोलले हराउदै फÞाइनल यात्रा तय गरेको हो । वालिगंको जीतमा योगेश गुरुगं र लक्ष्मण रूचालले १र१ गोल गरे भने सुपौलीका लागी विश्वास श्रेष्ठले पेनाल्टी मार्फत १ मात्र गोल फर्काउन सफल भए । वालिंगका लागी निरज बस्नेत म्यान अफ दी म्याच घोषित भए । सोमवारको फाइनलका लागी प्रतियोगितामा आइतवार ’ अफ डे ’ राखिएको छ । लिस्नु युवा क्लब कोटिहवाको १७ औ सस्करण बिजेताले नगद रु. २ लाख प्राप्त गर्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने छ । सोमवार भब्य समारोहका बीच समापन गरिने फुटबल प्रतियोगितामा महिला तथा अपाङ्गता भएका दर्शकलाई निशुल्क एंव सोमवारको फाइनलका लागी १०० रुपैया टिकटको व्यवस्था गरिएको छ ।

नेपाली यू १९ क्रिकेट टोली मलेसिया प्रस्थान

नोभेम्बरमा हुने एसीसी यू १९ एसिया कपको छनौट खेल अन्तर्गत यू १९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली  मलेसिया प्रस्थान गरेको छ । आइतबारदेखि हुने प्रतियोगिताका नेपाल समूह एमा परेको छ । यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह बीमा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् । नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू १९ एसिया कपमा स्थान बनाउनेछ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।एक महिना अघिदेखि तयारी थालेको नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । यसअघि सन्दिप लामिछाने कप्तान थिए । मुख्य प्रशिक्षक बिनोद दास र सहायक प्रशिक्षक कलाम अली छन् । नेपाली टोलीको ब्याटिङ प्रदर्शन सुधारका लागि भारतीय प्रशिक्षक मोन्टी देसाईले १० दिन बिशेष प्रशिक्षण दिएका थिए ।

टिपिएलको अक्सन सकियो,२४ खेलाडी १० हजारमा बिके

प्रकाश पाण्डे / बाबुराम गैरे
भदौ २४, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा असोज २२ गतेदेखि शुरु हुने तिलोत्तमा प्रिमियर लिग टिपिएल T20 क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको अक्सन आज सम्पन्न भएको छ । २ सय ७० खेलाडी सहभागि रहेको अक्सनमा १०४ जना खेलाडिमा बोलि लागेको छ । अक्सनमा २४ जना खेलाडिहरु सबैभन्दा बढि १० हजारमा बिक्रि भएका छन । बिष्णु कठरिया, सन्दिप सुनार, पुरन बिक, कुशल भुर्तेल, सुमनराज पाण्डे, बिक्रम भुषाल, गणेश गौंडेल, सौरभ खनाल, निष्चल चौधरि, इकलाख अहमद, बिशाल खत्रि र लाल बहादुर अधिकारी १० हजारमा बिकेका हुन ।

त्यस्तै १० हजारमै बिक्रि हुने अन्य खेलाडिहरुमा अजय कौसिला, सुरज दराई, दबेन्द्र सोमरे, जगत क्षेत्रि, बिशाल सुनार, मैनुद्धिन काजु, सुशान भारी, नुरध्वज सेन, साहव आलम, धिरज शाहि, विवेक शर्मा, हिमाल कालिराज रहेको खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए । त्यस्तै २ खेलाडि क्रमस ७ र ६ हजारमा बिक्रि भए भने ५ हजारमा बिक्रि हुने खेलाडीको संख्या ३९ रहेको छ । प्रतियोगितामा खल्ने अन्य खेलाडिहरु न्यूनतम ३ हजारमा बिक्रि भएका छन ।
तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्यूतराज ढुंगानाको अध्यक्षता र क्यान रुपन्देहीका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न अक्सन कार्यक्रममा अन्तराष्ट्रिय कोच जंग बहादुर थापा, क्यानका पुर्ब केन्द्रिय सदस्य आशा गुरुङ्ग, राष्ट्रिय कोच शंकर राना, अन्तराष्ट्रिय खेलाडिद्धय राहुल बिक र शक्ति गौचन लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा सहभागि टिमहरुले १५ हजारमा आफ्नो टिम क्याप्टेन यसअघि नै छनोट गरिसकेका थिए । जस अन्तर्गत नुसि वारियर्सले मन बहादुर थापालाई क्याप्टेनको जिम्मा दिएको छ भने नेपाल अम्बुजा एन एस सि ए टाइगर्सले शंकर राना, फेन्टासि गोलपार्क लायन्सले राहुल बिक, फोर नेसन्स इन्टरनेशनल एससिसि स्ट्राइकर्सले निर्मल थापा, लुम्बिनी कासाई लायन्सले महेश मिश्रालाई क्याप्टेनको जिम्मेवारि दिएका छन । त्यस्तै बुटवल फाइटर्सले अमित श्रेष्ठ, बुम रक्स् शिद्धार्थनगरले कृष्ण कार्की र ज्ञानोदय गोल्डसले निशान्त शर्मालाई क्याप्टेन छानेका छन ।
असोज २२ गतेखेखि ३१ ग्तेसम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले २ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्धितिय हुनेले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै म्यान अफ द सिरिजलाई नगद १५ हजार ट्रफि, र प्रमाणपत्र, बेष्ट वलर र वेष्ट म्यानलाई ७ हजार ५ सय ट्रफि, र प्रमाणपत्र र ईमर्जिङ प्लेयसलाई ५ हजार सहित ट्रफि, र प्रमाणपत्रले पुरस्कृति गरिने आयोजकल जानकारी दिए ।
त्यस्तै २५ हजारको टिम फेयर प्ले अवार्ड रहेको प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजारले पुरस्कृत गरिने बताईएको छ । प्रतियोगिता संचालन गर्नका लागि ३० लाख खर्च लाग्ने बताईएको छ । तिलोत्तमा ६ स्थित नम्बरमा रहेको जवजिवन युवा क्लवको खेल मैल मैदानमा प्रतियो्गिता हुनेछ । यस प्रतियोगिता रुपन्देही जिल्लाको मात्र नभई पुरै पश्चिमाञ्चलकै लागि पहिलो प्रयास भएको आयोजकको दाबी छ ।

जेसीआई भलवारी रूपन्देहीको ट्राफिक सचेतना कार्यक्रम

जेसीज सप्ताहको चौथो दिन बुधबार जेसीआई भलवारी रूपन्देहीले पशुपति नमूना मा.वि. कोटीहवाका प्लस टु तर्फका विद्यार्थीका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब निरीक्षक दामोदर मल्लले श्रव्यदृश्य प्रस्तुति सहित ट्राफिक नियम पालना गर्दाका बहुपक्षीय उपयोग र नियम मिच्दा वा नियम नजान्दा हुने नोक्सानीबारे विद्यार्थीलाई जानकारी दिनुभएको थियो ।जेसीआई भलवारीका अध्यक्ष मुक्तिनाथ गैह्रेको अध्यक्षता तथा पूर्व अध्यक्ष रमेशकुमार पराजुलीको प्रमुख आतिथ्य एवम् मंगलापुर ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विष्णु कार्की, विद्यालयका सदस्य दिपक गैरे लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।जेसीआई भलवारीका कोषाध्यक्ष प्रकाश गैरेको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वेदनारायण भट्टराई, जेसीआई भलवारीका पूर्व अध्यक्ष शिवप्रसाद गैरे लगायतले बोल्दै सवारी चाप बढिरहेको रूपन्देही जिल्लामा ट्राफिक सचेतना अत्यावश्यक भएकोमा जोड दिनुभएको थियो ।
जेसीज सप्ताहको पाँचौ दिन आज (बिहीबार) दिउँसो देखि राममणि बहुमुखी क्याम्पसका विद्यार्थीका लागि लागू पदार्थ दुव्र्यसन बारे सचेतनामूलक प्रशिक्षण दिने जेसीआई भलवारीका तालिम संयोजक अमृत गुरुङ्ले जानकारी दिनुभयो ।

तिलोत्तमा राहतकोषमा मिसन बैंकको एकलाख सहयोग

तिलोत्तमा, भदौ २२ । बुटवलमा प्रधान कार्यालय रहेको मिसन डेभलपमेन्ट बैंक लिमिटेडले ‘तिलोत्तमा नगरप्रमुख दैवी प्रकोप राहत कोष’ मा एक लाख रुपैंयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदाहित्व अन्तर्गत् कोषमा सो रकम सहयोग गरेको हो ।
सो रकमको चेक एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद घिमिरेले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, कार्यकारी अधिकृत मोहन पौडेललगायतलाई संयुक्त रुपमा हस्तान्तरण गरे । दैवी प्रकोप तथा विपद् व्यवस्थापनमा सहयोग पु¥याउन नगरपालिकाले सो कोष स्थापना गरेको हो । कोषमा सहयोग जुट्नेक्रम जारी छ ।
कोषमा विभिन्न संघ÷संस्था, क्लव, व्यवसायिक प्रतिष्ठान, स्कुल, कलेजलगायत सम्पूर्ण नेपालीहरुले रकम सहयोग गर्न सक्ने कार्यकारी अधिकृत पौडेलले बताए । कोषको मिसन डेभलपमेन्ट बैंक लिमिटेड, ड्राइभरटोल शाखामा खाता खोलिएको छ । खाता नं. १००२एल००११०००७१८ मा आफ्नो गच्छेअनुसारको रकम जम्मा गरी मानवीय सेवामा जुट्न नगरपालिकाले सबैलाई आग्रह गरेको छ । नगरपालिकाले यहीँ कोषमा संकलित रकमबाट तिलोत्तमा नगरपालिका वडा नं. १, ८ र ११ का बाढी तथा डुबान पीडित परिवारहरुलाई राहत दिएको थियो ।

मुसहर बस्तीलाई नेबिसंघको ५ लाख

कपिलवस्तु
नेबि संघ कपिलवस्तु र केन्द्रको टोलीले महोत्तरी स्थित अमरबपुरा गाउँपालिकामा रहेको मुसहर बस्ती बदिया र बन्चौरीका बाढी पीडीतहरुलाई राहत बाडेको छ । शनिवार ढाई सय बाढी पीडीतहरुलाई खाद्यान्न लत्ताकपडाहरु बाँडिएको नेबि संघका सह महामन्त्री प्रकाश घिमिरेले बताए । यस्तै त्यहा रहेको बालबालिकाहरुलाई शैक्षिक समाग्रीहरु समेत बितरण गरिएको थियो । नेबि संघका केन्द्रिय सभापति नयन सिंह महर, महामन्त्री सरोज थापा सह महामन्त्री घिमिरे, कपिलवस्तु सभापति राकेश पाण्डेय लगायतको टोलीले बाढी पीडीतहरुलाई राहत प्रदान गरेका थिए ।
पीडीत परिवारलाई चामल, दाल, नुन, तेल कपडा मसला, आलु भुजा लगायतका सामाग्री दिईएको थियो । राहत बितरणकालागि नेबिसंघ कपिलवस्तुले २ लाख र केन्द्रिय समितिले ३ लाख बरावरको राहत सामाग्री संकलन गरेको थियो । उनले बाढीपीडीतहरुलाई थप सहयोगकालागि पहल गर्ने बताए । घर घरमा नै राहत पाएपछि मुसहरहरु खुशी बनेका थिए ।

बकरइदको प्रार्थना : आर्थिक क्रान्ति सहित शान्तिको कामना

दोश्रो ठूलो चाड ईद उल अजाहा बक्राईद शनिवार कपिलवस्तुका मुस्लिम समुदायले हर्साेल्लासकासाथ मनाइएका छन् । उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै बक्राईद मनाएका हुन । अरबी क्यालेन्डर अनुसार हिजरी सम्बतको जिलहिज्जा महिनामा बक्राईद पर्ने गर्दछ । मस्लिमहरुको अधिक बसोबास रहेको यहाँका इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज पाठगरि घर घरमा खसीको कुर्वानी (बली ) दिएर मनाएका हुन । मुस्लिमहरुको सबैभन्दा ठुलो चाड मनाएको ७० दिनपछि बक्राईद आउने गर्छ ।

सदरमुकाम कपिलवस्तु नगरपालिका– १ मस्जिद टोल स्थित ईदगाहा तथा छोटकी तौलिहवा, देवनगढीया, अभिराव, कृष्णनगर लगायत जिल्लाका बिभिन्न स्थानमा रहेका मस्जीदमा उनीहरुले शनिवार बिहान सामुहिक नवाज पढेका थिए । उनीहरुले देशमा शान्ति अमनचयनको अल्लाहसंग दुवामागी कामना गरेको बताए । उता देवनगढीया, अभिराव र छोटकी तौलिहवा मस्जिदमा महिलाहरुले समेत नवाज पाठ गरेका थिए । अहिले हदिफ समुदायका महिलाहरुले समेत सामुहिक नवाज पढन पाउने छुट छ ।
कपिलवस्तु नगरपालिका– १ नयाँटोलकी कलामुन निशाले देशमा शान्ति स्थापनाको कामना गरेको बताईन । छोटकी तौलिहवा स्थित बड्की मस्जिदमा सामुहिक नवाज पाठ गरेर घर फर्किने क्रममा उनले आफुले देशमा छिटो आर्थिक विकास र दिगो शान्तिको कामना गरेको बताईन । बक्राईदमा खसिहरुको कुर्वानी ( बली ) दिई आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर मनाइने गरिन्छ । बकराइदको तयारीका लागि मुस्लिम समुदायहरुले आफ्नो क्षमता अनुसारको खसी किनेर बलिदिने गरेका छन् ।
यो चाड उनीहरुले ३ दिन तीन दिन सम्म मनाउने गर्दछन् । आफ्ना अनुयायी हतरत ईब्राहीम अलहीस सलामलाई अल्लाहले सबै भन्दा प्रिय चिज कुर्वानी गर्न गरेको अल्लाहको आदेश अनुसार उनले आफनो छोरा ईस्माईल अलहीस सलामलाई कुर्वानी दिन खोजेका थिए । त्यसै बेला अल्लाहको अर्सिवादले छोराको ठाँउमा दुम्भ अर्थात भेडा जस्तो देखिने चौपाया कुर्वानीका लागि पठाएका थिए । यसैको स्मरणमा बक्राईद मनाईन्छ भने साउदी अरब स्थित हज अराफात भन्ने पर्वतमा गई हज यात्रीले कुर्वानी दिने चलन रही आउको मुस्लिम धर्म गुरु बताउछन् । साढे ५२ तोला चाँदी र साढे सात तोला सुन भएको मुस्लीमले अनिवार्य खसी वा राँगा कुबानी दिनु पर्ने प्रावधान छ । कुर्वानी दिइएको खसी मध्ये एक भाग गरीब गरुवा, एक भाग आफन्त र नातगोता तथा एक भाग कुर्वानी दिनेले राख्ने चलन छ । बक्राईद कै अवसरमा साउदी अरबमा स्थित मक्का मदिनामा हज जाने गर्दछन् । मुस्लिमको पाँच स्तम्भ मध्ये हजलाई पनि एक मानिएको छ ।

RECENT POSTS