Thursday, September 19, 2019

माओवादी नेता बालकृष्ण ढुंगेल ललितपुरको सातदोबाटोबाट पक्राउ

सर्वोच्च अदालतले हत्यारा सावित गरेका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको हो ।

सर्वाेच्च अदालतले दोषी ठहर गरेको लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीका महानिरीक्षकमाथि समेत मानहानीको मुद्दा दायर भएपछि उनलाई पक्राउ गर्न प्रहरी तातेको थियो । उनलाई मंगलबार विहान प्रहरीले सातदोबाटोबाट पक्राउ गरी सिआईबीको हिरासतमा राखेकोछ ।

ओखलढुंगाकै स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका ढुंगेल लामो समयदेखि प्रहरीकै अगाडि फरार सूचीमा थिए । सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै महानिरीक्षक अर्याल समेत विरुद्ध गत कात्तिक ८ गते अदालतको अवहेलना गरिएको भन्दै सर्वाेच्चमा मुद्दा परेपछि प्रहरी उनलाई पक्राउ गर्न तातेको हो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो । उज्ज्नकुमारको हत्या अभियोगमा एमाओवादीका नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपनि उनी स्वतन्त्र घुमिरहेपछि कानूनी राज्यको उपहास गरेको भन्दै नेपाल प्रहरीमाथि समेत गम्भीर आरोप लाग्ने गरेको थियो ।

यही विषयमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले चैत ३१ गते सात दिनभित्र ढुंगेललाई गिरफ्तार गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनाको निवेदन गराएका हुन् ।

यस अघिसम्म माओवादी नेतृत्वको आडमा प्रहरी प्रशासनलाई चुनौती दिँदै हिँडेका ढुंगेल प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि भने उम्कन सकेनन् । मुलुकमा दण्डहिनता र मानव अधिकारको विषयमा अन्तराष्ट्रिय सन्धी सम्झौता विपरित हिँडडुल गर्दै आएका ढुंगेललाई पक्राउ गरेसँगै प्रधानमन्त्री शेर बहादुर देउवाले अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो छवि उच्च गराएका छन् । मुलुकमा कानूनी शासनको अन्त्य भएको भनेर यावत टीका टिप्पणी आईरहेको बेलामा यो कदमले कानूनी राज्यको अन्त्य भईनसकेको भन्न सकिने आधारस्तम्भ खडा भएको छ ।

केपी ओलीका ‘दाहिने हात’ पदम गौतम,काँग्रेसमा प्रवेश

नेकपा एमालेका अध्यक्ष केपी ओलीका झापाका मुख्य सहयोगी (दाहिने हात) नै काँग्रेसमा प्रवेश गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा तीन पटकसम्म गाविस अध्यक्ष बनिसकेका र गाउँ विकास समिति राष्ट्रिय महासंघका सचिवालय सदस्य समेत बनिसकेका पदम गौतम काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनलाई काँग्रेसका शीर्ष शीर्ष नेताहरु, झापा गृह जिल्ला भएका काँग्रेसी नेताहरुका साथमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले काँग्रेसमा प्रवेश गराएका हुन् । साविकको तोगाछी गाउँ विकास समितिका उनीसँगै पदम बहादुर पौडेल, दिपक खड्का, मनोहर पौडेल, रुपा पौडेल, फडिन्द्र खडेका लगायतका एमाले नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

निर्वाचनको मुखैमा यी नेताहरुको काँग्रेस प्रवेशले काँग्रेसलाई झापामा केही सहज हुने भएको छ भने आफ्नो सहयोगी गुमाउँदा एमाले अध्यक्ष ओलीलाई भने ठूलो झड्का लाग्ने देखिन्छ । बाम गठबन्धनमा माओवादीसँग कुम मिलाएपछि एमालेका असन्तुष्ट नेता तथा कार्यकर्ताहरु भने काँग्रेस तिर प्र्रवेश गर्न थालेका छन् ।

उक्त पार्टी प्रवेश कार्यक्रममा काँग्रेस नेता कृष्णप्रसाद सिटौला, निवर्तमान सांसद् केशव कुमार बुढाथोकी, सुदीप शिवाकोटी, सविता प्रसार्इँ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

यी आन्दोलनकारी (महेन्द्र थारु )अब रहेनन् 

देवेन्द्र घिमिरे

रुपन्देही धेरै बिशेषता भएको जिल्ला हो । यो कोलीय गणराज्य रहेको ठाउँ दुख निवारण गर्ने बुद्धले जन्म लिएको ठाउ, अंग्रेजी सेनालाई जितेको एकमात्र ठाउ अनि सामाजिक रुपान्तरण्मा आफूलाई अग्रभागमा राखेको यो जिल्ला न्यायको पक्षमा र अन्यायको रिुद्धमा रहेको यसको परम्परा र इतिहास छ ।
आधुनिक नेपाल निर्माणमा पनि यसले राम्रो भूमिका खेलेको छ । जहानीया राणा शाही तथा शाहबंशीय निरंकुशता बिरुद्ध यहाका क्रान्तिकारीहरु निरन्तर लागिपरेको पाइन्छ । महाबीर पुसतकालय र बुटवल हाइस्कुल जस्ता जेठा चेतना वाहक संस्थाखोलेर यसको बिस्तार गरी यहाको समाजलाई संगठीत पार्ने कामले यसको गरीमालाई अगाडि बढाइ रह्यो । २००९ सालमा जिल्लामा कम्युनिष्टहरुले जनताका माग उठाउन थाले पछि रुपन्देही आन्दोलनको अग्रणी जिल्ला बन्न थाल्यो । २०१७ सालमा शाहबंशका निरंकुश राजा महेन्द्रको प्रजातन्त्र बिरोधी कदमलाई रुपन्देहीले पनि ठाडै इन्कार गर्यो । हामीले विद्यार्थी एवम किसान आन्दोलनका माध्यमबाट अघि बढायौ । २०२४ सालमा हामी ११ जनाको जिल्ला सँंगठ निर्माण गरी कम्युनिष्ट आन्दोलनलाई निरन्तर अघि बढायौ । रुपन्देहीले पंचायती व्यवस्थालाई स्वीकारेन । २०३७ सालको जनमत संग्रहमा यो बहुदलको पक्षमा खडा भयो ।
महेद्र थारु यही किसान आन्दोलनका उपज थिए । म भन्दा केही वर्षले जेठा महेन्द्रसँग हाम्रो घरपरविार सबैसंग जानपहिचान तथा उठाबसी हुन थाल्यो । हालको तीलोत्तमाको प्रदीप नगर गाउमा हामी थियौ, टोल मात्र फरक थियो । मणिग्राम तीन नम्बर बडघरकी छोरीसँग यीनको बिहे भयो । त्यतिबेलै आमा बृद्ध थिइन अरुकोमा मिहनत मजुरी गर्थिन । यीनको खास नाम प्रसादे थियो । सानैदेखि टाठा थिए । प्राय साइकिलमा डुलिरहेको देख्थ्यौ हामी । यीनका वरिपरि आन्दोलन भैरहेका थिए । आन्दोलनकारीलाई वारेन्ट हुने, भुमिगत भएर काम गरेकाहरुलाई पुलिसले खोज्ने, घर खानतासी लिने कुरा आफैदेखे । प्रसादेले हामीलाई भेट्न खोजेको सुत्रले बताए पछि हमीले केही खुला साथीहरुलाई भेट्न र सम्पर्क बढाउन सुझाव दियौ । भुमिगत शैली र अनुशासन बारे कुरा गर्न भन्यौ । थारु समुदायका अगुवा युवाहरु आन्दोलनमा जोडिदै गए । मंगल चौधरी, भीमनारायण थारु, नाथु कुमाल, तुलसी थारु । त्यसै क्रममा प्रसादे थारु किसान आन्दोलन सँग आबद्ध भएका हुन ।
यीनी फुर्सतिला पनि थिए र अलि भिडन्तमा अघि सर्ने पहिलेकै बानी पनि थियो । पार्टीमा गोप्य नाम राख्ने क्रममा यीनले रोजेका हुन महेन्द्र भन्ने नाम । राजा महेन्द्रको नाम आफूले राखेर राजाको शासन ढाल्ने संगठनमा यीनी सरीक र सक्रिय भए । पछि यीनको पुरानो नाम हरायो र महेन्द्रकै नामाबाट चिनिन थाले । हामी वरिपरिका र पूर्वपरिचितको जानकारीमा खुम्चियो, प्रसादे थारु भन्ने नाम ।
महेन्द्र थारुले २०२८ सालदेखि जनताका माझ आन्दोलन हाक्ने नेताको परिचय दिएका हुन । त्यस पछि त जमीन्दारका हलीगोठालाको नेताका रुपमा सामुहिक रुपमा संगठन गर्ने हैसियत बनाएका थिए । रुपन्देहीका २०४६ सम्मका प्राय जसो आन्दोलनमा यीनको कतै नेतृत्व र कतै सहभागिता रहेको थियो । केरवानी, नरसिंगढ,बैदौली, भैसाखादर,पोरखराबारीमा उनको संलग्नता रहेको थियो । उनी किसान तथा पार्टीका गाउ एरिया जिल्ला तहमा रहेर काम गरे । जनआन्दोलनले पंचायत ढालेर बहुदल आएपछिका कमिटीहरु नर्वाचित खुला र प्रतिष्पर्धी बन्दैगए ।
२०४६ पछि पार्टी चुनावमाभाग लिने भयो । कतिपय उनका साथीहरु स्थानीय निकायमा निर्वाचित भए । यताआएर भूमिगतप्रकारका छापामार शैलीका आन्दोलनबाट खुला जनपरिचान गरिने आन्दोलनमा फेरिए । लामो समय सम्म भीमनारायण थारुले बसालेको भाठा बस्तीमा महेन्द्र थारुले सँगै काम गरे । पछि उनी त्यो सुकुम्बासी बस्तीबाट सबै परिवार रहेको घरमा आएर बस्दै सामाजिक काममा सरीक हुन थाले ।
भैरहवा नयागाउमा जन्मेका महेन्द्र थारुको बग्धुरवा टिकुलीगढ मणिग्राम ३ नं र प्रदीपनगर बसाई सर्दै रोहिणी नदीको किनार टटेरचापी(बिशाल नगर) सन्तान समेतको बसोबास स्थलमा ७३ वर्षको उमेरमा यही कार्तिक १० गते उनको निधन भएको छ । उनले २०४३ सालमा जनज्याति प्रा वि स्थापना गरेका थिए । हाल उक्त विद्यालय प्रस्तावित मावि रहेको छ । उनको सम्मानमा विद्यालयले महेन्द्र थारु पुस्तकालय स्थापना गरेको छ । बृद्ध र अशक्त भएका आफ्ना पुराना कार्यकर्ता प्रति नयाँ पुस्ताको सहयोगी र सकारातमक धारणा निर्माण गर्न कम्युनिष्ट पार्टीले उचित ध्यान दिनु पर्ने उनलाई भेट्ने साथी मार्फत नेतृत्वलाई सुझाव दिने गरेको कुरा रुपन्देही पूर्वी क्षेत्रको राजनीतिक आन्दोलनका लेखक निलकण्ठ पौडेलले पनि आफ्नो पुस्तकमा उल्लेख गरेकाछन् । समतामुलक समाज निर्माणका खातिर आफ्नो सपूूर्ण उर्जा खर्चेका यी आन्दोदलनकारीलाई सलामछ । 

तिलोत्तमा ७ सेमरा बजार हुदैं राजधानी काठमांडौसम्मका लागी रात्रिकालीन बस सेवा सन्चालनमा

रूपन्देहीको तिलोत्तमा ७ सेमरा बजार हुदैं राजधानी काठमांडौ सम्मका लागी आजबाट रात्रिकालीन बस सेवा सन्चालनमा ल्याइएको छ ।
पश्चिमान्चल बस व्यवसायी समिति बुटवल र नमुना युवा क्लव सेमरा बजारको पहलमा  हरेक दिन एउटा बसले सेमरा बजार हुदै राजधानीका लागी यात्रु बोक्न शुरू गरेको छ ।
हरेक दिन सेमरा बजारबाट छुट्ने बस कान्छी बजार, ८ नम्वर, टटेरा, भवानीपुर एंव खैरेनी हुदै राजधानी तर्फ लाग्नेछ भने राजधानीबाट आउने बस पनि सोही रूट भएर सेमरा बजारसम्म आइपुग्ने छ ।  बस सन्चालनसँगै तिलोत्तमा र देवदह नगरपालिकाको ग्रामीण  भेगका स्थानीय  वासिन्दा लाभान्वित हुने भएका छन । जसअन्तगत हरेक दिन साँझ ६ बजे  सेमराबजारबाट काठमाण्डौंका लागी एउटा बस छुटने छ भने काठमाण्डौंबाट साँझ साढ़े ७ बजे सेमरा बजारका लागी अर्को बस छुट्ने ब्यवस्था मिलाइएको छ ।  सेमरा बजारबाट काठमाण्डौं सम्मको भाडा  ५०० रूपिंया तोकिएको छ ।  बस सेवा सन्चालनको आजै एक कार्यक्रमका वीच सिद्घार्थ गुम्बा सेमरा बजारका अध्यक्ष तुल बहादुर गुरूगंले रिबन काटेर उदघाटन गरे । कार्यक्रममा बोल्ने बक्ताहरुले राजधानीसम्मको बस सेवा सन्चालनले  सेमरा बजार लगायत सो रूट भएर यात्रा गर्ने स्थानीय वासिन्दालाई प्रतक्ष्य लाभ पुग्नेमा बिस्वास व्यक्त गर्दै बस निर्वाध सन्चालनका सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
सो अवसरमा तिलोत्तमा वडा नम्वर ७ का स्थानीय जनप्रतिनिधि सदस्य केशव थापा, नमुना युवा क्लवका अध्यक्ष बलीराम माली, सल्लाहकार सुधीर राना, शंकर गुरूगं, याम बहादुर थापा, ईश्वरी पन्थि, बिष्णु भण्डारी लगायतको सहभागिता रहेको थियो ।

“हरिबोधिनी एकादशी र तुलसीको महत्त्व”:चक्रपाणी डुम्रे

कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।आषाढ शुक्ल एकादशीका दिन देखि क्षीरसागरमा शयन गरेका भगवान विष्णु चार महिना पछि यसै कार्तिक शुक्ल एकादशीका दिन निद्रावाट ब्युझन्छ्न् भन्ने शास्त्रीय मान्यता छ ।भगवान विष्णुका भक्तहरू चतुर्मास व्रत बस्दछ्न् ।यी महिनामा बिवाह,व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न निषेध छ ।

हरिबोधिनी एकादशीका दिन घरआगनमा रोपिएको तुलसी नजिक मण्डप बनाई विधिपूर्वक पूजा गरि बिवाह गरिन्छ ।त्यसैले यश दिनलाई तुलसी बिवाह पनि भन्ने चलन छ। पौराणिक मान्यता अनुसार जालान्धरकि पत्नी वृन्दाको सतीत्वलाई विष्णुले छल गरेर हरण गरेपछि वृन्दाले विष्णुलाई श्राप दिदै रुख , पत्थर , घास र झारपात हुनपरोस् भनेकी थिइन् । त्यसैले शालिग्राम, पीपल , तुलसी ,कुशलाई विष्णुकै प्रतीक मानिन्छ ।त्यसैले तुलसीलाई पनि भगवान विष्णुकै स्वरुप मनेर पूजा गरिन्छ ।तुलसीलाई विष्णुप्रिया पनि भनिन्छ ।हरिबोधिनी एकादशीका दिन तुलसीको मठलाई गोबर माटोले लिपेर रातो,पहेँलो ,सेतो रङ र फूलको मालाले सिँगारेर तुलसीलाई मालाले फन्को मारिन्छ ।नजिकै बिष्णुको प्रतीकका रुपमा निगालो, बाँस वा सालको लिङ्गो गाडिन्छ ।त्यसपछि धूप,दीप ,नैबेद्य, फलफूल ,अक्षताचन्दन आदिले पूजा गरेर विवाह कार्यक्रम सम्पन्न गरि सबैले प्रसाद ग्रहण गर्दछ्न्।

हिन्दु धर्ममा तुलसीको ज्यादै ठूलो महिमा छ।कार्तिक महिनाभरी सम्पूर्ण तीर्थसहित सबै देवताहरू तुलसीमा निवास गर्दछ्न् ।त्यसैले जुन घरमा तुलसीको मठ हुन्छ त्यो घर तीर्थसमान हुन्छ । गरूण पुराणका अनुसार कार्तिक महिनामा एउटा मात्र तुलसी भगवान बिष्णु लाई अर्पण गरे दश हजार गोदान गरे सरह फल प्राप्त हुने मान्यता छ।अर्को पौराणिक मान्यता अनुसार एकदिन सत्यभामाले श्रीकृष्णको तुला दान गर्दा तुलाको एकातिर श्रीकृष्ण र अर्को तिर सत्यभामाले सम्पूर्ण सम्पत्ति राख्दा पनि श्रीकृष्णबसेको तुलो भारी भयो ।त्यो देखेर दु:खमानेकी सत्यभामालाई रुक्मिणीले आफ्नो तर्फ तुलसी राख्न संकेत गरिन् ।तुलसी पत्र राख्नासाथ आफ्नो तुलो भारी भयो र श्रीकृष्ण माथि उठे। यस कथाले पनि तुलसीको महिमा ठूलो रहेको स्पष्ट हुन्छ।

साथै तुलसीको धार्मिक र सांस्कृतिकका साथै बैज्ञानिक मान्यता पनि उत्तिकै रहेको छ।तुलसीको पात,डाठ र फुलको रस ले रुघाखोकी, औलो ,स्वासप्रस्वास छाला सम्बन्धि चर्मरोग, लुतो ,दाद आदिको औषधि हुन्छ ।तुलसी को रस राती शरीरमा लगाएर सुतेमा लाङखुट्टेले टोक्दैन ।तुलसीको नजिक सर्पले बास गर्दैन ।तुलसीको हावले बिषालु किटाणुको नास गर्दछ। अनि वातावरण पनि शुद्ध हुन्छ ।नियमित तुलसीपत्र सेवनले स्मरण शक्ति बढ्दछ ।तसर्थ तुलसीको हरेक दृस्ठिकोणबाट निकै महत्व रहेको स्पष्ट हुन्छ ।अस्तु।

dumrechakarapani@gmail.com

अर्वपति विनोद चौधरी कांग्रेसको समानुपातिक सूचीमा,एमाले छाडे

फोर्ब्सको विश्वकै धनीहरुको सूचीमा परेका व्यापारी विनोद चौधरी कांग्रेसमा प्रबेश गरेकां छन् । उनलाई नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ । कांग्रेसले आइतवार राति निर्वाचन आयोगलाई बुझाएको अन्तिम नामावलीमा चौधरीको नाम समावेश गरिएको हो । ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद भएका चौधरी ०७० मा एमालेबाटै नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएका थिए । तर, उनले त्यहाँ चुनाव लड्न चाहेनन् ।

 तिलोत्तमाको गंगोलियामा नकआउट फुटबल जारी,आजको खेलमा सखुवानी बिजयी

राजन पन्थी, बाह्र कार्तिक।
न्यू सन राईज युथ क्लब गंगोलियाको आयोजनामा तिलोत्तमा सत्र बरौलिया माविमा जारी खुल्ला नक आउट फुटबल प्रतियोगता अन्तरगत आज भयको अन्तिम सेमीफाईनल खेलमा सखुवानी बिजयी भयको छ। लाङ्घाली युवा क्लब चार नम्बर लाई दुई का बिरुध्द चार गोलले पछाडी पार्दै सखुवानी युवा क्लबले फाईनल खेलको  बाटो सुरक्षित पारेको हो। अब सखुवानीले  डि एम सी तुल्सीपुर संग प्रतियोगिताको फाईनल  प्रतिस्पर्धा गर्ने भयको छ । प्रतियोगिताको फाईनल खेल एक दिनको बिश्राम पछी चौध गते मंगलबार हुने आयोजक क्लबले जनाएको छ।

१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको तयारी तिब्र उपसमिति विस्तार

बुटवल कार्तिक १३,

“संंवृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुुक्त आयोजनामा आगामी पुष ६ देखि १८ गतेसम्म आयोजना हुन लागेको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि, तथा पर्यटन महोत्सव २०७४ को तयारीले तिव्रता पाउन थालेको छ । तयारीको शिलशिलामा गेट तथा सचिवालय निर्माण उपसमिति र प्रचार प्रसार उपसमिति गठन गरिएको मूल आयोजक समितिका सदस्य सचिव माधब प्रसाद पौडेलले जानकारी गराउनु भएको छ ।
संघका कार्यससमिति सदस्य विष्णुप्रसाद पाण्डेको संयोजकत्वमा गठित गेट तथा सचिवालय निर्माण उपसमितिको सहसंयोजकमा सुरेन्द्र ज्ञवाली सदस्यहरुमा अच्यूत अर्याल, युवराज अधिकारी, ज्ञानबहादुर पुन, बलदार गोदार र बाबुराम पाण्डे रहनु भएको छ । त्यसैगरी कार्यसमिति सदस्य माधब नेपालको संयोजकत्वमा गठित प्रचार प्रसार उपसमितिको सहसंयोजकमा मोहनीलाल रिजाल, सदस्यहरुमा जितबहादुर भाट, यमलाल भट्टराई, श्यामराज हमाल र लिलाधर लुईटेल रहनु भएको छ ।
आयोजनाले स्वदेशी उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन र बजारीकरण तथा कृषि पर्यटनको विकासमा टेवा पुग्ने मूल समितिका संयोजक दिनेशराज रेग्मीले बताउनु भएको छ ।

प्रदर्शनीमा दर्शकको चाप वढ्दै, कलाकारले नचाए दर्शक

बुटवल । बुटवलमा जारी दोश्रो राष्ट्यि औद्योगिक प्रदर्शनी एवं कृषी पर्यटन प्रद्र्धधन २०७४मा ५औ दिन पनि दर्शकको उल्लेखनिय उपस्थिती रह¥यो ।
राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औधोगिकरण तथा ब्यापार विविधिकरण भन्ने मूल नाराका साथ कात्तिक ८ गतेदेखी शुरु भएको उक्त प्रदशनीमा आईतवार मात्र साढे १ करोडको कारोवार भएको र १३ हजार दर्शकले प्रदर्शनी अवलोकन गरेको आयोजक समितिका संयोजक एवं नेपाल राष्ट्यि उद्योग व्यापार संगठन बुटवल रुपन्देहीका अध्यक्ष खेमबहादुर श्रीसले जानकारी दिए ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवल रुपन्देही र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन केन्द्रिय कार्यालय काठमाडौको आयोजनामा बुधबारदेखि बुटवलमा दोश्रो राष्ट्रिय औधोगिक प्रदर्शनी शुरु भएको हो ।
दैनिक उपभोग्यबस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औधोगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाइल्स, सूचना प्रविधि तथा इलोक्ट्रनिक्स, टेक्सटाई, गार्मेन्ट तथा फुटवेयर, फर्निचर तथा फर्निसिङका समग्री, बैंक तथा वित्तीय, होटल तथा रेष्टुरण्ट, वाल उद्यान लगायतका ३ सय ५० वटा स्टलहरु सहभागी छन ।
मनोरञ्जन पार्कका रमाउने युवायुवतीको भिडले व्यवसायी उत्साहित भएका छन ।

कलाकारले नचाए दर्शक

यसैविच मेलामा सांस्कृतीक कार्यक्रम निकै लोकप्रिय हुदै गएको छ । राष्ट्यि कलाकारहरुको प्रस्तुतीमा दर्शकले भरपुर मनोरञ्जन लिईरहेका सांस्कृतीक संयोजक गोविन्द गैरेले जानकारी दिए । आईतवार गायिका प्रया भण्डारी र रमेशराज भट्टराईले कलाकारलाई नचाएका थिए ।
सोमवार लोक तथा दोहोरी गायक राजन गुरुङ, रामचन्द्र चन्द, निर्मला थापा मगरले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएका छन ।
सनिवार चर्चित लोक गायक वद्री पगेनी, सन्ध्या जोशी लगायतका कलाकारहरुको भरपुर मनोरञ्जन दिएका थिए ।

१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७४ को मूल समिति तथा उपसमितिहरु गठन

बुटवल । रुपन्देही उद्योग संघ बुटवल र नेपाल उद्योग परिसंघ काठमाडौंको संयुक्त आयोजनामा आगामी पौष ६ देखि १८ गतेसम्म बुटवलमा संचालन हुन गइरहेको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७४ को मूल समिति तथा विभिन्न उपसमितिहरु गठन भएको छ ।
“संम्वृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको प्रदर्शनी एवं महोत्सव संचालनका लागि रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति गठन भएको हो । मूल समितिमा रुपन्देही उद्योग संघको वर्तमान कार्यसमिति, पूर्व अध्यक्षहरु, निवर्तमान कार्यसमिति र नेपाल उद्योग परिसंघको वर्तमान कार्यसमिति रहने संघले जनाएको छ । रुपन्देही उद्योग संघका संस्थापक अध्यक्ष रणबहादुर शाह एवं नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष बिनोद चौधरी संरक्षण रहने तथा आयोजनाको सह आयोजकमा, घरेलु तथा साना उद्योग विभाग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, बुटवल उपमहानगरपालिका तथा प्रवद्र्धकमा उद्योग मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल पर्यटन बोर्ड र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड रहने समेत रुपन्देही उद्योग संघले जनाएको छ । आयोजनालाई भव्य, सभ्य र ऐतिहासिक रुपमा सम्पन्न गर्न विशिष्ठ व्यक्तित्वहरु रहेको ५१ सदस्यीय विशेष सल्लाहकार र १५१ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिन नेपाली उत्पादनका लागि बजार प्रवद्र्धन गर्न र उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ स्वदेशी उद्योगहरु मात्रको सहभागिता रहने गरी रुपन्देही उद्योग संघले राजधानी बाहिर प्रथम पटक २०४५ सालमा र तत्पश्चात् निरन्तर राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ । यस पटकको आयोजनामा कृषि, प्रविधि र पर्यटनलाई समेत विशेष प्राथमिकता दिइने मूल समितिका संयोजक दिनेशराज रेग्मीले बताउनु भएको छ ।
आयोजनालाई सफल तुल्याउन र तयारीको कामलाई व्यवस्थित गराउन २८ वटा विभिन्न उपसमिति र संयोजकहरु समेत चयन गरिएको छ । जस अनुसार मूल्यांकन उपससमितिको संयोजकमा निवर्तमान अध्यक्ष बोनिन पिया, मूल समिति सहसंयोजक एवं स्टल दर्ता वितरण उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष श्री गणेशप्रसाद अधिकारी, मूल समिति सहसंयोजक एवं स्टल अनुगमन उपसमिति संयोजकमा उपाध्यक्ष महेश थैव, मूल समितिको सदस्य सचिव संयोजकमा महासचिव माधबप्रसाद पौडेल, मूल समिति कोषाध्यक्ष एवं बाल उद्यान उपसमिति संयोजकमा कोषाध्यक्ष दिलिप सापकोटा, मूल समिति सचिव एवं परिचय पत्र व्यवस्थापन, वितरण उपसमिति संयोजकमा सचिव कृष्णप्रसाद पराजुली, मूल समिति सहकोषाध्यक्ष एवं सांस्कृतिक कार्यक्रम उपसमिति संयोजकमा सहकोषाध्यक्ष राजेन्द्र कार्की, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा उमाशंकर मालपानी, गेट तथा सचिवालय निर्माण उपसमितिको संयोजकमा बिष्णुप्रसाद पाण्डे, प्रचारप्रसार उपसमिति संयोजकमा माधब नेपाल, कृषि प्रवद्र्धन उपसमिति संयोजकमा सावित्रा टण्डन, श्रव्यदृश्य उपसमिति संयोजकमा सरला भण्डारी, गोष्ठी सेमीनार उपसमिति संयोजकमा माया खनाल, जनचेतना ¥याली तथा स्मारिका प्रकाशन उपसमिति प्रकाशन उपसमिति संयोजकमा जीवकान्त काप्mले, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा ई.नेत्रनारायण भण्डारी, बिद्युत व्यवस्थापन उपसमिति संयोजकमा गिरीराज गैरे (राजु), सूचना प्रविधि उपसमिति संयोजकमा उपेन्द्र अग्रवाल, साउण्ड तथा मञ्च निर्माण उपसमिति संयोजकमा गोविन्द गैरे, प्राथमिक उपचार उपसमिति संयोजकमा बिष्णुप्रसाद भण्डारी, यातायात तथा पार्किङ्ग व्यवस्थापन उपसमिति संयोजकमा माधब रेग्मी, खानेपानी तथा सरसफाई उपसमिति संयोजकमा प्रेमबहादुर आले, सौजन्य व्यवस्थापन उपसमिति संयोजकमा राजकुमार पोखरेल, गेट टिकट उपसमिति संयोजकमा हरिबहादुर खत्री, स्टल निर्माण उपसमिति संयोजकमा हिरामणी भट्टराई, उद्घाटन तथा समापन व्यवस्थापन उपसमिति संयोजकमा सुरेन्द्र चौधरी, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा का.स.सदस्य शिवकुमार पाठक, अतिथि सत्कार उपसमिति संयोजकमा रेनुका खरेल, जनसम्पर्क व्यवस्थापन उपसमिति संयोजकमा हरी पहारी र प्रदर्शनी प्रबन्धकमा प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी रहनु भएको छ ।

RECENT POSTS