Friday, September 20, 2019

चुनावपछि देशले बहुमतको सरकार पाउँछ:प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि मुलुकले बहुमतको सरकार पाउने उद्घोष गरेका छन् । प्रचण्डले बाम गठबन्धन वा कांग्रेस नेतृत्वको गठबन्धन मध्ये कुनै एकले बहुमतको सरकार बनाउने बताए । उनले भने, ‘चाहे बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट होस, चाहे नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट होस, अबको निर्वाचनमा देशले बहुमतको सरकार पाउँछ ।’ देशले बहुमतको सरकार पाएपछि ५ वर्ष स्थिरता आउने र तीव्र आर्थिक विकासले गति लिने भन्दै उनले त्यसका लागि पनि निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिए । उनले निर्वाचन सफल बनाउन सबै पार्टीहरुको ध्यान केन्द्रीत भएको र त्यसमा सबैको योगदान आवश्यक रहेको पनि औंल्याए ।

वाम गठबन्धनले ‘ताप्लेजुङ–दार्चुला चुनावी अभियान’ सञ्चालन गर्ने 

बाम गठबन्धनले यही कात्तिक १९ देखि २६ गतेसम्म ताप्लेजुङ–दार्चुला चुनावी अभियान सञ्चालन गर्ने भएका छन् । अभियानलाई दुवै पार्टीका शीर्षनेताहरुले सम्बोधन गर्ने तयारी गरिएको र स्थानीयस्तरमा तय हुने निर्वाचन केन्द्रित कार्यक्रममा पनि नेताहरु सहभागी हुने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने हिमाली जिल्लाको चुनावी अभियानलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । पहिलो चरणमा ३२ जिल्लामा हुने चुनावी अभियानपछि दोस्रो चरणका लागि कार्यक्रम तय गरिने गठबन्धनको तयारी छ । यस्तै जिल्ला तहमा पनि दुवै पार्टीले सात सदस्यीय पार्टी एकता संयोजन समिति बनाउने, संयुक्त प्रचारप्रसार समिति बनाउने, जनवर्गीय तथा लेखक, बुद्धिजीवीका बीचमा संयुक्त कार्यक्रम गर्ने तय भएको छ । एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले देशव्यापी रूपमा नै एकीकृत रूपमा चुनावी अभियान सञ्चालन गर्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको र त्यसले निर्वाचनको वातावरण बनाउने उल्लेख गर्नुभयो ।

दलहरु दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनोट गर्दै

मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनको लागि दलहरु उम्मेदवार छनोट प्रक्रियामा लागेका छन् । पहिलो चरणको चुनावको लागि उम्मेदवारको सबै प्रक्रिया सकिएपछि दलहरु दोस्रो चरणको लागि उम्मेदवार छनोटको प्रक्रियामा लागेका हुन् । एमाले र माओवादी सम्बद्ध गठबन्धनले दोस्रो चरणको लागि एकसय ७ निर्वाचन क्षेत्रको लागि उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाएका छन् । गठबन्धनको कार्यदलको बैठकले बाँकी उम्मेदवार तथा निर्वाचन क्षेत्रको टुङ्गो लगाउने नेताहरुले बताएका छन् । यस्तै प्रतिनिधि र प्रदेशसभाको टिकट वितरणको टुंगो लगाउन कांग्रेस संसदीय समितिको बैठक पनि बसेका छ । कांग्रेस संसदिय समितिको बैठकले केही शिर्ष नेताहरुको निर्वाचन क्षेत्रको टुङ्गो लगाएको छ भने बाँकी क्षेत्र तथा नेताहरुको टुङ्गो बैठकले लगाउने काग्रेस नेताहरुले बताएका छन् । यस्तै अरु दलले पनि दोस्रो चरणको लागि उम्मेदवारको टुङ्गो लगाउन बैठक तथा छलफलमा व्यस्त छन् । दोस्रो चरणमा मंसिर २१ गते हुने निर्वाचनको लागि यहि कात्र्तिक १६ गते मनोनयन दर्ताको निर्वाचन कार्यतालिका छ ।

मतदाता शिक्षामा निर्वाचन आयोगको विशेष जोड

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बदर मतको सङख्या कम गराउन विशेष जोड दिएको जनाएको छ । स्थानीय तहको चुनाबमा बदर मतसङख्या भेरै भएको र गाउँगाउँसम्म मतदाता शिक्षाको कार्यक्रम नपुगेको भन्दै आलोचना भएपछि निर्वाचन आयोग यसपटक मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको हो । मतदाता शिक्षा कार्यक्रमका लागि खटिएका मतदाता स्वयंसेवकहरुको नियुक्ति शुरु हुने र १५ गते बाट मतदाता शिक्षकहरु गाउँगाउँमा खटिने गरि कार्यतालिका तयार पारिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । मतदाता शिक्षाका लागि २० हजार कर्मचारी गाउँगाउँमा खटिएका छन् । यस्तै आयोगले राजनितिक दलका कार्यकर्तालाई पनि मतदाता शिक्षा सम्बन्धि तालिम दिएर घरघरसम्म पुग्ने गरी खटाउने तयारी गरेको हो । प्रवक्ता ढकालका अनुसार भोलि राजनितिक दल सम्बद्ध युवा कार्यकर्तालाई मतदाता शिक्षा सम्बनिध तालिम दिने र १५ गतेबाट मतदाताका बिचमा पठाउने तयारी आयोगले गरेको छ ।

“प्रथम नवज्योति नकआउट फुटबल प्रतियोगिता”मङ्सिर २९ देखि

सामाजिक सेवामा क्रिया शिल नवज्योति युवा क्लबको आयोजनामा मङ्सिर २९ देखि पौष १५ सम्म प्रथम नवज्योति नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । रुपन्देही, कपिलबस्तु ,नवलपरासी सहित उत्कृस्ट १६ वटा टिमको सहभागिता रहने सो प्रतियोगितामा प्रथम हुनेले एकलाख एघारहजार एकसय एघार प्राप्त गर्नेछ भने उपविजेताले नगद रु पचपन्नहजार पाचसय पचपन्न प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष्य मित्रलाल न्यौपानेले बताए ।
साथै खेलमा अनुशाशित टिमले नगद रु एघारहजार एघारसय एघार प्राप्त गर्नेछ । जनज्योति खेल मैदानमा संचालन हुने सो प्रतियोगिताको पूर्ण तयारि पुरा भएको र प्रतियोगिता भब्य रुपले सम्पन्न गर्न आवश्यक सहयोगका निम्ति क्लब दौडधुपमा रहेको प्रतियोगिताका संयोजक जहरसिंह रानाले बताए। त्यस्तै सहआयोजकमा जिल्ला फुटबल संघ रुपन्देही संगै प्रायोजकका लागि अन्य सरकारी तथा गैर सरकारी सस्थाहरुसंग कुरा भैरहेको अध्यक्ष न्यौपानेले बताए । स्थानिय स्तरका खेलाडि हरुलाई प्रोत्साहन गर्ने उदेश्य ले संचालन गर्न लागिएको प्रतियोगिता स्थानिय स्रोत र साधनबाटै परिपूर्ति गरिने न्यौपानेले बताए । सुन्दर शान्त रमणीय बाताबरण मा सम्पन्न हुन लागेको सो प्रतियोगिता को खेल मैदान वरिपरि प्याराफिट निर्माण गर्ने आयोजक ले बताएको छ ।

साम्यवाद ल्याउन खोजे राजसस्था जस्तै वामपन्थीहरु पनि सिद्धिन्छ : नेता खाँण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार प्रसार समितिका संयोजक बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियता र सिके राउतको आन्दोलन उस्तै भएको लगाएका छन् । उनले विकास निर्माणका आयोजना निर्माण गर्न विदेसी कम्पनी आउँदा विरोध गर्ने, मुलुक समृद्ध बनाउन कुनै कार्यक्रम अघि सारेमा बिरोध गर्ने ओली राष्ट्रवादी नेता हुनै नसक्ने दाबी गरे ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा विहिबार काठमाडौंमा आयोजित रुपन्देहीका पार्टी नेता कार्यकर्तासँगको अन्र्त्क्रियामा खाँणले पहिला तत्कालिन राजा ज्ञानेन्द्रले संसदीय व्यवस्थाको सिमारेखा पार गर्न खोज्दा सिद्धिएको बताउदै अहिले कम्युनिष्ट गठबन्धनले जनप्रतिनिधिले जारी गरेको संविधानमा उल्लेखित संसदीय व्यवस्था परिवर्तन गर्न खोजे सिद्धिने दावी गरे । साथै उनले वाम गठबन्धनप्रति संकेत गर्दै नेपालमा एकतन्त्रीय शासन चाहने जो सुकै शक्तिको अभिष्ट पुरा नहुने बताए ।
‘संबैधानिक राजतन्त्रको सिमारेखा पार गरी बहुदलीय व्यवस्थाको खिलापमा लागेर एकतन्त्रीय शाशन लाद्न खोज्दा तत्कालिन राजा ज्ञानेन्द्रले राजसस्थाको अस्तित्व समाप्त पारे,’ खाणले भने ‘अहिले एमाले र माओवादी केन्द्रले संविधानसभामा जारी गरेको संविधानमा रहेको संसदीय व्यवस्था परिवर्तन गरी १० वर्षमा साम्यवाद ल्याउने उदघोष गरिरहेका छन् । साम्यवादी व्यवस्था भनेको एकतन्त्रीय शाशन पद्धती हो । नेपाली जनताले एकतन्त्रीय शासन व्यवस्था चाहदैनन्, त्यसैले उनीहरुपनि संसदीय व्यवस्था बदल्ने एजेण्डा लिएर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गए भने सिद्धिन्ने पक्का छ ।’

निशाको झ्यानाकुटि मङ्सिर १ मा

लामो समयदेखि फिल्म क्षेत्रमा उत्कृस्ट अभिनय गर्दै आएकी नायिका निशा अधिकारीको निर्माण रहेको फिल्म झ्यानाकुटी मंसिर १ गतेदेखि प्रर्दशनमा आउन लागेको छ। युट्युबमा ‘झ्यानाकुटी’को ट्रेलरलाई दर्शकले धेरै रुचाएका छन् । दर्शकको रुचीकै कारण केहिदिन अघि सार्वजनिक भएको ट्रेलर युट्युबको नेपाल संस्करणको ट्रेन्डीङमा पनि आएको थियो ।
यसअघि सार्वजनिक गरिएको गीत र ट्रेलरका कारणपनि चलचित्र झ्यानाकुटी दर्शकको लागि झनै प्रतिक्षित बनेको छ । कमेडी एवं दुईअर्थ लाग्ने सम्वादसँगै कलाकारको जीवन्त अभिनय देखिएको ट्रेलरलाई निकै नै राम्रा प्रतिक्रियाहरु प्राप्त भईरहेका छन् । नायिका निशा अधिकारीको लगानी रहेको चलचित्र आलु प्रोडक्सनको ब्यानरमा बनेको हो । निर्देशनमा अब्बल ठहरिएका निर्देशक सिमोस सुनुवारको निर्देशन रहेको चलचित्र प्रदीप भारद्धाजले लेखेका हुन् भने हरि हुमागाइँले खिचेका हुन् । चलचित्रमा सौगात र बेनिसासँगै पुष्कर गुरुङ, अस्टल गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । यसै चलचित्रबाट नायिका निशा अधिकारीको फिल्म निर्माण यात्रा अघि बढ्ने हो ,या पुन अभिनयमै फर्किने हो, त्यो भने फिल्म झ्यानाकुटि को प्रदर्शन र दर्शकको मायाबाटै थाहा हुन्छ ।

गठबन्धनलाई स्वागत गर्दै रोहीणी गाउँपालिकामा बाम गठबन्धनको तालमेल

नेकपा एमाले र माओवादी केन्द्र रोहीणी गाउँपालिकाले बाम एकताका लागि भएको गठबन्धनलाई स्वागत गर्दै बाम गठबन्धनको तालमेल भएको छ । नेकपा एमालेको तर्फबाट एकराज बिक ,डा.कृष्ण न्यौपाने, बेद गिरि ,शैलेन्द्र उपाध्याय ,सरिता श्रीस लगायतले बोल्नुभएको थियो भने नेकपा माओबादिको तर्फबाट हकी कुल्लाह खा ,बिनोद उपाध्याय , रामप्रसाद बन्जाडे टंकमणि ,टिका गौतम मक्सुद अलि लगायतले बोल्दै दुइ पार्टीका विचमा एउटै कम्युनिष्ट केन्द्र बनाउने संकल्पका साथ भएको गठबन्धन सानोतिनो स्वार्थका कारण नभत्कीने बताएका थिए  । कार्यक्रममा माओवादी केन्द्र रोहिणी इन्चार्ज गोविन्द पंगेनीले चुनावमा जो सुकैले टिकट पाएपनि विवादरहीत ढंगले निर्वाचन परिणाम वामपन्थीका हातमा ल्याउनु हामी सबैको दायित्व भएको बताउनुभयो । सो गठबन्धन  तथा तालमेलमा सहभागीहरुले चुनाबी एकतासंगै बाम एकता गरि दुइ तिहाइ बहुमतका लागी अघि बढ्ने प्रण गरेका छन ।

१३ गते केपि ओली मर्चवार आउने, रुपन्देहीको मर्चवारमा बृहत आमसभा

नेकपा एमालेले यही कात्तिक १३ गते रुपन्देहीको मर्चवारमा बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई केन्द्रित गर्दै आयोजना गरिएको आमसभालाई पार्टी अध्यक्ष केपि शर्मा ओली, उपमहासचिव विष्णु पौडेललगायतका नेताहरुले संबोधन गर्ने एमाले रुपन्देहीले जनाएको छ ।
एमाले जिल्ला कमिटीको शुक्रबार बसेको १२ औं पूर्ण बैठकले मर्चवार क्षेत्रको मझगाँवामा आमसभाको आयोजन ागर्ने निर्णय गर्दै त्यसका लागि प्रचार प्रसार, स्वयंसेवक, मन्च व्यवस्थापनलगायतका उपसमितिहरु समेत निर्माण गरेको छ ।
बैठकपछि एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीद्वारा जारी विज्ञप्तीमा १३ गते हुने कार्यक्रमका लागि रुपन्देहीका सबै निर्वाचन क्षेत्रबाट पार्टी प्रवेश गर्नेहरुको नामावली संकलन गरिने उल्लेख छ ।
एमालेले यही कात्तिक १६ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि प्रदेश र प्रतिनिधि सभाका क्षेत्रीय समन्वय कमिटीका बैठकहरु राख्ने र आवश्यक तयारी गर्ने पनि निर्णय गरेको छ । विज्ञप्तीमा जिल्लामा बाम तथा राष्ट्रवादी शक्तिबीच तालमेलका लागि समन्वय गर्न पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज लिला गिरीको नेतृत्वमा सहइन्चार्ज र जिल्लाका पदाधिकारीले समन्वय गर्ने उल्लेख गरिएको छ ।
पार्टी जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकलाई संबोधन गर्दै एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराई, एकराज विश्वकर्मा, प्रदेश कमिटी सदस्य गोपाल भट्टराई, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बाबुलाल यादव लगायतले समसामयिक राजनीतिक परिस्थिति र आगामी निर्वाचनका बारेमा प्रकाश पारेका थिए ।

तरुणहरुलाई नेतृत्व दिनुपर्नेमा जोड:तरुण दलको स्थापना दिवस

नेपाल तरुण दलको ६४ औ स्थापना दिवश रुपन्देहीमा पनि कार्यक्रम गरि मनाईएको छ । नेपाल तरुण दल रुपन्देहीले शुक्रबार भैरहवामा कार्यक्रमको आयोजना गरेको हो ।
पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै तरुण दलका पुर्व केन्द्रिय सचिव चिरञ्जीवि जोशीले आईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सफलता पुर्वक सम्पन्न पार्न र लोकतन्त्रको पक्षमा जनमत श्रृजना गर्नका लागि तरुणहरुको ठुलो भुमिका रहेको बताउनु भयो । उहांले मुलुकमा देखिएको वाम धुब्रिकरणका कारण लोकतन्त्रमाथी खतरा हसन सक्ने भन्दै सजगरहन सबै तरुणहरुमा आग्रह पनि गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले जनतालाई भ्रममा पार्नेहरुका विरुद्ध पनि युवा तरुणहरुको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो ।
नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाहीको अध्यक्षतमा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक गित तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

RECENT POSTS