Wednesday, November 20, 2019

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब लगानी गर्ने

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा चाइना रेल वे कम्पनीले ३८ अर्ब ४० करोड रुपैंयाँ लगानी गर्ने भएको छ । नेपाल पुर्वाधार विकास कम्पनी र चाइना रेल वे कम्पनीबिच भएको सम्झौता अनुसार कुल लागतको ८० प्रतिशत सेयर लगानी गर्ने भएको हो । चाइना रेल वे कै प्राबिधिकहरुकै संलग्नतामा डिपिआर पुनरावलोकनका क्रममा सुरुङ मार्गको लागत ४८ अर्ब पुग्ने देखिएको थियो ।

चाइना रेल वे कम्पनीले कुल लागतको ८० प्रतिशत सेयर लगानी गर्ने सम्झौतामा करिब ६ महिना अघि नै हस्ताक्षर गरिसकेको छ । केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीमा संलग्न चाइना रेलवे कम्पनीको टोलीले शनिबार सुरुङ मार्गमा लगानी गर्नेबारे छलफल गरेको थियो । ‘रेलमार्ग निर्माणबारे अध्ययन गर्न आएको चिनियाँ टोलीमा संलग्न चाइना रेलवे कम्पनीको टोलीले सुरुङ मार्ग निर्माणबारे थप छलफल गरेको छ, रेलमार्ग भन्दा पहिले नै सुरुङमार्ग निर्माण सम्पन्न गर्ने सहमति भएको छ, अब काम अघि बढाउँछौं’, नेपाल पुर्वाधार विकास कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरीले भने ।

चाइना रेलवे कम्पनीका प्राबिधिकहरुको टोलीले सुरुङमार्गको डिपिआर, वातावरणिय प्रभाव मुल्यांकन रिपोर्ट, अनुमानित लागत सबैको एक महिना लगाएर गहिरो अध्ययन गरेको थियो । २ पटक स्थलगत अध्ययन गरेर चिनियाँ टोलीले सबै प्रतिवेदन चिन लगेको छ र चाइना निर्यात आयात(एक्जिम) बैंकसँग ऋणका लागि प्रस्ताव पेश गरिसकेको छ । ‘चाइना एक्जिम बैंकसँग ऋणका लागि आवेदन दिईसकेको जानकारी पाएका छौं, चाइना रेलवे कम्पनीले ८० प्रतिशत सेयर लगानी गर्छ, नेपालीको तर्फबाट २० प्रतिशत लगानी पुर्वाधार विकास कम्पनीले गर्छ’, ठकुरीले भने । उनका अनुसार चिनियाँ प्राबिधिकको सल्लाहपछि सुरुङ मार्गको एलाइनमेन्ट केहि ठाउँमा परिवर्तन गरिएको छ । त्यस्तै सुरुङ मार्गको लम्बाई नबढ्ने गरि केहि स्थान पनि बदलिएको छ ।

चाइना रेलवे कम्पनीका प्रतिनिधीसँग छलफल गर्दै नेपाल पुर्वाधार विकास कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरी लगायत

ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, भिमफेदी गाउँपालिका हुँदै हेटौडाँ उप महानगरपालिकामा जोडिने काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्गको लम्बाई ५७.३७५ किलोमिटरको हुनेछ । ५० मिटरको राइट अफ वे हुने यो सडक ४ लेनको हुनेछ । २६ वटा पुल, ४ किलोमिटरको सुरुङ रहने सडकले १०८ हेक्टर वन र ९० हेक्टर निजी जमिन तथा बागमति किनारका ७ वटा दाहसंस्कार स्थल प्रभावित हुनेछ । नेपाल पुर्वाधार विकास कम्पनी २०६८ भदौं २० गते स्थापना भएको थियो । कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन् । २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता (पिपिए) गरि अनुसन्धान कार्यारम्भ गरेको थियो । कम्पनीले २०६९ माघ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर औपचारिकता पाएको थियो ।               कम्पनीले २०७० जेठ १ गते नेपाल सरकारबाट सुरुङ मार्ग निर्माणको अन्तिम स्विकृति पायो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ऐन अन्तर्गत सरकारले पूर्वाधार विकास कम्पनीलाई यो परियोजना सुम्पेको हो । कम्पनीले निर्माण पश्चात ३० वर्षसम्म सञ्चालन गरेर सुरुङ मार्गको स्वामित्व सरकारलाई फिर्ता गर्नु पर्ने सम्झौतामा छ ।                 २०७० कात्तिक २५ गते सुरुङमार्गको शिलान्यास भएको थियो । सुरुङ मार्गले ५८ किलोमिटरको हुने डिपिआर रिपोर्टम उल्लेख छ । विभिन्न तीन स्थानमा करिब ४.५ किलोमिटर सुरुङ निर्माण गरिनेछ ।

क्षणीक सहयोगले भाग्य र भबिष्य बिगार्छ ,कांग्रेसले त्यहि गर्दैछ ,बामहरु सचेत हुनु जरुरि छ – दधिराम न्यौपाने (रुपन्देही क्षेत्र न. १ प्रदेशसभा २ का उम्मेदवार)

मोहन न्यौपाने ।

रुपन्देही क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा उम्मेदवार नेकपा मावोवादी केन्द्रका पोलिट ब्युरो सदस्य दधीराम न्यौपाने (माधब शर्मा ) ले बाम गठबन्धनलाई ढुक्क भएर मत दिन तिल्लोतामा नगरपालिका १७ का वडा बासीलाई आग्रह गरेका छन । बाम गठबन्धन तिलोत्तमा नगरपालिका १७ को चुनावी प्रचार प्रसार कार्यक्रम अन्तर्गत गंगोलियामा आयोजित चुनावी सभा तथा कार्यालय उद्घाटन काक्रमलाई सम्बोधन गर्दै उमेदवार न्यौपानेले बाम गठबन्धनले नै मुलुकलाई राजनैतिक अस्थिरताबाट जोगाउने र स्थाइ सरकार निर्माण हुने भएकाले यस क्षेत्रमा बिकास हुने वताए ।

न्यौपानेले तिलोत्तमा नगरपालिकालाई ब्यवस्थित बनाउनका लागी पनि बाम गठबन्धनका उमेदवारलाई नै मत दिनुपर्ने वताउदै आफ्नो क्षेत्र अन्तर्गत पर्ने ग्रामीण भेगको सडकलाई समेत सुधार गरी बजार संग जोड्दै पर्यटन प्रवद्र्धनमा अगाडी वढाइने समेत वताए । त्यसैगरी नेकपा एमालेका जिल्ला कमिटि सदस्य तथा बाम गठबन्धन चुनाबी प्रचार प्रसार क्षेत्र न १ र २ का संयोजक यज्ञ गैरेले तिलोत्तमा नगरपालिकाको गरिब दलित जनजाति महिला बेरोजगार को अधिकार सुनिश्चित गर्न बाम गठबन्धनलाई जिताउन पर्ने बताए । चुनाबी सफलतासंगै नगरको उचित ब्यवस्थापन हुने वताउदै तिलोत्तमा नगर र समग्र क्षेत्र न १ को प्रदेशलाई नमुना बनाइने बताए ।
घरदैलो कार्यक्रममा गंगोलिया टोल पुगेका नेता तथा बामगठबन्धनका कार्यकताहरुलाई टोल बासीले न्यानो स्वागत सहित बाम गठबन्धन नै अहिलेको आवश्यक्ता रहेको वताउदै बाम गठबन्धनलाई जिताउने प्रतिवद्धता ब्यक्त गरेका थिए । सोहि क्रममा सोमबार नै सोहि घरदैलो कार्यक्रम अन्तर्गत पुगेको टोलबासीले बाम गठबनधन नै मुलुकको बिकास गर्नेमा आफुहरु आशावादी रहेको र यो पटक बाम गठबन्धनलाई नै मत दिन आफुहरु आत्तुर रहेको वताएको समेत प्रचार प्रसार संयोजक गैरेले वताए ।
साथै क्षेत्र न १ प्रदेशसभा २ अन्तर्गत आफ्नो क्षेत्रमा पर्ने तिलोत्तमा नगरपालिका ,देबदह नगरपालिका,ओमासतिया गाउपालिका ,र्रो्हिनी गाउपालिकाका १५ वटा वार्डका वार्ड संयोजक तथा सह संयोजकसंग प्रचार-प्रसार र चुनाबी मतदानको बिषयमा सबै गाउ-गाउ टोलटोलमा चेतना जगाउनुपर्ने बाम गठबन्धनका क्षेत्र न १ प्रदेश सभा २ का उम्मेदवार दधिराम न्यौपानेले जोड दिनुभएको थियो ।

१९ बर्षमुनिको नेपाली क्रिकेट टोलीलाई बधाइको ओइरो दिपेन्द्रको नायकी पारी / मंगलवार मलेशियासँग भिड्दै

कार्तिक २६, तिलोत्तमा सिटी
एसिसी यू–१९ एसिया कपमा भारतलाई हराएको नेपाली टिमलाई बधाइको ओइरो लागेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न क्षेत्रका मानिसले नेपाली टिमलाई ऐतिहासिक जीतका लागि बधाइ दिएका छन् ।
प्रधानमन्त्री देउवाले भारतविरुद्धको जीतलाई भव्य भनेका छन् । ‘हो, हामीले जित्यौं । भारतविरुद्ध भव्य जीत हासिल गरेकोमा नेपाली टिमलाई बधाइ । कप्तान दीपेन्द्रसिंह ऐरी र टिम नेपाललाई हामीलाई गौरवान्वित बनाएकोमा धन्यवाद,’ प्रधानमन्त्रीले लेखेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जीतलाई ऐतिहासिक भनेका छन्। उनले लेखेका छन्–एसीसी अन्डर-१९ एसिया कपमा ऐतिहासिक जीत निकाल्ने नेपाली क्रिकेट टोलीलाई बधाई । तपाईंहरुको खेल यात्रा अझै अगाडि बढोस् भन्ने कामना गर्दछु । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले युवा टोलीको प्रदर्शनलाई गज्जबको भनेका छन्। ‘केटाहरुले गज्जबको प्रदर्शन गरे, यो भन्दा राम्रो हुनै सक्दैन। निःशब्द भएको छु, जय नेपाल,’ पारसले लेखेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एंव उपप्रधानमन्त्री कमल थापाले यसलाई ऐतिहासिक जीत भनेका छन्।
‘नेपालले भारतलाई पराजित गरेको छ। ऐतिहासिक बिजयको लागि टिम नेपाललाई हार्दिक बधाइ। नेपालको जय होस्,’ थापाले लेखेका छन् ।
कांग्रेस नेता गगन थापाले नेपाली युवा टोलीको प्रदर्शन असाधारण भएको बताएका छन्। उनले भनेका छन्( यू १९ एसिया कपमा भारतलाई १९ रनले हराउन गरेको असाधारण प्रदर्शनका लागि नेपाली युवा टोलीलाई बधाइ ।
कलाकार निश्चल बस्नेतले लेखेका छन्- नेपाली टोलीलाई बधाइ। तपाईंहरूले उदाहरण बनाउनु भएको छ। हामीहरू केवल क्रिकेट खेल्ने राष्ट्रमात्रै नभएर जित्ने टोली पनि हौं। जय नेपाल। गर्वको क्षण !
नेपालस्थित अमेरिकी राजदूतावासले पनि नेपाली टिमलाई बधाइ दिएको छ । अमेरिकी दूतावासले भनेको छ- एसिसी १९ वर्षमुनिको एसिया कप अन्तर्गत भारतीय युवा टिमलाई १९ रनले पराजित गरी ऐतिहासिक जित प्राप्त गरेका कप्तान दिपेन्द्र ऐरी लगायत युवा टिमलाई बधाई तथा थप सफलताको शुभकामना !
मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा आइतबार नेपालले भारतविरूद्ध ऐतिहासिक जित हात पारेको हो । नेपालको ऐतिहासिक र महत्वपूर्ण जितमा कप्तान दिपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे । ब्याटिङमा ८८ रन बनाएका कप्तान ऐरीले बलिङमा भारतको ४ विकेट झारेका थिए । नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो। नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.८ ओभरमा १ सय ६६ रन बनाएर अलआउट भयो। भारतका लागि हिमांशु रानाले ४६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै भारतका मन्जोत कलराले ३५ रन बनाए । अभिषेक शर्माले २७ र अनुज रावतले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।नेपालका लागि पवन सर्राफ र शाहव आलमले समान २–२ विकेट लिए । त्यस्तै कमल सिंह ऐरी र सन्दिप लामिछाने समान १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

नेपालको इनिङ्समा कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रनको इनिङ्स खेले । ओपनर जितेन्द्र सिंहले ३६ रन बनाएका थिए । भीम सार्कीले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । भारतका आदित्य थकारेले ४ विकेट लिएका थिए । विवेकानन्द तिवारीले ३ तथा शिव सिंह र अभिषेक शर्माले समान २–२ विकेट हात पारेका थिए । मन्दिप सिंह, शिव सिंह र आथरभा तैडेले समान १–१ विकेट हात पारेका थिए। जितसँगै नेपालले अर्काे चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले अब आफ्नो अन्तिम खेलमा आयोजक मलेसियासँग खेल्न बाँकी छ । नेपाल र मलेसियाबीचको खेल मंगलबार हुँदैछ ।

१२ वर्षमै वान्स मोर पाएँ : गायक रामकृष्ण ढकाल

गायक रामकृष्ण ढकाल नेपाली संगित क्षेत्रका चर्चित गायक हुन । उनले अहिलेसम्म हजारौं गित गाएका छन् । अधिकासं गितवाट श्रोताको मन जितेका छन् । ढकाल स्टेज कार्यक्रममा पनी उत्तिकै व्यस्त छन् । आज हामीलाई उनले आफ्नो पहिलो स्टेज कार्यक्रमको सम्झना सुनाए ।

म त्यस्तै १२ वर्षको थिएँ । गाउनचाहिँ थालिसकेको थिएँ । खासमा सिक्दै थिएँ । ०४४ सालको कुरा हो । ल क्याम्पसमा नेपाल विद्यार्थी (नेवि) संघले कार्यक्रम आयोजना ग¥यो– नयाँ विद्यार्थीलाई वेलकम प्रोगाम । इलामतिरका दाइहरूले मैले गाएको सुन्नुभएको थियो । उहाँहरूले मलाई क्याम्पसको त्यो कार्यक्रममा गाउन लिएर जानुभयो । त्यहाँ नरेन्द्र प्यासी, मधु क्षत्री दाइहरू पनि हुनुहुन्थ्यो । कलेजको एउटा क्लासरुममा प्राक्टिस चलिरहेको थियो । मैले पनि रियाज गर्न थालेँ ।
त्यतिवेला म हिन्दी गीत गाउन मन पराउँथेँ । मैले क्लासमा प्राक्टिस गर्न थालेँ– इमानदार फिल्मको और दिलमे क्या राख्या है… । मैले यो गीत प्रक्टिस गर्दा त्यहाँका हुनुभएका दाइहरूले मीठो मानेर सुन्नुहुन्थ्यो । झापाको धर्मेन्द्र सुब्बा दाइले चाहिँ यो गीत गाउने प्राक्टिस गर्नुभएको रहेछ । उहाँले भन्नुभयो– भाइ तिमी यो गीत नगाऊ यार, मैले यसमा प्राक्टिस गरिरहेको छु, तिमीले गाइदियौ भने त म फ्लप हुन्छु नि । उहाँको अनुरोधपछि मैले यो गीत गाइनँ ।
कार्यक्रमको दिन मैले अरू नै चार–पाँचवटा गीत गाएँ । गीतका लागि सुभासले गितार बजाउनुभयो । मैले ‘खतरा’ गाउँछ भन्ने हल्ला चलिसकेको थियो । मैले गाउँदा त त्यहाँ वान्स मोरको ठूलो गुञ्जन सुनियो । स्टेजमा पैसाको वर्षा हुन थाल्यो ।
मैले तयारी गरेका गीत गाइसकेको थिएँ । तर, त्यहाँ उपस्थित मासले मलाई स्टेजबाट फर्किन नै दिएन । उद्घोषकले आएर मधु क्षत्री दाइलाई बोलाए । मधु दाइले गाएपछि फेरि मेरो डिमान्ड भयो । म फेरि स्टेजमा गएर गीत गाउन थालेँ । त्यतिवेला चाहिँ मैले और दिलमे पनि गाएँ ।
त्यति धेरै मानिसहरूका अगाडि गाएको त्यो पहिलोपटक थियो । पहिलोपटकमै मैले वान्स मोर पाएँ, माया पाएँ । त्यो माया म जीवनपर्यन्त बिर्सन सक्दिनँ ।

एन्जिला र अल्मोडाको दिलको भित्तामा कार्टुन क्रुले राजगर्दा नबिन दङ्ग

अहिले चर्चामा रहेको नेपालको चर्चित डान्स ग्रुप द कार्टुन्ज क्रुको नयाँ भिडियो सार्वजानिक भएको छ । दिलको भित्तैमा बोलको यो गितमा नविन रावल,अल्मोडा राना उप्रेती र एन्जिला रेग्मीको स्वर छ । भिडियोमा कार्टुन्ज क्रु को गज्जब गज्जबको डान्स स्टेपहरु देख्न सकिन्छ । कलेज लाईफमा हुने रोचक दृष्यहरु समेटिएको यो भिडियोमा आश्मा विश्वकर्मा र सरोज अधिकारीको लभ सिक्वेन्स पनि हेर्न लायकको छ । स्वयं गायक समेत रहेका नविन रावलकै संगितमा तयार गितलाई मिलन विष्टले लेखेका हुन । रमाईला शब्दहरु लेख्न माहिर गितकार मिलन विष्ट भिडियोमा होस्टेल वार्डनको भुमिकामा समेत देखिएका छन । गायक नविन र एन्जिलालाई भिडियोको अन्तिममा शिक्षकको रुपमा रोचक तवरले प्रस्तुत गरिएको छ । नयाँ नयाँ क्रियशन गर्दै भिडियोलाई मसालेदार बनाउने डान्स ग्रुपको रुपमा चिनिएको कार्टुन्ज क्रु को यो भिडियोलाई सार्वजानिक भएको केही समयमै हजारौ राम्रा राम्रा लाईक र कमेन्टहरु प्राप्त भैरहेका छन । काठमाडौ मोडल कलेजमा सुटिङ्ग गरिएको यस भिडियोमा रामेश्वर कार्कीको छायाङ्कन,प्रविन श्रेष्ठको सम्पादन रहेको छ भने एरेन्ज चर्चित गायक तथा एरेन्जर अल्मोडा राना उप्रेतीनै ले गरेका हुन ।

परिवर्तन समाज तिलोत्तमा ८ को अन्धोपन न्युनिकरण सम्बन्धि १ दिने सचेतनामुलक कार्यक्रम

कार्तिक २५, तिलोत्तमा
     मधुमेहबाट हुने अन्धोपन न्युनिकरण सम्बन्धी १ दिने सचेतनामुलक कार्यक्रम शनिवार तिलोत्तमा ८ स्थित राम जानकी सभाहल ४ नम्बरमा सम्पन्न भयों ।
परिवर्तन समाज तिलोत्तमा ८ को आयोजना एंव रण अम्बिका आँखा अस्पताल भैरहवाको प्राबिधिक सहयोग रहेको कर्यक्रममा २ जना बरिष्ठ डा. सहित ६ जना सहयोगिहरूले निःशुल्क आँखा जाँच गरेको समाजले जनाएको छ ।          सो अवसरमा १०५ जना मधुमेह रोगीको आँखा चेक जाँच गरिएको क्लवका अध्यक्ष थानेश्वर चापागाईले जनाए ।
यस अघि शनिवार नै सम्पन्न उदघाटन सत्रमा बोल्ने बक्ताहरूले परिवर्तन समाजको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सेवामुलक कार्यक्रम ल्याउन आग्रह गरे ।
संस्थाका सल्लाहकार रूक्मागत पाण्डेको अध्यक्षता एंव करहिया स्वास्थ्य चौकीका प्रमुख पिताम्बर पाठकको प्रमुख आतिथ्य रहेको कार्यक्रममा राममणि क्याम्पस प्रमुख मोहन राज शर्मा, पार्वती अर्याल लगायतले मन्तब्य दिनुभएको थियो भने सस्थाका उपाध्यक्ष साबित्री पोख्रेलको स्वागत र संस्थाका अध्यक्ष थानेश्वर चापागाईको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले समाजसेवा अन्तर्गत गत बर्षदेखि एउटा एम्बुलेन्स समेत सन्चालन गर्दै आइरहेको छ ।

लियो क्लव भलवारीको रक्तदान, मधुमेह परिक्षण एंव आँखा शिविर सम्पन्न !!

कार्तिक २५, तिलोत्तमा

 लियो क्लव भलवारीको रक्तदान, मधुमेह परिक्षण एंव आँखा शिविर सम्पन्न !!

सामाजिक कार्यमा सक्रिय लियो क्लव अफ भलवारी युथको आयोजनामा रक्तदान, मधुमेह परिक्षण एंव निःशुल्क बृहत आँखा शिविर एक कार्यक्रमका बिच शनिवार तिलोत्तमा ७ भलवारीमा सम्पन्न भयों ।
रेडक्रस भैरहवा शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरे भने १६० जनाले निःशुल्क मधुमेह परिक्षण गराएको मल्टिस्टार हेल्थ केयर सेन्टर मणिग्रामले जनाएको छ । त्यस्तै वरिष्ठ आँखा रोग बिशेषज्ञ डा. अमित केसीले आँखा चेक जाँच गरि सहयोग पुर्याएको आँखा शिवीरमा ११० ले सेवा लिएका थिए ।

कार्यक्रम आयोजना गर्नुको औचित्य माथी प्रकाश पार्दै क्लवका अध्यक्ष अर्जुन सिंह चौधरीले देउसी भैलो खेली जम्मा गरेको रकम समाजसेवामा प्रयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको प्रतिक्रिया दिए ।
यसअघि आजै सम्पन्न उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरूले क्लवले समाज सेबामा देखाएको सक्रियताको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यसैगरि सेवामुलक कार्यक्रम ल्याउन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिलोत्तमा वडा न. ७ का अध्यक्ष दुर्गा प्रसाद पाण्डेले, क्लवले निरन्तर उत्साही कार्यक्रमहरू गर्दै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा क्लवले गर्ने कुनै पनि कार्यक्रममा वडा कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । क्लवका अध्यक्ष अर्जुनसिहं चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लियो सरोज कँडेल डिस्ट्रीक सेक्रेटरी,  क्लवका प्रथम उपाध्यक्ष लियो गोबिन्द बन्जाडे, सदस्य जमुना लम्साल, समाजसेवी पशुपति घिमिरे, काशीराम घिमिरे, वरिष्ठ आँखा रोग बिशेषज्ञ अमित केसी लगायतले मन्तब्य दिएका थिए । लियो श्रवण कुमार थापा खाम्चाले स्वागत मन्तब्य दिनुभएको कार्यक्रमको सन्चालन लियो रबिन जोशीले गरेका थिए ।

विवेकशील साझा पार्टी रुपन्देहीको घोषणा पत्र सार्बजनिक, १६ बुदे प्रतिबद्धतापत्र सार्बजनिक, रुपन्देहीमा तेश्रो शक्तिको रुपमा उदाउने विवेकशील साझाको दाबि

कार्तिक २२, तिलोत्तमा सिटी
विवेकशील साझा पार्टी रुपन्देहीले घोषणा पत्र सार्बजनिक गरेको छ ।  राजनीतिलाई   पद्धती,पारदर्शीता ,इमान्दारी र उत्कृष्ट बनाउनका लागि विवेकशील साझा पार्टीलाइ मतदान गर्न आग्रह गरेको छ ।
भ्रष्टाचार ,गरिबी,बिभेद रहितको राष्ट्र निर्माण गर्न,राजनीतिलाइ सुसंस्कृत बनाउन ,देशमा युवाको बेरोजगारी अन्त्य गर्न ,कृषि पर्यटनलाई बिकास गर्ने लगायतका १६ बुदे प्रतिबद्धतापत्र सार्बजनिक गरेको हो ।
बुटवलमा पत्रकार सम्मेलन गर्दै विवेकशील साझा पार्टीले रुपन्देहीमा तेश्रो शक्तिको रुपमा उदाउने लक्ष्य रहेको प्रष्ट पारे ।
अधिकांश युवापुस्ताको उम्मेदबारी रहेको पार्टीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं २ मा हरिकृष्ण अधिकारी,प्रदेशसभा २ क मा गणेश पन्थी, प्रदेशसभा २ ख मा निलम अधिकारी,त्यसैगरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा पार्थिभेन्द्र उपाध्याय,प्रदेशसभा ४ को क बाट अमित गुप्ता मैदानमा छन् ।
समानुपातिक उम्मेदवारहरुमा प्रतिनिधिसभामा डा. सुदर्शन धिताल, प्रदेशसभा सरस्वता पन्थी, जमुना सुवेदी, सर्मिला थारु, बिष्णु काउछा रहेका छन् ।
सो अबसरमा उम्मेदबारहरु हरिकृष्ण अधिकारी, गणेश पन्थी, निलम अधिकारी, पार्थिभेन्द्र उपाध्याय,अमीत गुप्ता र सो पार्टीका सुवास लामिछानेले लगायतले बोल्दै राजनीतिलाइ सुसंस्कृत बनाउनआफुहरुलाइ तराजु चिन्हमा मतदान गर्न आग्रह गरे ।
फोटो

एसिया कपको सेमिफाइनल पुग्ने अवसर छ : प्रशिक्षक बिनोद दास

काठमाण्डौं
कार्तिक २२, तिलोत्तमा सिटी

बिहीबारदेखि सुरु हुने एसिसी युथ–१९ एसिया कपमा सहभागी हुन नेपाली युवा क्रिकेट टोली मंगलबार मलेसिया पुगेको छ। मलेसिया जानुअघि नेपालले एक साता बंगालदेशमा तयारी गरेको थियो। बंगलादेशमा रहँदा नेपालले बंगलादेशको युवा टिमसँग ३ वटा अभ्यास खेलेको थियो। सुरुवाती २ खेलमा पराजय बेहोरेको नेपालले अन्तिम खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो।
एसिया कपको समूह ’ए’ मा नेपालसहित भारत, बंगलादेश र मलेसिया सहभागी छन्। नेपालले पहिलो खेल कात्तिक २५ मा बंगलादेशसँग, दोस्रो खेल कात्तिक २६ मा भारतसँग र  तेस्रो खेल कात्तिक २८ मा मलेसियासँग खेल्ने छ। समूहमा बलिया प्रतिद्वन्द्वी भएपनि नेपाली टिमका प्रशिक्षक विनोद दासले सेमिफाइनल पुग्ने अवसर भएको बताएका छन्।
मलेसिया उड्नुअघि दाससँग गरिएको     कुराकानीः

युथ–१९ एसिया कपको तयारीका लागि नेपालले एक साता छोटो बंगलादेश भ्रमणबाट के सिक्यो ?
बंगलादेशमा खेलिएका तीन खेल मध्ये दुई खेलमा हामीले राम्रो प्रदर्शन गर्याै। तेस्रो खेलमा ब्याटिङ राम्रो हुँदा जित पनि हात पर्यो। बंगलादेशी युवा टिम विरुद्ध पहिलो खेलमा पनि १०–१५ रन बढी बनाउन सकेको भए परिस्थिति बेग्लै हुन्थ्यो। दोस्रो खेलमा उनीहरुलाई २ सय २७ रनमा रोकेका थियौ। सुरुमै २ विकेट गुमाउँदा राम्रो खेल्न सकेनौ। बंगलादेश भ्रमणबाट टिममा सकारात्मक प्रभाव परेको छ। यसको मतलब सबै समस्या समाधान भएको भने होइन।
बंगलादेश भ्रमणमा नयाँ ओपनिङ जोडीले सतकीय साझेदारी गरे। नेपालको ओपनिङमा सुधार आउने संकेत देखिएको हो ?
युवा टिम सम्हालेदेखि मैले केही खेलाडीलाई प्राथमिकता दिँदै आएको छु। टिममा परेका सबै खेलाडीले राम्रो खेल्छन् भन्ने हुँदैन। खुसीको कुरा केही नयाँ तथा पुराना ब्याट्सम्यानले राम्रो खेलेका छन्। एक खेलमा राम्रो खेल्दैमा ब्याटिङ सुधार भयो भन्न मिल्दैन। हामीले नयाँ खेलाडीलाई मौका दिएर बाटो बनाइरहेको साँचो हो। आशावादी छौं, हौसिएका छैनौं। जुन टिममा पनि समस्या हुन्छ। जति धेरै खेल खेलिन्छ, त्यति समस्या समाधान हुँदै जान्छ।
युथ–१९ एसिया कपमा नेपालको लक्ष्य के हो ?
हाम्रो लक्ष्य क्षमता अनुसार शतप्रतिशत खेल्ने हो। आफ्नो क्षमताअनुसार नखेल्दा अर्को टिमले नराम्रो खेलेर पनि जित्छ भने त्यो दुःखको कुरा हो। बंगलादेशमा भएका तीन वटै अभ्यास खेल हाम्रो लागि एसिया कप जतिकै महत्वपूर्ण थिए। अन्तिम खेलमा हामीले आफ्नो क्षमता अनुसार खेल्यौ। यसको निरन्तरता एसिया कपमा भयो भने सेमिफाइनल पुग्ने अवसर छ। तर हामीले आफ्नो क्षमता देखाउन चुक्यौ भने दुई टेस्ट टिमसँग खेल्न गाह्रो हुनेछ ।
बलिङमा अब्बल भएपनि युवा टिममा ब्याटिङमा समस्या देखिदै आएको छ । ब्याटिङ सुधारका लागि कस्तो योजना छ ?
हाम्रो मुख्य समस्या भनेको घरेलु क्रिकेट हो। हामी उसै त कम प्रतियोगिता खेल्दै गइरहेका छौं। यसमा पनि विकेट राम्रो हुँदैन। घरेलु प्रतियोगितामा प्रत्येक टिममा राम्रा बलर पनि हुँदैनन्। जब अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जान्छौ, त्यहाँ राम्रो विकेट हुन्छ । ५–६ जना उत्कृष्ट बलरको सामना गर्नुपर्छ। यसले गर्दा हाम्रो ब्याटिङमा समस्या देखिएको हो।
हामीले पछिल्लो दुई वर्षमा विभिन्न खेल खेलेका छौं। श्रीलंका विरुद्ध १ रनले पराजित भएका छौं। अफगानिस्तानसँग धेरै रन बनाउन सकेनौं। तर, हामीले उनीहरुलाई पनि रन बनाउन दिएका थिएनौं। सिंगापुरको विकेटमा रन बनाउन गाह्रो भएको यसबाट पनि पुष्टि हुन्छ। तर हामी र अन्य टिमबीच रन अन्तर छ। यो अन्तर कम गर्न सुरुवाती ४ ब्याट्सम्यान चल्न एकदम जरुरी हुन्छ। एसिया कपमा हाम्रो उद्धेश्य राम्रो ब्याटिङ गर्ने नै हुनेछ। हामीले पछिल्लो एक महिना ब्याट्सम्यानलाई विशेष प्रशिक्षण गराएका छौं ।

नेपालको समूहमा बंगलादेश र भारत जस्ता बलिया टिम छन्। उनीहरु विरुद्ध हाम्रो रणनीति कस्तो हुन्छ ?

भारत र बंगलादेश टिममा अनुभवी खेलाडी छन्। उनीहरुमा अभ्यासको पनि कमी छैन। यो अवस्थामा हाम्रो बारे उनीहरुलाई थाहा नहुनु बलियो पक्ष हो। हामीले आफ्नो क्षमताअनुसार खेलेर उनीहरुलाई आश्चर्यचकित पार्न सक्छौं। हाम्रा बारे धेरै जानकारी नहुँदा उनीहरु सतर्क भएर खेल्छन्। हामीले बंगलादेशसँग तीन खेलको शृंखला खेल्यौ। भारतसँग पनि खेलिसकेका छौें। दुवै टिमविरुद्ध नराम्रो खेलेको भन्न मिल्दैन। उनीहरुको ५–६ विकेट झारेका छौं। हामीले पराजित गर्न सक्नेमा उनीहरु पनि सचेत छन् ।
युवा टिममा तीव्र बलरले अवसर पाइरहेका छैनन्। किन होला ?
युवा टिमका बलरले लगातार राम्रो प्रदर्शन गरिरहेका छन्। मलेसियाको कन्डिसन हेरेर हामी नयाँ बलरलाई मौका दिन्छौ। यसअघि हामीले एक मात्र तीव्र गतिको बलर लिएर खेलिरहेका थियौं। २–३ जना तीव्र बलर लिएर खेल्ने परिस्थिति बनेको छैन। जसले खेल्ने अवसर पाए उनीहरुले शतप्रतिशत प्रदर्शन गरेका छन्। त्यसैले बलिङमा गुनासो गर्ने ठाँउ छैन ।

 

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका विजयी खेलाडी र प्रशिक्षक

कार्तिक २२

तिलोत्तमा सिटी 
    तिलोत्तमा नगरपालिकाले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका विजयी खेलाडी र प्रशिक्षकलाई  सम्मान गरेको छ । तिलोत्तमा–१६ जुडा स्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत जेस्मिन गुरुङ र ललित बुढा तथा प्रशिक्षक राजकुमार पाण्डेलाई नगरपालिकाले सम्मान गरेको हो ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले जनही पाँच÷पाँच हजार नगदसहित सम्मान गर्नुभयो । थाइल्याण्डको बैंककमा हालै सम्पन्न सातौं तिरा ईन्टरनेशनल तेक्वान्दो च्याम्पेन्सिप–२०१७ मा १५ देखि १८ वर्ष उमेर समूहमा गुरुङ प्रथम तथा ७ देखि  ८ वर्ष उमेर समूहमा बुढा तृतीय भएका थिए ।
प्रशिक्षक पाण्डेका अनुसार सो प्रतियोगितामा विभिन्न २० राष्ट्रका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपालका तर्फबाट २३ जना खेलाडी सहभागी रहेको उहाँले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी खेलाडीहरुले तिलोत्तमाको गौरव बढाएको बताउनुभयो । खेलकुद व्यक्तिको स्वास्थ्यसँग पनि जोडिएको चर्चा गर्दै उहाँ अध्ययन÷अध्यापनसँगै खेलकुदलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताउनुभयो ।
विद्यालयका प्राचार्य डिबी थापाले निरन्तरको प्रयासले विद्यार्थी खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएको बताउनुभयो । सो अवसरमा विद्यालयका प्राचार्य डिबी थापा र खेलाडी द्धयका आमा, बुबालाई समेत सम्मान गरिएको थियो । विभिन्न वडाका वडाध्यक्ष समेत सहभागी सम्मान कार्यक्रम नगरपालिका शिक्षा ईकाई प्रमुख मित्रमणि खनालको सञ्चालनमा भएको हो ।

RECENT POSTS