Wednesday, December 19, 2018

रोयल शंकरनगर र मणिग्राम किङ्स बिजयी : टिपिएल शुरु

तिलोत्तमा, १ मंसिर । तिलोत्तमा क्रीकेट बिकाश समितिको आयोजना भएको आजदेखी शुरु टिपिएलको पहिलो खेलमा रोयल शंकरनगर र दोस्रो खेलमा मणिग्राम किङ्स बिजयी भएका छन।

आजै भएको उद्घाटन खेलमा रोयल शंकरनगरले रोयल च्यालेन्जर भैरहवालाई ८ विकेटले पाखा लगाएको हो । टस जितेर ब्याटिङ रोजेको च्यालेन्जरले १२३रनको टार्गेट दिएको थियो । १२४ रनको लक्ष्यमा ब्याटिङ मा उत्रीएको शंकरनगरले ८ विकेट मै लक्ष्यसाथ प्रतिद्वन्दीलाई पाखा लगाएको हो । आफ्नो ब्लास्टिङ खेल प्रदर्शन गरेको शंकरनगरका रोहित पौडेलले पहिलो खेलको म्यान अफ द म्याच प्राप्त गरे ।

त्यस्तै दोस्रो खेलमा नुसि वारियर्स लाई बाहेक गराउदै मणिग्राम किङ्सले आफ्नो अगाडिको यात्रा तय गरेको छ । १६४ रनको शानदार टार्गेट दिएको नुसि वारियर्सलाई ६ विकेटमै मणिग्राम किङ्सले हराए पछि दोस्रो खेलको पहिलो जित किङ्स ले गरेको हो ।किङ्सका तर्फ बाट अमरसिङ् राउटे म्यान अफ द म्याच घोसित भएका छन ।

भोलिको पहिलो खेल ज्ञानोदय गोल्ड्स भर्सेस लुम्बिनी कासाई र दोस्रो खेल बुटवल डाइनामाइट भर्सेस एस आर एनएसपिए टाइगर बिच बिहान ९ बजे र दिउँसो १ बजे खेल हुने आयोजकका तर्फबाट खेल सम्योजक दिपक भुर्तेलले बताए ।

वार्ड सुरक्षामा तिलोत्तमा-४को सामुदायिक कदम

कार्तिक ३० ।वार्ड को सुरक्षा चुनौतीलाई बिशेस ध्यानमा राख्दै तिलोत्तमा नगरपालिका वार्ड न ४ ले आफ्नो सुरक्षा योजना बिस्तार गरेको छ। आफ्नो क्षेत्रमा भएका सबै खाले सुरक्षाका निम्ति सामुदायिक सुरक्षामा प्रहरीको निगरानी बढाउने उदेश्यले तिलोत्तमा नगरपालिका ४ नं. वडा कार्यालय र अस्थायी वडा प्रहरी चौकी ड्राईभरटोलको संयोजनमा समुदाय–प्रहरी साझेदारी समिति गठन गरिएको । वडाध्यक्ष दिवाकर ढकालको संयोजक र प्रहरी चौकी प्रमुख रुम बहादुर खत्री उप–संयोजक रहनेगरी १७ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा जनप्रतिनिधि, प्रहरी, शैक्षिक संघ–सस्था, नागरिक समाज, पत्रकारलगायतको प्रतिनिधित्व रहेको समिति उप–संयोजक खत्रीले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा वडा सदस्यहरु हरिमाया श्रेष्ठ, रमेश प्रसाद आचार्य, प्रहरी हवल्दार हिराधर उपाध्याय सदस्य सचिव चयन भएका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा हरिबहादुर क्षेत्री, रामु राना, मातृका ज्ञवाली, जनज्योति माध्यमिक विद्यालयका प्रअ रघुनाथ पोखरेल, सिद्धार्थ बोर्डिङ स्कुलका प्रअ यम बहादुर राना, जनज्योति क्लबका मित्रलाल न्यौपाने, मिलन आमा समूहकी धनमाया राना, टोल विकास संस्थाका जितेन्द्र जिसी, नेत्र बहादुर खत्री र ओम प्रकास गुरुङ रहेका छन् ।
तिलोत्तमा नगरपालिका मै पहिलो पटक आफु हरुले सुरक्षाका निम्ति समुदायलाई निश्फ़िक्रि आफ्नो घर संघ सस्था पेशा ब्यबसाय उद्योग लगायतको क्षेत्रमा सुरक्षित महसुस गराउन सो कार्यको थालनी गरिएको वार्ड अध्यक्ष ढकालले बताएका छन् ।

शंकरनगर क्रिकेट क्लबले गर्यो खेलाडी सम्मान तथा जर्शी हस्तान्तरण 

   शंकरनगर क्रिकेट क्लबले आज खेलाडी सम्मान तथा जर्शी वितरण समारोह सम्पन्न गरेको छ।  यहि मङ्सिर १ गते देखि शुरु हुन गैरहेको टिपीएलमा सहभागी हुन लागेको क्लबले आफ्ना खेलाडि परिचय गराउदै आफ्नो जर्शी समेत प्रदर्शन गरेको छ । क्लबका अध्यक्ष निरज बराल को अध्यक्षता तथा स्थानिय समाजसेवी कल्याण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सबै खेलाडीलाइ सम्मान तथा आफ्नो नामको जर्शी हस्तान्तरण गरिएको थियो ।
अघिल्लो बर्षको टिपिएलमा सेमी फाइनलसम्म पुगेको सो क्लब यस बर्षको खेलमा आफ्नो क्लबमा नेपालबाट खेल्ने रास्ट्रिय खेलाडीहरु धेरै भएकोमा उपाधि चुम्न सकिने आशा रहेको क्लबका अध्यक्ष निरज बराल ले बताए ।
सो कार्यक्रममा बोल्दै जागृति युवा क्लबका अध्यक्ष अर्जुन प्रसाद पौडेलले स्थानिय युवाहरुलाई राष्ट्रिय स्तरसम्म पुर्याउन यस्तो खेलको अभ्यासले योगदान पुग्ने भन्दै खेलमा उपाधि चुम्न सफल होस् भनि शुभकामना दिएका थिए ।
त्यस्तै क्लबका सहयोगी तथा अतिथि ज्ञानु कार्कीले खेल र खेलाडीको सम्मानमा सबै डटेर लाग्नुपर्ने र खेलकुदको बिकाशमा सबै एकताबद्द हुनुपर्ने बताए ।
त्यस्तै सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कल्याण पौडेलले खेल र खेलाडी एक सिक्काको दुइपाटा भएकाले सरकारी र गैर सरकारी संघसस्थाबाट यसको क्षेत्रलाई  फराकिलो बनाउन भूमिका खेल्नुपर्ने बताए । उनले समाजमा रहेर कुलत र विसंगतिमा लागेका युवा खेलकुदमा लाग्दा समाज र देश बिकाशमा टेवा पुग्ने भन्दै क्लबको सफलताको कामना गरेका थिए ।
क्लबको सो कार्यक्रममा नेपालि राष्ट्रिय टिमका रोहित पौडेल , शुसंता भारी, सन्जिब सुनार, रुपेश बास्तोला लगायतका सबै खेलाडीलाई सम्मान गरिएको थियो। सो अवसरमा प्रमुख अतिथि कल्याण पौडेल , सभापति निरज बराल , गोकुल चापागाईं , प्रशिक्षक  बसन्त शाहीले सबै खेलाडीलाई ड्रेस हस्तान्तरण गरेका थिए सो कार्यक्रमको संचालन गंगाराम सुनारले गरेका थिए  ।

मुस्लिम समुदायको ज्ञापनपत्र बुझदै मुख्यमन्त्री पोखे्रल

२८ कार्तिक, बुटवल । मुस्लिम समुदायका ईश्लाम धर्मका धर्म गुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे ओसल्लमको जन्मोत्सवमा सार्वजनिक बिदाको माग राख्दै परासीका एक टोलीले आज मुख्यमन्त्री शंकर पोख्रेल समक्ष ज्ञापन पत्र बुझाएका छन् । फैजाने अहले बैत सस्थाका अध्यक्ष सैयद गुलाम हुसेनको अध्यक्षतामा आएको टोलीले मुख्यमन्त्री पोख्रेल समक्ष ज्ञापन पत्र बुभाmएका थिए । उक्त ज्ञापनपत्र बुझदै मुख्यमन्त्री पोखरेलले हरेक धर्ममा आस्था राख्ने समुदायले आफनो धार्मिक गतिविधीे गर्र्न पाउने गरी धार्मिक स्वतन्त्रताका लागी धर्म्निरिपेक्षता सहितको संविधान मै उल्लेख गरीएको बताएका थिए ।

मुुख्यमन्त्री पोख्रेलले यति बेला देशको आर्थिक समृद्धिका लागी सबै मिलेर लाग्नु पर्ने भएकाले मुस्लिम समुदायको बिदा मात्र नभई धेरै सरकारी बिदा सरकारले कटौति गरेको समेत बताएका थिए । मुख्यमन्त्री पोख्रेलले सरकारले बिशेष गरी मुसलिम समादायको बिषयमा मुस्लिम आयोग नै बनेको र मुस्लिम समुदायको हरेक समस्या र मागहरुको बिषयमा आयोगबाट सिफारिस भई आउने र सो अनुसार कार्यन्वयन हुदै जाने बताएका थिए ।
ज्ञापनपत्र बुझदै मुुख्यमन्त्री पोखे्रलले मुस्लिम समुदायको बिदाको विषयमा आफुले केन्द्रमा ज्ञापनपत्र पठाई पहल गर्ने समेत बताएका थिए ।

बुटवलमा अन्तर्राष्ट्रिय सेमिनार

बुटवल, कात्तिक २८ । पछिल्लो समयमा व्यवस्थापन संकायमा विद्यार्र्थीहरुको आर्कषण जति मात्रामा बढेको छ । सोही अनुसार रोजगारी कमै मात्रामा प्राप्त गरेको पाईन्छ । सोही विषयलाई मध्यनजर गर्दै बुटवलमा रहेको लुम्बिनी
बाणिज्य क्याम्पसले व्यवस्थापन विषयलाई पुनः परिभाषित गर्ने अभियानको थालनी गर्दैै यस क्षेत्रमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको सेमिनार आयोजना गर्ने भएको छ ।

वदलिदो परिस्थिति अनुसार व्यवस्थापकीय जनशक्ति र क्षमतामा पनि परिस्थितिजन्य परिवर्तन आवश्यक भएको कुरा मनन् गरी बजारको आवश्यकता अनुसारको व्यवस्थापकीय जनशक्ति तयार गर्न हालको पाठ्यक्रम शिक्षण पद्धति तथा मुल्याङ्कन विधि समेतलाई समेटी व्यवस्थापन प्रणालीको पुनः परिभाषित गर्नु पर्ने कुरालाई मनन् गर्दै यो अन्तर्रा्ष्ट्रिय सेमिनारको आयोजना गरिएको हो । लुम्बिनी बाणिज्य क्यम्पसका क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायका
अनुसार क्याम्पसले यस क्षेत्रमै पहिलो पटक दुई दिने अन्तराष्ट्रिय स्तरको अनुसन्धानमुलक सेमिनार अयोजना गरको हो । यही २०७५ साल कार्तिक ३० गते र मंसीर १ गते यसै लुम्बिनी वाणिज्य क्याम्पसको सेमिनार हलमा यो अन्तराष्ट्रिय सेमिनार संचालन गरिने छ । यस सेमिनारमा सेमिनारको प्रकरण मा आधारित विभिन्न विधामा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु तथा अनुसन्धानकर्ताहरुद्वारा अनुसन्धान मुलक लेख प्रस्तुत हुने सेमिनार संयोजक प्रा.डा. णकृष्ण भट्राईले जानकारी दिए ।

उनका अनुसार अन्र्तराष्ट्रिय सेमिनारमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरु, वरिष्ठ प्राध्यापकहरु तथा अन्य अनुसन्धानकर्ताहरुको समेत सहभागिता रहने छ ।सेमिनारमा करिव ३०० जनाको सहभागिता रहने छ । यो सेमिनार सफलतापूर्वक सम्पन्न गर्न र प्रभावकारी व्यवस्थापनका लागि सेमिनार मुल व्यवस्थापन समिति अन्तर्गत रहने गरी १४ वटा उपसमितिहरु गठन गरी सक्रिय रुपमा कार्य अगाडि बढाइएको छ । वि.सं. २०३८ सालमा आधिकारिक रुपमा स्थापित व्यवस्थापन शिक्षामा लुम्बिनी वाणिज्य क्याम्पसले प्रारम्भमा आई कम वि.कम र एम् वि एस का कक्षाहरु संचालन गर्दै आएको थियो । क्याम्पसको शैक्षिक गणस्तर अभिवृद्धि गर्नका लागि विश्वविद्यालय अनुदान आयोगमा गुणस्तर प्रमाणिकरणको प्रक्रियामा २०६८ सालमा पहिलो पटक गुणस्तर सुनिश्चतता तथा प्रत्यायन प्राप्त गरेको थियो भने २०७५ सालमा पुनः दोश्रोपटक क्युएए प्राप्त गरेको छ ।

०७५ सालमा एक मात्र सर्वोत्कृष्ट क्याम्पसको रुपमा नेपाल सरकारवाट पुरस्कृत भएको हो । त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयवाट लिइने विभिन्न तहका परीक्षाहरुमा विभिन्न समयमा पटक पटक बोर्ड प्रथम, वोर्ड द्धितीय, वोर्ड तृतीय र प्राय जसो दशौ सम्मको स्थान प्राप्त गर्दै आएको छ । यसै सन्दर्भमा हालै एम. वि.एस. प्रथम वर्षको प्रकाशित नतिजामा पनि वोर्ड प्रथमदेखि पाँचौ स्थानसम्म यसै क्याम्पसका विद्यार्थीहरुले उपाधि प्राप्त गर्न सफल भएको निर्वतमान क्याम्पसn प्रख डा. ईश्वर गौतमले जानकारी दिए । वि.वि.एम. कार्यक्रममा स्थापना कालदेखि नै वोर्ड प्रथमदेखि दशौं स्थानसम्म प्राप्त गर्न सफल हुदै आएको छ । सामुदायिक क्याम्पसतर्फ यस वर्षको वि.वि.एस. प्रथम वर्षको नतिजामा प्रथम गर्ने अवसर पनि यसै क्याम्पसका विद्यार्थीले प्राप्त गरेका छन्। ।

हाल वि.वि.एस., वि.वि.एम., एम. वि.एस. र एम. वि.ए. (वैकिङ एण्ड फाइनान्स) का कार्यक्रमहरु संचालन भइरहेको छन् र साथै निकट भविष्यमै वि.वि.ए. (अनर्स) र वि.आइ.एम. (द्यक्ष्ः) का कार्यक्रहरु संचालन गर्न लागेको छ ।
हाल यस क्याम्पसमा कूल ४३३८ विद्यार्थीहरु माथि उल्लेखित विभिन्न शैक्षिक कार्यक्रमहरुमा अध्ययनरत छन भने कूल प्राध्यापक संख्या ४९ जना र कर्मचारी २४ जना रहेको छ । क्याम्पसको दीर्घकालिन योजना अन्तर्गत मानित विश्वविद्यालयको रुपमा स्थापित गर्ने लक्ष्य रहेकोरहेको क्याम्पस सञ्चालन समितिका अध्यक्ष मोतिलाल
पाण्डेले जानकारी दिए ।

पौष ६ देखि बटौलि मेला लाग्दै

स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार , सहरदेखि गाउसम्म ब्यापार बिस्तार भन्ने मूल नारा सहित रुपन्देही ब्यापार संघको आयोजनामा यहि पौष ६ गते देखि १८ गते सम्म लुम्बिनी एक्स्पो २०७५ अन्तरास्ट्रिय ब्यापार मेला हुने भएको छ। बिशेस पत्रकार सम्मेलन गर्दै ब्यापार संघका अध्यक्ष तथा संयोजक पदम प्रसाद श्रेष्ठले ब्यापार मेलाको बारेमा जानकारी दिएका हुन्। बुटवलमा हुने यस्तो मेलाको रौनक ज्यादै रमाइलो र आकर्षक हुने हुनाले पनि यो मेलाले स्थानिय तथा रास्ट्रिय ब्यापार र उत्पादित बस्तु तथा सेवाको प्रबर्धनमा बिशेस जोड दिने आयोजकको दावी छ । ५० करोडको कारोबार लक्ष्य राखिएको सो मेलाको तयारि तिब्र रुपमा अगाडी बढेको छ ।

यसपालिको मेलामा भारत, चिन, पाकिस्तान र बंगलादेशका पनि विभिन्न उत्पादित बस्तु तथा सेवासंगै दैनिक उपभिओग्य बस्तु , साना तथा घरेलु उत्पादन , जडिबुटी , कृषि उत्पादन , औधोगिक, मेसिनरी तथा उपकरण , हस्तकला , अटोमोबाइल्स , इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल , मोबाइल सुचना प्रबिधि , टेक्सटाइल गार्मेन्ट तथा फ़ुटवय़र , फर्निचर तथा फर्निशिंग , निर्माण सामग्री शैक्षिक स्वास्थ्य बैंक तथा बित्तिय सस्था र होटल तथा रेस्टुरेण्ट गरि करिब ६ सय स्टल रहने आयोजकले बताएको छ।

बुटवल मण्डपमा स्थानान्तरण भई मेलाका आवश्यकीय कार्यहरु जस्तैः निर्माण कार्य, स्टल दर्ता, प्रचारप्रसार लगायतका तयारीका कामहरु आरम्भ भएको छ ।

रुपन्देही व्यापार संघ मुख्य आयोजक रहेको यो मेलामा आयोजकको रुपमा नेपाल चेम्बर अफ कमर्स काठमाडौं, सह–आयोजकमा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघ तथा मेलाकोे प्रवद्र्धकमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय प्रदेश नं ५, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ललितपुर, नेपाल पर्यटन बोर्ड काठमाडौं, जिल्ला समन्वय समिति, रुपन्देही र बुटवल उपमहानगरपालिका रहेको छ ।एक्पोमा विभिन्न संस्कृतिक कार्यक्रम समेत हुनेछन् ।

तमु रजत जयन्ति भब्य मनाइदै

तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद इकाई समिति तिलोत्तमा १५ मधवलियाको आयोजनामा भब्य रजत जयन्ति समारोह हुने भएको छ।मङ्सिर १ गते देखि शुरु भै मङ्सिर ५ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने बताइएको सो रजत जयन्तीमा उद्घाटन समारोह , फलफुल वितरण , खेलकुद कार्यक्रम , बिद्यालय स्तरिय खुल्ला बक्तित्त्वकला संगै समापन हुने आयोजकका तर्फबाट समितिका अध्यक्ष सन्तोक गुरुङले बताए ।

समाजमा छरिएर बसेका विभिन्न जातजातिको एकताका लागि सामाजिक सद्वाभ कायम गर्न रजत जयन्ति मनाउन लागिएको समितिका सुन्दर गुरुङले बताए। सो अवसरमा बोल्दै प्रमुख अतिथि तिलोतामा नगरपालिका वार्ड न. १५ का अध्यक्ष खेमराज गुरुङले सबै जात जातिको आफ्नो पहिचान एकता र सद्भावका लागि यो रजत जयन्तीले एउटा राम्रो संदेश दिने तथा यस क्षेत्रका सबै समुदायमा एकताको संदेश जाने बताएका छन्। आफ्नो रजत जयन्तीका अवसरमा तमु ह्युल छोज धी गुरुङ रास्ट्रिय परिषद इकाई समिति मधवलियाले सो कार्यक्रममा सहभागी भैदिन सबैलाइ आग्रह समेत गरेको छ ।

सामूहिक विकास बचत तथा ऋण सहकारीको रजत वर्ष

मणिग्राममा संघीयतामा वित्तीय संहिता विषयक प्रदेश स्तरीय गोष्ठी सम्पन्न

सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमटेड तिलोत्तमा ३ शंकरनगरले संघीयतामा वित्तीय संहिता विषयक प्रदेश स्तरीय गोष्ठी मणिग्राममा सम्पन्न गरेको छ । संस्थाको रजत वर्षको कार्यक्रम अन्तर्गत अध्यक्ष चुडामणि खरेलको अध्यक्षता तथा प्रदेश नं ५का उद्योग वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले सहकारी आन्दोलनले समवर्गीय समाज निर्माण गरी समाजवाद उन्मुख दिशामा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले विगतमा भन्ने र गर्ने कुरामा तालमेल नहुँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै सहकारीले हिजोका महाजन तथा बैंकहरुले जस्तो नगरी कृषि, जडीबुटी,फलफुलतथा सहकारी खेतीतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । विशिष्ट अतिथि तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले सरकारको दायित्व सहकारीले पूरा गरको उल्लेख गर्दै राजनैतिक संघीयताकार्यान्वयनको चरणमा आएपनि वित्तीय र प्रशासनिक संघीयता कार्यान्वयनमा आउन बाँकी रहेको बताउनुभयो ।उहाँले तिलोत्तमा नगरपालिकामा सहकारीहरुको ६ अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै नगरपालिकाले लगानीसम्मेलन मार्फत उत्पादनमूलक क्षेत्रमा लगानीका लागि पहल गर्ने योजना बनाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेप्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले वित्तीय संघीयताको अर्थ राजनीतिमा वित्तीय सहकारीको कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियान पच्चीस वर्षमा सहकारीहरुको वृद्घि र विकासको नीतिगत मार्गचित्र प्रस्तुत गर्नुभयो ।उहाँले समृद्घ नेपाल र सुखी नेपालीको राजनैतिक आयामलाई पूर्णता दिन वित्तीय संघीयतामा आधारित वित्तीय सहकारीको कार्यदिशा निश्चित गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै संविधानको परिकल्पना अनुसार राज्य सहकारी र निजी क्षेत्रमा आधारित अर्थनीतिलाई साकार पार्न सहकारीको प्रवद्र्घन अनिवार्य रहेको बताउनुभयो ।
संस्थाका सल्लाहकार दामोदर भुसालको सञ्चालन तथा कार्यक्रम संयोजक प्रकाश भट्टराइको स्वात रकार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा कार्यपत्रमाथि टिप्पणि गर्दै सहकारी विद् डा. खगराज शर्माले कार्यपत्रले धेरै विषय समेटेको उल्लेख गर्दै सहकारी अभियानले वित्तीय मध्यस्तता दायित्व लिने कुरा सह्रानीय भएको बताउनुभयो ।उहाँले विषयगत सहकारकिा धेरै सञ्जाल धेरै आवश्यक नरहेको भन्दै सहकारीको चर्को ब्याज नियन्त्रण्मा जोड दिँदै उत्पादन र बजार केन्द्रित कामका लागि साकास केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश ५का अगुवा सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागितामा सम्पन्न गोष्ठीमा सहभागीहरुका जिज्ञासाको सहजकर्ता परितोष पौडेलले समाधान गर्नुभएको थियो ।

तिलोत्तमामा मुटु अस्पतालको लागि छलफल

तिलोत्तमा । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको लागि प्रस्ताव गरिएको जग्गाको विषयमा तिलोत्तमा नगरपालिका र अस्पताल संचालक समितीका विचमा छलफल गरिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले अस्पतालको भवन निर्माणको लागि जग्गा दिन आफुहरु तयार रहेको बताएसंगै अस्पतालले तिलोत्तमा नगरपालिकालाई विकल्पको रुपमा अगाडी सारेको हो ।

यसअघि बुटवल १० रामनगरमा रहेको वनक्षेत्रको जग्गामा प्रकृया अघि बढिरहेको छ । अस्पतालको लागि भवन सांघुरो भईरहेको र वनक्षेत्रको जग्गा प्राप्तिमा ढिलाई भए आफुहरु अस्पताललाई जग्गा दिन तयार रहेको नगरप्रमुख घिमिरेले बताएपछि अस्पताल संचालक समितीले सम्भावित जग्गाहरुको अवलोकन समेत गरेको थियो ।

सोहि क्रममा नगरकार्यपालिका र अस्पताल संचालक समितीका विचमा जग्गा प्राप्तिको प्रकृया तथा अस्पतालको योजनाको बारेमा छलफल गरिएको हो । छलफलको क्रममा नगरप्रमुख घिमिरेले विशेषज्ञ सहितको सुविधासम्पन्न मुटु अस्पताल तिलोत्तमा नगरपालिकामा आउन सके तिलोत्तमा क्षेत्रको विकासमा थप टेवा पुग्ने बताउनुभयो । नगरप्रमुख घिमिरेले स्वास्थ्य जस्तो अत्यावश्यक र संवेदनशिल सेवा घरआंगनमा ल्याउन सके त्यसको लागि जग्गा व्यवस्थापन र थप सहयोगको लागि नगरपालिकाले पहल गर्ने बताउनु भयो ।

तिलोत्तमा नगरपालिकामा सार्वजनिक जग्गाहरु प्रशस्त रहेको र नगरपालिका त्यस्ता जग्गाको व्यवस्थापनको लागि लागेको भन्दै दिर्घकालिन योजनाका साथ संचालन गर्न लागिएको मुटु अस्पताललाई प्रकृया मार्फत उपयुक्त जग्गा उपलब्ध गराईने बताउनु भयो।

अस्पतालका अध्यक्ष एजाज आलमले अस्पताल अत्यन्त संवेदनशिल क्षेत्र रहेकोले आम सेवाग्राही सहज रुपमा पुग्न सक्ने स्थान उपयुक्त हुने बताउनु भयो । उहाले आफुहरु तत्कालको लागि मात्र नभई कम्तिमा ५० वर्षको दिर्घकालिन योजनाको साथ अस्पतालको भवन निर्माण गर्ने सोचमा रहेकोले सोहि अनुरुप कम्तिमा १२ विघा जग्गा अस्पतालको लागि आवश्यक पर्ने जानकारी दिनुभयो ।

सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरुको लागि स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरउन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० लागु गरी २०७७ साल भित्र सोहि मापदण्ड अनुरुप संचालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

निर्देशिकामा अस्पतालको भवनसंगै हरियाली, पार्किङ, बगैंचा लगायतलाई खाली जग्गा छोड्नुपर्ने भएकोले जग्गा केहि बढि माग गरिएको उहाले बताउनु भयो । निर्देशिकामा अस्पतालहरुमा प्रतिबेड ५५ वर्गमिटर जग्गा हुनुपर्ने, पार्किङको लागि २५ प्रतिशत जग्गा छुट्याउनुपर्ने, बगैंचालाई बनाउनुपर्ने र भवन निर्माण गर्दँ भवन निर्माण संहिता अनुरुपको मापदण्ड र जग्गा छोडेर मात्र निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।

छलफलको क्रममा नगरकार्यपालिकाका सदस्य तथा राजनितिक दलका प्रतिनिधीहरुले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई तिलोत्तमा नगरक्षेत्रभित्र ल्याउनमा आफुहरुको जुनसुकै सहयोग रहने बताएका थिए ।

तिलोत्तमाका जनप्रतिनिधि र कोरियाली राजदुतबीच छलफल

तिलोत्तमा ।  तिलोत्तमा नगरपालिकाका जनप्रनिनिधि र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्क योङ्ग सीकबीच सोमबार मणिग्राममा छलफल भएको छ । नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण र भावी योजनाका बारेमा नगरपालिका र राजदुतबीच छलफल भएको हो ।
छलफलमा नगर प्रमुख बासुदेव घिमिरे, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीहरु, कोरियाली दुतावासका शिव पोख्रेल, अङ्कुर नेपालका गम्भिर गुरुङको सहभागिता रहेको थियो ।
त्यसअवसरमा नगर प्रमुख घिमिरेले नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि सुरु भएका विकास निर्माण, विभिन्न अभियान तथा भावी योजनाहरुका बारेमा राजदुत सीकलाई जानकारी गराउनुभएको थियो । उहाँले नगरपालिकाले अघि सारेका ठूला योजनामा दक्षिण कोरियाली सरकारको तर्फबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्दै यसमा सहजीकरण गरिदिन राजदुत सीकलाई आग्रह गर्नुभयो ।
नगर प्रमुख घिमिरेले नेपालमा पुनः मिल्क होलिडे सुरु हुँदा किसानहरु मर्कामा परेको उल्लेख गर्दै दुधको बजारीकरणका लागि नगरपालिकाले थ्रीपी मोडलमा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्न खोजेको बताउँदै यसमा सघाउन राजदुत सीकमार्फत् कोरिया सरकारलाई आग्रह गर्नुभयो ।
प्राविधिक शिक्षालय, क्षेत्रीय स्तरको बसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, एकीकृृत ढल निकास योजनालगायत नगरपालिकाले अघि सारेका ठूला आयोजनामा सहयोग गर्न र कोरियाली लगानी भित्राउने वातावरण निर्माणमा सजहीकरण गर्न समेत राजदुत सीकलाई नगर प्रमुख घिमिरेले आग्रह गर्नुभयो ।
कार्यक्रममा राजदुत सीकले स्थानीय सरकारका गतिविधिलाई आफूले नजिकबाट नियाल्ने अवसर पाएको भन्दै लुम्बिनी र व्यापारिक नाकाबाट नजिक रहेकाले तिलोत्तमा नगरपालिकामा विकासको प्रचुर संभावना रहेको उल्लेख गर्नुभयो । दक्षिण कोरियाले नेपालमा विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको बताउँदै राजदुत सीकले योजनाहरुको प्राथमिकीकरणमा विशेष ध्यान दिन जनप्रतिनिधिहरुलाई आग्रह गनुभयो । तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेका विभिन्न अभियानबाट आफू निकै प्रभावित भएको उल्लेख गर्दै राजदुत सीकले यस नगरपालिकालाई हरित नगर भएको आफूले देख्न चाहेको बताउनुभयो ।

- Advertisement -

RECENT POSTS