Friday, April 19, 2019

पाक्षिक रुपमा प्रकाशन गर्ने गरि कृषिपत्र अनलाईन सुरु

कृषि पत्रकार  समाज प्रदेश ५ र जिल्ला शाखा रुपन्देहीले कृषि क्षेत्रको विशिष्टकृत पत्रिकाको रुपमा कृषि पत्र पाक्षिक खबर पत्रिका र डिजिटल अनलाईन कृषि पत्र डट कम शुभारम्भ गरेको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल ले पत्रिकाको विमोचन र अनलाईनको शुभारम्भ गर्नुभएको हो ।  कृषि पत्रकार समाज प्रदेश ५ का अध्यक्ष कृष्ण खनालले कृषि पत्रलाई हाल पाक्षिक रुपमा प्रकाशन गर्ने निकट भविश्यमा साप्ताहिको रुपमा अगाडी बढाउने समेत लक्ष्य लिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कृषि मन्त्री पौडेलले प्रदेशका सबै स्थानिय तह, वडाहरुमा पत्रिका पु¥याउनको लागि आग्रह गर्दै विशिष्टकृत पत्रकारिताको रुपमा कृषि पत्र आउनु आफैमा गौरवको विषय भएको बताउनुभएको हो । उहाले वास्तविक किसान र सरकारको विचमा पुलको कामा गर्नको लागि कृषि पत्रकार  समाजलाई आग्रह गर्नुभएको हो। कार्यक्रममा बौल्दै मन्त्री पौडेलले भन्नुभयो–‘हामीलाई बास्तविक किसानको आवाज चाहिएको छ, यसमा सरकार र किसानको विचको पुलको रुपमा यो पत्रिका र अनलाईन बन्ने छ भन्ने विश्वास लिएका छौ ।’

उहाले किसानलाई सुन्दर भविश्य देखाउनको लागि पत्रिकाले महत्पूर्ण भुमिका खेल्नुपर्ने बताउनुभएको हो । कृषि क्षेत्रमा अथाह संभावना भएको भएपनि एक प्रकारको जागरुक अझै आउन नसकेको भन्दै मन्त्री पौडेलले किसानको जागरणको लागि पनि यस्तो प्रकृतिको  पत्रिका र अनलाईन डिजिटल संस्करणहरुको जरुरत रहेको बताउनुभएको थियो। कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का कार्यवाहक अध्यक्ष भरत केसीले सरकारी नीति नियमको अनविज्ञताको कारण पछाडी परेका किसानहरुलाई जागरण पैदा गर्ने खालको अभियान कृषि पत्र सक्रिय हुुनुपर्ने धारणा राख्नुभएका थियो।

उहाले किसानलाई के आवश्यक छ, वास्तविक  किसानबाट सरकारको अपेक्षा के छ भन्ने विषयमा समेत यस पत्रिकाले कलम चलाउनको लागि आग्रह गर्नुभयो । कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव योजना तथा अनुुगमन महाशाखा प्रमुख विनोद घिमिरेले कृषि पत्र नीति निर्माण गर्ने निकाय देखि स साना किसानहरुको सारथी बन्ने सक्नुपर्ने बताउनुभयो । सूचनाको पहुँचबाट मन्त्रालयले गरेका विभिन्न कार्यक्रमहरु समेत किसानहरुले जानकारी नपाएको सन्र्दभमा यस पत्रिका र अनलाईनले विशेष भुमिका खेल्ने बताउनुभएको थियो ।

यस्तै मुख्य मन्त्री तथा मन्त्री परिष्दको कार्यालयका प्रेस सल्लाहकार, नेपाल पत्रकार महासंघ रुपन्देहीका निर्वतमान अध्यक्ष तथा  सल्लाहकार शेर बहादुर केसीले कृषि पत्रले सामान्य दैनिक हुने गरेका कार्यक्रमहरु भन्दा पनि किसानको वास्तविक समस्या, उनीहरुको आवाज, प्रविधिका कुरा, किसानको आवश्यकतको विषयमा बोल्नुपर्ने सुझाव राख्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनशे पाण्डेले प्रविधि, विउ विजन, किसानका विभिन्न समस्याको विषयमा उजागर गर्ने खालको समाचार आउनको लागि आग्रह गर्नुभएको थियो ।
कृषि पत्रकार समाज प्रदेश ५ का उपाध्यक्ष अस्मीना पाण्डे(मिना)को स्वागत, सह सचिव विकास पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का कृषि विकास निर्देशनालय प्रमुख  डा. शान्ता कार्की, पशुपक्षि तथा मत्सय विकास निर्देशानलय प्रमुख डा. युगोलकिसोर तिवारी, बुटवल उपमानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्मा लगायत विभिन्न किसान, पत्रकार संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

नासाले दिनेभयो सुति सुति २ महिनामै २१ लाख

यदि आनन्दले सुतेर टिभी/फिल्म हेर्ने, भिडियो गेम खेल्ने, पढ्न पाउने जागिर भेटियो भने को खुसी नहोला ? नासा र युरोपियन स्पेस एजेन्सी (एएसए) शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि यस्तै २४ जनाको खोजीमा छ । यो परीक्षण ६० दिनसम्म चल्नेछ । यसका लागि प्रत्येकले तलब पनि पाउनेछन् । यो परीक्षण जर्मनीमा गरिनेछ । यसमा २४ स्वयंसेवकको आवश्यकता छ जो १२–१२ को समूहमा हुनेछन् । सबैले ६० दिन ओछ्यानमा नै बिताउनेछन् ।

यतिबेला स्वयंसेवकको टाउको हल्का तल र खुट्टा माथि हुनेछ । यसले रक्तसंचारमा कमी आउनेछ ।लामो समयसम्म अन्तरिक्षमा बसेपछि अन्तरिक्षयात्रीका मांशपेशीमा असामान्य परिवर्तन आउन थाल्छ । नासा र इएसए शून्य गुरुत्वकर्षणमा शरीरमा कस्ता परिवर्तन आउँछ भनेर थाहा पाउन चाहन्छ । वैज्ञानिकले दोस्रो राउन्डका लागि १२ स्वयंसेवकलाई लिनेछन् । यतिबेला उनीहरु टिभी, फिल्म हेर्न सक्छन्, गेम खेल्न सक्छन् र किताब पढ्न सक्छन् । यसका लागि नासाको समूहले प्रत्येक व्यक्तिलाई १९ हजार डलर अर्थात् २१ लाख रुपैयाँ दिनेछन् ।

प्रदिप जी,यो शुक्रबार एउटै फिल्मलाई शुभकामना ?

मोहन न्यौपाने  । नेपाली चलचित्र क्षेत्रमै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् प्रदिप कुमार उदय । चलचित्र निर्माता एबम चलचित्र संघका अध्यक्ष र हालै मात्र प्रदीश ५ को राप्रपा अध्यक्षमा निर्बाचित भएका प्रदिप कुमार उदय नेपाली चलचित्रलाई माया गर्ने मध्ये औलामै गन्न सकिने निर्माता हुन् । यस बर्ष रिलिज फिल्म बढिजसो शुक्रबार नै भए । सबै फिल्म लाई उत्तिकै माया र साथ् दिदै गए उदय । तर भोलि देखि लाग्ने फिल्म लाई आजै शुभकामना दिने उदयले चैत्र १५ गतेको शुक्रबारलाई भने आफ्नै फिल्म भित्र मात्रै थाति राखे । सधै एकनाशले रिलिज हुन लागेका फिल्म लाई एक दिन अगावै मज्जाले शुभकामना दिदै आएका प्रदिप कुमार उदय बर्षको एक दिन चाहि आफ्नै लागि स्टाटस पोस्ट्याए । हुन त छरछिमेक सबैलाई माया लागेपनि आफ्नै छोरा या छोरीको अल्लि बढि माया लाग्ने गरि हेर्ने उदयले चलचित्र सबैलाई उत्तिकै माया गरिएको देखिएको छ । तथापि उनले आफै निर्माण गरेको फिल्म शुभलभ को पनि यहि समयमा फिल्म साईलीसंग हुने भिडन्तमा उनि निर्माताकै रुपमा खरो उत्रिएका छन् ।
न उत्रिउन पनि कसरि ? पछिल्लो समय नेपाली फिल्मको बजारमा निकै गिरावट पनि आएको छ। बर्षमा ३ देखि ५ ओटा मात्र फिल्मले लगानी सुरक्षित गर्ने गरेको छ । यसै सन्दर्भमा समसामयिक कथासंगै दर्शकलाई नयाबर्षको उपहार स्वरुप निर्माण गरिएको फिल्म शुभ लभ युट्युव मा समेत रिलिज नहुने भएपछी दर्शका लागि नहेरी नहुने फिल्म बनेको छ । ज्योतिष बाट एकाएक करोडौको मन जितेका हरिहर अधिकारि को आफ्नै कथा भएकाले पनि फिल्म चल्नेमा निर्माता उदय ढुक्क छन् ।

सन्तोष बाबु लोहनिले निर्देशन गरेको फिल्म ‘शुभ लभ’मा हरीहर अधिकारी, क्रिस्टिन पौडेल, डा.सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बाँस्तोल, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता समेत रहेका प्रदीप कुमार उदयले वितरण गर्दै छन । धर्मराज शर्मा सुवेदीको लगानी रहेको फिल्ममा नायक अधिकारीकै कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्वन्द, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

तिलोत्तमा सरसफाइको ३७ औं शृंखला मंगलापुर चोकबाट शुरु हुने

  मोहन न्यौपाने ।  तिलोत्तमा नगरपालिकाको सशक्त अभियान नगर सरसफाई तथा हरियाली प्रबर्धन अभियान ३७ औं शृंखला मंगलापुर चोकबाट शुरु हुने भएको छ। ३७ औ शृंखलासम्म आइपुग्दा स्थानिय बासि हरु अझै सरसफाई प्रति हौसिएका छन् भने अब स्वास्थ्यका लागि सरसफाई भन्ने जनचेतना पनि यसअघिका उपस्थित मानवसाङ्लो द्वारा स्पस्ट देखिएको छ ।

तिलोत्तमा नगरपालिकाको आह्वानमा मंगलापुर चोकदेखि बिहान ७ बजे शुरुहुने सो सरसफाई अभियानमा ६ लेन सडक वरिपरि र सबै वार्ड नगरका गाउशहरमा घरेलु सरसफाइका औजार सहित आउन नगरपालिकाले अनुरोध समेत गरेको छ । नगरपालिकाले हाइवेमा मात्र नभएर सबै वार्ड भित्रका स्थानमा समेत टोलबिकाश तथा युवा क्लब, आमा समूह, संघ-सस्था लगायत घरधनीहरुमा सो कार्यमा उपस्थित भै आफ्नै स्वास्थ्यमा जागरुक बन्न आग्रह समेत गरेको छ ।

हरेक महिनाको १ गते र १५ गते गरिदै आएको यो अभियानलाइ निरन्तरता दिदै यहि चैत्र १५ गते शुक्रबार अपनी सो अभियान मंगलापुरबाट अभियान संचालन हुदैछ । सरसफाई कार्यक्रममा मानब साङ्ग्लोका रुपमा नगरपालिकाले सबै स्थानियहरुको सहभागितामा सो कार्यक्रमको आयोजना गर्दै आएको छ । अभियानमा नगरका सबै वडाका क्लब , संचार क्षेत्र , स्थानियबासि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, टोल विकास संस्था, विभिन्न विद्यालय, सहकारी संस्था सहित जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको उल्लासमय सहभागिता रहदै आएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

वडा अध्यक्ष तथा प्रवक्तामाथि हातपातबाट गम्भीर चोट

रुपन्देहीको ओमासतिया गाउपालिका वार्ड नं.६ का वडा अध्यक्ष तथा गाउपालिकाका प्रबक्ता समेत रहेका शिव कुमार धवलमाथी अज्ञात समुहले आक्रमण गरेको छ । आक्रमणबाट गम्भीर चोट लागि घाइते भएका धवलको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाइते धवललाइ छोटकिरामनगार मा बि मा स्थानीय युवा द्वारा सांघातिक आक्रमण गरेको स्थानिय प्रत्यक्ष दर्शिको भनाइ छ । दिउसो १२ बजेतिर भएको सो आक्रमणबाट धवलको शरीरमा चोट लागेको छ । धवललाई के कति कारणले हातपात गरिएको भन्ने बारेमा प्रहरीको अनुसन्धान भैरहेको र आक्रमणमा सहभागी हरुको पहिचान भैसकेको र खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ ।

अटाे मेकानिक फिरोज खानको गोलि लागेर मृत्युु

बुटवलको मैनाबगरमा गाेलि चल्दा एक जनाकाे मृत्यु भएकाे छ । गाेलि लागि भारतीय नागरिक ४५ वर्षीय फिरोज खानको मृत्युु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए । खानकाे छातिमा गोली लागेको छ।

प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। उनी अटाे मेकानिक हुन् । राति साढे आठबजेतिर पारि बुटवल( बुटवलकाे काठेपुल )नजिक घटना भएकाे हाे ।

 प्रहरी नजिक पुगिसकेको

बुटवलको मैनाबगरमा बुधबार साझ हत्या गरीएका फिरोज खाँनको हत्यामा सम्लग्नहरु बिहिबार साझसम्म पक्राउ गर्ने दाबी प्रहरीले गरेको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले घटनामा सम्लग्नको करिव नजिक प्रहरी पुगिसकेको र साझ सम्ममा पक्राउ पर्ने बताउनु भएको छ । प्रहरी प्रमुख थापाले गोली हान्नेको पहिचान भइसकेको र केही प्रमाण भेटिएको जानकारी दिदै हत्यामा संम्लग्न उम्कन नसक्ने बताउनुभयो ।

तिलोत्तमाको गाऊ, बाख्रा मात्रै पाल्ने पहिलो स्मार्ट कृषि गाऊ

प्रदेश ५ सरकारले कृषि र पशुजन्य उत्पादन दोब्बर बनाउने उद्देश्यले प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रमा ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने कार्यक्रम अन्तर्गत रुपन्देही २ (क) को तिलोत्तमा नगरपालिका-६ स्थित पश्चिम पहुनी गाउँ बाख्रापालनका लागि छनोट भएको हो । बाख्रा मात्रै पाल्ने गरी स्मार्ट कृषि गाउँका लागि छनोट भएको यो पहिलो गाउँ बनेको छ । यसै अनुरुप रुपन्देहीको तिलोत्तमामा व्यवसायिक र ‘स्मार्ट’ बाख्रापालन सुरु हुने भएको छ । यहाँका ५३ घरधुरीबाट सबैको सामुहिक सहभागितामा पश्चिम पहुनी बाख्रापालन समूह गठन गरी यही आर्थिक वर्षभित्रै बाख्रापालन सुरु हुने छ ।

प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यान्वयनका लागि ५० लाख रुपैयाँ प्रदान गर्नेछ भने गाउँका ५३ परिवारले ५० हजारका दरले शेयर लगानी गर्नेछन् । बाख्रापालनका लागि खोर बनाउन, घाँस लगाउन स्थानीय सत्यजित आधारभूत विद्यालयको साढे २ बिघा जग्गा १५ वर्षका लागि समूहले भाडामा लिएको छ । यहाँ उन्नत जातका बाख्रा पालनसंगै ब्यबसायिक नश्ल सुधार केन्द्र पनि स्थापना गर्ने लक्ष्य रहेको समूहका अध्यक्ष देवीप्रसाद भुसालले बताए । अहिले यो गाउँमा स्थायी बासिन्दा हरुले स्थानीय जातका ५०० बाख्रापालन गरिरहेका छन । सुरुमा पांचसय बाख्रा पालनबाट सुरु गरी अर्को वर्ष दुई हजार र ५ वर्षभित्र १५ हजार बाख्रा पुर्‍याइने भुसालले बताए । हाल यो गाउँका ५३ वटै परिवारले कम्तीमा ३-४ वटा बाख्रा पाल्दै आएका छन् । यहाँ एउटा व्यवसायिक बाख्रा फार्म, २ वटा भैंसी फार्म र ३ वटा गाई फार्म छन् ।

साविकको आनन्दवन गाविसमा रहेको यो गाउँ तुलनात्मकरुपमा विपन्न तथा मध्यमवर्गको बसोबास रहेको र विकासमा पछाडि परेको गाउँको रुपमा रहेकाले बाख्रापालनका लागि स्मार्ट कृषि गाउँ कार्यक्रममा छनोट गर्न पहल गरिएको वडा अध्यक्ष सुखदेव न्यौपानेले बताए । ‘यहाँका जनता मेहनती छन्, भविष्यमा यो गाउँलाई बाख्रापालनमा देशकै नमूना बनाएर देखाउछौं’-अध्यक्ष न्यौपानेले भने । बाख्रापालनसँगै समूहले मासुको प्रशोधन गरी स्वस्थ मिट मार्ट समेत सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

बाख्रापालन हुने आधुनिक खोर निर्माणको शिलान्यास सोही निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य एवंम उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले सोमबार सो स्थानमै पुगेर गरेका छन् । मन्त्री गिरीले स्मार्ट कृषि गाउँ कार्यक्रम प्रदेश सरकारको नौलो र गौरवको आयोजना भएको उल्लेख गर्दै कामको खोजीमा विदेश जानुभन्दा स्वदेशमै कृषि कार्यमा लाग्न सुझाए । ‘अब अरबको खाडीमा गएर पसिना बगाउने,भेंडा चराउने हैन,आफ्नै गाउंमा कृषि कर्म गर्ने बाख्रा पाल्ने गरेरै राम्रो आयआर्जन गर्न सकिन्छ,’ मन्त्री गिरीले भने, ‘मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन र ब्यापार घाटा घटाउन कृषिको व्यवसायिकरणको विकल्प छैन ।’ भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय, योजना तथा अनुगमन महाशाखा प्रमुख विनोद घिमिरेले बाख्रा किसानको एटीएम भएकाले यसमा लगनशील भएर लागे आर्थिक जीवनस्तरमा सुधार हुने बताए । ‘किसानका लागि बाख्रा भनेको बैंकको एटीएम मेसिनबाट पैसा झिके जस्तै हो,’ उनले भने, ‘५२ वटा मध्ये उत्कृष्ट गाउँलाई हरेक वर्ष पुरस्कृत गर्ने नीति छ ।’ प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका एक-एक वटा गाउँलाई स्मार्ट कृषि गाउँका रुपमा विकास गर्ने घोषणा गरी सरकारले २६ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।

यसअघि रुपन्देहीको देवदह र ओमसतियामा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयनमा आइसकेको छ । स्मार्ट कृषि गाउँमा खाद्यान्न बाली, तरकारी खेती वा पशुपालन गर्न सकिन्छ । स्मार्ट कृषिका लागि जलवायू, पोषण, सिँचाइ -पानी), प्रविधि र बजारीकरण गरी पांच वटा विषयमा स्मार्ट हुनुपर्ने कार्यविधि बनेको छ । स्मार्ट कृषि गाउँका कृषकलाई आवश्यक सूचना, जानकारी दिन स्मार्ट कृषि गाउँको आफ्नै एप र सूचना केन्द्र बनाइने र तिनबाट कृषकले आवश्यक जानकारी, समस्या आइपरे समाधानका उपाय र खरिद विक्री मूल्य, बजारको अवस्था आदिबारे घरमै बसेर जानकारी लिन पाउने छन् । कृषकलाई आवश्यक प्राविधिक सेवा दिन सबै कृषि गाउँमा एक-एकजना सामाजिक परिचालकको व्यवस्था गरिने छ ।

नेपाल आफैंमा सम्पन्न राष्ट्र हो : प्रधानमन्त्री

८ चैत, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए ।

तिलोत्तमामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खनिज, पेट्रोल, फलाम, सुन जस्ता खानी रहेकाले नेपाल आफैंमा सम्पन्न राष्ट्र भएको तर्क गरे । सरकारले चौतर्फी विकासको लहर ल्याउन थालेपछि केहीलाई आफ्नो दोकान बन्द होलान् भन्ने पीर परेको प्रधानमन्त्री ओलीले दाबी गरे । ‘सडक चौडा बनाउँदा पनि बर्बाद भो भनेका छन्, एअरपोर्ट बनाउन थालेपनि बर्बाद भो भनेका छन्, झन् विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण खोज्दा त झनै बर्बाद भो भनेर कराउन थालेका छन्’ प्रधानमन्त्रीले भने, ‘तर, सरकार समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा दृढ भएर अघि बढेको छ ।’

विज्ञानले ठूलो करामत गरिसकेको भन्दै त्यही करामतले आफू अहिले प्रधानमन्त्री बनेको बताए । ‘विज्ञानकै कारण अरुको मिर्गौला लिएर चलेको मान्छे मै हुँ । चलेको मात्र हैन, प्रधानमन्त्री नै बनेको छु’ उनले भने । सरकारी मेडिकल कलेज ठूलो आयोजना भएको भन्दै उनले यसलाई सफल बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए । विभिन्न कारणले रोगहरु बढिरहेका उल्लेख गर्दै सरकार रोगहरु बढ्न नदिने प्रयासमा पनि लागेको बताए । दुषित पानी,पोषणयुक्त खानाको अभावमा,गर्भावस्थादेखि नै कुपोषणको शिकार, असन्तुलित,अस्वस्थ खानाले रोगहरु बढेका भन्दै प्रधानमन्त्रीले स्वस्थ आहार विहारमा रहन आग्रह गरे । मान्छे जति कम सुत्छ, उति छिटो मर्छ भन्दै थकाई मर्ने गरी आराम र भोक लाग्ने गरी काम र व्यायाम गर्न पनि आग्रह गरे ।

नेकपा महासचिव विष्णु पौडेलले केपी ओली प्रधानमन्त्री र आफू अर्थमन्त्री रहेका बेला सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेकोमा बल्ल काम अघि बढेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मेडिकल कलेजका लागि २ सय बिघा (२६ सय रोपनी) जमिनको प्रबन्ध भइसकेको जानकारी दिएका छन् । तिलोत्तमा नगरपालिका– १ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको २ सय बिघा जग्गामा मेडिकल कलेज बन्ने छ । उद्घाटन भएको मेडिकल कलेज पुर्वाधार निर्माण विकास आयोजनाको कार्यालयमा आयोजना प्रमुखसहित एकजना उपसचिव, शाखा अधिकृत, इन्जिनियर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव मानबहादुर घिमिरेले बताए । आयोजना कार्यालय स्थापना भएपनि तत्काल फिल्डमा काम भने हुनेछैन ।

धेरैजसो काम कानुनी प्रकृयाका भएकाले शुरुमा केन्द्रबाटै काम हुने उपसचिव घिमरेले बताए । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआईए, गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका कामहरु गर्नेछ । संघीय सरकारले चालु आर्थिक वर्षको वजेटमा तिलोत्तमा, बर्दिबास र सुर्खेतमा गरी तीनवटा मेडिकल कलेज स्थापनाका लागि एकमुष्ट ३० करोड रुपैयाँ विनियोजन गरेको थियो । कम्तीमा तीन सय शैयाको अस्पताल बनाएर तीन वर्षसम्म संचालन गरेपछि मात्र मेडिकल कलेजले एमबीबीएस तहका विद्यार्थी भर्ना गर्न पाउने प्रावधान छ ।

योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजको रुपमा स्थापना हुनेछ । त्यसका लागि करिब १० अर्ब खर्च हुने पुर्वानुमान गरिएको छ । डिपिआर लगत्तै २ सय बिगाहा क्षेत्रफलमा तत्काल २ वटा ठूला ठूला भवन बन्ने छन् । साभार: अनलाइन 

कोरियाली भाषा परीक्षाका लागि आवेदन खुल्यो

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । आजदेखि भाषा परीक्षाका लागि आवेदन खुला भएको हो । भाषा परीक्षाका लागि चैत १७ गतेसम्म आवेदन दिन सकिने छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् । यसपटक आवेदन दिन लाइन बस्नु नपर्ने भएको छ ।

ईपीएस शाखाका अनुसार ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा बस्नु नपर्ने भएको हो ।घरमै बसेर अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिने शाखाले जनाएको छ ।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ ।भाषा परीक्षाको आवेदन शुल्क बुझाउनका लागि युवाहरु ग्लोबल आइएमइ बैंकमा अघिल्लो रातबाटै लाइनमा बसेका छन् ।

वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ८ र ९ अर्थात् जेठ २५ र २६ लाई तोकेको छ। परीक्षामा सामेल हुन  चैत ८ देखि १७ सम्म फारम भर्न सकिनेछ। फारम देशैभर अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ। इपिएस परीक्षाका लागि काठमाडौं र पोखरालाई परीक्षा केन्द्र तोकिएको छ। तर, पोखरा केन्द्रमा भने १२ हजार परीक्षार्थी मात्र सामेल हुन पाउने छन्। पोखरा केन्द्र रोज्नेले १२ हजारभन्दा बढी परीक्षार्थी नाघेपछि काठमाडौंमै आएर परीक्षा दिनुपर्ने शाखाले जनाएको छ।

सन् २०१९ का लागि कोरियाले १० हजार ५० जना कामदार माग गरेको छ। जसमध्ये ७ हजार ५० जना निर्माण क्षेत्रमा र तीन हजार जना कृषितर्फ सिट निर्धारण गरिएको छ। सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो। कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारीस्तरमै कामदार लैजाने सम्झौता गरेको थियो।

सुरुवातमा कृषि, निर्माण र फिसिङ(मछुवार) गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरिए पनि हाल भने  कृषि, निर्माणमा मात्रै कामदार लगिँदै आएको छ। हाल कोरियामा ४० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ।

कोरिया नेपाली कामदारका लागि सुरक्षित गन्तव्य देश मानिन्छ। कोरियामा प्रत्येक नेपालीले मासिक १ लाखभन्दा बढी रुपैयाँ कमाउँछन्। अहिलेसम्म ६० हजार भन्दा बढी युवा रोजगारीका लागि कोरिया गइसकेका छन्। सन् २०१८ मा भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ जना सहभागी भएकामा ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए। जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका थिए।

चित्त दुखाउनेहरु देशको हितमा छैनन् : प्रधानमन्त्री ओली

CPN-UML Chairman KP Sharma Oli presents his nomination to the prime ministerial election, at the Parliament meeting in Kathmandu, on Sunday, October 11, 2015. Photo: RSS

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । रुपन्देहीको भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिकरुपमा टुंगिएका छन्,’ नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, ‘स्थानीय तहको एकता पनि आकिस्मकरुपमा नै टुंगिनेछ ।’

सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आउन सहमत भएको बताउँदै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा आउन अपील गरे । विप्लव समूहले विध्वंसात्मक गतिविधि नछाडेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘विप्लवलाई त्यसो नगर्नू भन्दा चित्त देखाउनेहरु पनि छन्, उनीहरु देशको हितमा छैनन् ।’
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी पनि उनले दिए । प्रधानमन्त्री ओलीले निर्माणाधीन विमानस्थलको निरीक्षण गर्दै काम छिटो सक्न निर्देशनसमेत दिएका छन् ।

RECENT POSTS