Wednesday, June 19, 2019

तिलोत्तमामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । आइतबार नगरपालिकाको परिसरमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरीएको हो । कार्यक्रममा नेकपाका नेतातथाप्रतिनिधि सभाका सदस्य छबिलाल बिश्वकर्माले कार्यक्रमकालागि छनौट भएका २ जनालाई निर्माण तथा सरसफाइकाऔजार हस्तान्तरण गर्नु भयो ।

यस कार्यक्रमकालागितिलोत्तमानगरपालिकाबाट पहिलो चरणमा ३ सय १६ जना छनौटभएका छन । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले प्रधनमन्त्री रोजगार कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकालाई ७० लाख रुपैया उपलब्ध गराएको छ । मन्त्रालयबाट प्राप्त रोजगार कार्यक्रमको रकम ७० प्रतिशत आबेदनफारम भरी छनौट भएका मध्यबाट पनि छनौट गरी तोकिएको मापदण्डका आधारमा बेरोजगार युवालाई न्यूनतम ३० दिनको रोजगारी उपलब्ध गराइने छ । छनौट भएका बेरोजगार युवालाई सडक निर्माण तथामर्मत,कृषितथा सिंचाई,गार्मेण्ट, खानेपानी,स्वास्थ्यतथा सरसफाई, शिक्षा, वनतथाजलाधार र पर्यटन क्षेत्रमा काममा लगाउन मन्त्रालयले निर्देशन दिएअनुसार बिभिन्न क्षेत्रमा काममा लगाइने छ ।

तिलोत्तमा नगरपालिकामा बेरोजगार भई यस कार्यक्रममा सहभागि हुन १ हजार २८ जनाले आवेदन भरेकामा ७ सय ७२ जनाको मात्र रित पुगेको थियो ।ति मध्येबाट ३ सय १६ जना छनौट गरीएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै पूर्वमन्त्री बिश्वकर्माले श्रमलाई विगतमा हेप्ने प्रबृत्ति भएपनि अहिले श्रमको सम्मान सवैले गर्न जानेको बताउनु भयो । कुनै समय देश अस्थिरता तर्फ गएको अवस्थामाश्रमको सम्मान हुन नसकेको भन्दै उहाले अहिले स्थिरता संगै समृद्धिको यात्रामा देश बढेको भन्दै श्रम गर्ने श्रमिकहरुकै योगदानले राष्ट्र निर्माण बन्ने बताउनु भयो । उहाले आमजनतामा आफ्नो गाउँ आफै बनाउने भन्ने सोच नआउदा सम्म जस्ता कार्यक्रमहरु पनि प्रभावकारी हुन नसक्ने बताउदै श्रमका निम्ती सवै तप्पर हुनुपर्ने बताउनु भयो ।

उहाले प्रधानमन्त्री रोजगार कार्यक्रमले नयाँ सन्देश दिएको र श्रममा आएको ह्रासलाई यो कार्यक्रमले प्रेरणा दिने बताउनु भयो। नगरपालिकाका कार्यवाहक प्रमुख जागेश्वरदेबि चौधरीको अध्यक्षता, प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालन र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाको स्वागतमा भएको कार्यक्रममा नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाई, काग्रेसका नगर सभापति हरीलाल पाण्डे, तिलोत्तमा चेम्वर अफ कर्मर्शका अध्यक्ष जेपी कडेल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी लगायतले बोल्नुभएको थियो । पहिलो दिन छनौट भएकाहरुले शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र र गौशालामा बिभिन्न काम गर्नेछन ।

पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने भैरहवालगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो । उक्त कार्यालयकाअनुसार भैरहवाको तापक्रम अधिकतम ४३ र न्यूनतम ३७ डिग्री सेल्सियस आसपास रहेको छ ।

यस वर्षको सबैभन्दा बढी तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । आइतबार ३७ डिग्री सेल्सियस रहेको तापक्रम आइतबारसम्म आइपुग्दा ४३ डिग्री सेल्सियस पुगेको उक्त कार्यालयले जानकारी दिएको छ । ‘तातो हावा र तापक्रम वृद्धिले बढी गर्मी महसुस भइरहेको र चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ ।

 

तातो हावाहुरीकै कारण आँप, तथा अन्य हरियो तरकारीखेती प्रभावित भएको छ । कामदारको दैनिक जीवन कष्टकर बन्न थालेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको छ । तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका छन् । वैशाख महिनाभर एक दुइ दिन हावा हुरी र पÞmाट्टपÞmुट्ट पानि परेपनि भैरहवालगायत पश्चिम तराईमा खासै पानी परेको छैन । गर्मीका कारण घाउखटिरा, आउमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको सम्बद्ध चिकित्सकहरुले जनाएका छन् ।

यहाँका अस्पताल तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको बताइएको छ । गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्त हुनु हो । काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने खाद्य पदार्थले खाद्यान्न विषक्त हुने र यसबाट वान्ता हुने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखापर्नसक्छ । अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्दा ‘लु’ लाग्नसक्ने र यसका कारण शरीरबाट पसिना धेरै निस्केर शरीरमा पानीे कम हुन्छ ।

पानी कम भएपछि अङ्गहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा कमजोरी हुनेलगायत अन्य शारिरिक समसया देखा पर्ने भएकाले यसबाट बच्न पर्याप्त पानी पिउन लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण खनालले सुझाव दिए । ‘बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्ने, पानीको बोतल साथैमा राखी पटकरपटक पानी पिउनुपर्ने खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ र फलफूल प्रशस्त मात्रामा खानुपर्ने र कडा घाममा नशालु पदार्थ सेवन नहुने जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य शाखा प्रमुख कृष्ण पोख्रेलले बताए ।

कानुनको अध्ययन र महत्व : रितेश पन्थी

एउटा उक्ति प्रचलित छ,“कानुनको अनभिज्ञता क्षाम्य हुँदैन“। यसको अर्थ हो,कानुन सबैले जानेको हुनुपर्छ,कानुन जानेको छैन भनेर कसैले उन्मुक्ती पाउन सकदैन । नियमै थाहा थिएन भन्दैमा गल्ती गर्ने कोहि फुत्किन पाउदैन ,जसरी यो आगो हो भन्ने थाहा नपाए पनि त्यस्लाइ छुनेलाइ आगोले नपोली छाड्दैन । कानुन पनि त्यही आगोजस्तै हो जसको पोल्ने क्षमता तपाईलाई थाहा नभएपनी वा भएपनी उत्तिकै कायमै रहन्छ । जस्तै कुनै बिदेशी नागरिकले नेपालमा आएर कसैको हत्या गर्यो भने त्यो बिदेशी नागरिक पनि सजायको दायरमा पर्छ किनभने मान्छे मारेमा सजाय नहुने कानुन भएको देश छैन उस्ले कानुन जानेछैन भन्दै माफ वा छुट दिनमिल्दैन दिइहाल्यो भने अरुले नि तेस्तै गर्दा समाजमा अनियमितता र अस्थिरता उत्पन्न हुन्छ । तर,समस्या के भने,सबैलाइ कानुनको ज्ञान हुदैन किनभने यो सामन्य अध्ययनले जानिने कुरा नि होइन ।

मान्छेको सभ्यताले फड्को मार्दै जादा यस्ता मनमुटाब,झैझगडा र अपराधिक क्रियाकलाप हुदा के गर्ने भनेर नियम बनाए ,कानुन भनेको त्यही नियम हो ।यो पढेपछि मानिस कानुनको ज्ञाता हुन्छ र अरुलाइ पर्दा के गर्ने भनेर सल्लाह दिन सक्छ । यसरी सल्लाह दिनु उसको पेशा हो किनभने यहि गरेबापत शुल्क उसले पाउँन्छ । कानुनको यस्ता पेशा व्यबसायिलाइ अधिबक्ता ,न्यायाधिबक्ता र न्यायाधीश भनिन्छ । त्यस्तै कानुन बनाउने र कार्यन्वयन गर्ने प्रशासनिक तहका जानकारहरु पनि हुन्छन् । तिनलाइ चाहिँ कानुनका अधिकारि भन्नु युक्तिसंगत हुन्छ ।

त्यसै पनि यी कानुनका विशेषज्ञ र ज्ञाता अड्डाअदालत ,महान्यायधिबक्ताको कार्यलय तथा कानुन मन्त्रालयजस्ता निकायमा खपत हुँदै आएको थियो । संघियता र त्यसपछिको ३ तहका सरकार गठन भएपछिको संघिय नेपालमा झनै यस्तो जनशक्तिको व्यापक आबश्यकता भएको छ ।
अब देशलाई धेरै मात्रामा कानुन जानेकाहरुको खाचो परेको छ किनभने हामीसँग तीन तहका गरि ७ सय ६१ सरकार छन् ।प्रदेशको कानुन मन्त्रालय लगायतका अन्य मन्त्रालयमा समेत कानुनको जानकार चाहिन्छ जुन बिज्ञान र व्यबस्थापन पढनेले गर्न सम्भाव छैन कानुन पढनेले नै गर्न सक्छ।त्यसैले सबैमा कानुन जानेका र बुजेका मानिसको ठुलो आबश्यक्ता छ ।

यो आबश्यक्ता पूरा गर्न बिद्यार्थीले कानुन पढि दक्ष जनशक्तिको रुपमा आफुलाइ बिकास गर्नुपर्ने देखिन्छ । बिगतमा त्रिभुवन विश्वबिधालय अन्तर्गतको नेपाल ल क्याम्पसमा मात्रै कानुन बिषय पढाइ हुन्थियो । अहिले भने त्यो अबस्था छैन बिद्यार्थीको चाप बढी भएकोले काठमाडौं बिश्वबिधालय ,मध्य पश्चिम बिश्वबिधालय र अन्य बिस्वबिधालय अन्तर्गतका कलेजमा पनि पढाइन थालेको छ । नयाँ पुस्तामा कानुन शिक्षाप्रतिको झुकाव बढेकै हुनाले कानुन पढाउने शिक्षण संस्थाहरु पनि बढेका हुन ।

अहिले ल कलेजमा मात्र एल.एल.बि तर्फ १२,००० जति बिद्यार्थीले भर्ना गरेका छन । यो आबस्यक भन्दा बढी भएपनी कानुनमा आकर्षण बढी भएरै भएको हो । व्याचलरको बिए.एल.एल.बि तर्फ पनि तेस्तै हजारौ बिद्यार्थीको आकर्षण छ तर सिट सिमित छ ।

कानुन समाज परिवर्तनका ठुलो माध्यम भएकाले यसको पालना गराउने काममा आफू लागिपर्ने कुरा कानुन पढिरहेका अरु बिद्यार्थीले पनि गरे । हुन पनि हो,नियम कानुनको पालना भएको समाजमा शान्ति र समृद्धिको बाटो खुल्छ । कानुनको कडा रुपले पालना हुने देश बिकसित भएका छन । यो नभएको देशमा र समाजमा अराजकता र जंगली राजले ठाँउ लिन्छ । यसो हुन नदिन कानुनी शिक्षा प्रचार गर्नु र यसको दक्ष जनशक्तिको उत्पादन गर्नु निकै जरुरी छ ।

कानुन पढेका बिद्यार्थीलाइ धेरै अबसर पनि छ ।
संविधानको धारा २१७ को उपधारा १ अनुसार “कानुन बमोजिम आफ्नो अधिकारक्षेत्र भित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्यक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्यक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिती रहनेछ“भनी लेखिएको छ । यसको आधारमा हेर्दा प्रत्यक स्थानिय तहमा ३ जना कानुन अधिकृत चाहिन्छ । अदालतहरुले पनि निकै ठुलो मात्रामा जनशक्तिको माग गर्छ । त्यसैले कानुन पढेका र पढिरहेका विद्यार्थी पछि खाली बस्नुपर्छ कि भनेर चिन्तित हुनुपर्दैन ।

कसैले कानुन पढेर वकिल मात्र भइन्छ भन्ने गरिन्छ तर कानुन पढेर राजनीतिज्ञ , बिस्लेषक, संविधानबिद् , कानुनबिद् , शिक्षक, प्राध्यापक , मन्त्रालय र कार्यलयको कर्मचारी ,सल्लाहकार , पत्रकार , लेखक ,परिबिक्षाधिन अधिकृत,सांसदको सहयोगी, राजनीतिक सल्लाहकार ,अध्यागमन प्रशासक र अन्य थुप्रै कार्य गर्न सकिन्छ त्यसैले यस्को क्षेत्र व्यापक छ ।

कानुन आफैमा एक सामाजिक शास्त्र हो।यस्को बेग्लै इतिहास,दर्शन र क्षेत्र छ । त्यसैले यसको अध्ययन र महत्त्व पनि बेग्लै छ ।त्यसै हुनाले कानुन पढे लेखेको जनशक्ति जुनसुकै समाजलाई जहिल्यै चाहिन्छ । किनभने समाजमा झगडा , मनमुटाव र कलह सधै भइरहन्छ।अपराध नभएको कुनै समाज र कुनै समय कहिल्यै भएन,हुदैन पनि ।

(लेखक कानुनका बिद्यार्थी हुन )

अब अर्को छोरी गुमाउन चाहन्न , बचाइदिनोस : भट्टराई

       मोहन न्यौपाने,तिलोत्तमा सिटी  । आफैलाइ थाहा थिएन उनलाई म बिरामी छु भन्ने । जब १० कक्षा पढ्दै गर्दा एक्कासि टाउको दुखेर उनि रनामा परिन, अनि बल्ल थाहा भो यो कुनै ठुलै रोगको लक्षण हो भनेर । रोग केहो कस्तो हो भनि मेडिकल कलेज लिएर घरपरिवार गयो तर दुइदुइ पटकसम्म पनि चेक जाच गराउदा खासै ठुलो केहि देखिएन । आफ्ना ९ सन्तानमा एक छोरीलाई ब्लड क्यान्सरका कारण ९ बर्ष कि कलिली छोरी गुमाएका बाबु चेतनारायण भट्टराईलाइ लाग्यो ,छोरी ऋतुलाई पनि त्यस्तै केहि हो कि ? तर उनि ढुक्क भए ऋतुलाई क्यान्सर भने छैन । एकबर्ष सम्म भैरहवाको जाचपछि फेरी उस्तै लक्षण देखिएपछि ऋतुलाई लिएर हिडे उनको बुवा काठमाण्डौ सुर्य्विनायक अस्पताल मा । त्यहा को चेक जाच पछि बल्ल थाहा भयो ऋतुलाई टाउकोमा पिप र किरा छ भन्ने ।

आफ्नी सानी छोरीको उपचारमा जायजेथा सबै रित्याएर पनि बचाउन नसकेका चेतनारायणलाइ एकैचोटि बज्रपात पर्यो । तथापि उनि हारेनन , रोग सन्चो हुन्छ भन्ने डाक्टरको सल्लाह अनुरुप उपचार गरिरहे, तर उपचारलाई उनको मात्र सम्पतिले थेगेन अनि हात थापे सबै इष्टमित्र साथीभाई र सबै सहयोगी हातहरुलाई । आफ्नो करिब ५ लाखभन्दा बढि खर्च गरिसकेका उनि करिब अझै १० लाख जोहो गर्न सके आफ्नी अर्की छोरीलाई बचाउन सक्थे कि भन्ने दौड धुप मा छन् ।
हाल तिलोत्तमा–१ शंकरनगर बसोबास गर्दै आएका चेतनारायणले अहिले स्थानिय तह , क्लब , आमासमूह लगायत विभिन्न सरकारी तथा गैरसरकारी सस्थाहरुसंगै व्यक्तिगत रुपमा सहयोग माग्दै हिडिरहेका छन् । उनि आखाभरि आशु बनाउंदै भन्छन–अब पैसाकै कारण अर्की छोरी गुमाउन चाहन्न,जत्ति सक्नुहुन्छ त्यति सहयोग गर्दिनुभए हुन्छ ।
त्यस्तै रोग कसैलाई पनि निम्तो दिएर नाउने भन्दै उनले आफुलाई भर्खरै परेको बज्रपातले अर्की छोरीको उपचार सकेसम्म गरेको र अब नसक्ने भएपछी जनसमुदायमा हात फैलाउन बाध्य भएको उनको भनाइ छ । आफ्नी प्राण भन्दा प्यारी छोरीको लागि सहयोग गर्न सबैलाई आग्रह गर्दै आफ्नो नाममा रहेको एन एमबी बैंकको खाता नं. ०४८२१५००२८३१७३०००००१ मा सक्दो सहयोग जम्मा गरिदिन आग्रह समेत गरेका छन् । साथै प्रत्यक्ष सहयोगका लागि मोबाइल ९८५७०३५२०१ मा फोन गर्न समेत आग्रह गरेका छन् ।

इलाका प्रशासनको माग गर्दै तिलोत्तमा नगर

मोहन न्यौपाने /  देशमै अग्रपंक्तिमा कार्य गर्दै आएको तिलोत्तमा नगरले नागरिकता, राहादानी तथा महत्त्वपूर्ण काममा सहज हुने गरि ईलाका प्रशासन कार्यालय स्थापनार्थ गृहमन्त्री रामबहादुर थापा बादलसगं प्रस्ताब राखेको छ । नगरप्रमुख बासुदेब घिमिरेसंग गएको टोलिले मन्त्रालयमा भेट गरि सो प्रस्ताव राखेको हो ।पछिल्लो समय स्थानिय तहमै सबै खालका सेवा र सहज बाताबरणमा कार्य भैरहेको सन्दर्भमा सदरमुकाम र बुटवल जानुपर्ने बाध्यतालाइ हटाउन नागरिकता, राहादानी तथा महत्त्वपूर्ण कागजपत्रका लागि सहज बनाउन सो प्रस्ताब गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

सो प्रस्तावमा गृहमन्त्रीबाट सकारात्मक जवाफ आएको र प्रकृयालाई अगाडी बढाउने आश्वासन दिनुभएको नगरका प्रबक्ता सुरेन्द्र श्रीले बताए । सो महत्वपुर्ण भेटमा नगरप्रमुख बासुदेव घिमिरे संगै प्रबक्ता सुरेन्द्र श्री, झबिन्द्र भन्डारी संगै सहभागी थिए । इलाका प्रशाशन कार्यालयको काम नगरमा आउदा सेवा ग्राही हरुमा सहज छिटो र सुबिधा हुने नगर प्रमुख घिमिरेले तिलोत्तमा सिटिलाइ बताए ।

फुटसल प्रतियोगीताको उपाधी देवदह जेसीजको कब्जामा/सुनवल जेसीज उप विजेता

बुटवल / फाल्गुन १२
बुटवल जेसीजले आयोजना गरेको फुटसल प्रतियोगीता २०१८ को उपाधि देवदह जेसीजले कब्जा गरेको छ । शुक्रबार बुटवल योगीकुटीमा रहेको लुम्बिनी फुटसल एरिनामा सम्पन्न भएको खेलमा देवदह जेसीजले सुनवल जेसीजलाइ ट्राईबेकरमा २–१ हराउँदै उपाधि कब्जा गरेको हो ।
निर्धारित अवधिमा खेल ४–४ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा ट्राईबेकरबाट निकालिएको हो । सुनवल जेसीज प्रतियोगीताको उप विजेता भएको छ ।
यस्तै कपिलवस्तु जेसीजलाई हराउँदै तिलोत्तमा जेसीजले तृतिय स्थानमा आफुलाई सुरक्षित गरेको छ । उक्त टिम विचको खेल पनि ४–४ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–२ को गोल अन्तरले तिलोत्तमा तृतिय स्थानमा सुरक्षित भएको हो ।
बुटवल आसपासका क्षेत्रमा रहेका जेसीज शाखाहरु विचको सम्वन्ध प्रगाढ बनाउने लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगीतामा बुटवल जेसीज, रामनगर जेसीज, सिद्र्धाथ जेसे पहिलो चरणबाटै बाहिरिएका थिए भने सेमी फाईनलमा तिलोत्तमा जेसीजले भलवारी जेसीजलाई हराएको थियो । प्रतियोगीताको वेष्ट प्लेयरको उपाधि देवदह जेसीजका भिम थापाले पाएका छन् ।
प्रतियोगीताको प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता लिला गिरीले उद्घाटन गर्नु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै खेलले समाजलाई एकताको सुत्रमा बाँध्न सहयोग पुराउने बताउनु भएको छ ।
विश्वमा खेलले टुटेको राजनैतिक सम्वन्धलाई जोडेका उदाहरणहरु धेरै भएकोले नेपाली समाजमा पनि खेलकुदले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने उहाँको भनाई छ । कार्यक्रममा नेपाल जेसीज २०१८ का राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले फुटसल प्रतियोगीताले आपसी भाईचाराको भावना मात्र प्रवाह नगरी युवाहरुलाई स्वस्थ रहन सन्देश समेत दिएको बताउनु भयो ।
सहभागी टिमको तर्फबाट बोल्दै कपिलवस्तु जेसीजका अध्यक्ष सुन्दर पाण्डे र देवदह जेसीजका अध्यक्ष विष्णु न्यौपानेले बुटवल जेसीजले अन्तरशाखा सम्वन्धलाई प्रगाढ बनाउन फुटसल प्रतियोगीता आयोजना गरेर महत्व पुर्ण भूमिका खेलेको बताउनु भएको थियो । कार्यक्रम प्रतीयोगीताका संयोजक अमृत पाण्डेयको स्वागत तथा रमेश अर्यालको सन्चालनमा सम्पन्न भएको थियो । वर्ष २०१८ को लागि बुटवल जेसीजको नेतृत्व सम्हाले लगत्तै अन्तरशाखा सम्वन्धलाई प्राथमिकतामा राख्नु भएका अध्यक्ष यम प्रसाद तिवारीले प्रतियोगीताले एकताको सन्देश प्रवाह गर्न सफल भएको बताउनु भयो ।
जेसीज शाखाहरु बहुशाखा कार्यक्रमको अवधारणालाई अघि सारेर अघि बढेमात्र जेसीज अभियान सशक्त हुने बताउनु भयो ।कार्यक्रममा ८ ओटा टिमको सहभागीता रहेको प्रतियोगीताका संयोजक अमृत पाण्डेय वताउनु भएको छ ।

RECENT POSTS