अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित क्रिम्सन अस्पतालको आइसीयुमा उपचाररत कोरोना संक्रमितको खबर अनाधिकारिक भएपछी एक मान्छेको लागि सामाजिक संजाल र संचार माध्यममा आएको खबरले अस्पतालले दुइ-दुइ पटक प्रेस बिज्ञप्तिनै निकाल्नु परेको छ । यसको मुख्य दोषी अस्पताल प्रशासन संचालक र कर्मचारी नै हुनुमा दुइमत छैन । संचालक मध्यका केहि व्यक्तिहरुले निराधार सुचना संचार माध्यमलाइ दीइरहदा आधिकारिक समन्वय पात्र नहुदा यो सबै कुरा भएको प्रस्ट हुन्छ । शिल गरिएको अस्पतालमा अरु कोहि व्यक्ति जान आउन नपाएपछी सम्पर्क गर्ने भनेको फोनबाट नै हो, त्यसैले संचार माध्यम पनि स्थलगत रुपमा नगएको र अस्पताल प्रसासन पनि सुचना दिने अधिकारिमा चुकेको प्रस्ट हुन्छ ।

संचालक मध्यका दुर्गा प्रसाद पाण्डेले मृत्युको खबर आधिकारिक भनेका छन् भने त्यहि खबरलाई अर्का संचालक सुरज भट्टराईले गलत साबित गरेका छन् । त्यसो त अस्पतालसंग नजिक रहेका संचालक दुर्गा प्रसाद पाण्डे तिलोत्तमा नगरपालिकाका वार्ड नम्बर ७ का अध्यक्ष समेत रहेकाले उहाले पुस्टि गरेको खबरलाई उदृत गर्दै तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले विभिन्न संचार माध्यममा मृत्युको आधिकारिकता नआएपनि बास्तबिकतालाइ नकार्न नसकिने बताएका छन् । त्यसो त यो खबरलाइ सामजिक बिकाश मन्त्रि सुदर्शन बरालले पनि घोषणा बाकि हो चाजोपाजो मिलाउन बाकि छ, अस्पतालको घोषणा बाकि रहेको भन्दै मृत्यु भएको प्रति निशाना लगाएका छन् ।

प्रहरी प्रशासन र अस्पताल प्रसासनको समन्वयको अभाव र आधिकारिक सुचना दिने व्यक्ति नहुदा यस्तो समस्या परेको स्पस्ट हुन्छ। अहिलेको विषम परिस्थितिमा पत्रकार तथा संचारमाध्यम हरु स्थलगत जान कठिनाइ परेकोले यी सबै कुरा भएको एक स्थानीय पत्रकार प्रकाश पाण्डे बताउछन । उनि भन्छन सामाजिक संजाल प्रयोग कर्ताहरुमा र संचार माध्यमहरुलाई कुनै पनि घटनाको बारेमा कौतुहलता हुनु स्वाभाविक हो तर अस्पतालको हटलाइन फोन मोबाइलमा फोन गर्दा समेत कसैले राम्रो रेस्पोन्स नगर्दा र अस्पताल भित्रैका अनाधिकारिक व्यक्तिले सुचना चुहाउने खेलले गर्दा यस्तो भएको स्विकार्छन । त्यसो त अस्पताल प्रसासनले दोस्रो पटक प्रेस बिज्ञप्ति निकाल्दै गर्दा अझैपनि यी र यस्ता कुरामा ध्यान पुर्याएको देखिदैन ।

गत जेष्ठ १ गते भर्ना भै मणिग्रामको क्रिमसन अस्पतालमा उपचारत गुल्मीका कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भिर रहेको र उपचार भइरहेको अस्पतालले जनाएको छ । गुल्मीको मदाने गाँउपालिका वडा न ६ का ४१ बर्षीय ती बिरामीको स्वाब टेष्ट गर्दा कोरोना संक्रमण देखिएको थियो। ती बिरामीलको अहिले पनि आइसीयु कक्षमा भेन्टिलेटर सर्पोटमा उपचार भइरहेको र उहाँको अवस्था भने गम्भिर रहेको अस्पतालले भर्खरै जारी गरेको बिज्ञप्तीमा जनाइको छ ।

SHARE