आजसम्म समयमा हाम्रो देश नेपालको स्थिति कोरोना भाइरसले थलो पार्दै गएको छ। यस विषम स्थितिमा सन्सार लगायत नेपालको आर्थिक स्थिति द्रुतगतिमा ओरालो झरेको छ! कोरोना भाइरसको कारणले उद्योगधन्दा, कलकारखाना, मनोरञ्जन क्षेत्र खेलकुद क्षेत्र, साना तथा मझौला उद्योग लगायत देशका सम्पूर्ण आर्थिक कारोबारको क्षेत्रहरु ठप्प भएको अवस्था छ ! यो समयमा नेपालको स्थिति अन्य राष्ट्रहरूको भन्दा अलि फरक रहेको छ। नेपालको भूमि प्रयोग गरेर नेपाललाई नै थाहै नदिई भारतले एकतर्फीरुपमा सडक निर्माण तथा उद्घाटन गरेसँगै नेपाल भारत सीमा विवाद एकाएक चुलिएको छ! भारतले आफ्नो भूमिबाट नेर दाबी गरिरहँदा उक्त लिपुलेक लिम्पियाधुरा र दार्चुला नेपालको रहँदैआएको प्रमाणसहित नेपाल सरकारले आफ्नो नक्सा जारी गरेको छ।

नेपाल सरकारको यो कदम सँगै भारत नेपालसँग चिडिएको छ फलस्वरूप भारतीय मिडियाहरुले नेपाललाई हेपाहा प्रवृत्ति मा समाचार सम्प्रेषण गरिरहेका छ फलस्वरूप भारतीय मिडियाहरुले नेपाललाई हेपाहा प्रवृत्तिमा समाचार सम्प्रेषण गरिरहेका छन्। यसको उदाहरण पछिल्लो पल्ट भारतीय सुपरस्टार नायिका नेपाली चेली मनिषा कोइरालाले नेपाल सरकारको कार्यको प्रशंसा गरेसँगै भारतीय मिडियाले विवादमा तानेका छन् र भनेका छन् खातीपिती भारतका गित गाती चिनका। कोरोना महामारी र नेपाल-भारत विवाद अझै वढेर उत्कर्षमा पुग्ने कुरा निश्चित नै छ। नेपालमा यो परिस्थिति सिर्जना भएसँगै नेपालमा भारतले ढिलोचाँडो नाकाबन्दी गर्ने पनि पक्का देखिन्छ।

अब हामीले कोरोना र नाकाबन्दीको सामना गर्न पूर्वतयारी गर्नुपर्ने बेला आएको छ।
के हामी नेपाली परनिर्भर भएका छौं त?
हामी स्वयं देशमा पसिना बगाएर बाच्न सक्दैन त?
यस्ता प्रश्नहरूको उत्तर र समाधान खोज्ने समय आएको छ। हामीसित के कुराहरु को कमी छ जसको कारणले हामी पछि छौं जस्तो लाग्छ?
हामीसित सबैभन्दा कमी भएको कुरा हाम्रो आत्मविश्वास हो। आजको समयमा सबैले हामी गरीब छौं उत्पादन छैन, रोजगार छैन, सुबिधा छैन भन्ने गरेको धेरै पाइन्छ तर यही गर्नुपर्छ खुन पसिना आफ्नै देशमा बगाउनुपर्छ नेपालकै खानुपर्छ र म यसैमा खुसी छु र म आजीवन देशको लागि देशमै केही गर्छु भन्नेहरु एकदम कम पाइन्छन।
सबै काम कुराहरुमा सरकारको मुख ताक्नु जनताको लाचारी हो। जनता छन त सरकार छ जनता हामी हो। त्यसैले हामीबाट नयाँ जीवन शैली सँगै सिर्जनात्मक तरिकाले व्यापक रुपमा आत्मनिर्भर हुने कार्य थालनी गरेर मात्र देशको विकाससँगै परनिर्भरता हटेर जानेछ। कति राम्रो स्वर्गको टुक्रा जस्तो हाम्रो देश हिमाल-पहाड-तराई झरना, खोला, वनजंगल, खनिजहरु प्रकृतिको खानी हो यो नेपाल। अब हामीले पूर्वतयारी सङ संगै पाइला चाल्नु पनि अति आवश्यक छ।

हिमाल पहाड र तराईलाई हामीले उक्त क्षेत्रको उत्पादनहरू सहजरुपमा आवश्यकताअनुसार स्थानान्तरण गर्नु आवश्यक छ।

  • हिमालको बहुमुल्य उत्पादनहरु संसारकै स्वादिष्ट र आकर्षक वनस्पतिहरू, जडिबुटीहरु, फलफूलहरू सिजनमै पहाड हुँदै तराईसम्म झार्नु पर्दछ।
  • पहाडमा उत्पादन हुने अन्नबाली हरु, प्राकृतिक वनस्पतिहरु सबै समयमै हिमाल र तराई मा पुर्याउनु पर्दछ।
  • तराईको उत्पादन अन्न, नगदेबाली, शहरको झिलिमिली सम्पूर्ण मागअनुसार पहाड र हिमालमा चढाउनु पर्दछ।
  • नदीनाला, झरना खोला, वनजंगल, खनिज पदार्थहरु, आकर्षक रमणीय पाखापखेरा हरूको सही तरिकाले यहीँ उपभोग हुने तरिकाले पूर्ण सदुपयोग गर्नुपर्दछ।
  • यस कार्यको लागि हामीले हाम्रो सुविधाको लागि बाटो संरचना राम्रोसँग दिगो स्थायी हुने गरी निर्माण मर्मत गर्नु पर्दछ।
  • सँगसँगै हामीले देशभित्रका मात्र क्रियाकलापहरु, टिभीहरु, समाचार, मनोरञ्जन, सूचना प्रयोगमा ल्याउनु पर्दछ।
  • नेपालको पैसा नेपालमै रहने गरी बाहिर निर्यात हुने तथा आयात हुने सबै कुराहरु सकेसम्म रोक लगाउनु पर्दछ।
  • नेपालीले प्रयोगमा ल्याउने लुगाकपडा, जुत्ताचप्पलदेखि नुन, तेल, अन्न, माछामासु, खाद्यान्नका सम्पूर्ण सामानहरु नेपालमै उत्पादन र नेपालमै खपत गर्नु पर्दछ । यसका साथै धेरै काम कुराहरूको माध्यमबाट हामीले हाम्रो देशको रक्षा र विकास गर्न सक्दछौं। आफ्नो स्थानबाट सबैले पहल गरौं काम गरौं एकअर्कालाई सहयोग गरौ।
    आजको यो हाम्रो तयारी भोलिको भविष्यको लागि।धन्यवाद !!🙏
SHARE