?????????????????????????????????????????????????????????

अहिले देशमा सिमा मिचिदाको पिडा र कोरोना महामारीले त्रास फैलाइरहेको अवस्था छ । यस अवस्थामा हामीले सचेतता अपनायौ भने मात्र यी दुवै समस्या बाट मुक्ति पाउन सकिन्छ । सिमा मिचिदा समेत मिडिया बोलेन भन्ने तपाइहरुको गुनासो मुनासिव छ , तर भारतीय मिडिया जस्तो बिना प्रमाण भावनात्मक कुरा गर्ने, सिद्दान्त बिना, आचार संहिता बिना हिड्ने नेपाली मिडिया नभएको प्रस्ट पार्न चाहन्छु जसले गर्दा शान्ति सहिष्णुता र आपसी भाइचारामा असर पुगोस भन्ने हाम्रो चाहना छैन त्यसैले यो बिषय अन्तराष्ट्रिय करण गरि सम्झौता अनुरुप, तत्कालिन इस्ट इन्डिया, अहिलेको भारत, र नेपालका सिमा सम्बन्धि जानकार बसेर टुङ्ग्याउनु पर्ने कुरामा हामि मिडिया देशकै राष्ट्रियतामा साथ् छौ र दिनैपर्छ ।

त्यसैले हाम्रो एक शुरुवात नै भारतीय फंडा बाजीको बिरोध स्वरुप हरेक नेपाली न्युज पेपर र अनलाइनहरुले आफ्नो पेजको कभर पेजमा हाल जारि नेपालको प्रशासनिक तथा राजनीतिक नक्शा राख्ने बाचा सहित पहिलो शुरुवात गरेका छौ, यसमा सबैले आफ्नो कभर पेजमा यो नक्शा राखी देशको शिर सगरमाथाको उचाइमा केन्द्रित गरि मेची देखि लिम्पियाधुरासम्मको नेपालीहरु एक हौ भन्ने संदेश दिन कम्मर कसेर लागौ र भारतीय मिडिया र ज्यादतीका बारेमा एक कभर पेज अभियानलाइ दिई आफ्नो फेसबुकको कभर फोटोमा समेत यहि नक्सा राखी सहयोग गरिदिन सबै नेपालीहरुमा अनुरोध छ, धन्यबाद !!

SHARE