अहिले देश मात्र नभई विश्व कोरोना भाइरस को चपेटामा परेको छ । यस अवस्थामा देशमा संक्रमितको संख्या दिन दुइ गुणा रात चौगुना बढेको तथ्यांकले बताउछ । प्रदेश नमब्र ५ र यसमा पनि न पहाडी न तराइ कुनै जिल्ला अलग रहेनन् । यसै क्रम मा रुपन्देहीमा मात्र ११९ जना संक्रमित रहेको स्वास्थ्य कार्यलय भैरहवा रुपन्देहीले बताएको छ । केहि समय अघि आफ्नो सामाजिक संजालमा राखेको जानकारी अनुसार तिलोत्तमा नगरपालिकाको क्वारेण्टाइनमा रहेका एक महिला र दुइ पुरुष गरि जम्मा ३ जनालाई कोरोना संक्रमण रहेको बताइएको छ । यस बाट प्रस्ट हुन्छ कि! अब हरेक स्थानिय तहले यसबारे चनाखो हुनुपर्ने जरुरि देखिन्छ ।

विश्वका केहि देश हरुले संक्रमित को संख्या लुकाएको भन्ने कुरा बाहिर आएपछि त्यसको सिको अब नेपालमा पनि गर्ने हुन् कि भन्ने आशंका छ । तर यस्तो गर्दा संक्रमित बाट टाढा होइन कि झन् संक्रमण बढ्ने निश्चित छ । क्वारेन्टाइनको राम्रो ब्यबस्थापन, आर डि टि भन्दा पिसिआर टेस्टमा बढी जोड दिने हो भने मात्र रोग संग लड्न सकारात्मक पहल देखिन्छ । होइन भने आर डि टि गरि त्यसको रिपोर्टको आधारमा घर छोड्ने र भारत लगायत अन्य मुलुक बाट आउनेलाई सुरक्षित तरिकाले नराख्दा संक्रमण फैलिने डर अत्याधिक छ। त्यसो त सरकारले समेत यस बारेमा अब ध्यान पुर्याउनु जरुरि छ । त्यसैले अब समयमै सोचेर अघि बढ्नुको बिकल्प छैन ।

SHARE