Sunday, July 12, 2020

प्रदेश ५ को नीति तथा कार्यक्रम : राजधानीको टुंगो साउनपछि

बुटवल । प्रदेश ५ सरकारले कोरोना संक्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो लगाउने भएको छ ।शनिबार प्रदेश सभा वैठकमा प्रस्तुत आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुंगो लाग्ने उल्लेख छ ।प्रदेश स्थापनाको तेस्रो वर्षको उत्तरार्धमा आइपुग्दा समेत प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लाग्न सकेको छैन । राजधानीको टुंगो लागेपछि राजधानी तोकिएको स्थानमा आवश्यक जग्गा प्राप्ति, प्रदेशको विकासको गुरुयोजना बनाइने र संरचना निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारको तर्फबाट शनिबार प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रदेश सरकारले लकडाउन सकिएको छोटो समयभित्रै लगानी सम्मेलन गर्ने जनाएको छ । कोभिड १९ का कारण रोकिएका सबै कार्यक्रम आगामी आर्थिक बर्ष (साउन) पछि अगाडि बढाउने उल्लेख गरिएको छ ।नीति तथा कार्यक्रममा महामारीले पु¥याएको क्षतिलाई पूर्ति गर्ने कार्यक्रम सञ्चालन, विदेशबाट विस्थापित नेपालीलाई रोजगारी दिने र कृषिलाई प्राथमिकता दिइने उल्लेख छ ।मध्यपहाडी कृषि विकास फर्म निर्माण, उत्कृष्ट किसानलाई प्रोत्साहन र पुरस्कार, कृषि श्रमिकलाई उद्यमी बनाउने, स्मार्ट कृषि कार्यक्रमलाई सबै पालिकामा सञ्चालन, सुलभ कर्जा र ब्याजमा अनुदान र पूर्वी रुकुमलाई पूर्ण अर्गानिक जिल्ला घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै आत्मनिर्भर अर्थतन्त्र निर्माण, घरेलु तथा साना उद्योगलाई प्राथमिकता, एक पालिका एक औद्योगिक ग्रामको कार्यक्रमलाई निरन्तरता, स्वदेशी उद्योगमा उत्पादित वस्तुको प्रयोगमा प्राथमिकता, विदेशबाट फर्केको जनशक्ति प्रयोग हुने उद्योगलाई विशेष प्राथमिकता दिने प्रदेश सरकारले नीति लिएको छ ।नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई समेटेर बृहत्तर लुम्बिनी पर्यटन प्रवर्द्धन कार्यक्रम लागु गरिने र पर्यटनलाई विकास गरी रोजगारी सिर्जना गरिने उल्लेख छ ।प्रदेशलाई पश्चिम नेपालको औद्योगिक हबको रुपमा विकास गर्न केन्द्र सरकारसंगको सहकार्यमा ठूला औद्योगिक क्षेत्र र औद्योगिक करिडोर निर्माणमा जोड दिइने प्रदेश सरकारको नीति छ ।

३० हजार बेड क्वारेन्टाइन, २५० आइसोलेसन
कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले बुटवल, भैरहवा, दाङ र नेपालगञ्जमा कोरोना विशेष अस्पताल र बुटवल, दाङ र नेपालगञ्जमा कोभिड १९ को परीक्षण प्रयोगशाला स्थापना गरेको छ ।जिल्ला तह र स्थानीय तहसंगको समन्वयमा पालिकाहरुमा गरी झण्डै ३० हजार बेड क्षमताका क्वारेन्टाइनहरु निर्माण गरी सञ्चालन गरिएको पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।कोभिड १९ का संक्रमितहरुको संख्या बढिरहेको अवस्थालाई दृष्टिगत गरी पहाडी जिल्लामा न्युनतम ५० बेड र तराईका जिल्लामा दुई सय बेडको आइसोलेसन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको पनि उल्लेख गरिएको छ ।साउन महिना सम्ममा कोभिड १९ संक्रमणलाई स्थिर बनाउने र क्रमशः रोकथाम तथा नियन्त्रणमा सफलता हासिल गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ ।

त्यसका लागि नागरिकको रोग प्रतिरोधी क्षमता विकासमा जोड दिइने पनि उल्लेख गरिएको छ ।बजेट बिनियोजन गर्दा कोभिड १९ नियन्त्रण, कृषि, रोजगारी वृद्धि, गरिबी निवारण, आयआर्जन र सार्वजनिक निर्माणमा जोड दिने नीति तथा कार्यक्रममा जनाइएको छ । अनुत्पादक खर्च कटौती गर्न अत्यावश्यक बाहेकका नयाँ कार्यालय, निकाय, प्रतिष्ठान, केन्द्र वा संस्था खोल्न बजेट विनियोजन नगर्ने पनि प्रदेश सरकारको घोषणा छ ।कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका कार्यक्रम अघि वढाइने, कृषि प्राविधिक सेवा तथा उत्पादन सामग्री सहज बनाउने, कृषिको अनुदान दिलाई थप विश्वसनीय बनाउने पनि प्रदेश सरकारको नीति छ ।आगामी आर्थिक बर्षमा प्रदेश पूर्वाधार विकासको गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने र उक्त गुरुयोजनामा प्रदेश गौरवका आयोजना र रणनीतिक महत्वका पूर्वाधार विकासका आयोजना पहिचान गरी अघि बढाउने सरकारको नीति छ ।

महानगर पूर्वाधार विकास कार्यक्रम
आगामी आर्थिक बर्षमा ६ वटा पहाडी जिल्लामा साना सहरको विकासका लागि सम्भाव्यता अध्ययन गर्ने, प्रदेशमा तीन महानगर विकास गर्ने नीतिअनुरुप महानगर पुर्वाधार विकास कार्यक्रम संचालन गर्ने प्रदेश सरकारको तयारी छ ।

लुम्बिनी र राप्ती विशिष्टिकृत अस्पताल
आधारभूत शिक्षा र स्वास्थ्य जनताको अधिकारको नीतिअनुरुप शिक्षा र स्वास्थ क्षेत्रको विकासमा जोड दिने, बुटवलको लुम्बिनी र दाङको राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत र विशेषज्ञ सेवा प्रदान गर्ने, दाङ्गको लमहीमा आधुनिक ट्रमा सेन्टर स्थापना गर्ने प्रदेश सरकारको नीति छ ।प्रदेश मातहतका जिल्लास्तरका अस्पतालहरुलाई कम्तीमा ५० शय्याको अस्पतालको रुपमा स्तरोन्नति गर्दै लगिने र यी अस्पतालहरुमा दन्त सेवा, फिजियोथेरापी लगायतका आधारभूत सेवाहरु विस्तार गर्ने प्रदेश सरकारको नीति छ ।

दीपकको दैनिकी ‘सेमी हाइटेक’ तरकारी प्रविधिमा

तिलोत्तमा बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ ड्राइभरटोल विष्णुपुरका दीपक कार्कीको दैनिकी करेसाबारीमा बित्ने गरेको छ । कोरोना भाईरसका कारण सरकारले आब्हान गरेको लकडाउनकामा आम नागरिकहरु घरमै सामाजिक सञ्जालमा मस्त रहेका बेला दीपक सहित चार जनाको समुह भने तरकारी खेतीमा रमाएका छन् ।

तरकारी खेतीमा आधुनिक प्रविधिको प्रयोग गर्दै दीपक लगाएत ४ जनाको समुह सामुहिक तरकारी खेतीमा जुटेका छन् । दिपकसंगै मोहन क्षेत्री, लालबहादुर बस्नेत र इश्वरी पौडेलले आधुनिक प्रबिधिको प्रयोग गरेर तरकारी खेतीमा जुटेका हुन् । डेढ विघा जग्गा लिजमा लिएर उनीहरुले एकवर्षदेखि प्राइम एग्रो फार्म दर्ता गरी खेती गर्दै आएका छन् । उनीहरुले “सेमि हाईटेक” प्रविधि अपनाएका छन् । सामुहिक रुपमा व्यवसायिक खेती गर्नका लागि निकै सहज हुने भएपछि यसमा कृषकहरु यो प्रबिधिमा आकर्षित देखिन्छन् । उनीहरुले कृषि फार्मलाई व्यवस्थित र आधुनिकीकरण गर्न एक करोड रुपैयाँ लगानी गरेको बताएका छन् । स्थानीय र प्रदेश सरकारले कृषि खेतीलाई प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरेपनि उनीहरु भने यसका लागि अहिलेसम्म कतै धाएका छैनन् । “अव यसबारेमा पहल गर्नुपर्ला”–तरकारी खेतीबारे बताउँदै दिपक कार्की भन्छन् ।

१० वर्षका लागि लिजमा लिइएको जग्गामा चारवटा टनेल बनाइएको छ । अझै तीनवटा टनेल निर्माण गर्ने योजना रहेको कार्कीले बताए । टनेलभित्र काँक्रा, टमाटर, लौका, घिरौंला, खुर्सानी, बोडी, बन्दागोभी, भिण्डीलगायतका तरकारी हुर्किरहेका छन् । काँक्रामा बियारहित सिडलेस जातको हरियो काँक्रो र भक्तपुरे काँक्रो उत्पादन गरी बिक्री भइरहेको छ । “लकडाउनका कारण बियारहित सिडलेस जातको काँक्रोले भने राम्रो बजार पाउन नसकेको कार्की बताउँछन् । “सिडलेस जातको काँक्रो विदेशीहरुले बढी मन पराउँछन्, यहाँ होटल, भाटभटेनी लगायतका ठाउँमा बढी बिक्री हुन्छ, लकडाउनका कारण सबै क्षेत्र बन्द भएकाले यसले त्यति बजार पाएको छैन”–कार्की भन्छन् ।

अरुबेला बजारमा १२० रुपियाँ प्रतिकिलो पर्ने सिडलेस काँक्रोलाई अहिले उनीहरुले “अफर” भन्दै ५० रुपियाँ प्रतिकेजीमा बिक्री गरिरहेका छन् । भक्तपुरे काँक्रो एकसय रुपियाँ प्रतिकिलोमा राम्रो बजार पाएको छ । तरकारी बिक्रीबाट वार्षिक एक करोड रुपियाँ आम्दानी गर्ने उनीहरुको योजना छ । “लगानी उठ्न कम्तीमा पनि दुई वर्ष लाग्छ, पहिलो वर्ष उत्पादन राम्रै भएको छ”–अर्का सञ्चालक मोहन क्षेत्री भन्छन् ।
अहिले उक्त फार्ममा करिव १५ जनाले रोजगारी पाएका छन् । उत्पादन गरेको तरकारी काठमाडौं, पोखरा लागायत अन्य जिल्लामा पनि निकासी हुने गरेको छ । तर लकडाउनले गर्दा बजारमा तरकारी पु¥याउन नपाएपछि उपभोक्ताहरु फार्ममै तरकारी खरीद गर्न आइरहेको क्षेत्रीको भनाइ छ ।

रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादनमा बृद्धि र लागत घटाउन ‘सेमि हाईटेक टनेल’ भित्र उनीहरुले तरकारी खेती गरेका हुन् । एक तले घर भन्दा अग्लो प्लाष्टिकका टनेलमा किरा छिर्न नमिल्ने गरी बारिएको छ । टनेलभित्र गोलभेडा, खुर्सानी, घिरौला, करेला लगायतका मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । यो इजरायली प्रविधि अनुसार बनाइएको सञ्चालकहरु बताउँछन् ।

लहरेबालीका लागि स्थायी प्रकृतीको झाल बनाइएको टनेलभित्र लगाइएको प्रत्येक बिरुवाको जरामा थोपा प्रबिधिबाट सिंचाई गर्ने व्यवस्था मिलाइएको अर्का सञ्चालक लालबहादुर बस्नेत बताउँछन् । टनेलभित्र बेमौसमी तरकारी खेती गरेर बढी मूल्य पार्न सकिनुका साथै रोग कम लाग्ने, उत्पादन गुणस्तरीय हुने र श्रमशक्तिको बचत हुने बस्नेतको भनाइ छ ।

खुल्ला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनको भनाइ छ । अर्गानिक तरकारी खेतीमा उनीहरूले जोड दिएका छन् । जैविक मलको प्रयोग बढी गर्छन् । विषादीरहित तरकारी खुवाउने योजनाका साथ उनीहरु काममा खटेका छन् । तरकारी उत्पादनका लागि जनशक्तिको खासै समस्या नरहेको तर कृषि उपकरणको भने समस्या रहेको उनीहरुको दुःखेसो छ । तरकारी खेती सुरु गर्नुअघि उनीहरुले भारतको हरियाणामा कृषि तालिम लिएर आएका थिए । त्यसपछि हरियाणामै उनीहरुले त्यहाँका किसानहरुसँगै १५ दिन बसेर तरकारी खेती गर्ने तरिका र प्रविधिबारे जानकारी हासिल गरेका थिए ।

तिलोत्तमा नगरपालिकामा यसरी हाइटेक प्रविधि अपनाएर प्लाष्टिक टनेलभित्र तीनवटा फार्मले तरकारी खेती गरिरहेका छन् । तिलोत्तमा–३ मा लुम्बिनी हाइड्रोपोनिक्स र तिलोत्तमा–५ मा नेपाल हाईटेक प्रालिले पनि यस्तै प्रविधि अपनाएर तरकारी खेती गरिरहेका छन् ।

झरना स्पोर्ट्स क्लबद्वारा राहतकाेषमा १ लाख १ हजार नगद सहित ८ सय किलो खाद्यान्न सहयोग

तिलोत्तमा , बैशाख ४ । झरना स्पोर्ट्स क्लब तिलोत्तमा ६ कुञ्जलापुर तथा त्यहाका स्थानीय बासिले तिलोत्तमा दैवी प्रकोप ब्यबस्थापन कोषमा १ लाख १ हजार नगद सहित र जिन्सी तर्फ खाद्यान्न ६ क्विन्टल चामल र ६० के.जी दाल,तेल १ कार्टुन ,नुन १०० के.जी गरि८ सय किलो खाद्यान्न सहयोग प्रदान गरेको छ । बिहिबार क्लबका पदाधिकारी सहितका सदस्यले तिलोत्तमा नगरपालिकाको सो खातामा जाने गरि सो रकम बराबरको चेक क्लबका अध्यक्ष लोक पुन, कोशाध्यक्ष धनेन्द्र पौडेल, सचिव मोहन राना मगर लगायतका सदस्यहरुले नगरप्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।

विश्वनै कोरोनाको थप जोखिममा परेको स्थितिलाई मध्यनजर गर्दै आगामी दिनमा अझै भयाबह स्थितिमा सहयोगी बनोस र जोखिम कोषबाट महामारीमा दु:ख झेल्ने स्थानिय समुदायलाई थप राहत होस् भन्ने उदेश्यले राहत रकम हस्तान्तरण गरिएको क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलले बताउनुभयो । उहाले नगरपालिकालाई आवश्यक परे आफुहरुले बनाएको यातायात कार्यालय नजिक रहेको १२ कोठाको घर क्वारेन्टाइनको लागि दिइने र युवा स्वयम् सेवक चाइएमा समेत आफुहरु सहयोग गर्न तयार रहेको बताउनुभयो । साथै सोही अवसरमा कुन्जलापुरका आमा समुहबाट आमा समुहका अध्य्क्ष संगीता गुरुङले पनि नगद रु.५१ हजार नगद सोही कोषमा प्रदान गर्नुभएको थियो ।

चेक तथा खाद्यान्न ग्रहण गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले यस क्षेत्रमै गर्व गर्न लायक क्लबले देखाएको सहयोगी भावना प्रति हृदयदेखि आभार ब्यक्त गर्दै समाजसेवाको यो माहोलमा एकबद्ध हुन आग्रह गर्दै सहयोगी मनलाई धन्यबाद ज्ञापन गर्नुभयो । तिलोत्तमा ६ स्थित कुञ्जलापुरमा रहेको झरना स्पोर्ट्स क्लबले कुञ्जपार्कको पूर्ण ब्यबस्थापनसंगै सामाजिक सेवा , रक्तदान , बृक्षारोपण कार्यक्रम, अनाथ आश्रम सहयोग, नगरपालिकासंग मिलि विभिन्न खालका रचनात्मक कार्यक्रमसंगै यस क्षेत्रमै अधिक राशि तथा उत्कृस्ट टिम सहभागी सहितको फुटबल प्रतियोगिता झरना कप गर्दै आएको छ ।

तस्बीर : ज्ञान थापा मगर

तिलोत्तमा मेलामा दर्शकको आकर्षण बढ्यो

तिलोत्तमा । तिलोत्तमाको मणिग्राममा बिहीबारदेखि सञ्चालित दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेलामा हालसम्म करिब ४० हजार दर्शकले मेला अवलोकन गरेका छन् । शनिबार सार्वजनिक विदा भएकाले मेलामा तिलोत्तमा नगरपालिका र आसपासका क्षेत्रबाट दर्शकको उत्साहजनक उपस्थिति रहेको मेला आयोजक तिलोत्तमा वाणिज्य संघका महासचिव कमलप्रसाद कंडेलले जानकारी दिए ।

‘तिलोत्तमामा लगानी ः समृद्धिको सुनौलो बिहानी’ नारासहित मणिग्राममा सञ्चालित ब्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवमा शनिबारदेखि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति पनि शुरु भएको छ । सांस्कृतिक कार्यक्रमतर्फ तिलोत्तमा लोकतारा २०७६ उत्तरार्धमा पुगेको छ । उक्त लोक गाउन प्रतियोगितामा अडिसनबाट छनोट भएका उत्कृष्ट १० जनाले आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगितामा निर्णायकको ५० अंक, दर्शक भोटको ४० प्रतिशत र यु ट्युब भ्युअर्सको १० प्रतिशतका आधारमा विजेता घोषणा गरिने सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङले बताए ।

विजेताले ४१ हजार,उपविजेताले २५ र तृतीयले १५ हजार नगद पुरस्कार पाउनेछन् । स्वदेशी र विदेशी गरी तीन सय स्टल रहेको मेलामा मुख्य आकर्षणमा गोरुले पेलेर बनाइने खुदो,मण्डलमत्स्य ह्याचरीको माछा पोखरी,परम्परागत कृषि औजार घर, महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने टेलिकमको निःशुल्क प्रिपेड सिम वितरण र चाउचाउको सुप निःशुल्क वितरण रहेका छन् । साथै मेलामा आइतबारदेखि अन्तर स्कुलकलेज फाइभ ए साइड फुटबल प्रतियोगिता सञ्चालन भैरहेको छ । जानकीनगर क्लबले व्यवस्थापन गरेको प्रतियोगितामा रुपन्देही जिल्लाका स्कूल र कलेज गरी २५ टिमको सहभागिता रहेको छ ।

माघ २१ गतेसम्म चल्ने महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराउने र १५ करोड रुपैयाँको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको संघका अध्यक्ष माधव भण्डारीले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन गर्न शुरु भएको छ ।

तिलोत्तमामा ५० बर्ष माथिका लागी दौडने होईन हिड्ने प्रतियोगीता

तिलोत्तमा। मदनभण्डारी स्पोट्स एकेडमी तिलोत्तमा नगरपालिकाको आयोजनामा ५० बर्ष उमेर पुरा भएका व्याक्तिहरुको लागि हिड्ने प्रतियोगीता आयोजना गरेको छ । मदन भण्डारी स्पोट्स एकेडमी तिलोत्तमाका अध्यक्ष मिलन रानाका अनुसार प्रतियोगीता ५ किलोमिटरको हुने छ । यहि माघ १८ गते शनिवाबारको दिन तिलोत्तमा नरपालिका शंकर नगर देखि मणिग्राम चौक सम्म छिटो हिड्ने प्रतियोगीताको आयोजना गरिएको हो । अध्यक्ष रानाका अनुसार प्रतियोगीतामा उत्कृष्ठ १० स्थान हासिल गर्नेहरुलाई प्रमाण पत्र, मायाको चिनो र सहित विभिन्न स्वथ्यर्वद्धक बस्तु प्रदान गरिने छ ।
प्रतियोगीताका लागि निशुल्क समभागीता हुन सकिने मा उमेर हद ५० बर्ष पुरा भएको हुुनुपर्ने नियम आयोजकलले बनाएका छन् । जसले छिटो हिड्न सकेर निर्धारित दुरी पार गर्न सक्नुभयो उहाँ नै विजेता हो अध्यक्ष मिलन रानाले जानकारी भने । यहि माघ १८ गते शनिवारको दिन आयोजना गरिने प्रतियोगीताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा मदन भण्डारी स्पोट्स एकेडमीका अध्यक्ष रमेश सिलवालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडमीका रुपन्देही अध्यक्ष कृष्ण देवकोटका अनुसार एकेडमीको १० औं स्थापनाको अवसरमा पारेर प्रतियोगीता आयोजना गरिएको हो । यो भन्दा पहिला तिलोत्तमा नगरकमिटिले फुटसल, भलिवल लगायतका प्रतियोगीता समापन गरिसकेको छ । अध्यक्ष देवकोटाले रुपन्देहीका १६ वटा स्थानिय तहरु मध्ये ८ वटा स्थानिय तहमा कमिटि गठन गरिसकेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडमी तिलोत्तमा नगर कमिटिका सचिव अर्जुन खरेलका अनुसार हिड्ने प्रतियोगीतमा करिव २ सय जनाको सहभागीता हुने अपेक्षा गरिएको छ । प्रतियोगीता समापन पश्चात मणीग्राममा शिद्धबाबा हस्पिटल प्रालि बुटवलको सहयोगमा निःशुल्क स्वाथ्य परिक्षण शिविर समेत राखेको उनले जानकारी दिए ।

तिलोत्तमा मेलामा फुटबल : राममणीको विजयी शुरुवात ,मैत्रीपूर्ण खेलमा पत्रकार टिम विजयी श्रेष्ठद्धयको ह्याट्रीक

तिलोत्तमा। दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव २०७६ अन्तरगत दोस्रो अन्तर स्कुल/कलेज फाईभ ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।खेल क्षेत्रको विकास गर्दै युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्येश्यका साथ मेला परिसरमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजना तथा जानकीनगर युवा क्लबको ब्यवस्थापनमा आईतबार भएको उद्घाटन खेलमा राममणी कलेजले विजयी शुरुवात गरेको छ । राममणीले तिलोत्तमा कलेजमाथि २–१ गोलको जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको तेस्रो मिनेटमा तिलोत्तमाका सुन्दर जंग कुमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर यो धेरै बेर टिक्न सकेन । राममणीका सुजन गलामीले खेलको ७ तथा प्रविन थापाले २२ मिनेटमा गोल गर्दै खेलमा जित निकाले ।

पाच–पाच जनाको खेलाडीको दुई टिम बिच हुने प्रतियोगितामा फुटसलको नियम अनुसार खेलाईएको छ । प्रतियोगिताको उपाधी विजेता टिमलाई नगद ३० हजार तथा उपविजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने जानकीनगर युवा क्लबका अध्यक्ष दिनेश गैरेले बताए । जिल्लाका २५ वटा टिमहरु भाग लिएको प्रतियोगिताको फाईनल खेल २१ गते हुने छ ।
आईतबार प्रतियोगितामा भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिम बिजयी भएको छ । मेला आयोजक मुल समितीलाई ७–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिम विजयी भएको हो ।प्रतियोगितामा पत्रकारको टिमबाट स्वस्तिक श्रेष्ठ र दिनेश श्रेष्ठले ह्याट्रिक गरेका थिए भने मोहन न्यौपानेले एक गोल गरेका थिए । त्यस्तै आयोजकको तर्फबाट ज्ञानेन्द्र कार्कीले २ गोल गरेका थिए ।

बुटवलमा जारी राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, छनौट प्रतियोगिताको उपाधि कालिका मानवज्ञानलाई

बुटवल, माघ ८ । बुटवलमा संचालित प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि कालिका मानव ज्ञान माबिले जितेको छ । २४ पदक सहित कालिकाले उपाधि रक्षा गरेको हो । उसले १० स्वर्ण, ७ रजत, ७ कास्य पदक जितेको हो । त्यस्तै एभरेष्टले १४ पदक जितेको छ । यसले १० स्वर्ण, ३ रजत र १ कास्य जितेको छ । न्युहोराइजनले ४ स्वर्ण, ७ रजतसहित ११ पदक जित्न सफल भएको छ । नबिन औद्योगिक माबिले ९ रजत र ५ वटा कास्य पदक जितेको छ ।

बुटवल उपमहानगरपालिकाका सामुदायिक र संस्थागत गरी २५ बिद्यालय सहभागि प्रतियोगितामा २ सय ५८ वटा पदक बितरण गरिएको नगरखेलकुद विकास समितिका अध्यक्ष नन्दु कउचाले जानकारी दिए । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा व्यवस्थित तरिकाले खेलहरु भएका थिए । खेलको बुधबार एक भव्य समारोहका बीच समापन गरिएको छ । उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख रामप्रसाद रेग्मीले विजेता र खेलमा उत्कृष्ट खेलाडीलाइ पुरस्कार प्रदान गर्दै खेलको समापन गरेका थिए । त्यसअवसरमा कार्यबाहक नगर प्रमुख रेग्मीले खेलकुदका माध्यमबाट समृद्धिको अभियानलाई प्रभाबकारी बनाउन सकिने धारणा राखेका थिए ।

समापन समारोहमा वडा न ११ वडाध्यक्ष रामचन्द्र क्षेत्री, समितिकी सदस्य सचिब कोपिला ज्ञवाली, आयोजक समितिका अध्यक्ष नन्दबहादुर काउचा, खेलकुद बिकास समितिका कार्यालय प्रमुख संगमसिहं थापा, कान्ति माबिका प्रमुख गोबिन्द ज्ञवाली,नगरको सामाजिक समिति संयोजक सीता थापा, कालिकाका प्राचार्य घनश्याम पाठक, समितिका सदस्यहरु नवीन थापा, मणिरत्न भण्ण्डारीलगायतले पुरस्कार बितरण गरेका थिए । त्यस्तैगरि दीप बोर्डिङले १ स्वर्ण, १ रजत र ४ कास्य पदक, प्रगति माबिले १ स्वर्ण, २ रजत र २ कास्य गरि ५ पदक, कान्ती माबिले २ स्वर्णमात्रै हात पारेको छ ।

मणिमुकुन्द माबिले ७ पदक, १ स्वर्ण, २ रजत र ४ कास्य पदक जितेको छ । भने लुम्बिनी बोर्डिङ स्कुलले १ रजत, उजिर सिंहमाबिले २ कास्य, नेपाल एभरग्रिनले १ कास्य पदक, स्कलर्स र जितेश्वरीमाबि २—२ वटा कास्य तथा त्रिभुवन युनाइटेड एकेडेमीले १ कास्य जितेको प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताका सदस्य सचिब प्रेमबहादुर बस्नेतले बताए । प्रतियोगितामा ४८ वटा ईभेन्टमा २ सय ५८ वटा पदकका लागि उनीहरुले भाग लिएक थिए । नगरभित्रका सामुदायिक र नीजि गरि २५ वटा विद्यालयका करीब ६ सय खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले गरेका थिए । उद्घाटनका अवसरमा विशाल मार्चपाससहित विभिन्न किसिमका झाँकीहरु प्रदर्शन गरिको थियो ।

तिलोत्तमामा प्रथम उपमेयर खुल्ला महिला कप भलिबल प्रतियोगिता हुने

मोहन न्यौपाने , पौष २३ तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको आयोजनामा प्रथम उपमेयर रनिङ्ग कप खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मूल नारासहित यहि पौष २५ र २६ गते कुँवर वर्ति माविको खेल मैदान तिलोत्तमा ८ प्रदिप नगरको खेल मैदानमा हुने सो प्रतियोगितामा प्रथम दित्तीय तृतीय र सान्तवना हुने टिमले क्रमश: नगर रु २५ हजार , १५ हजार ,१०हजार र ५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने नगर उप प्रमुख जागेश्वरी देवी चौधरीले बताउनुभयो ।

भलिबलमा पुरुष खेलाडीका साथै महिला खेलाडीहरूको पनि विकास गर्ने उद्देश्यले खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको बताइएको छ । प्रतियोगितामा १० भन्दा बढी टिमले सहभागिता जनाउने अनुमान गरिएको नगरपालिका संगै सहकार्य गर्ने सस्था मणिमुकुन्द भलिबल क्लब र कुँवरवर्ति माविले जनाएको छ । प्रतियोगिताको महिला प्रतियोगिता भिवाको नियममा खेलाइने बताइएको छ ।

जनप्रतिनिधिको साढे २ बर्ष पुरा , प्रतिबद्दता अनुसारका काममा सफलता, नगरबासीमा धन्यबाद: नगरप्रमुख घिमिरे

तिलोत्तमा , पुस २० गते । गत असोज ९ गते काठमाडौंबाहिर पहिलो पटक लगानी सम्मेलन गरेर धेरै चर्चा कमाएको तिलोत्तमा नगरपालिकाले आफ्नो नगर बासि हरुमा गरेको चुनावी जनप्रतिबद्दता अनुरुपको काममा सफल भएको बताएको छ । लगानी सम्मेलनमार्फत धेरै क्षेत्रमा लगानी भित्र्याउने प्रयास थालेकोे नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरी वितेको ३० महिनाको समयमा भएका काम जनअपेक्षा अनुसारनै भएको बताएको हो । नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको आधा कार्यकाल सफल भएको दावी गरेको छ । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले समृद्ध नगर : खुसी जनता भन्ने आफूहरुको नारा हालसम्म सफल रहेको दाबी गर्नुभयो । बाँकी ३० महिनाको कार्यकालभित्र बाँकी रहेका काम पुरा गर्ने प्रतिबद्धता पनि उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले निर्वाचनका बेला प्रतिबद्धता गरेका काम बाँकी ३० महिनामा पुरा गर्नेछौं, हालसम्मको कामबाट नगरबासी सन्तुष्ट भएको पाएका छौं ।’

मध्यावधी कामको मूल्याङकनमा आफूहरु सफल नै रहेको बताउँदै नगरप्रमुख घिमिरेले नगरपालिकाले विभिन्न क्षेत्रमा नयाँ कामको थालनी गरेको उल्लेख गर्नुभयो । ५० वटा भन्दा वढी नीति तथा कानुन बनाएर १५ वर्षसम्मको दीर्घकालिन रणनीति नगरपालिकाले तयार गरेको उहाँले चर्चा गर्नुभयो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यातायात तथा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा नगरपालिकाले उल्लेख्य कामहरु गरेको भन्दै दीर्घकालिन रणनीतिका कामहरु पनि प्रारम्भ भएको गरिएको उहाँको भनाई छ । शिक्षाको क्षेत्रमा धेरै नयाँ काम थालिएको उहाँले बताउनुभयो । नगरप्रमुखको पारिश्रमिकबाट छात्रावृति वितरण, सामुदायिक विद्यालयहरुमा दिवा खाजाको व्यवस्था, विद्यालयहरुमा विद्युतीय हाजिरी, निःशुल्क सेनेटरी प्याडको व्यवस्था जस्ता काम नगरपालिकाले गरेको उहाँले चर्चा गर्नुभयो ।

त्यस्तै किसानलाई गहँुको बिउमा ४० प्रतिशत अनुदान, पशुपालक किसानलाई दुधमा प्रतिलिटर एक रुपैयाँ अनुदान जस्ता कामले सकारात्मक प्रभाव पारेको घिमिरेको भनाई छ । ग्रिन तिलोत्तमा : क्लीन तिलोत्तोमा नामको अभियान थालेर हरेक महिनाको ५ र १५ गते सरसफाई अभियान जारी राखेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै शुन्य पोलिथिनयुक्त अभिायान संचालन गरेर नगरलाई प्लास्टिकजन्य फोहरमुक्त नगर बनाउने अभियान पनि जारी रहेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै सोहि कार्यक्रममा नगर उपप्रमुख जागेश्वर देवी चौधरीले समाबेशी बिकाशका क्षेत्रमा प्रयाप्त बजेट छुट्याइ लक्षित बर्गको चाहना अनुरुप कार्य गरेको बताउनुभयो । उहाले न्यायिक क्षेत्रमा नगरपालिकाले समन्वय र सहजीकरणका माध्यमबाट मुद्दा किनारा लगाउने बिधिलाइ आत्मसात गरेको कुरा बताउभयो ।

नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगरपालिकाले गत असोज ९ गते आयोजना गरेको लगानी सम्मेलनपछि विभिन्न क्षेत्रमा लागनी हुन थालेको र लगानीकर्ताको उत्साह पनि बढेको बताउनुभयो । नगरपालिकाले कैयौं भौतिक पूर्वाधार निर्माणका काम शुरु गरेको उहाँले बताउनुभयो । जेष्ठ नगारिक मिलन केन्द्र स्थापना, भ्यूटावर निर्माण, होमस्टे संचालन जस्ता कामको शुरुवात गरिएको प्रवक्ता श्रीले उल्लेख गर्नुभयो । उहाले कृषि शिक्षा स्वास्थ्य सुचना र प्रविधिको क्षेत्रमा समेत नगरपालिकाले उल्लेखनिय कार्य गरेको बताउनुभयो । नगरपालिकाको मध्यावधि समिक्षा कार्यक्रम सोमबार बृहत कार्यक्रम को बिचमा हुने उहाको भनाइ छ ।

प्रथम न्यु पिएम सप्लायर्स खुल्ला भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द क्लबलाई

न्यु पि एम सप्लायर्स प्रधम खुल्ला भलिबल प्रतियोगिताको नतिजा मणिमुकुन्द भलिबल क्लबले जितेको छ। पौष १० गतेबाट तिलोत्तमा १ नयाँमिलमा सुरु भएको खेलमा १८ टिमको सहभागीका रहेको थियो। फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लबले मदन भन्डारी स्पोर्ट्स कल्ब नयाँगाउँलाई २५/१५, २५/१८,२५/२३को सोझो सेटले जितेको थियो। त्यस्तै आयोजक भर्सेस उषा युबा कल्ब पाल्पा बिच भएको खेलमा आयोजक न्यु पिएम सप्लायर्स सि ले जितेको छ। भलिबल खेल नक आउट सिस्टमबाट खेलाइएको थियो।

एक कार्यक्रम बिच समापन
पौष १० गते बाट सुरु भएको भलिबल प्रतियोगिता एक कार्यक्रम गरि समापन गरिएको छ। न्यु पिएम सप्लायर्सका संचालक पदम न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथी तिनपा वाड न १ का वडा अध्यक्ष तामनाथ पान्डे रहनु भएको थियो। सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले खेल क्षेत्रमा लागेर पनि आफ्नो भविस्य सुनिस्चित गर्न सकिन्छ ,आफुलाइ अनुशासनमा राखेर देशको लागि समेत खेलकुद मार्फत धेरै योगदान दिन सकिने बताउनुभएको थियो। न्यु पियम सप्लायर्सका सन्चालक एवं कार्यक्रम संयोजक मन्हेन्द्र जंग कुवरले आगामी दिनमा समेत यस्तै र अन्य खेलकुदको आयोजना गर्ने साथै, युबाहरुलाइ खेल क्षेत्रमा अगाडि बड्न आफुले सक्दो सहयोग गर्ने बताएका छन। खेलाडीलाई पुरस्कार, मेडल प्रदान गरेर समापन गरिएको उक्त कार्यक्रमको सन्चालक सन्दिप जिसि ले गरेका थिए ।

RECENT POSTS