Sunday, July 12, 2020

अन्तरास्ट्रिय फिल्मको प्रिमिएर , पहिलोपटक बुटवलको क्युएफएक्समा

मोहन न्यौपाने , बुटवल मङ्सिर २५ । हलिउड फिल्म जुमानजी नेक्स्ट लेभल को नेपालमै पहिलो पटक बुटवलको क्युएफएक्स हलमा प्रिमिएर हुने भएको छ । ग्लोबलाइज वितरकको रुपमा रहेको एप्पल ईण्टरटेन्मेण्ट प्रालिले नेपालका लागि सोनी पिक्चर एण्ड युनिभर्सल पिक्चरले बुटवलस्थित भाटभटेनिमा रहेको क्युएफएक्स रिगल सिनेमाजमा यहि मङ्सिर २६ गते रेड कार्पेट प्रिमिएर शो गरने भएको छ । फिल्मको बुटवलमा पहिलोपटक यसरि प्रमोशनल इभेन्ट गरिएको एप्पल इण्टरटेन्मेण्टले जानकारी दिएको छ । आउने शुक्रबार डिसेम्बर १३ तारिख अर्था मङ्सिर २७ गतेदेखि देशभरका हलमा लाग्दै गरेको फिल्म जुमानजी नेक्स्ट लेभल को बिहिबार धुमधाम प्रिमिएर गरिने आयोजकले बताएको छ ।

जाके खास्डनको निर्देशनमा बनेको फिल्म जुमनजी नेक्स्ट लेभल मा निर्देशक संगै एफ्फ़ पिन्क्नेर र स्कोट रोसेंबेर्गको लेखन रहेको छ । फिल्ममा खातिप्रप्ता कलाकारहरु ड्वय्ने जोह्न्सों, जैक ब्लैक, केविन हार्ट, करेन गिल्लन, निक जोनस, अव्क्वाफिना लगायतको शसक्त अभिनय रहेको छ । फिल्मको थ्री डि प्रस्तुति रहने बुटवल स्थित भाटभटेनिको क्युएफएक्स हलमा सो प्रिमिएर मा दर्शकको घुइचो लाग्ने हल संचालकको भनाइ छ ।

पुस्कर र प्रतिक्षाको दशैंगीत ‘परदेशैमा’ सार्बजनिक

बुटवल । लोकतथा दोहोरी गायक पुस्कर पोखरेल र प्रतिक्षा श्रेष्ठको नयाँ दशैं गीत ‘परदेशैमा’ बजारमा आएको छ ।पछिल्लो समय नेपालीहरूले बिदेशमा भोग्नु परेको यथार्थ र समाजमा घट्ने गरेका घटनालाई आधार बनाएर दशैं गीत ‘परदेशैमा’ बजारमा ल्याएका हुन्, दशै गीतबाट सबैलाई भावुक बनाएका छन ।संगिता अर्याल र सुन्दर गैतमको शब्द रहेको गीतमा योगराज पोखरेलको लय रहेको छ भने पुस्कर पोखरेल र प्रतिक्षा श्रेष्ठको स्वर रहेको छ । भिडियोमा विजय पोखरेल, सञ्चार कर्मी छायां पन्थ र सोभाखर पन्थको अभिनय देख्न सकिन्छ ।सुमन थापाका छायांकन तथा सम्पादन रहेको गीतमा विजय पोखरेलले निर्देशन गरेका छन् ।

लगानी बढ्ने पक्का : २ परियोजनामा हस्ताक्षर, १६ अर्ब लगानी प्रतिबद्धता

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनमा २ परियोजनाले लगानी सम्बन्धी हस्ताक्षर गरेका छन् भने १६ अर्ब रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनमा परियोजनासँग सम्झौतापत्रमा हस्ताक्षर भएको नगरपालिकाले जानकारी दिएको छ। स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको लगानी सम्मेलनमा युकेआईडीको सिप र रोजगार प्रवर्द्धन कोष तथा नेपाल बैंकद्वारा प्रदान गरिने सहुलियत कर्जा परियोजनाको सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। समझदारी पत्रमा नगरपालिकाका तर्फबाट मेयर वासुदेव घिमिरे र परियोजनाको तर्फबाट सिप र रोजगार प्रवर्द्धन कोषका तर्फबाट बलजित बोहोराले हस्ताक्षर गरेका छन्। यसैगरी, नेपाल बैकद्धारा प्रदान गरिने सहुलियत कर्जा परियोजनाका तर्फबाट पासाङ दोर्जेले हस्ताक्षर गरे।

हस्ताक्षर भएका दुई परियोजनामा युकेआईडीको सिप र रोजगार प्रवर्द्धन कोष स्थापना तथा नेपाल बैकद्धारा प्रदान गरिने सहुलियत कर्जामा (महिला उद्यमशीलता, विपन्न वर्ग कर्जा, सीमान्तकृत वर्गका लागि कर्जा, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई कर्जा, कृषि सामुहिक जमानी कर्जा) रहेको नगरपालिकाका मेयर वासुदेव घिमिरेले जानकारी दिए। यी परियोजनाका लागि ऋण लिन नगरपालिकाले सिफारिस गर्नेछ। लगानी सम्मेलनमा १६ अर्बको लगानी प्रतिबद्धता आएको छ। सम्मेलनको क्रममा बिहीबारसम्म ३० वटा परियोजना प्रस्ताव आएका छन्। ती मध्ये २४ वटा परियोजनाको आशय पत्र खोलिएको छ। सबै आशयपत्र खोल्दा लगानीको प्रतिबद्धता बढ्ने अपेक्षा नगरपालिकाले लिएको छ।

अन्य १० परियोजनामा प्रराम्भिक समझदारी कायम भएको नगरपालिकाका प्रेस सल्लाहकार बिपी गौतमले जानकारी दिए।
प्रारम्भिक समझदारी भएका परियोजनामा कृषि, पर्यटन, उद्योगलगायतका छन्। निजी क्षेत्रले विभिन्न २० परियोजना प्रस्ताव गरेका छन्। प्रस्तावित परियोजनामा स्वदेशी लगानी रहने उल्लेख छ। नगरपालिकाले लगानी सम्मेलनपछि तोकिएको अवधिसम्म आउने परियोजनाका लागि विभिन्न कर छुटको अफर गरेको छ। रिडी हाइडो पावर, अन्नपूर्ण एग्रो, स्मार्ट एएसी नेपाल, उत्तम एग्रो प्रोडक्सन, सन आउटडोर प्रा.लि. लगायतका कम्पनीले लगानी प्रतिबद्धता जनाएका छन्। निजी क्षेत्रबाट आएको लगानी प्रतिबद्धताले आफूहरु निकै उत्साहित भएको नगर प्रमुख वासुदेव घिमिरेले बताए। लगानी सम्मेलनमा आएका लगानीकर्ताले आगामी दिनमा समग्र रुपन्देहीमा लगानीका लागि आफूहरु तयार रहेको प्रतिबद्धता जनाएका छन्।

विदेशी लगानीकर्ताले समेत परियोजनाको सम्झौता गरिने अपेक्षा गरिएपनि पहिलो दिन भने कुनै पनि बिदेशी लगानीकर्ताले परियोजना सम्झौतामा हस्ताक्षर गरेका छैनन्। नगरपालिकाले लगानी सम्मेलनपछि पनि एक बर्ष अवधिसम्म आउने परियोजनाका लागि विभिन्न कर छुटको अफर गरेको छ।

         तिलोत्तममा लगानी गर्नको लागि नेताहरुको आह्वान

नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पूँजीपतिलाई लगानीमा प्रोत्साहन गर्नु पर्नेमा जोड दिनु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनलाई आज सम्बोधन गर्दै उँहाले दलालपुँजीले देशको हित विपरित जाने बताउँनु भयो । लगानी मैत्री वातावरण बनाउँनको लागि केही नीति नियममा परिवर्तनको आवश्यकता रहेकोमा प्रचण्डले जोड दिनुभयो । लगानी मैत्री वातावरण बनाउँन ठेक्का प्रणालीले सहज बनाउन आवश्यकता रहकेो बताउँनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले संघीय प्रणालीबारे नकारात्मक प्रचार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उँहाले लिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेर स्थानीय तहहरु ठीक छन् भन्ने सन्देश दिएको समेत बताउँनुभयो । बुद्ध जन्मस्थल लुम्बिनी, बेलहिया नाका, अन्तर्रा्ष्ट्रिय विमानस्थल आदि पूर्वाधारले तिलोत्तमा नगरपालिकामा लगानीको वातावरण रहेको प्रचण्डको भनाई छ । नेकपा र सरकार निजी क्षेत्रको स्वतन्त्रता र सुरक्षाबाट मात्रै लगानीमैत्री वातावरण बन्छ भन्नेमा स्पष्ट रहेको उल्लेख गर्दै प्रचण्डले ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । स्वदेशी पुँजीपति नेपालमा लगानी गरेर राम्रो प्रतिफल लिन सकेन विदेशी पुँजीपति पनि नेपालमा आकृषित हुने दाबी गनुभयो ।

त्यस्तै प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेलले लगानी मैत्री वातावरणको लागि अनुकुल राजनीतिक बतावरण बनेकाले ढुक्कसँग लगानीकर्तालाई लगानी गर्नको लागि आग्रह गर्नुभयो । प्रदेश ५ मा तिव्रगतिमा पुर्वाधार विकास भईरहेको उँहाले बताउँदै यस क्षेत्रमा उत्पादन हुने बस्तु देशका सबै भू–भागमा पुराउँन सहज रहेको जानकारी दिनुभयो । भैरहवा बुटवललाई मेघासिटी बनाउँने योजना प्रदेश सरकारको रहेको पोखरेलले बताउँनु भयो ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरण बनाउन सम्बन्धित ऐन कानून बनाइसकेको र संसारभरका लगानीकर्तालाई आह्वान गरिसकेको बताउँनुभयो । श्रम सम्बन्ध सुधार र बैंक ब्याजदरमा परिमार्जनले लगानी बढेपनि जमिनको उपलब्धता र प्रकृया छरितो बनाउन भने चुनौती रहेको उँहाले बताउँनुभयो ।
उँहाले लगानीमैत्री वातावरण बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उँहाले बुटवल–सिद्धार्थनगर जोडेर मेघा सिटी बनाउन सकिने सम्भावना औंल्याउँनुभयो । निजी क्षेत्रसँग सहकार्य गर्न अर्थमन्त्रीले तिलोत्तमा नगरपालिकालाई सुझाव दिनुभयो । नगर विकास कोषलाई नगर विकास निगमका रुपमा अघि बढाउन चाहेको जानकारी पनि उँहाले बताउँनुभयो ।
प्रदेश ३ का मुख्यमन्त्रि डोरमणी पौडेलले स्थानीय उत्पादनलाई प्रयोगमा जोड दिएमा लगानीकर्ताहरु आकृषित हुने बताउँनुभयो । लगानी मैत्री वातावरण सिर्जनाको लागि सरकारले ऐन नियममा केही सहजता ल्याउँन आवश्यकता रहेकोमा जोड दिनुभयो । प्रदेश
२ का मुख्यमन्त्री लाल बहादुर राउँतले नेपाल सबै ठाउँ लगानीको लागि योग्य रहेको बताउँनुभयो । उँहाले लगानी गर्ने वातावरण सरकारले दिन नसकेको उँहाले ठोकुवा गर्दै झन्झटिला ऐन कानुनलाई संसोधनको आवश्यकतामा जोड दिनुभयो । लगानी गरेका ब्यक्तिलाई समेत सरकारले अवरोध सिर्जना गरेको राउँतले बताउँदै लगानीकतालाई सरकारले सहज वातावरण बनाउँनु पर्ने बताउँनुभयो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिब विष्णु प्रसाद पौडेलले भारतसँग जोडिने ब्यापारिक नाका नजिकै रहेको र तिव्र पुर्वाधार विकास भईरहेकाले तिलोत्तममा लगानीको लागि उर्वरभूमि रहेको दाबी गनुभयो । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल नजिकै छ उँहाले भन्नुभयो बुटवल ,सुनौली सिक्से ल्याण्ड सडक छ नजिकै लुम्बिनी सम्भावना नै सम्भावनाको क्षेत्र हो । यँहाका जनतालो लगानीकर्तालाई स्वागत गर्न आतुर हरको पौडेलले बताउँनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँडले तिलोत्तममा खुलेर लगानी गर्नको लागि लगानीकर्तालाई आह्वान गर्नुभयो । तिलोत्तममा सहज राजनीतिक , सामाजिक र तिव्र रुपमा पुर्वाधार विकास भएकाले लगानीको आवश्यकतामा जोड दिनुभयो ।

सरकारले लगानीकर्तालाई विश्वास दिलाउँनको लागि लागनीको सुरक्षा दिन सक्नु पर्ने बताउँनुभयो ।
राष्ट्रियसभाका सदस्य घनश्याम भूषाल, प्रतिनिधिसभाका सांसद छविलाल विश्वकर्माले तिलोत्तमा नगरपालिकामा सहज राजनीतिक र सामाजिक वातावरण भएकाले ढुक्क भएर लगानीकर्तालाई लगानी गर्नको लागि आग्रह गर्नुभयो ।

भिडियो साभार: श्रीनगर अनलाइन

‘काले दाई’ को गीत ‘यो दुनियाँ मेरो लागि होइन’ सार्वजनिक

काठमाडौं– फिल्म काले दाईको ‘यो दुनियाँ मेरो लागि होइन’ नयाँ गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम गीत सार्वजनिक गरिएको हो । श्याड भर्सनको गीतमा फिल्म भित्र रहेका दुःखद दृश्य मात्र समेटिएको छ ।

सुरज थापाको स्वर, पेवाङ लामाको संगीत रहेको गीतमा इन्द्र रम्जाली र गोविन्द श्रेष्ठको रहेको छ । प्रेममा जातपात घुसेपछि उत्पन्न हुने द्वन्दको कथामा आधारित रहेर निर्माण भएको फिल्ममा रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठलगायतको अभिनय छ । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा बनेको फिल्म शम्शेर गुरुङ र ईन्द्र रामजालीले निर्माण गरेका हुन् ।

इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायाँकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्म शिव शर्माले निर्देशन गरेका हुन् । फिल्म असोज १७ गते शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।

मोड्लिङ्मा जम्दै ईश्वर, काली काली सार्वजनिक

    मोहन न्यौपाने ,तिलोत्तमा सिटी । लामो समयदेखि जापान बसाई सकाएर हाल नेपालमै रहेका ईश्वर मल्ल अहिले चर्चामा छन् । हसिलो अनुहार चकलेटी फेश, अनि सुहाउदो जिउडाल नै उनको आकर्षक व्यक्तित्वको कडी हो । जापान र नेपाल गर्दै आएका मल्ल अहिले पूर्ण नेपाल बसाइमा छन् । उनको सानैदेखिको कलाकारिता र अभिनयप्रतिको चाहना बल्ल आएर पुरा भएको छ । त्यो अभिनयको सौख पुरा गरेको छ , दुर्गा साउद र सुशिल सिलवालको स्वरमा रहेको ‘काली काली’ बोलको गीतले । भर्खरै बजारमा युट्युब मार्फत सार्बजनिक भएको रोमान्टिक शैलीको गीत सङ्स नेपालबाट सार्वजनिक गरिएको हो ।

नेपालमै चर्चा बटुलेकी मोडल तथा आइटमगर्ल एबम अभिनेत्री माला लिम्बुको क्यामेस्ट्रि अभिनय रहेको सो गीतसंगै अहिले ईश्वरको चर्चा पनि चुलिएको छ । उनि डेब्यु अभिनयमा म्युजिक भिडियो गरेपनि सबै किसिमले पोख्त देखिन्छन । लाग्छ, उनको अभिनय हेर्दा अहिलेसम्म इश्वरले धेरै अभिनय गरिसकेका छन् । त्यसो त उनको अभिनयमा साथ् दिएकि माला लिम्बुसंग उनको क्यामेस्ट्रि मिलेको स्पस्ट देखिन्छ । निकै सुहाएको उनीहरुको जोडीलाई गीत काली कालीले झनै न्याय गरेको छ । रमणिय स्थलमा छायांकन गरिएको सो म्युजिक भिडियोहेर्दा आखालाई समेत शितलता प्रदान गर्दछ । हेर्दा चकलेटी देखिएपनि फरक फरक खालका अभिनयमा रुचि रहेको ईश्वर बताउछन ।

काली काली बोलको गीतमा गायिका दुर्गा साउदको आफैले कोरेका शब्दमा आफै संगीत भरेकी छन् । सन्दिप कार्कीको संगीत संयोजनले गीतको भाव झनै खुलेको छ । सन्तोष लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा माला लिम्बू र ईश्वर मल्लको शसक्त अभिनय रहेको छ । उत्तम हुमागाईँको छायांकन र ललित सिंह साउतको सम्पादन रहेको भिडियोको निर्देशन गौरव गिरीले गरेका हुन् ।

प्रदिप जी,यो शुक्रबार एउटै फिल्मलाई शुभकामना ?

मोहन न्यौपाने  । नेपाली चलचित्र क्षेत्रमै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् प्रदिप कुमार उदय । चलचित्र निर्माता एबम चलचित्र संघका अध्यक्ष र हालै मात्र प्रदीश ५ को राप्रपा अध्यक्षमा निर्बाचित भएका प्रदिप कुमार उदय नेपाली चलचित्रलाई माया गर्ने मध्ये औलामै गन्न सकिने निर्माता हुन् । यस बर्ष रिलिज फिल्म बढिजसो शुक्रबार नै भए । सबै फिल्म लाई उत्तिकै माया र साथ् दिदै गए उदय । तर भोलि देखि लाग्ने फिल्म लाई आजै शुभकामना दिने उदयले चैत्र १५ गतेको शुक्रबारलाई भने आफ्नै फिल्म भित्र मात्रै थाति राखे । सधै एकनाशले रिलिज हुन लागेका फिल्म लाई एक दिन अगावै मज्जाले शुभकामना दिदै आएका प्रदिप कुमार उदय बर्षको एक दिन चाहि आफ्नै लागि स्टाटस पोस्ट्याए । हुन त छरछिमेक सबैलाई माया लागेपनि आफ्नै छोरा या छोरीको अल्लि बढि माया लाग्ने गरि हेर्ने उदयले चलचित्र सबैलाई उत्तिकै माया गरिएको देखिएको छ । तथापि उनले आफै निर्माण गरेको फिल्म शुभलभ को पनि यहि समयमा फिल्म साईलीसंग हुने भिडन्तमा उनि निर्माताकै रुपमा खरो उत्रिएका छन् ।
न उत्रिउन पनि कसरि ? पछिल्लो समय नेपाली फिल्मको बजारमा निकै गिरावट पनि आएको छ। बर्षमा ३ देखि ५ ओटा मात्र फिल्मले लगानी सुरक्षित गर्ने गरेको छ । यसै सन्दर्भमा समसामयिक कथासंगै दर्शकलाई नयाबर्षको उपहार स्वरुप निर्माण गरिएको फिल्म शुभ लभ युट्युव मा समेत रिलिज नहुने भएपछी दर्शका लागि नहेरी नहुने फिल्म बनेको छ । ज्योतिष बाट एकाएक करोडौको मन जितेका हरिहर अधिकारि को आफ्नै कथा भएकाले पनि फिल्म चल्नेमा निर्माता उदय ढुक्क छन् ।

सन्तोष बाबु लोहनिले निर्देशन गरेको फिल्म ‘शुभ लभ’मा हरीहर अधिकारी, क्रिस्टिन पौडेल, डा.सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बाँस्तोल, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता समेत रहेका प्रदीप कुमार उदयले वितरण गर्दै छन । धर्मराज शर्मा सुवेदीको लगानी रहेको फिल्ममा नायक अधिकारीकै कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्वन्द, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

चर्चाको शिखरमा समीर आचार्य

मोहन न्यौपाने, बुटवल । एकपछि अर्को बेजोड सांगीतिक प्रस्तुतिले मन छुन सफल गायक समिर आचार्यको मिठास सहितको टिप्पिकल नेपाली गीतले चर्चा कमाएको छ । मेरो दुनियाँ बेग्लै छ , पिचरोड, घिनघिन बज्यो मादलु, हैन भन्देउन, घाममा सुकाइदेउ लगायतका चर्चित गीतका गायक समिर आचार्यको साथमा अराज केशवको र्या्पिंग शैलीमा निर्माण भएको सो गीत ‘ सानोमा सानो एटके एभरेस्ट मोशन पिक्चर्सको युटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको थियो ।

हालसम्म १० लाख बढीले हेरिसकेको सो गीत सानोमा सानु गायक समिर स्वयंले लेखेका र संगीत भरेका हुन् । भाइभवेभ टिम सहित राहुल शाहको बेजोड अभिनय रहेको यो गीतलाई पवन सुस्लिंगले छायांकन तथा सम्पादन गरेका छन । मनोज बस्नेतको प्रस्तुति रहेको सो म्युजिक भिडियो मोडल समेत रहेका राहुल शाहले कोरियोग्राफी र निर्देशन गरेका छन् । हाल अस्ट्रेलियामा बस्दै आएका समीर आचार्यको पछिल्लो गीतहरुमार्फत उनको चर्चा युवाको माझ चुलिएको छ ।

मन्त्रीले गरे “गुल्मी”को रोइलागीत बिमोचन

मोहन न्यौपाने,चैत्र १ बुटवल । गुल्मीको समग्र चिनारी झल्केको रमाइलो रोइला गीत गुल्मी सार्बजनिक भएको छ । बुटवलमा सम्पन्न एक कार्यक्रमका बीच प्रदेश न. ५ का सामाजीक बिकाश मन्त्री सुदर्शन बरालले क्लिक गर्दै युट्युबमा गीत रिलिज गरेका हुन् । गुल्मी बोलको रोइला भाकामा ल्याइएको सो गीतलाई समग्र गुल्मीको पहिचानको रुपमा हेरिएको छ ।

लोक भाका तथा दोहोरीले समग्र देशको बिकाश र समाजको दर्पनको रुपमा काम गर्ने भएकाले जनतालाई सुसुचित गर्ने र समाजलाई सकारात्मक दिशामा अघि बढाउने खालको संगीत रचना गर्न मन्त्री बरालको सुझाव छ । गीत बिमोचन कार्यक्रममा बोल्दै उनले देशको पर्यटकिय धार्मिक तथा सास्कृतिक परम्पराको चिनारी दिने खालका गीतले समाज परिबर्तान्मा ठुलो भूमिका खेल्ने बताए । गुल्मी बोलको रोइला गीतलाई आकाश दर्पण क्रियशनले बजारमा ल्याएको हो भने गीतमा दीपक परियार र स्वस्तिका पन्थको आवाज रहेको छ ।

प्रेमराज खरेल र दीपक परियारको शब्दमा दिपक स्वयम् ले संगीत भरेको सो रोइला गीत गुल्मीको म्युजिक भिडियोलाई रबिन बि.क. र रमेश रसाइलीले सम्पादन गरेका हुन् । बिजय पोख्रेलले क्यामेरा घुमाएको सो गीतमा पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फोर एस मिडियाको निर्माणमा रहेको गीतको निर्देशन शिव बिक ले गरेका छन् ।

चलचित्र पत्रकार संघ रुपन्देहीको संयोजनमा सम्पन्न बिमोचन कार्यक्रममा अध्यक्ष सुमन श्रेष्ठ , प्रमुख अतिथि प्रदेश न. ५ का सामाजिक बिकास मन्त्री माननीय सुदर्शन बराल , गीतकार शिव पी. सुबेदी, गायक दिपक परियार लगायतले बोलेका थिए । सो बिमोचन कार्यक्रमको संचालन मोहन न्यौपानेले गरेका थिए ।

RECENT POSTS