Sunday, July 12, 2020

कोरोनात्रासको बिचमा चलचित्र पत्रकारिता दिवस, नयाँ क्रियसनले गति लिने बिश्वास

मोहन न्यौपाने, बुटवल जेष्ठ ७ गते।सधैको बर्षजस्तै यस बर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारहरुको उत्सव चलचित्र पत्रकार दिवस पर्दछ। हरेक बर्ष कुनै न कुनै विशेष कार्यक्रम गरेर मनाउने यो दिन अहिले घरघरमै सिमित बनेको छ ।हरेक बर्ष चलचित्र पत्रकारहरुलाई चलचित्र पत्रकार संघ, नेपालले यस अवसरमा पुरष्कार समेत प्रदान गर्दै आएको छ । केहि महिना अगाडी मात्र बिशेष अधिबेशन मार्फत नया कार्यसमिति चयन भएपछी देश भरका पत्रकारहरुमा नया आशा पलाएकै थियो तर बिडम्बना योजनामा परेका धेरै कार्यक्रम कोरोना त्रासले ठप्प भयो । त्यसो त देश भरकै सिनेमा हलदेखि स्टुडियो, गीत संगीतका काम समेत ठप्प छन् । यसले चलचित्र निर्माता, निर्देशक, कलाकार, प्राबिधिक, प्रोडक्सन हाउस, हल सबैमा न्प्रभाव पारेको छ । जसले गर्दा रफ्तार मा चलेको चलचित्र पत्रकारको कलम अहिले शुन्य गतिमा छ । यो बेला दर्शक पाठक तथा अबलोकन कर्ताले चाहेको कोरोना अपडेट संगै मनोरंजनको क्षेत्रमा कलम चलाउनेको कलम पनि मनोरंजन मै त्यहि बिषय संगै जोडिएको छ। ताकी घरै बसेका चलचित्र क्षेत्रका निर्माता, निर्देशक, कलाकार, प्राबिधिक, गायकगायिका, संगीतकार, गीतकारहरुमा चलचित्र पत्रकारहरुले जोडेको प्रश्न हो लकडाउन कसरी  ब्यतित हुदैछ ? तर अहिले केहि हास्य टेलीश्रीन्खला र टेली फिल्महरु भने मास्ककै भरमा टेलिभिजनमा सुचारु देख्न पाइन्छ।

चैत्र पहिलो हप्तासम्म धमाकेदार रुपमा दर्शक पाएको चलचित्रहरुले गति दिएकै थिए । चैत्र दोश्रो सातादेखि राम्रा चलचित्रको बाढीनै आउछ कि भन्ने आकलन केवल आकलन मात्रै रह्यो । यसबर्ष धमाका पिट्ने खालका चलचित्र हलमा रिलिज मितिमात्र पर्खन पाए । केहि फिल्म त नाम सुनेकै भरमा हराए केहि आफ्नो मिति सार्बजनिक भएको समय गएपछी अर्को सुचना नभएसम्मका लागि सरे । यसले गर्दा कोरोना त्रासमा नेपाली चलचित्र क्षेत्र लकडाउन खुलेपछी पनि करिव १ बर्षसम्म दर्शक ओइरिन नसक्ने अनुमान छ । फिल्म चल्नका लागि मात्र हलमा त्यस्ता फिल्म लाग्ने आकलन छ ।

चलचित्र पत्रकार संघ नेपालका नव निर्बाचित अध्यक्ष दिनेश सिटौलाका अनुसार लकडाउनका बीच पनि डिजिटल माध्यमको प्रयोग गर्दै आ-आफ्नो घरबाटै सम्पूर्ण सदस्यहरुसँग शूभकामना आदान-प्रदान गरि स्थापना दिवस तथा बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष दिनेश सिटौलाले बताउनुभयो । स्थापना दिवसको अवसरमा प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम कोरोना माहामारीको कारण हाललाई स्थगित गरिएको उहाको भनाइ छ ।

मोफसलमा बिगत लामो समयदेखि मनोरंजनको क्षेत्रमा कलम चलाएका चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले चलचित्र क्षेत्रमा अब सकारात्मक बाढी र नया क्रियसन आउनुपर्छ जसलाई लाककोरोना त्रास भित्रको सकारात्मक कुरा मान्न सकिन्छ । अध्ययन र होमवर्क बिनाको फिल्म दर्शकले हेरी आजित भैसकेको अवस्थामा यो बेला सबै निर्माता निर्देशक कलाकार र कथाकार हरुले राम्रो कुरा को होमवर्क गर्न पाउने बताउछन। अब भने दर्शकले झनै राम्रो फिल्म हेर्न पाउछन किनकि यो समयले चलचित्र क्षेत्रका हस्तीलाई बिगतमा गरेको गल्तीलाई सच्याउने मौका दिएको छ।अब दर्शकले राम्रो राम्रो फिल्म हेर्न पाउने रुपन्देही अध्यक्ष श्रेष्ठको दावी छ । बिगतमा चलचित्र पत्रकार संघ रुपन्देहीले हामीले पुरस्कर वितरण गर्ने लगायत विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेकोमा यसपाली कुनैपनी कार्यक्रम गरेका छैनौ केन्द्रले पनि पुरस्कार वितरण स्थगित गरेको छ । अहिले यो महामारीको अबस्थामा चलचित्रकर्मी विभिन्न हल लगायत सम्पूर्ण चलचित्र क्षेत्रत्र प्रभावित भएको चलचित्र पत्रकार संघ रुपन्देहिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

त्यस्तै लामो समय कला क्षेत्रमा कलम चलाउदै आएका पत्रकार टोपराज शर्माले लगानी हचुवाको भरमा बिना अध्ययन अनुसन्धान नगरी फिल्म बनाउने र रमाउने सस्कृति त्यागेर नेपाली सस्कृति र अनुशासन सहितको चलचित्र बनाए मात्र अब चलचित्रको भविष्य रहेको भनाइ छ ।  ऊहाले बिनाकाममा बालुवामा पानी हालेको जस्तो फिल्म क्षेत्रमा लगानी नहोस भन्ने अपेक्षा राख्नुभएको छ ।

फोटो पत्रकारितामा मोफसलबाटै कलम चलाएका अर्का मनोरंजन क्षेत्रका पत्रकार हरिश ढकालले कोरोना त्रासले चलचित्र क्षेत्र मात्रै नभएर  दर्शकलाई समेत असर पार्ने र यो अवस्था सुध्रिए पनि फिल्म क्षेत्रलाइ सुधार्न समय लाग्ने बताउनुहुन्छ । उहाले अब बन्ने नया नया फिल्महरुमा नया पुस्ता नै झल्किने खालको हुनुपर्ने र पहिलाकै अवस्था हो भने अझ गारो हुने स्थिति आउने अड्कल गर्नुभएको छ । त्यसैले सुझाव स्वरूप उहाले त्यो स्थितिलाई सामना गर्न चलचित्र क्षेत्रका ३ कुरा निर्माता, प्रदर्शक  र चलचित्र पत्रकार मिलेर दर्शक सामु जानुको विकल्प नरहेको बताउनुभएको छ।

त्यस्तै हल संचालक तथा नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले अहिलेको स्थिति गम्भीर रहेकोले स्थिति सुधार्न चलचित्र क्षेत्रले समग्र लडाई लड्नुपर्ने बताउनुभएको छ ।  त्यस्तै चलचित्रको सकारात्मक पक्ष भनेको नेपाली चलचित्र हेर्ने नेपाली दर्शकलाइ बानी परेको र अन्य देशको चलचित्र पनि दर्शकले यो समयमा हेर्नुभएकोले दर्शक प्रति आशाबादी हुन पनि सकिन्छ र अबको चुनौती पनि रहेको बताउनुभएको छ ।  त्यस्तै नेपाल चलचित्र संघका पश्चिमंचल सभापति ओम जैशिले यसपछिको चलचित्र सम्भाव्यतामा आफु सकारात्मक भएको बताउनुभएको छ । दर्शकले हललाइ सुरक्षित् मानेर त्यहि अनुसारको ब्यबस्थापन हेरेर दर्शक ओइरिन्छन् भन्ने आशा उहाले ब्यक्त गर्नुभएको छ । नेपाली चलचित्र मेकर हरुले पनि राम्रो चलचित्रको होमवर्क गरेको हुनुपर्ने बताउदै अब झन् उत्साह थपिने बताउनुभएको छ ।

त्यस्तै लामो समयदेखि सिनेमा हल संचालन गर्दै आएका कालिका चलचित्र मन्दिर बुटवलका संचालक कपिल द्वाले नेपाली चलचित्र क्षेत्रमा देखिएको समस्याको बिगतले पाठ सिकाएको हुनाले अब नया धारका चलचित्र र बाढी आउने प्रचलनको अन्त्य भै सहज र सकारात्मक अनि राम्रा चलचित्र निर्माण र प्रदशन ले द्रुत गति पाउने अनुमान लगाउनुभएको छ, जसले गर्दा दर्शकले अब झन् राम्रा चलचित्र हलमा हेर्न पाउने आशा गर्नुभएको छ ।

समग्रमा चलचित्र क्षेत्रको बिकाश अब झन् द्रुत गतिले अगाडी बढ्ने संकेत देखिन्छ। कोरोना त्रास हट्ने बित्तिकै नेपालि फिल्मको यस्तो बाढी आउछ कि त्यसले दर्शकको छाल रोक्न समेत हम्मे हम्मे पर्ने देखिन्छ । शुरुका दिनमा केहि दर्शक हलमा घट्ने देखिएपनि राम्रा राम्रा चलचित्र हेर्न खोज्ने दर्शकका लागि चलचित्रको बाढी आउने संकेत छ।यसपाली घरमै चलचित्र पत्रकारिता दिवस मनाउन बाध्य चलचित्र पत्रकारहरुको चलचित्र क्षेत्र र यस संग जोडिएको पर्यटन क्षेत्रको विकास र समृद्दिको लागि निश्पक्ष कलम चालोस हाम्रो पनि सबै कलमजीबीमा हार्दिक शुभकामना । जय सिनेमा!! 

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

२०७७ वैशाख १८ गते
१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

दाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो ।
ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए । उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए ।

प्रायः सामाजिक सन्जालमा सक्रिय हुने उनले नायिका दीपिका पादुकोणसँग हलिउडको हिन्दी रिमेक फिल्म ‘द इन्टर्न’मा काम गर्ने बताएका थिए ।

चलचित्र पत्रकार संघमा दिनेश सिटौलाको नेतृत्व


चलचित्र पत्रकार संघको आठौ महाधिवेशन सम्पन्न भएको छ । सोमबार काठमाण्डौमा आयोजना गरिएको चुनावी अधिवेशनमा दिनेश सिटौला अध्यक्ष पदमा विजयी भएका छन् । कुल १३८ मत खसेको मतदानमा दिनेशले ७० मत ल्याएका थिए भने उनका प्रतिद्धन्द्धी डब्बु क्षेत्रीले ३९ मत ल्याए । यस्तै, अध्यक्षका अन्य दुई उम्मेदवार गीता अधिकारी र अनिल यादवले १४–१४ मत ल्याएका छन् । यस्तै, उपाध्यक्ष कार्यक्रमतर्फ जीवन पराजुली विजयी भए ।

उपाध्यक्ष संगठनमा भने कुवेर डंगोल निर्विरोध विजयी हुँदा महिला उपाध्यक्ष पदमा पनि दीपज्योती थापा निर्विरोध विजयी भएकी थिइन् । यस्तै, महासचिवमा समिर बलामी विजयी भए । सचिव पदमा रघुनाथ सापकोटा १०५ मत ल्याउँदै विजयी भएका थिए । सचिव(समावेश)तर्फ विशाल राई निर्विरोध विजयी भए । कोषाध्यक्ष पदमा प्रदिप कार्की निर्विरोध विजयी हुँदा सह–कोषाध्यक्ष पदमा विनोद पोखरेलले लेखबहादुर आचार्यलाई हराउँदै विजयी भए ।

सदस्य पदमा सर्वाधिक मत नविन गिरीले प्राप्त गरे । उनी १०५ मत प्राप्त गर्दै विजयी भए । यस्तै, सदस्य पदमा नै मनिष दाहाल, मिलन ढुंगाना, गणेश ओली, गोपीकृष्ण चापाँगाई, श्रृष्टी पोखरेल विजयी भए । सुरक्षा भट्टराई(महिला सदस्य) पदमा निर्विरोध हुँदा दीपक गुरुङ(समावेशी) पनि सदस्य पदमा निर्विरोध विजयी भएका थिए । चलचित्र पत्रकार संघले ३ बर्षका लागि नयाँ कार्यसमिती प्राप्त गरेको छ । निर्वाचन अगाडि उद्घाटन अधिवेशन र बन्द सत्र चलेको थियो । चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सन्दिप सापकोटाले नव–निर्वाचित अध्यक्ष दिनेश सिटौलालाई कार्यभार सुम्पेका छ

प्रतिक्षित ‘प्रेम गीत–३’ को टिजर सार्वजनिक(टिजरमा)

काठमाडौँ । चैत्र २८ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक प्रतिक्षित चलचित्र ‘प्रेम गीत–३’ को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४५ सेकेन्डको टिजरमा प्रेम, बिछोड र एक्सन देख्न सकिन्छ भने सार्वजनिक टिजरमा नायक प्रदीप खड्का,नायक शिव श्रेष्ठ, सुनील थापा, माओत्से गुरुङ, नव–नायक मनिष खड्का लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रका गीत संगीतलाई दर्शकले निकै मन पराएका छन् भने अहिले धेरै दर्शकको मनमा फिल्म कस्तो हुन्छ होला भनेर कौतुहलता जागेको छ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको फिल्मको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा हिमाल केसीको एक्सन कोरियोग्राफी रहेको छ । छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका छन्।

भाइरस कै चर्चा छ, सेण्टि भाइरस लिएर सुन्तली र पाँडे देश दौडाहामा

मोहन न्यौपाने , बुटवल फागुन २०। अहिले देश विदेशमा एउटै चर्चा छ भाइरस को, त्यो पनि नोबल कोरोना भाइरस । चीनबाट महामारीको रुपमा आएको यो रोगको संक्रमणबाट बच्न अहिले जनचेतना छर्दैछन् स्वास्थ्य कार्यालयहरु । तर नेपाली फिल्म इण्डस्ट्रि भने यतिबेला सेण्टि भाइरसले तातेको छ । जुन अभियान फिल्म हेर्न र चल्नभन्दा पनि एउटा सहयोगको खातिर देश दौडाहामा छ, जसले गर्दा अहिले देश सेण्टि भाइरसमय भएको छ ।

चितवनमा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन बनेको नेपाली हास्य चलचित्र सेन्टि भाइरसको प्रमोशनका लागि कुञ्जना घिमिरे ‘सुन्तली’ र अर्जुन घिमिरे (पाडे) बुटवल आएका छन् । उत्साहजनक व्यापार गरिरहेको सेन्टिभाइरसका दर्शकलाई भेट्न बुटवल आएकी कुञ्जना घिमिरे (सुन्तली)ले सञ्चारकर्मीहरुसँग कुरा गर्दै दर्शकको उत्साहक जनक उपस्थिती र राम्रो प्रतिक्रिया पाएको बताइन् ।

‘२६ वर्षसम्म नेपाली चलचित्र नहेरेका दर्शकहरु पनि सेन्टिभाइरस हेर्न हलसम्म आएको घटना हामीले पायौं ।’–हर्षित मुद्रामा कुराकानी गर्दै कुञ्जनाले भनिन् ‘दर्शकहरुको मायाले हामीलाई उत्साहित बनाएको छ । रुपन्देही र यहाँका दर्शकको मायाले हामीलाई पनि यहाँसम्म ल्यायो ।’ धुर्मुस सुन्तली फाउण्डेशनको उपाध्यक्ष सुन्तलीले दर्शकहरुलाई एक पटक हलसम्म आएर सेन्टिभाइरस हेरिदिन आग्रह गरिन् । कलाकार सिताराम कट्टेल (धुर्मुस) ले रङ्गशाला निर्माणमा सबै नेपाली जुट्न र सहयोग गर्नका लागि आह्वान गरे । चलचित्र पत्रकार समाज रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा बोल्दै अर्का कलाकार अर्जुन घिमिरे (पाडे) ले धुर्मुस सुन्तली सामाजिक सेवामा भूलेर आफ्नो मूख्य पेशा कलाकारीतालाई छोडेका छैनन् भन्नका लागि पनि सेन्टिभाइरसबाट प्रदामा आएको उल्लेख गरे । कलाकारीतालाई निरन्तरता दिँदै सामाजिक सेवामा लागेका धुर्मुस सुन्तलीले बनाउँदै गरेको अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि फ्लिमबाट फाइदाको ५० प्रतिशत खर्च गरिने समेत उनले जानकारी गराएका छन् ।

समाजका अध्यक्ष सुमन श्रेष्ठ सेन्टिभाइरसको रकम रङ्गशाला निर्माणमा खर्च हुनेहुँदा सहयोगका लागि पनि चलचित्र हेरीदिन रुपन्देहीबासीलाई आग्रह गरेका छन् । यस्तै सचिव मोहन न्यौपानेले चलचित्रको सफलताको कामना गर्दै सामाजिक अभियान्ता धुर्मुस सुन्तलीको सेन्टिभाइरसलाई सबैले एक पटक हलसम्म गएर हेरिदिन आग्रह गरे । यसैबीच सेन्ट्रल कलेज बुटवलले एक सोका लागि बुटवल मिलनचोकमा अवस्थित मिलन हलनै बुक गरेर सेन्टिभाइरसलाई सहयोग गरेको छ ।

बुटवल ११ मिलनचोकमा शाखा कार्यालय रहेको कलेजका सञ्चालक वाई. बि. पौडेलले धुर्मुस सुन्तलीको सामाजिक अभियानलाई सहयोग गर्नका लागि हल बुकिङ गरिएको जानकारी गराए । यसैगरी बुटवलमै अवस्थित डिजिटल हल क्यू एफ एक्समा समे एक सोका लागि हल बुकिङ गरी यस क्षेत्रका कलाकार तथा आफ्ना विद्यार्थीहरुलाई सेन्टिभाइरस देखाइने उनले जानकारी दिएका छन् ।

प्रहरी समक्ष आत्मसमर्पण गरेकी आस्था ४ हजार धरौटीमा छुटिन्

माघ १४,काठमाण्डौं । गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा रिहा भएकी छिन् । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकी राउत मंगलबार रिहा भएकी हुन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासनमा उपस्थित गराएपछि उनीमाथि अनुसन्धान गर्न ४ दिनको समय दिइएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा राउतविरुद्ध प्रकाउपुर्जी जारी भएको थियो। राउत कार्यक्रमका शिलशिलामा देशबाहिर भएकाले तत्कालै पक्राउ परिनन्। तर सोमबार बिहान उनले प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

प्रहरीले पनि उनीविरुद्ध लगाएको अभद्र व्यवहार मुद्दाको छिनोफानो चाँडो सकाउने र सोमबार नै हिरासत मुक्त गर्ने बताइएको भएपनि सोमबार उनलाई मुक्त गरिएको थिएन । सोमबार साँझ गायिका राउतको स्वास्थ्य अवस्था बिग्रिएपछि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको थियो।

-१० देखि +१० सम्म “प्रेमगीत ३” भयो ७० दिनमा सुटिङ प्याकअप

तिलोत्तमा सिटी , माघ ९ गते । यस वर्षको बहुप्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको ७० दिनमा फिल्मको सुटिङ प्याकअप भएको निर्माता सन्तोष सेनले जानकारी दिए । गएको एक महिनादेखि मनाङको माइनस १० डिग्रीदेखि प्लस १० डिग्री तापक्रममा फिल्मको छायांकन भैरहेको थियो । मंगलवार छायांकन सकिएपछि बुधवार फिल्मको जम्बो टोली काठमाडौं आइपुगेको छ ।


प्रमोशनल आइडियामा एक नम्बर निर्माता सन्तोष सेनले फिल्मको हरेक मुमेण्टहरु सारा दर्शकले हेर्न पाउने गरि सामाजिक संजालमा प्रस्ट्याउदै आएका छन् । यसैपनि फिल्मको प्रतिक्षामा सारा नेपालि दर्शक हरु लागेको देखिन्छ । अझ निर्माता सेनाले यसपाली आफै समेत निर्देशनमा होमिएका छन् । आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने फिल्मको अब एक प्रोमोसनल गीत खिच्न बाँकी रहेको निर्माता सेनले बताए । फिल्मको छायांकन सँगसँगै सम्पादन पनि एकसाथ चलिरहेको थियो । अब, फिल्मको कलर करेक्सन, ब्याकग्राउन्ड स्कोर र डबिङको काम सुरु हुने बताइएको छ । अहिलेसम्मकै ठुलो लगानी तीन करोड लागतमा बनेको फिल्मलाई छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् ।

मनाङ प्रस्थान गर्नुभन्दा अगाडि ‘प्रेमगीत ३’ को ४५ प्रतिशत दृश्य काठमाडौंको कीर्तिपूरमा भव्य सेट निर्माण गरेर खिचिएको थियो । फिल्मका लागि सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा मुस्ताङबाट मगाइएको घोडामा भएको बताइएको छ । ३ हजार ५ सय मिटर उचाइको मनाङमा फिल्मका लागि अधिकांश हिउँ परिरहेको दृश्य कैद गरिएको छ ।

‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काको जोडी नव-अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ । फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतले पनि अभिनय गरेका छन् ।

फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर भरेका छन् । चक्रबहादुर चन्द र डम्बरबिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । बलिउड र हलिउड फिल्मलाई समेत टार्गेट दिने भनिएको यो फिल्मको बक्सअफिसमा अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘चपली हाइछ ३’ सँग भिडन्त हुँदैछ ।

विश्वकै नौलो कार्यक्रम तिलोत्तमामा , सास्कृतिक कार्यक्रम हेर्न एक बोरा फोहोरको प्लास्टिक ल्याउनैपर्ने

मोहन न्यौपाने , तिलोत्तमा पौष १८ । शुन्य पोलिथिन तिलोत्तमा अभियान अन्तर्गत यहि पौष २० गते आईतबार, राममणी क्याम्पस मणिग्राम रुपन्देहिमा भव्य सास्कृतिक कार्यक्रम हुने भएको छ । प्रवेश शुल्क : एक बोरा पोलिथिनजन्य पदार्थ रहेको सो बेजोड सास्कृतिक कार्यक्रममा रास्ट्रीय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरु लोक गायक पशुपति शर्मा , लोक गायिका राधिका हमाल , पप गायक निर्णय श्रेष्ठ, कलाकार अजय शुसिल अधिकारि , लोक गायक प्रचण्ड जिसी साथै स्थानिय कलाकारको साथमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा कायम भएको मिलानकोलि गित सहित सरसफाई र प्लास्टिक मुक्त अभियानको वृत्त चित्र र दृश्य नाटकहरु देखाइने कार्यक्रमका संयोजक अर्का अभियन्ता कमल देवकोटाले बताए ।

  तिलोत्तमा नगरपालिकाको अभियान शुन्य प्लास्टिक नगरलाइ सार्थकता दिन अहिले सिम नेपालसंगै नगरबासीहरुका लागि परेका छन् । निरन्तरता पाईरहेको हरियाली प्रबर्धन तथा प्लास्टिक मुक्त अभियानले शुन्य पोलिथिन तिलोत्तमा अभियानलाई समेत तदारुकताका साथ् अघि बढ्न सहज तुल्याएको छ । करिब १२६ वर्ग कि. मि. फैलिएको यस तिलोत्तामा नगरमा यस अभियानको मुल उदेश्य पोलिथिन जन्य पदार्थहरुलाई माटो र धर्तिबाट शुन्य बनाउने अभियान हो । अभियान सिम नेपालका अभियन्ता तथा निर्देशक निपेश ढाकाका अनुसार यो अभियानमा विभिन्न विधि तथा प्रक्रियाहरु प्रयोग भई अनुसन्धानात्मक तरिकाले अगाडि बढिरहेको जानकारी दिएका छन्। 

संकलन भईरहेको पोलिथिनलाई कहाँ र कसरि व्यवस्थापन भईरहेको छ भन्ने जिज्ञासामा उनले तिलोत्तमा नगरपालिकाले करिब ८ विघा क्षेत्रफलमा संकिलित पोलिथिनजन्य पदार्थहरुलाई पुन प्रयोग गर्ने काम भईरहेको र संकलित पोलिथिनजन्य पदार्थ मुल्यवान भएकोले सबैलाई कम्तिमा एक बोरा प्लास्टिक जन्य पदार्थ ल्याएर कार्यक्रम हेर्न आउन आग्रह गरे । तिलोत्तमा नगरका १७ वटै वडाका सार्वजनिक ठाउँ, कृषिभुमि, खेतवारी, मैदान, सिमसार क्षेत्र, तलाउ, पोखरी, सडक, राजमार्गलाई छिटैनै शुन्य पोलिथिन क्षेत्र बनाउँन यस्तो अभियान संचालन गरेको ढाकाको भनाइ छ।

“जुटौ सारा गाउ शहर शुन्य पोलिथिन तिलोत्तमा नगर” मूल नारा लिई अघि बढेको यो अभियानलाई सार्थकता दिन सबै नगरबासीहरु जुटेकोमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सबैलाई धन्यबाद दिनुभएको छ । नगर प्रमुख बासुदेव घिमिरेले पोलोथिनजन्य फोहारले मानव स्वास्थ्य, वातावरण, जलवायु परिवर्तनमा नकारात्मक असर पारेकाले त्यसको न्यूनीकरणका लागि अभियान चलाइएको बताउनुभयो । सरसफाईमा सहभागी सबैप्रति आभार व्यक्त गर्दै उहाँले पोलोथिनजन्य फोहोर तोकिएको ठाउँमा मात्र बिसर्जन गर्न सबै नगरबासीलाई आग्रह गर्नुभयो । नगर उपप्रमुख जागेश्वरी चौधरीले सडक, सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न सबैलाई अनुरोध गर्दै फोहोर व्यवस्थान प्रणालीलाई थप प्रभावकारी गराउन नगरपालिका प्रतिबद्ध रहेको प्रष्टाउनुभएको छ । उहाले राममणि क्याम्पसमा आइतबार हुने सो कार्यक्रम हेर्न आउनुहुन सबै नगरबासी तथा शुभचिन्तक लाइ आग्रह समेत गर्नुभएको छ ।

चलचित्र प्रदर्शक ओम प्रकाश जैसी दुबईमा सम्मानित

दोस्रो छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड दुबइमा सम्पन्न

दोश्रो छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड (इच्छा) यूएईको बर दुबइस्थित एभरेस्ट क्लवमा भव्य समारोहका बीच सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय रुपमा छायाँछवि क्रियशनले शुरु गरेको अन्तर्राष्ट्रिय अनर अवार्ड नेपाली चलचित्र, गीत–संगीत, पत्रकारिता,साहित्य,समाजसेवा,खेलकुद चित्रकला,लगायतका क्षेत्रमा उलेखानिया योगदान दिएका व्यक्तिको सम्मानका लागि गतबर्ष बाट प्रदान गरिंदै आएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताए। सो अवसरमा चचित्र क्षेत्रमा योगदान गरेबापत काशी सिने प्लेक्स भैरहवाका संचालक ओम प्रकाश जैशी लाइ सम्मान गरिएको थियो । उनि संगै चलचित्र क्षेत्रमा योगदान गरेबापत चलचित्र तर्फ अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता सितल केसी, निर्देशक मिलन चाम्स, चरित्र अभिनेता उद्धव प्रसाद भट्टराई, हाँस्य कलाकारमा गोपाल ढकाल छन्दे, प्राविधिक तर्फ रेकर्डिष्ट तथा साउण्ड डिजाइनर सुनयमान श्रेष्ठ, टिभी/चलचित्र कलाकारमा ऋतु बहादुर क्षेत्री, रंगमञ्च तर्फ नृत्याङ्ना शुशीला थापा एवं साहित्य तर्फ जे सागर (प्रवास, दुवई) ले अनर अवार्ड प्राप्त गरेका थिए ।

कलाकारिता क्षेत्रकी हाँस्य साम्राज्ञी बसुन्धरा भूसालको सभापतित्वमा बर दुवईमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डमा वरिष्ठ संगीतकर्मी शम्भुजित बाँस्कोटालाई संगीत सितारा को उपाधी प्रदान गरिएको छ ।तेसैगरी भुसाल र वरिष्ठ गायिका देविका बन्दनालाई कदर पत्रले सम्मान प्रदान गरिएको छ।गत वर्ष अनर अवार्डमा भूसाललाई विशिष्ट अभिनेत्री सम्मान र बन्दनालाई विशिष्ट गायिका सम्मान प्रदान गरिएको थियो ।

दोस्रो अनर अवार्डमा डेड दशकदेखि पत्रकारिता क्षेत्रमा अनवरतरुपमा क्रियाशील रही स्थानिय देखि राष्ट्रिय तथा अन्तरास्ट्रिय पत्रकारिता जगतमा छुट्टै पहिचान बनाउन सफल नेपाल पत्रकार महासंघ तनहुँकी उपाध्यक्ष सोनी शर्मालाई इच्छा पत्रकारिता प्रदान गरिएको थियो।तेस्तै मोफसलका रंग पत्रकारिता पुरस्कारबाट ध्रुवराज न्यौपाने (डि.आर.एन.) दाङ, दुबईमा कार्यरत पत्रकार लक्ष्मण खनाललाई इच्छापत्रकारिता सम्मान, कुवेर गिरीलाई रंग पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।तेस्तै पत्रकार एवं चलचित्रकर्मी मनोज केसीलाई कलाकर्मी सम्मान प्रदान गरिएको थियो भने गीतकार माधव निर्देषलाई सम्मान पत्र प्रदान गरिएको थियो।

तेस्तै गजल गायनमा बलराम राजवंशीलाइ अनर अवार्डबाट सम्मान गरिएको थियो भने गीतकारमा डी.आ. उपाध्यय, नव गायक हिमाल श्रेष्ठ, नव मोडल कमला महत (सोनाक्षी), गायक मिन गुरुङ, नृत्य निर्देशक सुरेन्द्र बसेल, गायिका शुशीला पाठक, एरेञ्जरतथा संगीतकार योगेश काजीले आधुनिक संगीत विधामा अनर अवार्ड प्राप्त गरे ।

त्यस्तै उत्कृष्ट संगीत उत्पादक कम्पनीमा पशुपति म्यूजिक प्रा.लि. एवं दशकको अवार्ड लोकसंगीतमा कस्तुपराज पन्त, आधुनिक संगीतमा सन्तोष श्रेष्ठ एवं गीतकारबाट लोकराज अधिकारिले अनर अवार्ड प्राप्त गरेका छन् ।त्यस्तै लोक संगीत तर्फ भने गायक विक्रम राना, मोडल दिपाशा विसी, नव मोडेल सजिना लामिछाने (सुर्य कुमारी)ले अनर अवार्ड प्राप्त गरे।त्यस्तै पपुलर संगीत तर्फ मोडल दिपेन्द्र सोनाम, नायिका÷गायिकाको रुपमा सारिका घिमिरेलाई अनर अवार्ड प्रदान गरियो ।

तेसैगरी मोडल आशिष पुरुष, नृत्यकार दिपक गुरुङ, निर्देशक माधव खरेल, कलाकार श्रीदेव भट्टराई, नृत्य निर्देशक सुर्यकला आचार्यलाई कलाकारीता सम्मान, समाजसेवी विष्णु प्रसाद पुडासैनीलाई युवा व्यवसायि सम्मान, समाजसेवी चन्द्र प्रसाद सापकोटा, समाजसेवी महिमा पोखरेल, समाजसेवी मणि प्रसाद भुर्तेल, समाजसेवी मोहन थापा, समाजसेवी पुर्ण प्रसाद लिम्बु, समाजसेवी राजेन्द्र शर्मा, समाजसेवी सोमा खत्री एवं समाजसेवी मोहन शर्मा लाई सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममाा सन्तोष श्रेष्ठ, योगेश काजी, सारिका घिमिरे, विक्रम राना, मञ्जु थापा लामा आदिले गायन प्रस्तुति दिएर कार्यक्रमलाई रमझम बनाएका थिए ।त्यस्तै दिपाशा विसी, शुशीला थापा, सविता रेग्मी आदिको नृत्यले माहोल तातेको थियो । त्यस्तै लोक गायनमा कस्तुप पन्त, वरिष्ठ गायिका देविका बन्दना एवं संगीतकार गायक शम्भुजित बास्कोटाले दुबईबासीलाई उत्साहित बनाउँदै गाएर नचाइदिएका थिए । कार्यक्रममा गोपाल ढकाल छन्देले हाँस्य प्रस्तुति दिएका थिए । कार्यक्रमको उद्घोषण जे सागर, श्रीदेव भट्टराई एवं लोकराज अधिकारीले गरेका थिए ।

द्वारिका उदय सिनेमा हलको दोस्रो वर्ष प्रवेश

बुटवल । द्वारिका उदय सिनेमा हल दोस्रो वर्षमा प्रवेश गरेको छ । दोस्रो वर्ष प्रवेशको अवसरमा हलमा विशेष कार्यक्रम गरि मनाईएको छ । बुटवल उपमहानगरपालिका नगरप्रमुख शिवराज सुवेदीले कार्यक्रमको उद्घाटन गर्द‌ै बुटवल उपमहानगरपालिकालाई स्मार्ट सिटि बनाउने अवधारणा अनुसार काम भैरहेको बताए । चलचित्र हलका अध्यक्ष प्रदिप कुमार उदयले एक वर्षक‍ो अवधिमा दर्शकको उत्साहजनक उपस्थिति र साथ पाएको बताए । अहिलेको डिजिटल युग अनुसार विश्वकै चलचित्र उद्योग डिजिटलमय भएको उनले बताए । नेपाली चलचित्र उत्पादनमै लागेको भएर यसलाई प्राथमिकतामा राखेको हल संचालन गरेको उनले बताए ।
कार्यक्रममा नेपाल चलचित्र संघ पश्चिमाञ्चलका संयोजक कपिल प्रसाद द्घारिका, उद्योगी तथा समाजसेवी महेन्द्र नारायण श्रेष्ठ, टंक प्रसाद पोखरेलले शुभकामना दिए । चलचित्र हलको वाषिर्कोत्सवको अवसर पारेर प्रथम दर्शक विष्णु प्रसाद भट्टराईलाई सम्मान गरेको छ । यसैगरि ग्रस कलेक्सन कमाउन सफल भएको नेपाली चलचित्र ‘छ माया छपप्कै’ युनिटलाई सम्मान गरिएको छ ।
हल संचालनमा योगदान दिने वर्ष कर्मचारीका रुपमा सुनिल गुरुङ, लक्ष्मी प्रसाद शाक्यलाई जनही नगद ५–५ हजारसहित सम्मान गरिएक‍ो छ । चलचित्र ‘छ माया छपप्कै’ ले नेपालभर २० करोड रुपैया ग्रस कलेक्सन गरेको थियो । चलचित्र हल संचालक नारायण कुमार पाण्डेले ब्यवसायसंगै सामाजिक कार्यमा आफुहरु लागेको बताए । राजमार्ग चौराहास्थित प्रधान हाईटमा रहेको हलमा साढे ३ करोड लगानी भएको छ । हलको दर्शक क्षमता २ सय ३० जना छ ।

RECENT POSTS