Friday, May 29, 2020

जनज्योति फुटवलमा सिद्धार्थ सामु झरना स्तब्ध

पौष ४, तिलोत्तमा
        जनज्योति फुटवलमा सिद्धार्थ सामु झरना स्तब्ध
झरना स्पोर्टिङ्ग क्लव कुन्जलापुरलाई ० का विरुद्ध १ गोलले स्तब्ध पार्दै सिद्धार्थ युवा क्लव चपरहठ्ठी, तिलोत्तमा ४, डिंगरनगरमा आयोजित प्रथम जनज्याति फुटवल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा पाएका राम्रा अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा झरना स्पोर्टिङ्ग क्लव हारको मुख हेर्दै प्रतियोगिताको पहिलो चरणबाटै बाहिरन बाध्य भयो । सिद्धार्थ युवा क्लव चपरहठ्ठीका लागी भने खेलको ४८ औं मिनेटमा अमृत गुरुङ्गले गरेको एक गोल नै खेलको निर्णायक गोल बन्न पुगेको थियो । प्रतियोगिताको आज सम्पन्न खेलमा उत्कृष्ट खेल पस्केका झरना स्पोर्टिङ्ग क्लव कुन्जलापुरका खेलाडी गौरव बुढाथोकी म्यान “अफ दी म्याच घोषित भए ।
तिलोत्तमा नगपालिकाको वडा न ४ स्थित जनज्योति क्लबको आफ्नै खेल मैदानमा जारी प्रतियोगितामा आयोजक सहित १६ टीमको सहभागिता रहेको छ ।
उपाधी विजेता टिमलाई नगद १ लाख ११ हजार १ सय ११ एंव उपविजेता टीमलाई नगद रु ५५ हजार ५ सय ५५ सहित ट्रफी, प्रमाणपत्र तथा मेडलको ब्यवस्था गरिएको प्रतियोगितामा उत्कृष्ट हुने टोलिलाई रु ११ हजार १ सय ११ सहित ट्रफी, प्रमाणपत्र, मेडलको ब्यवस्था गरिएको खेल संयोजक जहरसिंह गुरुङले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाईस्कोरर, अनुशासित खेलाडीलाई समेत ट्रफीबाट पुरस्कृत गर्ने ब्यवस्था रहेको छ । रुपन्देही संगै नवलपरासी , कपिलबस्तु , दाङ्ग , चितवन , लगायतका जिल्लाबाट समेत बिभिन्न क्लवहरुको सहभागिता रहेको प्रतियोगितामा ५ जनासम्म बिदेशी खेलाडी समावेश गराउन पाउने नियम राखिएको छ । प्रतियोगिता हेर्न आउने दर्शकहरुका लागी १०० रुपैया टिकटको ब्यवस्था गरिएको प्रतियोगितामा महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा बृद्दबृद्दालाई निःशुल्क प्रवेशको ब्यवस्था गरिएको फाइनल खेल यही पौष १५ गते हुने क्लवका अध्यक्ष मित्रलाल न्यौपानेले जानकारी दिएका छन ।

आइसर ट्रयाक्टरले गर्यो आफ्ना ब्यबसायीहरुसंग नवलपरासीमा कार्यशाला गोष्ठी

मोहन न्यौपाने । आइसर ट्रेक्टरको अधिकृत बिक्रेता द हबि अटो ट्रेडिङ प्रा लि भैरहवाद्वारा एक दिने गोष्ठी नवलपरासीको भुमहिमा सम्पन्न गरेको छ ।
बाबा बर्दगोरिया ट्रेक्टर ब्यबसायी समितिको संयोजनमा भएको कार्यक्रममा ट्रेक्टर ब्यबसायी समितिका अध्यक्ष पोष प्रसाद भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कम्पनीका मार्केटिंग म्यानेजर चन्दन दिप सिंह प्रमुख अतिथि रहनुभएको कार्यक्रममा संजय कुशवाहा , होमनारायाण चौधरी , मुन्ना रौनियार , जिल्ला ट्राफिक निरीक्षक धर्मेन्द्र रावल लगायतको भब्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले कम्पनीको बारेमा प्रकाश पार्दै आइसर ट्रेक्टरको प्रबिधि र यसबाट हुने  फाइदाहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । सो अवसरमा ट्रेक्टर ब्यबसायीको प्रश्नको उत्तर दिदै उहाले सबै ट्रयाक्टर को भिडमा आइसर ट्रयाक्टर को छुट्टै विशेषता रहेको बताउनुभएको थियो। त्यस्तै मुन्ना रौनियारले ट्रेक्टर किसानको साथि भएको र ट्रेक्टर खरीद गर्दा पछी आफुलाई सुबिधा हुने र भबिष्य हेरेर खरीद गर्नुपर्ने कुरामा जोड दिनुभयो । १२१ जना सहभागी रहेको कार्यक्रमको संचालन दामोदर लामिछानेले गर्नुभएको थियो।

“कता नेपाली ?”शीर्षकको भिडियो प्रतियोगितामा कोड फर नेपाललेआबेदन खोल्यो

मोहन न्यौपाने
कोड फर नेपाल को आयोजनामा नगद रु ३०,००० पुरस्कार राशी सहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना हुदैछ । “कता नेपाली ?” शीर्षक राखिएको सो भिडियो प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट ३ भिडियोहरुलाई वासिङटन डि.सी. महानगर क्षेत्रमा २०१८ मे १८ देखि २० सम्म आयोजना हुने नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने छ ।

प्रतियोगितामा सहभागी हुन ” नेपालीहरु नेपालको भविस्यको बारे कस्तो सपना र सम्भावना देखछन् ? ” भन्ने प्रश्नको सेरोफेरोमा रहेर छोटो फिलिम, कविता वा गजल भिडियो , संबाद तयार गर्नुपर्ने छ । भिडियोमा भाग लिन इच्छा हुनेले सोहि बिषयमा बढीमा ३ मिनेट को भिडियो निर्माण गरि इमेल गर्नुपर्ने छ ।
अहिले कोड फर नेपालले प्रतियोगिताका लागि छोटा भिडियोहरुको आवेदन खुलाइ रहेको छ । सहभागीहरुलाई आफ्नो भिडियो आवेदन दिन कुनै शुल्क पनि तोकिएको छैन । नेपाल तथा विदेशमा बस्ने १४ वर्ष वा सो भन्दा माथिका नेपाली भिडियोकर्मीहरुले प्रतियोगितामा सहभागि हुन पाउनेछन । भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न सकिनेछ ।
प्रतियोगीले भिडियो डिसेम्बर ७ – डिसेम्बर ३१, २०१७ सम्म पठाउनु पर्नेछ । प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/katanepali मार्फत संकलन गरिनेछ र अन्तिम निर्णय फेब्रुअरी १४, २०१८ मा घोषणा गरिनेछ l भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई २० हजार प्रदान गरिनेछ भने द्वितीय र तृतीय हुनेलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । सबैले बनाउन सक्ने र सहभागी हुन सक्ने मनसायले प्रतियोगिता काठमाडौँ केन्द्रित मात्र नहोस भन्ने अभिप्रायले आयोजक कोड फर नेपाल लागिपरेको आयोजकका तर्फबाट रोशन घिमिरेले हामीलाई बताउनुभयो |

झ्याई पुल्टुङ पुल्टुङ टुङ झ्याईको चर्चा सबैतिर,फिल्म “दीपज्योति” सिनेमाहलमा

पछिल्लो समय नेपाली चलचित्र चल्ने र दर्शकले मनपराउने कुरा लाइ त्यो फिल्म को गीतसंग जोडेर हेरिएको छ । नेपाली चलचित्र दिपज्योतिको अर्को धमाकेदार गित झ्याई पुल्टुङ पुल्टुङ टुङ झ्याई ले अहिले बजारमा खुब चर्चा बटुलेको छ। प्लेब्याक गायकमा स्थापित भैसकेका गायक तथा संगीतकार चिरन्जिबी भन्डारीले आवाज दिएको नेपाली चलचित्र दिपज्योतिको गित झ्याई पुल्टुङ पुल्टुङ टुङ झ्याई मा गायिका ससिका राईले साथ दिएकी छन । केहिदिन यता सोही रमाईलो गीतको चर्चा मिडिया भरि भईरहेको छ।

त्यसो त गायक चिरन्जिबी रोमान्टिक गीतको लागी अब्बल र फरक गायक को रुपमा चिनिन्छन । गत बर्ष चिरन्जिबीले गाएको रेलिमाई फिल्मको चट्टै मुटु काटेर, बोलको गीतले अत्यधिक चर्चा कमाइ टप फाईपमा पर्न सफल भै प्लेब्याकमा राम्रो पक्कड बनाएका गायक तथा संगीतकार चिरन्जिबी अहिले फेरी दिपज्योति चलचित्रको यो गीतले चर्चा कमाएको र उनका प्रसंसक फ्यानहरूले उनको फरकपन गाएकिको तारिफ गर्दा गायक भन्डारी दंग छन् !! त्यसो त उनि रोमान्टिक गीतमा किंग नै मानिन्छन । यो गीतका संगीतकार बिकाश चौधरी हुन भने, शब्द सबिना के.सि. को रहेको छ । यस दिपज्योति फिल्मका निर्देशक नारायन मैनाली रहेका छन । हाल अल नेपालका सिनेमा घरहरूमा भब्यताका साथ प्रदर्शन भैरहेको यस फिल्ममा सरोज खनाल ,निर शाह,रजनि केसी,खुस्बु खड्का,पुष्कर रेग्मि,आदि कलाकारको मुख्य अभिनय देख्न पाईन्छ ।

संचारकर्मी दलबहादुर भण्डारीको ट्रिप्परको ठक्करबाट मृत्यु

पुस, बुटवल । बुटवलको हस्पिटल लाइनमा आइतबार बिहान करिब १० बजे तिर ना ७ ख  ६७२५ नम्बरको ट्रिपरले लु ३१ प १४५० नम्बरको स्कुटरलाइ ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक नया दिशा साप्ताहिक का बजार व्यवस्थापक, बुटवल बहुमुखी क्याम्पसका पुर्व स्ववियु उप-सभापती, राष्ट्रीय जनमोर्चाका नेता दल बहादुर भण्डारीको मृत्यु भएको छ ।

गोलपार्क बाट चौडाहा तर्फ जादै गरेको ट्रीपरले हस्पिटल लाइनमा स्कुटर लाइ ठक्कर दिएको हो । दुर्घटनामा परि ४५ बर्षका भण्डारी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भण्डारीको जेनस हस्पिटलमा  उपचारको क्रममा मृत्यु भएको थियो। ठक्कर दिने ट्रीपर प्रहरी को नियन्त्रणमा रहे पनि ट्रीपर चालक भने फरार रहेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटबलले जनाएको छ ।साभार बुलेटिन नेपाल

प्रथम जनज्योति कप फुटबल मङ्सिर २९ बाट शुरु हुने

जनज्योति क्लबको आयोजनामा जिल्ला स्तरिय फुटबल प्रतियोगिता हुने

मङ्सिर २७, तिलोत्तमा सिटी / जनज्योति क्लब को आयोजनामा मङ्सिर २९ गते देखि पौष १५ सम्म जिल्ला स्तरिय प्रथम जनज्योति कप फुटबल प्रतियोगिता २०७४ हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष मित्रलाल न्यौपानेले बताए । तिलोत्तमा नगपालिकाको वडा न ४ स्थित जनज्योति क्लब को आफ्नै मैदान मा आयोजना हुन लागेको सो प्रतियोगितामा १६ टोलि सहित आयोजक टिमले समेत उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छ ।

प्रतियोगितामा उपाधि विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ सहित ट्रफी, प्रमाणपत्र, मेडल तथा उपविजेता टिमले नगद ५५ हजार ५ सय        ५५ सहित ट्रफी, प्रमाणपत्र, मेडल तथा बेस्ट टोलिलाइ ११ हजार ११ सय ११ सहित ट्रफी, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने खेल संयोजक जहरसिंह गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाईस्कोरर, अनुशासित खेलाडीलाई समेत ट्रफीबाट पुरस्कृत गरिने उनले बताए । रुपन्देही संगै नवलपरासी , कपिलबस्तु , दाङ्ग , चितवन , लगायत का जिल्ला बाट आउने टोलि हरुको रोमाञ्चक प्रतिश्प्रधा रहने आयोजकको दाबि छ । स्थानिय प्रतिभालाइ उजागर गर्ने उदेश्यले संचालित सो प्रतियोगितामा ५ जनासम्म बिदेशी खेलाडी दर्ता गरि ३ जनासम्म खेलाउन पाइने बताइएको छ । सेमी फाइनलका दिनसम्म १०० रुपैया टिकट दर रहेको सो खेल हेर्न महिला , अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा बृद्दबृद्दालाइ नि:शुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।

 डिङ्गरनगर स्थित सो खेल मैदानमा प्याराफिट निर्माण भै ग्राउण्ड लेबलिंगको कार्य समेत सम्पन्न भएको छ ।
खेल मैदान वरपर एथ्लेक्टिक्सका लागि समेत निर्माण कार्य अघि बढाइएको र ९ करोडको लागतमा डीपीआर तयार गरि निकट भाविश्यमै क्रिकेट एकेडेमी , भलिबल , लगायतका खेलका लागि स्पोर्ट एरिया बनाउने क्लबका अध्यक्ष मित्रलाल न्यौपानेले बताए ।
खेल मैदान वरपर खानेपानी शौचालयको निर्माण र ब्यबस्था भैसकेको र केहि महिनामै दिर्घकालिन प्याराफिटको निर्माण समेत गरिने उनको भनाइ छ ।
प्रतियोगिताको अनुमानित लागत २५ लाख रहेको छ । आफ्नो आयोजनामा सधैको बर्षजस्तै जनज्योति स्कुलभित्रको खेल मैदानमा वार्ड स्तरिय खेलकुद संचालन भै आएकोमा त्यसैको परिष्कृत गर्दै प्रथम जनज्योति फुटबल प्रतियोगिता बृहत रुपले भब्यताका साथ् सम्पन्न गर्न लागेको र यस कार्यमा सबैको सहयोग अपरिहार्य रहेको अध्यक्ष न्यौपानेले बताए ।

बाम गठबन्धनको संयुक्त सरकार पुषको पहिलो हप्ता भित्रै–बाम नेताहरुको भनाई

बाम गठबन्धनको संयुब्क्त सरकार पुषको पहिलो हप्ता भित्रै/जनतामाझ गरिएका सबै प्रतिबद्धता पुरा गरिने–बाम नेताहरुको भनाई
मंसीर २५, तिलोत्तमा
बाम गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र १ मा प्रतिनिधि र प्रदेश सभातर्फ निर्वाचित उम्मेदवारहरुले लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्दै पुषको पहिलो हप्ता भित्र बाम गठबन्धनको संयुतm सरकार निर्माण हुने गरि बिकाश निर्माणका कार्यलाई तीव्रता दिइने प्रतिबद्धता ब्यक्त गरेका छन । जीत लगत्तै जनताको बधाई थाप्दै जनताको घरदैलो पुगेका बिजयी ३ नै जना नेताहरुले अबको ५ बर्ष बाम गठबन्धनले शासन गर्ने र बिकासको सिङ्गो खाका तयार पारी कामलाई पूर्णता दिइने बताए ।  साथै उनीहरुले बुद्ध जन्मस्थल लुम्विनि मात्र नभई बुद्ध मावलीस्थल देवदहलाई समेत पर्यटकीय हिसाबले सु सम्पन्न बनाइने बताएका छन । क्षेत्र न १ अन्र्तेगत रुपन्देहीका बिभिन्न गाँउ ठाँउ पुगेर जनताका राय सल्लाह लिएका नेताहरुले अबको ५ बर्षभित्रैमा देशलाई समृद्धको उचाईमा पुरयाइने बताउदै त्यसको शुरुवात रुपन्देहीबाट हुने बताउदै क्षेत्र न १ लाई नमुना र पर्यटकीय गन्तब्यका रुपमा विकाश गर्न कुनै कसर वाँकी नराखिने दोहोरयाए । तिलोत्तमाको कोटीहवा चोकमा सोमवार साँझ आयोजित कोणसभालाई सम्वोधन गर्दै गठबन्धनका तर्फबाट प्रदेश सभा २ का उम्मेदवार डा कृष्ण न्यौपानेले, आफुहरुसँग अबका दिनमा के गर्ने भन्ने बारे स्पष्ट भिजन भएको बताउँदै जनतालाई कुनै हिसाबले निरास नपारिने बताए ।
सोही कार्यक्रमलाई सँबोधन गर्दै प्रदेशसभा २ का बिजयी उम्मेदवार दधिराम न्यौपाने एमएसले बाम गठबन्धनको यो जीत जनताको जीत भएको बताउदै आफ्नो क्षेत्रको बिकाश निमार्णलाई तीब्र रुपमा अघि बढाइने बताए ।
त्यस्तैगरि सोही कार्यक्रमलाई सम्बोधन गर्दै बाम गठबन्धनको तर्फबाट नेकपा एमाले क्षेत्र न १ का विजयी उम्मेदवार छविलाल बिश्वकर्माले बाम गठबन्धनको देशैभरिको जीत समयको माग भएको बताउदै बोलेर होइन गरेर देखाउने समय आएको बताए । बिस्वकर्माले रुपन्देही संभावनाको खानी भएको बताउदै लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्दै संविधानको भावना र मर्म अनुशार देशलाई समृद्धिको बाटोतर्फ डोरयाइने प्रतिबद्धता जनाए । कृष्ण नेपालको सन्चालनमा सम्पन्न कार्यक्रममा कोटीहवा क्षेत्रका स्थानियहरु स्वतस्फुर्त स्पमा सडकमा निस्केर रङ्ग अबिर र फुलमालाले आफ्ना दलका बिजयी उम्मेदवारहरुको स्वागत गरेका थिए ।

साताको राशीफल (मङ्सिर २४ देखि पुष १ सम्मको):चक्रपाणि डुम्रे

मेष: यो साता मध्यम छ। अनावश्यक यात्रा होला ।कार्यमा केहि चुनौती समना गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ । साताको मध्य बाट निकै राम्रो समय छ । आत्म सन्तुष्टि बढ्ने छ।

वृश: भाग्योदयको समय छ । धार्मिक कार्यमा रुची बढ्ने छ मान सम्मान बढ्ने छ । रोकिएको धन प्राप्त होला ।आट, उत्साह बढ्ने छ। धन,मान र कृति बढ्ने छ।

मिथुन: उत्तम समय छ । मिष्टान्न भोजन प्राप्त होला। सभा सम्मेलनमा सरिक भैयोला। परोपकारिक कार्यमा रुची बढ्ने छ।रोकिएको कार्य सम्पादन होला ।मन खुसी रहने छ ।

कर्कट : सामन्य समय छ । कार्यमा बिलम्भ होला ।आपसी मनमुटाव बढ्ने छ।खर्च नियन्त्रण गर्न गाह्रो पर्ने छ।जग्गा जमिनको कारोबारमा फाइदा होला ।आर्थिक दृष्टिकोणबाट शुक्रबार र शनिबार निकै राम्रो छ ।

सिंह: राम्रो समय छ । मनमा सन्तोष छाउने छ। विद्यामा प्रगति होला मान प्रतिष्ठा बढ्ने छ। यात्रा सफल रहने छ । मान्यजनको आशिर्वाद मिल्ने छ।

कन्या : सामान्य समय छ । लेनदेनमा बिवाद होला। स्वस्थ्यमा समस्य आउन सक्छ ।कार्यमा बिलम्भ होला ।साताको अन्त्य तिर निकै राम्रो समय छ ।

तुला : शैक्षिक क्षेत्रमा निकै राम्रो प्रगति होला। धार्मिक आस्था बढ्ने छ ।आम्दानीको तुलनामा खर्च बढ्ने छ । काम गर्ने जोश जागर बढ्ने छ ।

वृश्चिक : वैदेशिक यात्राको सम्भावना छ । पतिपत्नीको सम्बन्धमा समधुरता आउन सक्छ । व्यापार व्यावसायमा फाइदा होला । बोलिको प्रभाव बढ्ने छ।

धनु: समान्य समय छ ।स्वास्थमा समस्य आउन सक्छ ।खर्च बढ्न सक्छ । साताको मध्य बाट राम्रो समय आउने छ ।मन प्रसन्न रहला मिष्टान्न भोजन मिल्ने छ।

मकर: भाग्योदयको समय छ ।दिदिबहिनी दाजुभाइको सम्बन्ध मजबुत हुनेछ। पारिवारिक भेटघाट होला ।यात्रा सफल रहला।मनमा शान्ति छाउने छ ।रोकिएको धन हाता पर्ने छ।

कुम्भ:राम्रो समय छ। शुभकार्यमा मन लाग्ने छ।आर्थिक दृष्टिकोणबाट यो साता फाइदामा जाने छ। मातापिताको आशिर्वाद मिल्ने छ।आफन्त सङ्ग भेटघाट होला।

मीन:यो साता पुर्ण रूपमा तपाईंको पक्षमा छ।ब्यापारमा फाइदा होला। दिदिबहिनीसङ्गको सान्यिध्यता बढ्ने छ।दाम्पत्य जीवन सुखद रहला।

प्रस्तुतकर्ता :ज्यो.चक्रपाणी डुम्रे (शास्त्री) अकला देवी ज्योतिष एवं वास्तु सेवा केन्द्र ति.न. पा. १ नयाँमिलचोक सम्पर्क न : ९८५७०३५४६१

हामी ब्राण्डिङ्गको लागि दिनरात मेहनतमा छौ – कार्टह्विल 

    मोहन न्यौपाने । पछिल्लो समय युवा पुस्ता बिदेशिनु भन्दा पाणी देशमै केहि गर्ने अठोटका साथ लागि परेका छन् । आफ्ना केहि ब्यबसाय गर्नुपर्ने अभिभावकका मार्गदर्शन र अबको समृद्दी युवापुस्ताबतई सम्भव छ ,भन्ने उदेश्यले तिलोत्तमा ५ स्थित मणिग्रामका दुइजना युवा अहिले आफ्नो होटल ब्राण्डिङ्गको लागि दिनरात मेहनतमा छन् । यसैसन्दर्भमा कार्टह्विलका संचालक अर्जुन खरेल तथा संजय पाण्डेसंग तिलोत्तमा सिटिका लागि मोहन न्यौपानेले गर्नुभएको कुराकानी :
– कसरी लाग्नुभयो होटल ब्यबसायातिर ?
हामी घरपरिवारको अन्य कामले भन्दा आफैले केहि गर्नसक्ने भएर नया तरिकाले नया योजनामा थिए । त्यहि दौरानमा भर्खरै बिदेशमा रोजगार गरि फर्किनुभएका दाजु संजयसंग मेरो भेट भयो।  अनि हामी नया तरिकाले मणिग्राममा सुविधायुक्त युवा मैत्री होटल खोल्ने योजनामा लाग्यौ । हामीसंग प्रयाप्त लगानी पनि भएन र स-सानो लगानीबाट कार्टह्विल नामक नया ब्राण्ड स्थापना गर्न तिर लाग्यौ फलस्वरूप हामी यो होटल ब्यबसाय शुरुवात सम्म पुग्यौ ।
– कति लगानी गर्नुभयो ?
खासमा हामी अझै ठुलो होटल खोल्ने योजनामा थियौ । तर सबै काम गर्दैजादा हाम्रो लगानी बढाउन एकैछिन सम्भव भएन । अनि सानो लगानी मै यो एउटा रेष्टुरेन्ट व्यवसायमा लाग्यौ । लगानी भनेकै यो होटलमा हाम्रो मेहनत हो ।
– नया नया भन्नु भाछ के छ त्यस्तो नया र फरक जुन अन्य होटलमा छैन ?
हुनत अन्य होटल पनि हाम्रा जस्तो सेवासुबिधा नभएको होइनन । तर हाम्रो नाम नै एउटा ऎतिहासिक नाम, जुन परापुर्बकालदेखि एउटा ढुवानीको साधन गाडाको एउटा पाङ्ग्राको नामबाट हामीले कार्टह्विल नामकरण गरेका छौ ,संगसंगै हाम्रो होटलमा आइसकेपछि झ्यालमा २ वटा , गेटमा १ वटा , बारकाउण्टरमा एउटा र टेबलमा एउटा गरि ५ वटा ह्विल नै हामी पुरानो डिजाइनको नया तरिकाले प्रयोग गरेका छौ ,त्यसैमा हामी एसीयुक्त हलमा लाइभ म्युजिक सहित पार्टीका लागि सुबिधायुक्त छिटोछरितो सर्भिस , कक्टेल-मक्टेल, गार्डेन , क्याभिन , अनि होमडेलिभरिको सुबिधा र पाहुनालाई घरमै लगेर छोड्ने ब्यबस्था पनि छ ।
– खास ग्राहकले कुन खाजा बढी रुचाउनु हुन्छ र यहाको मस्ट पपुलर खाजा कुन हो ?
हा हा हा त्यस्तो ठ्याक्कै यहि भन्ने त छैन तर बढी जसो पाहुना हरुले यहाको स्पेशल खाजा क्रिश्पी चिकेन , मटन र चिकेन सेकुवा ,तन्दुरी आइटम ,र हुक्कालाइ बढी माग गर्नुहुन्छ ।
– अहिले यो ब्यबसायबाट कति जनाले रोजगार पाएका छन् ?
अहिले हामी २ जना सहित ६ जनाले यो व्यवसायमा मेहनत गरिरहेका छौ । अझै यसको लगानी र रोजगारको अनुपातलाइ बढाउदै लैजाने लक्ष्य छ ।
– कत्तिको सन्तुस्टि हुनुहुन्छ यो ब्यबसायमा
अत्यन्तै हामीले सोचेको अनुसार ब्यबसायमा सन्तुस्ट छौ ,अझै पनि धेरै गर्नुछ । त्यसैले यहाको खाजा , नाम , र रोजगार युवा अनि हामी संचालककै एउटा ब्राण्ड बनाउने गरि त्यही महानकार्यमा अघि बढ्दै, संघर्षशील छौ ।
– समस्या के-के छन् यहाहरुको यो व्यवसायमा ?
खासै समस्या छैन तर यहा सिप सिक्न आउने रोजगार गर्ने अनि सिकेर अर्को ठाउमा पलायन हुने र सबै हाम्रा मेहनती हात हरुलाई सधै भरि राख्न नसकिने र नया अनि राम्रा अवसर पाउदा नजानुस भन्न पनि नसकिने समस्या हुन्छ तर ति समस्या को हामी मिलेर सुल्झाउछौ अन्य समस्या खासै छैन ।
– अन्त्यमा तपाइँ जस्तै युवा हरुलाई के भन्न चाहनुहुन्छ ?
हामी के भन्न चाहन्छौ भने युवा भनेको देशको मेरुदण्ड हुन् । आजका युवाहरु एकयुवा एकब्यबसायको अनुपातमा देखिनुपर्ने अहिलेको मूल आवश्यकता हो। हामी सानो चिजबाट शुरुगरेर सानो कामगरेर कोहि पनि सानो हुदैनौ , र भईदैन पनि । त्यसैले देशको बिकाश समृद्दीका लागि युवाहरु एकजुट हुनु आवश्यक छ । अझ बैदेशिक युवा जति गएका छन् त्यहि मात्रामै हामी काठको बाकसमा फिर्ता हुनुपर्दाको क्षण कस्तो कहालीलाग्दो हुन्छ ? त्यसैले यहि देशमै केहि गर्ने अठोट लिएर अघि बढौ, सानो गरौ तर आफ्नै गरौ, भन्न चाहन्छौ ।

महामारी बिरुद्दको सन्सारि माइको पुजा,परम्परा बन्दै 

    मोहन न्यौपाने ।  बुटवलमा हैजाको महामारी हुदा भन्दा अगाडीबाट शुरुवात भएको पुजा हो सन्सारि माइको पुजा । बि .स. २०२३ सालमा सस्थापक अध्यक्ष होम बहादुर रानाले विधिवत रुपमा पुजाको लागि तिलोत्तमा -२ स्थित तपाह खोलाको किनारमा पुजा गरिदै आइएको बताउनु हुन्छ।  ठुलो पिपलमा सालको रुख समेत टासिएर उम्रिएको सो स्थानमा छानो नभएको थान बनाइ पुजा गरिदै आइएको छ । समुदायमा रहेर सामाजिक कार्यमा अग्रसर रहेका युवाहरुको अग्रसरमा हालसम्म सो पुजा गरिदै आएको रमेश रानाले बताए ।
बुटवलमा हैजाको बिगबिगी हुदै गर्दा यहाका स्थानिय बासिन्दाले महामारी बिरुद्द गरेको पुजा अहिले आएर धार्मिक परम्परासंग गासिएको छ । २१ औ शताब्दीमा आएर पनि के महामारी पुजाबाट सम्भव होला त ? भन्ने प्रश्नमा त्यति बेलाको समय अनुसार हामी धर्ममार्फत समुदायको हित र सुरक्षा खोज्थ्यौ तर पछि यहि परम्परा बनेको र सबै समुदायले यसलाई आफ्नो घरकै पुजाको रुपमा लिदै सबैको उल्लेखनीय सहभागिता रहेको स्थानिय बासि तारा रानाले बताए ।
सधै बर्षमा एकपटक समुदायकै पुजाको रुपमा लिदै आएको सन्सारि माइको पूजालाई अहिले समाजको सबै मानिसको दिर्घायु , रोगब्याधी नलागोस भनि पुजा तथा आशिर्बाद लिने गरिएको अर्का स्थानिय धनपति पौडेल बताउछन ।
सो पुजामा बलि दिने परम्परा समेत रहेकोले समय सापेक्ष परिबर्तन गरिदै लैजानुपर्ने सो पुजामा सहभागीले बताए ।

RECENT POSTS